वैदेशिक रोजगार




लिबियामा २० नेपालीको हारगुहार, बन्दीजस्तै जीवन: उद्धारमा कठिनाइ-राजदूत


एजेन्सी :
लिबियाको राजधानी त्रिपोली दिनप्रतिदिन युद्धमैदानमा परिणत भइरहेको छ । त्यहीँ कार्यरत सैनामैना १०, रुपन्द्रेहीका गणेश थापामगरसहित २० नेपाली केही सातादेखि उद्धारका लागि हारगुहार गरिरहेका छन् । ‘हामी बसेको ठाउँबाट झन्डै २५ किमि टाढा दिनहुँ विद्रोही र सरकार पक्षबीच भिडन्त भइरहेको छ, बम नपडकेको दिनै हुन्न,’ त्रिपोलीबाट कान्तिपुरसँग फोनमा थापामगरले भने, ‘भिडन्त बढदै हाम्रो ठाउँतिर आइपुग्छ कि भन्ने डर छ ।’उनी अलसाई समूहको राइस मिलमा कार्यरत छन् । राइसमिल परिसरबाट बाहिर निस्कन सकेका छैनन् ।

 ‘हामी जहाँ काम गर्छौं, त्यहीँ बस्छौं,’ उनले भने, ‘बाहिर घुमफिर गर्ने स्थिति छैन । हाम्रा लागि चाहिने सबै सामान लिबियन नागरिकले किनेर ल्याइदिन्छन् ।’


थापामगरसँग तनहुँका पूर्णबहादुर गुरुङ, बुद्धिबहादुर अधिकारी क्षेत्री, लम्जुङका अमृत गुरुङ, दाङका भुवन आचार्य, सुनसरीका राजु विष्ट, सनम विश्वकर्मा, गुप्तबहादुर विक, सिन्धुपाल्चोकका कृष्ण कोइराला कार्यरत छन् ।


‘दिनप्रतिदिन लिबियाको वातावरण बिग्रँदो छ, सरकारको पूर्ण नियन्त्रणमा छैन,’ उनले भने, ‘हामी आफैं टिकट काटेर स्वदेश फर्कन चाहन्छौं तर साहुले कुरै सुन्दैन, कुटेर काममा लगाइरहेको छ ।’


अन्तर्राष्ट्रिय रेडक्रस समिति आईसीआरसीका अनुसार त्रिपोली अशान्त बनेको छ । ‘घना बस्ती भएका आवासीय क्षेत्र युद्धमैदानमा परिणत भइरहेका छन्,’ आईसीआरसीले बिहीबार विज्ञप्ति जारी गर्दै भनेको छ । संयुक्त राष्ट्रसंघका अनुसार झन्डै ३ हजार आप्रवासी नागरिक लिबियाको द्वन्द्वमा फसेका छन् ।


थापामगर दुबईबाट फर्केर रूपन्देहीमा बंगुर फार्म विस्तार गर्ने ध्याउन्नमा थिए । फार्ममा ३ वटा बंगुरका बच्चा हालिसकेका थिए । त्यही बेला दुबई पठाइदिने एजेन्ट बुटवलका अमरबहादुर बगाले लिबियाको अफर लिएर आइपुगे । ‘ड्राइभरको काम हो, महिनाको एक हजार अमेरिकी डलर कमाइ हुन्छ, जाने भए ५ लाख लाग्छ’ भनेपछि उनी लोभिए । ‘बंगुरबाट कहिले यत्रो पैसा कमाउने ?  बरु एक पटक लिबिया जाउँजस्तो लाग्यो,’ उनले भने, ‘रकम जुटाएर लिबिया जाने योजना बनाए ।’


बगाले भारतबाटै लिबिया जाने पक्षमा थिए । ‘भारतबाट जानु गैरकानुनी भन्ने मलाई थाहा छ, नेपालकै विमानस्थल प्रयोग गर्दा सुरक्षित भइने भन्दै नेपालबाट जाने ढिपी कसेर बसेँ,’ उनले भने, ‘लिबियाका लागि श्रम स्वीकृति लिनु नपर्ने बताइयो । बगालेकै च्यानलबाट गत २१ अगस्टमा दुबई पुगेँ ।’ दुबईमा होटलमा राखिएको थिएन । एउटा भाडाको कोठामा राखिएको थियो, जहाँ थप सात नेपाली पनि लिबिया जाने दिन पर्खी बसेका थिए । दुबईमा शेखरनाथ बस्नेतले बस्ने व्यवस्था मिलाएका थिए ।


