विचार




अन्तर्राष्ट्रिय मजदुर दिवस


मे १ अर्थात अन्तर्राष्ट्रिय श्रमिक दिवस । सवा सय वर्ष अगाडि आफ्नो अधिकारका लागि मजदुरहरुले बिद्रोह गरेको दिनको सम्झनामा विश्वभरि यो दिवस मनाउने गरिन्छ । आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको माग गर्दै अमेरिकाको सिकागो शहरका मजदुरहरुले मे १ सन् १८८६ मा आमहड्ताल आह्वान गरेको दिनको सम्झनामा हिजो आइतबार यो दिवस मनाइयो । अमेरिकी मजदुरहरुले आह्वान गरेको यो निर्णायक आमहड्तालमा कैयौंलाई फाँसी दिइयो, हजारौं घाइते भए ।
अन्ततः मजदुरका माग पूरा गर्न त्यहाँको सरकार तयार भयो । सन् १८८९ मा पेरिसमा भएको संसारभरिका मजदूर प्रतिनिधिको बैठकले मजदुरहरुले निर्णायक आन्दोलनको शुरुवात गरेको सम्झनामा मे १ लाई अन्तर्राष्ट्रिय श्रमिक दिवसको रुपमा मनाउने निर्णय गरेको थियो । त्यतिबेलादेखि नै विश्वभरि यो दिवस मनाउन थालिए पनि नेपालमा सन् १९६३ देखि यो दिवस मनाउन शुरु गरिएको हो । अहिले पनि निरन्तर यो दिवस मनाउने काम भइरहेको छ । कुनै पनि दिवस मनाउनु इतिहासको सम्झना मात्र होइन, वर्तमानको समीक्षा र भविष्यको आाकलन पनि हो । मजदुर दिवसलाई पनि यही अर्थमा मनाउनु उपयुक्त हुनेछ । समाज विकासको स्थिति हेर्दा सन् १८८६ को अवस्था र आजको अवस्थामा धेरै परिवर्तन आएको छ । मजदुरका मूलभूत एजेण्डा पनि परिवर्तन भएका छन् तर मजदुरका समस्या उस्तै छन् । सवा सय वर्षअघिको जस्तो अब आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन मजदुरहरुको अहिले मुख्य एजेण्डा छैन । सूचना प्रविधिको विकाससंगै दशौं घण्टामा हुने काम अब एकै घण्टामा गर्न सम्भव भएको छ । विश्वकमा जुनसुकै कुनामा बसेर पनि विश्वभरिको काम गर्न सकिने अवस्थासमेत सिर्जना भइरहेको छ । यो हिसाबले हेर्दा समय र भूगोल अब महत्वपूर्ण सवाल रहेन । बरु कामअनुसार पारिश्रमिक, समान कामको समान ज्याला र श्रमिकको सामाजिक सुरक्षा आजका दिनमा मुख्य–मुख्य एजेण्डा बन पुगेका छन् । अझ नेपालको परिवेशमा त झण्डै सात दशक लामो राजनीतिक संघर्षको फलस्वरुप संविधानसभाबाट संविधान जारी भइसकेको अवस्थामा अब संविधान कार्यान्वयनबाट नै मजदुरको भविष्य सुरक्षित गर्न्तिर लाग्नुपर्ने दायित्व थपिएको छ । नयाँ संविधानले श्रम र श्रमिकको सवाललाई मौलिक हकमै राखिसकेको छ । संविधानको धारा ३३ ले प्रष्टरुपमा प्रत्येक नागरिकलाई रोजगारीको हक हुने तथा रोजगारीको शर्त, अवस्था र बेरोजगार सहायता संघीय कानुन बमोजिम हुने उल्लेख गरेको छ । यसले प्रत्येक नागरिकलाई रोजगारीको छनोट गर्न पाउने हकसमेत सुनिश्चित गरेको छ । त्यस्तै संविधानको धारा ३४ ले श्रमको हकलाई स्पष्ट गर्दै भनेको छ–‘प्रत्येक श्रमिकलाई उचित श्रम अभ्यासको हक हुनेछ । प्रत्येक श्रमिकलाई उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हक हुनेछ । प्रत्येक श्रमिकलाई कानूनबमोजिम ट्रेड युनियन खोल्ने, त्यसमा सहभागी हुने तथा सामूहिक सौदाबाजी गर्न पाउने हक हुनेछ ।’ संविधानले श्रमिकको परिभाषा प्रष्ट्याउँदै ‘पारिश्रमिक लिई रोजगारदाताका लागि शारीरिक वा बौद्धिक कार्य गर्ने कामदार वा मजदुर’ लाई मजदुर भनेको छ । प्रत्येक श्रमिकलाई उचित पारिश्रमिक र सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हक नै यो संविधानले दिएको महत्वपूर्ण उपलब्धि हो । अहिले मजदूरहरु शारीरिक र पेशागत दुबै हिसाबले असुरक्षित छन् भने सबैभन्दा चुनौती त उनीहरुको सामाजिक सुरक्षाको सवाल रहेको छ । एउटा मजदुरले काम गर्न सक्ने अवस्थासम्म उसले पारिश्रमिक पाउँछ, त्यसपछि ऊ अशक्त विरामी भएमा उसको भविष्य धरापमा पर्छ । यही समस्याको समाधान गर्न संविधानले श्रमिकको सामाजिक सुरक्षालाई मौलिक हकमै राखेको छ । कम्तिमा एउटा मजदुरको निश्चित अवधि पार गरेपछि पेन्सन, जीवन बिमा, सहुलियतमा स्वास्थ्यउपचार, सन्तानको पठनपाठनमा सहुलियत र सन्तानको रोजगारीसमेत सुनिश्चित गर्ने गरी श्रमिकको सामाजिक सुरक्षाको हकलाई कानूनमा ब्याख्या गरेर चाँडोभन्दा चाँडो कार्या



