विचार




भेनेजुएलामाथि अमेरिकी हस्तक्षेप बारे


संवैधानिक र लोकतान्त्रिक रुपमा निर्वाचित राष्ट्रपति निकोलास मडुरोको सरकारको विरुद्धमा भेनेजुएलामा अमेरिकी साम्राज्यवादको योजनामा जुन राज्य विप्लवको प्रयत्न भइरहेको छ, त्यो मुलत असफल भैसकेको छ । तर पनि त्यसलाई अझै अगाडि बढाउने प्रयत्न जारी छ । त्यसको विरुद्धमा हाम्रो पार्टीको तर्फबाट अध्यक्ष प्रचण्डले वक्तव्य दिइसक्नुभएको छ । सरकार पनि भेनेजुएलामा बाह्य हस्तक्षेप विरुद्ध उभिइसकेको स्थिति छ ।

वास्तवमा भेजेजुयलामा भइरहेको सत्ताविरुद्धको षड्यन्त्रमुलक गतिविधिहरु छन्, त्यो साम्राज्यवाद र पुँजीवादको विरुद्ध भेनेजुएलाले आफ्नो राष्ट्रिय सार्वभैमिकता र स्वाधिनताको रक्षा गर्दै समाजवादको दिशातिर जान खोजिरहेको प्रयत्नलाई असफल पार्न गरिएको कदम हो । 

भेनेजुयलामा भएको अहिले घटनाक्रम बाह्य हस्तक्षेपलाई हामीले वीरतापूर्वक विरोध गर्नुको पछाडि केही स्पष्ट कारणहरु छन् । पहिलो, विश्वमा रहेका सम्पूर्ण देशहरुको राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाधिनताको सम्मान गर्छौँ । कुनै पनि देशले कुनै अर्को देशमाथि आक्रमण र आन्तरिक मामिलामा हस्तक्षेप गर्छ भने त्यो राष्ट्रिय स्वाधिनता र सावैभौमिकता माथिको आक्रमण हुन्छ र त्यसको वीरतापूर्वक विरोध गनर्सपर्दछ । त्यसैको आधारमा सरकारले पनि भेनेजुएलाको भएको घटनाको सन्दर्भमा आफ्नो दृष्टिकोण प्रस्तुत गर्दै बाह्य शक्तिद्वारा हस्तक्षेप हुनुहुँदैन भन्ने कुरालाई प्रस्तुत गरेको छ । हाम्रो पार्टीको तर्फबाट अध्यक्ष  प्रचण्डले स्पष्ट रुपमा भेनेजुएलामा संवैधानिक रुपमा र लोकतान्त्रिक रुपमा निर्वाचित सरकारविरुद्ध जुन प्रकारको गतिविधि भयो त्यसको  र साम्राज्यवादी हस्तक्षेपको विरुद्ध हामी छौँ भन्ने कुरा दृढतापूर्वक प्रस्तुत गर्नुभएको छ ।


हामीले आफ्नो एउटा दृष्टिकोण व्यक्त गर्नुको पछाडि चारवटा कारणहरु छन् । एउटा त राष्ट्रिय सामुहिकताको विरुद्ध,  सार्वभौमिकताको विरुद्ध बैदेशिक हस्तक्षेपको कदम देखापर्यो, त्यसको विरुद्धमा हामी छौँ । यो खाली भेनेजुएलाको मात्र सन्दर्भको कुरा होइन, जुनसुकै मुलुकलाई अर्को मुलुकले त्यहाँको आन्तरिक मामिलामा हस्तक्षेप गर्छ भने त्यसको विरुद्धमा पनि हामी उठ्छौँ ।  हाम्रो पार्टीको देशभक्तिपूर्ण आन्दोलनको अगुवा पनि हो । यो कुनै नयाँ नीति होइन । त्यसैकारणले यसलाई के–के नै भयो भनेर बुझनु पर्ने कुरा होइन । बरु यसबाट विचलित भयो भने चाहीँ ‘के हुन लागेछ कम्युनिष्ट पार्टी रु’ भनेर सोच्नुपर्ने हुन्छ । कुनै पनि देशको आन्तरिक मामलामा बाहिरी हस्तक्षेप गर्छ भने त्यो हस्तक्षेपका विरुद्ध दृढतापूर्वक उभिनु कुनै पनि देशको कम्युनिष्ट पार्टीको, कुनै पनि देशका जनताहरुको न्यायपूर्ण शक्तिरुको कर्तव्य हुन आउँछ । 

भेनेजुएलामाथि किन हस्तक्षेप गरियो त रु साम्राज्यवादको पूँजीवादको विरुद्ध ऊ लड्यो, टिक्न खोज्यो, त्यसैकारणले हस्तक्षेप भयो । त्यसैले यो वर्ग र विचारधाराको लडाइँ पनि हो । यसमा हामी साम्राज्यवाद र पुँजीवादको विरुद्ध समाजवादी विचारधारा र श्रमजिवी वर्गको पक्षको लडाईमा उभिन्छौँ, उभिनै पर्छ । 