‘लिबियामा तनाव छ भन्ने मलाई दुबईमा गएपछि मात्रै थाहा भयो । दुबईबाटै फर्किने योजना बनाए । बुटवलमै रहेको ट्राभल एजेन्सीलाई दुबईबाट फिर्ती टिकटसमेत बनाउन लगाएँ तर बगालेले फर्किए एक पैसा पनि नदिने बताए,’ उनले भने, ‘बगाले लिबियामा भनेजस्तो काम र दाम भएन भने मात्रै पैसा दिने पक्षमा देखिए । ५ लाख फस्ने डरले लिबिया गएँ ।’


दुबईमा ६ साता भुईंमै सुतेर बित्यो । दुई साता ओभरस्टे भएपछि जरिवाना तिर्नुपर्‍यो । राहदानी शेखरनाथले राखेका थिए । उनैले ट्युनिसिया हुँदै २१ सेप्टेम्बरमा लिबियाको राजधानी त्रिपोली पठाइदिए ।


डेरी मिल्क कम्पनीमा गाडी चलाउने काममा उनी लिबिया पुगेका थिए । त्यहाँ डेरीको काम थिएन । राइसमिलमा लेबरको काम थियो । तलब पनि हजार डलर होइन, २ सय ५० डलर मात्रै थियो । गएको दिनदेखि काम र तलब दुवै फरक भएपछि उनीहरू सबैले आआफ्ना एजेन्टलाई सम्पर्क गर्न थाले । उनीहरूलाई पठाउने एजेन्ट दीपक श्रेष्ठ, श्याम श्रेष्ठ, केशव लम्साल, अमरबहादुर बगाले, राहुल विश्वकर्मा, तिलक केसी, लोकनाथ राई र शेखरनाथ पुडासैनी थिए । काम फरक पर्नासाथ नेपाल फर्काउँछु भन्ने यी एजेन्ट अहिले सम्पर्कविहीन छन् । यी सबैले केशव लम्साललाई मान्छे दिन्थे । केशवले दुबई बस्ने शेखरनाथलाई पठाउँथे । शेखरनाथले लिबियन एजेन्टलाई दिन्थे ।


‘६ महिनासम्म त एजेन्टकै भरमा परेर बसिरहेका थियौं, उनीहरूले फर्काइदिन्छन् भन्ने आस थियो,’ उनले भने, ‘उनीहरू सर्म्पकविहीन भएपछि मात्रै दूतावास र अन्य निकायको ढोका ढकढकाउन थालेका हौं ।’ उनीहरूले पठाएका १५ नेपाली अलपत्र भएर बसेका छन् । दैनिक जीविकोपार्जन र सुरक्षाका लागि कृष्ण कोइराला, सनम विश्वकर्मा र राजु विष्ट मजरा खेती ९किसानीको काम० गरिरहेका छन् ।


उनीहरू बस्ने कोठामा एसी छैन । ५० डिग्रीको तापक्रम छ । ‘टावेल भिजाउँछु, त्यसलाई निचोरेर बेडमा बिछ्याउँछु, त्यसमाथि सुत्दा एकछिन चिसो आउँछ र निद्रा लाग्छ,’ उनले भने, ‘कष्टकर जीवन बिताउन बाध्य छौं ।’


नेपालीभन्दा लिबियन निकै अग्ला छन् । ‘उनीहरूलाई हेर्न पनि टाउको उठाउनुपर्छ, हिन्दु भनेपछि निकै हेप्छन्, इज्जत गर्दैनन्,’ उनले भने, ‘दुबईमा पनि मुस्लिम थिए । दुबईमा हेप्दैनथे, यहाँ त गधालाई जस्तै गर्छन् ।’ कम्पनीले दुई वर्षसम्मको कमिसन दिए मात्रै पठाइदिने बताइरहेको छ । दुई वर्षको कमिसन दुई हजार डलर बुझाउनुपर्छ । ‘पासपोर्ट पनि कम्पनीसँगै छ, कम्पनी हाम्रो कुरै सुन्दैन, उल्टै कुट्न खोज्छ,’ उनले भने, ‘दुःखबिमार पर्दा औषधि किन्न पनि बाहिर जान पाएको छैन ।’

