समाज




बिजुलीमा अल्झेर चितुवा मर्‍यो


काठमाडौ,(प्रस):
काठमाडौंको कागेश्वरी-मनहरा नगरपालिका-१, गागलफेदीमा केही दिनयता एउटा चितुवा देखिन्थ्यो।

नजिकैको ईश्वरी सामूदायिक वनबाट आएको चितुवाले केही गर्ला कि भनेर स्थानीयलाई डर 

थियो  तर मंगलबार बिहान झिसमिसेमै उनीहरूले चितुवा बिजुलीको ट्रान्सफर्मरमा अल्झेको देखे।

‘कहिले खेतमा सुत्ने कहिले जंगल छेउमा भेटिने चितुवालाई मैले बिहान छ बजेतिर ट्रान्सफर्मरमा अल्झेको देखें,’ स्थानीय रवीन्द्र खड्काले भने,‘गएर हेर्दा त मरिसकेको रैछ।’

त्यसपछि स्थानीयले घटनाबारे जिल्ला वन कार्यालयमा खबर गरे।

गोकर्ण सवडिभिजन वन कार्यालयका सहायक वन अधिकृत अरूण गुप्ताको टोली घटनास्थल पुग्यो।

‘ट्रान्सफर्मर छेऊको चराको गुँडमा जान लाग्दा चितुवा हाइभोल्टेजको ट्रान्सफर्मरमा परेछ, पहिलो पटक करेन्ट लागेर चितुवा मरेको देखें,’ गुप्ताले सेतोपाटीसँग भने, ‘एक वर्ष पनि नपुगेको पोथी चितुवा रैछ। निकै दु:ख लाग्यो।’

गुप्ताको टोलीले मृत चितुवालाई ल्याएर गोकर्णको जंगलमा गाडेको छ।

सहायक वन अधिकृत गुप्ताले ट्रान्सफर्मरको फेदमा माटो भरेकाले चितुवा माथि चढेको बताए। जमिनको सतहबाट साढे २ देखि तीन मिटरमाथि हुनु पर्ने ट्रान्सफर्मर जगमा माटो हालेपछि सतह र ट्रान्सफर्मरको दूरी १ मिटरभन्दा कम भएको थियो।

ट्रान्सफर्मरको छेउमा पर्खाल लगाएर माटो भर्ने काम खड्काले गरेका थिए।

‘घडेरी बनाउन माथिको जग्गा सम्याउँदा आएको माटोलाई पर्खाल लगाएर राखेको थिएँ,’ खड्काले भने,‘बिजुलीको पोल र ट्रान्सफर्मर सार्ने भन्दाभन्दै आज घटना भइहाल्यो।’

उनले आजै विद्युत प्राधिकरणको माखलबारी कार्यालयमा गएर  निवेदन दिइसकेको बताए।

‘उहाँहरूले छिटै पोल र ट्रान्सफर्मर सारिदिन्छौं भन्नुभएको छ,’ खड्काले भने।




Related Pictures:













Related News:

समाजवादी पार्टीले संविधान दिवसमा दीपावली नगर्ने - 2019-09-16

कांग्रेसको अवरोधपछि संसद बैठक स्थगित - 2019-09-16

उत्तर कोरियालाई आफ्नो लगानी फिर्ता लैजान नेपाल सरकारको निर्देशन - 2019-09-16

वार्तामा वोलाएर सिंहदरवारबाटै पत्रकारहरु पक्राउ - 2019-09-16

चावहिलको शव जलाउने घाटमा नाराबाजी - 2019-09-15





चावहिलको शव जलाउने घाटमा नाराबाजी - 2019-09-15

काठमाडौ,(प्रस)मानव सम्बन्धमा सबैभन्दा संवेदनशील क्षण हो- मृत्यु । कसैको मृत्युपछि अन्तिम संकारका लागि मसानघाटमा पुर्‍याउँदा आफन्तजन मात्र होइन, जीवनभर दुश्मनीमा रहेका मान्छे पनि भावुक हुन्छन् ।

मन्त्री भट्टराईमाथि दुर्व्यवहार; सचिवालय - 2019-09-15

काठमाडौ,(प्रस)संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईमाथि नेपालगञ्जमा जहाजभित्र दुर्व्यवहार भएको उनको सचिवालयले बताएको छ । मन्त्री भट्टराईलाई पर्खिँदा विमान होल्ड भएपछि विमानमा रहेका ज्ञानेन्द्र शाहीको समूहले विरोध गरेका थिए । त्यसक्रममा उनीहरुले मन्त्रीमाथि गालीगलौज समेत गरे ।

