वैदेशिक रोजगार




भारतीय कामदारलाई ‘श्रम स्वीकृति’ सर्कुलर जारी गर्ने कर्मचारीमाथि नै कारवाहीको तयारी


काठमाडौ,(प्रस):
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले भारतीय नागरिकलाई अनिवार्य श्रम स्वीकृति लिने भन्ने विषयमा माघ १० गते जारी गरेको सर्कुलर विवादमा तानिएको छ । मन्त्रालयका शाखा अधिकृत प्रशान्त शाहले जारी गरेको सर्कुलरप्रति सोही मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेले आपत्ति जनाएका छन् । एउटै मन्त्रालयले एकसाता अघि सर्कुलर जारी गर्ने र अर्को साता खण्डन गर्ने कार्यले श्रम रोजगार मन्त्रालयको काम गराईमा कस्तो केटाकेटीपन रहेछ भन्ने देखाएको छ ।

भारतीय कामदारलाई समेत श्रम स्वीकृति अनिवार्य गरिएको मन्त्रालयको सर्कुलरसहित अनलाइनखबरमा समाचार प्रकाशित भएलगत्तै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहचिव रामप्रसाद घिमिरेले ‘सञ्चार माध्यममा आएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको’ बताए ।

मन्त्रालयकै लेटरप्याडमा जारी विज्ञप्तिको खण्डमा अर्को विज्ञप्ति जारी गर्दै घिमिरेले नेपालका उद्योग प्रतिष्ठानमा काम गर्ने भारतीय नागरिकलाई अनिवार्य श्रम स्वीकृति लिने भनी अफवाह फैलाइएको र त्यसमा सत्यता नभएको तर्क गरे ।

सहसचिव घिमिरेले भने- ‘मन्त्रालयको जानकारीविना कसको संलग्नतामा यसप्रकारको अफवाह फैलने परिस्थितिको सिर्जना भएको भन्ने बुझेर आजै स्पष्ट पार्छौं ।

मंगलबार राति नै सहचिव घिमिरेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस सम्वन्धमा श्रम तथा व्यवसायजन्य सुरक्षा विभागबाट विभिन्न श्रम तथा रोजगार कार्यालयहरुलाई गरिएको भनिएको परिपत्र साँचो या झूठ के हो, यदि साँचो हो भने क-कसको संलग्नतामा, के कस्ता आधार लिई र के प्रयोजनका लागि गरिएको हो भन्ने विषयमा सोधखोज र छानविन गरी सत्यतथ्य बाहिर ल्याउने छौं ।’

मंगलबार कार्यालय समय भन्दा पछिमात्रै यसबारेमा जानकारी आएकाले बुधबार यस विषयमा ‘एक्सन’ लिइने सहसचिव घिमिरेले अनलाइनखबरलाई बताए ।

ऐन नियम तथा व्यवहारमा समेत लागु नभएको कुरा यसरी बाहिर आउनु गलत भएको भन्दै सो विषय बाहिर ल्याउने कर्मचारीलाई मन्त्रालयमा बोलाएर स्पष्टीकरणसमेत सोध्न लागिएको घिमिरेले जानकारी दिए ।

भारतीय कामदारले नेपालमा श्रम स्वीकेति लिनु नपर्ने बताउँदै सहसचिव घिमिरेले भने- ‘भारतीय नागरिकलाई अनिवार्य श्रम स्वीकृति भन्ने कुनै ऐन वा व्यवहारमा समेत लागु भएको छैन । कसैले लिन चाहे लिन सक्छन् । तर, अनिवार्य भन्ने हुँदै नभएको विषय बाहिर ल्याइएको छ । यस विषयमा आवश्यक कारजाही हुन्छ ।’

मन्त्रालयकै सर्कुलर भन्छ- भारतीय कामदारलाई श्रम स्वीकृति लिन लगाउनू

मन्त्रालयका सहसचिव घिमिरेले आफ्नै मन्त्रालयबाट एकसाता पहिले जारी भएको सर्कुलरका विषयमा आपत्ति जनाए पनि मन्त्रालयमा कारदाना अधिकृतको जिम्मेवारी निभाइरहेका शाखा अधिकृत प्रशान्त शाहले जारी गरेको सर्कुलरमा भने भारतीय कामदारलाई श्रम स्वीकृति लिन लगाउनू भन्दै श्रम तथा रोजगार कार्यालयहरुलाई स्पष्ट निर्देशन दिइएको छ ।

