राजनीति




दशैभर बन्दको प्रभाव: ठाउँ ठाउँमा फेला परेका बम नेपाली सेनाद्धारा निश्कृय


काठमाडौ,(प्रस):
सरकारद्धारा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले आव्हान गरेको आजको नेपाल बन्दको प्रभाव देशैभरी परेको छ । बन्द सफल बनाउनका लागि आयोजक पक्षका कार्यकर्ताहरुले देशका विभिन्न भागमा सुतली बमहरु राखेर जनजीवन प्रभावित तुल्याएका छन् । बन्दका कारण उपत्यका बाहिरबाट राजधानी प्रवेश गर्ने यातायातका साधनहरु नआएको उपत्यका प्रहरीले जानकारी दिएको छ ।

पोखराका दुई ठाउँमा सकेट बम

पोखरा: पोखराका दुई ठाउँमा राखिएको शंकास्पद बस्तु विष्फोटक पदार्थ रहेको पुष्टि भएको छ । सभागृहचोक र भण्डारढिकको खेलमैदान नजिकै पृथ्वी राजमार्गमा रहेका विष्फोटकलाई नेपाली सेनाले निष्क्रय बनाएको छ । 

भण्डारढिकमा सकेट बम र सभागृहचोकस्थित ट्राफिक प्रहरीको स्मार्ट आइल्यान्डभित्र सुतली बमजस्तै सामान्य विष्फोटक पदार्थ रहेको प्रहरीले जनाएको छ। शंकास्पद वस्तु भेटिएपछि दुवै स्थान नेपाली सेना र प्रहरीले नियन्त्रणमा लिएका थिए। सवारी र पैदलयात्रीलाई आवतजावतमा रोक लगाएर सेनाले विष्फोटक पदार्थलाई निष्क्रय पारेको हो।

चन्द नेतृत्वको नेकपाले बिहीबार राखेको नेपाल बन्दको क्रममा सोही पार्टीको कार्यकर्ताले यस्ता शंकास्पद वस्तु राखेकेा हुनसक्ने प्रहरीको अनुमान छ। शंकास्पद वस्तु बारे सेनाले चेकिङ सुरु गरेको कास्की प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले बताए।

बुटवलमा शंकास्पद वस्तु फेला

बुटवल:  बुधबार साँझ पनि बुटवलका विभिन्न स्थानमा विष्फोटको आवाज आएको थियो । आफ्ना कार्यकर्ता माथि सरकारबाट भइरहेको धरपकड बन्द गरी पक्राउ परेका कार्यकर्ता रिहाइको माग गर्दै विप्लव समूहले बिहीबार नेपाल बन्द आव्हान गरेको छ ।

बन्दका कारण पूर्वपश्चिम तथा उत्तरदक्षिण सिद्धार्थ राजमार्गमा सार्वजनिक सवारी चलेका छैनन् । शैक्षिक संस्था, बजार तथा औद्योगिक प्रतिष्ठानमा पनि असर परेको छ ।

बुटवलको कालिकाचौकमा बिहीबार बिहानै बम जस्तै देखिने शंकास्पद वस्तु भेटिएको छ । रुपन्देही स्थित सिद्धार्थ राजमार्गको बुटवल बेलहिया खण्डको कालिकाचौकको ट्राफिक ब्रेकरमाथि शंकास्पद वस्तु भेटिएको हो ।

यसले बिहानैदेखि बुटवलको जनजीवन प्रभावित बनेको छ । क्षति हुन नदिन घटनास्थलमा प्रहरीले सुरक्षा दिएको इप्रका बुटवलका डिएसपी डिलबहादुर मल्लले बताए ।

कटारीमा शंकास्पद वस्तु

उदयपुर: उदयपुरको कटारी नगरपालिका-२ देवीधापस्थित सडकमा बम राखिएको छ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले आज आव्हान गरेको नेपाल बन्दलाई प्रभाव पार्नेका लागि बम राखिएको हुन सक्ने आशंका गरिएको छ ।

