राजनीति




मन्त्री क्वाटर पुल्चोकबाट भैंसेपाटी सार्ने सरकारको निर्णय


सरकारले पुल्चोकमा रहेको मन्त्री क्वाटरलाई सार्ने भएको छ। ललितपुरको भैंसेपाटीस्थित सैवु आवास क्षेत्रमा नयाँ आवास निर्माण गरेर मन्त्री क्वाटर सार्ने निर्णय सरकारले गरेको हो। मन्त्री क्वाटर पुरानो र अपर्याप्त रहेको भन्दै मन्त्रिपरिषद्ले नयाँ बनाउने निर्णय गरेको हो। सैवुमा सांसद आवास निर्माणका लागि छुट्याइएको १४९ रोपनी जग्गामा मन्त्री निवास बनाउन लागेको हो।

मन्त्री क्वाटरसँगै राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष र उपसभामुखको आवास पनि बन्नेछ।

मन्त्रिपरिषद्को निर्णयबारे जानकारी दिँदै सरकारका प्रवक्ता गोकुल प्रसाद बाँस्कोटाले २७ वटा आवास निर्माण गर्न लागिएको जानकारी दिए।

त्यस्तै, सरकारले प्रदेश प्रमुख र मुख्मन्त्रीको आवास तथा सम्पर्क कार्यालय समेत मन्त्री क्वाटरसँगै बनाउने भएको छ। उनीहरूका लागि १४ वटा भवन निर्माण गर्न लागिएको बाँस्कोटाले जानकारी दिए।

सरकारले मुख्यमन्त्री र प्रदेश प्रमुख रहने जग्गा समेत प्रदेशको नाममा गरिदिने तयारी सरकारको छ। हाल प्रतिनिधि सभाका उपाध्यक्ष, सहरी विकास मन्त्री, सञ्चार मन्त्री, कानुन मन्त्री, स्वास्थ्य राज्यमन्त्री, खानेपानी मन्त्रीले पुल्चोकमा क्वाटर पाएका छैनन्।

सञ्चार मन्त्री बाँस्कोटा प्रधानमन्त्री केपी शर्मा ओलीको निजी आवासमा बस्दै आएका छन्। त्यस्तै, खानेपानी मन्त्री विना मगरले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड निवास’बाटै मन्त्रालय आउने जाने गर्ने गरेकी छिन्।

त्यस्तै, सरकारले हाल मन्त्री क्वाटर रहेको पुल्चोकमा भने स्टेट गेस्ट हाउस बनाउने भएको छ।

विदेशी पाहुना आएका बेला होटलमा नराखेर यस्तो गेस्ट हाउसमा राख्ने तयारी सरकारको छ।

यस्ता राजकीय अतिथि गृह १० वटा बनाउने सरकारले निर्णय गरेको हो।

सार्क सम्मेलन लगायतका बेला अतिथि गृह उपयोगी हुने सरकारको ठहर छ। सरकारले अतिथि गृह निर्माणका लाग पुल्चोकको मन्त्री क्वाटर भएको जग्गा अपर्याप्त भए नेपाल राष्ट्रिय पुस्तकालय रहेको छेवै सरकारी जग्गा प्रयोग गर्ने निर्णय समेत गरेको छ।

सिंहदरबारमा सर्नुअघि हाल राष्ट्रिय पुस्तकालय रहेको उक्त जग्गामा स्थानीय विकास मन्त्रालय रहेको थियो।




Related Pictures:













Related News:

कांग्रेस महासमिति बैठकका ७ कार्यभार - 2018-12-16

जस लिने होडबाजी ! - 2018-12-15

भारतमा ३३ किलो सुन बरामद, नेपालमा अनुसन्धान ! - 2018-12-15

व्याट्री बोकेको ट्रकमा एक्कासी आगलागी - 2018-12-15

आरोप प्रत्यारोपका बीच देउवा र पौडेलको हातेमालो - 2018-12-15





कांग्रेस महासमिति बैठकका ७ कार्यभार - 2018-12-16

महेश आचार्यमैले ०४८ सालमा प्रस्तुत गर्दा नेपाल सरकारको बजेट जम्मा १२ अर्ब थियो । अहिले त्यो ९५० अर्ब पुगेको छ । अर्थतन्त्रमा कति ठूलो परिवर्तन आएको छ भन्ने यसले देखाउँछ । त्यतिबेला हामी आएपछि राज्यको भूमिका आवश्यकै छैन, सबै निजी क्षेत्रले गर्छ भन्ने बाटोमा गएका पनि हैनौं । अति महत्वपूर्ण सामाजिक न्यायको क्षेत्रमा सरकारले काम गर्नुपर्छ भन्ने नीति लिँदै आएका हौं । शिक्षा, स्वास्थ्य, ग्रामीण सडक, खानेपानी जस्ता क्षेत्रमा सरकारी लगानी प्रवद्र्धन गर्‍यौं । आधुनिक र गतिशील क्षेत्रमा निजी क्षेत्रलाई अवसर दियौं ।

व्याट्री बोकेको ट्रकमा एक्कासी आगलागी - 2018-12-15

बुटवल,(प्रस): कपिलवस्तुको चन्द्रौटामा व्याट्री बोकेको ट्रकमा आगलागी भएको छ।

आरोप प्रत्यारोपका बीच देउवा र पौडेलको हातेमालो - 2018-12-15

राजनैतिक व्यूरो, काठमाडौ नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच केन्द्रीय कार्यसमिति बैठकमै चर्को आरोप प्रत्यारोप भयो । चुनावी हारको समिक्षा लिएर भएको विवाद विधान संशोधनमा पनि प्रतिविम्बित भयो र महासमिति बैठक उद्घाटन गर्दैगर्दा सहमति जुट्न सकेन ।

नेकपा स्थायी कमिटी बैठक: आधा दर्जन नेताले बैठकमा खोजे एजेण्डा - 2018-12-15

प्रचण्डको प्रस्तुतिले ओलीले रोकेको एजेण्डा खुले:वामदेव-माधव पक्ष खुशीपार्टी मुख्यालय धुम्बाराहीमा शनिबार दिउँसो करिब डेढ घण्टासम्म बसेको नेकपा स्थायी कमिटीको बैठकमा अध्यक्ष प्रचण्डको प्रस्तुतीबाट वामदेव- माधव नेपाल पक्ष खुशी देखिएको छ । अध्यक्ष केपी ओलीले राजनीतिक प्रतिवेदनलाई नै बैठकको एजेण्डा मान्ने जिकिर गरिरहेका बेला प्रचण्डले उदाररुपमा प्रस्तुत हुँदै अन्य एजेण्डालाई पनि प्रस्तुत गर्न सकिने भनेपछि असन्तुष्ट पक्षले राहत महसुस गरेको हो ।

ओली र प्रचण्ड साझा दस्तावेज लेख्दै, माधव पक्षको बेग्लै तयारी - 2018-12-14

राजनैतिक व्यूरो, काठमाडौपार्टी एकता भएको करीव ८ महिनापछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले संयुक्त रुपमा राजनीतिक दस्तावेज लेख्दैछन् । शनिबार शुरु हुने स्थायी कमिटी बैठकमा पार्टी अध्यक्षका तर्फबाट राजनीतिक र महासचिव बिष्णु पौडेलको तर्फबाट संगठनात्मक प्रतिवेदन पेश हुनेछन् ।

दुई सय, पाँच सय र दुई हजारका भारतीय नोट नेपालमा नचल्ने - 2018-12-13

प्रदेश संवाददाता, काठमाडौनेपालमा दुई सय, ५ सय र दुई हजार दरका भारतीय नोटको प्रयोगमा रोक लगाउने निर्णयमा सरकार पुगेको छ। मन्त्रिपरिषदको सोमबारको बैठकले यो निर्णय गरेको जानकारी सरकारका प्रवक्ता गोकुल बास्कोटाले दिएका हुन्।

राष्ट्रपतिको विरोध कार्यक्रमको फोटो खिच्दा पत्रकार शाह पक्राउ - 2018-12-13

काठमाडौ,(प्रस): राष्ट्रपति कार्यालयमा समाचार संकलनका लागि गएकी पत्रकारलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा देशसञ्चार डटकमकी फोटो पत्रकार वर्षा शाह छन् । प्रेस पास बोकेर तस्वीर खिचिरहेका वेला उनलाई प्रहरीले बिहीबार अपरान्ह ४ बजे नियन्त्रणमा लिएको थियो । राष्ट्रपतिले महँगो गाडी खरिद गर्न लागेको विषयलाई लिएर बिरोध स्वरुप गरिएको प्रतीकात्मक कार्यक्रमको फोटो खिच्न उनी त्यहाँ पुगेकी थिइन् ।

