बिदेश




अस्ट्रेलियामा श्रम शोषण गर्नेले जेल जानुपर्ने !


एजेन्सी :
अस्ट्रेलियामा रोजगारदाताले जानीजानी आफ्नो कामदारलाई कम पारिश्रमिक दिए जेल जानुपर्ने भएको छ। अस्ट्रेलियमा अब बन्ने कानुनले सो कुराको व्यवस्था गरेको हो।

जोखिममा रहेका कामदारहरूको सुरक्षा गर्न निर्मित नयाँ तथा कडा सुधार योजना अन्तर्गत आप्रवासी कामदारहरूद्वारा बिहीबार संघीय सरकार समक्ष प्रस्तुत २२ सुधार सुझाव स्वीकृत भएपछि सो व्यवस्था लागू हुने भएको छ।      

अस्ट्रेलियाका थुप्रै व्यवसायहरूमा कामदारहरूमाथि शोषण हुने गरेको सञ्चार माध्यमबाट खुलासा भएपछि तीन वर्षअघि यसका लागि कार्यदलको स्थापना गरी कार्ययोजना अघि बढाइएको थियो।

काउन्सिल अफ इन्टरनेशनल स्टुडेन्ट्स अस्ट्रेलिया(सीसा)का अध्यक्ष विजय सापकोटाले यस्ता घटनाहरूमा ठूला व्यापारिक सञ्जालहरूमात्र दोषी नभएर साना व्यवसायी पनि उत्तिकै जिम्मेवार रहेको बताएका छन्।

सापकोटाले सीसाको अघिल्लो वर्षको सर्वेक्षणले समान पृष्ठभूमि भएका मानिसहरूद्वारा नै आप्रवासी कामदारमाथि शोषण भएको देखाएको  बताए। उनले  नेपाली समुदाय पनि त्यसबाट अछुतो नरहेको सुनाए।

नेपाली विद्यार्थीहरूले पनि थुप्रै स्थानमा कामदारले शोषण गरेको र आवश्यक जानकारी नहुँदा उजुरी गर्न नसकेका कैयौं घटनाहरू सामाजिक सञ्जालमा समेत प्रकट गरेका छन्।

‘हामीले प्राप्त गरेका केही घटनालाई सही निकायसम्म पुर्याउने काम पनि गर्यौं तर यो नयाँ व्यवस्था जरूरी पनि थियो। नयाँ नीतिले अबका दिनमा विद्यार्थीहरू कामको सिलसिलामा ठगिने छैनन् भन्ने केही हदसम्म विश्वास लिन सकिन्छ,’ अध्यक्ष सापकोटाले भने। 

आप्रवासी कामदारहरूले संघीय सरकार समक्ष प्रस्तुत गरेको २२ वटा श्रम शोषण सुधारका प्रस्तावमा दोषी करार गर्ने, जेल सजाय र दसौं लाख डलर जरिवाना लगायत समावेश गरिएको छ। यो कार्यदलद्वारा तयार पारिएको २२ वटै सुझावलाई स्वीकृति समेत दिइसकेको छ। 

अस्ट्रेलियाको श्रम बजारमा ६ लाख ५० हजारदेखि ७ लाख श्रमिकहरू अन्तर्राष्ट्रिय  विद्यार्थी रहेका छन्। आप्रवासी श्रमिक कार्यदलका प्रमुख एलन फेल्सले एसबीएससँग कुराकानीमा भनेका छन्,’यसको धेरै ठूलो हिस्साले निकै कम पारिश्रमिक पाउने गरेका छन्।

“हामीले सुझाव दिएका थियौं कि अहिलेको अत्यन्त सामान्य जरिवाना रकमलाई बढाएर ठूलो जरिवाना रकम राखियोस् भनेर। जरिवाना दसौं लाख डलरको हाराहारीमा र अझ गम्भीर प्रकृतिको दुर्व्यवहारमा रोजगारदातालाई जेल सजाय होस् भन्ने हाम्रो चाहना हो।’

फेयर वर्क तथा फेयर वर्क अम्बुड्सम्यानलाई थप अधिकार दिएर बलियो तथा चुस्त बनाइयोस् भन्ने सुझाव समेत दिएको पनि उनले बताए । 

अहिले अपराधको संगिनता र व्यवसायको साइजका आधार मानेर ३ हजार ७ सय ८० देखि ३ लाख ७८ हजारसम्मको जरिवाना तिर्नुपर्ने व्यवस्था रहेको छ। अबका दिनमा भने यो जरिवाना बढ्नुका साथै जेल सजायसमेत हुने प्रावधान रहने छ । 