Related Pictures:













Related News:

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग - 2019-05-21

विप्लव कार्यकर्तामाथि गोली प्रहार - 2019-05-21

७ केजी सुन ल्याउने घले विरुद्ध मुद्दा दायर - 2019-05-21

भ्रष्टाचार प्रमाणित भए झुण्डिन तयार छु : घिसिङ - 2019-05-21

खुश्बु ओलीलाई ३ महिना कैद - 2019-05-21





नयाँ नेपालको लागि वैकल्पिक अभियान - 2019-05-15

नवराज दाहाल: विश्व राजनितिक मञ्चमा पछिल्लो समय नया तरंगहरु देखा पर्न थालेका छन् । परम्परा देखी शासन सत्तामा रहि आएका राजनितिक दलहरु भन्दा फरक सैली सोच राख्ने राजनैतिक शक्तिहरु अर्थात पूँजीबाद र साम्यवादी भन्दा फरक दर्शन र मान्यता बोकेका राजनैतिक पार्टीहरु स्थापित हुने क्रम चलिरहेको छ । भन्ने गरिन्छ पृथ्वीमा डाइनोसर र जिराफ भन्ने जिव संग संगै अस्तित्वमा आएका थिए ।

अन्तर्राष्ट्रिय मजदुर दिवस - 2019-05-01

मे १ अर्थात अन्तर्राष्ट्रिय श्रमिक दिवस । सवा सय वर्ष अगाडि आफ्नो अधिकारका लागि मजदुरहरुले बिद्रोह गरेको दिनको सम्झनामा विश्वभरि यो दिवस मनाउने गरिन्छ । आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको माग गर्दै अमेरिकाको सिकागो शहरका मजदुरहरुले मे १ सन् १८८६ मा आमहड्ताल आह्वान गरेको दिनको सम्झनामा हिजो आइतबार यो दिवस मनाइयो । अमेरिकी मजदुरहरुले आह्वान गरेको यो निर्णायक आमहड्तालमा कैयौंलाई फाँसी दिइयो, हजारौं घाइते भए ।

लोकतन्त्रको १४ वर्ष: ओझेलमा उपलब्धि - 2019-04-24

डेढ दशक लामो प्रजातान्त्रिक कालखण्डको भ्रष्टाचार र बेथितिप्रति प्रायश्चित्त गर्दै प्रमुख दलहरूले त्यस्तो गल्ती नदोहोर्‍याउने प्रतिबद्धता जनाएका थिए । सशस्त्र संघर्षको माध्यमबाट राजनीतिको मूलधारमा आएको तत्कालीन माओवादीले आफ्नो प्रमुख नारामा भ्रष्टाचारविरोधी विषयवस्तु समावेश गरेको थियो । तर केही वर्षमै यी भाषण र प्रतिबद्धता झूटा सावित भए ।

दोषीलाई उन्मुक्ति कहिलेसम्म ? - 2019-02-27

कञ्चनपुरको निर्मला हत्या काण्डमा नराम्ररी चुकेको सरकार त्यसका दोषीलाई कानूनी कठाघरमा उभ्याउनुभन्दा पनि अझ किस्ताबन्दीमा एकपछि अर्को गल्ती दोहोर्याउदै आउँनुमा सरकारबाट निर्मलाका परिवारले न्याय पाउनेमा शङ्का उब्जिएको छ ।

भारत-पाकिस्तान विभाजन र घटनाक्रम - 2019-02-27

सन् १९४७ मा ब्रिटिश शासनबाट मुक्त भएसँगै भारत र पाकिस्तान छुट्टिएर नयाँ स्वतन्त्र राष्ट्र बने । स्थापना कालदेखि नै यी दुई छिमेकी देशबीच कहिल्यैपनि सम्बन्ध सुमधुर हुन सकेन। सम्बन्धमा तिक्तताको केन्द्रमा सधैँ कश्मीर रह्यो । यस अवधिमा दुई देशबीच कैयौँ यस्ता घटना भए जसले कहिले युद्ध नै निम्त्यायो त कहिले चर्को तनाव ।

