क्राइम स्टोरी




१५ वर्षीया किशोरीको घाँटी रेटेर हत्या


काठमाडौ,(प्रस):
पाँचथरमा एक १५ वर्षीया किशोरीको घाँटी रेटेर हत्या भएको छ । जिल्लाको हिलिहाङ–४, पञ्चमीकी शीतल योङहाङको आइतबार साँझ हत्या भएको हो । जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रहरी निरीक्षक अनील पौडेलले शीतलको शव घाँटी काँटिएको अवस्थामा सडकको मूनि फेला परेको जानकारी दिए ।

हत्या कसले र किन गर्‍यो भन्ने खुलेको छैन । प्रहरी निरीक्षक पौडेलका अनुसार, यसबारे थप अनुसन्धान भइरहेको छ । ‘हत्या स्थलमा पुगेको प्रहरीले शव नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको छ’, उनले भने । उनका अनुसार, हत्या स्थलबाट प्रहरीले एक मोबाइल फोन फेला पारेको छ ।

किशोरीको शव अहिले पोस्टमार्टका लागि जिल्ला अस्पताल, पाँचथरमा राखिएको छ ।




Related Pictures:













Related News:

Krishna H Pushkar - 2019-07-21

- 2019-07-21

कम्मरमा २ किलो सुन ! - 2019-07-21

हत्या आरोप लागेपछि एक महिनादेखि ३ वडाअध्यक्ष फरार - 2019-07-21

नोबल मेडिकल कलेजमा नाराबाजी - 2019-07-21





कालोसूचीमा ‘राख्नुपर्ने’ विवादित रमण कन्स्ट्रक्सनलाई भेरी-बबईको ठेक्का - 2019-07-20

काठमाडौ,(प्रस): भेरी बबई डाइभर्सन आयोजनाको हेडवक्र्स, पावरहाउस लगायतका संरचना निर्माणको ठेक्का रमण कन्स्ट्रक्सनले पाउने भएको छ । यो त्यही कम्पनी हो, जसलाई सडक विभागले कालो सूचीमा राख्नुपर्ने ठहर गरेको छ । ८ अर्ब लागत अनुमान गरिएको भेरी बबईमा रमण कन्स्ट्रक्सन जेभीले झण्डै १ अर्ब ८४ करोड -भ्याटसहित) रकम घटेर ६ अर्ब १६ करोड ५२ लाख १५ हजार ७७५ रुपैयाँको टेन्डर हालेको थियो । रमणले चीनको ग्वाङ्डोन-युनाटियनसँग मिलेर जेभीमा यो परियोजनाका लागि टेन्डर हालेको थियो ।

१५ लाख घुस लिने तीन इन्जिनियर पक्राउ - 2019-07-20

काठमाडौ,(प्रस): कर्णाली नदी व्यवस्थापन कार्यलय बर्दियाका तीन इन्जिनियर १५ लाख घुससहित पक्राउ परेका छन् । इन्जिनियरत्रय कमल सिटौला, विश्वेश्वर प्रसाद शाह, हरी प्रसाद चौधरी र सवारी चालक टंक प्रसाद ओझालाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।

क्राइम स्टोरी: धनगढीमा शक्तिशाली बम विष्फोट, ५ जना घाइते - 2019-07-18

कैलालीको धनगढी उपमहानगरपालिका-३ शहीद गेटमा शक्तिशाली बम विष्फोट हुँदा ५ जना घाइते भएका छन् । घाइते मध्ये एक जनाको अवस्था गम्भिर छ । घाइते हुनेमा बझाङका राम सिंह, कञ्चनपुरको बेलाैरी-५ का लक्ष्मण सेरला, माेबिन खान, जितेन्द्र यादव र धनगढी-४, बाेराडाडीका केशवराज पाण्डे छन् । स्थानीय निलम होटल अगाडि विस्फोट भएको हो । घाइते पाण्डे सोही होटलका सञ्चालक हुन् ।

शिशु चोर्ने महिला पाल्पामा पक्राउ - 2019-07-13

पाल्पा,(प्रस): पाल्पामा शुक्रबार अस्पतालबाटै हराएको नवजात शिशु स्याङ्जामा भेटिएको छ । पाल्पास्थित लुम्विनी मेडिकल कलेज प्रभासबाट नवजात शिशु चोर्ने महिल्रहरीालाइ प्रहरीले स्याङ्जाबाट शनिबार बिहान १० बजे नियन्त्रणमा लिएको जनाएको छ । बच्चा चोरेर फरार रहेकी गल्याङ् नगरपालिका वडा नम्वर ५ मोहनडाँडाकी विमला पाण्डेलाई प्रहरीले पक्राउ गरेको हो ।