लिबिया मामिला हेर्ने इजिप्टस्थित नेपाली राजदूत झवीन्द्र अर्यालले द्वन्द्वग्रस्त लिबियाबाट नेपालीलाई उद्धार गर्न कठिनाइ भइरहेको बताए । ‘लिबियामा २० नेपालीलाई उद्धार गर्नुपर्नेछ । उनीहरू दूतावासको सम्पर्कमा आइरहेका छन् । १० जना एउटै कम्पनीमा कार्यरत छन्,’ उनले भने, ‘लिबियाको सरकार र अन्तर्राष्ट्रिय संस्थाहरूसँग समन्वय गरिरहेका छौं तर प्रतिक्रिया आइरहेको छैन ।’


पछिल्लो समय लिबियाको राजधानीमा सशस्त्र द्वन्द्व चर्किएको उनले बताए । ‘आन्तरिक रूपमा लिबिया द्वन्द्वमा फसेको छ । ८र९ वटा सशस्क्र मिलिसिया सत्रिय छन् । सबैले आआफ्ना आधारइलाका बनाइरहेका छन्,’ उनले भने, ‘कब्जा गरिएको क्षेत्रलाई हटाउन राष्ट्रिय सेना अगाडि बढिरहेको छ ।’


दूतावासले ट्राभल डकुमेन्ट बनाएर पठाए पनि अलपत्र कामदारले हात पारेका छैनन् । ‘नेपालीलाई इजिप्ट ल्याएर नेपाल पठाउने प्रयास भइरहेको छ,’ उनले भने ।




Related Pictures:













Related News:

समाजवादी पार्टीले संविधान दिवसमा दीपावली नगर्ने - 2019-09-16

कांग्रेसको अवरोधपछि संसद बैठक स्थगित - 2019-09-16

उत्तर कोरियालाई आफ्नो लगानी फिर्ता लैजान नेपाल सरकारको निर्देशन - 2019-09-16

वार्तामा वोलाएर सिंहदरवारबाटै पत्रकारहरु पक्राउ - 2019-09-16

चावहिलको शव जलाउने घाटमा नाराबाजी - 2019-09-15





अवैधानिक कामदारका लागि मलेसियामा आममाफी - 2019-07-21

काठमाडौ,(प्रस)मलेसिया सरकारले अवैधानिक रुपमा काम गरिरहेका आप्रवासी कामदारहरुलाई आममाफी दिने भएको छ । अवैधानिक रुपमा मलेसियामा रहँदा पक्राउ परि जेल जीवन भोगिरहेका आप्रवासी कामदारहरुलाई लक्षित गरी सो कार्यक्रम ल्याइएको मलेसिया सरकारले जनाएको छ । उक्त कार्यक्रम १ अगष्ट २०१९ देखि ३१ डिसेम्बरसम्म रहनेछ । आममाफी कार्यक्रममार्फत ५ महिनासम्म अवैध रुपमा मलेसियामा रहेका आप्रवासी कामदारहरु आ–आफ्नो देशमा फर्कन सक्नेछन् ।

केन्याको डान्स बारबाट उद्धार गरिएका १२ युवती काठमाडौं ल्याइयो - 2019-07-20

काठमाडौ,(प्रस): केन्याको डान्स बारबाट उद्दार गरिएका १२ जना नेपाली युवतीलाई काठमाडौं ल्याइएको छ । बिहीबार साँझ केन्याबाट उनीहरुलाई हवाई मार्ग हुँदै नेपाल ल्याइएको हो । नेपाल प्रहरीको मानव बेचविखनविरुद्ध काम गर्ने ब्युरो स्रोतका अनुसार केन्या प्रहरीले चलाएको अपरेशनका क्रममा उनीहरु पक्राउ परेका थिए । त्यहाँबाट अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आईओएम) ले उनीहरुलाई नेपाल ल्याएको थियो ।

विदेशिने युवाको सीप प्रमाणीकरण पछि धकेलियो - 2019-06-27

काठमाडौ,(प्रस): सरकारले असार १५ गतेदेखि गर्ने भनेको वैदेशिक रोजगारीमा जानेको अनिवार्य सीप प्रमाणीकरणको व्यवस्था केही पछि धकेलिने भएको छ । विभिन्न १२ वटा क्षेत्रका कामदारलाई वैदेशिक रोजगारीमा जान सीप जानेकै हुनुपर्ने नियम लागू गर्ने सरकारले बनाएको थियो । तर, असार १५ बाट गर्ने भनिए पनि तयारी नपुगेकाले नयाँ आर्थिक वर्षबाट सुरु गर्ने गरी तयारी तीव्र पारिएको वैदेशिक रोजगार विभागले जनाएको छ । विभागमा महानिर्देशक भीष्मकुमार भुसालका अनुसार केही प्राविधिक क्षेत्रमा चलिरहेका तालिमहरु सकिने र सीप प्रमाणीकरण गर्ने तालिका नमिलेकाले योजना केही समयपछि धकेलिने अवस्था आएको हो ।