यसअघि श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले सबै श्रम तथा रोजगार कार्यालयहरुलाई पत्राचार गरी प्रतिष्ठानहरुमा काम गर्ने भारतीय नागरिकको संख्या अध्यावधिक गर्न र श्रम स्वीकृति नलिएको भए लिने व्यवस्था मिलाउन सो सर्कुलरमा निर्देशन दिएको छ ।

विभागका कारखाना निरीक्षक प्रशान्त शाहद्वारा हस्ताक्षरित निर्देशनमा भनिएको छ, ‘प्रतिष्ठान निरीक्षण गर्दा प्रतिष्ठानमा कार्यरत भारतीयहरुको संख्या अद्यावधिक गर्ने तथा उक्त भारतीय कामदारहरु श्रम स्वीकृति नलिई काम गरेको पाइए श्रम स्वीकृति लिन भनी प्रतिष्ठानलाई जानकारी गराउन निर्देशानुसार अनुरोध छ ।’

निर्देशन दिने प्रधानमन्त्री कार्यालय, कारवाही कारखाना निरीक्षकलाई ?

मन्त्रालयका सहसचिव घिमिरेले कारखाना अधिकृत प्रशान्त शाहलाई मन्त्रालयमा बोलाएर स्ष्टीकरण सोधिने बताए पनि भारतीय कामदारसँग श्रम स्वीकृति माग्ने निर्देशन प्रधानमन्त्री कार्यालयबाटै आएको शाखा अधिकृत शाहले पत्रमा उल्लेख गरेका छन् ।

यस विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको पुस २६ को पत्र प्राप्त भएको र सोही पत्रअनुसार निर्देशन दिइएको माघ १० गते जारी सर्कुलरमा लेखिएको छ ।

सर्कुलरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको चलानी नम्बरसमेत सर्कुलरमा उल्लेख छ । साथै यो सर्कुलर माघ १८ गते प्रधानमन्त्री कार्यालयमा दर्ता नम्बर ८१०० अन्तरगत दर्ता रहेको देखिन्छ ।




Related Pictures:













Related News:

समाजवादी पार्टीले संविधान दिवसमा दीपावली नगर्ने - 2019-09-16

कांग्रेसको अवरोधपछि संसद बैठक स्थगित - 2019-09-16

उत्तर कोरियालाई आफ्नो लगानी फिर्ता लैजान नेपाल सरकारको निर्देशन - 2019-09-16

वार्तामा वोलाएर सिंहदरवारबाटै पत्रकारहरु पक्राउ - 2019-09-16

चावहिलको शव जलाउने घाटमा नाराबाजी - 2019-09-15





अवैधानिक कामदारका लागि मलेसियामा आममाफी - 2019-07-21

काठमाडौ,(प्रस)मलेसिया सरकारले अवैधानिक रुपमा काम गरिरहेका आप्रवासी कामदारहरुलाई आममाफी दिने भएको छ । अवैधानिक रुपमा मलेसियामा रहँदा पक्राउ परि जेल जीवन भोगिरहेका आप्रवासी कामदारहरुलाई लक्षित गरी सो कार्यक्रम ल्याइएको मलेसिया सरकारले जनाएको छ । उक्त कार्यक्रम १ अगष्ट २०१९ देखि ३१ डिसेम्बरसम्म रहनेछ । आममाफी कार्यक्रममार्फत ५ महिनासम्म अवैध रुपमा मलेसियामा रहेका आप्रवासी कामदारहरु आ–आफ्नो देशमा फर्कन सक्नेछन् ।

केन्याको डान्स बारबाट उद्धार गरिएका १२ युवती काठमाडौं ल्याइयो - 2019-07-20

काठमाडौ,(प्रस): केन्याको डान्स बारबाट उद्दार गरिएका १२ जना नेपाली युवतीलाई काठमाडौं ल्याइएको छ । बिहीबार साँझ केन्याबाट उनीहरुलाई हवाई मार्ग हुँदै नेपाल ल्याइएको हो । नेपाल प्रहरीको मानव बेचविखनविरुद्ध काम गर्ने ब्युरो स्रोतका अनुसार केन्या प्रहरीले चलाएको अपरेशनका क्रममा उनीहरु पक्राउ परेका थिए । त्यहाँबाट अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आईओएम) ले उनीहरुलाई नेपाल ल्याएको थियो ।

