बिदेश




चीन भन्छ- आत्मसमर्पण गर्दैनौं, ट्रम्प भन्छन्- नराम्रो क्षति ब्यहोर्नुपर्ला


एजेन्सी :
विश्वका दुई ठूला अर्थतन्त्र अमेरिका र चीनबीचको व्यापार युद्ध तत्काल नटुंगिने भएको छ। वासिङटनमा अघिल्लो साता सुरू भएको ११ चरणको वार्ता बिनानिष्कर्ष टुंगिएपछि यी दुई महाशक्ति राष्ट्रको व्यापार युद्धले एउटा महत्वपूर्ण मोडमा आइपुगेको छ।

 वार्तामा चीनलाई दबाब दिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबारदेखि थप २०० अर्ब डलरका चिनियाँ सामानमा २५ प्रतिशत कर लगाएपछि चीनले त्यसको जवाफ दिने बताएको छ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गेङ सुवाङले सोमबारको नियमित पत्रकार सम्मेलनमा भने-अमेरिकी भनाइ पर्ख र हेरलाई सापटी लिँदा विस्तृत जानकारीका लागि ध्यान दिएर प्रतीक्षा गर्नुहोला।

‘हामीले पटकपटक भनेका छौं थप कर लगाएर कुनै समस्याको समाधान हुँदैन। हाम्रो कानुनी र जायज अधिकारको रक्षा गर्न हामीसँग क्षमता र आत्मविश्वास छ,’  सुवाङले भने।

उता अमेरिकी राष्ट्रपति ट्रम्पले चीनले बढाइएको पछिल्लो करको जवाफी कदम चाले त्यसले चीनलाई ठूलो क्षति पुग्ने चेतावनी दिएका छन्।

मैले खुला रूपमा राष्ट्रपति सी र अन्य चिनियाँ मित्रहरूलाई भनेको छु कि यदि तपाईंहरूले हामीसँग सम्झौता गर्नुभएन भने तपाईंहरूलाई नराम्रो क्षति हुन्छ किनकी चीनमा अहिले भएका कम्पनीहरू अन्त सर्नेछन,’ ट्रम्पले ट्वीटरमा लेखेका छन्।

ट्रम्पले अमेरिका आयात हुने थप ३३९ अर्ब डलरका चिनियाँ सामानमा पनि कर लगाउने बताइसकेका छन्।

चीनले भने अमेरिकाले लगाउने त्यस्तो करले खासै फरक नपर्ने बताउँदै आएको छ। सोमबार पनि चिनियाँ सरकारी सञ्चारमाध्यमहरूले अमेरिकाले लगाउने थप करलाई चिनियाँ अर्थतन्त्रले धान्न सक्ने आशयका विचार र टेलिभिजन अन्तर्वार्ता प्रकाशन/प्रसारण गरेका छन्।

अमेरिकी राष्ट्रपति ट्रम्पले चिनियाँ सामानमा कर लगाउँदा भएको आम्दानीले अमेरिकी अर्थतन्त्रलाई राहत भएको भन्दै आफूलाई तत्काल कुनै सम्झौतामा हस्ताक्षर गर्न हतार नभएको बताएका छन्। चीनले पनि आत्मसमर्पण नगर्ने बताएपछि ८ महिनाअघि सुरू भएको व्यापार युद्ध लम्बिने भएको छ।

यसअघि वार्ताका क्रममा चीनले सरकार नियन्त्रित उद्योग व्यवसायमा दिने अनुदान घटाएर खुला बजार बनाउने, वौद्धिक सम्पत्तिको संरक्षण र अमेरिकाबाट आयात गर्ने सामानको मात्रा बढाउनेमा सहमति गरेको थियो।

तर यी सहमतिलाई कसरी लागु गर्ने भन्ने कुरामा दुई देशबीच सहमति हुन सकेको छैन। अमेरिका यसअघि पनि चीनले सहमति गरेको तर कार्यान्वयनमा उदासिनता देखाएको भन्दै यसपालि बलियो  कार्यान्वन प्रणाली बनाउने पक्षमा छ। त्यसको अर्थ  चीनले सम्झौता अक्षरश: पालना नगरे अमेरिका आफैंले दण्डित गर्न सक्ने हो। तर चिनियाँ पक्षले यसलाई आफ्नो सार्वभौमिकतासँग जोडेको छ। चिनियाँ व्यापारबारे अमेरिकाले निर्णय गर्ने प्रणाली हुनुभन्दा सहमति नै नभए पनि आफ्नो अर्थतन्त्र  चल्न सक्ने निष्कर्षमा चीन पुगेको देखिन्छ।  

