विचार




गणतन्त्रको एक दशक :ओझेलमा सामन्तवाद, साम्राज्यवाद विरूद्वको लडाई


एकलाल श्रेष्ठ
साना साना सामान्ती गणराज्यवाट एकात्मक सामान्ती राज्यको स्थापना संगै निरंकुश र शक्तिशाली बन्दै गएको नेपालको सामान्ती निरंकुश राजतन्त्र पूर्ण रूपले पतन भएको ११ वर्ष पुरा भएको छ । यसको संगै राजतन्त्र सँग जोडिएका एकात्मक राज्य, संघात्मक राज्यमा हिन्दु धर्म सापेक्ष राज्य धर्म निरपेक्षमा र दरवार वरिपरीका ठूला जात तथा वर्गले मात्र पहुँच राख्ने राज्यको निती निर्माण तहमा समाजका सवै जातजातीवाट समावेश गरिने समावेशी राज्य व्यवस्थामा मुलुक परिर्वतन भएको छ । उपलब्धीको दृष्टीले यो नेपालको अहिलेसम्मकै सवैभन्दा महत्वपूर्ण परिर्वतन हो । झण्डै ६ दशक लामो नेपाली प्रजातान्त्रिक आन्दोलनको विभिन्न उत्तारचढावसंगै पटक पटक भएका वामपन्थी तथा प्रजातान्त्रिक शक्तिहरूको संयूक्त जनआन्दोलन नै यो महत्वपूर्ण उपलब्धीको मुख्य श्रोत हो ।

 २०४६/०४७ को बाममोर्चा र नेपाली काँग्रेस विचको संयुक्त जनआन्दोलनले पञ्चायतलाई अन्त गर्दै राजालाई संवैधानीक बनाउदै संसदीय बहुदलिय प्रजातान्त्रीक व्यवस्थाको स्थापना ग¥यो । तर यसले पनि स्वास्थ्य, शिक्षा, रोजगार, गाँस, बास, कपास जस्ता जनताका आधारभूत कुराहरूलाई पुरा गर्न सकेन । सामान्ती उत्पादन प्रणाली, सामान्ती सामाजिक भेदभाव, शोषण, दमन र कुरितीहरूमा कुनै परिवर्तन ल्याउन सकेन विकासको क्षेत्रमा हुने ढिलासुस्ती, अनियमितता र भष्ट्रचार जस्ताको त्यस्तै रह्यो । राजनैतिक परिर्वतन पछि जनताले अपेक्षा गरेको आर्थिक, सामाजिक परिवर्तन हुन नसक्दा आर्थिक, सामाजिक, साँस्कृतिक परिवर्तन सहित नयाँ जनवादी गणतन्त्रको स्थापना गर्ने माहन उद्देश्यका साथ वामपन्थीहरुको नेतृत्वमा सवै प्रगतिशिल प्रजातान्त्रिक शक्तिहरू एक भएर पुनः संयुक्त जनआन्दोलनमा जान आवश्यक थियो । तर मुलक त्यस तर्फ जान सकेन व्यापक जनताको असन्तुष्टीको परिणाम एकातर्फ तत्काल नेकपा माओवादीको नेतृत्वले ४० बुद्धे माग सहित स–सस्त्र जनयुद्धको घोषणा ग¥यो । जुन जन युद्धको परिणाम झण्डै १७ हजार नेपालीले वलिदान दिए । ठूलो संख्यामा वेपत्ता पारियो । कयौं अपाङ्ग भए । झण्डै ८० प्रतिशत भू भागमा माओवादीको कब्जा रहेको अनुमान गर्न थालियो । ठाँउठाँउमा जनसरकार घोषणा भए । कम्यूनहरु बने । त्यसले नेपालको राजनैतिक शक्ति सन्तुलनमा नै ठूलो फेर बदल ल्यायो । तर पनि ससस्त्र जनयुद्धले सफलता पूर्णता पाउन सक्ने अवस्था रहेन भने अर्को तर्फ दरबार हत्या कण्ड पछि राजाले आफ्नो गुमेको अधिकारलाई पुनः स्थापना गर्ने कु–चेष्टा गर्न थाले । परिमाण स्वरूप संसदमा रहेको ७ घटक र जनयुद्धरत माओवादी विच १२ बुद्धे सहमती बन्यो र देशको त्रिपक्षीय अन्तर विरोधले एउटा निर्णायक मोड लियो । त्यस पछि  फेरी वामपन्थी र प्रजातन्त्रवादी विचको एकतामा उठेको संयुक्त जनआन्दोलनले नै नेपालको सन्र्दभमा राजसँग रहेका सम्पूर्ण अधिकार खोसेर अत्यन्तै महत्वपूर्ण राजनैतिक परिर्वतन सहित गणतन्त्रको जग बसालेको हो । त्यही जगवाट सार्बभौम सत्ता सम्पन्न नेपाली जनताद्वारा निर्वाचित सांसदको समेत जिम्मेवारी रहेको सविधान सभाले २०६५ साल जेष्ठ १५ गते २४० वर्षको एकात्मक सामान्ती राजतन्त्रको अन्त गरेको हो । 