विदेशिने युवाको सीप प्रमाणीकरण पछि धकेलियो - 2019-06-27

काठमाडौ,(प्रस): सरकारले असार १५ गतेदेखि गर्ने भनेको वैदेशिक रोजगारीमा जानेको अनिवार्य सीप प्रमाणीकरणको व्यवस्था केही पछि धकेलिने भएको छ । विभिन्न १२ वटा क्षेत्रका कामदारलाई वैदेशिक रोजगारीमा जान सीप जानेकै हुनुपर्ने नियम लागू गर्ने सरकारले बनाएको थियो । तर, असार १५ बाट गर्ने भनिए पनि तयारी नपुगेकाले नयाँ आर्थिक वर्षबाट सुरु गर्ने गरी तयारी तीव्र पारिएको वैदेशिक रोजगार विभागले जनाएको छ । विभागमा महानिर्देशक भीष्मकुमार भुसालका अनुसार केही प्राविधिक क्षेत्रमा चलिरहेका तालिमहरु सकिने र सीप प्रमाणीकरण गर्ने तालिका नमिलेकाले योजना केही समयपछि धकेलिने अवस्था आएको हो ।

नेपाल र युएईबीच स्विट्जरल्यान्डमा भयो श्रम सम्झौता, यस्ता छन् मुख्य बुँदाहरू - 2019-06-14

काठमाडौ,(प्रस): नेपाल र खाडी मुलुक युनाइटेड अरब इमिरेट्स (युएई)बीच श्रम सम्झौता भएको छ। स्विट्जरल्यान्डको जेनेभामा भइरहेको अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को शतवार्षिकी समारोहमा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्ट र युएईका मानव संशाधन मन्त्री नासेर थानी अल हम्लीले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्।

लिवियाबाट १५ नेपालीको उद्धार - 2019-05-20

काठमाडौ,(प्रस): रोजगारीको आश्वासन दिएर अवैध रुपमा लिविया पुर्‍याइएका १५ नेपालीको ट्रिपोलीबाट उद्धार गरिएको छ । डर त्रास देखाएर काममा लगाएको र नेपाल फर्कन खोज्दा राहदानी नदिएका कामदारहरूलाई उद्धार गरेर अन्तराष्ट्रिय श्रम संगठन (आइओएम) मा राखिएको कायरोस्थित नेपाली दूतावासले जनाएको छ ।

लिबियामा २० नेपालीको हारगुहार, बन्दीजस्तै जीवन: उद्धारमा कठिनाइ-राजदूत - 2019-04-27

एजेन्सी : लिबियाको राजधानी त्रिपोली दिनप्रतिदिन युद्धमैदानमा परिणत भइरहेको छ । त्यहीँ कार्यरत सैनामैना १०, रुपन्द्रेहीका गणेश थापामगरसहित २० नेपाली केही सातादेखि उद्धारका लागि हारगुहार गरिरहेका छन् । ‘हामी बसेको ठाउँबाट झन्डै २५ किमि टाढा दिनहुँ विद्रोही र सरकार पक्षबीच भिडन्त भइरहेको छ, बम नपडकेको दिनै हुन्न,’ त्रिपोलीबाट कान्तिपुरसँग फोनमा थापामगरले भने, ‘भिडन्त बढदै हाम्रो ठाउँतिर आइपुग्छ कि भन्ने डर छ ।’उनी अलसाई समूहको राइस मिलमा कार्यरत छन् । राइसमिल परिसरबाट बाहिर निस्कन सकेका छैनन् ।

एक वर्षभित्र सय जना कामदार नपठाउने म्यानपावर खारेज हुने - 2019-02-11

काठमाडौ,(प्रस): म्यानपवार व्यवसायीले वर्षमा सयजना कामदार विदेश पठाउन नसके खारेज हुने कानुनी व्यवस्था संसदीय समितिबाट पारित भएको छ। सरकारले केही नेपाल ऐनमार्फत् वैदेशिक रोजगार ऐनमा संशोधन गरेको संशोधन प्रस्तावमा सो व्यवस्था समितिले थप गरेको सांसद कृष्णभक्त पोखरेलले जानकारी दिए।

मलेसियामा ९ नेपालीसहित एक सय विदेशी कामदार पक्राउ - 2019-02-08

एजेन्सी : मलेसियामा ९ नेपालीसहित एक सय जना विदेशी कामदारलाई पक्राउ गरिएको छ । अवैधानिक रुपमा काम गरिरहेका, कागजात नभएका र सम्झौता अवधि सकिएपछि पनि काम गरिरहेका कामदारलाई मलेसियाको अध्यागमन विभागले पक्राउ गरेको हो ।

भारतीय कामदारलाई ‘श्रम स्वीकृति’ सर्कुलर जारी गर्ने कर्मचारीमाथि नै कारवाहीको तयारी - 2019-02-06

