विचार




कपिलवस्तु देखि पूर्व मधेश प्रदेश र पश्चिम थरूहट प्रदेश हुुनुपर्छ


प्रभु साह/
संविधानलाई सर्वस्वीकार्य बनाउने प्रमुख काम यो सरकारको छ । सबैलाई स्वीकार हुने गरी संशोधन र परिमार्जन गर्नुपर्ने आवश्यकता छ ।


 मधेश आन्दोलनका क्रममा मृत्युभएका लाई शहीद घोषणा, परिवारलाई राहत, घाइतेको उपचार खर्च, मुद्दा फिर्तालगायत काम सरकारले गरिरहेको छ । यो कामसँगै संविधान संशोधनको प्रक्रियामा लाग्नुपर्छ । पहिलो चरणमा विश्वासको वातावरण बनाउने र दोश्रो चरणमा संविधान संशोधन गर्ने अठोट सरकारले लिएको छ । पहिलो चरणका मूलभूत कामहरू अगाडि बढिसकेका छन् ।

यी कुराहरूमा क्रमिक रूपमा सुधार भइरहेको छ । पूर्व शर्तका मागहरू सबै पूरा भइसकेको छैन । पहिलो चरणको काम अगाडि बढेको छ । छुटेका कुराहरू पनि पूरा गरिनेछन् । दोश्रो चरणमा संविधान संशोधन गरिनेछ । संविधान संशोधन मधेशी मोर्चा र अहिलेको सत्तारूढ दलको सहमतिमा मात्रै सम्भव छैन । अन्य प्रतिपक्षी दललाई पनि विश्वासमा लिनुपर्नेछ । विश्वास बनिसकेपछि हामी दोश्रो चरणमा संविधान संशोधनमा लाग्छौं । यसका लागि मधेशी मोर्चाले आफ्नो कुरा राख्ने र सरकारले पनि आफ्नो धारणा राखिसकेपछि प्रतिपक्षीहरूलाई पनि विश्वासमा लिएर अगाडि बढ्नुपर्छ । अहिले संविधान संशोधनको विषयमा औपचारिक कुरा नचलेपनि अनौपचारिक कुराहरू भइरहेका छन् ।

मधेशकेन्द्रित दलसँग मिलेर संविधान संशोधन गर्दैमा सबै स्र्वस्वीकार्य हुने कुरामा म सहमत छैन । किन भने यो संविधानमा विमत्ति राख्नेमा मधेशकेन्द्रित दल मात्रै छैनन् । यो संविधान सर्वस्वीकृत हुनुपर्छ । मधेशी दलले हस्ताक्षर गर्दैमा सबै जनताले संविधानमा अपनत्व महसुस गर्छन् भन्ने छैन । पहिला विरोध जनाउने मधेशी दलले नै हो । तर, अरूको पनि विमत्ति रहेको कुरा हामीले बिर्सिनुहुँदैन ।

धारणा ल्याउनुपर्छ । यसको तयारी भइरहेको पनि होला । मुलुकलाई निकास दिन संविधान परिमार्जन गर्नैै पर्छ । संयुक्त प्रस्ताव ल्याउनुपर्छ र यसमाथि छलफल हुनुपर्छ । संविधान सर्वस्वीकार्य सीमित नेताहरूको सहमतिबाट पनि सम्भव छैन, यसमा आम जनताको सहमति आवश्यक छ ।

केही मूलभूत कुरा छन्, जुन संविधान संशोधन गरी समेटनै पर्छ । जस्तै, स्थानीय निकायको क्षेत्राधिकार हटाउनुपर्छ । त्यो अधिकार प्रदेशलाई दिनुपर्छ । यी कुरा मधेशी मोर्चाले उठाए÷नउठाए पनि संशोधन गर्नै पर्छ । दोश्रो, आत्मनिर्णयको अधिकार हुनुपर्छ । यो विषयमा कसैले पनि बोलेका छैनन् । आत्मनिर्णयको अधिकार संविधानमा राख्नैपर्छ । यदि हामी लोकतन्त्र र जनतामाथि विश्वास गर्छौैं भने आत्मनिर्णयको अधिकार हुनुपर्छ । त्यसपछि सिमानाका कुराहरू छन् । त्यसपछि शक्ति बाँडफाँडका कुराहरू छन् । सुरक्षा र राजश्वलाई संघीय अवधारणा अनुसार बाँडफाँड गर्नुपर्छ । त्यस्तै, केन्द्रिकृत र एकात्मक न्याय प्रणालीमा परिवर्तन ल्याउनुपर्छ । यसका साथै संवैधानिक निकायहरू संघीय संरचनाअनुसार विकेन्द्रीकरण गर्नु जरूरी छ । त्यस्तै, बहुभाषिक नीति बनाउनुपर्छ । त्यसपछि नागरिकता र निर्वाचनसम्बन्धी प्रावधानमा संशोधन आवश्यक छ ।

