विचार




‘देशभक्त जनगणतान्त्रिक मोर्चा’बारे


सिपि गजुरेल:
२०७३ भाद्र २६ र २७ गते देशका समग्र भागबाट सहभागी प्रतिनिधिहरुको उपस्थितिमा सम्पन्न भएको एउटा राष्ट्रिय भेलाले ‘देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल’ गठन गरेको समाचारले नेपालको राजनीतिक बृत्तमा निकै चर्चा पायो ।

केपी ओलीले मोदी सरकारको इच्छाअनुसार काम नगरेको भन्ने अभियोगमा उनलाई हटाएर ओली सरकारकै प्रमुख साझेदार पार्टी माओवादी केन्द्र माके र सरकार संचालन गर्ने सर्बोच्च समितिका प्रमुख प्रचण्डलाई अघि सारेर भारतको मोदी सरकारले प्रधानमन्त्रीको पगरी उनलाई नै गुथाइदियो ।


मोदीद्वारा घुमाउरो पारामा नियुक्त गरिएका प्रधानमन्त्री प्रचण्डलाई पहिले राखेका शर्तहरुलाई संस्थागत गर्नका लागि भारतले “राजकीय भ्रमण”मा निम्त्याएपछि नेपाली संचारजगतद्वारा झण्डै दुई हप्तामा अरु समाचार प्रायः शून्य गराएर नेपाललाई “भारत भ्रमणमय” बनाइएको छ । यस प्रकारको अवस्थामा पनि यो जनगणतान्त्रिक मोर्चाको राष्ट्रिय भेला र यसले गरेका निर्णयले सामान्य चर्चा पाउनुलाई ठूलै कुरो ठानिएको छ ।


भाद्र २७ गते आयोजित पत्रकार भेटघाट कार्यक्रमपश्चात प्रायःजसो संचार माध्यममा “वैद्य माओवादी पनि चुनावमा सहभागि हुने” भन्ने शिर्षकमा छापिएका समाचारहरुले नेपालमा त व्यापकता पायो नै, विदेश बस्ने नेपालीले पनि अनलाइन समाचारमा यो खबर पढ्ने राम्रै अवसर पाए ।


के यो मोर्चाको गठन केही प्रमुख संचारमाध्यममा आएजस्तै “चुनावमा भाग लिनका लागि” नै हो त रु यी र यस्तै अन्य प्रश्नको सही जवाफ नेपाली जनताले सुन्न वा पढ्न चाहेका छन् । मोर्चा कै सन्दर्भमा केन्द्रीत भएर यो संक्षिप्त लेख यहाँ प्रस्तु गरिएको छ । विषयलाई आधिकारिक रुपमा प्रस्तुत गर्नका लागि राष्ट्रिय भेलामा पारित नीति तथा कार्यक्रमलाई आधार बनाइएको छ ।


संयुक्त मोर्चा

देशभक्त जनगणतान्त्रिक मोर्चा देजमो, नेपाल एउटा संयुक्त मोर्चा संगठन हो । यो समान विचार राख्ने, समान उद्देश्य राख्ने शक्ति, व्यक्तिहरुको संयुक्त मोर्चा हो । संयुक्त मोर्चाको आवश्यकतालाई देजमोले यस प्रकार परिभाषित गरेको छ ।  “समान उद्देश्य भएका शक्तिहरुका बीचमा आफ्ना उद्देश्य प्राप्तिका लागि शक्ति संचय गर्ने, ती शक्तिहरुलाई एकताबद्ध गराउने विरोधीहरुमाथिको प्रहारलाई सशक्त बनाउन भूमिका खेल्ने संयन्त्र संयुक्त मोर्चा हो । त्यसप्रकारको मोर्चा कहिलेकाहिँ अन्तर्राष्ट्रिय स्तरमा पनि बन्ने गरेको पाइन्छ । दोस्रो विश्वयुद्धका दौरानमा हिटलरले नेतृत्व गरेको फासीवादी शक्तिका बिरुद्ध तात्कालीन सोभियत संघ लगायतका राष्ट्रहरुका वीचमा बनेको फासिवादविरोधी अन्तर्राष्ट्रिय मोर्चाले विश्वलाई फासिवादी पञ्जामा पर्नबाट बचाएको थियो ।