गणतन्त्रको स्थापना पछि कसैले अव नेपाली जनता पूर्ण रूपले स्वतन्त्र भई सकेको जनवादी क्रान्ती पूरा भएको चर्चा गरिरहेका छन् । कसैले जनवादी क्रान्ती राजनितिक रूपले पूरा भएपनि आर्थिक, सामाजिक रूपले पूरा हुन नसकेको चर्चा गर्छन् । तर कसैले चै अझैपनि जनवादी क्रान्तिका लागि पुनः एकचोटी ससक्त क्रान्तिको आवश्यक भएको चर्चा गर्न छाडेको अवस्था छैन । त्यसैले नेपाल संघीय गणतन्त्रमा प्रवेश गरेर पनि क्रान्ति र उपलब्धीको बारेमा फरक फरक धारणा आउनुले सामन्तवाद, सामराज्यवाद विरुद्धको हाम्रो जनवादी लडाई अहिले कहाँ र कुन अवस्थामा छ यसलाई आज चर्चा र वहस वनाउन आवश्यक छ । वास्तवमा जनवादी क्रान्ति भनेको सामन्तवाद र सामराज्यवादलाई समूलनस्ट गरेर स्थापना हुने नयाँ पूजिवादी जनवादी क्रान्ति हो । यसले व्यक्ति विषेश वा थोरै मानिसले शासन गर्ने राजनैतिक प्रणालीलाई बहुमत जनताद्वारा शासन गर्ने राजनैतिक प्रणालीमा । उपभोगको लागि उत्पादन गर्ने जमिनमा आधारित परम्परागत उत्पादन प्रणालीलाई विक्रीको लागि उत्पादन गरिने आधुनिक पूजिवादी उत्पादन प्रणालीमा र जातिय, लिङ्गीय भेदभाव, कुरिती, शोषण, दमन जस्ता समाजका विभेदपूर्ण सामाजिक, साँस्कृतिक प्रणालीवाट भेदभाव रहित सु्शासन सहितको समानता मूलक सभ्य समाजको स्थापना हुनु हो । जुन जनवादी राज्य व्यवस्थाले मात्र समुदायमा आधारित भएर प्रचुर मात्रामा पुँजिको विकास गर्दै समाजवादको पृष्ठभूमी तयार गर्न सक्छ । यसको लागि प्रगतिशिल भूमिसुधार सहितको कृषि अधुनिकिकरण आजको पहिलो शर्त हो । कृषि क्रान्ति विना कृषकको क्रयशक्तिीको विकास हुन सक्दैन । राष्ट्रिय कच्चा पदार्थमा आधारित भएर मूलूक औधौगिककरणको बाटोमा लाग्न सक्दैन र दैनिक आयत हुने उपभोग्य वस्तुलाई विस्तापित गर्दै मूलूक आत्मनिर्भरको बाटोमा अग्रसर हुन सक्दैन र कृषि क्रान्ति विना समाजवादमा जाने आधार तयार हुन सक्दैन । त्यसैले सारमा आजको सन्र्दभमा जनवादी क्रान्ति भनेकै मुलुकको दुई तिहाई किसान वर्गको हितमा हुने कृषि क्रान्ति नै हो । 