ह्वाइटहाउसका अधिकारीहरूका अनुसार आउँदो जुन अन्त्यमा जापानमा हुने जी२० मुलुकको सम्मेलनका क्रममा राष्ट्रपति ट्रम्प र समकक्षी सी चिनफिङबीच साइडलाइन वार्ता हुने सम्भावना छ।




Related Pictures:













Related News:

Krishna H Pushkar - 2019-07-21

- 2019-07-21

कम्मरमा २ किलो सुन ! - 2019-07-21

हत्या आरोप लागेपछि एक महिनादेखि ३ वडाअध्यक्ष फरार - 2019-07-21

नोबल मेडिकल कलेजमा नाराबाजी - 2019-07-21





तालिबान समूहको आक्रमणमा सात जनाको मृत्यु - 2019-07-21

एजेन्सी : पाकिस्तानको उत्तर पश्चिमी प्रान्त डेरा इस्माइल खानमा तालिबान समूहले गरेको दुईवटा आक्रमणमा सात जनाको मृत्यु भएको छ ।

भ्रष्टाचार आरोपमा पाकिस्तानका पूर्वप्रधानमन्त्री अब्बासी पक्राउ - 2019-07-19

अब्बासीले सन् १९१७ को अगस्टदेखि २०१८ मेसम्म प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।पाकिस्तानका पूर्वप्रधानमन्त्री शाहिद खक्वान अब्बासीलाई बिहीबार गिरफ्तार गरिएको छ । अर्का पूर्वराष्ट्रपति असिफ अली जर्दारीलाई भ्रष्टाचारको आरोपमा गिरफ्तार गरिएको एक हप्तापछि अब्बासीलाई गिरफ्तार गरिएको हो । वर्तमान् प्रधानमन्त्री इमरान खानका पूर्ववर्ती अब्बासी प्रतिपक्षी दलका नेताहरूमध्ये प्रभावशाली नेता मानिन्छन् ।

क्यालिफोर्नियामा दुई दसकयताकै शक्तिशाली भूकम्प - 2019-07-05

अमेरिकाको स्वतन्त्रता दिवसको दिन नै आएको उक्त भूकम्प सो क्षेत्रमा दुई दसकयताकै शक्तिशाली दक्षिणी क्यालिफोर्नियामा दुई दसकयताकै शक्तिशाली भूकम्पका कारण केही क्षति पुगेको विवरण प्राप्त भएका छन्। मानिसहरूमा भूकम्पका त्रास कायमै छ। उक्त भूकम्पको केन्द्रविन्दु लस एन्जलसबाट करिब अढाइ सय किलोमिटर उत्तरपूर्वमा रहेको रिजक्रेस्ट नगर नजिकै थियो। अग्निनियन्त्रकहरूका अनुसार उनीहरूले नगरको वरपर भएका आगलागीका घटनासँग जुझिरहेका छन्।

झारखण्डमा नक्सलवादीको आक्रमणमा पाँच प्रहरीको मृत्यु - 2019-06-15

एजेन्सी : भारतको झारखण्डमा नक्सलवादीको आक्रमणमा पाँच प्रहरीको ज्यान गएको छ । सरायकेला खरसान्वा जिल्लामा शुक्रबार राती प्रहरीलाई लक्षित गर्दै नक्सलवादीले आक्रमण गरेका हुन् । आक्रमणमा दुई प्रहरी सहायक निरीक्षक र तीन प्रहरी जवानको ज्यान गएको जनाइएको छ ।

अत्यधिक गर्मीका कारण भारतमा चार जनाको मृत्यु - 2019-06-11

एजेन्सी : अत्यधिक गर्मीका कारण भारतको दिल्लीबाट झांसी गइरहेको केरला एक्सप्रेसको रेलभित्रै चार जना यात्रुको मृत्यु भएको छ ।

अमेरिकाको भर्जिनियामा अन्धाधुन्ध गोली चल्यो, १२ जनाको मृत्यु - 2019-06-01

एजेन्सी : संयुक्त राज्य अमेरिकाको भर्जिनियास्थित एउटा सरकारी भवनमा अन्धाधुन्ध गोली चलाइएको छ। गोलीकाण्डमा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएको प्रहरीले जनाएको छ।

