जापान समाचार




जापानी पत्रकारलाई युद्धग्रस्त यमन जान रोक, पासपोर्ट सरकारलाई बुझाउन आदेश


टोकियो,(प्रस):
जापान सरकारले रिपोर्टिङका लागि युद्धग्रस्त यमन जान लागेका एक जना वरिष्ठ पत्रकारको पासपोर्ट सरकारलाई बुझाउन आदेश दिएको छ । गत वर्ष सिरियामा विद्रोहीको कब्जाबाट एक जना जापानी पत्रकार मुक्त भएर जापान फर्किएलगत्तै युद्धग्रस्त क्षेत्रमा रिपोर्टिङका लागि जापानी पत्रकारलाई जान अनुमति दिने वा नदिने भन्नेमा जापानमा चर्को बहस भएको जापान टूडे अंग्रेजी समाचारपत्रको अनलाइन संस्करणले समाचार छापेको छ ।

 उक्त बहसपछि सरकारले युद्धग्रस्त क्षेत्रमा जापानी पत्रकारलाई जान अनुमति नदिने निर्णय लिएको थियो ।

स्थानीय सञ्चार माध्यमसँग कुरा गर्दै ४९ वर्षीय पत्रकार कोसुके चुनिओकाले जापानी अध्यागमन अधिकारीहरुले टोकियोस्थित हानेदा विमानस्थलमा आफूलाई रोकेको जानकारी दिए । उनले आफ्नो पासपोर्ट समेत सरकारी अधिकारीलाई बुझाउन आदेश दिइएको बताए ।

जापानका विदेशमन्त्री तारो कोनोले हानेदा विमानस्थलमा यमन जान लागेका पत्रकारलाई त्यसतर्फ प्रस्थान गर्न रोक्नेगरी सरकारले आदेश दिएको जानकारी दिए ।

चुनिओकाले कतार र सुडान हुँदै युद्धग्रस्त यमन पुग्ने योजना रहेको बताएका छन् । आफूले यमनमा जारी मानवीय तथा राहत कार्यक्रमको रिपोर्टिङ गर्ने लक्ष्य राखेर यमन जान चाहेको पनि चुनिओकाले बताए ।
रासस/एएफपी




Related Pictures:













Related News:

वाइडबडी बिमान बारे अख्तियारले बोलायो विदेशी कम्पनी, सात दिनभित्र उपस्थित हुन निर्देशन - 2019-04-18

राष्ट्रसंघलाई सरकारको जवाफ : हाम्रो क्षमतामा विश्वास गर्नुस् - 2019-04-18

सेनाले बनायो आचार संहिता - 2019-04-18

सञ्जेलको चुनौती : भ्रष्टाचार भेटिए झुण्ड्याइदिनू - 2019-04-18

सञ्जेललाई अख्तियारको पत्र - 2019-04-17





जापानको प्राथमिकता केयर गिभर र क्लिनर - 2019-04-07

काठमाडौ,(प्रस): नेपाली श्रमिक माग गर्ने सम्बन्धमा नेपाल र जापानबीच श्रम समझदारी (एमओसी) भएसँगै जापानका रोजगारदाताले केयर गिभर र क्लिनिङ क्षेत्रमा नेपाली युवा लैजाने सम्बन्धमा छलफल अघि बढाएका छन् । दुई देशबीच चैत ११ मा श्रम समझदारी भएपछि प्राविधिक टोलीले कस्ता श्रमिक लैजाने भन्ने सम्बन्धमा छलफल गरिरहेका बेला जापानका नर्सिङ र सफाइ क्षेत्रका रोजगारदाताले नेपाली पक्षसँग अनौपचारिक छलफल अघि बढाएका छन् ।

नेपाली कामदार जापान पठाउने समझदारीमा केही दिनभित्रै हस्ताक्षर हुँदै - 2019-03-22

प्रदेस संवाददाता, काठमाडौंजापानले नेपाली कामदार लैजान प्रारम्भिक समझदारी गर्ने भएको छ। नेपालका लागि जापानी राजदूत र श्रम मन्त्रालयका सचिव महेशप्रसाद दाहालले समझदारीमा हस्ताक्षर गर्ने तयारी गरेका हुन्। मन्त्रिपरिषद्को बैठकले दाहाललाई समझदारीमा हस्ताक्षरका लागि स्वृकिति प्रदान गरिसकेको छ। ‘केही दिनभित्रै समझदारीमा हस्ताक्षर हुँदैछ, श्रम मन्त्रालय स्रोतले भन्यो, ‘समझदारीको विषय टुंगो लागेको छ। मिति तय हुन भने बाँकी छ।’