कांग्रेस र एमालेभन्दा मधेशकेन्द्रित दलले संघीयताको सिमानाको सम्बन्धमा गद्दारी सुरू गरे । किन भने मुलुकले पहिचानका आधारमा संघीयता मागेको थियो । पहिचानका आधारमा भनेको मधेश प्रदेश हुुनुपर्दथ्यो । तर, मधेशी मोर्चाले एक मधेश प्रदेश मागेन । मधेशकेन्द्रित दलले नारायणी वारी र पारी दुई प्रदेश माग्दै आएका छन् ।

सुरूमा आन्दोलन गर्दा मागिएको थियो । उनीहरूले वीरगञ्जलाई राजधानी मानेकै थिए । तर, संविधानसभामा आउने बित्तिकै मधेशवादी दलको नौटंकी र धोका दिने काम सुरू भयो । यदि तराईलाई मधेश मानिन्छ भने एउटै हुनुपर्छ । यदि ‘थारू’ र ‘मधेशी’लाई मधेशी मानिन्छ भने एउटै मधेश प्रदेश हुुनुपर्छ । यदि ‘मधेशी’ र ‘थारू’ अलग हुन भने मधेश राज्य र थरूहट राज्य हुनुपर्छ । तर, मधेशी दलहरूले आन्दोलनका बेला एउटा र संविधानसभामा आएपछि अर्को कुरा गर्न थाले । यदि भाषालाई मान्ने हो भने मिथिला, भोजपुरा र अवध हुन पुग्छ । कि त ऐतिहासिक ठाउँलाई मान्नुप¥यो । न त इतिहासलाई मानियो न त भाषालाई मानियो । के आधारमा चितवन वारी र पारी दुई प्रदेश भनियो ?

हो, यो अनुचित हो । मधेशी मोर्चाले मधेशलाई क्षतिविक्षत बनाइ दिएको छ । नवलपरासी, रूपन्देही र कपिलवस्तुमा कत्ति प्रतिशत थारू छन् रु थरूहट क्षेत्र हो, त्यो रु त्योभन्दा बढी त बारा, पर्सा र रौतहटमा थारू छन् । मधेशमा मधेश प्रदेश हुनुुपर्छ । कपिलवस्तुदेखि पूर्व मधेश प्रदेश र कपिलवस्तुदेखि पश्चित थरूहट प्रदेश हुुनुपर्छ । यसरी दुई प्रदेश बनाइयो भने नाकाको बागडोर मधेशभित्र पर्छ । थारूलाई मधेशी मान्ने हो भने झापादेखि कञ्चनपुरसम्म एउटा मात्र मधेश प्रदेश हुनुपर्छ । होइन भने थारूहरूको थाकथलोलाई थरूहट प्रदेश र बाँकीलाई मधेश प्रदेश बनाउनुपर्छ । तर, केही नेताले आफ्नो स्वार्थका लागि नारायणी वारी–पारीको कुरा ल्याएर मधेशलाई धोका दिएका छन् । यो मेरो व्यक्तिगत धारणा हो । पार्टीले मधेश प्रदेश र थरूहटका लागि युद्धकालमा रगत बगाएको हो । तर, मधेशका केही नेता र माओवादीका केही नेता षड्यन्त्रको निष्कर्षका रूपमा नारायणी वारीपारी प्रदेशको धारणा आएको हो । यो धारणाप्रति मेरो पूरै विमत्ति छ । यसले मधेशलाई भलो गर्दैन ।

नेपाली जनताको एकताबाटै राष्ट्रियता बलियो हुन्छ । नेपाली जनता फुट्नु भनेको राष्ट्रियता कमजोर हुनु हो । एमाले भनेको राष्ट्रघाती पार्टी हो । एमालेले देशलाई जोड्न चाहँदैन । देशलाई फोड्न चाहने पार्टी हो । त्यसैले, जबसम्म समानता कुरा गरिँदैन, तबसम्म एकता पनि सम्भव हुँदैन । एमालेले नेपालका सबै समुदायको एकताका लागि जोड गर्नुपर्दथ्यो । तर, एमालेले दमन र थिचोमिचोबाट राष्ट्रियता बलियो पार्न खोजेको देखिन्छ ।