आज नेपालमा कम्यूनिष्ट पार्टीको मात्रै झण्डै दुईतिहाई बहुमतको सरकार छ । विगतमा पनि पटक पटक सरकार चलाएको यो पार्टीले तत्काल नेकपा एमाले र नेकपा माओवादी दुवैले उच्चस्तरीय भूमिसुधार आयोग समेत बनाएका थिए र आफ्नो संयुक्त चुनावी घोषणा पत्रमा मुलुकमा वैज्ञानिक भूमिसुधार लागु गरी भुमि सम्वन्धि सवै समस्या समाधान गर्ने उल्लेख गरेका थिए । त्यतिमात्र हैन नेपालको संविधानमा पनि स्पष्टसंग भूमि सुधारको कुरा उठाईएको छ र पनि आज भूमि–सुधारको मूल मुद्दा नै सरकार दल र यो देशका नेताहरूको दिमागमा पस्न सकेको अवस्था छैन । यो पूर्ण रूपले ओझेलमा छ । नेपालका दुई तिहाई किसानको मुद्दालाई ओझेलमा पारेर सरकारले ल्याएको समृद्धीको नारा प्रति नै विस्तारै अविश्वास बढदै गएको अवस्था छ । आजको सन्दर्भमा मुलुकको समस्या भन्नु नै नेपाली जनताको गरिवीको समस्या हो । किसान मजदुर वर्गको समस्या हो । त्यसैले जवसम्म वैज्ञानिक भूमिसुधार लागु गरेर किसान मजदुरको समस्या समाधान गर्न सकिदैन तवसम्म मुलुकको समस्या समाधान हुन सक्दैन । मुलुकले स्थीरता पाउन सक्दैन र नेपाली जनताको वलिदानीपूर्ण सर्घषवाट प्राप्त आजको गणतन्त्रलाई अझै सवल, सक्षम र समृद्ध वदाउदै समाजवाद तर्फ लाग्ने नेपाली जनताको चाहाना पुरा हुन सक्दैन । 

आज त्यस तर्फ सरकार, राजनैतिक दलहरू र आम परिवर्तनकारी शक्तिहरूको ध्यान जान आवश्यक छ । 






Related Pictures:













Related News:

प्रधानमन्त्री ओलीले विपक्षी दलको नेतालाइ हेपे : देउवा - 2019-06-19

गुठी विधेयक खारेजी माग गर्दै काठमाडौंमा विशाल प्रदर्शन - 2019-06-19

लोकसेवाको विज्ञापन गैरकानुनी - 2019-06-19

सुनकोशीमा मुद्दाको चाप,फैसलामा ढिलाइ - 2019-06-19

प्रधानमन्त्रीलाई कालो झण्डा देखाउने २ जना पक्राउ - 2019-06-19





लोकसेवाको विज्ञापन गैरकानुनी - 2019-06-19

प्रचण्ड: स्थानीय तहमा कर्मचारीहरुको माग गर्दै लोक सेवाले निकालेको विज्ञापन पार्टीभित्र पनि, संसदको समितिहरुभित्र पनि छलफल चलिराखेकै विषय हो । म आफैं पनि राज्यव्यवस्था समितिको सदस्य छु । त्यसो भएको हुनाले स्वाभाविकरुपले राज्य व्यवस्था समितिका पदाधिकारीहरु मसँग आएर के गर्ने, कसो गर्ने भन्ने सल्लाह भइराखेको छ ।

विभागहरुको प्रमुख, जिल्ला इञ्चार्ज र सहइञ्चार्ज तोक्ने विषयमा नेकपा भित्र किचलो - 2019-06-01

प्रचण्डको दोहोरो भूमिकाबाट भने नेपाल, खनाल र श्रेष्ठ आजित दुई पार्टी नेकपा एमाले र माओवादी केन्द्रका बीच एकता भएको एक वर्ष वितिसक्दा पनि पार्टीको सबै तहमा एकता हुन सकेन । जिल्ला अध्यक्ष तथा सचिव टुंगो लागेपनि पार्टीको विभिन्न विभागहरुको गठन, पोलिव्यूरो, तथा जिल्ला इन्चार्ज तथा सह इन्जार्ज जस्ता पदहरुमा कस्लाई मनोनयन गर्ने भन्ने विषयले अहिलेसम्म टुंगो पाएन ।

उठेको पैसा खाने, विकास गर्न ऋण लिने ? - 2019-05-30

डा. विश्व पौडेल: जति राजस्वको लक्ष्य छ, लगभग त्यति नै चालु खर्चका लागि छुट्याइएको छ । यो कर उठाएर खाएर सक्ने प्रवृत्ति हो । उठेको राजस्व चालु खर्चमा लगाउनु भनेको एकदमै खराब अभ्यास हो । पुँजीगतभन्दा चालु खर्चलाई जोड दिने बजेटलाई आदर्श बजेट मानिँदैन ।

