खेलकुद




भारतलाई हराउँदै नेपाल फाइनलमा


एजेन्सी :
साफ यू-१८ महिला च्याम्पियनसिपअन्तर्गत शुक्रबार भएको सेमिफाइनलमा भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको छ। टाइब्रेकरमा ३-१ ले भारतको चुनौती पन्छाउँदै नेपाल उपाधि नजिक पुगेको हो। भुटानको थिम्पुस्थित चाम्लिङथाङ रंगशालामा नेपालले उपाधिको दावेदार मानिएको भारतलाई निर्धारित समयमा १-१ को बराबरीमा रोक्दै ट्राइब्रेकरमा ३-१ ले पन्छाएको हो।


निर्धारित ९० मिनेट र थपिएको ३० मिनेटमा पनि दुबै पक्षबाट १-१ गोलको बराबरी भएपछि खेलको निर्णय पेनाल्टीबाट गराइएको थियो।

रश्मी कुमारी घिसिङले गोल गर्दै नेपाललाई सुरूवाती अग्रता दिलाएकी थिइन्। रेखा पौडेलको थ्रु पासलाई सदुपयोग गर्दै उनले पेनाल्टी क्षेत्रभित्रबाट सहजै गोल गरेकी थिइन्। पहिलो हाफमा १-० को अग्रता लिएको नेपालले दोस्रो हाफमा गोल खान पुग्यो।

दोस्रो हाफको ६२ औं मिनेटमा भारतले गोल फर्कायो। भारतकी कप्तान समिक्षाले बायाँ विङ्गसबाट आएको फ्रिकिकमा ६ यार्ड बक्सभित्रबाट हेडरमार्फत सहज गोल गरेकी थिइन्।

यसपछि दुबै टोलीले पाएका राम्रा अवसर खेर फालेका थिए।

निर्धारित समय १-१ को बराबरी भएपछि खेलको निर्णय पेनाल्टीबाट गराइएको थियो। पेनाल्टीमा नेपालका लागि अन्जना रानामगरले दुई प्रहार बचाइन् भने भारतको एक प्रहार क्रसबारमा लागेको थियो।

नेपाली पूजा रानाको प्रहार बाहिरिएको थियो। नेपालका लागि गोलरक्षक अन्जना, रेखा पौडेल र मनिषा राउतले गोल गरेका थिए।

नेपाल समूह ‘बी’ को उपविजेताको रुपमा सेमिफाइनल पुगेको थियो। भारतले समूह चरणमा दुवै खेल जित्दै समूह ‘ए’ को विजेता भएको थियो। नेपालले समूह चरणको खेलमा पाकिस्तानलाई १२-० ले पराजित गर्दा बंगलादेशसँग भने २-१ ले पराजित भएको थियो। 

अब नेपालले उपाधिका लागि बंगलादेश र आयोजक भुटानबीच आजै हुने खेलको विजेतासँग खेल्नेछ।





Related Pictures:













Related News:

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग - 2019-05-21

विप्लव कार्यकर्तामाथि गोली प्रहार - 2019-05-21

७ केजी सुन ल्याउने घले विरुद्ध मुद्दा दायर - 2019-05-21

भ्रष्टाचार प्रमाणित भए झुण्डिन तयार छु : घिसिङ - 2019-05-21

खुश्बु ओलीलाई ३ महिना कैद - 2019-05-21





विश्वकप क्रिकेटमा अमूल डेरी बन्यो अफगानिस्तानको प्रायोजक - 2019-05-08

काठमाडौ,(प्रस): इङ्ल्याण्ड विश्वकप क्रिकेट खेल्न लागेको अफगानिस्तानलाई भारतीय डेरी कम्पनी अमूलले प्रायोजन गर्ने भएको छ। अमूलले वार्षिक ४५ हजार करोड भारूको कारोबार गर्छ। मे ३० बाट क्रिकेट विश्वकप सुरू हुँदैछ।

