राजनीति




मधेसी जनता सँधै राज्यबाट उपेक्षित भएको प्रचण्डको दाबी


प्रदेस संवाददाता, सिरहा
पूर्वप्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेसी जनता सँधै राज्यबाट उपेक्षित भएको दाबी गरेका छन् । सोमबार ‘मिर्चैयामा प्रथम महात्सव’ को उद्घाटन गर्दै अध्यक्ष दाहालले सो कुरा बताएका हुन् । उनले भने, ‘अहिले पनि मधेसी जनताले राज्यबाट आफूहरु विभेदमा परेको महसुश गरेको मलाई राम्रोसँग थाहा छ हामी चाँडै सबै मधेसी समूदायको भावना, उदेश्यक र विचारलाई मध्यनगर गर्दै संविधान संशोधन गर्न तत्पर छौं ।’

सोही क्रममा अध्यक्ष प्रचण्डले नागरिक्ता विधेक संसदबाट चाँटै पास हुने बताउँदै अब सदाको लागि नागरिकता समस्या समाधान हुने पनि बताए । उनले भने, ‘अहिले जन्मका आधारमा नागरिकता लिएकाहरुका सन्तान ठूलो समस्यामा छन्, विधेयक पास भएपनि उनीहरुले पनि नागरिक्ता पाउने र नागरिक्ता समस्या सदाका लागि समाधान हुन्छ ।’

अर्को एक प्रसंगम अध्यक्ष  प्रचण्डले समृद्ध मुलुक निर्माणको लागि जुनसुकै क्षेत्रले लगानी गरेपनि फारक नपर्ने बताए । उनले भने, ‘संसारमा कुनै पनि देशको विकास तिव्र गतिमा भएको छ भने त्यहाँ निश्चित रुपमा सार्वजनिक र निजी क्षेत्रको सहकार्य छ ।’

उनले निजी, सर्वाजनीक र सहकारीको माध्यमबाट देशमा छिटो विकास गर्न सकिने समेत बताए ।  महोत्सव उद्घाटनकै क्रममा उनले मिर्चैयामा जन्मिएर विभिन्न क्षेत्रमा प्रख्यात व्यक्तित्वहरुलाई दोसल्ला ओडाएर सम्मान गरेका थिए । 

अध्यक्ष प्रचण्डले आजै सिरहाको अर्नमा गाउँपालिका १ महनौरमा रहेको स्वास्थ्य चौकी भवनको उद्घाटन गरेका थिए । स्वास्थ्य चौकी उद्घाटन गर्दै उनले एउटा छोरीलाई माइत जाँदा जस्तो लाग्छ आफूलाई पनि सिरहा त्यस्तै लाग्ने गरेको बताए ।

दोस्रो संविधानसभाको निर्वाचनमा सिरहाली जनताले आफूलाई विजय गराएर संविधान निर्माण प्रकृयामासहभागी गराएको कुरा स्मरण गर्दै भने, ‘एउटी छोरीलाई माइत जाँदा जति आनन्द हुन्छ, मलाई पनि सिरहा आउँदा त्यस्तै लाग्ने गर्छ ।’ 




Related Pictures:













Related News:

उपलब्धिको रक्षा र समृद्धिका लागि जुटनुपर्छ स् माधव नेपाल - 2019-08-17

संविधान संशोधनको सर्तमा दुई तिहाइ पुर्‍याउन सत्तामा गएका हौं : उपेन्द्र यादव - 2019-08-17

पार्टी एकता नगरेको भए विकल्पहरू रहिराख्थे कि! : प्रचण्ड - 2019-08-17

कांग्रेस र कम्युनिस्ट पुराना पार्टी : अध्यक्ष भट्टराई - 2019-08-16

नेकपाका विभाग प्रमुखहरु (सूचीसहित) - 2019-08-16





उपलब्धिको रक्षा र समृद्धिका लागि जुटनुपर्छ स् माधव नेपाल - 2019-08-17

काठमाडौ,(प्रस) कास्की: नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्राप्त उपलब्धिको रक्षा गर्दै समृद्ध नेपाल निर्माणमा सम्पूर्ण जुटनुपर्ने बताएका छन् । नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन गण्डकी प्रदेश कमिटीको प्रथम अधिवेशनको पोखरामा आज उद्घाटन गर्दै उनले परिवर्तन विरोधीहरु सक्रिय भइरहँदा परिवर्तनकारी शक्तिहरु सचेत हुनुपर्नेमा जोड दिए ।

संविधान संशोधनको सर्तमा दुई तिहाइ पुर्‍याउन सत्तामा गएका हौं : उपेन्द्र यादव - 2019-08-17

काठमाडौ,(प्रस)समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादवले आफ्नो पार्टी संविधान संशोधन गर्ने सर्तमा दुई तिहाइ पुर्‍याइदिन सत्तामा गएको बताएका छन्। नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालबीचको जिल्ला एकता घोषणासभामा सहभागी हुन आज गोरखा आइपुगेका अध्यक्ष यादवले सदरमुकाममा पत्रकारसँगको भेटघाटमा सो कुरा बताएका हुन्।

