समाज




भोलि गणतन्त्र दिवस


काठमाडौ,(प्रस):
नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको एघार वर्ष पूरा भएको अवसरमा भोलि मंगलवार नेपालमा गणतन्त्र दिवस भव्यताका साथ मनाइँदै छ ।

दोस्रो लोकतान्त्रिक जनआन्दोलन २०६२–६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको दिनलाई गणतन्त्र दिवसका रुपमा मनाइँदै आइएको छ ।


सो दिवसका सन्दर्भमा गणतन्त्र दिवस मूल समारोह समितिद्वारा घोषित कार्यक्रमअनुसार जेठ १४, १५ र १६ गते राष्ट्रिय स्तरमा विभिन्न कार्यक्रम आयोजना गरिने छ ।


कार्यक्रमअन्तर्गत जेठ १४ गते  विभिन्न सञ्चारमाध्यमबाट गणतन्त्र दिवसबारे प्रचारप्रसार, पत्रपत्रिकामा गणतन्त्र विशेषाङ्क प्रकाशन, गणतन्त्रको महत्व सम्बन्धमा परिसंवादलगायतका कार्यक्रम राखिएको छ ।


जेठ १५ गते गणतन्त्र दिवसका दिन बिहान ८ बजे सैनिक मञ्च टुँडिखेलमा  विशेष कार्यक्रम आयोजना गरिँदै छ । कार्यक्रमअनुसार विदेशस्थित नेपाली राजदूतावास, नियोग तथा वाणिज्य दूतावासमा विभिन्न कार्यक्रम आयोजनाका साथै उपत्यका बाहिरका जिल्ला र स्थानीय तहमा पनि विभिन्न कार्यक्रमका साथ राष्ट्रिय दिवसका रुपमा कार्यक्रम गरिने मूल आयोजक समितिले जनाएको छ । 




Related Pictures:













Related News:

सिराहा र सप्तरीका सबै पम्पहरु बन्द - 2019-11-20

उच्च अदालतका १५ जनाको नाम न्यायाधीशमा सिफारिस - 2019-11-20

प्रचण्ड नेकपाको कार्यकारी अध्यक्ष, ओली पाँच वर्ष नै प्रधानमन्त्री - 2019-11-20

मन्त्रीमण्डल पुनर्गठन भएन - 2019-11-20

नेपाल आयाल निगमको ट्यांकर अपहरण - 2019-11-19





सिराहा र सप्तरीका सबै पम्पहरु बन्द - 2019-11-20

सिराहा,(प्रस): नेपाल आयल निगमको प्रदेश १ कार्यालय विराटनगरले सिराहा र सप्तरीका सबै पम्पहरुमा तेल वितरण बन्द गरेको छ ।

उच्च अदालतका १५ जनाको नाम न्यायाधीशमा सिफारिस - 2019-11-20

काठमाडौ,(प्रस): न्यायपरिषदले उच्च अदालतका न्यायाधीशमा १५ जनाको नाम सिफारिस गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको अध्यक्षतामा बुधबार बसेको बैठकले उक्त नाम सिफारिस गरेको हो ।

पत्रकार भण्डारी पक्राउ - 2019-11-19

कञ्नपुर,(प्रस): कञ्नपुरका पत्रकार खेम भण्डारी पक्राउ परेका छन् । अदालतको अवहेलनाको मुद्दामा जिल्ला अदालत कञ्चनपुरले सुनाएको फैसला कार्यान्वयनका क्रममा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मरेको कुखुराको मासु खाँदा किशोरीको मृत्यु - 2019-11-19

काठमाडौ,(प्रस): मरेको कुखुराको मासु खाँदा आज एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा पुर्चौंडी नगरपालिका–२ जरसौँका १५ वर्षीया पुष्पा पार्की रहेका छन् । मासु खाँदा एउटै परिवारका नौ जना बिरामी भएका छन् ।

सत्य निरुपणमा भट्ट, वेपत्तामा मल्लिक ! - 2019-11-18

काठमाडौ,(प्रस): सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका पदाधिकारीहरु सिफारिस गर्न बनेको समितिले ६१ जनाको नाम सार्वजनिक गर्दै उजुरी आह्वान गरेको छ । पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा रहेको सिफारिस समितिले सोमबार सार्वजनिक सूचना निकालेर प्रतिक्रिया जनाउन पाँच दिनको समय दिएको छ । सार्वजनिक गरिएको नाममध्ये ५० जनाले आफैं आवेदन दिएका हुन् भने चार जनाको नाम विभिन्न संघ संस्थाबाट सिफारिस भएका हुन् ।

