समाज




सीमा मै सीमित पार्टी प्रवेश: प्रचण्ड जिल्लिए


काठमाडौ,(प्रस):
राष्ट्रिय जनमुक्ति पार्टीबाट पूर्व संविधानसभाकी सदस्य सीमा विक नेकपामा प्रवेश गरेकी छिन् । उनी पछिल्लो समय उनी नयाँ शक्तिमा प्रवेश गरेकी थिइन् ।

 नयाँ शक्तिमा केन्द्रीय सदस्यको जिम्मेवारी पाएकी उनी पछिल्लो समय निष्क्रिय रहेको तत्कलीन नयाँ शक्तिका एक नेताले जानकारी दिए । नयाँ शक्तिबाट ठूलो संख्यामा पूर्वमाओवादीहरु नेकपा प्रवेश गर्ने खबर गरिएपछि उत्साहित भएका प्रचण्ड सीमा मात्रै आएपछि जिल्लिएका छन् । उनले अपरिपक्व र झूटो खबर ल्याएको भन्दै उनले नेताहरुलाई गाली गरेको नेकपा स्रोतले बतायो ।

धुम्बाराहीस्थित नेकपाको मुख्यालयमा आयोजित कार्यक्रममा विकलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव विष्णु पौडेलले स्वागत गरे ।
पार्टी प्रवेश कार्यक्रममा बोल्दै प्रचण्डले एकता प्रक्रियामा एक कदम अघि बढिएको भन्दै पोलिटब्यूरो, जनवर्गीय संगठन र कार्यविभाजन एकदुई दिनभित्रै टुंग्याइने जानकारी दिए ।

फोरम र नयाँ शक्ति एकीकरण हुने खबर आउनासाथ प्रचण्डले पूर्व नयाँ शक्तिका नेताहरुलाई असन्तुष्ट नेताहरुलाई नेकपामा ल्याउन पहल गर्न निर्देशन दिएका थिए । नयाँ शक्तिका संस्थापक रहेका खिमलाल देवकोटा लगायतका नेताहरुले केही दिनदेखि नयाँ शक्तिका नेताहरुलाई फोन सम्पर्क बाक्लो बनाउँदै आएका थिए ।

बुधबार बिहानैदेखि नयाँ शक्तिका नेताहरु देवेन्द्र पराजुली, कल्पना धमला, मदन राई, भक्तबहादुर शाह लगायतका नेताहरु नेकपा फर्कने भन्दै चर्चा चलाएका थिए ।

चर्चा चलाइएका पात्रहरुमध्ये पूर्वसांसद ज्ञानेन्द्र कुमालले अर्को पार्टीमा जानेबारे सोच्न पनि नसक्ने बताएका छन् । नेता देवेन्द्र पराजुलीले केही मिडियाहरुले आफू लगायत नेताहरुको नाम जोडेर प्रचार गरिएकोप्रति आपत्ति जनाएका छन् । साझापोस्टसँग कुरा गर्दै पराजुलीले भने, ‘अनुमानको भरमा खबर सम्प्रेषण गर्न काम भइरहेको छ । हामी वैकल्पिक राजनीतिमार्फत् देशलाई समृद्धिसम्म लैजाने कामका लागि यही पार्टीलाई रुपान्तरण गर्दै अगाडि बढ्छौं ।’




Related Pictures:













Related News:

Krishna H Pushkar - 2019-07-21

- 2019-07-21

कम्मरमा २ किलो सुन ! - 2019-07-21

हत्या आरोप लागेपछि एक महिनादेखि ३ वडाअध्यक्ष फरार - 2019-07-21

नोबल मेडिकल कलेजमा नाराबाजी - 2019-07-21





कम्मरमा २ किलो सुन ! - 2019-07-21

काठमाडौ,(प्रस) प्रहरीले काठमाडौंको नागढुंगा नाकाबाट बरामद भएको दुई किलो पहेँलो धातु सुन भएको पुष्टि भएको छ । महानगरीय प्रहरी वृत्त, थानकोटको टोलीले भैरहवाबाट आउँदै गरेको ट्रकबाट सुन सहित एक जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा रसुवाका १७ वर्षीय भीमबहादुर तामाङ छन् ।