भियतनाममाथि भएको अमेरिकी आक्रमणका बिरुद्ध भियतनामको श्रमिक पार्टीको पहलमा बनेको राष्ट्रिय स्तरमा र त्यसलाई समर्थन गर्दै अन्तर्राष्ट्रिय स्तरमा बनेका विभिन्न प्रकारका संयुक्त मोर्चाको दवाव अमेरिकालाई भियतनामबाट पछि हटाउनका लागि एउटा प्रमुख कारण बनेको थियो । चीनमा जापानको आक्रमण भएका बेलामा जापानी आक्रमण बिरोधी संयुक्त मोर्चाले खेलेको महत्वपूर्ण भूमिकाको कारण त्यतिखेर जापान पछि हट्न वाध्य भएको थियो । यसको नेतृत्व गर्ने चीन कम्युनिष्ट पार्टीको नेतृत्वमा सन् १९४९ मा नयाँ जनवादी क्रान्ति सम्पन्न हुनका लागि यसले महत्वपूर्ण भूमिका खेलेको थियो ।” 


नेपालमा पनि यस प्रकारको संयुक्त मोर्चा निर्माण भएको हामीसँग अनुभव छ । नेपालमा बहुदलीय व्यवस्थाको स्थापना भएको लगत्तै पछि तत्कालीन नेकपा ९मशाल०को पहलमा ‘नयाँ जनवादी मञ्च‘को गठन भएको थियो । जनयुद्धको तयारीको सिलसिलामा ‘संयुक्त जन मोर्चा‘को गठन गरेर यसलाई क्रियाशिल बनाइएको थियो । नेपालमा अघि बढेको जनयुद्ध सफलताको सन्निकट पुगेको बेलामा क्रान्तिको नेतृत्व गरिरहेको एउटा समूह नै प्रतिकृयावादीहरुसँग मिलेर त्यही क्रान्तिलाई प्रतिक्रान्तिमा बदल्ने काममा सक्रिय भयो ।


प्रतिक्रान्तिका श्रृङ्खला अघि बढे । अहिले हाम्रो देशको परिस्थिति झण्डै झण्डै २०५० सालको जस्तो अवस्थातिर पुगेको जस्तो देखिन्छ । यसको अर्थ हामी ठिक ०५० साल मै पुग्यौं भन्ने होइन । २३ वर्षको अन्तरालमा धेरै कुराहरु फेरबदल भएका छन् । तथापि ठूलो धक्का र प्रतिक्रान्तिले गर्दा अस्थायी रुपमा यो प्रतिगमनको स्थितिको सिर्जना भएको हो । त्यसकारण, त्यतिखेर बनेको र क्रियाशिल रहेको संयुक्त मोर्चाबाट धेरै कुराहरु सिक्ने र व्यवहारमा लागू गर्नुपर्ने अवस्था आएको छ ।


संघर्ष र सत्ताको साधन

नेपालको इतिहासको पछिल्लो कालखंण्डमा, विशेषत स् २०५२ र २०६२ सालका वीचमा अनि २०६२, २०६३ सालमा देश आन्दोलित र उद्देलित थियो । जतासुकै उथल पुथल, आन्दोलन, क्रान्तिकारी उभार देखिन्थ्यो । तर आज देशमा आमूल परिवर्तनका एजेण्डालाई लिएर कुनै प्रभावकारी आन्दोलन छैन । देशमा यति ठूला ठूला राष्ट्रघात, भ्रष्टाचार, दुराचार, उत्पीडन हुँदा पनि समाजमा खासै आक्रोस पोखिएको, प्रतिकृया व्यक्त भएको, उथलपुथल भएको देखिँदैन ।


