राजनीति




नेविसंघ सभापति महरले दिए राजीनामा


काठमाडौ,(प्रस):
नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघका सभापति नैनसिंह महरले पदबाट राजीनामा दिएका छन्। कांग्रेसको केन्द्रीय समिति बैठक जारी रहँदा सोमबार दिउँसो सभापति महरले पार्टी सभापति शेरबहादुर देउवालाई राजीनामा बुझाएका हुन्।

११ औं महाधिवेशनबाट नेविसंघ सभापति भएका महरले आफ्नो कार्यकाल पूरा भई थपिएको पाँच महिने अवधिमा पनि १२ औं महाधिवेशन गर्न नसकेपछि संगठनभित्र र पार्टीमा आलोचना भएको थियो।

महरले सभापति देउवालाई बुझाएको राजीनामा पत्रमा, '१२ औं महाधिवेशन र स्ववियु निर्वाचन सम्पन्न गर्ने अर्जुन दृष्टि हुँदाहुँदै विधानअनुसार नेविसंघको कार्यकाल सकिएको र पार्टीभित्र नेविसंघबारे मतान्तर भएकोले' राजीनामा दिएको उल्लेख गरेका छन्।

अब पार्टीको सक्रिय राजनीतिमा लाग्ने महरले बताएका छन्।

महरले दुई पटकसम्म नेविसंघको महाधिवेशन कार्यतालिका सार्वजानिक गरे पनि महाधिवेशन गर्न सकेका थिएनन्।




Related Pictures:













Related News:

वाइडबडी बिमान बारे अख्तियारले बोलायो विदेशी कम्पनी, सात दिनभित्र उपस्थित हुन निर्देशन - 2019-04-18

राष्ट्रसंघलाई सरकारको जवाफ : हाम्रो क्षमतामा विश्वास गर्नुस् - 2019-04-18

सेनाले बनायो आचार संहिता - 2019-04-18

सञ्जेलको चुनौती : भ्रष्टाचार भेटिए झुण्ड्याइदिनू - 2019-04-18

सञ्जेललाई अख्तियारको पत्र - 2019-04-17





राष्ट्रसंघलाई सरकारको जवाफ : हाम्रो क्षमतामा विश्वास गर्नुस् - 2019-04-18

काठमाडौ,(प्रस): सरकारले सशस्त्र द्वन्द्वका गम्भीर मानवअधिकार उल्लंघनमा माफी दिने योजना नरहेको बताएको छ । राष्ट्रसंघको मानव अधिकार उच्चायुक्तको कार्यालयको संयोजकत्वमा जबर्जस्ती बेपत्ता सम्बन्धी कार्य समूह तथा विविध विषयका चार विशेष दूतले जेनेभास्थित नेपालको राष्ट्रसङ्घीय स्थायी नियोगमार्फत् परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई १० पेज लामो पत्र लेख्दै द्वन्द्वकालीन मुद्दाहरू टुङ्ग्याउन गरेको ढिलाइप्रति चिन्ता व्यक्त गरेका थिए ।

विप्लवले गरे कोणसभा - 2019-04-17

काठमाडौ,(प्रस): नेपाल कम्युनिस्ट पार्टीले iकेपी-पिके गठबन्धनको प्रतिबन्ध र पार्टीका स्थायी समिति सदस्य तथा मध्री केन्द्रीय कमान्ड इन्चार्ज हेमन्तप्रकाश ओली “सुदर्शन”लगायत कार्यकर्ता गिरफ्तारीविरुद्ध चरणबद्ध आन्दोलनका कार्यक्रम अनुसार देशैभरी कोणसभा सोमबार सम्पन्न गरेको छ ।

