राजनीति




विप्लवका कार्यकर्ता हतियारसहित भेटिए तत्काल गोली हान्न प्रहरीलाई सरकारको निर्देशन


काठमाडौ:
नेत्रविक्रम चन्द विप्लव समूहको गतिविधिलाई प्रतिबन्ध लगाउने सरकारको निर्णयप्रति सत्तारुढ दल नेकपाका नेताहरुले असन्तुष्टि जनाएका छन् । निर्णय गर्नुअघि सरकारले पार्टीमा छलफल नगरेको भन्दै नेकपा नेताहरुले मुखै फोरेर त्यसको स्वामित्व लिन नसक्ने बताउन थालेका छन् ।


सरकारले विप्लवको गतिविधि नियन्त्रण गर्ने निर्णय गरेको भोलिपल्ट अध्यक्ष प्रचण्डको खुमलटारस्थित निवासमा सचिवालयमा रहेका माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र झलनाथ खनालको भेला भएको र प्रतिबन्धबारे समीक्षा गरेको समाचारमा उल्लेख छ ।

प्रतिबन्ध लगाएसँगै त्यसको असर देखिन थालेको छ । भरतपुरमा बुधबार विस्फोट भएको छ भने विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्माको गृहजिल्ला कालीकोटमा प्रहरीले सर्च एण्ड एरेष्ट अपरेशन सुरु गरेको छ ।

कान्तिपुर लेख्छ– सरकारले चन्द समूहको गतिविधिमाथि प्रतिबन्ध लगाएसँगै प्रदेशहरुमा सुरक्षा सतर्कता बढाएको छ । सुरक्षा निकायलाई आन्तरिक विज्ञप्तिमार्फत दिइएको सूचनामा भनिएको छ– हतियारसहित फेला परे तत्काल फायर खोल्नू ।’

शान्तिपूर्ण भेला वा कार्यक्रम गर्न पनि विप्लव समूहलाई प्रतिबन्ध लगाइएको छ । प्रहरीले शान्तिपूर्ण गतिविधि गरेमा मात्रै पनि उनीहरुलाई नियन्त्रणमा लिने नीति लिएको  कान्तिपुरले मुख्य समाचार बनाएको छ ।




Related Pictures:













Related News:

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग - 2019-05-21

विप्लव कार्यकर्तामाथि गोली प्रहार - 2019-05-21

७ केजी सुन ल्याउने घले विरुद्ध मुद्दा दायर - 2019-05-21

भ्रष्टाचार प्रमाणित भए झुण्डिन तयार छु : घिसिङ - 2019-05-21

खुश्बु ओलीलाई ३ महिना कैद - 2019-05-21





लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग - 2019-05-21

काठमाडौ,(प्रस): प्रतिनिधिसभाको मंगलबारको बैठकमा राष्ट्रिय जनता पार्टी (राजपा)ले पूर्वन्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ । पार्टीका नेता महेन्द्रप्रसाद यादवले बैठकको सुरुमै उक्त प्रतिवेदन सार्वजनिक गर्न र संविधान संशोधनका लागि सभामुखबाट पुनः रुलिङ गर्न माग गरेका थिए ।

विप्लव कार्यकर्तामाथि गोली प्रहार - 2019-05-21

काठमाडौ,(प्रस): प्रहरीले भोजपुरमा नेत्रविक्रम चन्द‘विप्लव’ समूहका कार्यकर्तामाथि गोली चलाएको छ । टेम्केमैयुङ गाउँपालिका १ अन्तर्गत धोत्लेखानी जंगलमा लुकीछिपी बसेका विप्लव कार्यकर्तामाथि प्रहरीले गोली चलाएको हो ।

पोखरामा अमेरिकालगायत ६ राष्ट्रका सैनिकको संयुक्त सैन्य अभ्यास - 2019-05-21

संयुक्त सैन्य अभ्यासले राष्ट्रिय अस्मिता कहाँ पुर्‍याउँछ ? नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद देवप्रसाद गुरुङले पोखरामा नेपाल, अमेरिकालगायत ६ राष्ट्रको २२० सैनिकको संयुक्त सैन्य अभ्यास भएको भन्दै विरोध जनाएका छन् । विपद व्यवस्थापनको नाममा सैन्य अभ्यासको सुरुवात भएको भन्दै यसले नेपालको राष्ट्रिय अस्मितालाई नै असर पार्ने गुरुङले बताए ।

