वैदेशिक रोजगार




वैदेशिक रोजगारीका सबै विवरण एउटै अनलाइनमा


काठमाडौ,(प्रस):
सरकारले वैदेशिक रोजगारीका सबै तथ्यांकलाई एउटै प्रणालीमा राख्ने गरी अनलाइन सिस्टम तयार गरेको छ । यो सिस्टम आगामी सोमबार सार्वजनिक गर्ने तयारी छ । यसले वैदेशिक रोजगार विभागमा फाइल अड्काएर राख्ने कर्मचारीको प्रवृत्ति र म्यानपावरले गर्ने ठगीलाई पनि केही हदसम्म नियन्त्रण गर्ने अपेक्षा लिइएको छ ।

श्रम मन्त्रालयल र मातहतका विभाग तथा श्रम कार्यालय, राहदानी विभाग, कन्सुलर विभाग, अध्यागमन, विदेशस्थित नियोग, म्यानपावर कम्पनी, स्वास्थ्य परिक्षण संस्था, अभिमुखीकरण केन्द्र सबै एउटै सिस्टममा हुनेछ । कामदारको सम्पुर्ण विवरण पासपोर्ट नम्वर हानेकै भरमा भेटिनेछ । कुनै पनि व्यक्तिको उजुरी गुनासो समेत अनलाइन सिस्टममा आवद्ध हुनेछ ।

सिस्टममा कुन संस्थाका फाइल कुन कर्मचारीको टेबलमा पुगेर अडि्एको छ भनेर हेर्न सकिन्छ । चित्तबुझ्दो कारण विना फाइल अड्काइएमा मन्त्रालयलार्इ ‘एक्सन’ लिन सजिलो हुनेछ ।

सेोमबारबाट विदेशमा रोजगारी गरेर फर्किएकाहरुको पनि तथ्यांक राख्न सुरु हुनेछ । अहिलेसम्म यसको थालनी भएको छैन ।

रोजगारीका लागि विदेशी जाने नेपालीहरुको रेकर्ड सरकारसँग हुन्छ । तर, विदेशबाट फर्किनेहरुको बारेमा सरकारी निकायहरु कुनै खोजखबर गर्दैनन् । विदेशमा श्रम गरेर वर्षेनी कति नेपाली स्वदेश फर्किन्छन् भन्ने प्रश्नमा उत्तर दिन नसक्ने सरकारले अब भने एकीन तथ्यांक नै लिने तयारी गरेको हो ।

श्रम तथा रोजगार मन्त्रालयले फर्किएका कामदारको पनि सम्पूर्ण रेकर्ड राख्ने तयारी गरेको छ । यो व्यवस्थासहित वैदेशिक रोजगारीमा जाने युवाको विवरण र तथ्यांक व्यवस्थित गर्ने गरी श्रम तथा रोजगार मन्त्रालयले अनलाइन सिस्टम विकास गरेको छ ।

श्रममन्त्री गोकर्ण बिष्टले अबका यस्तो अनलाइन सिस्टममा विदेश जानेहरुको पनि सम्पुर्ण खालका तथ्यांक र विवरण रहने बताए ।

अहिलेसम्म फर्किनेको तथ्यांक एकीन नहुँदा सरकारले नीति निर्माणमा अप्ठेरो खेप्दै आएको थियो । विदेश जाने युवाको तथ्यांकमा पनि अनेक प्रकारका अन्योल थिए । श्रम स्वीकृति लिने संख्यालाई नै विदेश गएको संख्याका रुपमा मानिँदै आएको थियो ।

अब भने कामका लागि श्रमिक भिसामा जाने र त्यहाँबाट काम गरेर फर्किनेको तथ्यांकलाई व्यवस्थित र एकीकृत गर्न लागिएको हो ।

‘कामका लागि विदेश जान सबैको सम्पूर्ण व्यक्तिगत विवरण, नाम थर, ठेगाना, पासपोर्ट नम्बर, विदेशमा कुन कम्पनीका जाने, कस्तो काममा जाने, कति वर्ष बस्ने, कति तलव सुविधा छ लगायतका सबै विवरण हामी अनलाइनमा एक क्लिक गर्दा भेटिने गरी गरि राख्दै छौं,’ मन्त्री बिष्टले भनेका छन्,’फर्किनेको पनि यस्तै विवरण सहित कुन कम्पनीबाट कति वर्ष काम गरेर कुन सीप लिएर फर्किएको छ भन्ने सबै व्यवस्थित गरिनेछ ।’