कुनै समयमा देशको ठूलो हिस्सामा जनसरकारहरु गठन भएका थिए । जनताले आफ्नो अधिकारको राम्रोसँग प्रयोग गरेका थिए र आफैंले शासन गर्दा हुने अनुभूति पनि हासिल गरेका थिए । तर अहिले फेरि उही पुरानै शासन फर्किएको छ, प्रतिक्रान्ति भएको छ । यस प्रकारको अवस्थामा मोर्चाले कस्तो भूमिका खेल्ने भन्ने विषयको ठूलो भूमिका रहेको छ । देजमोले यस विषयमा आफ्नो नीति यस प्रकार स्पष्ट गरिएको छ । 


“हाम्रो संयुक्त मोर्चाको भूमिका राम्रो सँग परिभाषित हुनु आवश्यक छ । यो मोर्चाको भूमिका स्पष्ट छ, यो संघर्षको साधन हो र सत्ताको पनि साधन हो । वर्ग संघर्षको विकास र समग्र क्रान्तिकारी आन्दोलनको विकासको स्तर माथि ध्यान दिएर यसको भूमिका पनि निर्धारित हुने गर्दछ । विद्यमान अवस्थामा यो मोर्चाले प्रमुख रुपमा संघर्षको साधनको भूमिका खेल्ने छ ।


परिस्थितिको परिवर्तन सँगै यसले सत्ताको साधनको भूमिका पनि खेल्ने कुरामा हामी स्पष्ट हुनु जरुरी छ । अहिलेको ठोस अवस्थामा त यसले मूलतः वैधानिक संघर्ष संचालन गर्ने र यसको नेतृत्वगर्ने भूमिका खेल्ने छ । क्रान्तिकारी आन्दोलनको विकास सँगसँगै यसको भूमिकामा पनि तदनुरुपको परिवर्तन हुँदै जाने छ । वैधानिक र अवैधानिक संघर्षका वीचमा कुनै चिनियाँ पर्खाल हुँदैन ।


नेपालमा केही अन्य मोर्चा पनि निर्वाचन आयोगमा दर्ता भएका छन् । तिनीहरु संसदवादमा भासिइसकेका छन् र प्रतिकृयावादी सरकारको मन्त्रीमण्डलमा समेत सामेल भै सकेका छन् । केही त्यस प्रकारका पार्टीले चुनावमा दर्ता नगराएर मोर्चालाई चुनावी प्रयोजनका लागि दर्ता गराएका छन् । तिनीहरुको यो मोर्चा फगत् चुनावी मोर्चा मात्र हो, यो कुनै क्रान्तिकारी मोर्चा होइन । तर हाम्रो यो मोर्चा चुनावी मोर्चा होइन, क्रान्तिकालागि बनेको मोर्चा हो र क्रान्तिका दौरानमा र क्रान्तिपछि पनि सत्ताको साधनका रुपमा यो मोर्चा क्रियाशिल नै रहने छ ।” 


सामन्तवाद, साम्राज्यवादविरोधी मोर्चा

नेपाली समाज अहिले पनि आन्तरिक रुपमा दलाल, नोकरशाही पुँजीपति र कमजोर सामन्त वर्ग तथा वाह्य रुपमा साम्राज्यवाद र विस्तारवादको उत्पीडनको शिकार भएको छ । यी दुबैबाट मुक्तिका लागि सामन्तवाद, साम्राज्यवाद बिरोधी मोर्चाको आवश्यकता खड्किएको विषय हो ।


मोर्चाको यस प्रकारको चरित्र बारे यसरी स्पष्ट गरिएको छ, ” त्यसकारण, नेपालमा हुने आमूल परिवर्तनले यी दुबैबाट नेपाल राष्ट्र र नेपाली जनताको मुक्तिको ग्यारेण्टी गर्नु पर्दछ । हामीले जुन क्रान्तिकारी संयुक्त मोर्चाको कुरा गरिरहेका छौं, त्यो यी दुईबाट मुक्तिकालागि गरिने संयुक्त मोर्चा हो । नेपालमा यस प्रकारको संयुक्त मोर्चा यतिखेर झन् बढी खट्किएको विषय हो । त्यसकारण अहिले नेपालमा यस प्रकारको बृहद् संयुक्त मोर्चा निर्माण आवश्यक छ ।


