समाज




प्रहरीलाई घुस दिन खोज्ने ४ पक्राउ


काठमाडौ,(प्रस):
प्रहरीलाई घुस दिने ४ जनालाई नियन्त्रणमा लिइएको छ । काठमाडौं महानगरपालिका–४ सुकेधारास्थित प्रहरीलाई १ सय रुपैयाँ घुस दिन खोज्ने मिनबहादुर तामाङलाई बिहीबार राति पक्राउ गरिएको हो ।


सुकेधारा चोकमा महानगरीय प्रहरी प्रभाग सुकेधाराबाट खटिएको प्रहरी टोलीले बा ५ ख ४४०१ नम्बरको टिपर जाँच गर्ने क्रममा रुट परमिट नभएकोले टिप्पर चालक तामाङले प्रहरीलाई उक्त रकम घुस दिन खोजेका थिए ।

यसैगरी काठमाडौं महानगरपालिका–३ बसुन्धरास्थित चोकबाट प्रहरीलाई ५ सय रुपैयाँ घुस दिन खोज्ने आशिष थापा र विकाश थापालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी बृत्त महाराजगञ्जबाट ट्राफिक प्रहरीसहित खटिएको प्रहरी टोलीले ग ८ प १०५९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुले मादक पदार्थ सेवन गरेको र कागजपत्र जाँच गर्ने क्रममा प्रहरीलाई उक्त रकम घुस दिन खोजेका थिए ।

बागबजारस्थित प्रहरीलाई १ हजार रुपैयाँ घुस दिन खोज्ने काठमाडौं महानगरपालिका–२१ लगन डेरा गरी बस्ने दोलखा घर भएका ३४ वर्षीय दिलिप बस्नेतलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

मादक पदार्थ सेवन गरी पार्किङ गरी राखेको मोटरसाइकललाई लात्तीले हानी ढलाइरहेको अवस्थामा महानगरीय प्रहरी वृत्त कमलपोखरीबाट खटिएका प्रहरीले फेला पारी सोधपुछ गर्दा उक्त रकम घुस दिन खोजेका थिए ।





Related Pictures:













Related News:

वाइडबडी बिमान बारे अख्तियारले बोलायो विदेशी कम्पनी, सात दिनभित्र उपस्थित हुन निर्देशन - 2019-04-18

राष्ट्रसंघलाई सरकारको जवाफ : हाम्रो क्षमतामा विश्वास गर्नुस् - 2019-04-18

सेनाले बनायो आचार संहिता - 2019-04-18

सञ्जेलको चुनौती : भ्रष्टाचार भेटिए झुण्ड्याइदिनू - 2019-04-18

सञ्जेललाई अख्तियारको पत्र - 2019-04-17





सेनाले बनायो आचार संहिता - 2019-04-18

काठमाडौ,(प्रस): नेपाली सेनाले सैनिक आचार संहिता २०७६ जारी गरेको छ। आचार संहितालाई लागु गराउन सेनाले शुक्रबारदेखि ‘आचार संहिता सप्ताह’ पनि सुरू गरेको छ। सैनिक प्रवक्ता सहायक रथी विज्ञाननाथ पाण्डेले आचार संहिता लागु गर्न पहिलो पटक साताव्यापी अभियान सुरू भएको बताए।

सञ्जेलको चुनौती : भ्रष्टाचार भेटिए झुण्ड्याइदिनू - 2019-04-18

विराटनगर,(प्रस): श्रम कार्यालयका प्रमुख प्रेम सञ्जेलले आफूले भ्रष्टाचार गरेको प्रमाणित भए टुँडिखेलमा झुण्डिन तयार रहेको बताएका छन् ।

सञ्जेललाई अख्तियारको पत्र - 2019-04-17

काठमाडौ,(प्रस): भ्रष्टचारविरुद्ध कडा रुपमा प्रस्तुत भएको भन्दै चर्चामा आएका उपसचिव प्रेमप्रसाद सञ्जेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पत्र काटेको छ ।

तराईका मुस्लिम समुदाय : शिक्षामा गम्भीर, महिला सशक्तिकरणमा मौन - 2019-04-15

प्रदेस संवाददाता, जनकपुरधामहरेक नयाँ शैक्षिक सत्रमा सरकारी निकायले भर्ना अभियान चलाए पनि धेरै बालबालिका विद्यालय बाहिरै रहन्छन् । भर्ना भएकाहरु पनि कक्षामा अनियमित बन्दा विद्यालय भर्ना अभियान असफल हुने गरेको छ । तराई-मधेशका विद्यालय नजानेमा मुस्लिम र दलित समुदायका बालबालिका बढी छन् ।

गौतम समाजको चियापान - 2019-04-13

हेटौडा,(प्रस): गौतम समाज हेटौडाले नगर स्तरीय भेला, शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ ।

विहेको निम्तोमा उमेर अनिवार्य - 2019-04-09

सिन्धुपाल्चोक,(प्रस): त्रिपुरासुन्दरी गाँउपालिका–३ गाँउ बाल संरक्षण समितिले बालविवाहलाई निरूत्साहन गर्न विवाहको निम्तो गर्दा दुलाह एवम् दुलहीको उमेर अनिवार्य उल्लेख गर्नुपर्ने निर्णय गरेको छ।

वार्ताबाट समाधान खोज्न आयोगको आग्रह - 2019-04-09

काठमाडौ,(प्रस): राष्ट्रिय मानवअधिकार आयोगले अस्पताल बन्दका कारण लाखौं मानिसको जीवन जोखिममा पर्न सक्नेतर्फ संवेदनशील हुँदै वार्ताको माध्यमबाट समाधान खोज्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ।