उपप्रधानमन्त्री निधिको भारत भ्रमणलाई सम्बन्ध सुधारको प्रयासका रूपमा लिएको छु । नेपालमा हुने परिवर्तनमा छिमेकी मुलुकको सहयोग आवश्यक हुन्छ । तर, उल्टो भयो । संविधान निर्माणसँगै हामीले छिमेकीसँगको दूरी बढाइसक्यौं । छिमेकीका सुझाव र सल्लाहलाई हामीले गलत अर्थमा लियौं । तर, अब यो सरकारले सम्बन्ध सुधार गर्ने दिशामा भारत र चीनमा दूत पठाएर राम्रो सुरूवात गरेको छ ।




Related Pictures:













Related News:

उपलब्धिको रक्षा र समृद्धिका लागि जुटनुपर्छ स् माधव नेपाल - 2019-08-17

संविधान संशोधनको सर्तमा दुई तिहाइ पुर्‍याउन सत्तामा गएका हौं : उपेन्द्र यादव - 2019-08-17

पार्टी एकता नगरेको भए विकल्पहरू रहिराख्थे कि! : प्रचण्ड - 2019-08-17

कांग्रेस र कम्युनिस्ट पुराना पार्टी : अध्यक्ष भट्टराई - 2019-08-16

नेकपाका विभाग प्रमुखहरु (सूचीसहित) - 2019-08-16





पुष्पलालको प्रण र हाम्रो बर्तमान - 2019-07-23

लोककृष्ण भटराइ:नेपाली जनताका महान नेता चर्चित लोकतान्त्रिक विचारक, प्रगतिशीलता र कम्युनिष्ट आन्दोलन र विचारका संस्थापक नेता पुष्पलालको जन्म रामेछाप जिल्लाको भँगेरी गाउँमा वि.संं.१९८१ आषाढ १५ गते भएको थियो । यिनी त्यसबेलाका राणाशासन गौँडा हाकिम भक्तलाल श्रेष्ठका छोरा थिए । यिनको बाल्यकाल रामेछाप, ओखलढुङ्गा र सिन्धुपलाञ्चोकमा यिनका बुवाको जागिरको सिलसिलामा सरूवा हुँदा बितेको थियो ।

नेपाल द्वन्द्वतिर फस्ने खतरा - 2019-07-14

वीरेन्द्र शाह;जनयुद्धका उपलब्धिहरू संस्थागत नहुँदै र शान्तिप्रक्रियाका सबै कार्यभार नटुङ्गिँदै मुलुक फेरि किन अर्को द्वन्द्वतिर अगाडि बढ्यो ? वर्तमान नेपालको समग्र चित्र हेर्दा आम सर्वसाधारणहरूमा असन्तुष्टिहरू बढ्दै गैरहेका छन् । नेपाली जनताले संविधानको निर्माणपछि जुन अपेक्षा गरेका थिए त्यसको ठीक विपरीत देशको राजनीति अगाडि बढिरहेको छ

सर्लाही हत्याकाण्डको नालीबेली - 2019-07-14

अनिल शर्मा ‘विरही’:सर्लाही, लालबन्दी नगरपालिका १, लखन्तीमा असार ५ गते नेपाल कम्युनिस्ट पार्टी सर्लाहीका जिल्ला इन्चार्ज कमरेड कुमार पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर, अङ्गभङ्ग बनाएर हत्या गरेपछि छेउमा कटुवा पेस्तोल राखी फोटो खिचेर त्यो फोटो केही आफूनिकट सञ्चारमा सुटुक्क सम्प्रेषण अथवा सार्वजनिक गरेको छ ।

संघीयता खारेज हुने बाटोमा लाग्यो - 2019-06-30

कृष्णप्रसाद सिटौलामैले नेपालको राजनीतिक परिस्थिति राम्रो देखेको छैन। के कारणले ठ्याक्कै भन्न सक्दिनँ। परिवर्तनपछिको यो संवैधानिक व्यवस्थामाथि नै प्रहार हुन खोजेको, त्यसलाई नै उल्टाउन खोजेको, पछाडितिर फर्काउन खोजेकोजस्तो भान हुन थालेको छ।