हत्या आरोप लागेपछि एक महिनादेखि ३ वडाअध्यक्ष फरार - 2019-07-21

विराटनगर, (प्रस) कुटपिटबाट घाइते एक व्यक्तिको मृत्यु भएपछि विराटनगर महानगरपालिका – १४ का अध्यक्ष बलदेव यादव, विराटनगर– १८ का अध्यक्ष सञ्जय यादव र जहदा गाउँपालिका– १ का अध्यक्ष प्रदीप यादव फरार भएका छन् ।

नोबल मेडिकल कलेजमा नाराबाजी - 2019-07-21

घुँडाको शल्यक्रिया गर्न आएका व्यक्तिको मृत्यु भएपछि विराटनगरको नोबेल मेडिकल कलेजमा नाराबाजी भएको छ ।

डुब्दा दुई बालिकाको मृत्यु - 2019-07-20

रौतहट ,(प्रस): बाढीको पानी जमेको खाल्डोमा डुब्दा रौतहटमा दुई बालिकाको ज्यान गएको छ । देवाही गोनाही नगरपालिकामा रहेको बाधको खाल्डोमा डुब्दा बालिकाको ज्यान गएको हो ।

अपडेट : धनगढी विस्फोटमा १ जनाको मृत्यु - 2019-07-19

धनगढी:धनगढी उपमहानगरपालिका–४, शहीद गेटस्थित नीलम होटलमा बिहीबार भएको बम विस्फोटमा घाइते ५ मध्ये १ जनाको मृत्यु भएको छ ।

जंगली च्याउ खाँदा १२ बिरामी - 2019-07-14

रुकुम,(प्रस) रुकुम पश्चिममा जंगली च्याउ खाँदा एकै गाउँका १२ जना बिरामी परेका छन् । जंगलबाट ल्याएको च्याउ खाँदा मुसीकोट नगरपालिका–१ चन्दननाथ टोलका १२ बिरामी परेका हुन् ।

बाढी, पहिरो अपडेट : मृत्यु हुनेको संख्या ६० पुग्यो - 2019-07-14

प्रदेस संवाददाता, काठमाडौं अविरल वर्षासँगै आएको बाढी पहिरोमा परेर ज्यान गुमाउनेको संख्या ६० जना पुगेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार मृत्यु हुनेमा महिला २४ जना महिला र पुरुष ३६ जना रहेका छन् । यस्तै ३८ जना घाईते भएका छन् । जसमा महिला १७, पुरुष २१ रहेका छन् ।

जनकपुर-जयनगर रेलवेको लिक बगायो - 2019-07-14

काठमाडौ,(प्रस)अविरल वर्षापछि आएको बाढीले जनकपुर-जयनगर रेलवेको नवनिर्मित लिक बगाइदिएको छ। बिहीबारदेखि आएको पानीपछि उर्लिएको कमला नदीले भारतीय सीमा नजिकै इनरूवामा दुई सय मिटरजति लिक बगाइदिएको रेल्वे विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए।

मृतक परिवारलाई २ लाख दिने निर्णय - 2019-07-14

विराटनगर,(प्रस) अविरल वर्षापछि आएको बाढीका कारण प्रदेश १ मा मृत्यु हुनेको संख्या १९ पुगेको छ । बाढी र पहिरोमा परी ८ जना बेपत्ता भएका छन् । प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार बाढी र पहाडी क्षेत्रमा आएको पहिरोका कारण मृत्यु हुनेको संख्या १९ पुगेको हो । बाढी र पहिरोका कारण प्रदेश १ मा ८ जना हराइरहेका छन् ।

उद्धार र राहतमा जुट्न राष्ट्रपतिको आह्वान - 2019-07-14

काठमाडौ,(प्रस):राष्ट्रपति विद्यादेवी भण्डारीले बाढी, पहिरो र डुवान पीडितहरुको उद्दार तथा राहतमा जुट्न सबैलाई आह्वान गरेकी छन् । उनले अविरल वर्षाका कारण देशका विभिन्न भाष्मा आएको बाढी, पहिरो र डुवानबाट भएको धनजनको क्षतिप्रति दुःख समेत व्यक्त गरेकी छन् ।

