अनौठो संसार




मरेका गैंडाको नमूना परीक्षण गर्न विदेश पठाइँदै


चितवन,(रासस):

चितवन राष्ट्रिय निकुञ्ज र आसपासका वन क्षेत्रमा अस्वभाविक रूपमा गैंडा मर्न थालेपछि मरेका गैंडाको नमूना परीक्षण गर्न विदेश पठाउने तयारी गरिएको छ। गैंडाको मृत्युको कारण खोजी गर्न नमूना परीक्षणका लागि विदेश पठाउन लागिएको हो। 

चालू आवको हालसम्म २९ गैंडा मरेका छन्। निकुञ्ज विभागले प्राकृतिक कारणले गैंडा मर्ने क्रम बढेपछि अनुसन्धानका लागि समिति बनाएर काम अगाडि बढाएको हो। निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार पछिल्लो एक महिनामा मरेका सात गैंडा फेला परेका थिए। वर्षातको बेलामा कालगतिले मरेका तर हाल फेला परेका धेरै भएको उनले बताए। 

प्राकृतिक कारणले मरेकामध्ये निकुञ्जभित्रका २८ र जिल्ला वन कार्यालयअन्तर्गत एउटा रहेको छ। निकुञ्जभित्र प्राकृतिक कारणले मरेकामा भाले भाले जुधेर, ढिस्कोबाट लडेर, बच्चा पाउन नसकेर, दलदलमा फसेर र बूढो भएर कालगतिबाट, बाघले खाएर, रोगका कारण रहेका छन्। जिल्ला वनअन्तर्गतको पञ्चकन्या सामुदायिक वनमा जुधेर एउटा गैंडा मरेको छ। 

कालगतिले बाहेक निकुञ्जमा मरेका गैंडा १५ देखि २५ वर्ष उमेरका रहेको घिमिरेले बताए। गैंडाको औसत आयु ६० वर्ष हुन्छ। निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले अस्वभाविक ढङ्गबाट गैंडा मर्न थालेपछि रोगका कारण मरेका चारसहित अन्यको नमूना परीक्षणका लागि स्वदेश र विदेशका प्रयोगशालामा पठाउने तयारी गरिएको बताए। उनका अनुसार मरेका गैंडाको महत्त्वपूर्ण अंग सुरक्षित राखिएको छ।

ती अंगलाई बाहिर पठाएर मृत्युको कारण पत्ता लगाउने तयारी गरिएको छ। 

ठूलो सङ्ख्यामा गैंडा भएकाले महामारीको रूपमा रोग भित्रिन नपाओस् भन्नका लागि समयमै सतर्कता अपनाउने तयारी गरिएको हो। निकुञ्जका प्राविधिक पुरुषोत्तम पाण्डेका अनुसार मरेका र नसढेका गैंडाको मुटु, कलेजो, पित्त, मिर्गौला, मूत्रथैली, रगतलगायतका नमूना डिपफ्रिज र इथानोल अल्कोहलमा सुरक्षित राखिएको छ। मरेपछि कुहिएको अवस्थामा भेटिएका गैंडाको छाला सुरक्षित राखिएको छ। 

अघिल्लो वर्षको बाढीले गैंडाको समूहलाई तितरबितर बनाएपछि प्राकृतिक कारणले बढी गैंडा मरेको ढकालले बताए।

गत वर्ष प्राकृतिक कारणले २५ गैंडा मरेका थिए। पूर्वका गैंडा पश्चिम पुगेपछि एकै क्षेत्रमा बढी गैंडा हुँदा पनि समस्या भएको हो। स्थानान्तरणका क्रममा पोथी गैंडा बढी पठाएपछि भालेको सङ्ख्या बढी हुँदा पनि जुधेर मर्ने क्रम बढेको ढकाल बताउँछन्। 

