बंगलादेशका राष्ट्रपति अब्दुल हमिद ४ दिने भ्रमणका लागि मंगलबार आएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा हमिद नेपाल आएका हुन्।
उनलाई विमानस्थलमै राष्ट्रपति भण्डारीले स्वागत गरेकी छिन्। उनको स्वागतका लागि उपराष्ट्रपति नन्द बहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना विमानस्थल पुगेका छन्। |
एजेन्सीः नेशनल सोशलिस्ट काउन्सिल अफ नागाल्याण्ड एनएससीएनका नेता बोहोतो किबाको छोरा बुहारी अत्याधुनिक हतियार एके ५६ र एम १६ असाल्ट राइफल बोकेर बिबाहको पार्टीमा देखिएको तस्बीर समाजिक सञ्जालमा भाइरल भएको छ । |
एजेन्सी : द नेदरल्यान्ड्सका वैज्ञानिकहरूका अनुसार अबको १० वर्षमा कृत्रिम गर्भाशयको सहायतामा समय पुग्नुअघि नै जन्मिएका शिशुको जीवन जोगाउन सकिनेछ।
गर्भ रहेको सामान्यतया ३७ हप्ताभन्दा अगाडि जन्मेका शिशुहरूको मृत्युदर उच्च छ।
तर यो उपकरणले मानव प्रजननको भविष्यमाथि प्रश्न पनि उठाएको छ। |
दि तपाईंलाई कुनै रोबोटले आफ्नो अनुहार जस्तै 'मास्क' लगाएर संसारमा अस्तित्व बनाउँदा केही आपत्ति हुँदैन भने करोडपति बन्न तयार हुनुस्।
‘गेओमिक’ नामक बेलायती इन्जिनियरिङ कम्पनीले अर्को एउटा कम्पनीसँग मिलेर बनाउँदै गरेको ‘स्टेट अफ द आर्ट हुमानोइड’ रोबोटको लागि नयाँ अनुहार खोजिरहेको छ। र यो अनुहार दिनेलाई उसले करिब डेढ करोड रूपैयाँ (एक लाख तीस हजार अमेरिकी डलर) दिने बताएको छ। |
एजेन्सी : ब्रह्माण्डमा सबभन्दा बढी चन्द्रमा (उपग्रह) भएको ग्रह कुन हो? केही दिनअघि मात्र यसको जवाफ बृहस्पति थियो। तर अब शनिले उछिनेर सबभन्दा धेरै चन्द्रमा भएको ग्रह बनेको छ। अनुसन्धाताहरूका अनुसार शनिका २० वटा नयाँ उपग्रह फेला परेका छन्। बृहस्पतिलाई सन् १९९० को अन्त्यदेखि नै अत्यधिक उपग्रह भएको ग्रह मानिँदै आएको थियो। |
‘नेपालीस्याट-१’ ले दिनमा १६ पटक पृथ्वीमा चक्कर लगाउँनेनेपालको पहिले भू-उपग्रह ‘नेपालीस्याट-१’ले सोमबारबाट पृथ्वीको परिक्रमा गर्न सुरु गरेको छ ।
अन्तराष्ट्रिय अन्तरीक्ष केन्द्रबाट नानो स्याटेलाइट अन्तरीक्षमा छाडिएको हो । जापानको जाक्साबाट सोमबार अपरान्ह ४ बजेर १९ मिनेटमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले ‘गो’ भनेका थिए । |
काठमाडौ,(प्रस): सामाजिक सञ्जाल र केही सन्चारमाध्यममा सगरमाथा शिखरमा सन् २०१९ को यही सिजनमा एक विदेशी युवकले ‘हस्तमैथुन गरेर विश्व रेकर्ड कायम’ गरेको भनी भाइरल बनाइएको तस्वीर ११ वर्षअघि खिचिएको खुलेको छ ।
पर्यटन विभागले सो तस्वीरको आधिकारिकता बुझ्ने क्रममा सन् २००८ मा खिचिएको पाइएको हो । विभागकी निर्देशक मिरा आचार्यले सो तस्वीरलाई अहिले भाइरल बनाउन खोजिएको भन्दै यसबारेमा प्रेस विज्ञप्ति जारी गर्न लागिएको बताइन् । |
यौन पेशालाई प्रतिस्थापन गर्न नसकेको प्रदेशसभा सदस्य उमादेवी वादीको भनाइनेपालको कानूनले यौन पेशालाई गैरकानूनी व्यवसाय मानेको छ । त्यही भएर यौन पेशामा लाग्ने पुरुष तथा महिलाहरु लुकी लुकी यौन व्यवसाय सञ्चालन गर्दै आएका छन् । देशका प्रमुख शहरहरु काठमाडौं, भक्तपुर, ललितपुर, बुटवल, पोखरा, धरान, नेपालगञ्ज, धनगढी, विराटनगर लगायतका होटल तथा लजहरुमा यौन धन्दा लुकिछिपी रुपमा वर्षौदेखि सञ्चालन हँदै आएको पटकपटक समाचारहरुमार्फत बाहिरिएको छ । |
विराटनगर,(प्रस): ‘किरियापुत्री भेट्न जाँदा नी माला मोहले छाडेन छ कम्युनिस्ट नेतालाई ! यो तस्वीर आइतबार सामाजिक सञ्जालमा भाइरल नै भयो । …. खुइया’ लेखेर सरोज बस्नेतले एउटा तस्वीर ट्वीट गरे ।
किरियापुत्रलाई भेट्न जाँदा घाटीमा सयपत्री फूलको माला लगाएको तस्वीर सार्वजनिक भएपछि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको धेरैले आलोचना गरेका छन् । |
