बिदेश




बिदेश: मेक्सिकोका राष्ट्रपतिले बेचिदिए आफू चढ्ने जहाज


एजेन्सी :
कुनै जहाजमा यात्रा गरिरहँदा तपाईंले छेउको सिटमा आफ्नो देशको राष्ट्रपति भेट्नुभयो भने के होला? नेपालजस्ता राष्ट्रपतिको सवारी हुँदा नागरिक रोकेर बाटो खाली गराउने देशमा त यो कल्पनामात्र भयो तर दक्षिण अमेरिकी देश मेक्सिकोका नागरिकले भने छेउको सिटमा राष्ट्रपति पनि भेट्न सक्ने भएका छन्।


आइतबारमात्र राष्ट्रपतिको पद सम्हालेका आन्द्रेस म्यानुएल लोपेज ओब्राडोरले राष्ट्रपतिले चढ्दै आएको हवाइजहाज बेचेर व्यापारिक उडानमा यात्रा गर्ने घोषणा गरेका छन्।

‘म राष्ट्रपतिको जहाज चढ्ने छैन। त्यो  जहाज चढ्नु मेरा लागि अप्ठेरो हुनेछ। यति धेरै गरिबी भएको देशमा यदि म त्यस्तो सुविधासम्पन्न जहाजमा उडें भने मेरो अनुहार लाजले भरिनेछ,’ गत सेप्टेम्बरमा ओब्राडोर भनेका थिए।

उनले आफ्नो वचन राखेका छन्। आइतबार राष्ट्रपतिको सपथ लिएपछि उनी मेक्सिको सिटी इन्टरनेसनल विमानस्थलमा देखिए। भेराक्रुज जान हिँडेका उनी अरू यात्रुजस्तै गरी जहाज चढे। झ्लालपट्टिको सिटमा बसे।

त्यसको भोलिपल्ट ६ वर्षअघि राष्ट्रपतिका लागि किनिएको बोइङ ७८७-८ ड्रिमलाइनर जहाज अमेरिकाको क्यालिफोर्निया आयो।  त्यहाँ जहाजको केही मर्मत सम्भार गर्नुपर्ने भए गरेर मूल्य निर्धारण गरी बेच्ने प्रक्रिया सुरू हुनेछ।

 
बिक्री गर्न लागिएको जहाज।

 

सन् २०१२ मा झन्डै २३ अर्ब रूपैयाँ खर्चेर राष्ट्रपतिका लागि उक्त जहाज किनिएको थियो।

राष्ट्रपतिको जहाजसँगै संघीय सरकारका नाममा भएका  ६० जहाज र ७० वटा हेलिकप्टर  पनि बेच्न लागिएको मेक्सिकोका अधिकारीहरूले जानकारी दिएका छन्।

भ्रष्टाचार विरूद्ध लड्ने नारा दिएका ओब्राडोरले गत जुलाईमा भएको राष्ट्रपतीय चुनावमा भारी मत पाएका थिए।

आइतबार भएको सपथ समारोहमा उनले आफू राष्ट्रपतिको दरबारमा नबस्ने र तलबको पनि ४० प्रतिशतमात्र लिने बताएका थिए।




Related Pictures:













Related News:

कांग्रेस महासमिति बैठकका ७ कार्यभार - 2018-12-16

जस लिने होडबाजी ! - 2018-12-15

भारतमा ३३ किलो सुन बरामद, नेपालमा अनुसन्धान ! - 2018-12-15

व्याट्री बोकेको ट्रकमा एक्कासी आगलागी - 2018-12-15

आरोप प्रत्यारोपका बीच देउवा र पौडेलको हातेमालो - 2018-12-15





राहुल गान्धीले मोदीलाई भने, ‘चौकीदार चोर हुन्, प्रमाणित गर्छु’ - 2018-12-14

एजेन्सी, नयाँ दिल्ली : भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धीले फान्ससँगको हतियार खरिद प्रकरण ‘राफेल डिल’मा संयुक्त संसदीय समिति बनाउन माग गरेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीमाथि गम्भीर आरोप लगाउँदै गान्धीले फेरि जोरदार हमला गरेका छन्।

