विचार




‘पर्ख र हेरको नीति’मा राजपा


‘सत्ताका लागि जस्तोसुकै निर्णय र सम्झौता गर्न पछि नपर्ने’ जस्ता आरोप खेपिरहेका मधेश केन्द्रित दल अहिले सत्ता वा सङ्घर्षको अलमलमा रहेको देखिन्छ। सम्झौतालाई भर्‍याङ बनाएर सरकारमा पुग्ने तर काम नगर्ने परिपार्टी विगतकै रोग हो। मधेशका मुद्दामा बेइमेल मात्र हैन सरकारमा जाने होडबाजी र दाउपेचका साथै अन्तरपार्टी र पार्टीभित्रकै तादम्यता नहुँदा मधेश केन्द्रित दल कमजोर बन्न पुगेको हो कि! भन्ने अनुमान लगाउन थालिएको छ।



मुलुकको राष्ट्रिय राजनीतिमा दरिलो प्रभाव पार्ने मधेश केन्द्रित दल आफ्नै मुद्दामा एकतावद्ध हुन नसक्दा अलमल र पार्टीभित्रै दरार उत्पन्न भएको देखिन्छ। यद्यपी, नेताकै भनाइमा पार्टीमा बाहिर आएजस्तो सत्यता छैन। तर, पछिल्ला दिनमा दलगत र पार्टीभित्रकै नेताबीचको खटपट र अलमलले उनीहरूबीचको विवादलाई सतहमा ल्याएको छ। 

सञ्चारमाध्यममा पार्टीगत र सरकारसँगको सम्बन्धलाई लिएर विभिन्न टिकाटिप्पणी भइरहेको छ। सत्ता समर्थक राष्ट्रिय जनता पार्टी (राजपा) र सत्तारूढ संघीय समाजवादी फोरम नेपालबीच अहिले खटपट चलिरहेको छ। यता सरकारमा रहेको समाजवादी फोरमभित्र पनि विवादका आवाज बढ्दै गएको देखिन्छ। 

पार्टीभित्रको आन्तरिक द्वन्द्व र सरकारसँगको सम्बन्धलाई व्यवहारमा परिणत गर्न समाजवादी फोरममा पनि खटपट भइरहेको बताइन्छ। यता, सरकारलाई समर्थन गरेको राजपाले न त आफ्ना मुद्दालाई अघि बढाउन सक्यो न त सत्तायात्रामै सामेल हुनपुग्यो। यसरी राजपाभित्र अलमल र बेइमेल बढेको देखिन्छ । पार्टीभित्रकै विवादलाई किनारा लगाउन नसक्दा राजपा कमजोर बनेको छ। यसको असर सरकारसँगको सम्बन्ध र पार्टीले अख्तियार गरेको मुद्दामा समेत कमजोर हुने देखिन्छ। 

राजपाभित्र किन अलमल र खटपट? भन्ने जिज्ञासामा राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले राजपा कुनै अलमल र बेइमेलमा नभइ बरु पर्ख र हेरको रणनीतिमा रहेको बताए। 

‘हामी पर्ख र हेरको अवस्थामा छौं, सरकारलाई निरन्तर रूपमा घचघच्याइरहेका छौं, मुद्दा सम्बोधन गर्नुस् नत्र विरोधको बाटोमा जानुपर्ने बाध्यता हुन्छ। तर, पर्खाइको पनि सीमा हुन्छ। धैर्यताको बाँध कुनै पनि बेला टुट्नसक्छ, त्यो अवस्था आउन नदिन सरकार बेलैमा सजक हुनुपर्छ,’उनले भने।

तपाईंहरू सरकारमा जान आतुर हुनुहुन्छ नि? भन्ने जिज्ञासामा राजपाका नेता महतोले सरकारमा जान आफ्नो पार्टीलाई पटक/पटक सरकारी पक्षबाट आग्रह गरिएकै भएको बताए।

उनले आशा र विश्वासका साथ दुई तिहाइको शक्तिशाली सरकारलाई समर्थन गरेकाले अझै पनि मुद्दा सम्बोधन हुने आशामै रहेको उल्लेख गरे। 

उनले भने, ‘हाम्रा सवाललाई सरकारले ध्यान दिनुपर्छ, निर्वाचित सांसद रेशम चौधरीले न्याय पाउनुपर्छ, आन्दोलनका क्रममा परेका बन्दीको रिहाइ र मुद्दा फिर्ता तथा संविधान संशोधनको विषय र आम जनताले उठाएको सवालमा सरकार गम्भीर हुनुपर्छ।’ 