यो आफैं एउटा संयुक्त मोर्चा भएको हुनाले समान विचार राख्ने त्यस प्रकारका मोर्चा छन् भने तिनीहरु सँग एकता गर्दै जाने कुरा स्वभाविक हो । यदि समग्र विषयमा मिल्न सकेन भने पनि आंशिक रुपमा एजेण्डाहरु मिल्दछन् भने कार्यगत एकता गरेर भए पनि संघर्षलाई अघि बढाउन सकिने छ । एउटा सच्चा सर्वहारा वर्गको पार्टीको नेतृत्वमा बनेको यस प्रकारको संयुक्त मोर्चाले नै आमूल परिवर्तनको लक्ष सम्म पु¥याउन सक्दछ ।” 


मोर्चाको अनिवार्य आवश्यकता

देशभक्त जनगणतान्त्रिक मोर्चाको गठन निर्वाचन उपयोगका लागि वा केवल निर्वाचन प्रयोजनका लागि गरिएको होइन भन्ने कुरा माथिको प्रस्तुतीबाट स्पष्ट भएको छ । यसो भनिरहँदा मोर्चा निर्वाचनप्रति निरपेक्ष छ भन्ने अर्थ लगाइनु हुँदैन । यतिखेर नेपालमा केही पश्चगामी पार्टीहरु मिलेर एकथान संविधान त जारी गरेका छन्, तर त्यो पश्चगामी चरित्रको भएको हुनाले त्यसको बिरोध पनि भैरहेको छ र त्यसलाई कार्याण्वयन गर्ने हिम्मत तिनीहरुको देखिँदैन । प्रतिक्रियावादी सत्ता संचालन गर्नेहरुले पटक पटक चुनावको मिति पनि तोके । तर चुनाव हुने संभावना आजसम्म पनि देखिएको छैन ।


जहाँसम्म हाम्रो सोचाई छ हामी यो पश्चगामी संविधान लागु गर्न नदिने पक्षमा छौं । चुनाव न होस् भन्ने पक्षमा छौं । तर कसैगरी देश चुनावमा जाने नै अवस्था भयो भने हामीले ठिक संविधान सभा– २ कै नीति अपनाउने छैनौं । यदि चुनावलाई उपयोग गरेर जनताको वढी सेवागर्न सकिन्छ, क्रान्तिको तयारी बढी गर्न सकिन्छ भन्ने अवस्था आयो भने त्यसको उपयोगका लागि मोर्चाले निर्वाचन आयोगमा दर्ता गराएर चुनावमा जान सक्दछ । यदि वहिष्कार गर्दा त्यो उपलव्धि हुने भयो भने त्यसलाई वहिष्कार गर्न सकिन्छ । अन्ततः संसदीय व्यवस्थामा चुनावलाई उपयोग गर्ने कि वहिष्कार गर्ने भन्ने विषय कार्यनीति कै विषय हो, रणनीतिको होइन । परिस्थिति अनुसार कुनै पनि निर्णय गर्न हामी स्वतन्त्र छौं ।


खासमा मोर्चाको आवश्यकता किन पर्यो रु भन्ने विषयमा मोर्चा कै भनाई यस्तो छ स् “नेपाली समाज पछिल्ला दशकमा दश वर्षको महान जनयुद्ध २०५२–२०६२ र ऐतिहासिक जनआन्दोलन २०६२र०६३ कोे उथल पुथलमय समयबाट गुज्रियो । यो जनक्रान्तिले पूर्णता पाउने आसा गरेका नेपाली जनताले त्यसको ठिक विपरीत अर्को प्रतिक्रान्तिको शृंखलाको सामना गर्नु पर्यो । अहिले पनि नेपाली समाज त्यही शृंखलाबाट गुज्रिरहेको छ ।


शोषण र उत्पीडनका रुपहरुमा केही हेरफेर अवश्य भएको छ । तर, नेपाली समाज अहिले पनि दलाल र नोकरशाही पँजीपति वर्ग र सामन्त वर्गको उत्पीडन र शोषणबाट पिल्सिरहेको छ । नेपाली समाजमा विद्यमान यो अन्तरविरोधको समाधान फेरि अर्को सशक्त संघर्ष, सशक्त जनआन्दोलन, र अग्रगामी क्रान्तिले मात्र गर्न सक्नेछ । त्यसको तयारीका लागि यो मोर्चाको टड्कारो आवश्यकता छ ।”


