अर्थ / व्यापार




इन्टरनेट र केवल टिभीको तार विद्युत प्राधिकरणले काट्ने


काठमाडौ,(प्रस):
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणसँग सम्झौंता नगर्ने सबै इन्टरनेट र केबल टिभी कम्पनीको तार काट्न निर्देशन दिएका छन्। सम्झौंता गर्न बारम्बार ताकेता गर्दा पनि इन्टरनेट तथा केबल टिभी सेवा प्रदायक कम्पनीहरु नआएपछि प्राधिकरणको पोलबाट तार हटाउन घिसिङले निर्देशन दिएका हुन्।

अप्टिकल फाइबर केबल सेवा सञ्चालन सम्बन्धि निर्देशिका २०७३ लाई संशोधन गर्दै २०७५ असारमा प्रति पोलको हिसाबमा लिदै आएको शुल्क तारको मोटाई अनुसार प्रति किलोमिटरको हिसाबले लिने व्यवस्था गरिएको थियो। प्राधिकरणले सेवा प्रदायक कम्पनीलाई २०७५ पुस २९ गते अन्तिम पटक पत्राचार गर्दै सम्झौंताको लागि आउन आग्रह गरेको थियो।

तीन महिनाको समय नाघिसक्दा सम्म पनि एनसेल बाहेक कुनैपनि कम्पनी सम्झौंताको लागि नआएपछि घिसिङले शुक्रबार तार काट्न निर्देशन दिएका हुन्। प्राधिकरणका अनुसार अहिलेसम्म मासिक ३८ लाख रुपैयाँ तिर्नेगरि एनसेलले १० वर्षका लागि सम्झौंता गरेको छ। नेपाल टेलिकमले भने अहिलेसम्म सम्झौंता गरेको छैन।स्थानीय स्तरमा सेवा दिने एक सय र देशब्यापी सञ्जाल भएका २० भन्दा बढी सेवा प्रदायक कम्पनीले उपत्यकामा इन्टरनेट र केबल टिभीको सेवा दिइरहेको नेपाल विद्युत प्राधिकरण काठमाडौं क्षेत्रीय कार्यालयका सहायक निर्देशक भरत खड्काले बताए।

प्राधिकरणले मर्केन्टायल कम्युनिकेशन, स्पाइस कम्युनिकेशन, सुविसु केबल, क्लासिक टेक, भायोनेट, वेवसर्भर, स्पेस टाइम नेटवर्क, स्काइ केबल टिभी, ब्लू हिमालय नेटवर्क, हिमाल इन्टरनेट, इन्फोकल, स्वगिन केबल टिभी, जावलाखेल केबल, नेपाल दुरसञ्चार कम्पनी,नेट म्याक्स लगायतलाई सम्झौता गर्न पत्राचार गरेपनि उनीहरु सम्पर्कमा आएका छैनन्।

नयाँ निर्देशिकाले २४ कोर मोटाई सम्मको तार प्रयोग गर्नेले मासिक प्रतिकिलोमिटर एक हजार दुई सय रुपैयाँ प्राधिकरणलाई भाडा तिर्नुपर्छ। २५ देखि ४८ कोर सम्मको तार प्रयोग गर्नेले प्रतिकिलोमिटर मासिक एक हजार नौ सय रुपैयाँ र ४९ कोर भन्दा बढी मोटाईको तार प्रयोग गर्नेले प्रतिकिलोमिटर मासिक दुई हजार सात सय रुपैयाँ भाडा तिर्नुपर्ने व्यवस्था गरेको छ।

तर उपत्यका भित्र इन्टरनेट र केबल टिभीको सेवा दिने अधिकांश कम्पनीले २४ कोर भन्दा मोटो तार प्रयोग नगर्ने भएकाले उनीहरुले प्रतिकिलोमिटर मासिक एक हजार दुई सय रुपैयाँ प्राधिकरणलाई भाडा तिर्नुपर्ने खड्काले बताए।