‘पर्ख र हेरको नीति’मा राजपा - 2019-02-09

‘सत्ताका लागि जस्तोसुकै निर्णय र सम्झौता गर्न पछि नपर्ने’ जस्ता आरोप खेपिरहेका मधेश केन्द्रित दल अहिले सत्ता वा सङ्घर्षको अलमलमा रहेको देखिन्छ। सम्झौतालाई भर्‍याङ बनाएर सरकारमा पुग्ने तर काम नगर्ने परिपार्टी विगतकै रोग हो। मधेशका मुद्दामा बेइमेल मात्र हैन सरकारमा जाने होडबाजी र दाउपेचका साथै अन्तरपार्टी र पार्टीभित्रकै तादम्यता नहुँदा मधेश केन्द्रित दल कमजोर बन्न पुगेको हो कि! भन्ने अनुमान लगाउन थालिएको छ।

एकीकृत पार्टीमा ओलीले एकलौटी गरे - 2019-02-09

सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘अर्को माओवादी जमिन्छ’ भन्ने अभिव्यक्ति दिएपछि नेपाली राजनीतिमा नयाँ तरंग आएको छ । भेनेजुएला प्रकरणमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग जुहारी चलिरहेका बेला अर्का अध्यक्ष प्रचण्डले सार्वजनिक मञ्चमै ‘माओवादीलाई सिध्याइयो, जे गरेपछि हुन्छ भन्ने ठाने अर्को माओवादी जन्मन्छ’ भनेका हुन् ।

भेनेजुएलामाथि अमेरिकी हस्तक्षेप बारे - 2019-02-06

संवैधानिक र लोकतान्त्रिक रुपमा निर्वाचित राष्ट्रपति निकोलास मडुरोको सरकारको विरुद्धमा भेनेजुएलामा अमेरिकी साम्राज्यवादको योजनामा जुन राज्य विप्लवको प्रयत्न भइरहेको छ, त्यो मुलत असफल भैसकेको छ । तर पनि त्यसलाई अझै अगाडि बढाउने प्रयत्न जारी छ । त्यसको विरुद्धमा हाम्रो पार्टीको तर्फबाट अध्यक्ष प्रचण्डले वक्तव्य दिइसक्नुभएको छ । सरकार पनि भेनेजुएलामा बाह्य हस्तक्षेप विरुद्ध उभिइसकेको स्थिति छ ।

भेनेजुयला ब्रिफिङ : भएको के हो? - 2019-02-05

काठमाडौ,(प्रस): झन्डै २ साताअघि नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले वक्तव्य जारी गर्दै अमेरिकाको कडा आलोचना गरेपछि नेपाली राजनीतिक वृत्तमा दक्षिण अमेरिकी मुलुक भेनेजुयाला पसेको छ।

नेपाल-अमेरिका सम्बन्ध थप पेचिलो - 2019-02-03

भेनेजुएला प्रकरणबारे नेकपा अध्यक्ष पुष्पकमल दाहालले दिएको वक्तव्यबाट एकाएक चिसिएको नेपाल–अमेरिका सम्बन्ध थप पेचिलो बनेको छ । अमेरिकी सरकारले दाहालको वक्तव्यलाई लिएर नेपाल सरकारको ध्यानाकर्षण गर्न वासिङटन डिसीस्थित नेपाली राजदूत अर्जुन कार्कीलाई विदेश मन्त्रालयमा बोलाएर प्रस्टीकरण लिएको छ ।

नक्कली र सक्कली सहिद ! - 2019-01-30

सहिद त्यो हो, जसले देश र नागरिकको हितमा आफ्नो जीवन अर्पण गर्दछ, समर्पण गर्दछ । तर, यहाँ त कुनै समूहको स्वार्थका लागि भिडन्त गर्दा मरेकालाई पनि सहिद घोषणा गरिएको छ । यतिसम्म कि, सहिदलाई ‘१० लाख रुपैयाँको व्यापार’ जस्तो बनाइएको छ ।

मैले भोगेको युपिएफ र एसिया प्यासिफिक सम्मेलन - 2018-12-09

नवराज दाहाल: भर्खरै एसिया प्यासिफिक सम्मेलन नेपालमा सम्पन्न भएको छ । सम्मेलन पूर्व र सम्पन्न भए पश्चात यसबारे धेरै चर्चा परिचर्चा सुनिन आएको छ । लाग्दछ ठुलो भुकम्प पछीको पराकम्प जस्तै एसिया प्यासिफिकको पराकम्पनहरु गइनै रहेका छन् । कार्यक्रमको बारेमा सकारात्मक र नकारात्मक टिप्पणीहरु सुन्नमा आइरहेका छन् ।