लोकसेवाको विज्ञापन गैरकानुनी - 2019-06-19

प्रचण्ड: स्थानीय तहमा कर्मचारीहरुको माग गर्दै लोक सेवाले निकालेको विज्ञापन पार्टीभित्र पनि, संसदको समितिहरुभित्र पनि छलफल चलिराखेकै विषय हो । म आफैं पनि राज्यव्यवस्था समितिको सदस्य छु । त्यसो भएको हुनाले स्वाभाविकरुपले राज्य व्यवस्था समितिका पदाधिकारीहरु मसँग आएर के गर्ने, कसो गर्ने भन्ने सल्लाह भइराखेको छ ।

विभागहरुको प्रमुख, जिल्ला इञ्चार्ज र सहइञ्चार्ज तोक्ने विषयमा नेकपा भित्र किचलो - 2019-06-01

प्रचण्डको दोहोरो भूमिकाबाट भने नेपाल, खनाल र श्रेष्ठ आजित दुई पार्टी नेकपा एमाले र माओवादी केन्द्रका बीच एकता भएको एक वर्ष वितिसक्दा पनि पार्टीको सबै तहमा एकता हुन सकेन । जिल्ला अध्यक्ष तथा सचिव टुंगो लागेपनि पार्टीको विभिन्न विभागहरुको गठन, पोलिव्यूरो, तथा जिल्ला इन्चार्ज तथा सह इन्जार्ज जस्ता पदहरुमा कस्लाई मनोनयन गर्ने भन्ने विषयले अहिलेसम्म टुंगो पाएन ।

उठेको पैसा खाने, विकास गर्न ऋण लिने ? - 2019-05-30

डा. विश्व पौडेल: जति राजस्वको लक्ष्य छ, लगभग त्यति नै चालु खर्चका लागि छुट्याइएको छ । यो कर उठाएर खाएर सक्ने प्रवृत्ति हो । उठेको राजस्व चालु खर्चमा लगाउनु भनेको एकदमै खराब अभ्यास हो । पुँजीगतभन्दा चालु खर्चलाई जोड दिने बजेटलाई आदर्श बजेट मानिँदैन ।

गणतन्त्रको एक दशक: व्यवस्था बदलियो, संस्कार बदलिएन - 2019-05-29

जनकराज सापकोटादशक लामो माओवादी सशस्त्र द्वन्द्व, पटक–पटकका सडक संघर्ष र जनआन्दोलनका बलमा स्थापना भएको गणतन्त्रले समाजका विधि र व्यवस्था परिवर्तन गर्‍यो । गणतान्त्रिक व्यवस्थाअनुसार नागरिकको हैसियत, स्वभाव र चेतनास्तरचाहिँ कति बदलियो त ? भारतको नयाँदिल्लीस्थित साउथ एसियन युनिभर्सिटीमा समाजशास्त्र विभागमा अध्यापनरत चूडामणि बस्नेतको ठम्याइ छ, ‘व्यवस्था बदलिए पनि नेपाली राजनीति उस्तै छ । त्यसैले जनताको स्वभाव परिवर्तन भएको छैन ।’ संस्थागत संरचनाहरूमा बदलाव आएको तर तिनीहरू सानो समूहले मनपरी गर्न पाउने हिसाबले निर्माण भएको उनी बताउँछन् । ‘नियम र विधि उल्लंघन प्रवृत्तिका रूपमा स्थापित भएको छ’ उनी भन्छन्, ‘यस्तो प्रवृत्ति २०६२ र ६३ को जनआन्दोलनपछि झनै बढेको छ ।

गणतन्त्रको एक दशक :ओझेलमा सामन्तवाद, साम्राज्यवाद विरूद्वको लडाई - 2019-05-28

एकलाल श्रेष्ठसाना साना सामान्ती गणराज्यवाट एकात्मक सामान्ती राज्यको स्थापना संगै निरंकुश र शक्तिशाली बन्दै गएको नेपालको सामान्ती निरंकुश राजतन्त्र पूर्ण रूपले पतन भएको ११ वर्ष पुरा भएको छ । यसको संगै राजतन्त्र सँग जोडिएका एकात्मक राज्य, संघात्मक राज्यमा हिन्दु धर्म सापेक्ष राज्य धर्म निरपेक्षमा र दरवार वरिपरीका ठूला जात तथा वर्गले मात्र पहुँच राख्ने राज्यको निती निर्माण तहमा समाजका सवै जातजातीवाट समावेश गरिने समावेशी राज्य व्यवस्थामा मुलुक परिर्वतन भएको छ । उपलब्धीको दृष्टीले यो नेपालको अहिलेसम्मकै सवैभन्दा महत्वपूर्ण परिर्वतन हो । झण्डै ६ दशक लामो नेपाली प्रजातान्त्रिक आन्दोलनको विभिन्न उत्तारचढावसंगै पटक पटक भएका वामपन्थी तथा प्रजातान्त्रिक शक्तिहरूको संयूक्त जनआन्दोलन नै यो महत्वपूर्ण उपलब्धीको मुख्य श्रोत हो ।