केही सेवा प्रदायक कम्पनी सम्झौंताको लागि तयार छन्।तर इन्टरनेट सेवा प्रदायकहरुको व्यवसायिक संगठनले भाडा बढी भएको भन्दै आन्दोलनमा जाने निर्णय गरेकाले ती केवल अपरेटर सम्झौंताका लागि आएका छैनन्।

शुक्रबारसम्म सम्झौंता गर्न नआएमा तार काट्न थाल्ने प्राधिकरणले जनाएको छ।उपत्यकाभरी सञ्जाल भएका साना ठूला सेवा प्रदायकसँग सम्झौता गर्दा प्राधिकरणलाई मासिक कम्तिमा १० करोड रुपैयाँ सम्म थप आम्दानी हुने प्रारम्भिक अनुमान छ।




Related Pictures:













Related News:

Krishna H Pushkar - 2019-07-21

- 2019-07-21

कम्मरमा २ किलो सुन ! - 2019-07-21

हत्या आरोप लागेपछि एक महिनादेखि ३ वडाअध्यक्ष फरार - 2019-07-21

नोबल मेडिकल कलेजमा नाराबाजी - 2019-07-21





मूल्य अस्वभाविक रुपमा बढाइएपछि तरकारी बजारमा विभागको अनुगमन, दर्जन बढीलाई कारबाही सिफारिस - 2019-07-19

बाढी र पहिरोलाई कारण देखाउँदै पछिल्लो केही दिनदेखि तरकारी तथा फलफूलको मूल्य एक्कासि बढाइएको छ ।बल्खु र कालीमाटीको तरकारी तथा फलफूल बजारमा वाणिज्य विभागले आकस्मिक अनुगमन गरेको छ । शुक्रबार बिहान ३ बजेदेखि अनुगमन गरिरहेको विभागले हालसम्म दर्जन बढी पसलमाथि कारबाही सिफारिस गरेको छ । तरकारीको मूल्य अस्वभाविक रुपमा बढाइएको गुनासोपछि बल्खु र कालीमाटीको बजार अनुगमन गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले जानकारी दिए ।

जुनार क्षेत्रमा पहिरो - 2019-07-13

सिन्धुली,(प्रस): देशर परेको अविरल वर्षाका कारण जनधनको क्ष्ति व्यहोरोका बेला सिनधुलीका जुनार किसानले भने फल्दै गरेको जुनारको बोटहरु गुमाएका छन् । सिन्धुलीको गोलन्जोर गाउँपालिकाको चिसापानीमा रहेका जुनार किसान योगेन्द्र थापाको एक सय वोट जुनार वगैचामा पहिरो गएको छ ।

तरकारीमा विषादीको प्रयोग भयावह नभएको कृषिमन्त्री खनालको दाबी - 2019-07-12

प्रदेस संवाददाता, काठमाडौंकृषिमन्त्री चक्रपाणि खनालले शुक्रबार कालिमाटी तरकारी बजारअन्तर्गत रहेको केन्द्रीय कृषि प्रयोगशालाको निरीक्षण गरेका छन् । पछिल्लो समय भारतबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्ने आफ्नै निर्णयबाट पछि हटेपछि सरकार आलोचित भएको छ ।

अहिले तरकारीमा विषादीको प्रयोग भयावय नभएको कृषिमन्त्री चक्रपाणि खनालको दाबी - 2019-07-12

प्रदेस संवाददाता, काठमाडौंकृषिमन्त्री चक्रपाणि खनालले शुक्रबार कालिमाटी तरकारी बजारअन्तर्गत रहेको केन्द्रीय कृषि प्रयोगशालाको निरीक्षण गरेका छन् । पछिल्लो समय भारतबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्ने आफ्नै निर्णयबाट पछि हटेपछि सरकार आलोचित भएको छ ।