घाइते खेलाडीका कारण दक्षिण अफ्रिकालाई लाग्यो अर्को झट्का - 2019-05-08

एजेन्सी : क्रिकेट विश्वकप अगाडी घाइते खेलाडीबाट चिन्तामा रहेको दक्षिण अफ्रिकालाई फेरि अर्को झट्का लागेको छ। चोटका कारण फास्ट बलर एनरिक नोर्तेजे विश्वकपबाट बाहिर हुने भएपछि उसलाई झट्का लागेको हो। उनी पछिल्ला ३ महिनामा दोश्रो पटक घाइते बनेका हुन्।

वाटफोर्डमाथि चेल्सीको सहज जित, च्याम्पियन्स लिग खेल्ने पक्का - 2019-05-06

एजेन्सी : चेल्सी इंग्लिस प्रिमियर लिग फुटबलमा वाटफोर्डलाई पराजित गर्दै तेस्रो स्थानमा उक्लिएको छ । यससँगै चेल्सीले आउँदो सिजन च्याम्पियन्स लिग खेल्ने पक्का भएको छ । आइतबार राति भएको खेलमा चेल्सीले आफ्नै घरेलु मैदानमा वाटफोर्डलाई ३-० गोलअन्तरले पराजित गरेको छ । चेल्सीको जितमा लोफ्टस चेक, डेभिड लुइज र गोन्जालो हिगुइनले गोल गरे ।

दबावमा मनाङ, मिनेर्भामाथि जित्नै पर्ने - 2019-05-01

काठमाडौ,(प्रस): नेपाली क्लब मनाङ मर्स्याङ्दीले एएफसी कपअन्तर्गत आज भारतीय क्लब मिनेर्भा पञ्जाबसँग खेल्दैछ । भुवनेश्वरस्थित कालिंगा रंगशालामा नेपाली समयअनुसार बेलुकी ५ बजेर ४५ मिनेटमा मनाङले पञ्जाबविरुद्ध प्रतिस्पर्धा गर्न लागेको हो । यसअघिका दुवै खेलमा हार ब्यहोरेको मनाङलाई आजको खेल जित्नै पर्ने दबाव छ ।

नेपालले जित्यो एसीसी यू-१६ क्रिकेटको उपाधि - 2019-04-28

एजेन्सी : नेपालले एसीसी यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । डिफेन्डिङ च्याम्पियन समेत रहेको नेपालले मलेसियालाई फाइनलमा ५९ रनले पराजित गर्दै उपाधि जितेको हो । थाइल्यान्डमा सम्पन्न फाइनल खेलमा १४१ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको मलेसियाले ३४.५ ओभरमा सबै विकेटको क्षतिमा ८१ रन मात्रै बनाउन सकेपछि नेपालले सहज जित हात पारेको हो ।

आठौं राष्ट्रिय खेलकुद : प्रदेश १ लाई ८ विकेटले स्तब्ध पार्दै एपीएफ फाइनलमा - 2019-04-23

बाँके,(प्रस): आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा विभागीय टोली एपीएफका शरद चम्केपछी जारी एपीएफले प्रतियोगिताको फाइनलमा स्थान बनाएको छ।

दिल्ली क्यापिटल्स: राजस्थानलाई हराउँदै दिल्ली शीर्ष स्थानमा - 2019-04-23

एजेन्सी : राजस्थान रोयल्सलाई ६ विकेटले हराउँदै दिल्ली क्यापिटल्स आईपीएल क्रिकेटको शीर्ष स्थानमा पुगेको छ । राजस्थानले पेश गरेको १९२ रनको विजय लक्ष्य दिल्लीले ४ विकेटको क्षतिमा पूरा गर्‍यो । यो जितसँगै दिल्लीले अंक तालिकामा चेन्नई सुपर किंग्सलाई पछि पारेको छ ।

पञ्जावलाई हराउँदै धोनीको चेन्नई सुपर किंग्स आईपीएलको शीर्षस्थानमा - 2019-04-06

एजेन्सी : इन्डिन प्रिमियर लिग (आईपीएल)को शनिबार बेलुका सम्पन्न खेलमा किंग्स इलाभेन पञ्जाबलाई २२ रनले हराउँदै चेन्नई सुपर किंग्स अंक तालिकामा शिर्ष स्थानमा उक्लिएको छ । चेन्नईले प्रस्तुत गरेको १ सय ६१ रनको मध्यम लक्ष्य पछ्पाएको पन्जाव निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ३८ रन मात्र बनाउन सक्यो ।