गैर सरकारी संस्था महासंघ सिन्धुलीको निर्बाचन स्थगित - 2019-09-15

सिन्धुली,(प्रस)गैर सरकारी संस्था महासंघ सिन्धुली शाखाको छैँटो अधिवेशनले शनिवारनै नेतृत्व चयन गर्ने कार्यक्रम रहेको भए पनि सत्तापक्षीय नेकपाकै तीन जना अध्यक्षका प्रत्यासी भएपछि प्राविधिक कारण देखाउँदै निर्वाचन मण्डलका श्यामहरी अधिकारी र नारायण बरालले एक सूचना प्रकाशितगर्दै निर्वाचनको सबै कार्यक्रम स्थगित गरेका छन् ।

जङ्गबहादुरले निर्माण गरेको जिर्ण महोत्तरी कारागारमा चार गुणा बढी कैदीबन्दीः बिरामी हुने क्रम बढ्दो - 2019-09-14

गोपालप्रसाद बराल, बर्दिबासमहोत्तरी कारागारमा रहेका कैदीबन्दीको सङ्ख्या अहिलेसम्मकै सबैभन्दा बढी भएको छ । पछिल्ला पाँच वर्षयता ३५० को हाराहारीमा रहँदै आएको कैदीबन्दीको सङ्ख्या अहिले ५०० पुगेको हो । कारागारको १६३ वर्षको इतिहासमा कैदीबन्दीको यो सङ्ख्या अहिलेसम्मकै सर्वाधिक भएको पाइएको छ ।

सर्लाहीमा व्यापारी साहमाथि गोली प्रहार - 2019-09-14

सर्लाही,(प्रस)सर्लाहीमा एक व्यापारीमाथि गोली प्रहार भएको छ । घरबाट बयलवास बजार जाँदै गरेका ईश्वरपुर नगरपालिका–११ का राजेश साहमाथि परिचय नखुलेका मानिसले गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।

हेटौंडामा ८६७ जना डेंगु पिडित - 2019-09-13

मकवानपुर,(प्रस)मकवानपुरको हेटौंडामा गत साउन १० गतेबाट डेंगु परिक्षण सुरु गरिएकोमा हाल आएर मकवानपुरमा डेंगुका बिरामीहरुको संख्या ८ सय ६७ पुगेको छ । जसमध्य बिरामीहरु हेटौंडा उपमहानगरपालिकाभित्रकै रहेको छन् ।

रोल्पाको वडा कार्यालयमा बम बिस्फोट - 2019-09-13

रोल्पा,(प्रस)अज्ञात समूहले रोल्पाको एक वडा कार्यालयमा आगजनी गरेको छ। जिल्लाको सुनिल स्मृति गाउँपालिका वडा नं. ७ को वडा कार्यालयभित्र पसेर बुधबार राति अज्ञात समूहले आगजनी गरेको प्रहरीले जानकारी दिएको छ।

आक्रमण गर्ने तीन नेकपा कार्यकर्ता पक्राउ - 2019-09-13

बाँके,(प्रस)बाँके खजुरामा बिहीबार भएको दोस्रो चरणको जागरण अभियानका क्रममा कांग्रेस जिल्ला सभापति किरण कोइरालालाई आक्रमण गरी घाइते बनाएको घटनामा प्रहरीले तीन जना नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई पक्राउ गरेको छ।

गृहमन्त्रीका भाइको अदालतमा बयान हुँदै - 2019-09-12

प्रदेस संवाददाता, काठमाडौंअवैध असुलीमा पक्राउ परी हिरासतमा रहेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का भाइ नरेशकुमार थापासहित ८ जना प्रतिवादीमाथि काठमाडौं जिल्ला अदालतले बयान लिइरहेको छ।

पहिरोमा पुरिएर दुई बालिकाको मृत्यु - 2019-09-12

रुकुम,(प्रस)मुसीकोट नगरपालिका– १० स्थित चुनमा पहिरोमा पुरिएर दुई बालिकाको मृत्यु भएको छ । बुधबार बेलुकी ५ः३० बजेको समयमा बाटो माथिबाट आएको पहिरोमा पुरिएर स्थानीय डिलबहादुर छोरी १२ वर्षीया डिलमाया र सोही ठाउँकी रणबहादुर विकको छोरी १० वर्षीया सावित्रीको मृत्यु भएको हो ।

गृहमन्त्रीका भाइ हिरासतमा - 2019-09-12

काठमाडौ,(प्रस)गृहमन्त्री रामबहादुर थापाका भाइ नरेश थापा हिरासतमा परेका छन्। निर्माण व्यवसायी शरदकुमार गौचन हत्यामा जेलमा रहेका गुन्डा नाइके समीरमानसिंह बस्नेत समूहसँग मिलेर ठेकेदारलाई धम्क्याएको आरोपमा प्रहरीले मुद्दा अघि बढाएपछि थापा आफैं प्रहरीको सम्पर्कमा आएका हुन्।