स्थापनाताका २० प्रतिशत घाँसेमैदान रहेको निकुञ्जमा हाल १० प्रतिशत मात्रै घाँसेमैदान छ। त्यसमा पनि बजेट अभावमा हरेक वर्ष १०० हेक्टर हाराहारी व्यवस्थापन गरिँदै आएको छ। अन्य घाँसेमैदान व्यवस्थापन गर्न नसक्दा पनि गैंडालाई समस्या भएको छ। गैंडालाई पानीका लागि तालतलैया सुक्दै गएपछि यस वर्ष ४० नयाँ ताल खन्नका लागि बोलपत्र आह्वान गरी ठेक्का दिइएको छ। हालसम्म निकुञ्जमा ६० ताल छन्। नदीमा सोझै ढल र फोहोर मिसाउँदा प्रदुषित भएर पनि गैंडा प्रभावित बनेका छन्। 

निकुञ्जको तथ्याङ्कअनुसार सन् २०१४ मा आठ, २०१५ मा १५, २०१६ मा १४ र सन् २०१७ मा २४ गैंडा प्राकृतिक कारणले मरेका थिए। हालसम्म प्राकृतिक कारणले सबभन्दा बढी मर्ने क्रम यस वर्ष देखिएको छ। यसअघि चोरीशिकारीबाट सबभन्दा बढी सन् २००२ मा ३६, सन् २००३ मा ३०, सन् २००५ मा १६ र सन् २००० मा १५ गैंडा मारिएका थिए । पछिल्लो समय चोरीशिकारीबाट मारिने क्रम घटेर गएको छ । चोरीशिकारीबाट गैंडा नमरे पनि प्राकृतिक कारणबाट मर्नेको सङ्ख्या बढेपछि चिन्ता व्यक्त गरिएको छ। निकुञ्जमा सशस्त्र द्वन्द्वको समयमा धेरै गैंडा चोरीशिकारीबाट मारिएका थिए । पछिल्लो गणनाअनुसार निकुञ्जमा ६०५ गैंडा छन् । चालू आर्थिक वर्षमा पुनः गैंडाको गणना गरिँदै छ । 




Related Pictures:













Related News:

वाइडबडी बिमान बारे अख्तियारले बोलायो विदेशी कम्पनी, सात दिनभित्र उपस्थित हुन निर्देशन - 2019-04-18

राष्ट्रसंघलाई सरकारको जवाफ : हाम्रो क्षमतामा विश्वास गर्नुस् - 2019-04-18

सेनाले बनायो आचार संहिता - 2019-04-18

सञ्जेलको चुनौती : भ्रष्टाचार भेटिए झुण्ड्याइदिनू - 2019-04-18

सञ्जेललाई अख्तियारको पत्र - 2019-04-17





यौन पेशा परिवर्तन गर्न चाहन्छन् वादी महिला - 2019-04-05

यौन पेशालाई प्रतिस्थापन गर्न नसकेको प्रदेशसभा सदस्य उमादेवी वादीको भनाइनेपालको कानूनले यौन पेशालाई गैरकानूनी व्यवसाय मानेको छ । त्यही भएर यौन पेशामा लाग्ने पुरुष तथा महिलाहरु लुकी लुकी यौन व्यवसाय सञ्चालन गर्दै आएका छन् । देशका प्रमुख शहरहरु काठमाडौं, भक्तपुर, ललितपुर, बुटवल, पोखरा, धरान, नेपालगञ्ज, धनगढी, विराटनगर लगायतका होटल तथा लजहरुमा यौन धन्दा लुकिछिपी रुपमा वर्षौदेखि सञ्चालन हँदै आएको पटकपटक समाचारहरुमार्फत बाहिरिएको छ ।

किरियापुत्री भेट्न जाँदा मन्त्रीको घाँटीमा माला - 2019-03-24

विराटनगर,(प्रस): ‘किरियापुत्री भेट्न जाँदा नी माला मोहले छाडेन छ कम्युनिस्ट नेतालाई ! यो तस्वीर आइतबार सामाजिक सञ्जालमा भाइरल नै भयो । …. खुइया’ लेखेर सरोज बस्नेतले एउटा तस्वीर ट्वीट गरे । किरियापुत्रलाई भेट्न जाँदा घाटीमा सयपत्री फूलको माला लगाएको तस्वीर सार्वजनिक भएपछि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको धेरैले आलोचना गरेका छन् ।