अहिलेसम्म कामका लागि श्रम स्वीकृति लिएर ५० लाखभन्दा बढी युवा विदेशिएको तथ्यांक भएपनि यसमा श्रम रि-इन्ट्री गरेर जानेको संख्या पनि जोड्ने गरिन्छ । जसले गर्दा तथ्यांकमा दोहोरपना छ ।

विदेशिएकामध्ये कति युवा स्वदेश फर्किए र कतिले फेरि श्रम इजाजत नवीकरण गरेर विदेश उडे भन्ने एकीन तथ्यांक अहिले सरकारसँग छैन ।

त्यसैले अब विदेशबाट फर्किएकाहरुको पनि व्यवस्थित तथ्यांक राख्ने निश्कर्षमा मन्त्रालय पुगेको हो । अब विदेशबाट फर्किएकालाई एयरपोर्टमै सोधिनेछ ‘के सीप सिक्नुभयो ? कति वर्षको अनुभव छ ? कुन कम्पनीमा काम गर्नुभयो ? फर्केर के गर्नुहुन्छ ? लगायत ।

श्रम मन्त्रालयका अधिकारीहरुका अनुसार विदेशबाट फर्किएका जनशक्तिको महत्वलाई बुझेर नै तथ्यांक लिने तयारी गरिएको बताउँछन् । विदेशबाट फर्किएका युवालाई ‘सोसियल रेमिट्यान्स’ भएकाले उनीहरुको तथ्यांक फेरि स्वदेशमा स्वरोजगार गराउने नीतिका लागि यो महत्वपूर्ण हुने विश्वास गरिएको छ ।

‘कामदारले विदेश गएर कमाएर पठाउने रेमिट्यान्सको महत्व कति छ भनेर बयान गर्नुपर्दैन’ मन्त्रालयका एक अधिकारी भन्छन् ‘तर, उनीहरुले विदेशमा संगालेका सीप र अनुभव त्योभन्दा निकै बहुमूल्य हुन्छ । त्यसको सदुपयोग गर्ने वातावरण तयार गर्न फर्किएका युवाबारे राज्यले चासो राख्न लागेको हो ।’




Related Pictures:













Related News:

प्रधानमन्त्री ओलीले विपक्षी दलको नेतालाइ हेपे : देउवा - 2019-06-19

गुठी विधेयक खारेजी माग गर्दै काठमाडौंमा विशाल प्रदर्शन - 2019-06-19

लोकसेवाको विज्ञापन गैरकानुनी - 2019-06-19

सुनकोशीमा मुद्दाको चाप,फैसलामा ढिलाइ - 2019-06-19

प्रधानमन्त्रीलाई कालो झण्डा देखाउने २ जना पक्राउ - 2019-06-19





नेपाल र युएईबीच स्विट्जरल्यान्डमा भयो श्रम सम्झौता, यस्ता छन् मुख्य बुँदाहरू - 2019-06-14

काठमाडौ,(प्रस): नेपाल र खाडी मुलुक युनाइटेड अरब इमिरेट्स (युएई)बीच श्रम सम्झौता भएको छ। स्विट्जरल्यान्डको जेनेभामा भइरहेको अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को शतवार्षिकी समारोहमा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्ट र युएईका मानव संशाधन मन्त्री नासेर थानी अल हम्लीले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्।

लिवियाबाट १५ नेपालीको उद्धार - 2019-05-20

काठमाडौ,(प्रस): रोजगारीको आश्वासन दिएर अवैध रुपमा लिविया पुर्‍याइएका १५ नेपालीको ट्रिपोलीबाट उद्धार गरिएको छ । डर त्रास देखाएर काममा लगाएको र नेपाल फर्कन खोज्दा राहदानी नदिएका कामदारहरूलाई उद्धार गरेर अन्तराष्ट्रिय श्रम संगठन (आइओएम) मा राखिएको कायरोस्थित नेपाली दूतावासले जनाएको छ ।

लिबियामा २० नेपालीको हारगुहार, बन्दीजस्तै जीवन: उद्धारमा कठिनाइ-राजदूत - 2019-04-27