अमेरिका-चीन प्रतिष्पर्धाको तरबार व्यक्तिको गर्दनमा - 2018-12-13

एजेन्सी : चिनियाँ टेलिकम कम्पनी हुवावेकी चिफ फाइनान्स अफिसर सब्रिना मेङ लान्जाओलाई अमेरिकाको अनुरोधमा क्यानडाले भ्यानकुभरबाट गिरफ्तार गरेको छ। यो गिरफ्तारीसँगै दुई मुलुकबीचको तनाव झनै चुलिएको छ र अमेरिका -चीनबीचको तनावले पछिल्लो साता नयाँ मोड लिएको छ।

चिसियो अमेरिका-चीन सम्बन्ध, खस्कियो विश्व सेयर बजार - 2018-12-10

मेङलाई सुपुर्दगी गर्नुपर्ने अमेरिकी मागबारे चीनको आपत्ती चिनियाँ टेलिकम कम्पनी हुवावेकी प्रमुख आर्थिक अधिकृत र उपाध्यक्ष सरविना मेङ वानजाउ क्यानडामा पक्राउ परेसँगै ट्रम्प-सी भेटपछि सुध्रन लागेको चीन र अमेरिका सम्बन्ध फेरि चिसिएको छ। चीनका उपविदेश मन्त्री ले यूचेङले आइतबार बेइजिङस्थित अमेरिकी राजदूत टेरी ब्रान्सटाडलाई डाकेर मेङ पक्राउबारे जानकारी लिएका छन्।

बिदेश: मेक्सिकोका राष्ट्रपतिले बेचिदिए आफू चढ्ने जहाज - 2018-12-05

एजेन्सी : कुनै जहाजमा यात्रा गरिरहँदा तपाईंले छेउको सिटमा आफ्नो देशको राष्ट्रपति भेट्नुभयो भने के होला? नेपालजस्ता राष्ट्रपतिको सवारी हुँदा नागरिक रोकेर बाटो खाली गराउने देशमा त यो कल्पनामात्र भयो तर दक्षिण अमेरिकी देश मेक्सिकोका नागरिकले भने छेउको सिटमा राष्ट्रपति पनि भेट्न सक्ने भएका छन्।

कार्बन उत्सर्जन फेरि बढ्यो - 2018-11-28

एजेन्सी : कार्बनडाईअक्साईडको उत्सर्जनमा बृद्धि भएको राष्ट्रसंघीय अध्ययनले देखाएको छ । गत चार वर्ष कार्बन उत्सर्जन नियन्त्रणमा रहेपपनि सन् २०१७ को रिर्पोट अनुसार कार्बन उत्सर्जन बढेको हो ।

बिदेश: युक्रेनका दुई डुंगा र एक पानीजहाज रुसद्वारा कब्जा - 2018-11-26

जहाजका ६ जना सदस्य घाइते: युक्रेनमा सैन्य कानुन लागु गर्ने तयारीरुसले आक्रमण गरेर युक्रेनका तीनवटा नौसैनिक जहाज कब्जामा लिएको छ । यस घटनाबाट रुस र युक्रेनबीच थप तनाव बढेको छ । रुसले क्रिमिया प्रायद्वीप नजिक युक्रेनी नौसैनिक जहाजहरुमाथि आक्रमण गरेको थियो । रुसले युक्रेनी जहाज गैरकानुनी रुपमा आजोव सागरस्थित आफ्नो सीमामा घुसेकाले आक्रमण गरेको दाबी गरेको छ ।

हिटलर र एक यहुदी बालिकाबीच दोस्तीको कथा, यसअघि कसैले पनि नदेखेको तस्बिर - 2018-11-16

बीबीसी: एक बालिकालाई अँगालो हालिरहेका यी व्यक्तिको तस्बिर निकै सुन्दर छ । तर सन् १९३३ मा लिइएको यो तस्बिरको कहानी भिन्न छ । तस्बिरमा जो व्यक्ति देखिएका छन् तीमध्ये एक जर्मन नेता र ६० लाख यहुदीका हत्याको जिम्मेवार एडोल्फ हिटलर र अर्की यहूदी मूलकी एक बालिका रोजा बर्नाइल निनाओको हुन् ।

दक्षिण कोरियाको त्यो परीक्षा, जसले देशलाई ठप्प बनायो - 2018-11-16

क्लोन मुन, बीबीसी, दक्षिण कोरियामादक्षिण कोरियामा बिहीबार १५ नोभेम्बरमा लगभग ६ लाख छात्रछात्रा सीएसएटी परीक्षामा बसे । देशको तीन शीर्ष विश्वविद्यालयमा भएको यो परीक्षा यति महत्वपूर्ण थियो कि पुरै देश रोकियो । यहाँसम्म कि हवाई उडान पनि ठप्प भयो ।