नयाँ नेपालको लागि वैकल्पिक अभियान - 2019-05-15

नवराज दाहाल: विश्व राजनितिक मञ्चमा पछिल्लो समय नया तरंगहरु देखा पर्न थालेका छन् । परम्परा देखी शासन सत्तामा रहि आएका राजनितिक दलहरु भन्दा फरक सैली सोच राख्ने राजनैतिक शक्तिहरु अर्थात पूँजीबाद र साम्यवादी भन्दा फरक दर्शन र मान्यता बोकेका राजनैतिक पार्टीहरु स्थापित हुने क्रम चलिरहेको छ । भन्ने गरिन्छ पृथ्वीमा डाइनोसर र जिराफ भन्ने जिव संग संगै अस्तित्वमा आएका थिए ।

अन्तर्राष्ट्रिय मजदुर दिवस - 2019-05-01

मे १ अर्थात अन्तर्राष्ट्रिय श्रमिक दिवस । सवा सय वर्ष अगाडि आफ्नो अधिकारका लागि मजदुरहरुले बिद्रोह गरेको दिनको सम्झनामा विश्वभरि यो दिवस मनाउने गरिन्छ । आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको माग गर्दै अमेरिकाको सिकागो शहरका मजदुरहरुले मे १ सन् १८८६ मा आमहड्ताल आह्वान गरेको दिनको सम्झनामा हिजो आइतबार यो दिवस मनाइयो । अमेरिकी मजदुरहरुले आह्वान गरेको यो निर्णायक आमहड्तालमा कैयौंलाई फाँसी दिइयो, हजारौं घाइते भए ।

लोकतन्त्रको १४ वर्ष: ओझेलमा उपलब्धि - 2019-04-24

डेढ दशक लामो प्रजातान्त्रिक कालखण्डको भ्रष्टाचार र बेथितिप्रति प्रायश्चित्त गर्दै प्रमुख दलहरूले त्यस्तो गल्ती नदोहोर्‍याउने प्रतिबद्धता जनाएका थिए । सशस्त्र संघर्षको माध्यमबाट राजनीतिको मूलधारमा आएको तत्कालीन माओवादीले आफ्नो प्रमुख नारामा भ्रष्टाचारविरोधी विषयवस्तु समावेश गरेको थियो । तर केही वर्षमै यी भाषण र प्रतिबद्धता झूटा सावित भए ।

दोषीलाई उन्मुक्ति कहिलेसम्म ? - 2019-02-27

कञ्चनपुरको निर्मला हत्या काण्डमा नराम्ररी चुकेको सरकार त्यसका दोषीलाई कानूनी कठाघरमा उभ्याउनुभन्दा पनि अझ किस्ताबन्दीमा एकपछि अर्को गल्ती दोहोर्याउदै आउँनुमा सरकारबाट निर्मलाका परिवारले न्याय पाउनेमा शङ्का उब्जिएको छ ।

भारत-पाकिस्तान विभाजन र घटनाक्रम - 2019-02-27

सन् १९४७ मा ब्रिटिश शासनबाट मुक्त भएसँगै भारत र पाकिस्तान छुट्टिएर नयाँ स्वतन्त्र राष्ट्र बने । स्थापना कालदेखि नै यी दुई छिमेकी देशबीच कहिल्यैपनि सम्बन्ध सुमधुर हुन सकेन। सम्बन्धमा तिक्तताको केन्द्रमा सधैँ कश्मीर रह्यो । यस अवधिमा दुई देशबीच कैयौँ यस्ता घटना भए जसले कहिले युद्ध नै निम्त्यायो त कहिले चर्को तनाव ।