नेपाल र युएईबीच स्विट्जरल्यान्डमा भयो श्रम सम्झौता, यस्ता छन् मुख्य बुँदाहरू - 2019-06-14

काठमाडौ,(प्रस): नेपाल र खाडी मुलुक युनाइटेड अरब इमिरेट्स (युएई)बीच श्रम सम्झौता भएको छ। स्विट्जरल्यान्डको जेनेभामा भइरहेको अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को शतवार्षिकी समारोहमा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्ट र युएईका मानव संशाधन मन्त्री नासेर थानी अल हम्लीले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्।

लिवियाबाट १५ नेपालीको उद्धार - 2019-05-20

काठमाडौ,(प्रस): रोजगारीको आश्वासन दिएर अवैध रुपमा लिविया पुर्‍याइएका १५ नेपालीको ट्रिपोलीबाट उद्धार गरिएको छ । डर त्रास देखाएर काममा लगाएको र नेपाल फर्कन खोज्दा राहदानी नदिएका कामदारहरूलाई उद्धार गरेर अन्तराष्ट्रिय श्रम संगठन (आइओएम) मा राखिएको कायरोस्थित नेपाली दूतावासले जनाएको छ ।

लिबियामा २० नेपालीको हारगुहार, बन्दीजस्तै जीवन: उद्धारमा कठिनाइ-राजदूत - 2019-04-27

एजेन्सी : लिबियाको राजधानी त्रिपोली दिनप्रतिदिन युद्धमैदानमा परिणत भइरहेको छ । त्यहीँ कार्यरत सैनामैना १०, रुपन्द्रेहीका गणेश थापामगरसहित २० नेपाली केही सातादेखि उद्धारका लागि हारगुहार गरिरहेका छन् । ‘हामी बसेको ठाउँबाट झन्डै २५ किमि टाढा दिनहुँ विद्रोही र सरकार पक्षबीच भिडन्त भइरहेको छ, बम नपडकेको दिनै हुन्न,’ त्रिपोलीबाट कान्तिपुरसँग फोनमा थापामगरले भने, ‘भिडन्त बढदै हाम्रो ठाउँतिर आइपुग्छ कि भन्ने डर छ ।’उनी अलसाई समूहको राइस मिलमा कार्यरत छन् । राइसमिल परिसरबाट बाहिर निस्कन सकेका छैनन् ।

एक वर्षभित्र सय जना कामदार नपठाउने म्यानपावर खारेज हुने - 2019-02-11

काठमाडौ,(प्रस): म्यानपवार व्यवसायीले वर्षमा सयजना कामदार विदेश पठाउन नसके खारेज हुने कानुनी व्यवस्था संसदीय समितिबाट पारित भएको छ। सरकारले केही नेपाल ऐनमार्फत् वैदेशिक रोजगार ऐनमा संशोधन गरेको संशोधन प्रस्तावमा सो व्यवस्था समितिले थप गरेको सांसद कृष्णभक्त पोखरेलले जानकारी दिए।

मलेसियामा ९ नेपालीसहित एक सय विदेशी कामदार पक्राउ - 2019-02-08

एजेन्सी : मलेसियामा ९ नेपालीसहित एक सय जना विदेशी कामदारलाई पक्राउ गरिएको छ । अवैधानिक रुपमा काम गरिरहेका, कागजात नभएका र सम्झौता अवधि सकिएपछि पनि काम गरिरहेका कामदारलाई मलेसियाको अध्यागमन विभागले पक्राउ गरेको हो ।

भारतीय कामदारलाई ‘श्रम स्वीकृति’ सर्कुलर जारी गर्ने कर्मचारीमाथि नै कारवाहीको तयारी - 2019-02-06