नेता महतोले आम जनता र पार्टीले उठाएका सवाललाई सरकारले बेलैमा सम्बोधन नगरे समर्थन फिर्ता लिएर संघर्षमा जानुपर्ने बाध्यात्मक अवस्था आउनसक्ने खतरा औंल्याए। 

सरकारलाई समर्थन जारी रहन्छ 

राजपाले आफ्ना मुद्दा सम्बोधन भएपछि मात्रै सरकारमा जाने या नजाने विषयको टुंगो लाग्ने बताएको छ।

नेता महतोले पार्टी आफ्नो मुद्दाको अडानमै रहेको भन्दै माग सम्बोधन भएपछि सरकारमा सहभागिताको कुरा आउने बताए।

उनले सरकारमा सहभागी नभए पनि आफ्ना माग सम्बोधन भएमा सरकारलाई समर्थन भने जारी रहने प्रष्ट पारे। 

‘सरकारमा जाने अहिले त्यस्तो सोच, चिन्तन बनिसकेको छैन, मुद्दामा सरकारले तदारूपता देखाए सत्तायात्रा गौण विषय हो’, नेता महतोले भने।
राजपाका संयोजक महेन्द्र राय यादवले आफ्नो मुद्दा सम्वोधनका लागि सरकारसँग आग्रह गरिरहेको र छिट्टै नै प्रधानमन्त्रीसँग पार्टीका अध्यक्ष मण्डलसँग भेट गरेर आफ्नो कुरा राखिने बताए। 

पार्टीको महाधिवेशनको सङ्घारमा रहेको राजपाले पार्टीका गतिविधिका साथै सरकारसँगको विषयलाई पनिसँगै अघि बढाउने नीति लिएको छ। वैशाखको पहिलो साता पार्टीको महाधिवेशनको तयारीमा जुटेको राजपा अहिले पार्टीकै काममा बढी व्यस्त देखिन्छ। सरकारसँग उठाएको मुद्दा र पार्टीको महाधिवेशनको तयारीलाई एकसाथ अघि बढाउने नीति राजपाको रहेको संयोजक यादवले बताए। 

नेतृत्व महाधिवेशनले तय गर्छ 

पार्टी नेतृत्वबारे विभिन्न अड्कलबाजी भइरहे पनि महाधिवेशनले नै राजपा नेतृत्वको टुंगो लगाउने नेता महतोको भनाइ छ।

‘पार्टीभित्र त्यस्तो केही विवाद छैन, बाहिर त्यतिकै हल्ला आइरहेको छ। यो चक्रिय प्रणाली आउँदाखेरी विवाद देखाइदियो। जुन प्रणाली वैधानिकताको सूत्र नै अध्यक्ष मण्डल थियो। त्यसलाई हामीले केही दिन टारेका थियौं, कसैले अनावश्यक कुराले उचालेका कारण विवाद जस्तो देखियो। आफ्ना मुद्दामा संवेदनशील छौं,’नेता महतोले भने। 

अधिकार प्राप्तिका लागि मधेशी, थारु, दलित, आदिवासी जनजातीले भिन्न भिन्न रूपमा आन्दोलन गरे पनि ती आन्दोलन र उठेका सवालले पूर्णता पाउन नसकेको उनको निष्कर्ष थियो। उनले मुलुकलाई निकास दिन बहुल राष्ट्रिय राजनीतिलाई आत्मसाथ गरी राज्यले समान अवसर र सहभागिताको व्यवहार गर्नुपर्ने धारणा राखे। 

उल्लेखित मुद्दामा एकतावद्ध संघर्ष भएमा मात्र राज्यलाई एकमुष्ट समाधान खोज्न सजिलो हुने उल्लेख गर्दै नेता महतोले यदि त्यसो नभए विगतको जस्तो एकअर्काको विरूद्धमा प्रयोग गर्ने र लडाउने अवस्था सिर्जना हुने चेतावनी दिए। 

मधेशी मुद्दामा फोरमसहित मधेशी शक्तिको कठोर सङ्घर्षकाबीच अघि बढेको अवस्थामा सबै कुरा छोडेर सत्तामा गएको राजपाको आरोप छ।