बीपीको सपना पुरा गर्न म सभापतिमा उठ्छु : शशांक - 2018-12-13

काठमाडौ,(प्रस): नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले कांग्रेसका संस्थापक नेता तथा आफ्ना पिता बीपी कोइरालाको अधुरो सपना साकार पार्न १४ औं महाधिवेशनमा सभापतिमा उठ्ने बताएका छन्।

कांग्रेस केन्द्रीय समिति बैठक: देउवाको राजनीतिक र सांगठनिक प्रस्ताव परिर्माजन नभएसम्म स्वीकार नगर्ने अडान - 2018-12-13

आलोचकमाथि खनिए देउवा, पौडेलसँग सवाल जवाफनेपाली कांग्रेसका सभापति पार्टी सभापति शेरबहादुर देउवा केन्द्रीय कार्यसमिति बैठकमा नेताहरुसँग ‘अभद्र’ रुपमा प्रस्तुत भएका छन् । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल बोलिरहँदा बीचबीचमा प्वाक्क जवाफ दिनुका साथै आलोचकमाथि खनिएका छन् । आफूले मनोनित गरेकाहरुलै नै आफ्नो आलोचना गरेको भन्दै उनले राजीनामा दिन चुनौतीसमेत दिएका छन् ।

भीमदत्तले ब्रह्मदेब बजार जोड्ने नेपाली भूमिको सडक कालोपत्रे गर्ने, ८० लाखको लगत इष्टमेट तयार - 2018-12-12

काठमाडौ,(प्रस): भीमदत्त नगरपालिका कार्यालयले ब्रह्मदेब बजार जोड्ने टनकपुर बाँध पूर्वपट्टिको सडक कालोपत्रेका लागि लगत इष्टमेट तयार गरेको छ । भीमदत्तको भौतिक पूर्वाधार तथा योजना शाखाले सडक कालोपत्रेको अनुमानित लगत इष्टमेट तयार गरेको हो ।

जनकपुर आउन पाएँ, धन्य छु : आदित्यनाथ - 2018-12-12

काठमाडौ,(प्रस):भारतीय राज्य उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुर आउन पाएकोमा आफूलाई धन्य ठानेको बताएका छन्।

अकुत सम्पति सार्वजनिक गर्न नागरिक आयोग गठन - 2018-12-11

काठमाडौ,(प्रस):स्वतन्त्र राष्ट्रिय अभियान नेपालका अभियान्ता एवम् अधिवक्ता दिनेशराज सत्यालको नेतृत्वमा स्रोत नखुलेको सम्पति सार्वजनिक गर्नको लागि नागरिक आयोग गठन गरिएको छ ।

संवैधानिक परिषदको बैठक तेश्रो पटक स्थगित अर्को बैठक पुस ५ गते बस्ने - 2018-12-11

काठमाडौ,(प्रस): संवैधानिक परिषदको मंगलबारको बैठक स्थगित भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा साँझ ५ बजे बोलाइएको बैठक आगामी पुस ५ गते बस्नेगरी स्थगित भएको हो । बैठकले नयाँ प्रधानन्यायधीशका लागि न्याय परिषद्ले पठाएको नाममा छलफल गर्दै नियुक्तिका लागि सिफारिस गर्नेछ ।

योगी लखनउबाट सोझै आउने, मधेश भवनमा दिवा भोज - 2018-12-11

प्रदेश संवाददाता, जनकपुरधामरामजानकी बिबाहमहोत्सवमा सहभागी हुन आउन लागेका भारत उत्तर प्रदेशका मुख्यमन्त्रि लगायतको जन्तीको भव्य स्वागतको तयारी भइरहेको छ ।बिबाहमहोत्सवको लागि यस्तो सजावट यस अघि कहिल्यै भएको थिएन् ।सप्ताहव्यापी कार्यक्रम प्रारम्भ भइसकेको छ ।