मोर्चाको बारेमा व्यापक छलफल र बहसहरुको आवश्यकता छ । यसबारे धेरै व्याख्या, विश्लेषणको आवश्यकता छ । प्रस्तुत लेखमा संक्षिप्तमा जे जति चर्चा गरियो, त्यसले यसको मूल नीतिका बारेमा बुझ्न सहयोग पुर्याउने छ भन्ने लागेको छ । 




Related Pictures:













Related News:

नुवाकोटमा शक्तिशाली एम्बुस विष्फोट, ५ जना कांग्रेस कार्यकर्ता घाइते - 2017-11-17

महरा, ओनसरी र पुनलाई लक्षित गरेर रेड बुल बम विस्फोट - 2017-11-17

कलंकीका होटेलहरुमा खुलेआम यौनधन्दा - 2017-11-17

रामशरण महत भन्छन्– एम्बुस विप्लवले हैन, हितबहादुरले राखे ! - 2017-11-17

ओलीलाई देउवाको जवाफ- ज्योतिषले मलाई ७ पटक प्रधानमन्त्री बन्छस् भनेका छन् - 2017-11-16





राष्ट्रपतिको अनावश्यक भ्रमण - 2017-11-13

प्रेम दाहाल: राष्ट्रपति विद्यादेवी भण्डारी आफ्नो कार्यकालको लगभग अन्तिम घडीमा सोमबार विदेश भ्रमणमा जाँदैछिन् । कार्यकाल सकिन केही महिनामात्र बाँकी रहेका बेला हुन लागेको यो भ्रमणलाई राष्ट्रपतिको विदेश घुम्ने मोहको रुपमा टिप्पणी हुन थालेको छ ।

१५ मित्रको आरोपपत्रः कति भ्रम, कति सत्य ? - 2017-08-17

डम्बर खतिवडानयाँ शक्ति पार्टी, नेपालमा यतिखेर रोचक अन्तर्संघर्ष चर्किएको छ । हुनतः नेपाली राजनीतिको कुल क्षेत्रफलमा यो बहसले कत्रो हिस्सा ओगट्ला भन्ने प्रश्न उठ्छ नै ।

मुलुक नयाँ चरणमा प्रवेश गरोस् - 2017-04-14

नयाँ वर्ष २०७४ सुरु भएको छ । केही कष्टकर, केही आशा र केही आशंकाको बादलकाबीच बितेको २०७३ सालको सबभन्दा ठूलो उपलब्धी भनेको स्थानीय तहको निर्वाचन घोषणा हो ।

आसन्न स्थानीय निर्वाचन र भू-राजनीतिको खतरनाक प्रयोग - 2017-03-22

प्रेम दाहाल: संविधान निर्माणमा ‘ब्रेक–थ्रु’ मानिएको मुख्य राजनीतिक दलहरूबीचको १६ बुँदे सहमति, संविधानप्रतिको स्वामित्व आन्तरिक शक्तिहरूमै राख्ने दलहरूको अठोट

फेरि हतियार उठाउने अवस्था आउन दिन हुन्न: बाबुराम भट्टराई - 2017-03-15

नयाँ शक्तिको विचार केवल नयाँ पार्टी वा नयाँराजनीतिमात्रै नभएर सिंगै समाजलाई लोकतान्त्रीकरण गर्ने स्वाभाविक प्रक्रियाका साथै बुलेटबाट व्यालेटमा रुपान्तरण गर्ने एक महान अभियान पनि हो ।नयाँदिल्ली: नयाँशक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले फेरि हतियार उठाउने अवस्था आउन दिन नहुने बताएका छन् । नयाँ दिल्लीमा जारी काउन्टर टेरोरिज्म सम्बन्धी सम्मलेनमा ‘बुलेट टु ब्यालेट’ विषयमा आफ्नो प्रस्तुती राखेका भट्टराईले भने- मैले बुलेटमा देखिएको किनारालाई पछाडि छोड्ने साहस बटुल्दै विश्व समाजलाई ब्यालेटको माध्यमवाट प्रगतिशील विश्वमा परिणत गर्ने महासागर तर्ने प्रयत्न गरिराखेको छु ।’