काठमाडौ,(प्रस): श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले भारतीय नागरिकलाई अनिवार्य श्रम स्वीकृति लिने भन्ने विषयमा माघ १० गते जारी गरेको सर्कुलर विवादमा तानिएको छ । मन्त्रालयका शाखा अधिकृत प्रशान्त शाहले जारी गरेको सर्कुलरप्रति सोही मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेले आपत्ति जनाएका छन् । एउटै मन्त्रालयले एकसाता अघि सर्कुलर जारी गर्ने र अर्को साता खण्डन गर्ने कार्यले श्रम रोजगार मन्त्रालयको काम गराईमा कस्तो केटाकेटीपन रहेछ भन्ने देखाएको छ ।

भारतीयलाई नेपालमा श्रम स्वीकृति अनिवार्य - 2019-02-05

काठमाडौ,(प्रस): सरकारले नेपालका उद्योग प्रतिष्ठानमा काम गर्ने भारतीय नागरिकलाई अनिवार्य श्रम स्वीकृति लिन कडाइ गरेको छ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले सबै श्रम तथा रोजगार कार्यालयहरुलाई पत्राचार गरी प्रतिष्ठानहरुमा काम गर्ने भारतीय नागरिकको संख्या अध्यावधिक गर्न र श्रम स्वीकृति नलिएको भए लिने व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

अब मलेसियाको रोजगारी खुल्छ: संसदीय उपसमिति - 2019-02-04

करिब नौ महिनादेखि बन्द रहेको मलेसियामा नेपाली कामदार पठाउने प्रक्रिया शुरु हुने भएको छ । दुई देशबीचको श्रम समझदारी अनुसार पहिलो चरणमा कलिङ भिसा आएका करिब ६ हजार कामदारलाई मलेसिया दूतवाससँगको समन्वयमा पठाउन लागिएको हो । दुई दिनअघिमात्र मलेसिया सरकारसँग छलफल गरेर फर्किएका सत्तारुढ नेकपाका सांसद तथा संसदको उद्योग वाणिज्य आपूर्ति तथा श्रम समिति अन्तर्गत श्रम तथा रोजगार उपसमितिका संयोजक एलपी साँवा लिम्बुले अब मलेसिया रोजगारी खुल्ने बताए ।

साउन १ देखि वैदेशिक रोजगारीमा रहेकालाई पनि सञ्चय कोष - 2019-01-29

काठमाडौ,(प्रस): वैदेशिक रोजगारीमा रहेकाहरूलाई सञ्चयकोष तथा सामाजिक सुरक्षा योजनामा सहभागी गराउने सकिने भएको छ। श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा रहेकाहरूलाई सञ्चयकोष तथा सामाजिक सुरक्षा योजनामा सहभागी गराउन सकिने विषयमा अध्ययन गरी प्रतिवेदन बुझाउन गठित एक कार्यदलले आगामी साउन १ गतेदेखि लागू गर्न सकिने गरी सरकारलाई सुझाव दिएको छ।

नेपालमा अवैध आप्रवासीः अचम्मको आकर्षण - 2019-01-16

गोपाल गड्तौला: पाकिस्तानी नागरिक मन्सुर अहमद सिद्दिकी ४१ वर्षका भए । श्रीमती समिनार तीन छोरीहरू अमतुल्ला, निगरिस र हिवातुल साथ उनी काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–८ मा बसेका छन् । उनले डीटी ५४६८२३१ नम्बरको पाकिस्तानी राहदानीमा इस्लामावादस्थित नेपाली दूतावासमा ११ मे २०११ मा पर्यटकको रूपमा नेपाल आउन भिसा लिएका थिए । भिसा लगाएको करीब ५ महीनापछि मन्सुर १३ अक्टोबर २०११ को मध्याह्न परिवारसाथ कराँचीबाट काठमाडौंका लागि उडे ।

वैदेशिक रोजगार विभागबाट ७ दलाल पक्राउ - 2019-01-08

काठमाडौ,(प्रस): वैदेशिक रोजगार विभाग, सोल्टीमोडमा सेवाग्राहीलाई दुःख दिएको आरोपमा ७ जना विचौलिया पक्राउ परेका छन् । मंगलबार दिउँसो काठमाडौ प्रहरीले परिसरको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