दोस्रो कुरो लोकतान्त्रिक मूल्य मान्यता र पद्धतिको पक्षमा उभिएर लोकतन्त्रको नाममा निरङ्कुशता लाद्ने, फासिवाद लाद्ने प्रवृत्तिको विरुद्ध पनि उभिएका हौँ । भेनेजुएलामा लोकतान्त्रिक विधिबाट निर्वाचनबाट निकोलास माडुरो राष्ट्रपति निर्वाचित भएका छन् । संवैधानिक रुपले सपथग्रहण गरेका छन् ।  त्यस पछाडि योजनाबद्ध रुपमा उभाएर अर्को राष्ट्रपति घोषणा गराएर जसरी त्यसलाई मान्यता दिने क्रम सुरु गराउन  खोजियो, त्यसले के देखाउछ भने साम्राज्यवादी र पुँजीवादीहरुको शक्तिको लोकतन्त्र सामान्य अवस्थाको लोकतन्त्र मात्रै हो । विशेष अवस्थामा आफ्नो वर्ग, स्वार्थलाई सरोपरी राखेर उनीहरुले लोकतन्त्रलाई च्यातचुत पार्छन् भन्ने कुरा त्यहाँ देखापरेको छ । त्यसकारणले त्यहाँ वास्तवमा लोकतन्त्रको निमित्त भेनेजुएलामा होइन । लोकतन्त्रको विरुद्ध भेनेजुएलामा हस्तक्षेप भएको हो । लोकतान्त्रिक विधिबाट संवैधानिक रुपले निर्वाचित सरकारको विरुद्ध असंवैधानिक र अलोकतान्त्रिक ढंगले कुनै गतिविधि गर्ने प्रयत्न भइरहेको छ । त्यसलाई प्रोत्साहित गर्नु भनेको लोकतन्त्रको विरुद्ध हस्तक्षेप पनि हो । 

तेस्रो कुरा यो विचार धारा र वर्गको लडाइँ पनि हो । भेनेजुएलामाथि यसप्रकारले हस्तक्षेप, षड्यन्त्र किन गरिँदै छ रु साम्राज्यवादको नाइके अमेरिकाले भेनेजुएलालाई टिक्न नदिने गरी प्रयत्न गरेको अहिले मात्र होइन । सम्पूर्ण घेराबन्दी षडयन्त्रको विरुद्ध जनताको बलमा समाजवादको दिशामा उन्मुख हुँदै भेनेजुएलाले त्यहाँको समाजवादी पार्टीको नेतृत्वमा आफ्नो अग्रगमनको यात्रालाई अगाडि बढाइरहेको छ । यसरी त्यहाँ एउटा समाजवादी विचारधारा छ । त्यहाँ एउटा श्रमजिवी वर्गको स्वार्थ छ । समाजवादी विचारधारा र श्रमनिवी वर्ग र पुँजीवादी विचारधारा र साम्राज्यवाद पक्षधरबीचमा ठूलो संघर्ष भइरहेको छ । हामीले के बुझ्नु जरुरी छ भने यो भेनेजुएलामाथिको हस्तक्षेप समाजवादी विचारधारा र श्रमजिवी वर्गमाथिको हस्तक्षेप हो । त्यस्तो सन्दर्भमा हामी कसको पक्षमा लिने रु समाजवादी विचारधारा र श्रमजिवी वर्गको पक्ष लिने कि पुँजीवादी विचारधारा र साम्राज्यवाद र पुँजीवादको पक्ष लिने रु यो हाम्रो लागि गम्भिर महत्त्वको विषय हो । 

भेनेजुएलामाथि किन हस्तक्षेप गरियो त ? साम्राज्यवादको पूँजीवादको विरुद्ध ऊ लड्यो, टिक्न खोज्यो, त्यसैकारणले हस्तक्षेप भयो । त्यसैले यो वर्ग र विचारधाराको लडाइँ पनि हो । यसमा हामी साम्राज्यवाद र पुँजीवादको विरुद्ध समाजवादी विचारधारा र श्रमजिवी वर्गको पक्षको लडाईमा उभिन्छौँ, उभिनै पर्छ । 

चौथो कुरा यो युद्ध र शान्ति कसको पक्षमा उभिने भन्ने कुरा पनि हो । कहिलेकाँही हामीलाई साम्राज्यवादबिरुद्धको युद्ध धेरै पुरानो भयो भन्ने लाग्छ  । लेनिनले परिभाषित साम्राज्यवादबिरुद्धको युद्ध अन्तत युद्ध हो भनेर परिभाषित गर्नुभएको छ । अहिले त्यस्तो स्थिति छैन भने सामान्यतया लाग्छ । किनभने शोषणका रुप र तरिकाहरु नयाँ–नयाँ आएका छन् । अहिले जुन प्रकारको नव उपनिवेशिकरणको प्रक्रिया, नवउदारवादको अर्थतन्त्रको प्रक्रिया अगाडि बढिराखेको छ  । भेनेजुएलाको हस्तक्षेप शान्तिको विरुद्धमा र युद्धको पक्षमा छ । हामी शान्तिको पक्षमा छौँ । 

यिनै चार कारणले गर्दा भेनेजुएलामा भएको हस्तक्षेपको विरुद्ध हाम्रो पार्टी छ । कतिपय कम्युनिष्ट भन्नेहरुले नै भनिरहेको देख्छौँ हामी यति टाढाको देशको बारेमा किन बोल्नुपर्यो ? तर, कुरा नजिक वा टाढाको होइन । कुरा मूल्य र दृष्टिकोणको हो । कुनै पनि देशले अर्को देशलाई हस्तक्षेप गर्न पाउने कि नपाउने ? लोकतन्त्रको पक्षमा उभिने की नउभिने ? हरेक देशका जनताले आफ्नो फौसला आफै गर्न पाउने कि नपाउने ? यो लोकतान्त्रिक ढंगले आफ्नो सरकारलाई निर्वाचित गर्न पाउने पक्षमा छौँ कि छैनौँ हामी ?