गणतन्त्रको एक दशक: व्यवस्था बदलियो, संस्कार बदलिएन - 2019-05-29

जनकराज सापकोटादशक लामो माओवादी सशस्त्र द्वन्द्व, पटक–पटकका सडक संघर्ष र जनआन्दोलनका बलमा स्थापना भएको गणतन्त्रले समाजका विधि र व्यवस्था परिवर्तन गर्‍यो । गणतान्त्रिक व्यवस्थाअनुसार नागरिकको हैसियत, स्वभाव र चेतनास्तरचाहिँ कति बदलियो त ? भारतको नयाँदिल्लीस्थित साउथ एसियन युनिभर्सिटीमा समाजशास्त्र विभागमा अध्यापनरत चूडामणि बस्नेतको ठम्याइ छ, ‘व्यवस्था बदलिए पनि नेपाली राजनीति उस्तै छ । त्यसैले जनताको स्वभाव परिवर्तन भएको छैन ।’ संस्थागत संरचनाहरूमा बदलाव आएको तर तिनीहरू सानो समूहले मनपरी गर्न पाउने हिसाबले निर्माण भएको उनी बताउँछन् । ‘नियम र विधि उल्लंघन प्रवृत्तिका रूपमा स्थापित भएको छ’ उनी भन्छन्, ‘यस्तो प्रवृत्ति २०६२ र ६३ को जनआन्दोलनपछि झनै बढेको छ ।

गणतन्त्रको एक दशक :ओझेलमा सामन्तवाद, साम्राज्यवाद विरूद्वको लडाई - 2019-05-28

एकलाल श्रेष्ठसाना साना सामान्ती गणराज्यवाट एकात्मक सामान्ती राज्यको स्थापना संगै निरंकुश र शक्तिशाली बन्दै गएको नेपालको सामान्ती निरंकुश राजतन्त्र पूर्ण रूपले पतन भएको ११ वर्ष पुरा भएको छ । यसको संगै राजतन्त्र सँग जोडिएका एकात्मक राज्य, संघात्मक राज्यमा हिन्दु धर्म सापेक्ष राज्य धर्म निरपेक्षमा र दरवार वरिपरीका ठूला जात तथा वर्गले मात्र पहुँच राख्ने राज्यको निती निर्माण तहमा समाजका सवै जातजातीवाट समावेश गरिने समावेशी राज्य व्यवस्थामा मुलुक परिर्वतन भएको छ । उपलब्धीको दृष्टीले यो नेपालको अहिलेसम्मकै सवैभन्दा महत्वपूर्ण परिर्वतन हो । झण्डै ६ दशक लामो नेपाली प्रजातान्त्रिक आन्दोलनको विभिन्न उत्तारचढावसंगै पटक पटक भएका वामपन्थी तथा प्रजातान्त्रिक शक्तिहरूको संयूक्त जनआन्दोलन नै यो महत्वपूर्ण उपलब्धीको मुख्य श्रोत हो ।

नयाँ नेपालको लागि वैकल्पिक अभियान - 2019-05-15

नवराज दाहाल: विश्व राजनितिक मञ्चमा पछिल्लो समय नया तरंगहरु देखा पर्न थालेका छन् । परम्परा देखी शासन सत्तामा रहि आएका राजनितिक दलहरु भन्दा फरक सैली सोच राख्ने राजनैतिक शक्तिहरु अर्थात पूँजीबाद र साम्यवादी भन्दा फरक दर्शन र मान्यता बोकेका राजनैतिक पार्टीहरु स्थापित हुने क्रम चलिरहेको छ । भन्ने गरिन्छ पृथ्वीमा डाइनोसर र जिराफ भन्ने जिव संग संगै अस्तित्वमा आएका थिए ।

अन्तर्राष्ट्रिय मजदुर दिवस - 2019-05-01

मे १ अर्थात अन्तर्राष्ट्रिय श्रमिक दिवस । सवा सय वर्ष अगाडि आफ्नो अधिकारका लागि मजदुरहरुले बिद्रोह गरेको दिनको सम्झनामा विश्वभरि यो दिवस मनाउने गरिन्छ । आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको माग गर्दै अमेरिकाको सिकागो शहरका मजदुरहरुले मे १ सन् १८८६ मा आमहड्ताल आह्वान गरेको दिनको सम्झनामा हिजो आइतबार यो दिवस मनाइयो । अमेरिकी मजदुरहरुले आह्वान गरेको यो निर्णायक आमहड्तालमा कैयौंलाई फाँसी दिइयो, हजारौं घाइते भए ।