गृह प्रवक्ता सुवेदीको किर्ते हस्ताक्षर - 2019-07-03

काठमाडौ,(प्रस)गृह मन्त्रालयको नक्कली लेटरप्याड बनाइ प्रवक्ता रामकृष्ण सुवेदीको हस्ताक्षरसमेत किर्ते गर्ने पक्राउ परेका छन्। सरकारी छाप र दस्तखत किर्ते गर्ने कार्यमा संलग्न काभ्रे धुलिखेल बस्ने बारा निजगढ घर भएकी ३३ वर्षीया लक्ष्मी अधिकारी र उनका श्रीमान् ३८ वर्षीय राजनकुमार थापालाई सिंहदरबारको दक्षिण गेट नजिकबाट पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

तास खेलिरहेका आठ जना बानेश्वरबाट पक्राउ - 2019-07-03

काठमाडौ,(प्रस)तास खेलिरहेको अवस्थामा आठ जनालाई महानगरीय प्रहरी बृत्त बानेश्वरले बुधबार साँझ पक्राउ गरेको छ। काठमाडौं-३१ बानेश्वरस्थित पानीट्यांकीबाट आठ जनालाई तासको खालबाट पक्राउ गरिएको बृत्तका प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले बताए।

भक्तपुर हत्याको अनुसन्धान, ‘आर्थिक लेनदेन’ - 2019-06-30

भक्तपुर,(प्रस): भक्तपुरको चाँगुनारायणमा आइतबार दिउँसो भएको ६० वर्षीया महिलाको हत्यामा संलग्न अपराधीहरुको नजिक पुगेको प्रहरीले जनाएको छ। चाँगुनारायण नगरपालिका वडा नम्बर ७ बाँसबारीकी ६० वर्षीया साबित्री भट्टराईको आफ्नै घरमा आइतबार दिउँसो घाँटी रेटी हत्या भएको थियो।

'सिरिन्ज आतंक' को नाममा युवतीमाथि आक्रमण गर्ने महाराजगञ्जबाट पक्राउ - 2019-06-28

क्राइम व्यूरो, काठमाडौराजधानीका विभिन्न स्थानमा साँझ पख र रातको समयमा युवतीमाथि अनौठो तरिकाबाट आक्रमण हुन थाल्यो । बाटोमा हिडिरहेका युवतीमाथि तिखो वस्तुले घोचेर युवा भागिहाल्ने । युवतीले सिरिन्जले घोचेको बताउँदै उपचारका लागि अस्पतालसम्म धाए। उनीहरुले आवश्यक कारबाहीका लागि प्रहरीमा उजुरी पनि दिए।

समता स्कुलका सञ्चालक सञ्जेल प्रहरी नियन्त्रणमा - 2019-06-18

काठमाडौ,(प्रस): समता स्कुल तथा अस्पतालका सञ्चालक उत्तम सञ्जेललाई प्रहरीले नियन्त्रणमा लिएको छ। कर्मचारीले आत्महत्या गरेको विषयलाई लिएर आफन्तले आन्दोलन थालेपछि सञ्जेललाई प्रहरीले नियन्त्रणमा लिएको हो। समता अस्पताल बौद्धमा कार्यरत रामेछाप दोरम्बाकी २७ वर्षीया विमला तामाङले सोमबार राति अस्पतालभित्र पासो लगाएर आत्महत्या गरेकी थिइन्।

काठमाडौं बम विस्फोट प्रकरण : थप एकको मृत्यु - 2019-06-15

राजनैतिक व्यूरो, काठमाडौकाठमाडौंस्थित सुकेधारा र घट्टेकुलो विस्फोटमा घाइते थप एक जनाको मृत्यु भएको छ । चाबहिलको ओम अस्पतालमा उपचारका क्रममा रामेछाप मन्थली नगरपालिका ४ का रामकुमार श्रेष्ठको शनिबार मृत्यु भएको हो । उनीसँगै विस्फोटमा मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

इञ्जिनियर १ लाख घुससहित पक्राउ - 2019-06-13

इटहरी,(प्रस): अख्तियार दुरुपयोग अनुसन्धान आयोग, इटहरीले घुससहित गाउँपालिकाका इञ्जिनियरलाई रंगेहात पक्राउ गरेको छ । सप्तरीको रुपनी गाउँपालिकाका इञ्जिनीयर विकास श्रेष्ठलाई अख्तियारको टोलीले घुससहित बिहीबार बिहान पक्रेको हो ।

आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा उपसचिव बाबु पक्राउ - 2019-06-11

काठमाडौ,(प्रस): आफ्नै १८ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उपसचिव पक्राउ परेका छन् ।