नेपालले जापानसँग माग्यो भाषा परीक्षाको ‘कोर्स’ - 2019-03-04

काठमाडौ,(प्रस): नेपालले कामदारका लागि भाषा परीक्षाको ‘कोर्स’ स्पष्ट गरिदिन जापानसँग आग्रह गरेको छ । जापानी भाषा सिकाउने इन्स्टिच्युटले यसका नाममा ठगी गर्न सक्ने र कामदारलाई पनि अन्योल हुने भएकाले भाषा परीक्षाको सम्भावित कोर्स उपलब्ध गराउन नेपाल सरकारले आग्रह गरेको हो । जापानले पठाएको समझदारीको मस्यौदामा जापानले भाषा परीक्षाको चौंथो तहसम्म पास हुनेलाई कामदारका रुपमा लैजाने उल्लेख छ । हाल जापान पढ्न जाने विद्यार्थीले ५ औं तहको परीक्षा पास गर्छन् ।

जापानी पत्रकारलाई युद्धग्रस्त यमन जान रोक, पासपोर्ट सरकारलाई बुझाउन आदेश - 2019-02-06

टोकियो,(प्रस): जापान सरकारले रिपोर्टिङका लागि युद्धग्रस्त यमन जान लागेका एक जना वरिष्ठ पत्रकारको पासपोर्ट सरकारलाई बुझाउन आदेश दिएको छ । गत वर्ष सिरियामा विद्रोहीको कब्जाबाट एक जना जापानी पत्रकार मुक्त भएर जापान फर्किएलगत्तै युद्धग्रस्त क्षेत्रमा रिपोर्टिङका लागि जापानी पत्रकारलाई जान अनुमति दिने वा नदिने भन्नेमा जापानमा चर्को बहस भएको जापान टूडे अंग्रेजी समाचारपत्रको अनलाइन संस्करणले समाचार छापेको छ ।

जापान रोजगारी : कामदार पठाउन ‘गोप्य’ छलफल गरिँदै - 2019-02-01

काठमाडौ,(प्रस): रोजगारीको आकर्षक गन्तव्य मानिएको जापानमा नेपाली कामदार पठाउन छलफललाई तीव्रता दिइएको छ । नेपाली र जापानी पक्षबीच कामदार पठाउनेबारे गम्भीर ढङ्गले गृहकार्य चलिरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय स्रोतले जनाएको छ ।

नेपाल-जापान हवाई सम्झाैता आजदेखि लागू - 2019-01-10

नेपालले हालसम्म ३९ देशसँग हवाई सम्झौता गरेको छ। नेपाल र जापानबीच असार १४ मा पुनरावलाेकन भएकाे हवाई सम्झाैता आजदेखि लागू भएकाे छ। दुई देशका पराराष्ट्र मन्त्रीहरूले कुटनीतिक नाेट एक्सचेन्ज गरेसँगै समझदारी लागू भएकाे हाे। आज काठमाडौंमा आयाेजित समाराेहबीच परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली र उनका जापानी समकक्षी कोनोबीच उक्त नाेट हस्तान्तरण भएकाे हाे।

जापानमा रोजगारी: कडा परिश्रम, राम्रो आम्दानी - 2019-01-08

युवराज गौतम:रोजगारीका सिलसिलामा दैनिक सयौं नेपाली बिदेसिरहेका छन् । पछिल्ला केही वर्षमा नयाँ पुस्ताका जनशक्ति विद्यार्थी भिसामा अमेरिका, जापान, अस्ट्रेलिया, युरोप आदि देश पुग्ने क्रम पनि बढिरहेको छ । श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेहरूको संख्या पनि दैनिकजसो बढिरहेको छ ।

निसानका पूर्व अध्यक्ष जापान अदालतमा उपस्थित - 2019-01-08

एजेन्सी : भ्रष्टाचार आरोपमा थुनामा रहेका निसान कम्पनीका पूर्व अध्यक्ष कार्लोस गोउन पहिलो पटक मङ्गलबार टोकियो अदालतमा उपस्थित भएका छन् । अदालतमा बयानका क्रममा उनले आफू निर्दोष रहेको र कुनै अपराध नगरेको दाबी गरेको अदालतले जनाएको छ । गोउनलाई कम्पनीको गलत वित्तीय रिपोर्टिङको आरोपमा गत नोभेम्बर १९ मा पक्राउ गरिएको थियो ।

नेपाली कामदार जापान पठाउने प्रक्रिया सुरु, जापानबाट एक प्राविधिक समूह छिट्टै नेपाल आउने - 2019-01-08

काठमाडौ,(प्रस): नेपाली कामदार जापान पठाउने प्रक्रिया सुरु गर्ने सम्बन्धमा छलफल भएको भएको छ। जापानको मन्त्रिपरिषद्ले केही समयअघि आप्रवासी कामदार लैजानेसम्बन्धी नीतिगत मापदण्ड अनुमोदन गरेसँगै नेपाली कामदार जापान पठाउन द्विपक्षीय छलफल सुरु भएको हो। यस विषयमा सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट र जापानी राजदूत मासामिची सेइगोबीच भेटवार्ता भएको छ।