नदी किनारका बाली २८ असारभित्रै थन्काउन सरकारको आग्रह - 2019-07-06

काठमाडौ,(प्रस): सरकारले खोला तथा नदी किनारमा रहेका बालीनाली असार २८ गतेभित्रै थन्काइसक्न सबैमा अनुरोध गरेको छ । ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले शनिबार सूचना जारी गर्दै तटीय क्षेत्रमा उच्च सतर्कताका साथ निर्माणको काम गर्न र बालीनाली भए २८ गतेभित्रै थन्काउन अनुरोध गरेको हो ।

भारतीय दूतावासको दबावपछि तरकारी र फलफूलमा विषादी परीक्षण स्थगित - 2019-07-05

अर्थ व्यूरो, काठमाडौभारतबाट आयात हुने तरकारी तथा फलफूलको विषादी परीक्षणमा कडाई गर्ने नीतिबाट सरकार पछि हटेको छ । भारतीय दूतावासले लिखित पत्र नै पठाएर दबाव दिएपछि बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ६ महिनाका लागि यो नीति स्थगित गरेको स्रोतले बतायो । यद्यपि सरकारले विषादी परीक्षणका लागि आवश्यक तयारी नभएकाले स्थगितको निर्णय गरिएको बताएको छ ।

तनहुँको भैंसी फार्ममा आगलागी, २८ वस्तु मरे - 2019-07-05

जिल्लाको शुक्लागण्डकी नगरपालिका–७ को टुडास्थित खुर्सानीबारीमा रहेको भैँसी फार्ममा गएराति आगलागी हुँदा १३ भैँसी र १५ खरायो गरी २८ वस्तु मरेका छन् । कृषक रामकली भण्डारीको गोठमा रातको समयमा अचानक आगलागी हुँदा पशु चौपाया तथा अन्य भौतिक संरचनामा क्षति पुगेको हो ।

तरकारी बजार व्यवस्थापनको लागि अन्र्तक्रिया - 2019-07-05

सिन्धुली,(प्रस): तरकारी बजार व्यवस्थापनको लागि व्यापारी,किसान र जनप्रतिनिधिबिच अन्र्तक्रिया कार्यक्रम आज सिन्धुलीमाढीमा सम्पन्न भएको छ । व्यापारी र किसानहरुले आफुसंग भएका समस्याको बारेमा गरेका प्रश्नको कमालामाई नगरपालिका प्रमुख खड्ग बहादुर खत्रीले जवाफ दिनुभएको थियो ।

आफैंले नियुक्त गरेका नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षसँग प्रधानमन्त्री असन्तुष्ट - 2019-07-01

काठमाडौ,(प्रस): सोमबार नेपाल एयरलाइन्सको ६१ औं वार्षिकोत्सवमा प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथि थिए। सरकारी स्वामित्वको राष्ट्रिय ध्वजावाहकको वार्षिकोत्सवमा प्रधानमन्त्री प्रमुख अतिथि भएको दुर्लभ अवसर भएको भन्दै कर्मचारीहरू प्रशंसा गरिरहेका थिए। स्वागतमा बोल्ने र ट्रे्ड युनियनका प्रतिनिधिहरूले पनि ओलीको खुबै प्रशंसा गरे। तर जब ‌ओली भाषण गर्न गए। तब ताली कम सन्नाटा बढी छायो। उनले एयरलाइन्सको भद्रगोल व्यवस्थापनप्रति खुलेर आलोचना गरे।

पेट्रोलियम व्यवसायीले दिए १५ दिने अल्टिमेटम - 2019-07-01

काठमाडौ,(प्रस): पेट्रोलियम ढुवानी व्यवसायी महासंघको केन्द्रीय कार्यसमिति बैठकले सरकारलाई व्यवसायीका माग सम्बोधन नगरे साउन १ गतेदेखि पेट्रोलियम ढुवानी ठप्प बनाउने चेतावनी दिएको छ । सोमबार सम्पन्न महासंघको केन्द्रीय कार्यसमिति बैठकले पाँच बुँदे माग प्रस्तुत गर्दै अझै एक वर्ष ट्याङ्करहरु भ्याटमा दर्ता हुन नसक्ने पनि उल्लेख गरेको छ ।