सप्तरी,कञ्चनपुरको संकेत - 2017-03-15

प्रह्लाद लामिछाने:एमालेको मेची-महाकाली अभियानको क्रममा सप्तरीमा भएको दुःखद घटना र कञ्चनपुरको सिमानामा भारतीय सीमा सुरक्षा बलको गोली लागेर नेपाली युवक गोविन्द गौतमको मृत्यु भएको खबरले देश नै शोक र आक्रोशमा डुबेको छ ।

चुनावी चक्रव्यूहमा प्रचण्ड - 2017-02-13

प्रह्लाद लामिछाने:मिति घोषणा गर्नु नै सबैथोक होइन तथापी, अहिले चुनावको मिति घोषणा भयो मात्रै भनेपनि चुनावै भए सरह लाग्न थालेको छ ।

जनता रुवाउने प्रस्ताव किन ल्यायो सरकारले ? - 2017-02-09

रामेश्वर खनाल:आर्थिक वर्ष २०६४/६५ अघि भारतमा ढुंगागिट्टीको जति माग थियो, त्यो भारतीय स्रोतबाटै परिपूर्ति हुन्थ्यो। त्यसबेला उत्तरप्रदेश र बिहारमा अहिलेजस्तो व्यापक विकास–निर्माणका काम भएका थिएनन्। यी दुई राज्यमा निर्माणका लागि चाहिने ढुंगागिट्टी झारखण्ड र उत्तराखण्डबाट आपूर्ति हुन्थ्यो।

हामी किन गरिब भयौं ? - 2017-01-20

डा. बाबुराम भट्टराई:गरीब र धनी भन्ने कुरालाई पनि सापेक्षतामै हेर्नुपर्छ । मानव जातिको उत्पत्तिदेखिको कुरा गर्ने हो भने नेपाल नाम गरेको जुन भूखण्डमा हामी बस्छौं, हामी सबै करीब ७० हजारदेखि एकलाख वर्ष पहिले अफ्रिकाबाट फैलिँदै गएको होमोस्यापियन्स जातिको नरवानरको सन्तान हौं ।

संविधान संशोधनमा अल्झेको राजनीति - 2016-12-27

भीष्मराज ओझा:संविधानको स्वीकार्यता बढाउन सरकारले संविधान संशोधनको प्रस्ताव व्यवस्थापिका–संसद्मा दर्ता गरेसँगै प्रमुख राजनीतिक दलहरुबीच ध्रुवीकरण बढ्दै गएको छ ।

केसीविरुद्धको प्रपञ्च: व्यावसायिकता मार्ने षडयन्त्र - 2016-11-30

चैतन्य मिश्र:डा. गोविन्द केसी सदाचार, मानवीयता र व्यावसायिक निष्ठाका प्रतिमूर्ति हुनुहुन्छ। लोभ–लालचले उहाँको जीवनलाई कहिल्यै छुन सकेन। गाउँ-सहर, देश-विदेश, भूकम्प-बाढी सबै ठाउँ र अवस्थामा रहेका बिरामीको सेवामा उहाँ जीवनभर तल्लीन रहनुभयो।

म्यादी वकिलको चंगुलमा न्यायपालिका - 2016-11-21

पूर्ण कार्की:अहिले सर्वोच्च अदालतका न्यायाधिश गोपाल पराजुलीको संयोजकत्वमा न्यायाधिश चोलेन्द्रशमशेर राणासहित पाँचजनाको उपसमिति गठन गरेर अधिवक्ताहरु मध्येबाट बरिष्ठ अधिवक्ताको उपाधि दिने व्यक्तिहरुको नाम सिफारिसका लागि छनौट गर्ने काम भइरहेको छ ।