भोली वैशाख ५ गते नेकपा विप्लवको नेपाल बन्द - 2019-04-17

काठमाडौ,(प्रस): वैशाख ५ गते बिहीबार नेपाल बन्दको आह्वान गरेको नेपाल कम्युनिस्ट पार्टीले देशभक्त, गणतन्त्रवादी र सच्चा लोकतन्त्रवादीहरूलाई बन्द सफल पार्न सहयोग गर्न अपिल गरेको छ । उक्त दिन सबै कलकारखाना, शैक्षिक संस्था, यातायात, व्यापार व्यवसाय बन्द गरौँ । अनैतिक फासिवादी सरकारलाई राजनीतिक मार्गमा तान्न प्रयत्न गरौँ ।’

कांग्रेसको टिप्पणी : प्रधानमन्त्रीको अभिव्यक्तिमा संस्कार शून्य - 2019-04-15

संवैधानिक परिषद र न्यायपालिका सरकारको छायाँ प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिमा संस्कार शून्य देखिएको टिप्पणी गरेको छ । उसले विपक्षी दलहरुतर्फ लक्षित गर्दै नन्दी भृंगी भनेकोमा आपत्ति समेत जनाएको छ । सोमबार पत्रकार सम्मेलन गरी कांग्रेसले प्रधानमन्त्रीका अभिव्यक्तिहरु पदीय जिम्मेवारी अनुसार नभएको टिप्पणी गरेको छ ।

सर्वाेच्चमा सिफारिस न्यायाधीश विरुद्व संसदीय सुनुवाइ समितिमा ५ वटा उजुरी - 2019-04-15

प्रदेस संवाददाता, काठमाडौंसर्वाेच्च अदालतमा नियुक्तिका लागि सिफारिस पाँच न्यायाधीश विरुद्व संसदीय सुनुवाइ समितिमा पाँच वटा उजुरी परेको छ । हाल उच्च अदालतका पाटनका मुख्य न्यायाधीश रहेका प्रकाश ढुङ्गानाविरुद्ध दुई वटा, हरि फुयाँलविरुद्ध एउटा उजुरी परेको र दुई वटा नेपालमा न्यायाधीश नियुक्ति प्रक्रियामाथि नै प्रश्न उठाउँदै उजुरी परेको छ ।

नयाँ वर्षको हार्दिक शुभकामना - 2019-04-14

आदरणीय पाठक, विज्ञापनदाता, शुभेच्छुक तथा फलोअरहरुमा नयाँ वर्ष २०७६ सालको हार्दिक मंगलमय शुभकामना । प्रदेशखवर अनलाइन परिवार

नयाँ वर्ष २०७६ को अवसरमा देशबासीलाई प्रधानमन्त्रीको सम्बोधन: खुशीको वसन्त आउने कुरामा ढुक्क रहौं - 2019-04-14

प्रदेस संवाददाता, काठमाडौंप्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७६ को अवसरमा देशबासीको नाममा सम्बोधन गर्दै गएको साल बेथिति र भ्रष्टाचार विरुद्धको अभियानको वर्ष रहेको बताएका छन् । उनले आफू नेतृत्वको सरकारले सुशासनका लागि चालेका कदमले नतिजा दिन थालेको दाबीसमेत गरे ।

कांग्रेस प्रशिक्षण प्रतिष्ठानमा आरजु देउवासहित ३८ मनोनित - 2019-04-13

काठमाडौ,(प्रस): नेपाली कांग्रेसले केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा ३८ जनालाई सदस्य मनोनित गरेको छ। उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिले कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ३६ (१) (ग) बमोजिम केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सदस्यमा पार्टी नेतृ देउवासहित ३८ जनालाई मनोनित गरेका हुन्।

कांग्रेस नेताहरुलाई झलनाथको आग्रहः ऐनामा आफ्नो अनुहार हेर्नुस् - 2019-04-13

काठमाडौ,(प्रस): नेकपाका नेता झलनाथ खनालले अवसर पाउँदा केही गर्न केही नगरेको कांग्रेसले अहिले गफ लगाउने थालेको टिप्पणी गरेका छन् । कांग्रेसले केही गर्न नसकेकै कारण युवा जनशक्ति विदेशिन बाध्य भएको उनले बताए । शनिबार राजधानीमा आयोजित कार्यक्रममा खनालले भने, कम्युनिस्ट पार्टीले विकास निर्माणमा केही गर्न सक्दैन भनेर विरोधको कुनै अर्थ म देख्दिनँ ।’