स्थानीय तहमा कर्मचारी भर्नाको बाटो - 2019-07-01

काठमाडौ,(प्रस): सर्वोच्च अदालतले लोकसेवा आयोगको विज्ञापन कार्यान्वयन नगर्न अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । यससँगै स्थानीय तहमा ९ हजार १६१ कर्मचारी छनोट र भर्ना प्रक्रिया सुरु गर्ने बाटो खुलेको छ । लोकसेवा आयोगले जेठ १५ मा स्थानीय तहका लागि विभिन्न पदमा कर्मचारी माग गर्दै विज्ञापन निकालेको थियो ।

मुख्यमन्त्री पौडेलले शिलान्यास गरेको माछा पोखरी निर्माण कार्य रोकियो - 2019-06-22

हेटौडा,(प्रस): प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले २३ पुस २०७५ मा सिन्धुलीको सुनकोशी किनारमा शिलान्यास गरेको माछा पोखरी निर्माण कार्य रोकिएको छ । पोखरी सञ्चालन गरेको सहकारी संस्थाका पदाधिकारी र स्थानीयका बीच बिवाद बढेपछि पोखरी निर्माण कार्य रोकिएको बताइएको छ ।

हायात होटलका तीन मजदुरलाई कारवाही - 2019-06-22

काठमाडौ,(प्रस): काठमाडौंको पाँचतारे होटल हायातले आफ्ना मजदुरमाथि कारबाही गरेको छ। गएको साता सेवा सुविधाको माग राखेर आन्दोलन गरेका मजदुर नेतालाई व्यवस्थापनले कारवाही गरेको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलः व्यवसायीकोे स्वार्थमा बन्धक - 2019-06-22

सम्झौताको जग नै अनियमितताप्रधानमन्त्री केपी शर्मा ओलीले २६ मंसीर २०७५ मा प्रधानमन्त्री कार्यालयको सहयोगमा उत्पादित तथा नेपाल टेलिभिजनबाट प्रसारण हुने ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रममा घोषणा गरे, “त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई मौलिकता झल्कने, आधुनिकता टल्कने बुटिक एअरपोर्ट बनाइनेछ ।” तर, प्रधानमन्त्रीको यो घोषणालाई विमानस्थल (टीआईए) को अग्रभागमा निर्मित पाँचतले भवनले गिज्याइरहे झै लाग्थ्यो ।

संविधानको मूल्यमान्यतालाई बजेटले सम्बोधन गरेको छ : अर्थमन्त्री - 2019-06-06

काठमाडौ,(प्रस): अर्थमन्त्री डा.युवराज खतिवडाले संविधानले प्रदत्त गरेको मूल्यमान्यतालाई बजेटले सम्बोधन गरेको दाबी गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदले उठाएको प्रश्नको जवाफमा खतिवडाले बजेटमा संविधानले आत्मसात् गरेको समाजवादको लक्ष्यलाई पूरा गर्ने गरी बजेट विनियोजन गरिएको स्पष्ट पारे ।

सुनकोशी-मरिन डाइभर्सनको सुरूङ खन्न पनि टीबीएम मेसिन - 2019-06-01

काठमाडौ,(प्रस): भेरी बबई डाइभर्सन आयोजनाको सफलतासँगै सरकारले नदी स्थानान्तरण परियोजनालाई एकपछि अर्को गर्दै अगाडि बढाउने सोचका साथ काम शुरु गरेको छ । नेपालमा नै पहिलो पटक टनेल बोरिङ मेशिन(टिबिएम)को प्रयोग गरी भेरी बबई डाइभर्सन आयोजनाको काम अगाडि बढाउँदा एक वर्ष पहिल्यै सुरुङ निर्माणको काम सम्पन्न भएको हो । सो आयोजनाको सफलतापछि सरकारले अर्को नदी स्थानान्तरण परियोजनाको रुपमा सुनकोशी मरिन डाइभर्सन आयोजना अगाडि बढाउने सोच राखेको हो । आगामी आर्थिक वर्षको बजेटमा सो आयोजनालाई विशेष रुपमा सम्बोधन गर्दै राष्ट्रिय गौरवको आयोजनामा समावेश गरेको छ ।

