अर्थ / व्यापार




महालक्ष्मी बैंक र सूर्य लाइफ बीच सम्झौता


काठमाडौ,(प्रस):
महालक्ष्मी विकास बैंक र सूर्य लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता भएको छ। सम्झौता अनुसार महालक्ष्मी बैंकबाट उक्त कम्पनीको जीवन बीमा लेख प्राप्त, प्रिमियम भुक्तानी, दावी भुक्तानी लगायत सम्पूर्ण जीवन बीमा सेवा प्राप्त गर्न सक्नेछन्।
बैँकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले सम्झौतामा हस्ताक्षर गरे। 
बैंकको चुक्ता पुँजी २ अर्ब ८४ करोड रुपैयाँ रहेको छ। हालसम्म २६ अर्ब ५६ करोड रुपैयाँ निक्षेप संकलन गरी २३ अर्ब ८३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको बैंकले जनाएको छ।



Related Pictures:













Related News:

कांग्रेस महासमिति बैठकका ७ कार्यभार - 2018-12-16

जस लिने होडबाजी ! - 2018-12-15

भारतमा ३३ किलो सुन बरामद, नेपालमा अनुसन्धान ! - 2018-12-15

व्याट्री बोकेको ट्रकमा एक्कासी आगलागी - 2018-12-15

आरोप प्रत्यारोपका बीच देउवा र पौडेलको हातेमालो - 2018-12-15





महालक्ष्मी बैंक र सूर्य लाइफ बीच सम्झौता - 2018-11-11

काठमाडौ,(प्रस): महालक्ष्मी विकास बैंक र सूर्य लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता भएको छ। सम्झौता अनुसार महालक्ष्मी बैंकबाट उक्त कम्पनीको जीवन बीमा लेख प्राप्त, प्रिमियम भुक्तानी, दावी भुक्तानी लगायत सम्पूर्ण जीवन बीमा सेवा प्राप्त गर्न सक्नेछन्।

भारतीय तरकारीसँग प्रतिस्पर्धाः आधा मूल्यमा तरकारी बेच्दै किसान - 2018-11-11

सुर्खेत,(प्रस):सुर्खेतको भेरीगंगा–४ हर्रेका बलबहादुर खत्रीले यो सिजनमा आफ्नो ५ रोपनी बारीमा काउली उत्पादन गरे। उनले उत्पादन गरेको काउली अहिले बजारमा किलोको ३० रुपैयाँमा विक्री भैरहेको छ। उनले पाउनुपर्ने मूल्य ७० देखि ८० रुपैयाँ हो। तर, नेपालगञ्जस्थित भन्सारबाट बढ्दो मात्रामा काउली भित्रिने हुँदा उनले उत्पादन गरेको काउलीले आधाभन्दा बढी मूल्य कम पाएको छ।

कर बढाउँदा पनि गाडी आयात नरोकिएपछि ऋणमा कडाइ - 2018-11-06

काठमाडौ,(प्रस):नेपाल राष्ट्र बैंकले सवारी साधनको ऋण लगानीमा फेरी अंकुस लगाएको छ। डेढ बर्षअघिको मौद्रिक नीतिले पहिलो पटक निजी सवारी साधनमा जाने ऋणमा अंकुस लगाएको थियो। त्यो अंकुस ६ महिनामै केही खुकुलो भएको थियो। त्यसलाई पनि कस्ने निर्णय राष्ट्र बैंकले गरेको हो। राष्ट्र बैंकले मंगलबार निर्दशन जारी गर्दै निजी सवारी साधनमा त्यसको मूल्यको ५० प्रतिशत मात्र ऋण दिन पाउने ब्यवस्था गरेको थियो।

जुनार सुपरजोनमा अधिकारी - 2018-11-06

काठमाडौ,(प्रस):सरकारले भ्रष्टचार गरेको आरोपमा जुनार सुपरजोन सिन्धुलीका परियोजना प्रमुख ललनकुमार सिंलाई हटाएको छ । उनको ठाउँमा देवराज अधिकारीलाई आज पठाएको छ ।

