अर्थ / व्यापार




भारतीय तरकारीसँग प्रतिस्पर्धाः आधा मूल्यमा तरकारी बेच्दै किसान


सुर्खेत,(प्रस):
सुर्खेतको भेरीगंगा–४ हर्रेका बलबहादुर खत्रीले यो सिजनमा आफ्नो ५ रोपनी बारीमा काउली उत्पादन गरे। उनले उत्पादन गरेको काउली अहिले बजारमा किलोको ३० रुपैयाँमा विक्री भैरहेको छ। उनले पाउनुपर्ने मूल्य ७० देखि ८० रुपैयाँ हो। तर, नेपालगञ्जस्थित भन्सारबाट बढ्दो मात्रामा काउली भित्रिने हुँदा उनले उत्पादन गरेको काउलीले आधाभन्दा बढी मूल्य कम पाएको छ।

खत्रीले आफूले उत्पादन गरेको काउली पूरै विक्री भए पनि यो सिजनमा करिब ४० हजार घाटा पर्ने अनुमान गरेका छन्। भारतबाट भित्रिने काउलीसँग प्रतिस्पर्धा गर्नुपर्दा यहाँका कृषकले आफूले उत्पादन गरेको तरकारी घाटामा बेच्नु परेको हो।

‘पूरै मूल्य पाएको भए डेढदेखि दुई लाखसम्म आम्दानी हुन्थ्यो, त्यसले लगानी उठाएर केही फाइदा पनि हुन्थ्यो,’ खत्रीले भने, ‘अहिले बेचिरहेको यो काउलीबाट एक लाख पनि हुन गाह्रो छ, भारतको काउलीले हामीलाई घाटा पार्‍यो ।’

भारतको तरकारीसँग प्रतिस्पर्धा गर्नुपरेकाले तरकारीले बजार पाए पनि मूल्य नपाउँदा प्रायः घाटा व्यहोर्नुपरेको खत्रीको भनाइ छ।

‘बाटो नजिकै भएपछि बजार पायक पर्ने भएकाले हामीले उत्पादन गरेको तरकारी विभिन्न बजारमा जान्छ तर भारतसँग प्रतिस्पर्धा गरेर बेच्नुपर्छ, खासै मूल्य पाउँदैन,’ उनले भने।

हर्रेकै कृषक पवन खत्रीलाई तरकारीबाट यो सिजनमा मात्रै १ लाख घाटा लाग्यो। उनी एक सिजनमा कम्तीमा १५० क्विन्टल काउली मात्र बेच्छन्। आफूले उत्पादन गरेको तरकारी आधा मुल्यमा बेच्नुपर्दा खत्रीलगायत सुर्खेतका किसानहरुले घाटा ब्यहोर्नुपरेको हो ।

‘एक सिजनमा मैँले १५० क्वीन्टल काउली बेच्छु, तर सिजनको शुरुमा मुल्य पाए पनि पछि पाउँदैन,’ उनले भने, ‘उताबाट काउली आउन थालेपछि इण्डियाको काउली आउँछ भनेर व्यापारीले मूल्य दिँदैनन्, केही दिनअघि ६० मा बेचेको काउली अहिले ३० मा बेचिरहेको छु।’

जमुनाह नाका हुँदै भारतीय तरकारी सस्तोमा भित्रिने हुँदा जिल्लाका कृषकले उत्पादन गरेको तरकारीले सिजनभर पूरा मूल्य पाउन नसकेको तरकारी व्यवसायी टिकाराम बुढामगर बताउँछन्।

‘नाका नजिकै छ, भारतबाट यही सिजनमा तरकारी आयात हुन्छ,’ तरकारी खरिद गर्न हर्रे पुगेका व्यापारी बुढाले भने, ‘उताबाट सस्तोमा तरकारी भित्रिने हुँदा यहाँ पनि त्यही रेट दिएर तरकारी खरिद गर्नुपपर्ने हुन्छ।’