रोनाल्डो विरूद्ध उजुरी, २० हजार युरो जरिवाना हुनसक्ने - 2019-03-20

काठमाडौ,(प्रस): युभेन्टसका स्ट्राइकर क्रिश्चियानो रोनाल्डोलाई अमर्यादित क्रियाकलाप गरेकोमा युरोपियन फुटबलको सर्वोच्व निकाय युइएफपिएले उजुरू दर्ता गरेको छ।

श्रीलंकालाई ४-० ले हराउँदै नेपाल साफ च्याम्पियनसिपको फाइनलमा - 2019-03-20

विराटनगर,(प्रस): श्रीलंकालाई ४-० को फराकिलो अन्तरले हराउँदै नेपाल साफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ। मंगलबार विराटनगरस्थित सहिद रंगशालामा भएको पहिलो सेमिफाइनलमा घरेलु टोलीलाई जिताउन पुनम जर्घामगर, अनिता बस्नेत, साबित्रा भण्डारी र रेखा भुसालले समान १-१ गोल गरे।

विश्वकप छनोटमा नेपालको सानदार जित, युएई ७ विकेटले पराजित - 2019-02-22

काठमाडौ,(प्रस): थाइल्याण्डमा जारी आईसीसी महिला विश्वकप क्रिकेटको एसिया छनोटमा नेपालले युएईमाथि सानादार जित निकालेको छ। युएईले दिएको ४२ रनको लक्ष्य नेपालले ३ विकेटको क्षति मात्र १०.२ ओभरमा पुरा गर्‍यो। नेपालको जितमा काजोल श्रेष्ठले १५ रन बनाउँदा कप्तान रूविना क्षेत्री १८ रनमा अभिजित रहिन्। सीता रानामगरले ६ रन जोड्दा अप्सरी बेगम शून्यमा आउट भइन्।

महिला टी-२० : मलेसियालाई नेपालले दियो १ सय २७ रनको लक्ष्य - 2019-02-19

एजेन्सी : थाइल्यान्डमा जारी आइसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा अहिले नेपालले आफ्नो पहिलो म्याच मलेसियाविरुद्ध खेलिरहेको छ । टस जितेको नेपालले पहिलो ब्याटिङ गर्दै मलेसियालाई एक सय २७ रनको चुनौती दिएको छ ।

ब्राजिलको फुटबल क्लबमा आगलागी, १० खेलाडीको जलेर मृत्यु - 2019-02-09

एजेन्सी : जिलको एक फुटबल क्लबमा आगलागी हुँदा १० जनाको ज्यान गएको छ। राजधानी रियो दी जेनेरियोस्थित फ्लामेङ्गो फुटबल क्लबको एकेडेमीमा भएको आगलागीमा परी फुटबलरसहित १० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।

क्रिकेट खेलाडीलाई जनही ५ लाख दिन सिफारिस - 2019-02-04

काठमाडौ,(प्रस): राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले क्रिकेट खेलाडीहरुलाई जनही ५ लाख दिन सिफारिस गर्ने भएको छ । खेलाडीहरुको स्वागतका लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेका सदस्य सचिव केशव विष्टले भने, प्रत्येक खेलाडीलाई ५ लाख दिन भोलि मन्त्रालयमार्फत प्रस्ताव लैजाँदैछु ।’

थ्रीस्टारलाई स्तब्ध पार्दै एपीएफ सेमिफाइनलमा - 2019-02-03

पोखरा,(प्रस): सशस्त्र प्रहरी बलको एपीएफ क्लब सरप्राइज गोलको मद्दतमा बिजयी भएको छ । आइतबार पोखरा रंगशालामा भएको खेलमा एपीएफले पहिलो मिनेटमै गरेको निर्णायक गोलको सहयोगमा थ्रीस्टार क्लबलाई स्तब्ध पार्न सफल भएको हो । जितसँगै एपीएफ सेमीफाइनलमा प्रवेश गरेको छ ।