मारुती सिमेन्ट उद्योगलाई कच्चा पर्दाथ चुनढु‌ंगा सप्लाई गर्ने शिवम मल्टिपर्स प्रालिको गेट अगाडिशंकास्पद वस्तुराखिएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ।

उक्त वस्तुडिस्पोजलका लागि नेपाली सेनाको टोलीलाई खबर गरिएको प्रहरी निरीक्षक ललनप्रसाद कुर्मीले बताए।सेनाको वेलसोत स्थित कालिसिद्धि इन्जिनियरिङ गणको टोली उक्त वस्तु भएको स्थानमा जाँदै गरेको छ।


यसैबीचमा नेकपाले आव्हान गरेको बन्दको कारण आज उदयपुरको जनजीवन प्रभावित भएको छ। बन्दका कारण सदरमुकाम गाईघाट लगाइत कटारी, वेल्टार, रामपुर लगायतका स्थानबाट संचालन हुने लामो तथा छोटो दुरीका सवारी साधन चलेका छैनन्। ग्रामीण क्षेत्रबाट सचालन हुने सम्पूर्ण यातायात ठप्प रहेको प्रहरीले जनाएको छ।






Related Pictures:













Related News:

विप्लव विरुद्ध प्रहरी कारबाही जारी, १७ जना हिरासतमा - 2019-03-18

साढे १० हजारले लिए व्याज अनुदानमा कृषि ऋण - 2019-03-18

सिके राउत ‘जनमत पार्टी’ को अध्यक्ष बने ! - 2019-03-18

चलेन चार्जिङ स्टेशन, विजुली बस पनि अलपत्र - 2019-03-18

हिंसा छाडेर शान्तिपूर्ण राजनीतिमा आउन विप्लवलाई कांग्रेसको आग्रह - 2019-03-16





विप्लव विरुद्ध प्रहरी कारबाही जारी, १७ जना हिरासतमा - 2019-03-18

प्यूठानमा विप्लव कार्यकर्ताको अनसन सरकारले नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहमाथि प्रतिबन्ध लगाएसँगै सुरक्षा संयन्त्र कडारुपमा उत्रिएको छ । नेपाल प्रहरीको विशेष ब्युरोले विभिन्न युनिटको सहयोगमा १७ जनालाई पक्राउ गरेर हिरासतमा लिएको हो । नेपाल प्रहरीका एक उच्च अधिकारीका अनुसार पक्राउ पर्नेमध्ये अधिकांशलाई हाल काठमाडौं प्रहरी परिसर, टेकुको हिरासतमा राखिएको छ । ती अधिकारीका अनुसार पक्राउ पर्ने सबैभन्दा उच्च तहका नेता विप्लव समूहका पोलिब्युरो सदस्य जीवन्त भनिने मोहन कार्की छन् ।

सिके राउत ‘जनमत पार्टी’ को अध्यक्ष बने ! - 2019-03-18

राजनैतिक व्यूरो, सिराहासिके राउतको पार्टी (स्वतन्त्र मधेस गठबन्धन) को नाम परिवर्तन भएको छ । सिराहामा सोमबार सम्पन राष्ट्रिय परिषद बैठकले राउत नेतृत्वको पार्टीको नाम ‘जनमत पार्टी’ राख्ने निर्णय गरेको छ । लाहानमा सम्पन्न दुई दिने बैठकले जनमत पार्टीको ३५ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिसमेत निर्माण गरेको छ ।

हिंसा छाडेर शान्तिपूर्ण राजनीतिमा आउन विप्लवलाई कांग्रेसको आग्रह - 2019-03-16

राजनैतिक व्यूरो, काठमाडौप्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हत्या, हिंसा, आतंक छाडेर वार्तामा आउन नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई आग्रह गरेको छ। सबैखाले विमतिको हल राजनीतिक संवादका माध्यमबाट खोज्न सकिने भएकोले वार्तामा आउन विप्लवलाई कांग्रेसले आग्रह गरेको हो।