Related Pictures:













Related News:

विप्लव विरुद्ध प्रहरी कारबाही जारी, १७ जना हिरासतमा - 2019-03-18

साढे १० हजारले लिए व्याज अनुदानमा कृषि ऋण - 2019-03-18

सिके राउत ‘जनमत पार्टी’ को अध्यक्ष बने ! - 2019-03-18

चलेन चार्जिङ स्टेशन, विजुली बस पनि अलपत्र - 2019-03-18

हिंसा छाडेर शान्तिपूर्ण राजनीतिमा आउन विप्लवलाई कांग्रेसको आग्रह - 2019-03-16





जिल्याण्डको दुई मस्जिदमा आक्रमण, ३० जनाको मृत्यु, बंगलादेशी क्रिकेट टोली सुरक्षित - 2019-03-15

एजेन्सी : न्यूजिल्याण्डको क्रिस्टचर्च शहरमा रहेको दुई मस्जिदमा बन्दुकधारीले गरेको आक्रमणबाट ३० जनाको मृत्यु भएको छ । अल नूर मस्जिद र लिनउड मज्जिदमा जुमेको नमाज पढ्ने समयमा आक्रमण भएको बीबीसीमा उल्लेख छ ।

अस्ट्रेलियामा श्रम शोषण गर्नेले जेल जानुपर्ने ! - 2019-03-14

एजेन्सी : अस्ट्रेलियामा रोजगारदाताले जानीजानी आफ्नो कामदारलाई कम पारिश्रमिक दिए जेल जानुपर्ने भएको छ। अस्ट्रेलियमा अब बन्ने कानुनले सो कुराको व्यवस्था गरेको हो।

भारतीय वायूसेनाको बमवारीमा एउटा काग मर्‍यो ! - 2019-03-01

एजेन्सी : भारतीय वायूसेनाले गत मंगलबार पाकिस्तानी एयरस्पेसमा पसेर बम वर्षा गर्‍यो । उक्त आक्रमणमा आतंकवादी समूह जैस ए मोहम्मदको किल्ला ध्वस्त भएको र सयौं हताहति भएको भारतीय मिडियाहरुले दावी गरिरहेका छन् ।

मोदीले पाए सियोल शान्ती पुरस्कार, पाएको एक करोड ३० लाख भारु गंगा सफाईका लागि दिए - 2019-02-22

एजेन्सी : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दक्षिण कोरिया भ्रमणको दोस्रो दिन सियोल शान्ति पुरस्कार प्रदान गरिएको छ । मोदीले पुरस्कारमा पाएको एक करोड ३० लाखको रकम नमामी गंगा प्रोजेक्टका लागि दिने घोषणा गरेका छन् ।

फ्रान्समा फ्लुबाट मर्नेको संख्या २८०० पुग्यो, २ हजार अस्पताल भर्ना - 2019-02-22

एजेन्सी : फ्रान्समा चिसोमा संक्रमण हुने फ्लुका कारण यस वर्षको शीतकालीन समयमा कम्तीमा २ हजार ८०० जनाको मृत्यु भएको छ । फ्रान्सभर अक्टोबरदेखि फेब्रुअरी ३ गतेसम्म फ्लुका कारण मृत्यु हुनेमध्ये अधिकांश अर्थात् ७८ प्रतिशत नागरिक ७५ वर्षमाथिका वृद्धहरू भएको यहाँका स्वास्थ्य अधिकारीले जनाएका छन् ।

हिन्दू संगठनको निशानामा कश्मिरीहरु - 2019-02-19

एजेन्सी : बिहीबार भारत प्रशासित कश्मिरको पुलवामा जिल्लामा एक उग्रवादी संगठनले आत्मघाती आक्रमण गर्यो । स्थानीय २० वर्षे अदिल दारले विष्फोटक पदार्थले भरिएको कारलाई भारतीय अर्धसैनिक सीआरपीएफको गाडिमा ठोक्काउँदा ४२ जवानको ज्यान गयो ।

भारतले आक्रमण गरे जवाफ फर्काउँछौं: इमरान - 2019-02-19

काठमाडौ,(प्रस): पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतले पाकिस्तानमाथि आक्रमण गरे केही नसोची जवाफ फर्काउने बताएका छन्। सोमबार एक भिडियो सन्देश जारी गर्दै इमरानले बिहीबार जम्मु कस्मिरको पुलुवामामा भएको आतंकवादी हमलाबारे पाकिस्तानलाई कुनै पूर्वजानकारी नभएको बताए।