भारतीले गर्दा रौतहट डुवानमा - 2019-07-13

रौतहट,(प्रस): भारतले समयमै बाँधका ढोकाहरु नखोल्दा रौतहट पूर्णरुपमा डुबानमा परेको छ । लालबकैया र बाग्मती नदीमा आएको बाढीले शुक्रबार राति नै सदरमुकाम गौरसहित अधिकांश भाग डुवाएको छ ।

आइतबारसम्म देशभर मनसुन सक्रिय रहने - 2019-07-13

काठमाडौ,(रासस): मनसुन न्यूनचापीय रेखा मध्य र पूर्वी नेपालको तराई भू–भागमा र पश्चिमी नेपालको पहाडी भू–भाग नजिक अवस्थित रहेकाले आइतबारसम्म देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पर्सा जलमग्न, एक बालकको मृत्यु - 2019-07-12

वीरगन्ज,(प्रस): वीरगन्जका दर्जनौं सडकहरु बढीको डुबान र कटानले अवरुद्ध भएका छन् भने पार्सगढी नगरपालिका वडा १ मा दश वर्षे बालकको डुबेर मृत्यु भएको छ। जिल्लाका सबै नदीहरुको पानीको बहाव उच्च भएको छ। दर्जन बढी बस्तीहरु समेत डुबानमा परेका छन्।

बाढी पहिरोबाट १७ जनाको मृत्यु, आइतबारसम्म अझै पानी पर्ने - 2019-07-12

प्रदेस संवाददाता, काठमाडौंबिहीबार साँझदेखि अवरिल रूपमा परेको पानीले बाढी पहिरो आउँदा शुक्रबार साँझसम्म १७ जनाको मृत्यु भएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार दिएको जानकारी अनुसार देशका बीस जिल्लामा बाढी र पहिरोले नागरिक प्रभावित भएका छन्। बाढी पहिरोमा परी ७ जना बेपत्ता भएका छन् भने अरू सात जना घाइते भएका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवरुद्ध - 2019-07-12

प्रदेस संवाददाता, काठमाडौंयती एयरलाइन्सको विमान अवतरणका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा चिप्लिएको छ ।

काठमाडौंमा भूकम्पको धक्का - 2019-07-06

काठमाडौ,(प्रस): शनिबार दिउँसो काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । अपराह्न ४ बजेर १५ मिनेटमा धक्का महसुस भएको हो । थप विवरण आउन बाँकी छ ।

सुशील वनस्पति उद्योगमा आगलागी - 2019-07-06

वीरगन्ज ,(प्रस): पर्साको वीरगन्ज महानगरपालिका-२१ लिपनीविर्तास्थित सुशील वनस्पति उद्योगमा आगलागी भएको छ ।

बालबालिकालाई शैक्षिक सामग्री वितरण - 2019-07-05

सिन्धुली,(प्रस): सिन्धुलीको कमलामाई नगरपालिकाले नगरभित्रका अभिभावकविहीन असहाय बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ। एक कार्यक्रमका बीच नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीले नगरको १४ वटै वडाका ७५ जना अभिभावक नभएका साहाराविहीन बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेका हुन्।

त्रिशूलीमा ट्रक खस्यो, २ जनाको मृत्यु - 2019-07-05

चितवन,(प्रस): सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको मालबाहक ट्रक त्रिशूली नदीमा खस्दा २ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।

नयाँ घर निर्माण गर्दा ३ बिरुवा अनिवार्य रोप्नुपर्ने - 2019-07-01

सिन्धुली,(प्रस)कमलामाई नगरपालिका भित्र नयाँ घर निर्माण गर्दा ३ बिरुवा अनिवार्य रोप्नुपर्ने भएको छ । नगरपालिकाले हरियाली नगर बनाउने उद्देश्य सहित घर निर्माण सम्पन्न प्रमाणपत्र लिदासम्म कम्तिमा ३ वटा विरुवा रोप्नुपर्ने नीति लिएको हो ।

प्रहरीको गोली लागेर एक जनाको मृत्यु - 2019-06-30

सर्लाही,(प्रस): सर्लाहीमा भीड नियन्त्रणको क्रममा गोली लागेर आइतबार एक जना प्रदर्शनकारीको मृत्यु भएको छ। मृत्यु हुनेमा सर्लाही ईश्वरपुर नगरपालिका-१३ का २७ वर्षीय केवल महतो छन्।










Powered by: Exclusively Solution