राप्रपाद्वारा आन्दोलन घोषणा, हिन्दु राष्ट्र पुनर्स्थापनाको माग - 2019-03-16

काठमाडौ,(प्रस): राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) हिन्दु राष्ट्र पुनर्स्थापनाको माग गर्दै आन्दोलन घोषणा गरेको छ । चैत १५ गतेबाट सुरु हुने पहिलो चरणको आन्दोलन ८ वैशाखमा दुई घन्टा राजमार्ग र चोकहरुमा सत्याग्रहसँग सकिनेछ । काठमाडौंमा शनिबार बसेको राप्रपा केन्द्रीय कार्यसमितिको विस्तारित बैठकले स्थानीय तह केन्द्रित पहिलो चरणको आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको हो ।

प्रधानमन्त्री स्वंयम्ले सेना परिचालन गर्नसक्ने तयारी आपत्तिजनक: जबरा - 2019-03-16

हिन्दु राष्ट्रका साथसाथै राजसंस्था अपरिहार्य: लोहनीसरकार कम्युनिष्ट लोकतन्त्र स्थापना गर्न लागिपरेको भन्दै राप्रपा संयुक्तका अध्यक्ष पशुपति शमम्शेर जबराले आपत्ति जनाएका छन् । ‘सेना परिचालन गर्न राष्ट्रिय सुरक्षा समितिको सल्लाह नचाहने, प्रधानमन्त्री स्वयमले सेना परिचालन गर्न सक्ने तयारी आपत्तिजनक छ । प्रधानमन्त्री केपी शर्मा ओली कम्युनिष्ट लोकतन्त्र स्थापना गर्न उद्दत छन् जो हामीलाई स्वीकार्य छैन,’ जनताबीच राप्रपा संयुक्त कार्यक्रम अन्तर्गत बाल मन्दिरको मैदानमा आयोजित आम सभालाई शनिबार सम्बोधन गर्दै राणाले भने ।

विप्लव समूहमाथि लगाएको प्रतिबन्ध गलत : गोपाल किराती - 2019-03-15

काठमाडौ,(प्रस): गोपाल किराती नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाउने निर्णय तत्काल खारेज गर्न सरकारसँग माग गरेको छ । शुक्रबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा अध्यक्ष गोपाल किरातीले विप्लवलाई विद्रोहको बाटो छाडेर गणतन्त्रको रक्षाका लागि वार्तामा आउन पनि आह्वान गरेका छन् ।

पूर्वराजा ज्ञानेन्द्र शाहले भने : यो मधेश होइन, तराई हो - 2019-03-15

जनकपुरधाम,(प्रस): प्रदेश २ लाई मधेश प्रदेश घोषणा गर्ने तयारी गरिरहँदा पूर्वराजा ज्ञानेन्द्र शाहले यो भूमि मधेश नभएको बताएका छन् । शुक्रबार दिउँसो जानकी मन्दिरमा पूजापाठ गरेपछि पत्रकारहरुले उनलाई मधेश भ्रमणमा आउनुभयो, यहाँका जनताको मनोभावना कस्तो बुझ्नुभयो ? भन्ने जिज्ञासा राखेका थिए । जवाफमा पूर्वराजा ज्ञानेन्द्रले भने, ‘यो तराई हो, हामीले पहिलेदेखि नै तराई भन्दै आएका छौं, मधेश भन्दिनँ

एकताको बाँकी काम टुंग्याउन नेकपाका दुई अध्यक्षको छलफल जारी - 2019-03-15

प्रदेस संवाददाता, काठमाडौंपार्टीको केन्द्रीय तहमा एकता भए पनि जिल्ला कमिटी, जनवर्गीय संगठन र प्रदेशमा रहेको असन्तुष्टि मिल्न सकेको छैन। त्यस्तै विधानमै भएको पोलिटब्युरो गठनको व्यवस्था कार्यान्वयन भएको छैन। महासचिव पौडेलले भने एकता प्रक्रिया टुङ्गो लगाउन सामान्य सुत्रको प्रयोग भैरहेको बताए।