बलात्कार पीडितको अन्डरवेयरमा विवाद - 2018-11-15

सहमतिमा सेक्सको बहस चर्किएको बेला आयरल्याण्डका एक सांसद अन्डरवेयर लिएर संसदमा पुगेकी छन् । बलात्कार मुद्दाका अभियुक्तलाई रिहा गरेपछि डब्लिनसहित विभिन्न स्थानमा प्रदर्शन समेत हुँदैछ ।

रूवान्डामा दुई तिहाइ सांसद महिला - 2018-11-12

एजेन्सी : पूर्वीअफ्रिकी मुलुक रूवान्डाको तल्लो सदनमा दुई तिहाई महिला सांसद पुगेका छन्। यसअघि ६४ प्रतिशत महिला रहेको रूवान्डाले आफ्नै रेकर्ड तोड्दै विश्वमै सबैभन्दा बढी महिला भएको संसद बनाएको हो।

श्रीलंकाली राष्ट्रपति सिरिसेनाद्वारा संसद भंग, जनवरी ५ मा आम निर्वाचन गर्ने घोषणा - 2018-11-10

एजेन्सी : श्रीलंकाली राष्ट्रपति मैत्रीपाला सिरिसेनाले संसद भंग गरेका छन्। संसद भंग गरेका सिरिसेनाले बढ्दो राजनीतिक संकटबीच जनवरी ५ मा आम निर्वाचन गर्ने घोषणा गरेका छन्।

चीनले म्यानमारमा पनि बनाउने भयो बन्दरगाह - 2018-11-10

एजेन्सी : चीनले म्यानमारमा बन्दरगाह बनाउन अबौं डलरको डिल गरेको छ । यो बन्दरगाह क्याप्यू शहरमा बनाइनेछ, जुन बंगालको खाडीबाट अलग भएको छ । लगानीबारे सहमति जुटेपछि दुई देशका अधिकारीहरुले सहमतिमा हस्ताक्षर गरेका हुन् ।

बिदेश: अमेरिकी चुनावमा ट्रम्पलाई धक्का : तल्लो सदनमा बहुमत गुम्यो - 2018-11-07

संयुक्त राज्य अमेरिकामा मंगलबार सम्पन्न तल्लो सदन (हाउस अफ रिप्रिजेन्टेटिभ) को निर्वाचनमा एजेन्सी : राष्ट्रपति डोनाल्ड ट्रम्पको सत्तारुढ पार्टी द रिपब्लिकनले बहुमत गुमाएको छ । अमेरिकी कांग्रेसको तल्लो सदनमा ट्रम्पको दलले बहुमत गुमाएपछि अब उनले मनमौजी निर्णयहरु गर्न र खर्चसम्बन्धी बिलहरु स्वीकृत गर्न असहज हुने अवस्था सिर्जना भएको छ ।

जनमतबाट जोगियो फ्रान्स: राष्ट्रपति म्याक्रोँले दिए धन्यवाद - 2018-11-04

एजेन्सी : न्यू क्यालेडोनिया फ्रान्समा रहने वा टुक्रिएर स्वतन्त्र बन्ने भन्ने बिषयमा भएको जनमत सङ्ग्रहको परिणाम एकिकृत फ्रान्सको पक्षमा आएको छ । मुख्य भू–भागबाट करिब १८ हजार किलोमिटर टाढा रहेको उक्त क्षेत्र फ्रान्सबाट छुट्टिन हुन्न भन्ने पक्षमा जनमतसङ्ग्रमा ५६।४ प्रतिशत जनताले मतदान गरेका थिए । उक्त भूमि एक लाख ७५ हजार जनताको बसोबास रहेको फ्रान्सेली भूमि हो । उक्त क्षेत्रमा पछिल्लो समय चीनको बढ्दो प्रभाव रहेको थियो ।

अमेरिकामा प्रहरी अधिकारीमाथि गोली प्रहार, १ को मृत्यु, ६ घाइते - 2018-10-04

एजेन्सी : बन्धक बालबालिका छुटाउन गएको प्रहरी अधिकारीमाथि अमेरिकामा अन्धाधुन्ध गोली प्रहार भएको छ । गोली लागी घाइते ७ प्रहरी अधिकारीमध्ये १ जनाको मृत्यु भएको छ । अमेरिकाको दक्षिण क्यारोलिनामा बन्दुकधारीले बन्धक बनाएका बालबालिका छुटाउन पुगेका प्रहरीमाथि अन्धाधुन्ध गोली प्रहार हो ।