एजेन्सी : लिबियाको राजधानी त्रिपोली दिनप्रतिदिन युद्धमैदानमा परिणत भइरहेको छ । त्यहीँ कार्यरत सैनामैना १०, रुपन्द्रेहीका गणेश थापामगरसहित २० नेपाली केही सातादेखि उद्धारका लागि हारगुहार गरिरहेका छन् । ‘हामी बसेको ठाउँबाट झन्डै २५ किमि टाढा दिनहुँ विद्रोही र सरकार पक्षबीच भिडन्त भइरहेको छ, बम नपडकेको दिनै हुन्न,’ त्रिपोलीबाट कान्तिपुरसँग फोनमा थापामगरले भने, ‘भिडन्त बढदै हाम्रो ठाउँतिर आइपुग्छ कि भन्ने डर छ ।’उनी अलसाई समूहको राइस मिलमा कार्यरत छन् । राइसमिल परिसरबाट बाहिर निस्कन सकेका छैनन् ।

एक वर्षभित्र सय जना कामदार नपठाउने म्यानपावर खारेज हुने - 2019-02-11

काठमाडौ,(प्रस): म्यानपवार व्यवसायीले वर्षमा सयजना कामदार विदेश पठाउन नसके खारेज हुने कानुनी व्यवस्था संसदीय समितिबाट पारित भएको छ। सरकारले केही नेपाल ऐनमार्फत् वैदेशिक रोजगार ऐनमा संशोधन गरेको संशोधन प्रस्तावमा सो व्यवस्था समितिले थप गरेको सांसद कृष्णभक्त पोखरेलले जानकारी दिए।

मलेसियामा ९ नेपालीसहित एक सय विदेशी कामदार पक्राउ - 2019-02-08

एजेन्सी : मलेसियामा ९ नेपालीसहित एक सय जना विदेशी कामदारलाई पक्राउ गरिएको छ । अवैधानिक रुपमा काम गरिरहेका, कागजात नभएका र सम्झौता अवधि सकिएपछि पनि काम गरिरहेका कामदारलाई मलेसियाको अध्यागमन विभागले पक्राउ गरेको हो ।

भारतीय कामदारलाई ‘श्रम स्वीकृति’ सर्कुलर जारी गर्ने कर्मचारीमाथि नै कारवाहीको तयारी - 2019-02-06

काठमाडौ,(प्रस): श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले भारतीय नागरिकलाई अनिवार्य श्रम स्वीकृति लिने भन्ने विषयमा माघ १० गते जारी गरेको सर्कुलर विवादमा तानिएको छ । मन्त्रालयका शाखा अधिकृत प्रशान्त शाहले जारी गरेको सर्कुलरप्रति सोही मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेले आपत्ति जनाएका छन् । एउटै मन्त्रालयले एकसाता अघि सर्कुलर जारी गर्ने र अर्को साता खण्डन गर्ने कार्यले श्रम रोजगार मन्त्रालयको काम गराईमा कस्तो केटाकेटीपन रहेछ भन्ने देखाएको छ ।

भारतीयलाई नेपालमा श्रम स्वीकृति अनिवार्य - 2019-02-05

काठमाडौ,(प्रस): सरकारले नेपालका उद्योग प्रतिष्ठानमा काम गर्ने भारतीय नागरिकलाई अनिवार्य श्रम स्वीकृति लिन कडाइ गरेको छ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले सबै श्रम तथा रोजगार कार्यालयहरुलाई पत्राचार गरी प्रतिष्ठानहरुमा काम गर्ने भारतीय नागरिकको संख्या अध्यावधिक गर्न र श्रम स्वीकृति नलिएको भए लिने व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

अब मलेसियाको रोजगारी खुल्छ: संसदीय उपसमिति - 2019-02-04

करिब नौ महिनादेखि बन्द रहेको मलेसियामा नेपाली कामदार पठाउने प्रक्रिया शुरु हुने भएको छ । दुई देशबीचको श्रम समझदारी अनुसार पहिलो चरणमा कलिङ भिसा आएका करिब ६ हजार कामदारलाई मलेसिया दूतवाससँगको समन्वयमा पठाउन लागिएको हो । दुई दिनअघिमात्र मलेसिया सरकारसँग छलफल गरेर फर्किएका सत्तारुढ नेकपाका सांसद तथा संसदको उद्योग वाणिज्य आपूर्ति तथा श्रम समिति अन्तर्गत श्रम तथा रोजगार उपसमितिका संयोजक एलपी साँवा लिम्बुले अब मलेसिया रोजगारी खुल्ने बताए ।