काठमाडौ,(प्रस): श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले भारतीय नागरिकलाई अनिवार्य श्रम स्वीकृति लिने भन्ने विषयमा माघ १० गते जारी गरेको सर्कुलर विवादमा तानिएको छ । मन्त्रालयका शाखा अधिकृत प्रशान्त शाहले जारी गरेको सर्कुलरप्रति सोही मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेले आपत्ति जनाएका छन् । एउटै मन्त्रालयले एकसाता अघि सर्कुलर जारी गर्ने र अर्को साता खण्डन गर्ने कार्यले श्रम रोजगार मन्त्रालयको काम गराईमा कस्तो केटाकेटीपन रहेछ भन्ने देखाएको छ ।

भारतीयलाई नेपालमा श्रम स्वीकृति अनिवार्य - 2019-02-05

काठमाडौ,(प्रस): सरकारले नेपालका उद्योग प्रतिष्ठानमा काम गर्ने भारतीय नागरिकलाई अनिवार्य श्रम स्वीकृति लिन कडाइ गरेको छ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले सबै श्रम तथा रोजगार कार्यालयहरुलाई पत्राचार गरी प्रतिष्ठानहरुमा काम गर्ने भारतीय नागरिकको संख्या अध्यावधिक गर्न र श्रम स्वीकृति नलिएको भए लिने व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

अब मलेसियाको रोजगारी खुल्छ: संसदीय उपसमिति - 2019-02-04

करिब नौ महिनादेखि बन्द रहेको मलेसियामा नेपाली कामदार पठाउने प्रक्रिया शुरु हुने भएको छ । दुई देशबीचको श्रम समझदारी अनुसार पहिलो चरणमा कलिङ भिसा आएका करिब ६ हजार कामदारलाई मलेसिया दूतवाससँगको समन्वयमा पठाउन लागिएको हो । दुई दिनअघिमात्र मलेसिया सरकारसँग छलफल गरेर फर्किएका सत्तारुढ नेकपाका सांसद तथा संसदको उद्योग वाणिज्य आपूर्ति तथा श्रम समिति अन्तर्गत श्रम तथा रोजगार उपसमितिका संयोजक एलपी साँवा लिम्बुले अब मलेसिया रोजगारी खुल्ने बताए ।

साउन १ देखि वैदेशिक रोजगारीमा रहेकालाई पनि सञ्चय कोष - 2019-01-29

काठमाडौ,(प्रस): वैदेशिक रोजगारीमा रहेकाहरूलाई सञ्चयकोष तथा सामाजिक सुरक्षा योजनामा सहभागी गराउने सकिने भएको छ। श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा रहेकाहरूलाई सञ्चयकोष तथा सामाजिक सुरक्षा योजनामा सहभागी गराउन सकिने विषयमा अध्ययन गरी प्रतिवेदन बुझाउन गठित एक कार्यदलले आगामी साउन १ गतेदेखि लागू गर्न सकिने गरी सरकारलाई सुझाव दिएको छ।

नेपालमा अवैध आप्रवासीः अचम्मको आकर्षण - 2019-01-16

गोपाल गड्तौला: पाकिस्तानी नागरिक मन्सुर अहमद सिद्दिकी ४१ वर्षका भए । श्रीमती समिनार तीन छोरीहरू अमतुल्ला, निगरिस र हिवातुल साथ उनी काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–८ मा बसेका छन् । उनले डीटी ५४६८२३१ नम्बरको पाकिस्तानी राहदानीमा इस्लामावादस्थित नेपाली दूतावासमा ११ मे २०११ मा पर्यटकको रूपमा नेपाल आउन भिसा लिएका थिए । भिसा लगाएको करीब ५ महीनापछि मन्सुर १३ अक्टोबर २०११ को मध्याह्न परिवारसाथ कराँचीबाट काठमाडौंका लागि उडे ।

वैदेशिक रोजगार विभागबाट ७ दलाल पक्राउ - 2019-01-08

काठमाडौ,(प्रस): वैदेशिक रोजगार विभाग, सोल्टीमोडमा सेवाग्राहीलाई दुःख दिएको आरोपमा ७ जना विचौलिया पक्राउ परेका छन् । मंगलबार दिउँसो काठमाडौ प्रहरीले परिसरको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