विप्लव मकवानपुरका इन्चार्ज ज्वाला पक्राउ - 2019-04-12

हेटौडा,(प्रस): विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मकवानपुरका इन्चार्ज ‘ज्वाला’ पक्राउ परेका छ्न । उनलाई हेटौडा १५ फारलाइन बाट राति ९ बाजेको समयमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका एसपी मुकेश कुमार सिंहले जानकारी दिए। ज्वाला यस अघि नाकाबन्दीको समयमा कालाबजारी गर्दै ग्यास र पेट्रोल काठमाडौ लादै गर्दा बसामाडीमा रोकेर ग्यास पेट्रोल नियन्त्रणमा लिएर स्थानीयलाई बाढेपछि चर्चामा आएका थिए ।

जनतालाई समस्या भएपछि जन्मसिद्धका सन्तानलाई नागरिकता दिने परिपत्र : गृहमन्त्री थापा - 2019-04-10

काठमाडौ,(प्रस): सरकारले संविधान र सर्वोच्च अदालतको आदेशलाई मुख्य आधार बनाएर जन्मसिद्धका आधारमा नागरिकता पाएकाका सन्तानलाई वंशजको आधारमा नागरिकता दिन सबै जिल्लामा परिपत्र गरिएको स्पष्ट पारेको छ।

नौबुँदे माग राख्दै राजपाद्वारा आन्दोलन घोषणा - 2019-04-10

जनकपुरधाम,(प्रस): संघीय सरकारबाट समर्थन फिर्ता लिएको राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले नौ सूत्रीय माग राखेर आन्दोलन घोषणा गरेको छ । आन्दोलनमा जुट्न आफ्ना कार्यकर्तालाई निर्देशन दिँदै राजपाले जिल्ला समितिहरुमा पत्राचार समेत गरेको छ ।

सचिवको कार्यकक्षमा सामाजिक विकास मन्त्री युवराज दुलालले लगाए ताला - 2019-04-10

फाइलको सुरक्षाका लागि ताला लगाइयो - मन्त्री दुलाल : १० दिनको घरविदा स्वीकृत गरी काठमाडौँ आए- सचिव पौड्यालप्रदेश ३ का सामाजिक विकास मन्त्री युवराज दुलालले आफ्नै मन्त्रालयका सचिव सचिव लोकनाथ पौडेलले मन्त्रालयको काममा चासो नदिएको र मातहतका महाशाखाले पठाएका फाइल कार्यान्वयन नगरेको भन्दै उनले को कार्यकक्षमा कार्यकक्षमा ताला लगाइदिएका छन् ।

छोरीले दिएको बन्दी प्रत्यक्षीकरण रिट सर्वोच्चद्वारा खारेज, हेमन्तप्रकाश वलीलाई थुनामा राख्न बाटो खुला - 2019-04-10

राजनैतिक व्यूरो, काठमाडौ नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता हेमन्तप्रकाश वलीलाई थुनामा राख्नसर्वोच्च अदालतले बाटो खुला गरिदिएको छ । छोरी विपनाले गैरकानूनी रुपमा थुनामा राखेको भन्दै सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरण रिट बुधबार न्यायाधीशहरु अनिलकुमार सिन्हा र टंकबहादुर मोक्तानको इजलासले खारेज गरिदिएको छ ।

पार्टी एकताका लागि राजपाले फोरमलाई पठायो पत्र - 2019-04-09

राजनैतिक व्यूरो, काठमाडौराष्ट्रिय जनता पार्टी राजपाले पार्टी एकताका लागि संघीय समाजवादी फोरमलाई पत्र पठाएको छ। राजपा अध्यक्ष मण्डलको बैठकपछि दुई पार्टी बिचको एकताका लागि पार्टी तयार रहेको पत्र पठाइएको हो।