‘हिजो मुद्दामा सँगसँगै लडेका थियौं। अहिले दुई तिहाइको शक्तिशाली सरकारसँग बाहिरबाटै माग सम्बोधन गर्न सकिने थियो। तर, सबै कुरा छोडेर तीन बुँदे सहमति गरी फोरम सरकारमा सहभागी भयो, यसले जनतालाई निराश बनाएको छ,’उनको भनाइ छ। 

विषयवस्तु जे जति आए पनि मुद्दामा मधेश केन्द्रित दलबीच विभाजन नरहेको पनि नेता महतोको स्पष्टोक्ति थियो। फोरमका नेतासँग निरन्तर छलफल भइरहेको र अन्य राजनीतिक शक्तिसँग पनि छलफल चलिरहेको उनले बताए।




Related Pictures:













Related News:

वाइडबडी बिमान बारे अख्तियारले बोलायो विदेशी कम्पनी, सात दिनभित्र उपस्थित हुन निर्देशन - 2019-04-18

राष्ट्रसंघलाई सरकारको जवाफ : हाम्रो क्षमतामा विश्वास गर्नुस् - 2019-04-18

सेनाले बनायो आचार संहिता - 2019-04-18

सञ्जेलको चुनौती : भ्रष्टाचार भेटिए झुण्ड्याइदिनू - 2019-04-18

सञ्जेललाई अख्तियारको पत्र - 2019-04-17





दोषीलाई उन्मुक्ति कहिलेसम्म ? - 2019-02-27

कञ्चनपुरको निर्मला हत्या काण्डमा नराम्ररी चुकेको सरकार त्यसका दोषीलाई कानूनी कठाघरमा उभ्याउनुभन्दा पनि अझ किस्ताबन्दीमा एकपछि अर्को गल्ती दोहोर्याउदै आउँनुमा सरकारबाट निर्मलाका परिवारले न्याय पाउनेमा शङ्का उब्जिएको छ ।

भारत-पाकिस्तान विभाजन र घटनाक्रम - 2019-02-27

सन् १९४७ मा ब्रिटिश शासनबाट मुक्त भएसँगै भारत र पाकिस्तान छुट्टिएर नयाँ स्वतन्त्र राष्ट्र बने । स्थापना कालदेखि नै यी दुई छिमेकी देशबीच कहिल्यैपनि सम्बन्ध सुमधुर हुन सकेन। सम्बन्धमा तिक्तताको केन्द्रमा सधैँ कश्मीर रह्यो । यस अवधिमा दुई देशबीच कैयौँ यस्ता घटना भए जसले कहिले युद्ध नै निम्त्यायो त कहिले चर्को तनाव ।

‘पर्ख र हेरको नीति’मा राजपा - 2019-02-09

‘सत्ताका लागि जस्तोसुकै निर्णय र सम्झौता गर्न पछि नपर्ने’ जस्ता आरोप खेपिरहेका मधेश केन्द्रित दल अहिले सत्ता वा सङ्घर्षको अलमलमा रहेको देखिन्छ। सम्झौतालाई भर्‍याङ बनाएर सरकारमा पुग्ने तर काम नगर्ने परिपार्टी विगतकै रोग हो। मधेशका मुद्दामा बेइमेल मात्र हैन सरकारमा जाने होडबाजी र दाउपेचका साथै अन्तरपार्टी र पार्टीभित्रकै तादम्यता नहुँदा मधेश केन्द्रित दल कमजोर बन्न पुगेको हो कि! भन्ने अनुमान लगाउन थालिएको छ।

एकीकृत पार्टीमा ओलीले एकलौटी गरे - 2019-02-09

सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘अर्को माओवादी जमिन्छ’ भन्ने अभिव्यक्ति दिएपछि नेपाली राजनीतिमा नयाँ तरंग आएको छ । भेनेजुएला प्रकरणमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग जुहारी चलिरहेका बेला अर्का अध्यक्ष प्रचण्डले सार्वजनिक मञ्चमै ‘माओवादीलाई सिध्याइयो, जे गरेपछि हुन्छ भन्ने ठाने अर्को माओवादी जन्मन्छ’ भनेका हुन् ।