कांग्रेस महासमिति बैठक : साँझको गास र बास आफ्नै जिम्मा - 2018-12-11

महासमिति बैठकमा कांग्रेसले १ करोड खर्चिने नेपाली कांग्रेसले शुक्रबारदेखि सुरू हुने महासमिति बैठकको तयारी अन्तिम चरणमा पुगेको बताएको छ। काठमाडौंको रामशाहपथस्थित यलम्बर पार्टी प्यालेसमा पुस ३ गतेसम्म हुने महासमितिको बैठकमा भाग लिन विदेशस्थित जनसम्पर्क समितिका प्रतिनिधिहरू राजधानी आउने क्रम सुरू भइसकेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए।

द्वन्द्व पीडितलाई न्याय दिन प्रतिबद्ध छु: प्रधानमन्त्री - 2018-12-10

काठमाडौ,(प्रस): प्रधानमन्त्री केपी शर्मा ओलीले द्वन्द्वकालका पीडितलाई न्याय दिन आफू प्रतिबद्ध रहेको बताएका छन् । प्रधानमन्त्री ओलीले द्वन्द्वकालका पीडितलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न पनि सरकार क्रियाशील रहेको दावी गरे ।

सिक्लेस पुगेर प्रचण्डले सिटौलाको प्रशंसा भने: ज्यानै दाउमा राखेर बिना पुलिस हामीलाई लिन आउनुभयो - 2018-12-10

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई लिएर सोमबार कास्कीको सिक्लेस पुगे । त्यो त्यही ठाउँ हो, जहाँ तत्कालीन विद्रोही माओवादीका नेता प्रचण्डसँगै डा. बाबुराम भट्टराईलाई लिन तत्कालीन गृहमन्त्री सिटौला हेलिकोप्टर लिएर पुगेका थिए । त्यही ऐतिहासिक दिनको सम्झनामा सिक्लेसमा शान्ति स्तम्भ बनेको छ ।

पञ्जीकरण नभएका सवारी पुस १ देखि सडकमा गुड्न नपाउने - 2018-12-09

काठमाडौ,(प्रस): सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा भएको व्यवस्थाबमोजिम मङ्सिर मसान्तसम्म यातायात व्यवस्था विभागमा पञ्जीकरण नहुने सार्वजनिक यातायात पुस १ गतेदेखि गुड्न नपाउने भएका छन्।

प्रस्तावित चारै राजदूतको नाम संसदीय सुनुवाइबाट अनुमोदन - 2018-12-09

काठमाडौ,(प्रस): सरकारले हालै विभिन्न चार देशका लागि सिफारिस गरेको राजदूतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन भएको छ । आइतबार बसेको समितिको बैठकले उनीहरुको नाम अनुमोदन गरेको हो ।

नेपाल-चीन सम्बन्धको अर्थ भारतसँग कटौती होइन : प्रस्तावित राजदूत आचार्य - 2018-12-09

‘नेपाल र भारतका बीच बोर्डर खुला छ तर मन खुला छैन’भारतका लागि प्रस्तावित राजदूत निलाम्बर आचार्यले नेपालको चीनसँगको सम्बन्धको अर्थ भारतसँगको सम्बन्धको कटौती नभएको बताएका छन्। आइतबार भएको आफ्नो संसदीय सुनुवाइ क्रममा सांसदहरूले राखेका जिज्ञासाको जवाफ दिँदै पूर्वमन्त्री समेत रहेका आचार्यले राजदूतको रूपमा आफूले यही सन्देश भारतीय नेतृत्वलाई दिने बताए।

तीन मुख्यमन्त्रीले बोल्न बाँकी, सोमबार बैठक पुनः बस्ने - 2018-12-09

अन्तर प्रदेश बैठकमा ‘मारुती भ्यान’ को चर्चा !सिंहदरबारमा पहिलोचोटि बसेको अन्तर प्रदेश परिषदको बैठकमा प्रधानमन्त्री एवं परिषदका अध्यक्ष केपी शर्मा ओलीले संघीयतालाई चौडा सडकमा गुडेको ‘मारुती भ्यान’ सँग तुलना गरेका छन् । ‘हामीले ठूलो रोड बनायौं, तर हामीसँग मारुती भ्यान छ,’ बैठकमा प्रधानमन्त्री ओलीले भने, ‘छिटो दौडाउन खोज्यो भने भ्यान बतासिन्छ ।’










Powered by: Exclusively Solution