स्वयंवर सकेपछि बेहुली गायब ! - 2019-03-04

काठमाडौ,(प्रस): विवाहका निम्ति जन्तीहरु बेहुलीका घरमा पुग्छन् । बेहुली पक्षले राम्रै मान–सम्मानका साथ जन्तीको स्वागत गर्दै खाजा र खानासम्म खुवाउँछन् । तर, विवाह चाहिँ हुँदैन ।

बिबाहको ४ वर्षसम्म श्रीमानले यौनसम्बन्ध नराखेपछि आत्महत्या - 2019-03-03

एजेन्सी : मानव जीवनमा बिबाह पछि हुने सम्बन्धले ठुलो अर्थ राख्छ । बिबाहको ४ वर्षसम्म आफ्ना श्रीमानले आफूलाई छुनसम्म पनि नखोजेपछि ३२ वर्षकी एक बिबाहित महिलाले आत्महत्या गरेकी छिन् । उनले मर्नुअघि लेखेको सुसाइड नोटमा श्रीमानसहित त्यो परिवारका कसैले पनि आफ्नो शवलाई नछुनु भनी लेखेकी छिन् । भारतको राजधानी दिल्लीमा भएको यो घटनापछि यहाँ हुने गरेको घरेलु हिंसाको निकै विभत्स रुप बाहिर आएको छ ।

मरेका गैंडाको नमूना परीक्षण गर्न विदेश पठाइँदै - 2019-02-04

चितवन,(रासस):

ओबामा उपहारको पोको बोकेर बालबालिका भेट्न अस्पताल पुगे - 2018-12-20

एजेन्सी : अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले बासिंटन डीसीस्थित चिल्ड्रेन्स नेशनल अस्पताल पुगेर क्रिसमसको अवसरमा बालबालिकालाई उपहार बाँडेका छन्। सान्ता क्लजले लगाउने शीरमा रातो फ्लपी टोपी र काँधमा उपहारको पोको बोकेर उनी अस्पताल पुगेका थिए।

लुगा विवादमा इजिप्टकी अभिनेत्रीविरुद्ध मुद्दा, पाँच वर्ष जेल हुन सक्ने - 2018-12-05

एजेन्सी : इजिप्टमा आयोजित काहिरा फिल्म फेस्टिबलमा एक अभिनेत्रीले पारदर्शी कपडा लगाएको विषयमा बबाल भएको छ । अभिनेत्रीले व्यभिचारलाई उक्साएको भन्दै मुद्दा दायर गरिएको सञ्चारमाध्यमहरुले जनाएका छन् ।

मंगल ग्रहमा अन्तरिक्ष यान अवतरण, नयाँ रहस्य पत्ता लाग्ने विश्वास - 2018-11-27

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको यान मंगलग्रहमा सफलतापूर्वक अवतरण गरेको छ । ‘इन्साइट ल्याण्डर’ नाम दिइएको अन्तरिक्ष यान नेपाली समयअनुसार मंगलबार बिहान करिब पौने २ बजेतिर मंगल ग्रहमा अवतरण गरेको हो । मंगल ग्रहको जमिन र आन्तरिक भागको अध्ययन गर्ने लक्ष्यसहित नासाले ‘इन्साइट ल्याण्डर’ नामक अन्तरिक्ष यान पठाएको हो ।