पार्टी एकता नगरेको भए विकल्पहरू रहिराख्थे कि! : प्रचण्ड - 2019-08-17

प्रदेस संवाददाता, काठमाडौंसत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताका लागि चित्त नबुझेका कतिपय कुराहरूमा पनि निर्णय लिनुपर्ने बाध्यता रहेको बताएका छन्। लामो समयको छलफलपछि शुक्रबार बसेको सचिवालय बैठकले महत्वपूर्ण निर्णय लिएको उल्लेख गरे ।

कांग्रेस र कम्युनिस्ट पुराना पार्टी : अध्यक्ष भट्टराई - 2019-08-16

पोखरा,(प्रस)पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टी अध्यक्ष डाक्टर बाबुराम भट्टराईले आफ्नो पार्टी हात्ती छाप चप्पल नभइ हात्ती भएको बताएका छन् । समाजवादी पार्टी गण्डकी प्रदेशले शुक्रबार पोखरामा गरेको पार्टी समायोजन तथा सपथ ग्रहण कार्यक्रममा उनले समाजवादी पार्टी अरु परम्परागत पार्टीकै स्थितिमा ‘थप’ हुन नआएको दाबी गरेका हुन् ।

नेकपाका विभाग प्रमुखहरु (सूचीसहित) - 2019-08-16

काठमाडौ,(प्रस)नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सातै प्रदेशका सहइन्चार्जसहित केन्द्रीय कार्यालयका सचिवहरु समेत तोकेको छ । शुक्रवार बसेको सचिवालय बैठकले केन्द्रीय कार्यालय सचिवमा श्रीराम ढकाल र ईश्वरी रिजाल विश्वकर्मालाई चयन गरेको हो ।

वामदेव गौतम नेकपाको उपाध्यक्ष - 2019-08-16

पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतम नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को उपाध्यक्ष बन्नुहुने भएको छ । सचिवालयको शुक्रबारको बैठकले नेता गौतमलाई उपाध्यक्ष प्रस्ताव गरेको हो । स्थायी समितिको अनुमोदनपछि गौतम नेकपाको उपाध्यक्ष बन्नुहुनेछ ।

प्रकाशमानको स्वास्थ्यमा सुधार - 2019-08-12

काठमाडौ,(प्रस)अस्वस्थ भएपछि अस्पताल भर्ना भएका नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहको स्वास्थ्यमा सुधार हुँदै गएको छ । उच्च ज्वरो आएपछि ६३ वर्षीय सिंह मेडिसिटी अस्पतालमा भर्ना भएका छन् ।

विप्लव सूमहका दुई कार्यकर्ता पक्राउ - 2019-08-09

स्याङ्जा,(प्रस) नेकपा विप्लव सूमहका दुई कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। भिरकोट नगरपालिका–९ घर भई हाल वालिङ नगरपालिका–९ बस्ने ३० वर्षीय मोहन सिञ्जाली र भिरकोट–९ कै ४६ वर्षीय शिव दर्लामीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजयकुमार सिंहले जानकारी दिए।

अर्धपागल भएर विद्रोहमा गएँ: अध्यक्ष प्रचण्ड - 2019-08-09

प्रदेस संवाददाता, काठमाडौंनेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफू साहित्यक पुस्तक पढ्दापढ्दै अर्धपागल भएर विद्रोहमा गएको बताएका छन्। शुक्रबार नेपाल कम्युनिष्ट पार्टीका नेता दिनानाथ शर्माको पुस्तक ‘झरीको सौन्दर्य’को लोकार्पण गर्दै प्रचण्डले आफू निकै साहित्यिक मानिस भएको बताए।

प्रदेशको राजधानी हेटौंडा नै चाहिन्छ भन्दिनँ : मुख्यमन्त्री पौडेल - 2019-08-08

काठमाडौ,(प्रस)प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आफ्नो घर हेटौंडामा भए पनि प्रदेशको स्थायी राजधानी हेटौंडामै हुनुपर्छ भन्ने पक्षमा आफू नरहेको बताएका छन् । प्रदेश ३ को स्थायी राजधानी नुवाकोट वा रामेछापमा बनाए पनि आफूलाई आपत्ति नहुने तर, काठमाडौंमा चाहिँ कुनै हालतमा प्रदेशको राजधानी राख्न नहुने मुख्यमन्त्री पौडेलको तर्क छ ।

चुनावमा गरेका प्रतिबद्धता पूरा गर्छौ : भट्टराई - 2019-08-08

रुपन्देही,(प्रस) पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराइले वर्तमान सरकारले चुनावमा गरेका सम्पूर्ण प्रतिबद्धता पूरा गर्ने बताएका छन् । बिहीबार प्रेस संगठन नेपालले बुटवलमा आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।

प्रहरीलाई नमूना संगठनको रुपमा स्थापित गर्छौ : आईजीपी खनाल - 2019-08-08

काठमाडौ,(प्रस)प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरीलाई सुशासनको पहरेदारी गर्ने नमूना संगठनको रुपमा स्थापित गर्न लागी परेको बताएका छन् । नेपाल पूर्व प्रहरी संगठनका पदाधिकारीहरुसँग बिहीबार प्रहरी प्रधान कार्यालयमा आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले उक्त कुरा बताएका हुन् ।