साउन १ देखि वैदेशिक रोजगारीमा रहेकालाई पनि सञ्चय कोष - 2019-01-29

काठमाडौ,(प्रस): वैदेशिक रोजगारीमा रहेकाहरूलाई सञ्चयकोष तथा सामाजिक सुरक्षा योजनामा सहभागी गराउने सकिने भएको छ। श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा रहेकाहरूलाई सञ्चयकोष तथा सामाजिक सुरक्षा योजनामा सहभागी गराउन सकिने विषयमा अध्ययन गरी प्रतिवेदन बुझाउन गठित एक कार्यदलले आगामी साउन १ गतेदेखि लागू गर्न सकिने गरी सरकारलाई सुझाव दिएको छ।

नेपालमा अवैध आप्रवासीः अचम्मको आकर्षण - 2019-01-16

गोपाल गड्तौला: पाकिस्तानी नागरिक मन्सुर अहमद सिद्दिकी ४१ वर्षका भए । श्रीमती समिनार तीन छोरीहरू अमतुल्ला, निगरिस र हिवातुल साथ उनी काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–८ मा बसेका छन् । उनले डीटी ५४६८२३१ नम्बरको पाकिस्तानी राहदानीमा इस्लामावादस्थित नेपाली दूतावासमा ११ मे २०११ मा पर्यटकको रूपमा नेपाल आउन भिसा लिएका थिए । भिसा लगाएको करीब ५ महीनापछि मन्सुर १३ अक्टोबर २०११ को मध्याह्न परिवारसाथ कराँचीबाट काठमाडौंका लागि उडे ।

वैदेशिक रोजगार विभागबाट ७ दलाल पक्राउ - 2019-01-08

काठमाडौ,(प्रस): वैदेशिक रोजगार विभाग, सोल्टीमोडमा सेवाग्राहीलाई दुःख दिएको आरोपमा ७ जना विचौलिया पक्राउ परेका छन् । मंगलबार दिउँसो काठमाडौ प्रहरीले परिसरको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

जनकपुर र बुटवलबाट श्रम स्वीकृति दिन शुरु - 2018-12-30

काठमाडौ,(प्रस): वैदेशिक रोजगारीमा जानेहरुका लागि आजदेखि जनकपुर र बुटवलबाट श्रम स्वीकृति दिन थालिएको छ । जनकपुरमा एमडी जिलानी मोमिन र बुटवलमा वीरबहादुर माझीलाई पहिलो पटक श्रम स्वीकृति दिँदै सेवा शुरु गरिएको हो । कार्यालयका निमित्त महानिर्देशक उदयप्रसाद गुप्ताले प्रारम्भिक चरणमा श्रम स्वीकृति प्रदान गर्ने, वैदेशिक रोजगारीसम्बन्धी इजाजत पाएका संस्था र तालिम एवं अभिमुखीकरण संस्थाको अनुगमन तथा नियमनको कार्य गर्ने बताए ।

श्रम स्वीकृतिका लागि अब राजधानी धाउनु नपर्ने - 2018-12-28

काठमाडौ,(प्रस): वैदेशिक रोजगारीमा जानेहरूका लागि श्रम स्वीकृति जस्ता कामका लागि अब राजधानी धाउनु नपर्ने भएको छ।हालै बसेको मन्त्रिपरिषदको बैठकबाट उक्त अधिकार हस्तान्तरणको औपचारिक निर्णय भएको जनाइएको छ। वैदेशिक रोजगारीका लागि औसतमा दैनिक एक हजार पाँच सय नेपाली विदेश जाने गरेको आँकडाहरूले देखाउँछन्।

श्रम इजाजत लिन अब अनलाइनमै टोकन - 2018-12-02

अब विदेशमा काममा जानका लागि श्रम स्वीकृति लिन अनलाइनबाटै टोकन प्राप्त हुने भएको छ । श्रम स्वीकृति प्रक्रियालाई सरल बनाउन वैदेशिक रोजगारको कार्यालय ताहाचलले आइतबारबाट यो प्रणाली सुरु गरेको हो । पछिल्लो दिनमा कार्यालयमा सेवाग्राहीको भीड बाक्लो हुँदा सेवा सम्पादन प्रभावित भइरहेको छ ।