बादललाई संगठन विभाग प्रमुख बनाउने तयारी - 2019-05-21

काठमाडौ,(प्रस): एमाले र माओवादी मिलेर बनेको नेकपाभित्रको शक्ति सन्तुलनले नयाँ मोड लिएको छ । पूर्वमाओवादी समूहका बरिष्ठ नेता एवं गृहमन्त्री रामबहादुर थापा (बादल) औपचारिकरुपमै प्रचण्डको साथ छाडेर ओली समूहमा समाहित भएपछि पार्टीभित्रको शक्ति सन्तुलनले नयाँ मोड लिएको हो । गृहमन्त्री बादलले आफूलाई पार्टीभित्र दह्रो साथ दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई एकीकृत पार्टीको संगठन विभाग प्रमुख बनाउने तयारी गरेका छन् ।

मिडिया विधेयकविरूद्ध राप्रपा - 2019-05-21

काठमाडौ,(प्रस): कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले ‘मिडिया काउन्सिलसम्बन्धी विधेयक’मा प्रेस स्वतन्त्रतालाई हनन् हुने गरी राखिएका प्रावधान तत्काल हटाउन सरकारसँग माग गरेको छ। पार्टीको मंगलबार काठमाडौंमा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सो विधेयकमा समावेश गरिएको प्रेस स्वतन्त्रतालाई हनन् हुने खालको सबै प्रावधान हटाउन सरकारसँग माग गरेको हो।

अर्काे वर्ष हेर्नुस्, देश कति फरक हुन्छ : प्रधानमन्त्री ओली - 2019-05-20

सरकारको विरोध गर्नेहरु गणतन्त्रको विरोधी रहेको आरोपप्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो एक वर्षमा मुलुकको विकासमा देखिने गरी परिवर्तन आउने दावी गरेका छन् । सोमबार धादिङको गल्छीमा मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर नेटवर्कको शिलान्यास गर्दै उनले आउँदो वर्ष देशमा धेरै परिवर्तन देखिने बताए । ‘एकवर्षमा कति फरक भयो । अर्काे वर्ष हेर्नुस् कति फरक हुन्छ’ उनले भने ‘यही हुन्छ भनेर छटपटी भएको छ ।’

कांग्रेसले बनायो छाया सरकार ( मन्त्रीको सूचीसहित) - 2019-05-20

काठमाडौ,(प्रस): प्रमुख विपक्षी नेपाली कांग्रेसले छाया सरकार बनाएको छ । पार्टी सभापति शेरबहादुर देउवाले संसदीय दलको विधानको धारा ९ को उपधारा ५ (क) अनुसार छाया सरकारको रुपमा काम गर्न मन्त्रालयस्तरीय समन्वय समिति बनाएका हुन् । संसदीय व्यवस्था भएको मुलुकहरुमा छाया सरकार बनाउने प्रचलन छ । नेपालमा २०४८ मा तत्कालीन एमालेले छाया सरकार बनाएको थियो तर, पछिल्लो समय यसले निरन्तरता पाएको थिएन ।

पत्रकार महासंघद्वारा दोस्रो चरणको आन्दोलन घोषणा - 2019-05-19

काठमाडौ,(प्रस): मिडिया काउन्सिलसम्बन्धी विधेयकका प्रावधानप्रति आपत्ति जनाउँदै आन्दोलनमा उत्रिएको नेपाल पत्रकार महासंघले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । पहिलो चरणको आन्दोलन सकिँदा पनि सरकारले माग संबोधनमा गम्भीरता नदेखाएको भन्दै आइतबार बसेको महासंघको उपलब्ध केन्द्रीय समितिको बैठकले दोस्रो चरणको विरोध कार्यक्रम घोषणा गरेको हो ।

निर्वाचनका बेला जनताको घर दैलोमा बोलेका कुराहरु पुरा गरेरै छोड्छु:: खड्ग खत्री, मेयर, कमलामाई नगरपालिका, सिन्धुली - 2019-05-18

कामको परिणाम देखीन केही समय लाग्नेछ निर्वाचनमा विजयी बनेपछि जेठ ५ गते कमलामाई नगरपालिकामा प्रवेश गरेर पदभार ग्रहण गरेको आज २ वर्ष पुग्दैछ । म नगरवासीमा यो पनि भन्न चाहान्छु कि निर्वाचनका बेला तपाईहरुले मलाई जुन विश्वास दिनुभएको छ, त्यो विश्वासलाई कहिल्यै घात हुन दिने पनि छैन । म सिस्टम र पद्धति भन्दा बाहिर जाने पनि छैन र खड्ग खत्रीले पैसा खायो ? भनेर सुन्ने मौका दिने पनि छैन । मैंले गलत मान्छेलाई होइन, ठिक मान्छे लाई अमूल्य मत दिएछु भन्ने बनाउने छु । म आम नगरवासीमा फेरी प्रतिवद्धा दोहोर्याउँछु । विषेश कुराकानी ।