संसद खुलाउन सभामुखको प्रयास जारी - 2019-08-04

काठमाडौ,(प्रस)प्रतिनिधि सभाको जारी अवरोध खुलाउने उदेश्यले सभामुख कृष्णबहादुर महराले आइतबार दलका नेताहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्रीले उपचार खर्च आफैं व्यहोर्ने - 2019-08-04

काठमाडौ,(प्रस)प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगापुरमा हुने आफ्नो उपचार खर्च आफैं व्यहोर्ने भएका छन्। सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीसहित उनीसँगका गएकाहरूको जहाजको टिकट खर्चमात्र सरकारले व्यहोर्ने बताए।

सार्वजनिक जग्गा कब्जा गर्ने सामाजिक अपराधि : रक्षामन्त्री पोखरेल - 2019-08-03

काठमाडौ,(प्रस)उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले काठमाडौंमा सार्वजनिक जग्गा अतिक्रमण गर्ने क्रम बढेको बताएका छन्। सार्वजनिक जग्गा अतिक्रमण गरी आफ्नो नाममा बनाउन नेता-वकिल-केही सञ्चार क्षेत्र लागेको पोखरेलको आरोप छ।

हामी कांग्रेस र कम्युनिष्टका भाइ पार्टी होइनौ: कमल थापा - 2019-08-03

जबसम्म बाटो परिर्वतन हुँदैन तबसम्म ड्राइभर मात्रै फेरेर गन्तव्यमा पुग्न सकिँदैनराष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुक गलत बाटोमा हिँडाइरहेको देखिएकोले समस्या समाधान गर्नका लागि नेतृत्व नभई व्यवस्था नै परिर्वतन गर्नुपर्ने बताएका छन्। पार्टीको विद्यार्थी संगठनको उपत्यकास्तरीय भेलालाई शनिबार सम्बोधन गर्दै अध्यक्ष थापाले सरकारको नेतृत्वमात्रै परिर्वतन गरेर समस्याको समाधान नहुने बताएका हुन्।

सरकारसँग वार्ताको कुनै सम्भावना छैनः विप्लव - 2019-08-02

चार वटा कमाण्ड: १२ वटा ब्यूरो: केन्द्रीय समिति ३५ सदस्यीय सरकारद्धारा प्रतिबन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको जारी केन्द्रीय समिति बैठकले पोलिटव्यूरो भंगगर्दै पक्राउ परेका आफ्ना नेताहरूलाई पार्टीको जिम्मेवारीबाट हटाएको विवरण प्राप्त भएको छ।

३३ किलो सुनकाण्ड: सर्वोच्चद्धारा कारबाहीमा परेका न्यायाधीशकै निर्णय सदर - 2019-08-02

महावीर गोल्यानलाई सर्वोच्चले १० लाख धरौटीमा रिहा गर्ने आदेश ३३ किलो सुन तस्करी र मोरङका सनम शाक्य हत्या प्रकरणमा उच्च अदालत बिराटनगरले गरेको आदेशलाई सर्वोच्च अदालतले सदर गरेको छ । यसअघि सुनकाण्डमा उच्च अदालत विराटनगरका न्यायाधीशले गरेको फैसला त्रुटिपूर्ण रहेको भन्दै न्यायपरिषदले कारबाही गरेको थियो । तर, तिनै न्यायाधीशले गरेको आदेशलाई भने सर्वोच्चले सदर गरिदिएको छ ।

गगनले योगेशलाई बधाई दिँदै भने- तपाईंको सफलतासँग हाम्रो आशा र विश्वास जोडिएको छ - 2019-07-31

काठमाडौ,(प्रस)प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता गगन थापाले नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका छन्। थापाले बुधबार ट्वीट गर्दै भट्टराईको सफलता युवा पुस्ताको राजनीतिकर्मीप्रतिको आशा र विश्वाससँग जोडिएको उल्लेख गरेका छन्।

पर्यटनमन्त्री भट्टराईले लिए सपथ - 2019-07-31

काठमाडौ,(प्रस)नवनियुक्त पर्यटन, नागरिक तथा उड्ययन मन्त्री योगेश भट्टराईले सपथ लिएका छन् । भट्टराईले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिएका हुन् । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका सांसद भट्टराईलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार नै पर्यटनमन्त्रीमा नियुक्त गरेका थिए ।

नवनियुक्त मन्त्री योगेश भट्टराईले भने-म रवीन्द्र अधिकारीको उत्तराधिकारी - 2019-07-31

प्रदेस संवाददाता, काठमाडौंनवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले आफू रवीन्द्र अधिकारीको उत्तराधिकारीको रुपमा आएको बताएका छन् । बुधबार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री भट्टराईले परिस्थितिले आफू अधिकारीको कुर्चीमा बस्न आइपुगेको भन्दै सबै अग्रजसँग राय सल्लाह लिएर अगाडि बढ्ने बताए ।










Powered by: Exclusively Solution