सरकारले भन्यो, जापानका नाममा ठगी सुरु , राहदानी र पैसा कतै नबुझाउनू - 2019-01-02

काठमाडौ,(प्रस): जापानले नेपाललाई श्रमिकको स्रोत मुलुकका रुपमा राख्ने बित्तिकै बजारमा त्यसकै नामा ठगी सुरु भएको छ । विभिन्न म्यानपावर कम्पनी, कन्सल्टेन्सी, तिनका एजेन्ट र भाषा सेन्टररुले आफैंले जापान पठाइदिने भन्दै विज्ञापनसम्म प्रकाशित गर्न भ्याइसकेका छन् । सरकारले भने कामदारहरुलाई जापान पठाउने नाममा देखाइने कुनै पनि किसिमका प्रलोभनमा नपर्न आग्रह गरेको छ । वैदेशिक रोजगार विभागले सूचना नै प्रकाशित गरेर त्यस्तो भ्रममा नपर्न सचेत गराएको छ ।

जापानी विदेश मन्त्री तारो कोनो नेपाल आउने - 2018-12-28

जापानी विदेश मन्त्री तारो कोनो २ दिने भ्रमणमा लागि नेपाल आउने भएका छन्। परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको निमन्त्रणामा कोनोले पुस २५-२६ गते नेपालको भ्रमण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

नेपाली कामदारलाई जापानमा रोजगारीको बाटो खुल्यो - 2018-12-25

दक्षिण कोरियाको ईपीएस मोडलमा नेपाली कामदार भित्र्याउने नेपालको प्रस्तावनेपाली कामदारहरु अब रोजगारीका लागि जापान जान पाउने भएका छन् । जापान सरकारले मंगलबार विदेशी कामदार भित्र्याउने उद्देश्यसहित नीतिगत प्याकेजको घोषणा गरेको छ । यसअन्तर्गत देशभर एक सय वटा परामर्श केन्द्र खोलिने छ, जसले नेपाली सहित ११ भाषामा सहायता प्रदान गर्नेछन् ।

जापानमा दर्शक बटुल्दै ‘छक्का-पञ्जा-३’ - 2018-12-05

जापान,(प्रस): नेपाली चलचित्र ईतिहासमा रेकर्ड बनाएको छक्का पञ्जा चलचित्र सेरिज छक्का पञ्जा ३ जापानको फुकुओकामा पनि प्रस्तुत हुने भएको छ । जापानका विभिन्न शहरहरुमा प्रदर्शन भइरहेको उक्त चलचित्र फुकुओकाको च्युओ सिमिन सेन्टरमा ८ डिसेम्बर शनिबारको दिन प्रदर्शन हुने भएको हो । उक्त चलचित्रको टोकियोमा प्रदर्शन भइसकेको छ । दर्शकले अत्यधिक रुचाएपछि त्यहाँ डिसेम्बर २३ को साँझ ६ बजे उक्त चलचित्रको पुनः प्रदर्शन गर्न लागिकएकव वितरण सूर्य कर्पोरेसनले जनाएको छ ।

रक्सी पिउँदै झगडा गर्दै - 2018-12-03

टोक्यो,(प्रस): वैदेशिक रोजगारीको शिलशिलामा जापान पुगेर राम्रो आम्दानी गर्ने सपना वोकेर गएकाहरु मादक पदार्थ सेवन गरेर बीच सडकमै आफ्ना साथीहरुमाथि जाइ लाग्दा रहेछन् भन्ने दृश्य केही दिन अगाडि टोक्यो स्थित कामतामा देखियो । जुन घटनाले जापानमा रहेका नेपालीहरुलाई लज्जित पनि बनायो ।

नेपाल-जापान संवादको दोस्रो श्रृंखला कृषिमा केन्द्रित - 2018-11-28

टोक्यो,(प्रस):नेपाल-जापान डाइलग सिरिजको दोस्रो श्रृ‌खला यही डिसेम्बर १ मा इतो रिसर्च हल टोक्यो युनिभर्सिटीमा हुने भएको छ । जापानमा रही विभिन्न क्षेत्रमा काम गरिरहेका नेपालीको आयोजना र नेपाली राजदूतबास जापानको सहयोगमामा उक्त कार्यक्रम हुने भएको हो ।