विप्लवका छोरा प्रकाश चन्द रिहा - 2019-09-12

काठमाडौ,(प्रस)प्रतिवन्धित नेकपा समूहका महासचिव नेत्रविक्रम चन्द (विप्लव)का छोरा प्रकाश चन्दलाई प्रहरीले मुक्त गरेको छ ।

सलाम नगर्ने ३० जना कारबाहीमा - 2019-09-12

काठमाडौ,(प्रस): नेपाली सेनाले माथिल्लो दर्जाका कर्मचारीलाई सलाम नगर्ने ३० जनालाई कारबाहीको दायरामा ल्याएको छ । सैनिक अनुशासन विपरीत कार्य गरेको भन्दै सैनिक प्रहरी गणले उनीहरुलाई कारबाही गरेको हो ।

पेस्तोलसहित पक्राउ - 2019-09-11

सिराहा,(प्रस)सिराहाको बिष्णुपुर गाउँपालिका–४ थलाहाकट्टा बस्ने ३० वर्षीय कृष्ण यादवलाई सिक्सर पेस्तोल १ थानसहित प्रहरीले पक्राउ गरेको छ ।

विप्लवका छोरा पक्राउ - 2019-09-11

चितवन,(प्रस)नेत्रविक्रम चन्द विप्लवका छोरा प्रकाश चन्द पक्राउ परेका छन् । उनलाई चितवन मेडिकल कलेजबाट आज विहान पक्राउ गरिएको चितवन प्रहरीले जनाएको छ ।

उपमेयर आफैं अन्यायमा ! - 2019-09-06

रौतहट,(प्रस): संविधानले उपमेयरलाई स्थानीय तहको न्यायिक समिति संयोजक तोकेको छ । रौतहटको कटहरिया नगरपालिकाकी उपमेयर नूरजहाँ खातुन न्याय माग्दै हिंड्न थालेकी छिन् ।

भियना विश्वकै बस्नयोग्य शहर - 2019-09-05

एजेन्सी : विश्वका बस्नलायक शहरको सूचीमा एसियाको स्थान औषतभन्दा तल देखिएको छ । हालै सार्वजनिक विश्वका २३१ शहरहरुको मूल्यांकन सूचीमा प्राकृतिक सुन्दरताले भरिपूर्ण नेपालका शहर भने परेका छैनन् । दी इकोनोमिस्ट इन्टेलिजेन्स युनिट (ईआईयू) ले हरेक वर्ष विश्वका बस्न योग्य/अयोग्य शहरको सूची सार्वजनिक गर्छ । विगतझैं सन् २०१९ मा गरिएको सर्भेक्षणमा अन्य महादेशलाई पछि पार्दै युरोपका शहर बस्नलायकको अग्रपंक्तिमा परेका छन् ।

सिडिओहरूको सरुवा - 2019-08-29

काठमाडौ,(प्रस)गृह मन्त्रालयले सहसचिव (प्रमुख जिल्ला अधिकारी), उपसचिव सहायक प्रमुख जिल्ला अधिकारी तथा विभागीय प्रमुखहरूको सरुवा गरेको छ। बिहीबार बसेको मन्त्रिस्तरीय बैठकले सिडिओहरूको सरुवा गरेको हो।

मन्त्रीको गाडीमा ट्राफिकको लक - 2019-08-28

काठमाडौ,(प्रस)भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ चढ्ने गरेको गाडी ट्राफिक प्रहरीको कारबाहीमा परेको छ।

वीरेन्द्रको शालिक लडाएर बनाइयो चोक - 2019-08-28

सुर्खेत,(प्रस)सुर्खेत जिल्लाको सदरमुकाम र कर्णाली प्रदेशको राजधानी हो, वीरेन्द्रनगर। नामबाटै थाहा हुन्छ, यो सहरसँग तत्कालीन राजा वीरेन्द्रको साइनो छ। त्यो साइनो पचास वर्षभन्दा पूरानो छ।

खैरहनी र कालिका नगरपालिकामा बम विस्फोट - 2019-08-26

चितवन,(प्रस)चितवनको खैरहनी नगरपालिका २ सिमलघारीमा बम बिस्फोट भएको छ भने कालिका नगरपालिका वडा नं. ७ को कार्यालाय ध्वस्त भएको समाचार प्राप्त भएको छ ।










Powered by: Exclusively Solution