बालुवाटारमा सिके राउत र विप्लवबारे शीर्षनेतावीच छलफल - 2019-03-14

विप्लवलाई प्रतिवन्ध लगाउन प्रचण्डको पनि समर्थन: ओलीसँग माधव नेपालको असन्तुष्टि विप्लव समूहलाई प्रतिवन्ध लगाइएको विषयमा नेकपाका शीर्षनेताहरुले नै प्रश्न उठाइरहेका बेला बिहीबार अध्यक्षसहित ५ शीर्षनेताको बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सांगठनिक एकताबारे छलफल गर्न नेताहरुलाई बालुवाटारमा बोलाएका थिए ।

‘प्रचण्डलाई नै एक नम्बरमा मार्नुपर्छ भनेर टिम खटाउनुभएको छ रे’ - 2019-03-14

विप्लवले प्रचण्डजस्तै बन्छु भनेर नक्कल गरेनेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले हिजोसँगै जनयुद्ध लडेका साथीहरूले आफूलाई मार्ने सूची बनाएको बताएका छन्। नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले प्रचण्डलाई नै एक नम्बरमा मार्नुपर्छ भनेर टिम खटाएको दस्ताबेजसमेत भेटिनु दु:खद भएको उनले बताए।

विप्लव समूहले गरेका विध्वंसात्मक कार्यको विवरण - 2019-03-14

काठमाडौ,(प्रस): सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द विप्लव समूहु ले मुलुकका विभिन्न भागमा गरेको विध्वंसात्मक कार्य र क्षतिको विवरण सार्वजनिक गरेको छ । बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले नेकपाले केही समययता आतंकवादी शैलीमा गरेको आपराधिक गतिविधिबारे जानकारी गराएका हुन् ।

दशैभर बन्दको प्रभाव: ठाउँ ठाउँमा फेला परेका बम नेपाली सेनाद्धारा निश्कृय - 2019-03-14

काठमाडौ,(प्रस): सरकारद्धारा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले आव्हान गरेको आजको नेपाल बन्दको प्रभाव देशैभरी परेको छ । बन्द सफल बनाउनका लागि आयोजक पक्षका कार्यकर्ताहरुले देशका विभिन्न भागमा सुतली बमहरु राखेर जनजीवन प्रभावित तुल्याएका छन् । बन्दका कारण उपत्यका बाहिरबाट राजधानी प्रवेश गर्ने यातायातका साधनहरु नआएको उपत्यका प्रहरीले जानकारी दिएको छ ।

विप्लवका कार्यकर्ता हतियारसहित भेटिए तत्काल गोली हान्न प्रहरीलाई सरकारको निर्देशन - 2019-03-14

काठमाडौ: नेत्रविक्रम चन्द विप्लव समूहको गतिविधिलाई प्रतिबन्ध लगाउने सरकारको निर्णयप्रति सत्तारुढ दल नेकपाका नेताहरुले असन्तुष्टि जनाएका छन् । निर्णय गर्नुअघि सरकारले पार्टीमा छलफल नगरेको भन्दै नेकपा नेताहरुले मुखै फोरेर त्यसको स्वामित्व लिन नसक्ने बताउन थालेका छन् ।

विप्लवले भने-प्रतिवन्ध हास्यास्पद, चन्दा उठाउनु नैसर्गिक अधिकार हो - 2019-03-14

सरकारसँग कुनै पनि हालतमा नझुक्ने: क्रान्तिलाई सम्पूर्ण खालको सहयोग गर्न अनुरोध सरकारले प्रतिवन्ध लगाएको विवरण सावर्वजनिक भएपछि पहिलो पटक विज्ञप्तीजारी गर्दै नेपाल कम्युनिष्ट पार्टीका महासचिब विप्लवले चन्दा उठाउनु आफ्नो नैसर्गिक अधिकार भएको दाबी गरेको छ । साथै उसले प्रतिबन्धलाई हास्यास्पदको संज्ञा दिँदै सरकारसँग कुनै पनि हालतमा नझुक्ने प्रष्ट पारेको छ ।

प्रतिबन्ध होइन, संवाद र सहकार्यबाट समाधान खोज: कांग्रेस - 2019-03-13

जनप्रतिनिधिलाई प्रधानमन्त्रीले भने- नडराउनुस्, लुटेरालाई चन्दा नदिनुस् - 2019-03-13