लोकतन्त्रको १४ वर्ष: ओझेलमा उपलब्धि - 2019-04-24

डेढ दशक लामो प्रजातान्त्रिक कालखण्डको भ्रष्टाचार र बेथितिप्रति प्रायश्चित्त गर्दै प्रमुख दलहरूले त्यस्तो गल्ती नदोहोर्‍याउने प्रतिबद्धता जनाएका थिए । सशस्त्र संघर्षको माध्यमबाट राजनीतिको मूलधारमा आएको तत्कालीन माओवादीले आफ्नो प्रमुख नारामा भ्रष्टाचारविरोधी विषयवस्तु समावेश गरेको थियो । तर केही वर्षमै यी भाषण र प्रतिबद्धता झूटा सावित भए ।

दोषीलाई उन्मुक्ति कहिलेसम्म ? - 2019-02-27

कञ्चनपुरको निर्मला हत्या काण्डमा नराम्ररी चुकेको सरकार त्यसका दोषीलाई कानूनी कठाघरमा उभ्याउनुभन्दा पनि अझ किस्ताबन्दीमा एकपछि अर्को गल्ती दोहोर्याउदै आउँनुमा सरकारबाट निर्मलाका परिवारले न्याय पाउनेमा शङ्का उब्जिएको छ ।

भारत-पाकिस्तान विभाजन र घटनाक्रम - 2019-02-27

सन् १९४७ मा ब्रिटिश शासनबाट मुक्त भएसँगै भारत र पाकिस्तान छुट्टिएर नयाँ स्वतन्त्र राष्ट्र बने । स्थापना कालदेखि नै यी दुई छिमेकी देशबीच कहिल्यैपनि सम्बन्ध सुमधुर हुन सकेन। सम्बन्धमा तिक्तताको केन्द्रमा सधैँ कश्मीर रह्यो । यस अवधिमा दुई देशबीच कैयौँ यस्ता घटना भए जसले कहिले युद्ध नै निम्त्यायो त कहिले चर्को तनाव ।

‘पर्ख र हेरको नीति’मा राजपा - 2019-02-09

‘सत्ताका लागि जस्तोसुकै निर्णय र सम्झौता गर्न पछि नपर्ने’ जस्ता आरोप खेपिरहेका मधेश केन्द्रित दल अहिले सत्ता वा सङ्घर्षको अलमलमा रहेको देखिन्छ। सम्झौतालाई भर्‍याङ बनाएर सरकारमा पुग्ने तर काम नगर्ने परिपार्टी विगतकै रोग हो। मधेशका मुद्दामा बेइमेल मात्र हैन सरकारमा जाने होडबाजी र दाउपेचका साथै अन्तरपार्टी र पार्टीभित्रकै तादम्यता नहुँदा मधेश केन्द्रित दल कमजोर बन्न पुगेको हो कि! भन्ने अनुमान लगाउन थालिएको छ।

एकीकृत पार्टीमा ओलीले एकलौटी गरे - 2019-02-09

सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘अर्को माओवादी जमिन्छ’ भन्ने अभिव्यक्ति दिएपछि नेपाली राजनीतिमा नयाँ तरंग आएको छ । भेनेजुएला प्रकरणमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग जुहारी चलिरहेका बेला अर्का अध्यक्ष प्रचण्डले सार्वजनिक मञ्चमै ‘माओवादीलाई सिध्याइयो, जे गरेपछि हुन्छ भन्ने ठाने अर्को माओवादी जन्मन्छ’ भनेका हुन् ।

भेनेजुएलामाथि अमेरिकी हस्तक्षेप बारे - 2019-02-06

संवैधानिक र लोकतान्त्रिक रुपमा निर्वाचित राष्ट्रपति निकोलास मडुरोको सरकारको विरुद्धमा भेनेजुएलामा अमेरिकी साम्राज्यवादको योजनामा जुन राज्य विप्लवको प्रयत्न भइरहेको छ, त्यो मुलत असफल भैसकेको छ । तर पनि त्यसलाई अझै अगाडि बढाउने प्रयत्न जारी छ । त्यसको विरुद्धमा हाम्रो पार्टीको तर्फबाट अध्यक्ष प्रचण्डले वक्तव्य दिइसक्नुभएको छ । सरकार पनि भेनेजुएलामा बाह्य हस्तक्षेप विरुद्ध उभिइसकेको स्थिति छ ।