एउटा देशले तेस्रो चरणको समाजवाद निर्माणको अभियानको नेतृत्व गरिहेको छ । पहिलो चरणमा त्यतिबेलाका कम्युनिष्ट पार्टीहरुले सफल पार्न सकेनन् । दोसो चरणमा लेनिनको नेतृत्वमा बोल्सेभिक पार्टीको नेतृत्वमा रुसमा समाजवादको स्थापना भयो र  त्यो समाजवादको यात्रा लामो समयसम्म अगाडि बढ्यो र त्यही चरणमा चीन, भेतनाम, कोरिया, क्युवा देशहरुले पनि समाजवादको झण्डा उठाए । समाजवादी अभियानमा अगाडि बढे । भलै पछिल्लो अवस्थामा रुसले नेतृत्व गरेको समाजवाद र त्यही प्रकृतिको समाजवाद ढल्यो । तर दोस्रो चरणको समाजवादले विश्वमा समाजवादको ठूलो महाअभियान अगाडि बढ्यो । त्यो समाजवादको अभियान मात्र थिएन, साम्राज्यवाद विरुद्धको पनि अभियान थियो । त्यसपछाडी विशेषत १९९० को दशकमा सोभियत संघको पतन त्यहाँको विघटन र पतन दुवै भयो । समाजवादको पतन र सोभियत संघको बिघटन भएर पूर्वीय देशहरुमा पनि समाजवादी सत्ताको पतन भयो । त्यसपछाडि पनि कसरी समाजवादलाई अगाडि बढाउने भन्ने सन्दर्भमा थुप्रै देशमा नयाँ पहल भइरहेको छ । भेनेजुएला त्यस्तो देश हो जुन देशमा ह्युगो चाभेजको युनाइटेड सोसलिस्ट  पार्टीको नेतृत्वमा समाजवादको नयाँ अभियान अगाडि बढ्यो । अहिले हाम्रो देश नेपाल नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा समाजवाद निर्माण गर्ने अभियानमा अगाडि बढ्न खोज्दै छ । तर तेस्रो चरणमा मैलिक ढङ्गले समाजवादको झण्डा उठाउने र समाजवादकै बाटोमा अगाडि बढ्ने घोषणासहित साम्राज्यवाद र पुँजीवादविरुद्ध ठूलै लडाई गरेर अगाडि बढ्ने देश भेनेजुएला हो । त्यसकारण त्यो विचारधारा बोक्ने वर्गको पक्षमा उभिने कि नउभिने ? 


लेनिनिले भन्नुभएको छ, ‘कुनै पनि क्रान्तकारीले यदि आफूलाई शुद्ध क्रान्तिकारी ठान्छ र शुद्ध क्रान्तिको कल्पना गर्छ भने त्यसले कहिले क्रान्ति देख्न पाउँदैन किनभने शुद्ध क्रान्ति कहिले पनि हुँदैन ।’

ठूलो द्वन्द्व पछि हामी शान्ति प्रक्रियामा आएका छौँ । अब हामी शान्ति चाहन्छौँ । विश्वमा साम्राज्यवादले युद्ध थोपर्न खोज्छ भने युद्धको विरुद्ध र शान्तिको पक्षमा हामी उभिन्छौँ । ‘कु’ को प्रयत्न र साम्राज्यवादी षडयन्त्र र हस्तक्षेपको विरुद्ध दृढतापूर्वक उभिन्छौँ । भेनेजुएलामा संवैधानिक रुपले निर्वाचित समाजवादी पार्टीको सरकारको पक्षमा हामी छौँ र हामी ऐकबद्धता प्रकट गर्न चाहन्छौँ ।

भेनेजुएलालाई किन यति धेरै महत्व दिनुपर्ने प्रश्न पनि छ । भेनेजुएला साम्राज्यवाद र पुँजीवादको पनि विरुद्धमा छ र समाजवादको पक्षमा छ । भेनेजुएला आफ्नै ढङ्गले समाजवादी क्रान्तिको प्रक्रियामा अगाडि बढिरहेको देश हो । हामीले बनिबनाउ सुत्रको आधारमा मात्र क्रान्तिको मूल्याङ्कन गर्न मिल्दैन । क्रान्तिको ऐतिहासिक वस्तुगत नियमहरु छन् । भौतिकवादी नियमहरुको आधारमा हामीले विश्लेषण र संश्लेषण गर्नुपर्ने हुन्छ, कुनै सुत्रहरुको मात्र आधार होइन । त्यसकारण भेनेजुएलामा लेनिनले भन्नुभएको जस्तो कुनै शुद्ध कम्युनिष्ट पार्टीको नेतृत्वमा क्रान्ति हुने र सम्पूर्ण राज्ययन्त्रका संरचनाहरु कम्युनिष्ट पार्टी नेतृत्वको शक्तिले कब्जा गरिसकेपछाडि सत्ताको गुणात्मक रुपान्तरण हुने र शक्ति सम्पन्न हुने प्रक्रियालाई हुबहु हामीले त्यहाँ देख्न पाउँदैनौँ । ह्युगो चाभेजको नेतृत्वको पार्टी आफैमा कम्युनिष्ट पार्टी होइन । त्यो समाजवादी पार्टी हो । त्यसकारणले खाली क्रान्तिलाई शुद्धतामा हेर्ने र शुद्ध क्रान्तिको कल्पना गर्ने काम गर्यो भने त्यो गल्ती हुन्छ । भेनेजुएला समाजवादी क्रान्तिकै पक्षमा छ । आफ्नै मोडेलको आफ्नै ढङ्गबाट अगाडि बढिराखेको छ । 