नयाँ मिसाइल बनाउने रुसको घोषणा - 2019-02-06

एजेन्सी : शीतयुद्धको क्रममा भएको मध्यमदूरीको क्षेप्यास्त्रसम्बन्धी एक सन्धि आईएनएफबाट अलग भएको घोषणा गरेको रुसले नयाँ मिसाइल प्रणाली बनाउने काम सुरु गरेको छ । इन्टरमिडिएट रेन्ज न्युक्लियर फोर्स (आईएनएफ) सन्धि अमेरिकाले एकतर्फी रुपमा तोडेको घोषणा गरेपछि रुसले पनि हालै उक्त सन्धिबाट आफू पनि अलग भएको घोषणा गरेको थियो ।

ट्रम्पलाई निर्णयविरुद्ध रिपब्लिकन सांसदले दिए भोट - 2019-02-06

एजेन्सी : सीरिया र अफगानिस्तानबाट सैनिक फिर्ता बोलाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयविरुद्ध अमेरिकी सिनेटले भारी बहुमतबाट एक महत्वपूर्ण प्रस्ताव पारित गरेको छ । यो प्रस्तावको पक्षमा ट्रम्पको पार्टी रिपब्लिकन सांसदहरुले समेत मतदान गरे ।

सरकारविरूद्ध पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जी धर्नामा - 2019-02-04

एजेन्सी : आफ्नो प्रदेशका प्रहरी आयुक्तलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिबिआई)ले सोधपुछ गर्न खोजेको विरोधमा पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जी धर्नामा बसेकी छन्। चिट फन्ड घोटालाको अनुसन्धानका क्रममा सिबिआईले कलकत्ता प्रहरीका आयुक्त राजीवकुमारलाई प्रमाण नष्ट गरेको आरोप लगाएको छ। आइतबार साँझ सिबिआई टोली सोधपुछ गर्न राजीवकुमारको घर गएको थियो।

बिदेश: जल, जमिन र आकासबाट प्रहार गर्ने चीनका सबै भन्दा शक्तिशाली हतियार - 2019-01-30

ऐजेन्सीको सहयोगमा चीनको सेना चीन पाँच क्षेत्रमा विभाजन गरिएका आफ्ना सेनालाई विश्वकै शक्तिशाली बनाउँने होडबाजीमा रहेको छ । पछिल्ला केहि वर्ष यता चीनले आफ्नो शैन्य क्षेत्रमा डुलो लगानी खर्चिदै आएको बुझीन्छ । चीनले आफ्ना सेना जल, जमिन र वायु लाई क्षेत्रअनुसारकै हतियार र तालिम दिँदै आएको जनाइएको छ । त्यसैबीच चीनको जल सेनासँग अहिले सबैभन्दा ठुलो हतियारको रुपमा समुन्द्री अस्त्र रहेको छ ।

कंगोको साम्प्रदायीक दङ्गामा परी ८९० को मृत्यु - 2019-01-17

एजेन्सी : कंगोमा भड्किएको साम्प्रदायिक दंगामा परी ८ सय ९० जनाको मृत्यु भएको छ । कङ्गोको पश्चिम क्षेत्रमा पर्ने चार गाउँमा उनीहरु मारिएका हुन् ।

उत्तर कोरियाली नेता किम चीन भ्रमणमा - 2019-01-08

एजेन्सी : उत्तर कोरियाली नेता किम जोङ उन मंगलबार बिहान रेल चढेर चीनको राजधानी बेइजिङ पुगेका छन्। सन् २०११मा आफ्ना बुवा किम जोङ इलको निधनपछि उत्तर कोरियाका नेता बनेका उनको यो दोस्रो चीन भ्रमण हो। यसअघि गत वर्ष मार्चमा उन पहिलो विदेश भ्रमणका लागि चीन आएका थिए।

डोनाल्ड ट्रम्पविरुद्ध मैदानमा उत्रिँदै वारेन, सन् २०२० को चुनावी अभियान थाल्ने घोषणा - 2019-01-02