जनकपुर र बुटवलबाट श्रम स्वीकृति दिन शुरु - 2018-12-30

काठमाडौ,(प्रस): वैदेशिक रोजगारीमा जानेहरुका लागि आजदेखि जनकपुर र बुटवलबाट श्रम स्वीकृति दिन थालिएको छ । जनकपुरमा एमडी जिलानी मोमिन र बुटवलमा वीरबहादुर माझीलाई पहिलो पटक श्रम स्वीकृति दिँदै सेवा शुरु गरिएको हो । कार्यालयका निमित्त महानिर्देशक उदयप्रसाद गुप्ताले प्रारम्भिक चरणमा श्रम स्वीकृति प्रदान गर्ने, वैदेशिक रोजगारीसम्बन्धी इजाजत पाएका संस्था र तालिम एवं अभिमुखीकरण संस्थाको अनुगमन तथा नियमनको कार्य गर्ने बताए ।

श्रम स्वीकृतिका लागि अब राजधानी धाउनु नपर्ने - 2018-12-28

काठमाडौ,(प्रस): वैदेशिक रोजगारीमा जानेहरूका लागि श्रम स्वीकृति जस्ता कामका लागि अब राजधानी धाउनु नपर्ने भएको छ।हालै बसेको मन्त्रिपरिषदको बैठकबाट उक्त अधिकार हस्तान्तरणको औपचारिक निर्णय भएको जनाइएको छ। वैदेशिक रोजगारीका लागि औसतमा दैनिक एक हजार पाँच सय नेपाली विदेश जाने गरेको आँकडाहरूले देखाउँछन्।

श्रम इजाजत लिन अब अनलाइनमै टोकन - 2018-12-02

अब विदेशमा काममा जानका लागि श्रम स्वीकृति लिन अनलाइनबाटै टोकन प्राप्त हुने भएको छ । श्रम स्वीकृति प्रक्रियालाई सरल बनाउन वैदेशिक रोजगारको कार्यालय ताहाचलले आइतबारबाट यो प्रणाली सुरु गरेको हो । पछिल्लो दिनमा कार्यालयमा सेवाग्राहीको भीड बाक्लो हुँदा सेवा सम्पादन प्रभावित भइरहेको छ ।

नेपाल-मलेसिया श्रम वार्ता : कामदारको भिसा खर्च रोजगारदाताले व्यहोर्ने - 2018-09-28

मलेसिया,(प्रस): नेपाल र मलेसियाबीच हुने श्रम सम्झौताको मस्यौदामा सहमति जुटेको छ । मलेसिया भ्रमणमा रहेको नेपाली टोलीसँग भएको वार्तामा सरकारी उच्च अधिकारीहरुले नेपाली कामदारको भिसा प्रक्रियामा लाग्ने सबै खर्च मलेसियन रोजगारदाताले व्यहोर्ने सहमति जनाएका छन् ।

वैदेशिक रोजगारीका सबै विवरण एउटै अनलाइनमा - 2018-09-04

काठमाडौ,(प्रस): सरकारले वैदेशिक रोजगारीका सबै तथ्यांकलाई एउटै प्रणालीमा राख्ने गरी अनलाइन सिस्टम तयार गरेको छ । यो सिस्टम आगामी सोमबार सार्वजनिक गर्ने तयारी छ । यसले वैदेशिक रोजगार विभागमा फाइल अड्काएर राख्ने कर्मचारीको प्रवृत्ति र म्यानपावरले गर्ने ठगीलाई पनि केही हदसम्म नियन्त्रण गर्ने अपेक्षा लिइएको छ ।

म्यानपावरको धरौटी ६ करोडमाथि पुर्‍याइँदै, मर्ज गर्न दिइने - 2018-07-30

काठमाडौ,(प्रस): सरकारले म्यानपावर कम्पनीहरुलाई मर्ज गर्न दिने व्यवस्था ल्याउनेे तयारी गरेको छ । श्रम तथा रोजगार मन्त्रालयले म्यानपावरलाई मर्जरमा लैजान ६ करोडभन्दा बढीको धरौटी पुर्‍याउने प्रस्ताव गरेको छ ।

नेपाली कामदार नपठाउने निर्णय पुनर्विचार गर्न मलेसियाको आग्रह - 2018-07-28

काठमाडौ,(प्रस): मलेसियाले नेपाली कामदार मलेसिया नपठाउने निर्णय पुनर्विचार गर्न नेपाल सरकारसँग आग्रह गरेको छ । मलेसियाका मानव संसाधन मन्त्री एम कुलाशेगरले निर्णय पुनर्विचार गर्न सरकारसँग आग्रह गरेको हो ।










Powered by: Exclusively Solution