लेनिनिले भन्नुभएको छ, ‘कुनै पनि क्रान्तकारीले यदि आफूलाई शुद्ध क्रान्तिकारी ठान्छ र शुद्ध क्रान्तिको कल्पना गर्छ भने त्यसले कहिले क्रान्ति देख्न पाउँदैन किनभने शुद्ध क्रान्ति कहिले पनि हुँदैन ।’ भेनेजुएलालाई पनि हामीले त्यही अनुसार बुझ्नुपर्छ । समाजवादी प्रक्रिया अगाडि बढिरहेको छ तर हामीले सोचे जस्तो समाजवाद स्थापित भइकेको छैन । समाजवादको महान लक्ष्यलाई केन्द्रविन्दुमा राखेर समाजवाद उन्मुख कदमहरु चालिएका छन् । 


ह्युगो चाभेजले कसरी अगाडि बढेर यो समाजवादको यात्रा तय गरे ? यसबाट हामीले धेरै शिक्षा लिन सकिन्छ ।  ह्युगो चाभेज  सेनामा थिए । उनले त्यहाँको शोषण र राज्यसत्ताको विरुद्ध लोकतन्त्रको पक्षमा विद्रोह गरे । विद्रोह असफल भइसकेपछि सन् १९९२ मा उनी पक्राउ परे। १९९४ मा उनी जेलबाट छुटे । त्यसपछि पार्टी निर्माणको प्रक्रिया अगाडि बढाए । सन् १९९८ मा राष्ट्रपतिको निर्वाचन भयो । निर्वाचनमा बैधानिक ढङ्गले निर्वाचित भए । त्यहाँको राष्ट्रपति भइसकेपछि पनि उनलाई घेराबन्दी गर्ने काम जारी रह्यो । असफल गर्ने प्रयत्न जारी रह्यो । सन् २००२ मा ‘कु’ को असफल प्रयत्न भयो । सेनाको एउटा  सानो हिस्सा विभिन्न साम्राज्यवादको पुच्छर बनेर त्यहाँ ‘कु’ को प्रयत्न भएको थियो । सबै जनता सडकमा उत्रेर चाभेजको पक्षमा आफूलाई उतारे । सन् २००२ देखि २००४ सम्म गृहयुद्धको जस्तै अवस्था भयो । ‘कु’ लाई असफल पार्न जनता र प्रतिक्रान्तिको विरुद्ध झडप भइरह्यो । अन्ततः आम जनताको ठूलो समर्थनले ‘कु’ लाई असफल पारियो । अन्त्यमा जनमत संग्रह गरियो । जनमत संग्रहको चुनौती सामना गरेर फेरी राष्ट्रपति बनेर चाभेजले साढे चौध वर्ष चाभेजले भेनेजुएलाको नेतृत्व गरे । 


चाभेजले कसरी पार्टी स्थापित गरेर अभियान अगाडि बढाए भन्ने कुरा पहिले बुझ्नुपर्छ । चाभेजले के भने भने आफूहरुले भनेको समाजवाद साम्राज्यवाद र पुँजीवादकै रक्षाका निम्ति समाजवादको खोल ओढाइएको प्रजातान्त्रिक समाजवाद वा लोकतान्त्रिक समाजवाद होइन । मानिसलाई धेरै भ्रम छ । चुनाव लडेर आएको र केही सुधारको काम गरेको तर कम्युनिष्ट पार्टीको रुपमा आफूलाई  माक्र्सवादी भनेर घोषणा नगरेको र पूरै सम्पत्ति माथिको निजी स्वामित्व अन्त्य नगरिसकेको कारणले गर्दा चाभेज र त्यहाँको समाजवादी पार्टी लोकतान्त्रिक  समामाजवादको पक्षधर हो कि भन्ने कतिपयलाई भ्रम छ । तर, त्यो होइन । चाभेजले प्रष्ट रुपमा आफूहरुको समाजवाद साम्राज्यवाद र पुँजीवादविरुद्धको समाजवाद हो भनेर भन्नुभएको थियो । तर उहाँले के पनि भन्नुभयो भने सोभियत संघमा जुन मोडेलको समाजवाद स्थापित भएको थियो, ठ्याक्कै त्यस्तो पनि होइन । त्यही समाजवादको यात्रामा भेनेजुएलालाई अगाडि बढाउन प्रयत्न गर्नुभयो । ‘हामीले त्यस्तो समाजवादको कल्पना गरौँ जसले डेमोक्रेसीमा पनि बेस्ट डेमोक्रेसी दिन्छ र पुँजीवादलाई परास्त गरेर समाजकेन्द्रित अर्थ प्रणाली स्थापित गर्छ,’ भन्ने वहाँको भनाई थियो । 


‘तपाईं किन माक्र्सवादी नहुनुभएको भनेर ? ,’ सोध्दा उहाँले भन्नुभयो, ‘मैले आफूलाई माक्र्सवाद भन्नलाई माक्र्सवादको दह्रो अध्ययन गरेको छैन ।’ हामीले समाजवादको रणनीतिक लक्ष्य र अहिलेको समाजवाद उन्मुख समृद्धिको लक्ष्यलाई भुल्यौँ भने हामी कम्युनिष्ट नै बाँकी रहदैनौँ । कम्युनिष्टहरुले कम्युनिष्ट कर्म नै नगर्ने हो भने कम्युनिष्ट नै चाहिँदैन  । त्यसैले नाममात्रको कम्युनिष्ट हुनुभएन । हामी सच्चा कम्युनिष्ट नै भएर अगाडि बढ्नुपर्छ ।