भेनेजुयला ब्रिफिङ : भएको के हो? - 2019-02-05

काठमाडौ,(प्रस): झन्डै २ साताअघि नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले वक्तव्य जारी गर्दै अमेरिकाको कडा आलोचना गरेपछि नेपाली राजनीतिक वृत्तमा दक्षिण अमेरिकी मुलुक भेनेजुयाला पसेको छ।

नेपाल-अमेरिका सम्बन्ध थप पेचिलो - 2019-02-03

भेनेजुएला प्रकरणबारे नेकपा अध्यक्ष पुष्पकमल दाहालले दिएको वक्तव्यबाट एकाएक चिसिएको नेपाल–अमेरिका सम्बन्ध थप पेचिलो बनेको छ । अमेरिकी सरकारले दाहालको वक्तव्यलाई लिएर नेपाल सरकारको ध्यानाकर्षण गर्न वासिङटन डिसीस्थित नेपाली राजदूत अर्जुन कार्कीलाई विदेश मन्त्रालयमा बोलाएर प्रस्टीकरण लिएको छ ।

नक्कली र सक्कली सहिद ! - 2019-01-30

सहिद त्यो हो, जसले देश र नागरिकको हितमा आफ्नो जीवन अर्पण गर्दछ, समर्पण गर्दछ । तर, यहाँ त कुनै समूहको स्वार्थका लागि भिडन्त गर्दा मरेकालाई पनि सहिद घोषणा गरिएको छ । यतिसम्म कि, सहिदलाई ‘१० लाख रुपैयाँको व्यापार’ जस्तो बनाइएको छ ।

मैले भोगेको युपिएफ र एसिया प्यासिफिक सम्मेलन - 2018-12-09

नवराज दाहाल: भर्खरै एसिया प्यासिफिक सम्मेलन नेपालमा सम्पन्न भएको छ । सम्मेलन पूर्व र सम्पन्न भए पश्चात यसबारे धेरै चर्चा परिचर्चा सुनिन आएको छ । लाग्दछ ठुलो भुकम्प पछीको पराकम्प जस्तै एसिया प्यासिफिकको पराकम्पनहरु गइनै रहेका छन् । कार्यक्रमको बारेमा सकारात्मक र नकारात्मक टिप्पणीहरु सुन्नमा आइरहेका छन् ।

आयात रोकौं, कृषि उद्योगलाई बोकौं - 2018-11-06

हरिबोल गजुरेल:नियम-कानून बनाउनु ठूलो कुरा होइन, त्यसलाई पालना गर्नु ठूलो कुरा हो । यहाँ नियम-कानून राम्रो बने पनि कार्यान्वयनको ढर्रा पुरानै छ । नयाँ संविधान बनेको छ, नयाँ परिवेश छ, तर काम गर्ने तरिका पुरानै । मुख्य समस्याको जड राजनीतिक नेतृत्व हो ।

एमाले पनि जमीनमा, माओवादी पनि जमीनमा - 2018-11-05

पुष्पकमल दाहाल प्रचण्ड:पहिलो संविधानसभा चुनावको बेला म सम्झिन्छु, माओवादीले कहाँ चुनाव जित्छ, बढीमा चाररपाँच सिट जित्छ भन्थे मान्छेहरु । हामीले तत्कालीन नेकपा एमालेसँग चुनावी तालमेलको प्रस्ताव राख्दा उहाँहरुको कुरा पनि त्यही थियो । म आफैं पनि तड्पिराखेको थिएँ, के हुने हो, के ?

मध्यस्थकर्ता मानव अधिकारकर्मीको निधन - 2018-11-04

मानव अधिकारकर्मी एवं नागरिक अगुवा पद्मरत्न तुलाधरको आज निधन भएको छ । विद्रोही माओवादीलाई शान्ति प्रकृयामा ल्याउन वामपन्थी नेताको रुपमा समेत चिनिएका तुलाधरले खेलेको भूमिकाको कम्युनिष्ट पार्टीका अध्यक्ष केपी ओली र प्रचण्डले पनि पटक पटक प्रसंशा गरेका छन् ।

नसा च्यापिएको उपचार - 2018-09-07

डा. श्रीकृष्ण गिरी:अव्यवस्थित जीवनशैली नै नसा च्यापिने एउटा प्रमुख कारण हो । खानपिन मात्रै होइन, शरीरको पोजिसन कसरी राख्छौँ भन्ने कुराले नसाको समस्या निर्धारण गरिरहेको हुन्छ ।










Powered by: Exclusively Solution