हर्रेलगायत सुर्खेतका अधिकांश ठाउँमा तरकारी उत्पादन गरिन्छ । गत आर्थिक वर्षको तथ्याङ्क अनुसार जिल्लामा वार्षिक २५ हजार ८५० मेट्रिक टन तरकारी उत्पादन हुन्छ । जसमध्ये ६७५ हेक्टर जमिनमा १० हजार ८९८ मेट्रिक टन हिउँदे, ६५५ हेक्टरमा ७ हजार ३६४ मेट्रिक टन बर्खे र ४५५ हेक्टरमा ७ हजार ५८८ मेट्रिक टन वेमौसमी तरकारी उत्पादन हुने गर्दछ ।




Related Pictures:













Related News:

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग - 2019-05-21

विप्लव कार्यकर्तामाथि गोली प्रहार - 2019-05-21

७ केजी सुन ल्याउने घले विरुद्ध मुद्दा दायर - 2019-05-21

भ्रष्टाचार प्रमाणित भए झुण्डिन तयार छु : घिसिङ - 2019-05-21

खुश्बु ओलीलाई ३ महिना कैद - 2019-05-21





गुगलद्वारा हुवावेलाई दिँदै आएको प्राविधिक सहायता कटौती - 2019-05-20

एजेन्सी : सर्च इन्जिन गुगलले स्मार्ट फोन तथा टेलिकम उत्पादक कम्पनी हुवावेका फोनलाई उपलब्ध गराउँदै आएको प्राविधिक सहायता तथा सुरक्षामा कटौती गरेको छ । चिनियाँ कम्पनी हुवावे र अमेरिकाबीच विवाद बढिरहेका बेला गुगलले प्रावधिक सहायता सीमित गर्ने निर्णय गरेको हो । एक विज्ञप्ति जारी गर्दै गुगलले अमेरिकी सरकारको निर्णय पालना गर्ने क्रममा रहेको जनाएको छ ।

सरकारले तीन मुलुकसँग विप्पा सम्झौंता गर्ने - 2019-05-10

काठमाडौ,(प्रस): सरकारले तीन मुलुकसँग द्धिपक्षीय लगानी प्रवर्द्धन तथा संरक्षण सम्झौंता(विप्पा) गर्ने भएको छ।बंगलादेश,कतार संयुक्त अरब इमिरेट्स(युएई)सँग विप्पा सम्झौंताको प्रकृया अघि बढाएको हो। उद्योग मन्त्रालयका प्रवक्ता दिनेश भट्टराईले तीन देशसँग विप्पा सम्झौंता अघि बढेको जानकारी दिए।पछिल्लो समयमा तीन मुलुकका लगानीकर्ताले नेपालका ठूला परियोजनामा लगानी गर्ने इच्छा देखाएपछि सरकारले प्रकृया अघि बढाएको हो।

इन्टरनेट र केवल टिभीको तार विद्युत प्राधिकरणले काट्ने - 2019-05-10

काठमाडौ,(प्रस): नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणसँग सम्झौंता नगर्ने सबै इन्टरनेट र केबल टिभी कम्पनीको तार काट्न निर्देशन दिएका छन्। सम्झौंता गर्न बारम्बार ताकेता गर्दा पनि इन्टरनेट तथा केबल टिभी सेवा प्रदायक कम्पनीहरु नआएपछि प्राधिकरणको पोलबाट तार हटाउन घिसिङले निर्देशन दिएका हुन्।

प्रदेश १ का आन्तरिक मामिला मन्त्री क्षेत्राधिकार मिचेर करोडौँ खर्च गर्दै - 2019-05-10

विराटनगर,(प्रस): प्रदेश नम्बर १ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आफ्नो क्षेत्राधिकार बाहिर गएर करोडौँ खर्च गरिरहेको छ। मन्त्रालयले क्षेत्राधिकार बाहिर गएर ७० वटा एम्बुलेन्स खरिद, दुर्व्यसनविरूद्धको 'म अघि बढ्छु' भन्ने कार्यक्रम र सीमा क्षेत्रका १३ स्थानमा सशस्त्र प्रहरीलाई चौकी बनाउन दिने लगायतका योजनामा खर्च गर्न लागेको हो।