चिनीको मूल्य ६३ रुपैयाँ तोक्न सरकारलाई निर्देशन - 2018-10-04

काठमाडौ,(प्रस): संघीय संसदको सार्वजनिक लेखा समितिले प्रतिकेजी चिनीको मूल्य ६३ रुपैयाँ कायम राख्न सरकारलाई निर्देशन दिएको छ। समितिको बिहिबार सिंहदरबारमा बसेको बैठकले चिनीको खुद्रा विक्री मूल्य प्रतिकेजी ६३ रुपैयाँ कायम राख्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको हो।

जुनार सुपरजोनको म्याद १० वर्ष थपिन्छ: कृषी मन्त्री चक्रपाणी खनाल - 2018-10-04

विदेशीएका युवाहरुलाई जुनारमा काम गर्ने वातावरण बनाउनु पर्छ: गजुरेल- केही दिनभित्रै प्राविधिक सहितको नयाँ कार्यालय प्रमुख आउनेकृषी तथा पशुपन्छी व्यवस्था मन्त्री चक्रपाणी खनाल बलदेवले सिन्धुलीको जुनारमा देखिएको रोगकिराको प्रकोप जुनार किसानको नभएर अव नेपाल सरकारको भएको र त्यसलाई नियन्त्रणका लागि केही दिन भित्रै प्राविधिक सहितको नयाँ टिम पठाउने बताउनु भएको छ ।

रामपुरमा हुने अन्तर्राष्ट्रिय पोल्ट्रीविज्ञ सम्मेलनको तयारी तीव्र - 2018-10-04

चितवन,(प्रस): आगामी कार्तिक ११ देखि १३ गतेसम्म चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयमा हुने अन्तर्राष्ट्रिय पोल्ट्री विज्ञ सम्मेलनको तयारी तीव्र बनाइएको छ । विश्वविद्यालयले आज भरतपुरमा पत्रकार सम्मेलन गरी कार्यपत्रहरु आइसकेको र तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।

जुट युग सकिँदै, वार्षिक डेढ अर्ब विदेशियो - 2018-10-04

मोरङ,(प्रस):पाँच बिगाहामा जुट लगाएका झापा गौरादहका रमेश कार्कीले लगानी भन्दा कम आम्दानी भएपछि जुट अर्थात (पट्वा) खेती लगाउन छाडेका छन् । कार्कीले हाल धान खेती गर्दै आएका छन् । धान उत्पादक कृषक भनेर चिनिने कार्कीले भने, ‘आम्दानीभन्दा लगानी बढी छ, जुट खेती गरेर फाइदा हुँदैन के गर्नु ?’

नेपालका बैंकमा उत्तर कोरियाली ह्याकरको निशाना - 2018-10-01

काठमाडौ,(प्रस): गत साउनमा भारतीय बैंकबाट ९६ करोड भारतीय रूपैयाँ चोरी भयो। पुनेमा मुख्यालय रहेको कसमस बैंकको सिस्टम नै ह्याक गरी उक्त रकम चोरी भएको थियो। भारतीय सञ्चारमाध्यमका अनुसार उत्तर कोरियाली ह्याकर समूह लजारस ग्रुपले बैंकको डाटा ह्याक गरी रकम चोरेको हो।

दूध, पानी र तेलका धेरै उद्योग मापदण्डविपरीत : कृषिमन्त्री - 2018-09-30

काठमाडौ,(प्रस): कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनालले दूध, पानी र तेलका अधिकांश उद्योग मापदण्ड विपरीत सञ्चालन भइरहेको बताएका छन् । आइतबार संसदको कृषि समितिमा उनले मापदण्ड विपरीत सञ्चालित उद्योगलाई कानुनको दायरामा ल्याउन प्रयास भइरहेको दावी गरे । काठमाडौंमा पानीका करिब दुई सय उद्योग रहेको भन्दै मन्त्री खनालले त्यसमध्ये ५/६ वटामात्रै मापदण्डअनुसार सञ्चालन भएको पाइएको जानकारी दिए ।