बिदेश: इण्डोनेसियामा भूकम्प र सुनामी : मृतकको संख्या १२०० नाघ्यो - 2018-10-02

इण्डोनेसियामा विनाशकारी भूकम्प र सुनामीका कारण मृत्यु हुनेको संख्या १२०० नाघेको छ । यसअघि यो संख्या ८४४ थियो । अहिले मृतकको संख्या बढेर १२ सय नाघेको राहत तथा उद्दारमा जुटेका अधिकारीहरुले जनाएका छन् ।इन्डोनेसिया रेडक्रसका अधिकारीहरुका अनुसार एउटा चर्चमा ३४ विद्यार्थीको शव भेटिएको छ । उनीहरुको एक साथ दाहसंस्कार गरिएको छ । ५४ जना अझै वेपत्ता छन् ।

उत्तेजना फैलाउन अमेरिकाले विवादित क्षेत्रमा वमबर्षक विमान उडायोः चीन - 2018-09-28

अन्तराष्ट्रिय कानून अनुसार हुनेगरी सैनिक उडान जहाजलाई सञ्चालन गरिनेअमेरिकी बी–५२ नामक वमबर्षक विमान साउथ चाइना सी र इस्ट चाइना सीमामा उडाइएको प्रति चीनले आपत्ति जनाएको छ । दुई विश्व शक्ति राष्ट्रबीच कर वृद्धिलाई लिएर व्यापार युद्ध चलिरहेका बेला थप नयाँ विवादले प्रवेश पाएको हो।

भियतनामका राष्ट्रपति ट्रान डाइ क्वाङको ६१ वर्षको उमेरमा निधन - 2018-09-21

एजेन्सी : भियतनामी राष्ट्रपति ट्रान डाइ क्वाङको राजधानी हानोइस्थित सैनिक अस्पतालमा निधन भएको छ । ६१ वर्षीय क्वाङ केही महिना अघिदेखि विभिन्न गम्भीर स्वास्थ्य समस्याले ग्रसित भएको त्यहाँको सरकारी मिडियाले जनाएको छ । रिपोर्टहरुका अनुसार उनी केही महिनादेखि भियतनाम र विदेशमा उपचार गराइरहेका थिए ।

सिरियाको आकाशमा रुसी लडाकु विमानमाथि आक्रमण, विमानमा रहेका १५ रुसी सैनिकको मृत्यु - 2018-09-18

एजेन्सी : रूसी जासुसी विमानलाई सिरियाली क्षेप्यास्त्रद्वारा भूमध्यसागरीय क्षेत्रमा खासालिएको रूसी रक्षामन्त्रालयले मङ्गलबार जनाएको छ । उक्त आक्रमणबाट विमानमा यात्रारत १५ जनाको मृत्यु भएको रूसको दावी छ । रूसले विमान आक्रमणमा इजरायली हात रहेको बताइएको छ ।

दुई कोरियाली राष्ट्रपतिबीच प्योङयाङमा अंकमाल - 2018-09-18

दक्षिण कोरियाका राष्ट्रपति मुन जाइ इन तीन दिने भ्रमणका क्रममा उत्तर कोरियाको राजधानी प्योङयाङ पुगेका छन्। उत्तर कोरिया र अमेरिकाबीच सुरू भएको आणविक नि:शस्त्रीकरण वार्ता समस्यामा परेपछि सुचारु गराउने प्रयास स्वरूप मुन प्योङयाङ पुगेका हुन्। उनी विशेष विमानमार्फत् सोमबार बिहान प्योङयाङ उत्रिएका हुन्।

फिलिपिन्समा शक्तिशाली आँधी, १४ जनाको मृत्यु: ५० लाख मानिस प्रभावित - 2018-09-16

एजेन्सी : फिलिपिन्समा आँधीका कारण १४ जनाको मृत्यु भएको छ । म्यङ्गकुट नामक आँधी, वर्षा र बाढीका कारण ५० लाख मानिस प्रभावित भएका छन् । फिलिपिन्सको उत्तरी क्षेत्रको लुजोन द्वीप तहस नहस भएको छ ।










Powered by: Exclusively Solution