क्राइम स्टोरी




क्राइम स्टोरी: यौन व्यवसायका लागि मानव तस्करी, केन्याको बारमा १२ नेपाली महिला पक्राउ


केन्या प्रहरीले एक नाइट क्लबमा छापा मारेर १२ नेपाली महिलालाई पक्राउ गरेको छ । उनीहरुलाई मानव तस्करी गरेर त्यहाँ पु¥याइएको डेली नेसन्सको अनलाइन संस्करणले समाचार छापेको छ । केन्याको मोम्बासा काउन्टीको नियालीमा रहेको न्यू रंगिला बारमा प्रहरीले शनिबार विहान छापा मारेको थियो ।
त्यसक्रमा प्रहरीले क्लब मालिक आसिफ अलिराली इलिभाइ जेजेठासँगै १२ नेपाली महिलालाई पक्राउ गरेको छ । उनीसँग क्यानेडाको पासपोर्ट भेटिएको छ ।

प्रहरीले छापा मार्दा महिलाहरुले मनोरञ्जन प्रदान गरिरहेको भेटिएको मोम्बासाका डेपुटी पुलिस कमाण्डेन्ट जोसेपले स्थानीय ‘एनटीभी’लाई बताएका छन् ।

प्रहरीले उनीहरुलाई लुंगालुंगा सीमाबाट पछ्याएको थियो । तर, कसरी सफल रुपमा केन्या प्रवेश गरे भन्ने आश्र्चयको विषय रहेको प्रहरीले बताएको छ ।

केन्या प्रहरीले यौन व्यवसायका लागि मानव तस्करीविरुद्ध कडाइ गरेको छ ।




Related Pictures:













Related News:

वाइडबडी बिमान बारे अख्तियारले बोलायो विदेशी कम्पनी, सात दिनभित्र उपस्थित हुन निर्देशन - 2019-04-18

राष्ट्रसंघलाई सरकारको जवाफ : हाम्रो क्षमतामा विश्वास गर्नुस् - 2019-04-18

सेनाले बनायो आचार संहिता - 2019-04-18

सञ्जेलको चुनौती : भ्रष्टाचार भेटिए झुण्ड्याइदिनू - 2019-04-18

सञ्जेललाई अख्तियारको पत्र - 2019-04-17





अनुसन्धानका लागि भन्दै सुदर्शनलाई १५ दिनको म्याद थप - 2019-04-17

काठमाडौ,(प्रस): ललितपुरको जाउलाखेल हिरासतमा राखिएका नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश वली ‘सुदर्शन’ लाई हिरासतमा राखेर अनुसन्धान गर्नका लागि १५ दिनको म्याद थप गरिएको छ ।

क्राइम स्टोरी: यौन व्यवसायका लागि मानव तस्करी, केन्याको बारमा १२ नेपाली महिला पक्राउ - 2019-04-14

केन्या प्रहरीले एक नाइट क्लबमा छापा मारेर १२ नेपाली महिलालाई पक्राउ गरेको छ । उनीहरुलाई मानव तस्करी गरेर त्यहाँ पु¥याइएको डेली नेसन्सको अनलाइन संस्करणले समाचार छापेको छ । केन्याको मोम्बासा काउन्टीको नियालीमा रहेको न्यू रंगिला बारमा प्रहरीले शनिबार विहान छापा मारेको थियो ।

गुणस्तहिन कामको भुक्तानी नदिंदा गाँउपालिका अध्यक्षमाथि आक्रमण - 2019-04-12

सिन्धुली,(प्रस): सिन्धुलीको तिनपाटन गाँउपालिकाका अध्यक्ष कर्णबहादुर थापा मगरमाथि गुणस्तर हिन सडक निर्माणको भुक्तानी नदिएको भन्दै नेकपा तीनपाटन गाउँकमिटीका सचिव तथा ठेकेदार सिद्धिवहादुर कटुवाल मधुले हातपात गरेपछि। त्यसको चौतर्फी आलोचना मात्रै भएको छैन, उनीमाथि कारबाहीको दवाव बढेको छ ।

पाँच भारतीय चोरहरु विराटनगरमा पक्राउ - 2019-04-06

विराटनगर,(प्रस): भारतबाट आएर विराटनगरमा चोरी गर्ने व्यक्तिलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । भारत अररीया घर भई चोरीकै लागि विराटनगरसम्म आउने गरेका मो.सैयादसहित पाँच जनालाई मोरङ प्रहरीले रोडशेष चोकबाट पक्रेको हो ।