जनकपुर र बुटवलबाट श्रम स्वीकृति दिन शुरु - 2018-12-30

काठमाडौ,(प्रस): वैदेशिक रोजगारीमा जानेहरुका लागि आजदेखि जनकपुर र बुटवलबाट श्रम स्वीकृति दिन थालिएको छ । जनकपुरमा एमडी जिलानी मोमिन र बुटवलमा वीरबहादुर माझीलाई पहिलो पटक श्रम स्वीकृति दिँदै सेवा शुरु गरिएको हो । कार्यालयका निमित्त महानिर्देशक उदयप्रसाद गुप्ताले प्रारम्भिक चरणमा श्रम स्वीकृति प्रदान गर्ने, वैदेशिक रोजगारीसम्बन्धी इजाजत पाएका संस्था र तालिम एवं अभिमुखीकरण संस्थाको अनुगमन तथा नियमनको कार्य गर्ने बताए ।

श्रम स्वीकृतिका लागि अब राजधानी धाउनु नपर्ने - 2018-12-28

काठमाडौ,(प्रस): वैदेशिक रोजगारीमा जानेहरूका लागि श्रम स्वीकृति जस्ता कामका लागि अब राजधानी धाउनु नपर्ने भएको छ।हालै बसेको मन्त्रिपरिषदको बैठकबाट उक्त अधिकार हस्तान्तरणको औपचारिक निर्णय भएको जनाइएको छ। वैदेशिक रोजगारीका लागि औसतमा दैनिक एक हजार पाँच सय नेपाली विदेश जाने गरेको आँकडाहरूले देखाउँछन्।

श्रम इजाजत लिन अब अनलाइनमै टोकन - 2018-12-02

अब विदेशमा काममा जानका लागि श्रम स्वीकृति लिन अनलाइनबाटै टोकन प्राप्त हुने भएको छ । श्रम स्वीकृति प्रक्रियालाई सरल बनाउन वैदेशिक रोजगारको कार्यालय ताहाचलले आइतबारबाट यो प्रणाली सुरु गरेको हो । पछिल्लो दिनमा कार्यालयमा सेवाग्राहीको भीड बाक्लो हुँदा सेवा सम्पादन प्रभावित भइरहेको छ ।

नेपाल-मलेसिया श्रम वार्ता : कामदारको भिसा खर्च रोजगारदाताले व्यहोर्ने - 2018-09-28

मलेसिया,(प्रस): नेपाल र मलेसियाबीच हुने श्रम सम्झौताको मस्यौदामा सहमति जुटेको छ । मलेसिया भ्रमणमा रहेको नेपाली टोलीसँग भएको वार्तामा सरकारी उच्च अधिकारीहरुले नेपाली कामदारको भिसा प्रक्रियामा लाग्ने सबै खर्च मलेसियन रोजगारदाताले व्यहोर्ने सहमति जनाएका छन् ।

वैदेशिक रोजगारीका सबै विवरण एउटै अनलाइनमा - 2018-09-04

काठमाडौ,(प्रस): सरकारले वैदेशिक रोजगारीका सबै तथ्यांकलाई एउटै प्रणालीमा राख्ने गरी अनलाइन सिस्टम तयार गरेको छ । यो सिस्टम आगामी सोमबार सार्वजनिक गर्ने तयारी छ । यसले वैदेशिक रोजगार विभागमा फाइल अड्काएर राख्ने कर्मचारीको प्रवृत्ति र म्यानपावरले गर्ने ठगीलाई पनि केही हदसम्म नियन्त्रण गर्ने अपेक्षा लिइएको छ ।

म्यानपावरको धरौटी ६ करोडमाथि पुर्‍याइँदै, मर्ज गर्न दिइने - 2018-07-30

काठमाडौ,(प्रस): सरकारले म्यानपावर कम्पनीहरुलाई मर्ज गर्न दिने व्यवस्था ल्याउनेे तयारी गरेको छ । श्रम तथा रोजगार मन्त्रालयले म्यानपावरलाई मर्जरमा लैजान ६ करोडभन्दा बढीको धरौटी पुर्‍याउने प्रस्ताव गरेको छ ।

नेपाली कामदार नपठाउने निर्णय पुनर्विचार गर्न मलेसियाको आग्रह - 2018-07-28

काठमाडौ,(प्रस): मलेसियाले नेपाली कामदार मलेसिया नपठाउने निर्णय पुनर्विचार गर्न नेपाल सरकारसँग आग्रह गरेको छ । मलेसियाका मानव संसाधन मन्त्री एम कुलाशेगरले निर्णय पुनर्विचार गर्न सरकारसँग आग्रह गरेको हो ।










Powered by: Exclusively Solution