बैंकमा फेरि तरलता समस्या देखिने - 2019-05-10

काठमाडौ,(प्रस): बैंकिङ क्षेत्रमा फेरि तरलता समस्या देखिने संकेत देखा परेको छ । नेपाल राष्ट्र बैंकले ८६ अर्ब रुपैयाँ प्रणालीबाट उठाउने भएसँगै तरलता समस्या (पुँजीको अभाव) हुने संकेत देखिएको हो । राष्ट्र बैंकले बिहीबार वार्षिक ऋणपत्र निष्काशन तालिका सार्वजनिक गर्दै ५० अर्ब रुपैयाँको ट्रेजरी विल र २६ अर्ब रुपैयाँको विकास ऋणपत्र उठाउने बताएको छ । यो रकम अब प्रणालीबाट निस्केर सरकारको ढुकुटीमा जम्मा हुन्छ ।

सञ्चालनमा आयो काबेली करिडोर प्रसारण लाइन - 2019-05-08

काठमाडौ,(रासस): पूर्वाञ्चलको रणनीतिक महत्वको काबेली करिडोर प्रसारण लाइन पूर्ण रुपमा सञ्चालनमा आएको छ । गत शनिबारदेखि परीक्षण गरिएको सो प्रसारण लाइन मङ्गलबार साँझदेखि व्यावसायिक रुपमा नै सञ्चालनमा आएको छ । कूल १३२ केभी क्षमताको डबल सर्किट प्रसारण लाइन आयोजनाको दोस्रो खण्ड सञ्चालनमा आएपछि सो करिडोरमा निर्माणाधिन जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा ल्याउन सहज हुने भएको छ ।

नेपाल एयरलाइन्सलाई तत्काल ३ अर्ब दिने तयारी - 2019-05-08

ब्याजको भारमात्र अरबौं रुपैयाँ बोकेको नेपाल एयरलाइन्समा दैनिक तलबभत्ता वितरण गर्न पैसा अभाव भएपछि सरकारले तत्काल ३ अर्ब रुपैयाँ दिने तयारी गरेको छ।

बर्डफ्लु प्रकरण:पोल्ट्री व्यवसायलाई संकटमा पार्ने रणनीति, स्वदेशी प्रयोगशालाको वेवास्ता - 2019-05-05

चितवन,(प्रस): राजधानी काठमाडौंमा बर्डफ्लु (एच फाइब एन वान)को कारण युवकको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएपछि पोल्ट्री व्यवसायमा लागेका किसान र व्यवसायी त्रसित छन्। पोल्ट्री क्षेत्रमा करिब ८० अर्ब लगानी छ। दाना उद्योगमा मात्रै ४० अर्ब लगानी छ। मुलुककै आत्मनिर्भर पोल्ट्री व्यवसाय बर्डफ्लुका कारण धरासायी हुने चिन्ता थपिएको छ। स्वास्थ्य मन्त्रालयले बर्डफ्लु लागेर मृत्यु भएका व्यक्तिको नाम, उमेर र ठेगाना खुलाएको छैन।

तरकारी बजारलाई लिएर नेकपाभित्र लफडा - 2019-04-30

काठमाडौ,(प्रस): भृकुटीमण्डप बागबजार टुकुचा खोलको किनाराको ७ रोपनी जग्गामा खोलिएको ईच्छुमति सामुदायिक कृषि बजारको विषयलाई लिएर सत्तारुढ नेकपाभित्र झगडा सुरु भएको छ ।