मोर्चाको प्रथम सम्मेलन राजधानीमा - 2019-04-07

काठमाडौ,(प्रस): देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको प्रथम राष्ट्रिय सम्मेलन राजधानी काठमाडौमा सुरु भएको छ ।

सात जुवाडे पक्राउ - 2019-04-07

काठमाडौ,(प्रस): काठमाडौं टोखा नगरपालिका–९ स्थित होटल ईलाम हाईवेमा जुवातास खेल्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बारा पर्सामा ‘टोर्नाडो’ पसेको पुष्टि - 2019-04-06

काठमाडौ,(प्रस): गत आइतबार बारा, पर्सामा विध्वंश मच्चाउने वर्षासहितको आँधीबेहरीको नाम ‘टोर्नाडो’ आएको पुष्टि विज्ञले गरेका छन् ।

बाँदर आतंकले गाउँलेको गस्ती - 2019-04-06

गोरखा,(प्रस): फुजेलमा बाँदर आतंक बढेपछि प्रहरी सहित स्थानीयले गस्ती शुरु गरेका छन् । गण्डकी गाउँपालिका ३ र ४ मा बाँदर धपाउन भन्दै ताङलीचोक प्रहरी चौकीबाट खटिएको प्रहरी टोली सहित स्थानीयबासीले शुक्रबारबाट गस्ती शुरु गरेका हुन् ।

खुला ठाउँमा शौच गर्ने १७ जना पक्राउ - 2019-04-05

काठमाडौ,(महोत्तरी): महोत्तरीमा खुला ठाउँमा शौच गर्ने १७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरूको नाम भने खुलाइएको छैन ।

चिटिक्क भएनन् काठमाडौंका सडक - 2019-04-05

काठमाडौ,(रासस): काठमाडौं महानगरपालिकाले दैनिक रूपमा ब्रुमर चलाएर सडक सफा गरिरहे पनि निर्माणस्थलबाट आएका धुलो, हिलो, माटो र सवारीसाधनले भित्र्याउने फोहरका कारण सडक सफा देखिएको छैन।

डा. केसी औषधि र लत्ताकपडा बोकेर बारामा - 2019-04-02

बारा,(प्रस): त्रिवि शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक गोविन्द केसी हावाहुरी प्रभावित बारा जिल्ला पुगेका छन्। हावाहुरीबाट घाइतेहरूको उपचार गर्न केसी बाराको फेटास्थित पुरनियाँ गाउँ पुगेका हुन्। उनले त्यहाँ स्वास्थ्य शिविर चलाउने छन्।

पीडितलाई पप्पु कन्स्ट्रक्सनको राहत - 2019-04-02

वीरगञ्ज,(प्रस): हावाहुरीबाट सबैभन्दा बढी प्रभावित बाराको फेटा गाउँपालिका पीडितहरुलाई पप्पु कन्स्ट्रक्सनले राहत प्रदान गरेका छन् । ती निर्माण कम्पनीले प्रभावितलाई बितरण गर्नका लागि फेटा गाउँपालिकालाई रातह सामग्री हस्तान्तरण गरेका हुन् ।

अर्थशास्त्री मदनकुमार दाहालको निधन - 2019-03-22

काठमाडौ,(प्रस): अर्थशास्त्री प्रा.डा. मदनकुमार दाहालको निधन भएको छ । दाहालको उपचारको क्रममा केएमसीमा निधन भएको हो । उनको स्वास्थ्यमा पेनक्रियाज अब्ट्रक्सनको समस्या थियो । उनलाई जन्डिस पनि भएको थियो । शुक्रबार दिउँसो १ बजे उनको उपचारकै क्रममा निधन भएको हो ।

जनप्रतिनिधिले नै लखेटी लखेटी मान्छे कुटे - 2019-03-22

दाङ,(प्रस): दाङमा एकजना वडा सदस्यले लखेटी लखेटी मानिस कुटेको अभियोग लागेको छ । घोराही उपमहानगरपालिका वडा नं. १९ का वडा सदस्य जंगबहादुर रोकाले वडा नं. १८ निवासी २८ बर्षीय श्यामलाल सुनारलाई लखेटी लखेटी चिर्पटले कुटेर घाइते तुल्याएका हुन् ।

बलात्कार अभियोगमा दुई जना पक्राउ - 2019-03-09

रोल्पा,(प्रस): जबरजस्ती करणी गरेको अभियोगमा दाङ प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। घोराही उपमाहानगरपालिका वडा नं। ४ निवासी एक जना १४ वर्षीया बालिकालाई करणी गरेको अभियोगमा रोल्पा जिल्लाको रुण्टीगढी गाउँपालिका वडा नं। १ निवासी १८ वर्षीय किशोर युवराज राना पक्राउ परेका छन्।

राष्ट्रपतिले गरिन् लिफ्टको उद्घाटन - 2019-03-07

पोखरा,(प्रस): पोखराको बिन्ध्यवासिनी मन्दिर परिसरमा निर्मित लिफ्ट राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छन् ।

नेपालको नयाँ नक्सा सार्वजनिक - 2019-03-07

काठमाडौ,(प्रस): सरकारले संघीय संरचना बमोजिमको नेपालको प्रशासनिक नक्सा सार्वजनिक गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी संघीय संरचना बमोजिमको नेपालको प्रशासनिक नक्सा सार्वजनिक गरेकी हुन्।

प्रधानमन्त्री ओलीलाई डा. केसीको चेतावनी - 2019-03-07

काठमाडौ,(प्रस): प्रा. डा. गोविन्द केसीले आफूलाई बादशाह नसम्झन प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिएका छन् । गणतन्त्र ल्याउने क्रममा राजासमेत फालेको जिकिर गर्दै उनले उस्तै परे ओलीलाई समेत फाल्ने बताए ।










Powered by: Exclusively Solution