अर्थ / व्यापार




लिसा चिया बजारमा आउने अन्तिम तयारी


काठमाडौ,(प्रस):
एमसी ग्रुप्सले बजारमा ल्याउने तयारी गरेको ‘लिसा’ नामको चिया यो महिनाको अन्त्यतिर नेपाली बजारमा उपभोक्तामाझ आउने कम्पनीले जनाएको छ । नेपाली बजारमा आइरहेको भन्दा गुणस्तरीय र सस्तो मुल्यमा उपभोक्ताले पाउने कम्पनीकी डाइरेक्टर मनिषा पाण्डेले जानकारी दिइन् ।

उनका अनुसार यो महिनाको अन्त्यतिरबाट काठमाडौ उपत्यका र बैशाख महिनाबाट देशैभर विक्री वितरण शुरु गरिने छ । 

भारतको आसामबाट ल्याएको ‘ए’ ग्रेडको चियालाई ब्राण्डिङ गरेर एमसी ग्रुप्सले नेपाली उपभोक्तामाझ लोकप्रीय हुने पाण्डेले दावी गरिन् ।

नेपाली बजारमा एक सय भन्दा बढी ब्राण्डका चियाहरु बजारमा रहेपनि लिसा चियाले नेपाली चिया पारखीहरुको मन जित्न समय नलाग्ने उनको भनाइ छ । 

कम्पनीले केही समयपछि जापानी र कोरियन कम्बल तथा कपडाहरु पनि नेपाली बजारमा ल्याउने तयारी गरेको पाण्डेको भनाइछ । 

 






Related Pictures:













Related News:

विप्लव विरुद्ध प्रहरी कारबाही जारी, १७ जना हिरासतमा - 2019-03-18

साढे १० हजारले लिए व्याज अनुदानमा कृषि ऋण - 2019-03-18

सिके राउत ‘जनमत पार्टी’ को अध्यक्ष बने ! - 2019-03-18

चलेन चार्जिङ स्टेशन, विजुली बस पनि अलपत्र - 2019-03-18

हिंसा छाडेर शान्तिपूर्ण राजनीतिमा आउन विप्लवलाई कांग्रेसको आग्रह - 2019-03-16





साढे १० हजारले लिए व्याज अनुदानमा कृषि ऋण - 2019-03-18

काठमाडौ,(प्रस): सरकारले प्रदान गरेको व्याज अनुदानमा कृषि ऋण लिनेको संख्या साढे १० हजार पुगेको छ। नेपाल राष्ट्र बैंकका अनुसार माघ मसान्तसम्म १० हजार ४८७ जनाले ५ प्रतिशत व्याज अनुदानमा कृषि ऋण लिएका छन्। यो ऋण अन्तर्गत १८ अर्ब ६४ करोड कर्जा बक्यौता रहेको छ भने ८८ करोड ५५ लाख ब्याज अनुदान प्रदान गरिएको छ। वाणिज्य बैंकका शाखाहरुमार्फत सरकारले कृषि काम गर्नका लागि व्याजमा ५ प्रतिशत छुट दिँदै आएको छ।

चलेन चार्जिङ स्टेशन, विजुली बस पनि अलपत्र - 2019-03-18

काठमाडौ,(प्रस): सरकारले विद्युतीय सवारी साधन प्रवर्द्धन गर्ने बताएपनि व्यवहारमा भने उल्टो देखिएको छ । विद्युतीय सवारी सञ्चालन गर्न तथा चार्जिङ स्टेशन स्थापनाका लागि नीतिगत र कानूनी व्यवस्था नहुँदा निजी क्षेत्रले बनाएको चार्जिङ स्टेशन र विद्युतीय बस अलपत्र परेका हुन् । विद्युतीय सवारी चार्ज गर्न सुन्दर यातायात प्रालिले काठमाडौंको सुकेधारा र सितापाइलामा चार्जिङ स्टेशन निर्माण गरेको छ ।

राजनीतिक सङ्कटबीच कतारले १२ अर्ब डलरको ऋणपत्र बेच्यो, अन्तर्राष्ट्रिय वित्तीय बजारमा सफलता - 2019-03-07

एजेन्सी : राजनीतिक सङ्कटबीच कतारले १२ अर्ब डलरको ऋणपत्र बेच्यो, अन्तर्राष्ट्रिय वित्तीय बजारमा सफलता दोहा। कतारले १२ अर्ब डलर बराबरको ऋणपत्र बिक्री गरेको कतारको अर्थ मन्त्रालयले बिहीबार जनाएको छ । खाडी राष्ट्रको गठबन्धनले आर्थिक तथा कूटनीतिक सम्बन्ध बिच्छेद गरेपनि कतारले उत्साहप्रद किसिमबाट ऋणपत्र बिक्री गरेको छ ।

समायोजन रोजेका ४८ हजार कर्मचारीले समायोजन पत्र पाए - 2019-03-07

काठमाडौ,(प्रस): सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजन रोजेका कर्मचारीलाई समायोजनपत्र दिई सङ्घ, प्रदेश र स्थानीय तहमा खटाउन थालेको छ । अहिलेसम्म समायोजन रोजेका करीब ४८ हजारलाई पत्र दिई खटाउने कार्य भइरहेको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए।