रेल डिब्बा खरीदका लागि भारतीय टोली नेपाल आउँदै - 2019-04-29

काठमाडौ,(प्रस): भारतीय टोली रेलको डिब्बा खरीद अर्डर लिन काठमाडौं आउने भएको छ। भारतीय सरकारी स्वामित्वको कोंकण रेल्वे कर्पोरेशन लिमिटेडका प्रतिनिधी सहितको टोली रेलको डिब्बा अर्डर लिन अर्को साता काठमाडौं आउन लागेका हुन् ।

चिनियाँ समुद्रबाट तेस्रो मुलुकसँग व्यापार गर्न बाटो खुल्यो - 2019-04-29

एजेन्सी : राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमण क्रममा सोमबार दुई देशबीच पारवहन सम्झौताको प्रोटोकलमा हस्ताक्षर भएको छ। परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र उनका चिनियाँ समकक्षी ली छियाङपेङले प्रोटोकलमा हस्ताक्षर गरेका हुन्। यसले नेपालका लागि भारतबाहेकको भूमिबाट समुद्रसम्म पुग्ने बाटो खुलेको छ। यसअघि गत भदौमा काठमाडौंमा सम्पन्न नेपाल-चीन तेस्रो परामर्श बैठकमा सम्झौताको प्रोटोकलबारे सहमति भएको थियो।

एनसेलले गुहार्‍यो अन्तर्राष्ट्रिय निकाय - 2019-04-29

काठमाडौ,(प्रस): एनसेलले कर विवादको मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्ने भएको छ । एनसेलले नेपाल सरकारले निर्धारण गरको करका विरुद्धको मुद्दा लिएर अन्तर्राष्ट्रिय आर्बिट्रेसन निकायमा जाने भएको हो । एजिआटा यूके र एनसेलले आर्बिट्रेसनमा जानका लागि अन्तर्राष्ट्रिय लगानी सम्बन्धी विवाद समाधान केन्द्र (आईसीएसआईडी)मा निवेदन दिने तयारी गरेको छ ।

चिनी उद्योगीसँग फेरि झुक्यो सरकार - 2019-04-29

काठमाडाैंप्रधानमन्त्री केपी शर्मा ओलीले चैत २५ गते चिनी उद्योगीहरुले आफूलाई भुलभुलैयामा पारेर चिनी आयात नियन्त्रण गर्न प्रेरित गरेको बताएका थिए । तर, त्यसको एक सातापछि नै सरकारले तिनै उद्योगीहरुको हितमा निर्णय लिएको भेटिएको छ । सरकारले चिनीको आयातमाथि लगाएको परिमाणात्मक बन्देजको अवधि ४ महिना थपेको छ । गत भदौबाट वैशाखसम्म लगाइएको बन्देजलाई असार मसान्तसम्म विस्तार गरिएको हो ।

जेट एयरवेजको उडान बन्द भएपछि काठमाडौं-दिल्ली उडानको बजार हिस्सा खोस्न प्रतिस्पर्धा - 2019-04-27

काठमाडौ,(प्रस): भारतीय वायुसेवा कम्पनी जेट एयरवेज बन्द भएपछि काठमाडौं-दिल्लीको बजार हिस्सा लिन एयरलाइन्स कम्पनीबीच प्रतिस्पर्धा सुरु भएको छ। यो रुटको बजार लिन सरकारी स्वामित्वको नेपाल वायुसेवा निगम र भारतीय वायुसेवा कम्पनी इन्डिगोले उडान थप्दैछ। जेटले दिल्ली-काठमाडौं दैनिक चारवटा उडान गर्दै आएको थियो।

नक्कली कर चुक्ताको प्रमाणपत्र बनाएर बैंकबाट ऋण लिने दुई जना पक्राउ - 2019-04-27

काठमाडौ,(प्रस): बैंकिङ कसूर गरेको अभियोगमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) दुई जनालाई पक्राउ गरेको छ। फिडियस ट्राभल्स एण्ड टुर्स प्रालिको नाममा आन्तरिक राजश्व कार्यालय लाजिम्पाटबाट जारी गरिएको कर चुक्ता प्रमाण पत्रलाई किर्ते गरी झरना ह्युम्यान रिसोर्स प्रालिको नाममा जारी भएको बनाई कसुर गरेको भेटिएको छ।