चितवनसम्मै पेट्रोलियम र ग्यासको पाइपलाइन ल्याउन सहमति, चितवनसम्म पाइपलाइन - 2018-09-28

काठमाडौ,(प्रस): भारतको मोतिहारीदेखि चितवनसम्म ग्यास र पेट्रोलियम पाइपलाइन विस्तारका लागि नेपाल र भारतका वीचमा सहमति भएको छ। शुक्रबार नेपाल र भारतका वीचमा भएको मन्त्रीस्तरीय छलफलमा पेट्रोलियम र एलपीजी ग्यासको पाइपलाइन चितवनसम्म विस्तार गर्ने सहमति भएको हो।

नेपाल-चीनबीच ऊर्जा संयन्त्रको बैठक सुरू - 2018-09-28

काठमाडौ,(प्रस): नेपाल र चीनबीच ऊर्जा क्षेत्रमा द्विपक्षीय सहयोग र साझेदारीलाई प्रभावकारी रुपमा अगाडि बढाउने लक्ष्यका साथ शुक्रबारदेखि यहाँ ऊर्जा संयन्त्रको बैठक सुरु भएको छ। बैठकमा नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव अनुपकुमार उपाध्याय र चीनका तर्फबाट इन्टरनेशनल इकोनोमिक डिपार्टमेन्टका उपमहाप्रबन्धक हि याङले नेतृत्व गरेका छन्।

दशैंको मुखमा सरकारले बढायो विदेशबाट आउने सामानको मूल्यांकन: जनताको ढाड सेक्दै सरकार - 2018-09-26

काठमाडौ,(प्रस): सरकारले दशैंको पूर्वसन्ध्यामा केही वस्तुको भन्सार मूल्यांकन बढाएको छ। विदेशबाट आयात हुने वस्तुमा भन्सार मूल्यांकन बढाउँदा त्यसको प्रत्यक्ष असर उपभोक्तालार्इ पर्छ। एक महिनाअघि भन्सार व्यवस्थापन गोष्ठीका आधारमा भन्सार विभागले नयाँ सन्दर्भ मूल्यसूची (रेफरेन्स भ्यालु) तय गरेको छ। भन्सार मूल्यसूचीमा राखिएको मूल्य व्यवसायीले विदेशमा किनेको मूल्यभन्दा महँगो राखिएको छ।

बजेटबाट भ्याट फिर्ता सुविधा हटाएपछि सरकारले उखु किसानलाई पैसा दिँदै, बैंक खाता अनिवार्य - 2018-09-26

काठमाडौ,(प्रस): चिनीमा मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ता खारेजीपछि अर्थ मन्त्रालयले पहिलोपटक उखु किसानका लागि नगद अनुदान हस्तान्तरणको तयारी गरेको छ। विभिन्न जिल्लाका उखु किसानका लागि पहिलो किस्तामा साढे ३८ करोड रुपैयाँ हस्तान्तरण गर्न लागिएको हो। सरकारले 'उखु किसानलाई अनुदान दिने सम्बन्धी कार्यविधि, २०७५' को व्यवस्थाअनुसार उखु किसानलाई प्रतिक्विन्टल ६५ रुपैयाँ २८ पैसा फिर्ता गर्ने निर्णय गरेको थियो। त्यसैअनुसार उखु किसानले पाउने गरी सम्बन्धित जिल्लाको भुक्तानी समितिमार्फत रकम वितरण गर्न लागिएको हो।

उपत्यकाका २२ ठाउँबाट नयाँ नोट पाइने - 2018-09-26

काठमाडौ,(प्रस):उपत्यकाका २२ ठाउँबाट दसैँका लागि आवश्यक नयाँ नोट साट्न पाइने भएको छ। सरकारी स्वामित्व रहेका तीन बैंकका २१ शाखा कार्यालय र राष्ट्र बैंकको थापाथली कार्यालयबाट नयाँ नोट सटही गर्न पाइनेछ।