कागतीबाट मोबाइल चार्ज ! - 2018-09-04

एजेन्सी : स्मार्टफोनमा ब्याट्रि ब्याक–अपलाई लिएर धेरै समस्या आउने गरेको छ। कहिले काहि बिजुली नहुदा फोन चार्ज गर्न दिक्दार हुन सक्छ तर अब तपाई कागतीको प्रयोग गरेर फोनलाई सजिलै चार्ज गर्ने सक्नुहुनेछ । अमेरिकन एक आइटि बेबसाइटले इन्टरनेटमा एक भिडियो अपलोड गरेको छ । जसमा कागतीबाट कसरी फोनलाई चार्ज गर्ने देखाएको छ ।

प्रकाण्ड अदालतकाे परिसरबाटै तेस्राे पटक पक्राउ - 2018-09-04

काठमाडौ,(प्रस): नेत्र विक्रम चन्द विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड अदालतकाे परिसरबाटै तेस्राे पटक पक्राउ परेका छन्। सर्वोच्च अदालतले पटकपटक रिहाको आदेश दिए पनि प्रहरीले उनलार्इ कुनै न कुनै घटनाकाे अाराेपमा पक्राउ गरिरहेकाे छ। सोमबार नुवाकोट जिल्ला अदालतले रिहा गर्न आदेश दिएलगत्तै नेपाल प्रहरीले प्रकाण्ड’ लाई अदालतकाे परिसरबाटै पक्राउ गरेको हाे।

भेनेजुएलामा ‘महामहंगी’: एक हजारको नोटलाई प्रतिबन्ध - 2018-08-21

महंगी १० लाख प्रतिशतले बढ्ने अनुमानयदि तपाईंलाई महंगीले धेरै नै सताएको जस्तो लागेको छ भने भेनेजुएलामा तपाईंको कल्पना फेल खान सक्छ । भेनेजुएलामा महंगी मात्र होइन, ‘महामहंगी’ छ । त्यहाँको सरकारले महामहंगी नियन्त्रण गर्न योजना ल्याएको छ । तर, यसले जनतामा दुविधा बढाएको छ । धेरैले यो योजनाले कसरी काम गर्छ भन्ने प्रश्न उठाएका छन् ।

विश्वमै पहिलो पटक लिङ्ग र अण्डकोष प्रत्यारोपण - 2018-08-03

एजेन्सी : विश्वमै पहिलो पटक लिङ्ग र अण्डकोष प्रत्यारोपण भएकाे छ। अमेरिकामा डाक्टरहरुको एक समूहले विश्वमा पहिलो पटक लिङ्ग र अण्डकोष रहने थैलीको सम्पूर्ण प्रत्यारोपणमा पुर्वक सम्मपन्न गरेपछि घाइतेले नयाँ जीवन पाएका छन्।

बाँदर पक्राउ गर्न ५ लाख विनियोजन ! - 2018-04-27

धनकुटा: सुन्दैमा अचम्म लाग्न सक्छ कि बाँदरविरुद्ध पनि उजुरी पर्यो भनेर । हो, धनकुटाका स्थानीय तहमा अहिले बाँदरविरुद्धका उजुरीको संख्या बढ्दै छ । अझ अचम्म लाग्ने कुरा, प्रशासनले पनि धमाधम बाँदरलाई पक्राउ गरेर जेल हाल्न थालेको छ ।

विश्वको सबैभन्दा चर्चित ‘ए.आई.’ सोफिया - 2018-03-21

सोफिया मानव मुखाकृति भएको रोबोट हो । हङ्गकङ्गस्थित ह्यान्सेन रोबोटिक्सले यसको निर्माण गरेको हो । ह्यान्सेन रोबोटिक्स लिमिटेडले आफ्नो वेबसाइटमा उल्लेख गरे अनुसार कम्पनी पढाउने, हेरचाह गर्नेे, मनोरञ्जन दिने र साथ दिने बौद्धिक र भावनात्मक रोवोट बनाउन केन्द्रित रहेको छ ।