काम गर्न सक्ने मध्ये ११ प्रतिशत नेपाली अझै बेरोजगार, ९ लाख ८ हजारसँग काम छैन - 2019-04-27

काठमाडौ,(प्रस): काम गर्न सक्ने मध्ये नेपालमा ९ लाख ८ हजार जना बेरोजगार रहेका केन्द्रीय तथ्यांक विभागले जनाएको छ। यो संख्यामध्ये ५ लाख ११ हजार पुरुष र ३ लाख ९७ हजार महिला रहेको विभागले सार्वजनिक गरेको श्रमशक्ति सर्भेक्षणमा उल्लेख गरिएको छ। विभागका अनुसार १५ वर्ष वा त्योभन्दा धेरै उमेरका काम गर्ने उमेर समूहका २ करोड ७ लाख ४४ हजार जनसंख्यामध्ये श्रमशक्तिमा ७९ लाख ९४ हजार मात्रै रहेका छन्। विभागले एक वर्ष लगाएर तेस्रो श्रमशक्ति सर्भेक्षण गरेको थियो।

काठमाडौं महानगरबाट उठाउन सकेन ११३ करोड विजुली महशुल - 2019-04-27

काठमाडौ: काठमाडौं महानगरपालिकाले सडक वत्तिको महसुल भुक्तानी गर्न आनाकानी गरेको छ । नेपाल विद्युत प्राधिरकणमार्फत अर्थ मन्त्रालय पेश हुने काठमाडौं महानगरका सडक वत्तिको बिल भुक्तानीको लागि सहमति दिन महानगरपालिकाले अटेरी गरेपछि प्राधिकरणका वितरण केन्द्रहरूमा महानगरपालिकाको बिजुली सुविधा काट्नु पर्ने मत बलियो हुन थालेको छ।

३ जना विरुद्ध सम्पत्ती शुद्धिकरणको मुद्दा, २२ करोड ९५ लाख रुपैयाँ विगो - 2019-04-25

काठमाडौ,(प्रस): गैरकानुनीरुपमा सम्पत्ती आर्जन गरेको भन्दै सम्पत्ती शुद्धिकरण अनुसन्धान विभागले तीनजना विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ।

भारतसँग समन्वय नगरी व्यापार र पारवाहन समस्या हल हुन्न : अर्थमन्त्री - 2019-04-25

वीरगञ्ज,(प्रस): अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालले व्यापार र पारवहनका क्षेत्रमा व्यहोरिरहेको कतिपय समस्या भारतसँग समन्वय गरेर मात्र समाधान गर्न सकिने बताएका छन् । धान चामलमा देखिएको समस्या त्यसको उदाहरण हो । नेपालमा पर्याप्त धान कुट्ने खाद्य उद्योग छन् तर, यहाँ उत्पादित धानले नधान्ने अवस्था छ । भारतबाट धान आयात गरेर उद्योग चलाउनुपर्ने बाध्यता छ ।

सुनको भाउ घट्यो - 2019-04-23

काठमाडौ,(प्रस): मंगलबार सुनको भाउ घटेको छ । सोमवार तोलामा ५९ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन मंगलवार घटेर ५९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

इरानी तेल आयातमा दिइएको छुट अन्त्य गर्ने अमेरिकी तयारी - 2019-04-23

एजेन्सी, वासिङ्टन : संयुक्तराज्य अमेरिकाले इरानी खनिज तेलको आयात रोक्न अन्यथा प्रतिबन्धको सामना गर्न आयातकर्ताहरुलाई चेतावनी दिने तयारी गरेको छ। अमेरिकाले यससम्बन्धी घोषणा स्थानीय समयअनुसार सोमबार गर्ने अपेक्षा गरिएको ह्वाइट हाउस स्रोतले जनाएको छ।










Powered by: Exclusively Solution