सञ्चार विधेयक : पत्रकारलाई एक करोडसम्म जरिवाना - 2019-05-16

जनकपुरधाम,(प्रस): मिडिया काउन्सिल विधेयकलाई लिएर देशभर पत्रकारहरु आन्दोलित भइरहेका बेला प्रदेश २ सरकारले पनि पत्रकारलाई एक करोडसम्म जरिवाना गर्ने गरी विधेयक ल्याएको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले बिहीबार सञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा दर्ता गराएका छन् । विधेयकमा पत्रकारलाई अत्याधिक जरिवाना तिराउने व्यवस्थाहरु प्रस्ताव गरिएको छ ।

संघीय नेपालमा सांसदहरूले पैसा माग्नु पञ्चायती शैली: रामनारायण बिडारी - 2019-05-15

काठमाडौ,(प्रस): सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका राष्ट्रिय सभा सदस्य हुन्, रामानारयण बिडारी। सांसदहरूलाई निर्वाचन क्षेत्रमा बजेट दिने प्रवृत्तिको उनले खुलेर विरोध गर्ने गरेका छन्। सांसदहरू विधि निर्माणमा लाग्नु पर्ने भएकाले उनीहरूको तजबिजमा खर्च हुने गरी बजेट दिन नहुने उनको तर्क छ।

दुई तिहाईको दम्भ नदेखाउन सरकारलाई माधवकुमार नेपालको आग्रह - 2019-05-15

ख्याल गर्नुस्, हामीले पाएको मत दुई तिहाई होइनसत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले दुई तिहाईको दम्भ नदेखाउन सरकारलाई आग्रह गरेका छन् । अहिले पनि धेरै जनताको विश्वास जित्न बाँकी रहेको उनले बताए । युवा संघ नेपालको २९ औ बार्षिकोत्सवको अवसरमा बुधबार राजधानीमा आयोजित विशेष कार्यक्रममा नेता नेपालले भने, हामीले ५५ प्रतिशत जनताको मत प्राप्त गरेका छौं, ख्याल गर्नुहोस् दुई तिहाई होइन ।’ उनले अहंकार छाड्न र जनताको मन जित्ने काम गर्न सुझाव समेत दिएका छन् ।

वकिल पक्राउ, नेपाल बारको आपत्ती - 2019-05-13

काठमाडौ,(प्रस): विद्यार्थीसंगठनहरूले आयोजना गरेको पत्रकारसम्मेलनबाटै विप्लव माओवादी निकट अखिलक्रान्तिकारीका अध्यक्ष तथा अधिवक्ता चिरञ्जीवी ढकाललाई प्रहरीले गरेको पक्राउ गैरकानुनी भएको भन्दै नेपाल बार एशोसियसनले विरोध जनाएको छ। उनलाई विनाशर्त रिहाइ गर्नपनि बारको माग छ।

बुद्धको सन्देश विश्व समुदायलाई बुझाएँ : प्रधानमन्त्री ओली - 2019-05-13

दश करोड जनसङ्ख्या भएको देशमा नेपाली उत्पादनको निर्यात बढाउनुपर्छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले भियतनाम पुगेर बुद्ध सन्देशको सान्दर्भिकताबारे विश्व समुदायलाई जानकारी दिएको बताएका छन् । साथै उनले कूटनीतिक र आर्थिक हिसाबले पनि भियतनाम भ्रमण फलदायी भएको दाबी गरेका छन् । भ्रमणका क्रममा आर्थिक, सांस्कृतिक, धार्मिक र अन्य बहुपक्षीय विषयमा छलफल भएको र यसले व्यापार विस्तार हुने विश्वास प्रधानमन्त्रीकाे छ ।

चट्याङ लागेर १ जनाको मृत्यु - 2019-05-12

नुवाकोट,(प्रस): चट्याङ लागेर नुवाकोटको मेघाङमा शनिबार १ जनाको ज्यान गएको छ । चट्याङ लागेर मेघाङ–४ का ६८ वर्षीय निङ तामाङको शनिबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, नुवाकोटले जनाएको छ ।