लिङ्देनलाई धम्की: छानबिन गर्न राप्रपाको माग - 2019-04-09

काठमाडौ,(प्रस): राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टी महामन्त्री तथा सांसद राजेन्द्र लिंदेनलाई आएको धम्की राजनीतिक कारणले पनि आएको हुन सक्ने भन्दै छानबिन गर्न सरकारसँग माग गरेको छ ।

सञ्चारमन्त्रीले भने : श्रमको शोषण नगर भन्दा राजीनामा दिनुपर्छ ? - 2019-04-09

काठमाडौ,(प्रस): पत्रकारलाई कानून बमोजिम पारिश्रमिक दिऊ भन्दा कतिपय सञ्चार उद्यमी आफ्नो राजीनामा माग्ने तहमा ओर्लिएको सञ्चारमन्त्री गोकुल बास्कोटाले बताएका छन् । श्रमको शोषण गर्नेहरुसँग आफूले सम्झौता नगर्ने भन्दै आम पत्रकार र पत्रकार महासंघलाई कित्ता स्पष्ट पार्न आग्रह समेत गरे ।

राप्रपा कार्यकर्तामाथि सरकारी दमन, केही घाइते - 2019-04-08

राजनैतिक व्यूरो, काठमाडौसनातन धर्म सापेक्ष हिन्दु राष्ट्रको माग राख्दै प्रदर्शनमा उत्रिएको राप्रपा कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । राप्रपाले रत्नपार्कदेखि प्रदर्शन सुरु गरी पद्मोदय मोडमा आई कोणसभा गरेको थियो । नेताहरुले भाषण गरिरहेका बेला कार्यकर्ता सडक अवरुद्ध गर्न पुगेपछि झडप भएको थियो ।

बाबुराम भट्टराईले भने- चुनावअघि नै नेकपा र कांग्रेसमा पहिरो जान्छ - 2019-04-07

काठमाडौ,(प्रस): नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराईले आउँदो चुनावअघि नै नेकपा र कांग्रेसमा ठूलो पहिरो जाने भविश्यवाणी गरेका छन् । नेपाली कांग्रेस बुढो हात्तीजस्तो भएको र नेकपा आफैंभित्र भागवण्डा र सत्ता स्वार्थमा पदको तानातानमा लागेको देखेर जनताले वैकल्पिक शक्ति चाहेको डा. भट्टराईको दाबी छ ।

वंशजका आधारमा नागरिकता संविधान अनुरुप : गृहमन्त्री - 2019-04-07

पोखरा,(प्रस): गृहमन्त्री रामबहादुर थापाले वंशजका आधारमा नागरिकता अदालतको आदेश र संविधान अनुरुप भएको बताएका छन् । गण्डकी प्रदेशमा शनिबारदेखि जारी दुई दिने सुरक्षा गोष्ठीमा आयोजित पत्रकार भेटघाटमा जन्मसिद्ध नागरिकता प्राप्त गरेका व्यक्तिका सन्तानले नागरिकता नपाउँदा समस्या आएको भन्दै उनीहरूले नागरिकता पाउने विषय संविधानमा नै उल्लेख रहेको बताए ।

शशांक कोइरालाले भने: देउवा र पौडेललाई मिलाउँदै पार्टीलाई एक ढिक्का बनाउन लागिपरेको छु - 2019-04-07

राजनैतिक व्यूरो, भक्तपुरनेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले पार्टीलाई मिलाएर लैजान आफू सक्रिय रहेको बताउँदै भने-‘म पार्टी सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेललाई मिलाउँदै पार्टीलाई एक ढिक्का बनाउन लागिपरेको छु, पार्टीलाई एकताबद्ध बनाएर लैजान सके कांग्रेसलाई कसैले जित्न सक्दैन, कांग्रेस फेरि ठूलो पार्टी हुन्छ’ ।










Powered by: Exclusively Solution