शान्ति सम्झौताका दश वर्ष - 2016-11-20

दश वर्ष लामो आन्तरिक सशस्त्र द्वन्द्वको अन्त्यका लागि तत्कालीन नेकपा (माओवादी) र सरकारबीच विस्तृत शान्ति सम्झौताको दश वर्ष पूरा भएको छ । तर विस्तृत शान्ति सम्झौताको परिकल्पना र चाहनाअनुसार शान्ति प्रक्रियाका मूलभूत काममा खासै प्रगति भएको छैन ।

सरकारका १०० दिन - 2016-11-11

प्रधानमन्त्री प्रचण्ड ९ महिनाको म्याद बोकेर प्रधानमन्त्रीको कुर्सीमा पुगेका हुन् । उनले गर्नुपर्ने धेरै थियो । उनको पार्टीका लागि गुमेको साख फर्काउन करिब अन्तिम अवसर पनि हो यो ।

चिनियाँ रेल नेपाल हुँदै भारत पुर्‍याउन सम्भव छ - 2016-10-28

डा. बाबुराम भट्टरार्इ: विगत दशकहरुमा एशिया सामाजिक-आर्थिक विकासमा पछाडि परेको थियो। तर अहिले विश्व अर्थतन्त्रको केन्द्रबिन्दू नै एशिया बन्दै अएको छ। हामीले यस दाबीलाई अतिरन्जनाका रुपमा लिनहुँदैन। अब हामीले विश्वव्यापी रूपमा सोच्नुपर्छ, विगतको सफलता र असफलताको घेरा भन्दा पर।

‘देशभक्त जनगणतान्त्रिक मोर्चा’बारे - 2016-09-22

सिपि गजुरेल: २०७३ भाद्र २६ र २७ गते देशका समग्र भागबाट सहभागी प्रतिनिधिहरुको उपस्थितिमा सम्पन्न भएको एउटा राष्ट्रिय भेलाले ‘देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल’ गठन गरेको समाचारले नेपालको राजनीतिक बृत्तमा निकै चर्चा पायो ।

कपिलवस्तु देखि पूर्व मधेश प्रदेश र पश्चिम थरूहट प्रदेश हुुनुपर्छ - 2016-09-19

प्रभु साह/संविधानलाई सर्वस्वीकार्य बनाउने प्रमुख काम यो सरकारको छ । सबैलाई स्वीकार हुने गरी संशोधन र परिमार्जन गर्नुपर्ने आवश्यकता छ ।

यसरी लेखियो अविराम बाबुराम - 2016-09-02

-अनिल थापा : पातलो जिउ, हल्का लामो कोट, तारा चिह्न भएको रातो क्याप । ३० जेठ २०७३ मा दशरथ रङ्गशालामा नयाँ शक्ति नेपाल, पार्टी घोषणा गर्दा उपस्थित केहीले बाबुराम भट्टराईलाई चे ग्वेभारासँग तुलना गरे ।

एमाले नेतृत्वकै अकर्मण्यता र प्रचण्डको ऋण - 2016-08-18

निमकान्त पाण्डे/केपी ओली नेतृत्वको वाम गठबन्धन सरकार ढल्नुमा माओवादी केन्द्र र नेपाली कांग्रेसको नेतृत्वलाई दोषारोपण गर्दै आएको नेकपा एमालेले आफ्नै कारणबाट वाम गठबन्धन ढलेको निष्कर्ष निकालेको छ । यो अत्यन्त सकारात्मक सन्देश हो ।

मधेसी जनतामाथिको ज्यादती - 2016-08-09

प्रेम कुमार :९५ सालमा प्रजा परिषदको सदस्य भएका स्वर्गाीय गणेशमान सिंहले नेपालको राणा विरोधी आन्दोलनलाई सघाउन जवाहरलाल नेहरुलाई आग्रह गरेको र व्रिटीस फौजले पक्राउ गरी तेहाड जेलमा राखिएका केआईसिंह, पूर्ण सिंह र दिलमानसिंह नेहरुको वहसपछि भारतीय अदालतबाट छुटेका थिए ।










Powered by: Exclusively Solution