भारतीय मिडियामा प्रधानमन्त्री ओली - 2019-11-18

काठमाडौ,(प्रस): आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी क्षेत्रमा रहेका भारतीय सेना फिर्ता लैजान आग्रह गरे। पछिल्लो समय जम्मु कस्मिरलाई दुई केन्द्र शासित क्षेत्र बनाउन भारतले जारी गरेको राजनीतिक नक्सामा कालापानी, लिपुलेक र लिम्पियाधुरा पनि समावेश गरेपछि नेपालमा चर्को विरोध भइरहेको छ।

नगरप्रमुख विष्टद्धारा तीनलाखको चेक हस्तान्तरण - 2019-11-18

महेन्द्रनगर,(प्रस): भीमदत्त नगरपालिका मेयर सुरेन्द्र विष्टले आज विपन्न गरिबलाई निःशुल्क रगत उपलब्ध गराउने उद्देश्यका लागि नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा कञ्चनपुर ३ लाख चेक हस्तान्तरण गर्नुभएको छ ।

विप्लव कार्यकर्ताद्धारा आत्मसमर्पण - 2019-11-14

काठमाडौ,(प्रस): नेत्रविक्रम चन्द समूहका एक विद्यार्थी नेताले बुधबार जिल्ला प्रशासन कार्यालय सर्लाहीमा आत्मसमर्पण गरेका छन् । पार्टीको नीति राम्रो नभएको भन्दै ईश्वरपुर नगरपालिका–५ नरेशखोरका २२ वर्षीय राजीव महतोले आत्मसमर्पण गरेको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए ।

आफन्तबाटै बेचिइन् १५ वर्षीय बालिका - 2019-11-14

काठमाडौ,(प्रस): काठमाडौँको एक होटलमा काम गर्दै गर्दा आफन्त पर्ने नुवाकोट सूर्यगढी गाउँपालिका–६ घर भई हाल ललितपुरको चापागाउँ बस्ने कान्छी तामाङ (सुनिता तामाङ) भन्ने कृष्णमाया लामाले बालिकालाई पढाई दिने प्रलोभनमा पारेर भारतमा बेचेको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले जनाएको छ ।

भारतीय च्यानल बन्द गर्न राष्ट्रिय अभियानको अपील - 2019-11-11

काठमाडौ,(प्रस): स्वतन्त्र राष्ट्रिय अभियान, नेपालले हाम्रो सार्वभौमिकता तथा अखण्डतामाथि पटक पटक आँच पुर्याउँदै आएको इण्डियाको सम्पूर्ण चलचित्र, सोसँग सम्बन्धित सम्पूर्ण गीत संगीत र समीक्षाका कार्यक्रमहरु समेत तत्काल रोक्न सबै चलचित्रालयहरुलाई अपील गरेको छ ।

डा. केसीलाई लिन सेनाको हेलिकप्टर डडेल्धुरामा - 2019-11-11

काठमाडौ,(प्रस): चिकित्सा क्षेत्र सुधारको माग गर्दै अनशनरत डा. गोविन्द केसीलाई लिन नेपाली सेनाको हेलिकप्टर डडेल्धुरा पुगेको छ । तर केसीले भने आफू स्वस्थ रहेको भन्दै अनशन तोड्न र काठमाडौं जान इन्कार गरेका छन् ।

राप्रपाको जुलुस प्रदर्शन, नेताहरु पक्राउ - 2019-11-10

काठमाडौ,(प्रस): राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले सीमा रक्षाको माग गर्दै राजधानीमा विरोध प्रदर्शन गरेको छ।

उपप्रधानमन्त्री पोखरेल चीन प्रस्थान - 2019-11-10

काठमाडौ,(रासस): उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल छिमेकी चीनको उहानमा हुने सातौँ विश्व सैन्य खेलकूद प्रतियोगिता र बेइजिङमा हुने ‘बेइजिङ स्याङ्ग्सन फोरम’मा भाग लिन बिहीबार त्यसतर्फ प्रस्थान गरका छन्।

उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले सम्वोधन गर्नुहुँदै - 2019-11-10

सिन्धुली(प्रस): सिन्धुलीगढीको २५२ औँ विजयोत्सवको अवसरमा आयोजित भव्य समारोहका बीच उपप्रधान तथा उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले इतिहासले भविश्यको मार्ग निर्धारण गर्ने बताउँदै नेपाल एकिकरणको इतिहासमा व्रिटिस फौजलाई नेपाली सेनाले परास्तगर्दै सेनाले बीरता र वहादुरी प्रदर्शन गरेको बताउनु भएको छ ।

सिन्धुलीगढी युद्ध संग्राहालयको शिलान्यास - 2019-11-10

काठमाडौ,(प्रस): सिन्धुलीगढीको २५२ औँ विजयोत्सवको अवसरमा आयोजित भव्य समारोहका बीच उपप्रधान तथा उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले सिन्धुलीगढी युद्ध संग्राहालयको शिलान्यास गर्नुभएको छ । सिन्धुली नेपाली सेनाकोे साढे चार करोड बजेटमा निर्माण हुने संग्राहालयको पोखरेलले शिलन्यास गरेका हुन् ।

सन्दर्भः सिन्धुलीगढी विजय उत्सव, नेपाली सेनाले ल्यायो युद्धकालिन तोप ! - 2019-11-09

दिपा भण्डारी, सिन्धुलीनेपाल माथि आक्रमण गर्न आएको इष्ट इण्डिया कम्पनीको अंग्रेज सेनालाई हराएको संझनामा सिन्धुलीमा विषेश कार्यक्रमका साथ २५२ औं सिन्धुलीगढी विजय उत्सव मनाइँदैछ । कमलामाई नगरपालिका कार्यालयको मुख्य आयोजनामा भएको कार्यक्रम २०७६ सा कार्तिक २४ गतेदेखी मनाउन थालिएको हो । राजधानी काठमाडौं कव्जा गर्ने सहज मार्गको रुपमा लिइने सिन्धुलीगढीलाई कव्जा गर्न आएका कप्तान किनलोकको फौजलाई घरेलु हतियारको सहायताले गोरखाली सेनाले परास्त गरेको इतिहास छ ।

आज हरिबोधिनी एकादशी - 2019-11-08

काठमाडौ,(प्रस): भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँतिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ ।

शिक्षा ऐन संशोधन हुँदैन: मन्त्री पोखरेल - 2019-11-07

काठमाडौ,(प्रस): शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय चिकित्सा शिक्षा ऐन संशोधन नहुने प्रष्ट्याएका छन्। डडेल्धुरामा अनसनरत् वरिष्ठ चिकित्सक गोविन्द केसीको मागबारे स्पष्ट पार्दै मन्त्री पोखरेलले ऐन संशोधन नहुने बताए।

कारागारमा महरा विरामी - 2019-11-07

काठमाडौ,(प्रस): सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रमुख सचेतक देवप्रसाद गुरूङले डिल्लीबजार कारागारमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरासँग भेटेका छन्। संसद सचिवालयकी एक कर्मचारीलाई बलात्कार प्रयास गरेको अभियोगमा पुर्पक्षका लागि कारागार रहेका महरा भेट्न गुरूङ बिहीबार बिहान पुगेका हुन्।

इन्स्पेक्टरको ‘अचानक’ मृत्यु - 2019-11-06

काठमाडौ,(प्रस):

सिन्धुपाल्चोकमा भएको बस दुर्घटनामा तीन महिने शिशुसहित १७ जनाको मृत्यु - 2019-11-03

दोलखाको सैलुङ गाउँपालिका मागा देउरालीबाट काठमाडौं आउँदै गरेको बा २ ख ७२४५ नम्बरको बस आइतबार दिउँसो सुनकोशी नदीमा खसेको थियो ।सिन्धुपाल्चोकको सुकुटेमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १७ पुगेको छ । सिन्धुपाल्चोककी प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङका अनुसार १५ जनाको घटनास्थलमै मृत्यु भएको हो भने दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो । मृत्यु हुने मध्ये ७ जनाको सनाखत भएको चेम्जोङले बताइन् ।










Powered by: Exclusively Solution