राजनैतिक व्यूरो, काठमाडौनेत्रविक्रम चन्द ‘विप्लव’ ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका गतिविधिलाई प्रतिबन्ध लगाएको अर्को दिन प्रधानमन्त्री केपी शर्मा ओलीले जनप्रतिनिधिलाई विप्लव माओवादीसँग नडराउन भनेका छन्। बुधबार नेपाल नगरपालिका संघको वार्षिकोत्सव कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले जनप्रतिनिधिलाई विप्लवले दिएको धम्कीबाट नडराउन भने। ‘राजनीतिका नाममा लुटपाट मच्चाउने, बम काण्ड र उपद्रो मच्याउने तत्वलाई राजनीतिक मान्न सकिन्न।

मधेसमा पूर्वराजालाई स्वागत ! - 2019-03-13

राजनैतिक व्यूरो, काठमाडौकाठमाडौंमा सिके राउतले व्यापक चर्चा पाइरहेका बेला मधेसमा उल्टो परिदृश्य देखिएको छ । सरकारसँग ११ बुँदे सम्झौता गरेलगत्तै मधेस झरेका सिके राउत र उनका समर्थकका गतिविधिहरु एकाएक सेलाएका छन् । बरु पूर्वराजा ज्ञानेन्द्रका समर्थकको दौडधूप मधेसमा सुरु भएको छ ।

प्रधानमन्त्रीकै दबाबमा विप्लव नेतृत्वको नेकपा माथि प्रतिवन्ध लगाइएको खुलासा - 2019-03-12

प्रचण्ड र मलाई मार्न मान्छे खटाइयो: प्रधानमन्त्रीप्रधानमन्त्री केपी शर्मा ओलीकै दबाबमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमाथि प्रतिबन्ध लगाईPको खुलासा भएको छ । मंगलबारको मन्त्रीपरिषद बैठकमा ओलीले प्रचण्ड र आफूलाई विप्लवले मार्न मान्छे खटाएको दाबी गरे लगत्तै सो दलमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको बताइएको छ ।

सरकारी प्रतिवन्ध वारे नेकपाले भयो: राज्य दमनमा उत्रिए प्रतिवाद गर्छौं - 2019-03-12

काठमाडौ,(प्रस): विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफूमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयलाई षड्यन्त्रको संज्ञा दिएको छ । उसले सुरुमा सरकारी निर्णयको भण्डाफोर गर्ने र दमनमा उत्रिए प्रतिवाद गर्ने बताएको छ । मन्त्रिपरिषदको मंगलबार साँझ बसेको बैठकले विप्लव समूह आपराधिक संगठन भएको ठहर गर्दै प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । सरकारी निर्णयपपछि नेकपाका शीर्षनेताहरु सञ्चारकर्मीहरुको सम्पर्कमा आउन चाहेका छैनन् ।

- 2019-03-12

काठमाडौ,(प्रस): सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएसँगै नेपाल प्रहरीले समूहमा आवद्ध जोकोहीलाई जहाँ भेट्यो त्यहीँ नियन्त्रणमा लिने भएको छ । मंगलबार अपरान्ह बसेको मन्त्रिपरिषद् बैठकले नेकपालाई आपराधिक घोषित गर्दै प्रतिबन्ध लगाएसँगै प्रहरीले आक्रामक नीति अपनाउने भएको हो ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका गतिविधिमा प्रतिबन्ध लगाउने सरकारको निर्णय - 2019-03-12

राजनैतिक व्यूरो, काठमाडौसरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी आपराधिक संगठन भएको ठहर गर्दै प्रतिबन्ध लगाउने निर्णय गरेको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल कम्युनिष्ट पार्टी लाई प्रतिबन्ध लगाउने घोषणा गरेको हो । सो समूहले आपराधिक कृयाकलाप गरेको, विकासका पूर्वाधारमाथि बम विस्फोट गराउने र व्यक्तिको शान्ति सुरक्षामथि आक्रमण गर्ने कार्य गरेको निश्कर्ष सरकारले निकालेको छ ।










Powered by: Exclusively Solution