‘पर्ख र हेरको नीति’मा राजपा - 2019-02-09

‘सत्ताका लागि जस्तोसुकै निर्णय र सम्झौता गर्न पछि नपर्ने’ जस्ता आरोप खेपिरहेका मधेश केन्द्रित दल अहिले सत्ता वा सङ्घर्षको अलमलमा रहेको देखिन्छ। सम्झौतालाई भर्‍याङ बनाएर सरकारमा पुग्ने तर काम नगर्ने परिपार्टी विगतकै रोग हो। मधेशका मुद्दामा बेइमेल मात्र हैन सरकारमा जाने होडबाजी र दाउपेचका साथै अन्तरपार्टी र पार्टीभित्रकै तादम्यता नहुँदा मधेश केन्द्रित दल कमजोर बन्न पुगेको हो कि! भन्ने अनुमान लगाउन थालिएको छ।

एकीकृत पार्टीमा ओलीले एकलौटी गरे - 2019-02-09

सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘अर्को माओवादी जमिन्छ’ भन्ने अभिव्यक्ति दिएपछि नेपाली राजनीतिमा नयाँ तरंग आएको छ । भेनेजुएला प्रकरणमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग जुहारी चलिरहेका बेला अर्का अध्यक्ष प्रचण्डले सार्वजनिक मञ्चमै ‘माओवादीलाई सिध्याइयो, जे गरेपछि हुन्छ भन्ने ठाने अर्को माओवादी जन्मन्छ’ भनेका हुन् ।

भेनेजुएलामाथि अमेरिकी हस्तक्षेप बारे - 2019-02-06

संवैधानिक र लोकतान्त्रिक रुपमा निर्वाचित राष्ट्रपति निकोलास मडुरोको सरकारको विरुद्धमा भेनेजुएलामा अमेरिकी साम्राज्यवादको योजनामा जुन राज्य विप्लवको प्रयत्न भइरहेको छ, त्यो मुलत असफल भैसकेको छ । तर पनि त्यसलाई अझै अगाडि बढाउने प्रयत्न जारी छ । त्यसको विरुद्धमा हाम्रो पार्टीको तर्फबाट अध्यक्ष प्रचण्डले वक्तव्य दिइसक्नुभएको छ । सरकार पनि भेनेजुएलामा बाह्य हस्तक्षेप विरुद्ध उभिइसकेको स्थिति छ ।

भेनेजुयला ब्रिफिङ : भएको के हो? - 2019-02-05

काठमाडौ,(प्रस): झन्डै २ साताअघि नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले वक्तव्य जारी गर्दै अमेरिकाको कडा आलोचना गरेपछि नेपाली राजनीतिक वृत्तमा दक्षिण अमेरिकी मुलुक भेनेजुयाला पसेको छ।

नेपाल-अमेरिका सम्बन्ध थप पेचिलो - 2019-02-03

भेनेजुएला प्रकरणबारे नेकपा अध्यक्ष पुष्पकमल दाहालले दिएको वक्तव्यबाट एकाएक चिसिएको नेपाल–अमेरिका सम्बन्ध थप पेचिलो बनेको छ । अमेरिकी सरकारले दाहालको वक्तव्यलाई लिएर नेपाल सरकारको ध्यानाकर्षण गर्न वासिङटन डिसीस्थित नेपाली राजदूत अर्जुन कार्कीलाई विदेश मन्त्रालयमा बोलाएर प्रस्टीकरण लिएको छ ।

नक्कली र सक्कली सहिद ! - 2019-01-30

सहिद त्यो हो, जसले देश र नागरिकको हितमा आफ्नो जीवन अर्पण गर्दछ, समर्पण गर्दछ । तर, यहाँ त कुनै समूहको स्वार्थका लागि भिडन्त गर्दा मरेकालाई पनि सहिद घोषणा गरिएको छ । यतिसम्म कि, सहिदलाई ‘१० लाख रुपैयाँको व्यापार’ जस्तो बनाइएको छ ।

मैले भोगेको युपिएफ र एसिया प्यासिफिक सम्मेलन - 2018-12-09

नवराज दाहाल: भर्खरै एसिया प्यासिफिक सम्मेलन नेपालमा सम्पन्न भएको छ । सम्मेलन पूर्व र सम्पन्न भए पश्चात यसबारे धेरै चर्चा परिचर्चा सुनिन आएको छ । लाग्दछ ठुलो भुकम्प पछीको पराकम्प जस्तै एसिया प्यासिफिकको पराकम्पनहरु गइनै रहेका छन् । कार्यक्रमको बारेमा सकारात्मक र नकारात्मक टिप्पणीहरु सुन्नमा आइरहेका छन् ।










Powered by: Exclusively Solution