इजरायलमा नेतान्याहुले सरकार बनाउन सकेनन्, १ महिनामै संसद् भंग - 2019-05-30

काठमाडौ,(प्रस) प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गठबन्धन सरकार बनाउन नसकेपछि निर्वाचन भएको एक महिनामै इजरायलको संसद् भंग भएको छ । अब इजरायलमा आगामी सेप्टेम्बरमा फेरि निर्वाचन हुनेछ । इजरायलमा गत अप्रिलमा निर्वाचन भएको थियो । कुल १२० स्थानमध्ये नेतन्याहुको लिकुड पार्टीले ३५ सिट जितेको थियो । तर, सरकार बनाउनका लागि उनलाई पूर्वरक्षामन्त्री एविग्दोर लिबरमनको पार्टीसँग सम्झौता नगरी नहुने भयो ।

अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार बोल्टनले भने- जहाजमा इरानले नहाने के नेपालले हान्छ - 2019-05-30

पछिल्लो समय इरान र अमेरिकाको सम्बन्ध तनावमा छ। अमेरिकाले मध्यपूर्वका आफ्ना सहयोगी देशमा रहेका नागरिक र सैन्य क्याम्पमाथि इरानले आक्रमण गर्न सक्ने बताएको छ। त्यसबाट जोगिन भन्दै उसले मध्यपूर्वमा आफ्ना सैनिक बढाएको छ भने तेहरानमाथि प्रतिबन्ध थपेको छ।

अष्ट्रेलियाकै पहिलो चालकविहीन रेल सेवा सुरु - 2019-05-26

एजेन्सी : अष्ट्रेलियाकै पहिलो चालकविहीन रेल सेवा आइतबारबाट सुरु भएको छ । करिब ४० मिनेट लामो यात्रा दुरी भएको यो मेट्रो रेलले सिड्नीका १३ वटा स्थानलाई जोड्छ । सिड्नीको च्यास्वुडदेखि तलावोंगसम्म चल्ने रेलको न्यू साउथ वेल्सकी प्रिमियर ग्ल्याडज बेरेजिक्लिनले आइतबार बिहान नेपाली समयअनुसार बिहान ७ बजेर २० उदघाटन गरिन् । रेल चढेर उदघाटन गर्दै उनले यो रेल सेवा सुरुवात गर्न पाउँदा गौरवको अनुभूति भएको बताइन् ।

राहुलले मोदीलाई दिए बधाई - 2019-05-23

एजेन्सी : भारतीय कंग्रेसका अध्यक्ष राहुल गान्धीले लोकसभा चुनावमा आफ्नो पार्टीको हार स्वीकारेका छन्। बिहीबार साँझ नयाँदिल्लीमा पत्रकार सम्मेलन गर्दै गान्धीले जनता मालिक भएकाले आज आदेश दिएको बताए।

चार लाख मतान्तरले हारे कन्हैयाकुमार - 2019-05-23

एजेन्सी : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका कडा आलोचक तथा यूवा नेता कन्हैयाकुमार बिहारको बेगुसरायबाट लोकसभामा पराजित भएका छन्।

भारतीय चुनाव : प्रारम्भिक गणनामा सत्तारुढ गठबन्धन एनडीए अगाडि - 2019-05-23

एजेन्सी : भारतीय लोकसभा चुनावको प्रारम्भिक मतगणनामा सत्तारुढ गठबन्धनले अग्रता लिएको छ । गणनाको फरक फरक आँकडा सार्वजनिक भए पनि सबैले सत्तारुढ बीजेपी नै अगाडि देखिएका छन् । आजतकका अनुसार, मतगणनाको पछिल्लो परिणाममा २ सय ९० स्थानमा अग्रता लिएको छ ।

युक्रेनका नयाँ राष्ट्रपतिले भने : कार्यालयमा मेरो होइन आफ्ना बच्चाको तस्बिर राख्नू, निर्णय गर्दा तिनका आँखामा हेर्नू - 2019-05-21

एजेन्सी : हाँस्यकलाकारबाट युक्रेनका राष्ट्रपति बनेका भोलोदमिर जेलेन्स्कीले पद तथा गोपनियताको सपथ लिएका छन्। निर्वाचित भएको एक महिनापछि जेलेन्स्कीले सोमबार राष्ट्रपतिको कार्यभार सम्हालेका हुन्। पदभार ग्रहण समारोहमा बोल्दै जेलेन्स्कीले सबै युक्रेनी देशको राष्ट्रपति भएको प्रतिक्रिया दिए।