भेनेजुएलामाथि अमेरिकी हस्तक्षेप बारे - 2019-02-06

संवैधानिक र लोकतान्त्रिक रुपमा निर्वाचित राष्ट्रपति निकोलास मडुरोको सरकारको विरुद्धमा भेनेजुएलामा अमेरिकी साम्राज्यवादको योजनामा जुन राज्य विप्लवको प्रयत्न भइरहेको छ, त्यो मुलत असफल भैसकेको छ । तर पनि त्यसलाई अझै अगाडि बढाउने प्रयत्न जारी छ । त्यसको विरुद्धमा हाम्रो पार्टीको तर्फबाट अध्यक्ष प्रचण्डले वक्तव्य दिइसक्नुभएको छ । सरकार पनि भेनेजुएलामा बाह्य हस्तक्षेप विरुद्ध उभिइसकेको स्थिति छ ।

भेनेजुयला ब्रिफिङ : भएको के हो? - 2019-02-05

काठमाडौ,(प्रस): झन्डै २ साताअघि नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले वक्तव्य जारी गर्दै अमेरिकाको कडा आलोचना गरेपछि नेपाली राजनीतिक वृत्तमा दक्षिण अमेरिकी मुलुक भेनेजुयाला पसेको छ।

नेपाल-अमेरिका सम्बन्ध थप पेचिलो - 2019-02-03

भेनेजुएला प्रकरणबारे नेकपा अध्यक्ष पुष्पकमल दाहालले दिएको वक्तव्यबाट एकाएक चिसिएको नेपाल–अमेरिका सम्बन्ध थप पेचिलो बनेको छ । अमेरिकी सरकारले दाहालको वक्तव्यलाई लिएर नेपाल सरकारको ध्यानाकर्षण गर्न वासिङटन डिसीस्थित नेपाली राजदूत अर्जुन कार्कीलाई विदेश मन्त्रालयमा बोलाएर प्रस्टीकरण लिएको छ ।

नक्कली र सक्कली सहिद ! - 2019-01-30

सहिद त्यो हो, जसले देश र नागरिकको हितमा आफ्नो जीवन अर्पण गर्दछ, समर्पण गर्दछ । तर, यहाँ त कुनै समूहको स्वार्थका लागि भिडन्त गर्दा मरेकालाई पनि सहिद घोषणा गरिएको छ । यतिसम्म कि, सहिदलाई ‘१० लाख रुपैयाँको व्यापार’ जस्तो बनाइएको छ ।

मैले भोगेको युपिएफ र एसिया प्यासिफिक सम्मेलन - 2018-12-09

नवराज दाहाल: भर्खरै एसिया प्यासिफिक सम्मेलन नेपालमा सम्पन्न भएको छ । सम्मेलन पूर्व र सम्पन्न भए पश्चात यसबारे धेरै चर्चा परिचर्चा सुनिन आएको छ । लाग्दछ ठुलो भुकम्प पछीको पराकम्प जस्तै एसिया प्यासिफिकको पराकम्पनहरु गइनै रहेका छन् । कार्यक्रमको बारेमा सकारात्मक र नकारात्मक टिप्पणीहरु सुन्नमा आइरहेका छन् ।

आयात रोकौं, कृषि उद्योगलाई बोकौं - 2018-11-06

हरिबोल गजुरेल:नियम-कानून बनाउनु ठूलो कुरा होइन, त्यसलाई पालना गर्नु ठूलो कुरा हो । यहाँ नियम-कानून राम्रो बने पनि कार्यान्वयनको ढर्रा पुरानै छ । नयाँ संविधान बनेको छ, नयाँ परिवेश छ, तर काम गर्ने तरिका पुरानै । मुख्य समस्याको जड राजनीतिक नेतृत्व हो ।

एमाले पनि जमीनमा, माओवादी पनि जमीनमा - 2018-11-05

पुष्पकमल दाहाल प्रचण्ड:पहिलो संविधानसभा चुनावको बेला म सम्झिन्छु, माओवादीले कहाँ चुनाव जित्छ, बढीमा चाररपाँच सिट जित्छ भन्थे मान्छेहरु । हामीले तत्कालीन नेकपा एमालेसँग चुनावी तालमेलको प्रस्ताव राख्दा उहाँहरुको कुरा पनि त्यही थियो । म आफैं पनि तड्पिराखेको थिएँ, के हुने हो, के ?