मुख्यमन्त्रीले लगाए सडकमा झाडू - 2018-02-27

जनकपुरधाम:प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले जनकपुर शहर सरसफाइमा सहभागी भएका छन् । मंगलबार विहान ‘जनकपुर महासफाइ अभियान’मा सहभागि भएका मुख्यमन्त्री राउतले सडकमा झाडू लगाए । मुखमा मास्क र हातमा झाडू लिएर मुख्यमन्त्री राउतले सडक बढार्न थालेपछि हेर्नेहरुको भीड लागेको थियो ।

इजरायलको गुफामा भेटियो मानव इतिहासकै पुरानो हड्डी - 2018-01-28

वैज्ञानिकहरूले इजरायलको गुफामा पन्ध्र वर्षअघि एक मानव अवशेष फेला पारेका थिए। प्रयोगशाला परीक्षणपछि जुन नतिजा सार्वजनिक भएको छ, त्यसले हाम्रो पुर्खाको सुरूआती बसाइसराइ इतिहास नै पुनर्लेखन गर्नुपर्नेछ।

शरीरमा रुख जस्ताे हाँगा पलाउने विचित्रको रोग ! - 2017-12-02

एजेन्सी : मानिसको शरीरमा रुखजस्तो हाँगा निस्कन रोग हुन्छ भन्दा हामीलाई विचित्र लाग्न सक्छ । तर, याे यथार्त हाे । संसारमा यस्ता मानिसको संख्या ६ भन्दा पनि कम छ जो एपिडार्मोडिसप्लासिया भेरुसीफोर्मिसबाट पीडित छन् ।

जर्जियाको जमिनमुनि माटोका घ्याम्पामा भेटियो ‘संसारकै पुरानो वाइन’ - 2017-11-15

जर्जिया भनेको युरोप र मध्य पूर्वबीचको उर्वर उपत्यका हो, जहाँ मानव सभ्यतामै पहिलोचोटि अंगुर खेती सुरु भएको थियो। अब जर्जियाले नयाँ चिनारी पाएको छ। संसारभरका वाइनप्रेमी ‘टोस्ट’ उठाउँदै जर्जियाका नाममा चियर्स गर्नेछन्। यसको श्रेय जान्छ, अमेरिकाको पेन्सिलभेनिया विश्वविद्यालयका पुरातत्व अनुसन्धानकर्ता टोलीलाई।

विवाह समारोहमै बेहुलीले बेहुलाको टाउकोमा बन्दुक तेर्स्याएपछि - 2017-08-08

एजेन्सी : विवाह सकिएको केही समयपछि पत्नीले पतिको टाउकोमा गोली प्रहार गर्ने एक महिलालाई प्रहरीले पक्राउ परेको छ । अमेरिकाको टेनिसी राज्यकी २५ वर्षकी केट एलिजाबेथ प्रिचार्ड नाम गरेकी ती युवतीलाई प्रहरीले विवाहको पहिरनमै पक्राउ गरेको त्यहाँका अधिकारीलाई उदृत गर्दै अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

लोग्ने र सासु ससुरालेनै श्रीमती र बुहारी बेच्छन् - 2017-07-31

एजेन्सी : छिमेकी देश भारतमै पनि आफ्नै पत्नी तथा बुहारीलाई बेच्ने चलन छ । भारतको राजधानी नयाँदिल्ली नजिकै केही इलाकाहरुमा यस्तो समुदाय बस्छ, जहाँ घरकै मानिसहरुले श्रीमती तथा बुहारीहरुलाई बेच्दछन् । घरका लोग्ने तथा सासु ससुराहरुले नै आफ्नी पत्नी तथा बुहारीलाई बेश्वावृत्ति गर्न बाध्य पार्दछन् ।

स्तनको साइज अनुसार कर - 2017-07-18

एजेन्सीः संसारका कतिपय देशमा स्तन कर पनि लगाइएको पाइन्छ । कर असुल गर्नेले महिलाको स्तनको नापअनुसार कर असुल्ने गथ्र्याे । यस्ता करबाट आजित भएकी एक युवतीले आफ्नो स्तननै काटेर फालेको बताइन्छ ।










Powered by: Exclusively Solution