हेटौँडा सिमेण्ट उद्योगमा कच्चापदार्थ उत्पादन ठप्प - 2019-05-19

हेटौँडा,(प्रस): नेपाल सरकारको स्वामित्वमा सञ्चालित हेटौँडा उपमहानगरपालिका–९ मा रहेको हेटौँडा सिमेन्ट उद्योग लिमिटेडको क्लिङ्कर कच्चापदार्थको उत्पादन बन्द भएको छ ।

हेटौँडा सिमेण्ट उद्योगमा कच्चापदार्थ उत्पादन ठप्प - 2019-05-19

हेटौँडा,(प्रस): नेपाल सरकारको स्वामित्वमा सञ्चालित हेटौँडा उपमहानगरपालिका–९ मा रहेको हेटौँडा सिमेन्ट उद्योग लिमिटेडको क्लिङ्कर कच्चापदार्थको उत्पादन बन्द भएको छ ।

हेटौँडा सिमेण्ट उद्योगमा कच्चापदार्थ उत्पादन ठप्प - 2019-05-19

हेटौँडा,(प्रस): नेपाल सरकारको स्वामित्वमा सञ्चालित हेटौँडा उपमहानगरपालिका–९ मा रहेको हेटौँडा सिमेन्ट उद्योग लिमिटेडको क्लिङ्कर कच्चापदार्थको उत्पादन बन्द भएको छ ।

हेटौँडा सिमेण्ट उद्योगमा कच्चापदार्थ उत्पादन ठप्प - 2019-05-19

हेटौँडा,(प्रस): नेपाल सरकारको स्वामित्वमा सञ्चालित हेटौँडा उपमहानगरपालिका–९ मा रहेको हेटौँडा सिमेन्ट उद्योग लिमिटेडको क्लिङ्कर कच्चापदार्थको उत्पादन बन्द भएको छ ।

एक्जिट पोल भन्छन्- फेरि पनि भाजपा गठबन्धनले नै बहुमत ल्याउँछ - 2019-05-19

काठमाडौ,(प्रस): भारतमा लोकसभा चुनावका लागि आज मतदान सकिएको छ। सातौं चरणको मतदान सकिएसँगै विभिन्न सञ्चारमाध्यमले गरेका एक्जिट पोलका नतिजाहरू आइतबार साँझ सार्वजनिक भएका छन्।

चीन भन्छ- आत्मसमर्पण गर्दैनौं, ट्रम्प भन्छन्- नराम्रो क्षति ब्यहोर्नुपर्ला - 2019-05-14

एजेन्सी : विश्वका दुई ठूला अर्थतन्त्र अमेरिका र चीनबीचको व्यापार युद्ध तत्काल नटुंगिने भएको छ। वासिङटनमा अघिल्लो साता सुरू भएको ११ चरणको वार्ता बिनानिष्कर्ष टुंगिएपछि यी दुई महाशक्ति राष्ट्रको व्यापार युद्धले एउटा महत्वपूर्ण मोडमा आइपुगेको छ।

आजदेखि पत्रकार महासंघ आन्दोलनमा: जेठ १ गते कालोपट्टी बाँधेर काम गर्ने - 2019-05-12

प्रदेस संवाददाता, काठमाडौंसरकारले ल्याउन लागेको ‘प्रेस स्वतन्त्रता विरोधी’ मिडिया काउन्सिलसम्वन्धी विधेयक फिर्ता लिन माग गर्दै आइतबारदेखि नेपाल पत्रकार महासंघले आन्दोलन सुरू गरेको छ। मन्त्रिपरिषदबाट पारित भई बिहीबार संसदमा दर्ता भएको विधेयकका प्रावधान प्रेस स्वतन्त्रता विरोधी रहेकोले महासंघले आन्दोलन सुरू गरेको हो।

चिनियाँ राष्ट्रपति सीले व्यापार वार्ताकारलाई भने-अमेरिकासँग नझुक्नू, परिणामको जिम्मा म लिन्छु - 2019-05-08

एजेन्सी : दुई शक्ति राष्ट्र अमेरिका र चीनबीच झन्डै ८ महिनादेखि जारी व्यापार युद्ध तत्काल नटुंगिने छाँट देखिएको छ। अहिलेसम्म वासिङट्न र बेइजिङमा १० पटक वार्ता भएका छन्। अर्को वार्ता यही साता वासिङट्नमा हुँदैछ। उक्त वार्तामा चिनियाँ उपप्रधानमन्त्री लिऊ हे पनि सहभागी हुँदैछन्।










Powered by: Exclusively Solution