मध्यस्थकर्ता मानव अधिकारकर्मीको निधन - 2018-11-04

मानव अधिकारकर्मी एवं नागरिक अगुवा पद्मरत्न तुलाधरको आज निधन भएको छ । विद्रोही माओवादीलाई शान्ति प्रकृयामा ल्याउन वामपन्थी नेताको रुपमा समेत चिनिएका तुलाधरले खेलेको भूमिकाको कम्युनिष्ट पार्टीका अध्यक्ष केपी ओली र प्रचण्डले पनि पटक पटक प्रसंशा गरेका छन् ।

नसा च्यापिएको उपचार - 2018-09-07

डा. श्रीकृष्ण गिरी:अव्यवस्थित जीवनशैली नै नसा च्यापिने एउटा प्रमुख कारण हो । खानपिन मात्रै होइन, शरीरको पोजिसन कसरी राख्छौँ भन्ने कुराले नसाको समस्या निर्धारण गरिरहेको हुन्छ ।

पार्टी बैठक टार्दै प्रधानमन्त्री - 2018-09-02

काठमाडौ,(प्रस): पार्टीको स्थायी कमिटी बैठक पटकपटक स्थगित गरेकोमा नेकपा कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरुले असन्तुष्टि जनाएका छन् । पछिल्लो पटक नेकपा स्थायी कमिटीको बैठक भदौ १९ र २० गतेका लागि बोलाइएको थियो । तर, तयारीका लागि सचिवालय बैठक नबसेपछि भदौ २७ र २८ गतेका लागि सारिएको छ ।

भारतले ‘आप्रवासी’लाई देश निकाला गर्छ ? - 2018-08-11

भारतको उत्तर पूर्वी राज्य आसामका करिब चालिस लाख मानिसहरुले आफ्नो नागरिकता गुमाएका छन् । उनीहरुलाई प्रमाणित नागरिकको सूचीबाट हटाइएको छ । उक्त सूची सरकारले छिमेकी देश बंगलादेशबाट छिरेका अवैध आप्रवासीहरुलाई पहिचान गर्ने प्रक्रियाको रुपमा सार्वजनिक गरेको थियो ।

न्यायालयमा सुधार कि प्रतिशोध ? - 2018-08-06

तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारीले २०५२ मा संसद भंग गरेर चुनाव घोषणा गरे। प्रधानन्यायाधीश विश्वनाथ उपाध्याय नेतृत्वको इजलासले सो घोषणा त्यही वर्ष भदौ १२ मा उल्ट्याइदियो।

अस्वीकृत हुँदैछन् जोशी - 2018-07-31

प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीले केही दिनदेखि लगातार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्न खोजेका थिए । प्रधानमन्त्रीको सचिवालयलाई विश्वास गर्ने हो भने मंगलबार साँझसम्म ओली र जोशीवीच भेटघाट भएको छैन ।

दक्षिण एसिया: भ्रष्ट चरित्रले जन्मायो नयाँ शक्ति - 2018-07-28

विश्व राजनीतिमा स्थापित शक्तिहरु विस्थापित हुने र नयाँ शक्तिको उदय हुने ‘ट्रेण्ड’ नै चलेको छ । युरोप, अमेरिकादेखि दक्षिणा एसियासम्मै यसको प्रभाव परेको छ, स्थापित दलहरुको स्थान नयाँ शक्तिले लिंदैछन् ।

आफ्नै बोलीको फन्दामा - 2018-07-24

मुखबाट निस्केको बोली र बन्दुकबाट छुटेको गोली फिर्ता हुँदैन भन्ने नेपाली आहानको तात्पर्य कानूनमन्त्री शेरबहादुर तामाङलाई जति कसलाई थाहा होला ?

राष्ट्रपतिलाई साक्षी राखेर एकता - 2018-05-18

महेन्द्र सापकोटा: केही दिनअघिसम्म तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्वयं भन्दै थिए, पार्टी एकता त्यति सजिलो छैन । पटकपटक केपी शर्मा ओलीसँग वार्ता गर्दा पनि उनको शंका निवारण भएको थिएन ।

नेकपा बन्यो एशियाको तेस्रो ठूलो कम्युनिष्ट पार्टी ! - 2018-05-17

देशका दुई ठूला वामपन्थी घटक नेकपा एमाले र माओवादी केन्द्रको एकीकरणसँगै ५६ वर्षपछि नेपाल कम्युनिष्ट पार्टी एकीकृत भएको छ । २०१९ सालमा नेपाल कम्युनिष्ट पार्टी विभाजित भएपछि सुरु भएको कम्युनिष्ट घटकको टुटफुट श्रृङ्खला मदन आश्रति स्मृति दिवसका अवसरमा टुंगिएको छ ।










Powered by: Exclusively Solution