हामी माक्र्सवादको दुई चारओटा लाइन रटेपछि माक्र्सवादी भइहाल्छौँ । त्योभन्दा पनि अर्को महत्वपूर्ण वहाँले भन्नुभयो, ‘यसले हामीलाई जडसुत्रवादबाट बचाउन सहयोग गरेको छ । माक्र्सवादी भइसकेपछि माक्र्सले के–के भनेको छन् त्यही सत्य हुने, बेठीक भए पनि ‘बुढोले भन्देको’ कुरा भन्नुपर्ने । हामी त्यस्तो समाजवादी हौँ । माक्र्सवादको मूलभूत कुरालाई आत्मसाथ गर्छौँ । तर आफूलाई माक्र्सवादी र कम्युनिष्ट नभनेको हुनाले त्यसका गल्ती र कमजोरीबाट सजिलै मुक्त हुन सक्छौँ । त्यो भन्दा बाहिर पनि राम्रा कुरा छन् भने हामी त्यसलाई सहजै आत्मसाथ गर्न सक्छाँै । त्यसैले यो कारण हामी जडसुत्रवादी भएनौँ । माक्र्सवादको सकारात्मक सबै कुरालाई आत्मसात गर्ने र माक्र्सवादभन्दा बाहिर हिजो कम्युनिष्टहरुले विरोध गरेका कतिपय सकारात्मक चिजहरुलाई पनि हामीले आत्मसाथ गर्न सक्छौँ ।’ त्यही अनुसार उहाँले समाजवादी धारामा आफूलाई अगाडि लैजान प्रयत्न गर्नुभयो । साम्राज्यवादी अमेरिकाको नाकै साढे चौध वर्ष पेचिलो सङ्घर्षको बीचमा समाजवाद उन्मुख राज्य सञ्चालन गरेर समाजवादको खुला लक्ष्य घोषणा गरेर अघि बढ्नुभयो  । आज निकोलास मडुरो पनि त्यही ढङ्गले अगाडि बढिरहनुभएको छ र उहाँले पनि समाजवादकै पक्षमा आफूलाई उभ्याउनु भएको छ । समाजवादी पार्टीले पनि आफूलाई समाजवादकै पक्षमा उभ्याएको छ । चाभेजको उत्तराधिकारी निकोलस माडुरोलाई जनताले निर्वाचित गरेका छन् । त्यसैले साम्राज्यवाद र पुँजीवादी शक्तिहरु उनको सत्ताको विरुद्धमा धावा बोलिरहेको छ । त्यो वास्तवमा समाजवादी विचारधारा र समाजवादी यात्राको विरुद्ध हमला हो । त्यसकारणले हामीले यसलाई गम्भिरतापूर्वक बुझ्न जरुरी छ । 


भेनेजुएलमा एउटा निर्वाचित सामुदायिक परिषद् छ जसले त्यहाँको सम्पूर्ण तलको कामहरुको नेतृत्व गर्छ । अर्को प्रतिक्रान्ति, साम्राज्यवाद र पुँजीवाद विरुद्ध एउटा शक्तिको रुपमा बोलिभोरियन कमिटी भनेर गठन गरिएको छ । एउटा सम्पूर्ण जनताहरको परिषद छ जसलाई कम्युनिटी काउन्सिल भनिन्छ । यसले सम्पूर्ण जनताको आवश्यकता पुरा गर्ने काम हेर्छ । बोलिभेरियन कमिटीको रुपमा तल एउटा कमिटी छ जसले युवा शक्तिलाई संगठित गरेको छ । 


तलैबाट समाजवादको रक्षा गरेर माथिबाट सेनासहित राज्यको सम्पूर्ण अङ्गहरुमा क्रान्ति गरिएको छ  । त्यो नमुना पनि हो । त्यहाँ हामी जस्तो सशस्त्र संघर्षबाट क्रान्ति अघि बढेको होइन । शान्तिपूर्ण बाटोबाट अगाडि बढेर पनि भेनेजुयली सेनामा क्रान्ति गरिएको छ जसले उनीहरु पनि समाजवादको पक्षमा उभिएका छन् । कसरी सेनाको क्रान्तिकरण भयो ? कसरी राज्यका सबै अंगको मूलभुत रुपमा क्रान्तिकरण गरियो ? यो सिक्न भेनेजुएलालाई हेर्नुपर्छ । 

त्यतिमात्र होइन विश्व बैंकको विरुद्ध छुट्टै अर्थ संरचना खडा गर्ने पहल पनि त्यहाँ गरिएको छ । यो सबै प्रक्रियाबाट अगाडि बढ्ने क्रममा जसरी चाभेजको निधन भयो । उहाँको निधन भइसकेपछि जनताबाट निर्वाचित भएर समाजवादी नेतृत्वकै अभियान थाल्ने निकोलस मडुरोको सरकार छ । सरकारलाई अपदस्त गर्ने प्रयत्न धेरै पटक गरियो । तर, त्यहाँका जनताले त्यसलाई असफल पारेका छन् । हामी भेनेजुयली जनताको सह्राना गर्दै त्यसप्रति ऐक्यबद्धता प्रकट गर्दछौँ । 


सम्वाद डबलीमा आयोजित भेनेजुएलासँग ऐक्यवद्धता शीर्षकको अन्तक्रियामा नारायणकाजी श्रेष्ठद्वारा व्यक्त विचारको सम्पादीत अंश । 




Related Pictures:













Related News:

उपलब्धिको रक्षा र समृद्धिका लागि जुटनुपर्छ स् माधव नेपाल - 2019-08-17

संविधान संशोधनको सर्तमा दुई तिहाइ पुर्‍याउन सत्तामा गएका हौं : उपेन्द्र यादव - 2019-08-17

पार्टी एकता नगरेको भए विकल्पहरू रहिराख्थे कि! : प्रचण्ड - 2019-08-17

कांग्रेस र कम्युनिस्ट पुराना पार्टी : अध्यक्ष भट्टराई - 2019-08-16

नेकपाका विभाग प्रमुखहरु (सूचीसहित) - 2019-08-16





पुष्पलालको प्रण र हाम्रो बर्तमान - 2019-07-23

लोककृष्ण भटराइ:नेपाली जनताका महान नेता चर्चित लोकतान्त्रिक विचारक, प्रगतिशीलता र कम्युनिष्ट आन्दोलन र विचारका संस्थापक नेता पुष्पलालको जन्म रामेछाप जिल्लाको भँगेरी गाउँमा वि.संं.१९८१ आषाढ १५ गते भएको थियो । यिनी त्यसबेलाका राणाशासन गौँडा हाकिम भक्तलाल श्रेष्ठका छोरा थिए । यिनको बाल्यकाल रामेछाप, ओखलढुङ्गा र सिन्धुपलाञ्चोकमा यिनका बुवाको जागिरको सिलसिलामा सरूवा हुँदा बितेको थियो ।

नेपाल द्वन्द्वतिर फस्ने खतरा - 2019-07-14

वीरेन्द्र शाह;जनयुद्धका उपलब्धिहरू संस्थागत नहुँदै र शान्तिप्रक्रियाका सबै कार्यभार नटुङ्गिँदै मुलुक फेरि किन अर्को द्वन्द्वतिर अगाडि बढ्यो ? वर्तमान नेपालको समग्र चित्र हेर्दा आम सर्वसाधारणहरूमा असन्तुष्टिहरू बढ्दै गैरहेका छन् । नेपाली जनताले संविधानको निर्माणपछि जुन अपेक्षा गरेका थिए त्यसको ठीक विपरीत देशको राजनीति अगाडि बढिरहेको छ

सर्लाही हत्याकाण्डको नालीबेली - 2019-07-14

अनिल शर्मा ‘विरही’:सर्लाही, लालबन्दी नगरपालिका १, लखन्तीमा असार ५ गते नेपाल कम्युनिस्ट पार्टी सर्लाहीका जिल्ला इन्चार्ज कमरेड कुमार पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर, अङ्गभङ्ग बनाएर हत्या गरेपछि छेउमा कटुवा पेस्तोल राखी फोटो खिचेर त्यो फोटो केही आफूनिकट सञ्चारमा सुटुक्क सम्प्रेषण अथवा सार्वजनिक गरेको छ ।

संघीयता खारेज हुने बाटोमा लाग्यो - 2019-06-30

कृष्णप्रसाद सिटौलामैले नेपालको राजनीतिक परिस्थिति राम्रो देखेको छैन। के कारणले ठ्याक्कै भन्न सक्दिनँ। परिवर्तनपछिको यो संवैधानिक व्यवस्थामाथि नै प्रहार हुन खोजेको, त्यसलाई नै उल्टाउन खोजेको, पछाडितिर फर्काउन खोजेकोजस्तो भान हुन थालेको छ।

लोकसेवाको विज्ञापन गैरकानुनी - 2019-06-19

प्रचण्ड: स्थानीय तहमा कर्मचारीहरुको माग गर्दै लोक सेवाले निकालेको विज्ञापन पार्टीभित्र पनि, संसदको समितिहरुभित्र पनि छलफल चलिराखेकै विषय हो । म आफैं पनि राज्यव्यवस्था समितिको सदस्य छु । त्यसो भएको हुनाले स्वाभाविकरुपले राज्य व्यवस्था समितिका पदाधिकारीहरु मसँग आएर के गर्ने, कसो गर्ने भन्ने सल्लाह भइराखेको छ ।

विभागहरुको प्रमुख, जिल्ला इञ्चार्ज र सहइञ्चार्ज तोक्ने विषयमा नेकपा भित्र किचलो - 2019-06-01

प्रचण्डको दोहोरो भूमिकाबाट भने नेपाल, खनाल र श्रेष्ठ आजित दुई पार्टी नेकपा एमाले र माओवादी केन्द्रका बीच एकता भएको एक वर्ष वितिसक्दा पनि पार्टीको सबै तहमा एकता हुन सकेन । जिल्ला अध्यक्ष तथा सचिव टुंगो लागेपनि पार्टीको विभिन्न विभागहरुको गठन, पोलिव्यूरो, तथा जिल्ला इन्चार्ज तथा सह इन्जार्ज जस्ता पदहरुमा कस्लाई मनोनयन गर्ने भन्ने विषयले अहिलेसम्म टुंगो पाएन ।

उठेको पैसा खाने, विकास गर्न ऋण लिने ? - 2019-05-30

डा. विश्व पौडेल: जति राजस्वको लक्ष्य छ, लगभग त्यति नै चालु खर्चका लागि छुट्याइएको छ । यो कर उठाएर खाएर सक्ने प्रवृत्ति हो । उठेको राजस्व चालु खर्चमा लगाउनु भनेको एकदमै खराब अभ्यास हो । पुँजीगतभन्दा चालु खर्चलाई जोड दिने बजेटलाई आदर्श बजेट मानिँदैन ।