सरकारसँगको ३ बुँदे सहमति भएसँगै ग्याँस उद्योगीको आन्दोलन स्थगित - 2019-03-05

काठमाडौ,(प्रस):

खाना पकाउने ग्यास उद्योगीले आन्दोलन थालेपछि निगमले बनायो समिति - 2019-03-04

काठमाडौ,(प्रस): नेपाल एलपी ग्यास उद्योग संघले १० बुँदे माग राख्दै आन्दोलन थालेपछि आयल निगमले उनीहरुलाई वार्तामा डाकेको छ। निगमले सोमबार विज्ञप्ति जारी गरी ब्यवसायीको मागका सम्बन्धमा अधिकार सम्पन्न समिति गठन गरेको र वार्ताका लागि आह्वान गरेको जनाएको छ। निगमले भनेको छ- निगम ग्यास ब्यवसायीसँग छलफल गरेर तार्किक निष्कर्षमा पुग्न तत्पर छ।

लिसा चिया बजारमा आउने अन्तिम तयारी - 2019-03-04

काठमाडौ,(प्रस): एमसी ग्रुप्सले बजारमा ल्याउने तयारी गरेको ‘लिसा’ नामको चिया यो महिनाको अन्त्यतिर नेपाली बजारमा उपभोक्तामाझ आउने कम्पनीले जनाएको छ । नेपाली बजारमा आइरहेको भन्दा गुणस्तरीय र सस्तो मुल्यमा उपभोक्ताले पाउने कम्पनीकी डाइरेक्टर मनिषा पाण्डेले जानकारी दिइन् ।

बंगलादेशबाट सामान आयात रोक्न व्यवसायीको माग - 2019-02-21

विराटनगर,(प्रस): नेपाल आत्मनिर्भर भइसकेका वस्तुहरू बङ्गलादेशबाट सहुलियतमा प्रशस्त पैठारी भइरहेको उल्लेख गर्दै व्यवसायीले तिनलाई नियन्त्रण गर्न आग्रह गरेका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र मोरङ व्यापार सङ्घको संयुक्त आयोजनामा भएको अन्तरक्रियामा सहभागी व्यवसायीले आत्मनिर्भर भइसकेका वस्तुको पैठारीमा नियन्त्रण गर्न आग्रह गरेका हुन् ।‘हामी दूध धेरै उत्पादन गरेर मिल्क होलिडे मनाइरहेका छौँ तर बङ्गलादेशबाट धूलो दूध पैठारी गर्छौं’, नेपाल–बङ्गलादेश च्याम्बर अफ ट्रेडर्सका संस्थापक अध्यक्ष पन्नालाल जैनले भने, ‘जुसमा पनि आत्मनिर्भर छौँ तर बङ्गलादेशबाट जुसका नाममा केमिकलयुक्त पानी आइरहेको छ ।

५ वर्ष भित्र मागेको जति विद्युत उपलब्ध गराउँछौं: उर्जा मन्त्री - 2019-02-21

दाङ,(प्रस): उर्जा जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुनले अबको ५ वर्ष भित्र मागेको जति विद्युत उपलब्ध गराउने दाबी गरेका छन्।

पर्यटन बोर्डको सदस्यमा पौडेल र धमला नियुक्त - 2019-02-19

काठमाडौ,(प्रस): संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन बोर्डको संचालक समितिमा दुई जना सदस्य नियुक्ती गरेको छ।

ब्याजदर घटाउने नाममा हस्तक्षेप गर्नु हुँदैन: पूर्व गभर्नर - 2019-02-19

काठमाडौ,(प्रस): व्याजदर घटाउनका लागि भन्दै अर्थमन्त्री डा.युवराज खतिवडाले सोमबार उद्योगी व्यवसायी तथा बैंकहरुसँग संयुक्त रुपमा छलफल गरे। बारम्बार ‘व्याजदरमा हस्तक्षेप गर्नुपर्ने अवस्था नआओस्’ भन्दै चेतावनी दिँदै आएका अर्थमन्त्रीसँग सोमबार बैंकका प्रमुख कार्यकारीहरुले हस्तक्षेप अर्थतन्त्रका लागि प्रत्युत्पादक हुने भन्दै विरोध जनाए।

नेपाली लाइसेन्सले अन्तराष्ट्रिय मान्यता पाउने, विभागले प्रक्रिया अघि बढायो - 2019-02-08

काठमाडौ,(प्रस): सरकारले नेपालबाट जारी भएका सवारी चालक अनुमतीपत्र (मोटर ड्राइभिङ लाइसेन्स)बाटै विदेशमा तीन महिनासम्म सवारी साधन चलाउन सक्ने व्यवस्था गर्ने भएको छ। नेपालले जारी गरेका लाइसेन्सबाट बढिमा तीन महिनासम्म विदेशमा सवारी साधन चलाउन पाउने व्यवस्था गर्न लागिएको हो।