आयात रोकौं, कृषि उद्योगलाई बोकौं - 2018-11-06

हरिबोल गजुरेल:नियम-कानून बनाउनु ठूलो कुरा होइन, त्यसलाई पालना गर्नु ठूलो कुरा हो । यहाँ नियम-कानून राम्रो बने पनि कार्यान्वयनको ढर्रा पुरानै छ । नयाँ संविधान बनेको छ, नयाँ परिवेश छ, तर काम गर्ने तरिका पुरानै । मुख्य समस्याको जड राजनीतिक नेतृत्व हो ।

एमाले पनि जमीनमा, माओवादी पनि जमीनमा - 2018-11-05

पुष्पकमल दाहाल प्रचण्ड:पहिलो संविधानसभा चुनावको बेला म सम्झिन्छु, माओवादीले कहाँ चुनाव जित्छ, बढीमा चाररपाँच सिट जित्छ भन्थे मान्छेहरु । हामीले तत्कालीन नेकपा एमालेसँग चुनावी तालमेलको प्रस्ताव राख्दा उहाँहरुको कुरा पनि त्यही थियो । म आफैं पनि तड्पिराखेको थिएँ, के हुने हो, के ?

मध्यस्थकर्ता मानव अधिकारकर्मीको निधन - 2018-11-04

मानव अधिकारकर्मी एवं नागरिक अगुवा पद्मरत्न तुलाधरको आज निधन भएको छ । विद्रोही माओवादीलाई शान्ति प्रकृयामा ल्याउन वामपन्थी नेताको रुपमा समेत चिनिएका तुलाधरले खेलेको भूमिकाको कम्युनिष्ट पार्टीका अध्यक्ष केपी ओली र प्रचण्डले पनि पटक पटक प्रसंशा गरेका छन् ।

नसा च्यापिएको उपचार - 2018-09-07

डा. श्रीकृष्ण गिरी:अव्यवस्थित जीवनशैली नै नसा च्यापिने एउटा प्रमुख कारण हो । खानपिन मात्रै होइन, शरीरको पोजिसन कसरी राख्छौँ भन्ने कुराले नसाको समस्या निर्धारण गरिरहेको हुन्छ ।

पार्टी बैठक टार्दै प्रधानमन्त्री - 2018-09-02

काठमाडौ,(प्रस): पार्टीको स्थायी कमिटी बैठक पटकपटक स्थगित गरेकोमा नेकपा कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरुले असन्तुष्टि जनाएका छन् । पछिल्लो पटक नेकपा स्थायी कमिटीको बैठक भदौ १९ र २० गतेका लागि बोलाइएको थियो । तर, तयारीका लागि सचिवालय बैठक नबसेपछि भदौ २७ र २८ गतेका लागि सारिएको छ ।

भारतले ‘आप्रवासी’लाई देश निकाला गर्छ ? - 2018-08-11

भारतको उत्तर पूर्वी राज्य आसामका करिब चालिस लाख मानिसहरुले आफ्नो नागरिकता गुमाएका छन् । उनीहरुलाई प्रमाणित नागरिकको सूचीबाट हटाइएको छ । उक्त सूची सरकारले छिमेकी देश बंगलादेशबाट छिरेका अवैध आप्रवासीहरुलाई पहिचान गर्ने प्रक्रियाको रुपमा सार्वजनिक गरेको थियो ।

न्यायालयमा सुधार कि प्रतिशोध ? - 2018-08-06

तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारीले २०५२ मा संसद भंग गरेर चुनाव घोषणा गरे। प्रधानन्यायाधीश विश्वनाथ उपाध्याय नेतृत्वको इजलासले सो घोषणा त्यही वर्ष भदौ १२ मा उल्ट्याइदियो।

अस्वीकृत हुँदैछन् जोशी - 2018-07-31

प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीले केही दिनदेखि लगातार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्न खोजेका थिए । प्रधानमन्त्रीको सचिवालयलाई विश्वास गर्ने हो भने मंगलबार साँझसम्म ओली र जोशीवीच भेटघाट भएको छैन ।

दक्षिण एसिया: भ्रष्ट चरित्रले जन्मायो नयाँ शक्ति - 2018-07-28

विश्व राजनीतिमा स्थापित शक्तिहरु विस्थापित हुने र नयाँ शक्तिको उदय हुने ‘ट्रेण्ड’ नै चलेको छ । युरोप, अमेरिकादेखि दक्षिणा एसियासम्मै यसको प्रभाव परेको छ, स्थापित दलहरुको स्थान नयाँ शक्तिले लिंदैछन् ।










Powered by: Exclusively Solution