ब्राउन सुगरसहित पक्राउ - 2019-06-06

काठमाडौ,(प्रस): प्रहरीले काठमाडौंको एक होटलबाट दुई सय ७५ ग्राम ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको शिवसताक्षी नगरपालिका–६ का ४० वर्षीय गोपाल बुढाथोकी रहेका छन् ।

क्राइम स्टोरी: निर्मला पन्तको हत्यारा बालुवाटारमै छ : कोइराला - 2019-05-31

काठमाडौ,(प्रस): नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यारा बालुवाटारमै रहेको दाबी गरेका छन् । नेपाल शिक्षक संघ प्रदेश–५ को सभालाई शुक्रबार बुटवलमा सम्बोधन गर्दै उनले भने, ‘प्रधानमन्त्रीले निर्मलाको हत्यारा पत्ता लाग्न १२ वर्ष लाग्छ भनेर किन भन्नु भएको थाहा छ ? किनकी हत्यारा बालुवाटारमै छ ।’

शक्तिशाली धामी बन्न अढाई बर्षीय बालक आर्यनको बली - 2019-05-30

क्राइम व्यूरो, जनकपुरधाम करिब एक महिनाअघि भएको अढाई वर्षीय बालकको शक्तिशाली धामी बन्ने अन्धविश्वासमा परी देवी देउताको नाममा बली दिएको पुष्टि भएको छ । धनुषा मिथिला नगरपालिका–६, ढल्केबरका शम्भु साहका २४ वैशाखमा हत्या भएको थियो । अघिल्लो दिन साँझदेखि हराइरहेका आर्यनको शव घाँटी काटिएको अवस्थामा २४ वैशाखको बिहान फेला परेको थियो ।

आफैंले बोकेको बम विस्फोट हुँदा एक घाइते, प्रहरीले लियो नियन्त्रणमा - 2019-05-26

काठमाडौ,(प्रस): काठमाडौंको नागढुंगामा बम विस्फोट भएको छ। नागढुंगास्थित आधी नारायण इँटा भट्टा नजिकै बम विस्फोट भएको प्रहरी प्रभाग बलम्बुका प्रहरी निरीक्षक शंकर खड्काले जानकारी दिए।

लगनखेल र बालकुमारीमा भेटियो प्रेसर कुकर बम: घटनास्थलमा सेनाको बम डिस्पोजल टोली - 2019-05-26

काठमाडौ,(प्रस): लगनखेल र बालकुमारीमा प्रेसर कुकर बम फेला परेको छ। लगनखेल बसपार्क र बालकुमारीमा बम भेटिएको ललितपुर प्रहरी परिसरले जनाएको छ। बम भेटेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

उपत्यकामा नेकपाको बम आतंक, विभिन्न स्थानमा बम फेला - 2019-05-26

क्राइम व्यूरो, काठमाडौआइतबार दिउँसो राजधानीका घट्टेकुलो र सुकेधारामा भएका बम विस्फोटमा नेत्रविक्रम चन्द ‘विप्लव’ को नेपाल कम्युनिष्ट पार्टीको संलग्नता रहेको प्रहरीले दाबी गरेको छ । ‘सो स्थानमा बम बनाएर अर्कै स्थानमा लैजाने क्रममा विस्फोट भएको देखिन्छ,’ घटनास्थलको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले भने, ‘यस विषयमा हामीले गहन रूपमा अनुसन्धान गरिरहेका छौं।’

प्रधानमन्त्रीलाई ‘मार्दिन्छु भनेर कमेन्ट’ गरेको आरोपमा युवक पक्राउ - 2019-05-20

काठमाडौ,(प्रस): प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘मार्दिन्छु भनेर कमेन्ट’ गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकका लालबहादुर तामाङ छन् । महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले उनलाई पक्राउ गरेको हो ।

गोली हानेर प्रहरीले विष्णु भुजेल नियन्त्रणमा लियो - 2019-05-20

काठमाडौ,(प्रस): डकैती घटनामा फरार एक व्यक्तिलाई नियन्त्रणमा लिन काठमाडौंको टोखामा प्रहरीले गोली चलाएको छ। प्रहरीले गोली हानेर ‘काले’ भनिने विष्णु भुजेललाई सोमबार बिहान नियन्त्रणमा लिएको हो।

१५ वर्षीया किशोरीको घाँटी रेटेर हत्या - 2019-05-13

काठमाडौ,(प्रस): पाँचथरमा एक १५ वर्षीया किशोरीको घाँटी रेटेर हत्या भएको छ । जिल्लाको हिलिहाङ–४, पञ्चमीकी शीतल योङहाङको आइतबार साँझ हत्या भएको हो । जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रहरी निरीक्षक अनील पौडेलले शीतलको शव घाँटी काँटिएको अवस्थामा सडकको मूनि फेला परेको जानकारी दिए ।










Powered by: Exclusively Solution