चितवनसम्मै ग्यास र तेलको पाइपलाइन बिछ्याउन भारतसँग प्रस्ताव गरिँदै - 2018-09-25

काठमाडौ,(प्रस): नेपालले चितवनसम्म नै पेट्रोलियम ग्यास र तेलको पाइपलाइन निर्माण गर्न भारतसमक्ष प्रस्ताव गर्ने भएको छ । बुधबारबाट काठमाडौंमा सुरु हुने नेपाल भारत पेट्रोलियम संयुक्त कार्य सूमहको बैठकमा नेपालले यस्तो प्रस्ताव गर्न लागिएको हो ।

सार्वजनिक यातायातको भाडा १० प्रतिशत बढ्यो - 2018-09-22

काठमाडौ,(प्रस): दशैंको मुखमा सार्वजनिक यातायातको भाडा बृद्धि भएको छ । यातायात व्यवसायीहरूले दशैंको अग्रिम टिकट बुकिङ नै रोकेपछि सरकार १० प्रतिशत भाडा बढाउन सहमत भएको हो । हालै मात्र इन्धनको मूल्य बृद्धि भएपछि व्यवसायीले ५ गतेबाट खुला गर्ने भनिएको अग्रिम टिकट बुकिङ रोकेका थिए ।

भारत लैजान लागिएको १४ सय किलो मरिच बरामद - 2018-09-21

पर्सा,(प्रस):पर्सा प्रहरीले १४ सय केजी मरिच बरामद गरेको छ। सिमावर्ती क्षेत्र वीरगन्ज महानगरपालिका–१ बाट भारत लैजान लागिएको अवस्थामा बिहीबार राति साढे ११ बजे मरिच बरामद गरिएको हो। पर्सा प्रहरी कार्यालयका अनुसार १४ वटा साइकलमा ५६ बोरा मरिच बरामद भएको छ। बरामद साइकल र बोरा वीरगन्ज भन्सार कार्यालयमा कारबाहीको लागि पठाइएको प्रहरीले जनाएको छ।

यातायात व्यवसायीको चेतावनी : इन्धनको मूल्यवृद्धि फिर्ता नलिए अग्रिम टिकट बुकिङ गर्दैनौं - 2018-09-18

काठमाडौ,(प्रस): यातायात व्यवसायीहरुले सरकारले सोमबार गरेको इन्धनको मूल्यवृद्धि फिर्ता नलिए दशैंका लागि अग्रिम टिकट बुकिङ नगर्ने चेतावनी दिएको छ । महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ- मंगलबार विज्ञप्ति जारी गरी नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारले ४८ घण्टाभित्र मूल्यवृद्धि फिर्ता नलिए दशैंको अग्रिम टिकट बुकिङ खुल्ला गर्न बाध्य नहुने बताएको छ ।

चर्कियो अमेरिका-चीन व्यापार युद्ध - 2018-09-18

काठमाडौ,(प्रस): अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई सय अर्ब डलर बराबरका चिनियाँ सामानको आयातमा भन्सार शुल्क बढाउने निर्णय गरेपछि दुई आर्थिक महाशक्तिबीच जारी व्यापार युद्ध थप चर्किएको छ। राष्ट्रपति ट्रम्पले सोमबार सेप्टेम्बर २४ देखि दुई सय अर्ब डलर बराबरका चिनियाँ सामानमा थप दश प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेका छन्।

जमीन व्यवस्थापनलाई प्राथमिकतामा राखेको छुः कृषिमन्त्री - 2018-09-16

काठमाडौ,(प्रस): कृषिमन्त्री चक्रपाणि खनालले कृषिको व्यवसायीकरणका लागि जमीन व्यवस्थापनलाई आफूले पहिलो प्राथमिकतामा राखेको बताएका छन् । ‘कृषिमा व्यवसायीकरणका लागि जमीन व्यवस्थापन नगरि हुँदैन । व्यावसायिक रुपमा कृषि गर्नका लागि नेपालमा जमिन नै छैन्,’ कृषि मन्त्रालयमा आइतबार भएको राष्ट्रिय किसान आयोगको वार्षिक प्रगिति समीक्षामा मन्त्री खनालले भने ।










Powered by: Exclusively Solution