पहिलो टी-२० क्रिकेट सिरिज नेपालले जित्यो - 2019-02-03

काठमाडौ,(प्रस): तेस्रो तथा अन्तिम खेलमा यूएईलाई १४ रनले हराउँदै नेपालले ऐतिहासिक टी-२० सिरिज जितेको छ । वर्षाका कारण १० ओभरमा छोट्याइएको तेस्रो तथा अन्तिम टी-२० मा नेपालले यूएईलाई १०५ रनको लक्ष्य दिएको थियो । तर, यूएईले ८ विकेट गुमाएर ९० रन मात्र बनाउन सक्यो ।

डीपीएल अक्सन: २ लाख ५० हजार रुपैयाँसम्म लाग्यो खेलाडीको बोली, कसको बोली उच्च - 2019-01-05

काठमाडौ,(प्रस): युवा खेलाडीहरु पवन सराफ, भिम शार्की र सन्दिप जोरा धनगढी प्रिमियर लिग (डीपीएल ३) को अक्सनमा हिट बनेका छन्। पवन र भिमलाई उच्चतम २ लाख ५० हजार सम्मको बोली लाग्दा सन्दिपलाई २ लाख ४० हजार सम्मको बोली लाग्यो। १ लाख ५० हजार बेस प्राइज राखेका पवनला धनगढी स्टार्स र विराटनगर किंग्सले २ लाख ५० हजारको बोली लगाएको थियो। जसमा धनगढी स्टार्स भाग्यमानी बन्दै लक्की ड्र बाट पवनलाई पायो।

सन्दीपले आज पनि लिए विकेट - 2019-01-01

एजेन्सी : नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने अष्ट्रेलियाको प्रतिष्ठित बिग ब्यास लिगको चौथो खेलमा पनि विकेट लिएका छन्। मंगलबार मेल्वर्न रेनेगड्स विरूद्धको खेलमा सन्दीपले टम कुपरलाई गुगलीमा आउट पारेका हुन्। उनले आफ्नो दोस्रो ओभरको अन्तिम बलमा विकेट लिएका हुन।

प्रादेशिक रंगाशाला बनाउन माँग गर्दै वीरगंजमा मानव सांग्लो - 2019-01-01

वीरगंज,(प्रस): वीरगंजमा रहेको नारायणी रंगशालालाई प्रादेशिक रंगशाला बनाउन माँग गर्दै आज वीरगंजमा मानव सांगलो बनाइएको छ । नेकपा पर्सा , नेपाली काँग्रेस र राजपा नेपालका केही नेताहरुको बिशेष पहलमा सो मानव सांगलो बनाइएको हो । देशकै सवैभन्दा बढि क्षेत्रफल भएको नारायणी रंगशालालाई प्रादेशिक रंगशाला नबनाई जनकपुरमा प्रादेशिक रंगशाला बनाउन लागेको भन्दै वीरगंजका नेता कार्यकर्ताहरु आक्रोशित भएका छन ।

रोनाल्डोलाई पछि पार्दै सन् २०१८ को सर्वाधिक गोलकर्ता बने लियोनल मेस्सी - 2018-12-30

एजेन्सी : बार्सिलोना तथा अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सी सन् २०१८ मा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । मेस्सीले सन् २०१८ मा सर्वाधिक ५१ गोल गरेका छन् । दोस्रो स्थानमा युभेन्ट्सका क्रिस्टियानो रोनाल्डो रहेका छन् । शनिबार राति साम्पडोरियाविरुद्ध २ गोल गरेसँगै क्रिस्टियानोको गोलसंख्या ४९ पुगेको थियो ।

मैत्रीपूर्ण खेलमा जर्मनीद्वारा रसिया पराजित - 2018-11-16

एजेन्सी : अन्तर्राष्ट्रिय मैत्रपूर्ण खेलमा जर्मनीले २०१८ को विश्वकप आयोजना गरेको राष्ट्र रसियालाई पराजित गरेको छ । बिहीबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा रसियामाथि लय विर्सेको जर्मनीले सहज जित निकालेको हो । २०१८ मा जर्मनीले कुनै पनि खेल राम्रोसँग खेल्न सकेन । विश्वकप फुटबलमा डिफेन्डिङ च्याम्पियन समेत रहेको जर्मनी समूह चरणबाटै बाहिरिएपछि सर्वत्र आलोचना पनि भएको थियो ।










Powered by: Exclusively Solution