गणतन्त्रको एक दशक: व्यवस्था बदलियो, संस्कार बदलिएन - 2019-05-29

जनकराज सापकोटादशक लामो माओवादी सशस्त्र द्वन्द्व, पटक–पटकका सडक संघर्ष र जनआन्दोलनका बलमा स्थापना भएको गणतन्त्रले समाजका विधि र व्यवस्था परिवर्तन गर्‍यो । गणतान्त्रिक व्यवस्थाअनुसार नागरिकको हैसियत, स्वभाव र चेतनास्तरचाहिँ कति बदलियो त ? भारतको नयाँदिल्लीस्थित साउथ एसियन युनिभर्सिटीमा समाजशास्त्र विभागमा अध्यापनरत चूडामणि बस्नेतको ठम्याइ छ, ‘व्यवस्था बदलिए पनि नेपाली राजनीति उस्तै छ । त्यसैले जनताको स्वभाव परिवर्तन भएको छैन ।’ संस्थागत संरचनाहरूमा बदलाव आएको तर तिनीहरू सानो समूहले मनपरी गर्न पाउने हिसाबले निर्माण भएको उनी बताउँछन् । ‘नियम र विधि उल्लंघन प्रवृत्तिका रूपमा स्थापित भएको छ’ उनी भन्छन्, ‘यस्तो प्रवृत्ति २०६२ र ६३ को जनआन्दोलनपछि झनै बढेको छ ।

गणतन्त्रको एक दशक :ओझेलमा सामन्तवाद, साम्राज्यवाद विरूद्वको लडाई - 2019-05-28

एकलाल श्रेष्ठसाना साना सामान्ती गणराज्यवाट एकात्मक सामान्ती राज्यको स्थापना संगै निरंकुश र शक्तिशाली बन्दै गएको नेपालको सामान्ती निरंकुश राजतन्त्र पूर्ण रूपले पतन भएको ११ वर्ष पुरा भएको छ । यसको संगै राजतन्त्र सँग जोडिएका एकात्मक राज्य, संघात्मक राज्यमा हिन्दु धर्म सापेक्ष राज्य धर्म निरपेक्षमा र दरवार वरिपरीका ठूला जात तथा वर्गले मात्र पहुँच राख्ने राज्यको निती निर्माण तहमा समाजका सवै जातजातीवाट समावेश गरिने समावेशी राज्य व्यवस्थामा मुलुक परिर्वतन भएको छ । उपलब्धीको दृष्टीले यो नेपालको अहिलेसम्मकै सवैभन्दा महत्वपूर्ण परिर्वतन हो । झण्डै ६ दशक लामो नेपाली प्रजातान्त्रिक आन्दोलनको विभिन्न उत्तारचढावसंगै पटक पटक भएका वामपन्थी तथा प्रजातान्त्रिक शक्तिहरूको संयूक्त जनआन्दोलन नै यो महत्वपूर्ण उपलब्धीको मुख्य श्रोत हो ।

नयाँ नेपालको लागि वैकल्पिक अभियान - 2019-05-15

नवराज दाहाल: विश्व राजनितिक मञ्चमा पछिल्लो समय नया तरंगहरु देखा पर्न थालेका छन् । परम्परा देखी शासन सत्तामा रहि आएका राजनितिक दलहरु भन्दा फरक सैली सोच राख्ने राजनैतिक शक्तिहरु अर्थात पूँजीबाद र साम्यवादी भन्दा फरक दर्शन र मान्यता बोकेका राजनैतिक पार्टीहरु स्थापित हुने क्रम चलिरहेको छ । भन्ने गरिन्छ पृथ्वीमा डाइनोसर र जिराफ भन्ने जिव संग संगै अस्तित्वमा आएका थिए ।

अन्तर्राष्ट्रिय मजदुर दिवस - 2019-05-01

मे १ अर्थात अन्तर्राष्ट्रिय श्रमिक दिवस । सवा सय वर्ष अगाडि आफ्नो अधिकारका लागि मजदुरहरुले बिद्रोह गरेको दिनको सम्झनामा विश्वभरि यो दिवस मनाउने गरिन्छ । आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको माग गर्दै अमेरिकाको सिकागो शहरका मजदुरहरुले मे १ सन् १८८६ मा आमहड्ताल आह्वान गरेको दिनको सम्झनामा हिजो आइतबार यो दिवस मनाइयो । अमेरिकी मजदुरहरुले आह्वान गरेको यो निर्णायक आमहड्तालमा कैयौंलाई फाँसी दिइयो, हजारौं घाइते भए ।

लोकतन्त्रको १४ वर्ष: ओझेलमा उपलब्धि - 2019-04-24

डेढ दशक लामो प्रजातान्त्रिक कालखण्डको भ्रष्टाचार र बेथितिप्रति प्रायश्चित्त गर्दै प्रमुख दलहरूले त्यस्तो गल्ती नदोहोर्‍याउने प्रतिबद्धता जनाएका थिए । सशस्त्र संघर्षको माध्यमबाट राजनीतिको मूलधारमा आएको तत्कालीन माओवादीले आफ्नो प्रमुख नारामा भ्रष्टाचारविरोधी विषयवस्तु समावेश गरेको थियो । तर केही वर्षमै यी भाषण र प्रतिबद्धता झूटा सावित भए ।

दोषीलाई उन्मुक्ति कहिलेसम्म ? - 2019-02-27

कञ्चनपुरको निर्मला हत्या काण्डमा नराम्ररी चुकेको सरकार त्यसका दोषीलाई कानूनी कठाघरमा उभ्याउनुभन्दा पनि अझ किस्ताबन्दीमा एकपछि अर्को गल्ती दोहोर्याउदै आउँनुमा सरकारबाट निर्मलाका परिवारले न्याय पाउनेमा शङ्का उब्जिएको छ ।