महिला मृत फेला, श्रीमानसहित घरका सबै सदस्य फरार - 2019-04-06

काठमाडौ,(रासस): जिल्लाको बसबरीया गाउँपालिका–६, मनटोलमा आज एक महिला आफ्नै घरमा मृत भेटिएकी छिन् । स्थानीय सुरेन्द्र मुखियाकी श्रीमती २२ वर्षीया सागरदेवी मुखिया आफ्नै घरमा मृत फेला परेकी हुन् । घटनापछि मृतक महिलाका श्रीमानसहित घरका सबै सदस्य फरार भएका छन् ।

निर्मला प्रकरण: एसपी र डिएसपी फरार सुचीमा: अदालतले आठ जना प्रतिवादीसँग आजैदेखि बयान सुरू गर्ने - 2019-03-07

काठमाडौ,(प्रस): कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा ८ प्रहरीविरूद्ध मुद्दा दायर भएको छ। बर्खास्तमा परेका एसपी दिल्लीराज बिष्ट, निलम्बनमा परेका डिएसपी अंगुर जिसीसहित आठ प्रहरीविरूद्ध बुधबार जिल्ला अदालत कञ्चनपुरमा मुद्दा दायर भएको हो।

बलात्कारको आरोपमा पक्राउ - 2019-03-05

उदयपुर,(प्रस): उदयपुरको चौदण्डीगढी नगरपालिकाका एक युवालाई बालिका बलात्कारको आरोपमा पक्राउ गरिएको छ ।

इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ - 2019-02-27

काठमाडौ,(प्रस): इटहरीको एक होटलबाट भारतीयसहित १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । उक्त होटलमा यौन धन्दा भईरहेको सूचना पाए पछि प्रहरीले छापा मारेको थियो । युवतीहरुलाई भारतीय ग्राहक भिडाएको प्रहरीले जनाएको छ ।

क्राइम स्टोरी: कमलपाेखरीकाे आँगन रेस्टुरेन्टअगाडि शंस्कापस्द वस्तु भेटियाे - 2019-02-22

काठमाडौ,(प्रस): काठमाडाैंस्थित कमलपाेखरीमा रहेकाे आँगन रेस्टुरेन्ट अगाडि शंकास्पद वस्तु भेटिएकाे छ । प्रहरी प्रवक्ता डिएसपी हाेविन्द्र बाेगटीले शंकास्पद वस्तुकाे बारेमा अनुसन्धान भइरहेकाे जानकारी दिए ।

क्राइम स्टोरी: एनसेल मुख्यालयको गेटमा बम बिस्फोट २ घाइते - 2019-02-22

काठमाडौ,(प्रस): ललितपुरको नख्खुस्थित एनसेल मुख्यालयको गेट अगाडि अज्ञात समूहले शक्तिशाली बम बिस्फोट गराएको छ। बम बिस्फोटमा परी २ जना घाइते भएका छन्। घटनामा परी २७ वर्षिय प्रतिक्षा खड्का र अर्का एक जना नाम नखुलेको व्यक्ति घाइते भएका छन्। खड्काको अल्का अस्पताल जावलाखेल र अर्का गम्भीर घाइतेको बिएण्डबिमा उपचार भइरहेको छ।

२१ किलो चरेशसहित ४ पक्राउ - 2019-02-21

काठमाडौ,(प्रस): महानगरीय प्रहरी वृत्त, दरबारमार्गको प्रहरी टोलीले २१ किलो चरेशसहित ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका–११ का रामकुमार मोक्तान, रमेशकुमार मोक्तान, शुक्रराम गोले र राजेन्द्र गोले छन् ।

यौन दुर्व्यवहार गरेको आरोपमा त्रिविका सहायक डिन प्रहरी हिरासतमा - 2019-02-20

काठमाडौ,(प्रस): एक किशोरीमाथि बाटोमा हिँडिरहेको बेला यौनदुर्व्यवहार गरेको आरोपमा त्रिभुवन विश्वविद्यालय शिक्षा शास्त्र संकायका सहायक डिन बौवालाल साहलाई प्रहरीले हिरासतमा लिएको छ।

मकवानपुरका नरेश र सरस्वती नक्कली नोट छाप्दाछाप्दै पोखराबाट पक्राउ - 2019-02-20

काठमाडौ,(प्रस): केटिएम ड्युक मोटरसाइकल चढेर माघ २२ गते एक जोडीले पोखरा १६ अर्मलाको एउटा पसलमा सय रुपैयाँको रिचार्ज कार्ड किने । एक हजारको नोट दिएका उनीहरुलाई पसलले ९ सय रुपैयाँ फिर्ता गर्‍यो । पसलेले उनीहरुले दिएको नक्कली भएको थाहा पाउँदा ग १४ प ३५४ नम्बरको मोटरसाइकल पोखरातिर हुइकिसकेका थिए । उनले जिल्ला प्रहरी कार्यालयमा खबर गरे ।

