काठमाडौ,(प्रस): संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन बोर्डको संचालक समितिमा दुई जना सदस्य नियुक्ती गरेको छ। |
काठमाडौ,(प्रस): व्याजदर घटाउनका लागि भन्दै अर्थमन्त्री डा.युवराज खतिवडाले सोमबार उद्योगी व्यवसायी तथा बैंकहरुसँग संयुक्त रुपमा छलफल गरे।
बारम्बार ‘व्याजदरमा हस्तक्षेप गर्नुपर्ने अवस्था नआओस्’ भन्दै चेतावनी दिँदै आएका अर्थमन्त्रीसँग सोमबार बैंकका प्रमुख कार्यकारीहरुले हस्तक्षेप अर्थतन्त्रका लागि प्रत्युत्पादक हुने भन्दै विरोध जनाए।
|
काठमाडौ,(प्रस): सरकारले नेपालबाट जारी भएका सवारी चालक अनुमतीपत्र (मोटर ड्राइभिङ लाइसेन्स)बाटै विदेशमा तीन महिनासम्म सवारी साधन चलाउन सक्ने व्यवस्था गर्ने भएको छ। नेपालले जारी गरेका लाइसेन्सबाट बढिमा तीन महिनासम्म विदेशमा सवारी साधन चलाउन पाउने व्यवस्था गर्न लागिएको हो।
|
इनरुवा,(प्रस): सरस्वती पूजा आउन केही दिन मात्र बाँकी रहेको बेला सुनसरीमा मूर्ति कलाकारलाई सरस्वती मूर्ति बनाउन भ्याइनभ्याइ भएको छ।
|
काठमाडौ,(प्रस): दैनिक जीवनमा अत्यन्तै महत्वपूर्ण भूमिका खेलेको अति प्रज्वलनशील पदार्थ ग्याँसको कारोबार जहाँ पायो त्यहीं अस्तव्यस्त तरिकाले हुने गरेको छ।
हामी सहर बजारमा किराना पसल, पानी पसल जहाँ पनि ग्याँसको कारोबार हुने गरेको देख्छौं। |
काठमाडौ,(प्रस): ठूला करदाता कार्यालयका प्रमुख धनिराम शर्मा सर्वोच्चको फैसलाको पूर्णपाठ नआउञ्जेलसम्म कसरी कर निर्धारण गर्ने भन्ने निक्र्योलमा पुग्न नसकिने बताउँछन् ।
|
काठमाडौ,(प्रस): सर्वोच्च अदालतले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको स्वामित्व खरिद बिक्री वापदको पूँजीगत लाभकर एनसेलबाट उठाउन आदेश दिएको छ ।
बुधबार प्रधानन्यायधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु मीरा खड्का, विश्वम्भरप्रसाद श्रेष्ठ, डा. आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको बृहत पूर्ण इजलासले एनसेलको सेयर स्वामित्व खरिद बिक्रीवापतको पूँजीगत लाभकर एनसेल र आजिएटाबाटै उठाउन आदेश दिएको हो । |
काठमाडौ,(प्रस): निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा कतारले चासो दिएपछि सरकारी स्तरमा छलफल अघि बढेको छ । |
काठमाडौ,(प्रस): अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालमा लगानी बढाउन साउदी अरेबियासँग आग्रह गरेका छन्। अर्थ मन्त्रालयमा साउदी अरेबियाका राजदूत मुसैद विन सुलेइमन आइ मारवानसँगको भेटमा अर्थमन्त्री खतिवडाले नेपालमा लगानीका लागि वातावरण बनिरहेकाले लगानी विस्तारका लागि आग्रह गरेका छन्।
अर्थमन्त्री खतिवडाले साउदी अरेबियाको स्रोत नेपालको पूर्वाधार र औद्योगि विकासमा परिचाल गर्न पनि आग्रह गरेका छन्। उनले अहिलेसम्म भएको लगानी र नेपालीलाई रोजगारीको अवसर प्रदान गरेकोमा साउदी अरेबियालाई धन्यवाद पनि दिएका छन्। |
काठमाडौ,(रासस): जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि सरकारले खरिद प्रक्रिया अगाडि बढाएको छ।
मन्त्रिपरिषद्को गत पुस २९ गते बसेको बैठकले रेल खरिद गर्ने निर्णय गरेकामा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय मातहतको रेल विभागले रेल खरिदका लागि तयारी गरेको हो। |