भारत-पाकिस्तान विभाजन र घटनाक्रम - 2019-02-27

सन् १९४७ मा ब्रिटिश शासनबाट मुक्त भएसँगै भारत र पाकिस्तान छुट्टिएर नयाँ स्वतन्त्र राष्ट्र बने । स्थापना कालदेखि नै यी दुई छिमेकी देशबीच कहिल्यैपनि सम्बन्ध सुमधुर हुन सकेन। सम्बन्धमा तिक्तताको केन्द्रमा सधैँ कश्मीर रह्यो । यस अवधिमा दुई देशबीच कैयौँ यस्ता घटना भए जसले कहिले युद्ध नै निम्त्यायो त कहिले चर्को तनाव ।

‘पर्ख र हेरको नीति’मा राजपा - 2019-02-09

‘सत्ताका लागि जस्तोसुकै निर्णय र सम्झौता गर्न पछि नपर्ने’ जस्ता आरोप खेपिरहेका मधेश केन्द्रित दल अहिले सत्ता वा सङ्घर्षको अलमलमा रहेको देखिन्छ। सम्झौतालाई भर्‍याङ बनाएर सरकारमा पुग्ने तर काम नगर्ने परिपार्टी विगतकै रोग हो। मधेशका मुद्दामा बेइमेल मात्र हैन सरकारमा जाने होडबाजी र दाउपेचका साथै अन्तरपार्टी र पार्टीभित्रकै तादम्यता नहुँदा मधेश केन्द्रित दल कमजोर बन्न पुगेको हो कि! भन्ने अनुमान लगाउन थालिएको छ।

एकीकृत पार्टीमा ओलीले एकलौटी गरे - 2019-02-09

सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘अर्को माओवादी जमिन्छ’ भन्ने अभिव्यक्ति दिएपछि नेपाली राजनीतिमा नयाँ तरंग आएको छ । भेनेजुएला प्रकरणमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग जुहारी चलिरहेका बेला अर्का अध्यक्ष प्रचण्डले सार्वजनिक मञ्चमै ‘माओवादीलाई सिध्याइयो, जे गरेपछि हुन्छ भन्ने ठाने अर्को माओवादी जन्मन्छ’ भनेका हुन् ।

भेनेजुएलामाथि अमेरिकी हस्तक्षेप बारे - 2019-02-06

संवैधानिक र लोकतान्त्रिक रुपमा निर्वाचित राष्ट्रपति निकोलास मडुरोको सरकारको विरुद्धमा भेनेजुएलामा अमेरिकी साम्राज्यवादको योजनामा जुन राज्य विप्लवको प्रयत्न भइरहेको छ, त्यो मुलत असफल भैसकेको छ । तर पनि त्यसलाई अझै अगाडि बढाउने प्रयत्न जारी छ । त्यसको विरुद्धमा हाम्रो पार्टीको तर्फबाट अध्यक्ष प्रचण्डले वक्तव्य दिइसक्नुभएको छ । सरकार पनि भेनेजुएलामा बाह्य हस्तक्षेप विरुद्ध उभिइसकेको स्थिति छ ।

भेनेजुयला ब्रिफिङ : भएको के हो? - 2019-02-05

काठमाडौ,(प्रस): झन्डै २ साताअघि नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले वक्तव्य जारी गर्दै अमेरिकाको कडा आलोचना गरेपछि नेपाली राजनीतिक वृत्तमा दक्षिण अमेरिकी मुलुक भेनेजुयाला पसेको छ।

नेपाल-अमेरिका सम्बन्ध थप पेचिलो - 2019-02-03

भेनेजुएला प्रकरणबारे नेकपा अध्यक्ष पुष्पकमल दाहालले दिएको वक्तव्यबाट एकाएक चिसिएको नेपाल–अमेरिका सम्बन्ध थप पेचिलो बनेको छ । अमेरिकी सरकारले दाहालको वक्तव्यलाई लिएर नेपाल सरकारको ध्यानाकर्षण गर्न वासिङटन डिसीस्थित नेपाली राजदूत अर्जुन कार्कीलाई विदेश मन्त्रालयमा बोलाएर प्रस्टीकरण लिएको छ ।

नक्कली र सक्कली सहिद ! - 2019-01-30

सहिद त्यो हो, जसले देश र नागरिकको हितमा आफ्नो जीवन अर्पण गर्दछ, समर्पण गर्दछ । तर, यहाँ त कुनै समूहको स्वार्थका लागि भिडन्त गर्दा मरेकालाई पनि सहिद घोषणा गरिएको छ । यतिसम्म कि, सहिदलाई ‘१० लाख रुपैयाँको व्यापार’ जस्तो बनाइएको छ ।

मैले भोगेको युपिएफ र एसिया प्यासिफिक सम्मेलन - 2018-12-09

नवराज दाहाल: भर्खरै एसिया प्यासिफिक सम्मेलन नेपालमा सम्पन्न भएको छ । सम्मेलन पूर्व र सम्पन्न भए पश्चात यसबारे धेरै चर्चा परिचर्चा सुनिन आएको छ । लाग्दछ ठुलो भुकम्प पछीको पराकम्प जस्तै एसिया प्यासिफिकको पराकम्पनहरु गइनै रहेका छन् । कार्यक्रमको बारेमा सकारात्मक र नकारात्मक टिप्पणीहरु सुन्नमा आइरहेका छन् ।










Powered by: Exclusively Solution