जापानले सुरू गर्दैछ कोटेश्वरको जाम हटाउन सुरूङको अध्ययन - 2018-11-28

काठमाडौ,(प्रस): राजधानीको कोटेश्वर क्षेत्रमा जाम कम गर्न सुरूङ मार्ग बनाइनेछ। कोटेश्वरबाट भक्तपुर जाने बाटोमा सुरूङ मार्ग बनाउन जापानले अध्ययन गर्दैछ। सडक विभागको विकास सहायता समन्वय महाशाखाका प्रमुख सञ्जयकुमार श्रेष्ठले एक महिनापछि सुरूङको अध्ययन गर्ने जानकारी दिए। ‘जापानी टिमले अध्ययन गर्दैछ, अध्ययनपछि कहाँदेखि कहाँसम्म बनाउने टुंगो लाग्छ,’ श्रेष्ठले भने, ‘कोटेश्वरको जाम हटाउन अस्थायी संरचना पनि बनाउन लागेका छौं।’

जापानमा नेपालीलाई हैरानी, गलत काम गर्नेलाई दिइयो जुम्मी भिजा ! - 2018-11-17

महेन्द्रप्रसाद सापकोटा, टोक्योजापानी इमिग्रेशनले अहिले नेपाली कामदारहरुले गैर कानूनी रुपमा काम गरेको भन्दै ‘जुम्मी भिजा’ दिन थालेको छ । एक लाख भन्दा बढी नेपालीहरु रहेको जापानमा स्टुडेण्ट र डिपेन्डीङमा रहेर तोकिएभन्दा बढी काम गर्ने र एउटा कम्पनीमा गएर त्यसमा काम नगरी अर्को कम्पनी चाहार्ने कुकहरुलाई जुम्मी भिजा दिन थालेको छ ।

नेपाली कामदार जापान पठाउनेबारे छलफल हुन्छ : मन्त्री ज्ञवाली - 2018-11-14

काठमाडौ,(प्रस): जापानको श्रम बजारमा नेपाली कामदारलाई रोजगारी दिलाउन सरकारले पहल गर्ने भएको छ । जापानमा दक्ष र अदक्ष नेपाली कामदारको लागि रोजगार सम्झौता गर्न सकिने अवस्था रहेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए । परराष्ट्र मन्त्रालयमा बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले यसै साता हुने आफ्नो जापान भ्रमणका क्रममा नेपाली कामदारलाई जापानको श्रम बजारमा रोजगारी दिलाउनेबारे छलफल हुने बताए ।

सुर्य अवार्ड कार्यक्रम वारे प्रष्टिकरण - 2018-11-01

केही दिन अघि जापानमा सम्पन्न सुर्य अवार्डमा व्यापक मानव तस्कर भएका भन्ने समाजिक सञ्जालमा फैलिएको हल्लालाई मलाई र मेरो कम्पनीलाई बदनाम गराउन खोजेको र मवाट एकजना सम्म पनि व्यक्ति अवैधानिक रुपमा राखेको भए जे सजाय भोग्न पनि तयार छु भनि सुुर्य कर्पोरेसनको वासुदेवले स्पष्टीकरण दिनु भयको छ ।

नक्कली छोरा र कागजात बनाएर जापानमा मानव तस्करी ! - 2018-10-06

महेन्द्र सापकोटा, टाक्योरोजगारीको शिलशिलामा चार वर्ष अघि जापान आएका पोखराका काजीमान गुरुङ डेभिडफल अर्थात छागोबाट खसेजस्तै भए, जव आफ्नो नाममा ३ वर्ष अगाडिनैं छोरा बनाएर डिपेन्डिगमा आइस गुरुङ र दिपेन गुरुङ आइसकेको जुम्रियो जापान इमिग्रेशनले दियो । चिन्नु न जान्नुका यी दुई व्यक्तिहरुलाई जापानमा बसेर मानव तस्करीगर्दै आएका सम्वर गिरिले नक्कली कागजात बनाएर प्रतिव्यक्ति २० लाख लिएर जापान पुर्याएको डरलाग्दो विवरण बाहिर आयो ।

अन्तरराष्ट्रिय सूर्य अवार्ड वितरण कार्यक्रममा मानव तस्करी ! - 2018-09-27

महेन्द्र सापकोटा, टोक्योकेही दिन अगाडि जापानको टोक्योमा साकुरा नाईट २०१८ को नाममा आयोजना गरिएको सूर्य अवार्ड वितरण कार्यक्रममा मानव तस्करी भएको डरलाग्दो विवरण बाहिर आएको छ । अवार्ड कार्यक्रममा नेपालबाट ९० जना कलाकारहरुको जम्वो टोली जापान आएपनि कार्यक्रम स्थलमा भने ७० जनामात्रै उपस्थित भएको बिबरण सार्वजनिक भएपछि आयोजकहरु डरलाग्दो मानव तस्करी कार्यमा संलग्न भएको आरोप लागेको हो ।










Powered by: Exclusively Solution