काठमाडौ,(प्रस): नेपाल टेलिकमको फोरजीरएलटीई सेवा विस्तारका लागि सम्झौता भएको छ । संसदको अर्थ समिति, विकास तथा प्रविधि समिति र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट प्राप्त निर्देशन तथा सार्वजनिक खरिद ऐन र कम्पनीको आर्थिक विनियमावलीमा रहेको व्यवस्थाको अधिनमा रही सो सम्झौता गरिएको हो । |
काठमाडौ,(प्रस): अर्थमन्त्री डा. युवराज खतिवडाले चीनसँग सीमा जोडिएका ब्यापारिक नाका सञ्चालनमा आए नेपालको पूर्वाधार निर्माणमा सहयोग पुग्ने बताएका छन्। |
काठमाडौ,(प्रस): रसुवागढी नाका जोड्ने स्याफ्रुवेशी-रसुवागढी सडकको स्तरोन्नतिको काम सुरु हुने भएको छ। सडक स्तरोन्नतिका लागि सडक सीमामा पर्ने संरचना, विद्युतीय पोलहरु हटाउन सुरु गरिएको गल्छि-त्रिशुली-मैलुङ-स्याफ्रुवेशी सडक योजना प्रमुख सुवोधकुमार देवकोटाले जानकारी दिए।
|
काठमाडौ,(प्रस): एमसी ग्रुप्स जापानले पहिलो पटक चिया पारखीहरुको मागलाई ध्यानमा राख्दै नेपाल तथा जापाना लागि दार्जिलिङमा उत्पादित गुणस्तरिय चिया बजारमा ल्याउने भएको छ । |
काठमाडौ,(प्रस): ग्लोबल आइएमई बैंक लिमिटेडले पेशागत ब्यक्ति तथा कर्मचारीहरुलाई लक्षित गरी “ग्लोबल आइएमई प्रोफेशनल कर्जा” योजना ल्याएको छ।
|
वालिङ,(प्रस): पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निजी क्षेत्र र सार्वजनिक क्षेत्रको सहकार्य बिना विकास सम्भव नभएको बताएका छन्।
स्याङ्जाको वालिङमा आयोजित सातौँ वालिङ महोत्सवको उद्घाटन गर्दै उनले निजी क्षेत्रलाई सहजरुपमा लगानी गर्ने वातावरण बनाउन सक्नुपर्नेमा जोड दिए। |
काठमाडौ,(प्रस): योजनाअनुसार काम भयो भने अबको डेढ वर्षपछि काठमाडौंमै भन्सार जाँचपासको काम सुरु हुनेछ । यसका लागि चोभारमा आधुनिक सुख्खा बन्दरगाह निर्माण गर्ने काम बिहीबारबाट औपचारिक रुपमा सुरु हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले बन्दरगाहको शिलान्यास गरे ।
नेपाल इन्टरमोडल यातायात विकास समितिले यो बन्दरगाह निर्माण गर्न लागेको हो । यो बन्दरगाह निर्माण गर्न आशिष-साक्षी जेभीले जिम्मा पाएको छ । |
काठमाडौ,(प्रस): प्रधानमन्त्री रोजगार कार्यक्रमलाई अघि बढाउन ७५३ वटै स्थानीय तहमा रोजगार संयोजक नियुक्ती गरिने भएको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ७५३ वटै स्थानीय तहमा १/१ जना रोजगार संयोजक नियुक्तीको प्रकृया अघि बढाएको हो। |
काठमाडौ,(प्रस): मलेसियामा मर्मत गरेर ल्याउनेवित्तिकै नेपाल वायुसेवा निगमको बोइङ ७५७मा समस्या देखिएको छ।
बुधबार काठमाडौं अवतरण भएको बोइङको'विण्ड सिल्ड'(ककपिटको झ्याल)मा समस्या देखिएको हो। निगमका सहायक प्रवक्ता नवराज कोइरालाले जहाज ल्याएको एकदिनमै समस्या आएको र मर्मत गरेर मात्रै चलाउन मिल्ने बताए।'बोइङको ककपिटको झ्याल फुटेको छ। |
काठमाडौ,(प्रस): सर्वोच्च अदालतले सिजी टेलिकमको पक्षमा १० पुसमा दिएको अन्तरिम आदेश खारेज गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश ईश्वर खतिवडाको संयुक्त इजलालसले यसअघिको आदेश त्रुटिपूर्ण भएको भन्दै खारेज गरेको हो ।
|
काठमाडौ,(प्रस): राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री खतिवडाले चालू आर्थिक वर्षको पहिलो ६ महिनामा २९ प्रतिशत मात्रै खर्च भएको भन्दै यो अवस्थाले सोचेअनुसारको विकासमा मुलुकलाई नपुर्यााउने उल्लेख गरे। 'कम्तीमा ३५ प्रतिशत खर्च हुनुपर्नेमा त्यो हुन सकेन, अहिले नै हामी भन्न सक्छौं दोस्रो त्रैमासिक समीक्षा पनि राम्रो हुँदैन,' उनले भने। |