नक्कली नोटसहित तीन पक्राउ - 2019-02-08

भोजपुर,(प्रस): प्रहरीले भोजपुरबाट नक्कली नोटसहित तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरले डबली मेला भर्न आएका उनीहरूबाट चार हजार नक्कली नोटसहित पक्राउ गरेको हो ।

पाँच नम्वर प्रदेशसभामा र मन्त्रीका गाडी किन्दा ५७ लाख घोटाला ! - 2019-02-08

बुटवल,(प्रस): प्रदेश ५ को सार्वजनिक लेखा समितिले प्रदेशसभा सचिवालय र मन्त्रालयहरुले गाडी किन्दा प्रचलित मूल्यभन्दा ५७ लाख रुपैयाँ बढी खर्च भएको निश्कर्ष निकालेको छ । शुक्रबार बसेको समितिको बैठकले गाडी खरिदबाट प्रदेश सरकारलाई ५७ लाख घाटा लागेको निश्कर्ष निकाल्दै उक्त रकम प्रदेश सरकारको सञ्चित कोषमा जम्मा गर्ने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।

वनमन्त्री शक्ति बस्नेतकी भतिजी आफ्नै घरभित्र मृत फेला - 2019-02-03

काठमाडौ,(प्रस): वन तथा वातावरण मन्त्री शक्ति बस्नेतकी भतिजी बबिता बस्नेत आफ्नै कोठाभित्र मृत फेला परेकी छन् । ललितपुरको बालकुमारीस्थित आफ्नै घरमा सलमा झुण्डिएको अवस्थामा उनको शब भेटिएको हो । बबिताले आत्महत्या गरेको हुन सक्ने प्रहरीको आशंका छ ।

चोरेको आरोपमा बाबुछोरासहित चार जना पक्राउ - 2019-02-03

विराटनगर,(प्रस): विराटनगर विमानस्थलबाट डिजेल चोरी गरेको आरोपमा प्रहरीले एकै परिवारका तीन सहित चार जनालाई पक्राउ गरेको छ । शुरक्षाको हिसाबले अतिसंवेदनशील मानिने एयरपोर्टबाट डिजेल चोरी गरेको आरोपमा प्रहरीले विराटनगर– ४ का १८ बर्षिय मकेश यादव, २२ बर्षिय अमित यादव, १९ बर्षिय रामचन्द्र यादव र ४८ बर्षिय भोला यादवलाई पक्राउ गरेको हो ।

कार्यालयको सामान खरिदमा भ्रष्टाचार गरेको भन्दै तीन सशस्त्र प्रहरीलाई कैद र जरिवाना - 2019-01-31

काठमाडौ,(प्रस): सामान खरिदमा भ्रष्टाचार गरेको भन्दै विशेष अदालतले सशस्त्र प्रहरीका एसएसपी गोपाल मिश्र, इन्सपेक्टर चित्रबहादुर केसी र हवल्दार नयनबहादुर ओलीलाई जरिवाना र कैद सजाय सुनाएको छ।

इजरायली नागरिक २० हजार डलरसहित पक्राउ - 2019-01-31

काठमाडौ,(प्रस): त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले १९ हजार ७ सय अमेरिकी डलरसहित एक जना इजरायली नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इजरायली नागरिक राहदानी नं. २१७४०५३८ बहाक ३१ वर्षीय सही वेन मोहा छन् ।

क्राइम स्टोरी: बौद्धमा खाजा घरभित्र जुवा ! नौं व्यवसायी समातिए - 2019-01-30

काठमाडौ,(प्रस): काठमाडौं प्रहरी परिसर, टेकुबाट खटिएको प्रहरी टोलीले बौद्धमा सञ्चालित जुवाको खालमा छापा मारेको छ । बुधबार साँझ छापा हानेर ९ जना स्थानीय व्यवसायीलाई पक्राउ गरिएको परिसरका डीएसपी होविन्द्र बोगटीले दिएको जानकारी दिए ।

३३ किलो सुनकाण्डका अभियुक्तलाई छाड्ने ५ न्यायाधीश ‘कारबाही’मा - 2019-01-17

काठमाडौ,(प्रस): गलत नियतले न्याय सम्पादन गरेको भन्दै उच्च अदालतका पाँचजना न्यायाधीशलाई एकैपटक कारबाही गरिएको छ ।










Powered by: Exclusively Solution