नेपाल-मलेसिया श्रम वार्ता : कामदारको भिसा खर्च रोजगारदाताले व्यहोर्ने - 2018-09-28

मलेसिया,(प्रस): नेपाल र मलेसियाबीच हुने श्रम सम्झौताको मस्यौदामा सहमति जुटेको छ । मलेसिया भ्रमणमा रहेको नेपाली टोलीसँग भएको वार्तामा सरकारी उच्च अधिकारीहरुले नेपाली कामदारको भिसा प्रक्रियामा लाग्ने सबै खर्च मलेसियन रोजगारदाताले व्यहोर्ने सहमति जनाएका छन् ।

वैदेशिक रोजगारीका सबै विवरण एउटै अनलाइनमा - 2018-09-04

काठमाडौ,(प्रस): सरकारले वैदेशिक रोजगारीका सबै तथ्यांकलाई एउटै प्रणालीमा राख्ने गरी अनलाइन सिस्टम तयार गरेको छ । यो सिस्टम आगामी सोमबार सार्वजनिक गर्ने तयारी छ । यसले वैदेशिक रोजगार विभागमा फाइल अड्काएर राख्ने कर्मचारीको प्रवृत्ति र म्यानपावरले गर्ने ठगीलाई पनि केही हदसम्म नियन्त्रण गर्ने अपेक्षा लिइएको छ ।

म्यानपावरको धरौटी ६ करोडमाथि पुर्‍याइँदै, मर्ज गर्न दिइने - 2018-07-30

काठमाडौ,(प्रस): सरकारले म्यानपावर कम्पनीहरुलाई मर्ज गर्न दिने व्यवस्था ल्याउनेे तयारी गरेको छ । श्रम तथा रोजगार मन्त्रालयले म्यानपावरलाई मर्जरमा लैजान ६ करोडभन्दा बढीको धरौटी पुर्‍याउने प्रस्ताव गरेको छ ।

नेपाली कामदार नपठाउने निर्णय पुनर्विचार गर्न मलेसियाको आग्रह - 2018-07-28

काठमाडौ,(प्रस): मलेसियाले नेपाली कामदार मलेसिया नपठाउने निर्णय पुनर्विचार गर्न नेपाल सरकारसँग आग्रह गरेको छ । मलेसियाका मानव संसाधन मन्त्री एम कुलाशेगरले निर्णय पुनर्विचार गर्न सरकारसँग आग्रह गरेको हो ।

विदेश पठाइदिन्छु भनेर पाँच लाख ठग्ने गिरी जेल चलान - 2018-05-20

काठमाडौ,(प्रस):नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोले रु चार लाख ८५ हजार ठगेर फरार रहेका एक व्यक्तिलाई पक्राउ गरी जेल चलान गरिएको विवरणहरु हामीलाई प्राप्त भएकाछन् ।

वैदेशिक रोजगारीमा सिन्डिकेट: मन्त्रीको एक्सन, एकैदिन ४८ व्यवसायी पक्राउ - 2018-05-20

प्रदेश संवाददाता, काठमाडौवैदेशिक रोजगारीका नाममा ठगीविरुद्ध श्रम तथा रोजगारमन्त्री गोकर्ण बिष्ट पनि ‘एक्सन’मा उत्रिएका छन् । मन्त्रीको निर्देशनमा आइतबार मलेसिया जाने कामदारमाथि थप आर्थिक भार थोपरेर ठगी गर्ने व्यवसायी तथा उनीहरुका सहयोगी गरी ४८ जना पक्राउ गरिएको विवरणहरु हामीलाई प्राप्त भएकाछन् ।

श्रममन्त्रीले रोके जथाभावी गरिने कामदारको मागपत्र प्रमाणीकरण - 2018-05-08

काठमाडौ,(प्रस):वैदेशिक रोजगारीमा जाने कामदारको मागपत्र तथा रोजगार करारनामा प्रमाणीकरण सम्बन्धित देशको नेपाली दूतावास तथा नियोगबाट मात्र हुने भएको छ । श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्टले मागपत्र प्रमाणीकरणको अधिकार अब दूतावासलाई मात्र दिने गरी पेश गरेको वैदेशिक रोजगार सम्बन्धी मागपत्र जाँचबुझ निर्देशिका-२०७५ मन्त्रिपरिषदले स्वीकृत गरेको छ ।










Powered by: Exclusively Solution