सरस्वती मूर्तिको कारोवारमा वृद्धि - 2019-02-08

इनरुवा,(प्रस): सरस्वती पूजा आउन केही दिन मात्र बाँकी रहेको बेला सुनसरीमा मूर्ति कलाकारलाई सरस्वती मूर्ति बनाउन भ्याइनभ्याइ भएको छ।

सरकारले ल्यायो छुट्टै ग्याँस पसल हुनुपर्ने मापदण्ड - 2019-02-08

काठमाडौ,(प्रस): दैनिक जीवनमा अत्यन्तै महत्वपूर्ण भूमिका खेलेको अति प्रज्वलनशील पदार्थ ग्याँसको कारोबार जहाँ पायो त्यहीं अस्तव्यस्त तरिकाले हुने गरेको छ। हामी सहर बजारमा किराना पसल, पानी पसल जहाँ पनि ग्याँसको कारोबार हुने गरेको देख्छौं।

एनसेलले सरकारलाई २० अर्ब कति तिर्नुपर्ने - 2019-02-06

काठमाडौ,(प्रस): ठूला करदाता कार्यालयका प्रमुख धनिराम शर्मा सर्वोच्चको फैसलाको पूर्णपाठ नआउञ्जेलसम्म कसरी कर निर्धारण गर्ने भन्ने निक्र्योलमा पुग्न नसकिने बताउँछन् ।

पूँजीगत लाभकर एनसेलबाटै उठाऊ: सर्वोच्च अदालत - 2019-02-06

काठमाडौ,(प्रस): सर्वोच्च अदालतले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको स्वामित्व खरिद बिक्री वापदको पूँजीगत लाभकर एनसेलबाट उठाउन आदेश दिएको छ । बुधबार प्रधानन्यायधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु मीरा खड्का, विश्वम्भरप्रसाद श्रेष्ठ, डा. आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको बृहत पूर्ण इजलासले एनसेलको सेयर स्वामित्व खरिद बिक्रीवापतको पूँजीगत लाभकर एनसेल र आजिएटाबाटै उठाउन आदेश दिएको हो ।

कतारले बनाउला त निजगढ विमानस्थल - 2019-02-04

काठमाडौ,(प्रस): निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा कतारले चासो दिएपछि सरकारी स्तरमा छलफल अघि बढेको छ ।

वातावरण बनेको छ, लगानीकर्ता बोलाउनुस्: अर्थमन्त्री खतिवडा - 2019-02-04

काठमाडौ,(प्रस): अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालमा लगानी बढाउन साउदी अरेबियासँग आग्रह गरेका छन्। अर्थ मन्त्रालयमा साउदी अरेबियाका राजदूत मुसैद विन सुलेइमन आइ मारवानसँगको भेटमा अर्थमन्त्री खतिवडाले नेपालमा लगानीका लागि वातावरण बनिरहेकाले लगानी विस्तारका लागि आग्रह गरेका छन्। अर्थमन्त्री खतिवडाले साउदी अरेबियाको स्रोत नेपालको पूर्वाधार र औद्योगि विकासमा परिचाल गर्न पनि आग्रह गरेका छन्। उनले अहिलेसम्म भएको लगानी र नेपालीलाई रोजगारीको अवसर प्रदान गरेकोमा साउदी अरेबियालाई धन्यवाद पनि दिएका छन्।

सरकारद्वारा रेल खरिद प्रक्रिया सुरू, पहिलो चरणमा जयनगर–कुर्था रेलमार्ग विस्तार गरिने - 2019-02-04

काठमाडौ,(रासस): जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि सरकारले खरिद प्रक्रिया अगाडि बढाएको छ। मन्त्रिपरिषद्को गत पुस २९ गते बसेको बैठकले रेल खरिद गर्ने निर्णय गरेकामा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय मातहतको रेल विभागले रेल खरिदका लागि तयारी गरेको हो।

६५ लाख ग्राहक धान्ने गरी फोरजी विस्तार गर्न टेलिकमले गर्‍यो सम्झौता - 2019-02-03

काठमाडौ,(प्रस): नेपाल टेलिकमको फोरजीरएलटीई सेवा विस्तारका लागि सम्झौता भएको छ । संसदको अर्थ समिति, विकास तथा प्रविधि समिति र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट प्राप्त निर्देशन तथा सार्वजनिक खरिद ऐन र कम्पनीको आर्थिक विनियमावलीमा रहेको व्यवस्थाको अधिनमा रही सो सम्झौता गरिएको हो ।

चिनियाँ राजदूतसँग अर्थमन्त्रीले भने, 'भुक्तानी प्रणाली व्यवस्थित गर्न चिनियाँ बैंकको आवश्यक' - 2019-02-03

काठमाडौ,(प्रस): अर्थमन्त्री डा. युवराज खतिवडाले चीनसँग सीमा जोडिएका ब्यापारिक नाका सञ्चालनमा आए नेपालको पूर्वाधार निर्माणमा सहयोग पुग्ने बताएका छन्।










Powered by: Exclusively Solution