काठमाडौ,(प्रस): विवाहका निम्ति जन्तीहरु बेहुलीका घरमा पुग्छन् । बेहुली पक्षले राम्रै मान–सम्मानका साथ जन्तीको स्वागत गर्दै खाजा र खानासम्म खुवाउँछन् । तर, विवाह चाहिँ हुँदैन । |
एजेन्सी : मानव जीवनमा बिबाह पछि हुने सम्बन्धले ठुलो अर्थ राख्छ । बिबाहको ४ वर्षसम्म आफ्ना श्रीमानले आफूलाई छुनसम्म पनि नखोजेपछि ३२ वर्षकी एक बिबाहित महिलाले आत्महत्या गरेकी छिन् ।
उनले मर्नुअघि लेखेको सुसाइड नोटमा श्रीमानसहित त्यो परिवारका कसैले पनि आफ्नो शवलाई नछुनु भनी लेखेकी छिन् । भारतको राजधानी दिल्लीमा भएको यो घटनापछि यहाँ हुने गरेको घरेलु हिंसाको निकै विभत्स रुप बाहिर आएको छ । |
चितवन,(रासस): |
एजेन्सी : अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले बासिंटन डीसीस्थित चिल्ड्रेन्स नेशनल अस्पताल पुगेर क्रिसमसको अवसरमा बालबालिकालाई उपहार बाँडेका छन्।
सान्ता क्लजले लगाउने शीरमा रातो फ्लपी टोपी र काँधमा उपहारको पोको बोकेर उनी अस्पताल पुगेका थिए।
|
एजेन्सी : इजिप्टमा आयोजित काहिरा फिल्म फेस्टिबलमा एक अभिनेत्रीले पारदर्शी कपडा लगाएको विषयमा बबाल भएको छ । अभिनेत्रीले व्यभिचारलाई उक्साएको भन्दै मुद्दा दायर गरिएको सञ्चारमाध्यमहरुले जनाएका छन् । |
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको यान मंगलग्रहमा सफलतापूर्वक अवतरण गरेको छ । ‘इन्साइट ल्याण्डर’ नाम दिइएको अन्तरिक्ष यान नेपाली समयअनुसार मंगलबार बिहान करिब पौने २ बजेतिर मंगल ग्रहमा अवतरण गरेको हो ।
मंगल ग्रहको जमिन र आन्तरिक भागको अध्ययन गर्ने लक्ष्यसहित नासाले ‘इन्साइट ल्याण्डर’ नामक अन्तरिक्ष यान पठाएको हो । |
एजेन्सी : स्मार्टफोनमा ब्याट्रि ब्याक–अपलाई लिएर धेरै समस्या आउने गरेको छ। कहिले काहि बिजुली नहुदा फोन चार्ज गर्न दिक्दार हुन सक्छ तर अब तपाई कागतीको प्रयोग गरेर फोनलाई सजिलै चार्ज गर्ने सक्नुहुनेछ ।
अमेरिकन एक आइटि बेबसाइटले इन्टरनेटमा एक भिडियो अपलोड गरेको छ । जसमा कागतीबाट कसरी फोनलाई चार्ज गर्ने देखाएको छ ।
|
काठमाडौ,(प्रस): नेत्र विक्रम चन्द विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड अदालतकाे परिसरबाटै तेस्राे पटक पक्राउ परेका छन्।
सर्वोच्च अदालतले पटकपटक रिहाको आदेश दिए पनि प्रहरीले उनलार्इ कुनै न कुनै घटनाकाे अाराेपमा पक्राउ गरिरहेकाे छ। सोमबार नुवाकोट जिल्ला अदालतले रिहा गर्न आदेश दिएलगत्तै नेपाल प्रहरीले प्रकाण्ड’ लाई अदालतकाे परिसरबाटै पक्राउ गरेको हाे। |
महंगी १० लाख प्रतिशतले बढ्ने अनुमानयदि तपाईंलाई महंगीले धेरै नै सताएको जस्तो लागेको छ भने भेनेजुएलामा तपाईंको कल्पना फेल खान सक्छ । भेनेजुएलामा महंगी मात्र होइन, ‘महामहंगी’ छ ।
त्यहाँको सरकारले महामहंगी नियन्त्रण गर्न योजना ल्याएको छ । तर, यसले जनतामा दुविधा बढाएको छ । धेरैले यो योजनाले कसरी काम गर्छ भन्ने प्रश्न उठाएका छन् । |
एजेन्सी : विश्वमै पहिलो पटक लिङ्ग र अण्डकोष प्रत्यारोपण भएकाे छ। अमेरिकामा डाक्टरहरुको एक समूहले विश्वमा पहिलो पटक लिङ्ग र अण्डकोष रहने थैलीको सम्पूर्ण प्रत्यारोपणमा पुर्वक सम्मपन्न गरेपछि घाइतेले नयाँ जीवन पाएका छन्।
|
धनकुटा: सुन्दैमा अचम्म लाग्न सक्छ कि बाँदरविरुद्ध पनि उजुरी पर्यो भनेर । हो, धनकुटाका स्थानीय तहमा अहिले बाँदरविरुद्धका उजुरीको संख्या बढ्दै छ । अझ अचम्म लाग्ने कुरा, प्रशासनले पनि धमाधम बाँदरलाई पक्राउ गरेर जेल हाल्न थालेको छ । |
सोफिया मानव मुखाकृति भएको रोबोट हो । हङ्गकङ्गस्थित ह्यान्सेन रोबोटिक्सले यसको निर्माण गरेको हो । ह्यान्सेन रोबोटिक्स लिमिटेडले आफ्नो वेबसाइटमा उल्लेख गरे अनुसार कम्पनी पढाउने, हेरचाह गर्नेे, मनोरञ्जन दिने र साथ दिने बौद्धिक र भावनात्मक रोवोट बनाउन केन्द्रित रहेको छ । |