गृहमन्त्रीले गरे तातोपानी नाका अवलोकन - 2019-05-26

काठमाडौ,(प्रस): चिनियाँ पक्षले आगामी सातासम्ममा तातोपानी नाका सञ्चालनमा ल्याउने बताएपछि गृहमन्त्री रामबहादुर थापा र व्यवसायीहरुको छुट्टाछुट्टै टोलीले नाकाको अवलोकन गरेको छ । आगामी साता नाका खुलाउने भएपछि त्यहाँको तयारीका विषयमा अवलोकन गर्न दुवै टोली शनिबार तातोपानी नाका पुगेको हो । अवलोकनपछि गृहमन्त्री थापाले नाका छिटो खुलाउन नेपाल सरकार तयार रहेको बताए ।

देउवाले दिए मोदीलाई बधाई - 2019-05-23

काठमाडौ,(प्रस): नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनावी जितका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका छन् । देउवाले मोदी र भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहलाई पत्र पठाएर बधाई दिएका हुन् ।

चिनियाँ रेल आज कुरा गरेर भोलि आउँदैन : चिनियाँ राजदूत - 2019-05-23

काठमाडौ,(प्रस): चीनले केरूङबाट काठमाडौं रेल ल्याउन निकै कठिन भएकाले निकै सोचविचार गरेर अघि बढ्नु पर्ने बताएको छ। काठमाडौंस्थित दूतावासमा बिहीबार बिहान भएको मिडिया ब्रिफिङमा राजदूत होउ यानछीले चिनियाँ रेल आज कुरा गरेर भोलि आउने विषय नभएको बताइन्। ‘साँच्चै भन्नुपर्दा यो संसारकै अप्ठेरो ठाउँमा बनाउनु पर्ने रेलमार्ग हो। जसका लागि धेरै वैज्ञानिक अध्ययनहरू गर्नुपर्छ,’ राजदूत यानछीले भनिन्,‘आज कुरा गर्‍यो भोलि रेल आइहाल्ने होइन।

गुगलद्वारा हुवावेलाई दिँदै आएको प्राविधिक सहायता कटौती - 2019-05-20

एजेन्सी : सर्च इन्जिन गुगलले स्मार्ट फोन तथा टेलिकम उत्पादक कम्पनी हुवावेका फोनलाई उपलब्ध गराउँदै आएको प्राविधिक सहायता तथा सुरक्षामा कटौती गरेको छ । चिनियाँ कम्पनी हुवावे र अमेरिकाबीच विवाद बढिरहेका बेला गुगलले प्रावधिक सहायता सीमित गर्ने निर्णय गरेको हो । एक विज्ञप्ति जारी गर्दै गुगलले अमेरिकी सरकारको निर्णय पालना गर्ने क्रममा रहेको जनाएको छ ।

सरकारले तीन मुलुकसँग विप्पा सम्झौंता गर्ने - 2019-05-10

काठमाडौ,(प्रस): सरकारले तीन मुलुकसँग द्धिपक्षीय लगानी प्रवर्द्धन तथा संरक्षण सम्झौंता(विप्पा) गर्ने भएको छ।बंगलादेश,कतार संयुक्त अरब इमिरेट्स(युएई)सँग विप्पा सम्झौंताको प्रकृया अघि बढाएको हो। उद्योग मन्त्रालयका प्रवक्ता दिनेश भट्टराईले तीन देशसँग विप्पा सम्झौंता अघि बढेको जानकारी दिए।पछिल्लो समयमा तीन मुलुकका लगानीकर्ताले नेपालका ठूला परियोजनामा लगानी गर्ने इच्छा देखाएपछि सरकारले प्रकृया अघि बढाएको हो।










Powered by: Exclusively Solution