मिडिया बिधेयकमा त्रुटि भए सच्चाएर जान सकिन्छ: पूर्वसभामुख - 2019-05-12

बुटवल,(प्रस): पूर्वसभामुख ओनसरी घर्तीले कुनै पनि पार्टीको एकलौटी निर्णयले प्रदेशको राजधानी घोषणा नहुने ठोकुवा गरेकी छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश ५ अध्यक्षसमेत रहेकी उनले प्रदेशको राजधानीको निर्णायक अधिकार जनतामै रहेको स्पष्ट पारिन् । उनले प्रदेशका जनता र सबै दलको सुझावका आधारमा राजधानी र नामाकरणको टुंगो लगाउने बताइन् ।

समाजवादी पार्टीले मुख्य शहरमा आमसभा गर्दै - 2019-05-11

नवगठित समाजवादी पार्टीले एकताको सन्देश दिन सातवटै प्रदेशका मुख्य शहरमा आमसभा गर्ने भएको छ । पार्टी एकताको सन्देशका साथै अगुवा कार्यकर्तालाई अभिमुखीकरण गर्ने उद्देश्यका साथ कार्यक्रम गर्न लागिएको समाजवादी पार्टीका सहअध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए ।

प्रधानमन्त्रीले संसदको मर्यादा नराख्नु लज्जास्पद : प्रकाशमान - 2019-05-11

काठमाडौ,(प्रस): नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको मर्यादासमेत ख्याल गर्न नसक्नु लज्जास्पद भएको बताएका छन् । सांसदहरुसँगको प्रश्नोत्तरका क्रममा व्यक्त भएका अमर्यादित शव्द रेकर्डबाट हटाउन सभामुखले दिएको निर्देशको प्रसंगमा उनले सो धारणा राखेका हुन् ।

सरकार विरुद्ध नेपाल पत्रकार महासंघको आन्दोलन घोषणा - 2019-05-10

प्रेस काउन्सिललाई सञ्चार मन्त्रालयको शाखा कार्यालय बनाउन खोजिएको भन्दै असन्तुष्टि कानुनबाट पत्रकारलाई कस्ने गरी मिडिया काउन्सिलसम्बन्धी विधेयक संसदमा दर्ता भएपछि पत्रकारसम्वद्ध संघ संस्थाले बिरोध गरेका छन् । पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघले आन्दोलनको घोषणा गरेको छ । विश्वभर पत्रकारितामा स्वनियमनको अभ्यास भइरहेका बेला नेपालमा पत्रकारितामा दुई दशकभन्दा बढी बिताएका गोकुल बास्कोटा सञ्चारमन्त्री छन् । भएका बेला सरकारमार्फत प्रेसलाई नियमन गर्ने ढंगले आएको विधेयक शुरुमै आलोचित बनेको छ ।

वर्तमान सरकारले अहंकार युक्त सोच राखेको पौडेलको आरोप - 2019-05-08

सिन्धुली,(प्रस): नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दुई तिहाईको दम्भले वर्तमान सरकारले अहंकार युक्त सोच राखेको आरोप लगाएका छन् । काँग्रेस राष्ट्रिय जागरण अभियानका शिलशिलामा तराईका जिल्लामा जाने क्रममा बुधबार सिन्धुली पुगेका नेता पौडेलले नेपाल प्रेस युनियन सिन्धुली शाखाले गरेको पत्रकार भेटघाट यस्तो आरोप लगाएका हुन् ।

कम्युनिष्ट शासन आए रून पनि पाइँदैन भन्या होइन, अहिले पुष्टि भयो: देउवा - 2019-05-08

सभामुख कृष्णवहादुर महरा निरिह: प्रधानमन्त्रीले जे पायो त्यही बोल्न थाले: बेलायती महारानी शैलीमा मेरो सरकारप्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘कम्युनिष्ट शासन आए रून पनि पाइँदैन’ भन्ने कुरा पुष्टि हुन थालेको दाबी गरेका छन्। प्रधानमन्त्रीले मंगलबार संसदमा गैरसंसदीय भाषा बोलेको र आफूहरूले विरोध गरे पनि सभामुखले रेकर्डबाट नहटाएको प्रसंग निकाल्दै देउवाले सभामुखको भूमिकाप्रति पनि प्रश्न उठाए।










Powered by: Exclusively Solution