एजेन्सी : संयुक्तराज्य अमेरिकामा डेमोक्राटिक पार्टीकी प्रभावशाली नेतृ एवं सिनेटर एलिजाबेथ वारेनले अमेरिकी राष्ट्रपतिको सन् २०२० मा हुने चुनावका लागि उम्मेदवार हुने इच्छा व्यक्त गरेकी छिन् । उनी राष्ट्रपति डोनाल्ड ट्रम्पका कटु आलोचक मानिन्छिन् ।

उत्तर कोरियाबाट पलायन ‘देशद्रोही’हरुको तथ्यांक चुहावट - 2018-12-30

एजेन्सी : उत्तर कोरियाबाट पलायन हुने करिब एक हजार जति ‘देशद्रोही’को निजी तथ्यांक चुहावट भएको छ । दक्षिण कोरियाली एकीकरण मन्त्रालयको अनुसार ती तथ्यांकहरु दक्षिण कोरियाको पुनर्वास केन्द्रको एक कम्प्युटरबाट ह्याक भएपछि लिक भएको हो । उक्त मन्त्रालयले दक्षिण कोरियामा मानिसहरुको पुनर्वाससँग जोएिको मामिलाहरुलाई हेर्ने काम गर्छ ।

उत्तर कोरियाली नेता किम जोङ उनले पठाए दक्षिणका राष्ट्रपतिलाई चिठी - 2018-12-30

एजेन्सी : उत्तर कोरियाली नेता किम जोङ उनले आउँदो वर्ष दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ इनसँग आणविकीकरणका लागि धेरैभन्दा धेरै वार्ता गर्ने बचन दिएका छन्।

औषधिका लागि गाँजा प्रयोगलाई कानूनी मान्यता - 2018-12-26

एजेन्सी:थाइल्याण्डको अन्तरिम संसदले औषधिका लागि आवश्यक गाँजा प्रयोगलाई कानूनी मान्यता दिएको छ । संसदले औषधिका लागि आवश्यक मात्रामा प्रयोग गर्न सकिने कानून पारित गरेको हो । तर नशाका लागि गाँजा उपयोग गैरकानूनी रहेको छ ।

पाकिस्तानी सेनाको आक्रमणमा दुई नेपालीको मृत्यु - 2018-12-26

एजेन्सी : पाकिस्तानी सेनाको आक्रमणमा दुई नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतीय सेनाको सुवेदार पदमा कार्यरत रुपन्देहीको तिलोत्तमा–९ का ४२ वर्षीय गमरबहादुर थापा र ३९ वर्षीय रमन थापा रहेका छन् ।

राहुल गान्धीले मोदीलाई भने, ‘चौकीदार चोर हुन्, प्रमाणित गर्छु’ - 2018-12-14

एजेन्सी, नयाँ दिल्ली : भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धीले फान्ससँगको हतियार खरिद प्रकरण ‘राफेल डिल’मा संयुक्त संसदीय समिति बनाउन माग गरेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीमाथि गम्भीर आरोप लगाउँदै गान्धीले फेरि जोरदार हमला गरेका छन्।

अमेरिका-चीन प्रतिष्पर्धाको तरबार व्यक्तिको गर्दनमा - 2018-12-13

एजेन्सी : चिनियाँ टेलिकम कम्पनी हुवावेकी चिफ फाइनान्स अफिसर सब्रिना मेङ लान्जाओलाई अमेरिकाको अनुरोधमा क्यानडाले भ्यानकुभरबाट गिरफ्तार गरेको छ। यो गिरफ्तारीसँगै दुई मुलुकबीचको तनाव झनै चुलिएको छ र अमेरिका -चीनबीचको तनावले पछिल्लो साता नयाँ मोड लिएको छ।

चिसियो अमेरिका-चीन सम्बन्ध, खस्कियो विश्व सेयर बजार - 2018-12-10

मेङलाई सुपुर्दगी गर्नुपर्ने अमेरिकी मागबारे चीनको आपत्ती चिनियाँ टेलिकम कम्पनी हुवावेकी प्रमुख आर्थिक अधिकृत र उपाध्यक्ष सरविना मेङ वानजाउ क्यानडामा पक्राउ परेसँगै ट्रम्प-सी भेटपछि सुध्रन लागेको चीन र अमेरिका सम्बन्ध फेरि चिसिएको छ। चीनका उपविदेश मन्त्री ले यूचेङले आइतबार बेइजिङस्थित अमेरिकी राजदूत टेरी ब्रान्सटाडलाई डाकेर मेङ पक्राउबारे जानकारी लिएका छन्।










Powered by: Exclusively Solution