खेलकुद




चेल्सीको अपराजित यात्रा कायमै


इंग्लिस प्रिमियर लिगमा चेल्सीको अपराजित यात्रा कायमै रहेको छ। यद्यपी अघिल्ला तीन खेल जितेको चेल्सी आइतबार राति स्वान्सी सिटीसँग भने २–२ को बराबरीमा रोकियो। चेल्सीका लागि डिएगो कोस्टाले २ गोल गर्दै हारबाट बचाए।


खेलको १८ औं मिनेटमा कोस्टाले गोल गर्दै चेल्सीलाई सुरुवाति अग्रता दिलाएका थिए। पहिलो हाफमा चेल्सीले १–० को अग्रता लियो। दोस्रो हाफको ५९ औं मिनेटमा पेनाल्टीमार्फत स्वान्सीले खेल बराबरीमा ल्यायो।

उसका लागि ग्यल्फी सिगुर्डसनले बराबरी गोल फर्काए। त्यसको तीन मिनेटपछि लिरोय फरले गोल गर्दै स्वान्सीलाई खेलमा फर्काए र  २–१ को अग्रता दिलाए।

यस्तै खेलको ८१ औं मिनेटमा कोष्टाले व्यक्तिगत दोस्रो गोल गरेपछि खेल २–२ को बराबरीमा सकियो।

आजको खेलसँगै ४ खेल खेलेको चेल्सीले १० अंक सहित अंक तालिकाको दोस्रो स्थानमा छ। यस्तै अपराजित म्यानचेस्टर सिटी पहिलो नम्बरमा छ। म्यानचेस्टर सिटीले अहिलेसम्म भएका चारै खेल जितेको छ।




Related Pictures:













Related News:

कांग्रेस महासमिति बैठकका ७ कार्यभार - 2018-12-16

जस लिने होडबाजी ! - 2018-12-15

भारतमा ३३ किलो सुन बरामद, नेपालमा अनुसन्धान ! - 2018-12-15

व्याट्री बोकेको ट्रकमा एक्कासी आगलागी - 2018-12-15

आरोप प्रत्यारोपका बीच देउवा र पौडेलको हातेमालो - 2018-12-15





मैत्रीपूर्ण खेलमा जर्मनीद्वारा रसिया पराजित - 2018-11-16

एजेन्सी : अन्तर्राष्ट्रिय मैत्रपूर्ण खेलमा जर्मनीले २०१८ को विश्वकप आयोजना गरेको राष्ट्र रसियालाई पराजित गरेको छ । बिहीबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा रसियामाथि लय विर्सेको जर्मनीले सहज जित निकालेको हो । २०१८ मा जर्मनीले कुनै पनि खेल राम्रोसँग खेल्न सकेन । विश्वकप फुटबलमा डिफेन्डिङ च्याम्पियन समेत रहेको जर्मनी समूह चरणबाटै बाहिरिएपछि सर्वत्र आलोचना पनि भएको थियो ।

भारतलाई हराउँदै नेपाल फाइनलमा - 2018-10-05

एजेन्सी : साफ यू-१८ महिला च्याम्पियनसिपअन्तर्गत शुक्रबार भएको सेमिफाइनलमा भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको छ। टाइब्रेकरमा ३-१ ले भारतको चुनौती पन्छाउँदै नेपाल उपाधि नजिक पुगेको हो। भुटानको थिम्पुस्थित चाम्लिङथाङ रंगशालामा नेपालले उपाधिको दावेदार मानिएको भारतलाई निर्धारित समयमा १-१ को बराबरीमा रोक्दै ट्राइब्रेकरमा ३-१ ले पन्छाएको हो।

बंगलादेशमाथि शानदार जित निकाल्दै नेपाल सेमिफाइनलमा - 2018-09-08

काठमाडौ,(प्रस): आयोजक बंगलादेशलाई हराउँदै नेपाल साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशलाई २-० गोल अन्तरले हराएको हो । अघिल्लो खेलमा पाकिस्तानले भुटानलाई ३-० ले हराएपछि अन्तिम चारमा स्थान सुरक्षित गर्न नेपाललाई जित चाहिएको थियो भने बंगलादेशलाई बराबरी भए पुग्थ्यो ।

नेपालको खराब ब्याटिङ, ५८ रनमै सातौ विकेट गुम्यो - 2018-09-04

काठमाडौ,(प्रस): मलेसियामा जारी एसिसि एसिया कप छनोट खेल अन्तर्गत हङकङविरूद्ध नेपालले खराब प्रदर्शन गरेको छ। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५८ रनमै ७ विकेट गुमाएको हो। नेपालका लागि सोमपाल कामीले १२ बल खेल्दै ० रन बनाएर आउट भए।

नेपाललाई पहिलो सफलता, कप्तान पारसले लिए विकेट - 2018-08-29

काठमाडौ,(प्रस): एसिया कप छनोट क्रिकेटमा नेपालले दिएको २२२ रनको लक्ष्य पछ्याएको ओमानले पहिलो विकेट गुमाएको छ । नेपालका लागि कप्तान पारस खड्काले पहिलो विकेट दिलाएका हुन् । पारसले अकिब इल्यासलाई १६ रनमा एलबीडब्लू आउट गराए । ओमनको ८ ओभरको खेल चलिरहंदा १ विकेटको क्षतिमा ३३ रन भएको छ ।

एसियाली खेलकुदको भलिबलमा नेपालको पहिलो जित - 2018-08-28

काठमाडौ,(प्रस): एसियाली खेलकुदको पुरुष भलिबलमा नेपालले पहिलो जित दर्ता गरेको छ । मंगलबार भएको खेलमा नेपालले मंगोलियालाई ३-१ को सेटमा पराजित गरेको हो । पहिलो सेटमा पराजित भएको नेपालले उत्कृष्ट पुनरागमन गर्दै जित हासिल गरेको हो । पहिलो सेट २८-२६ ले गुमाएको नेपालले त्यसपछि लगातार तीन सेट जित्दै विजय हासिल गर्‍यो ।

प्याराग्लाइडिङले देखायो पदकको सम्भावना - 2018-08-28

काठमाडौ,(प्रस): नेपाल १८ औं एसियाली खेलकुदमा पदकविहीन हुनुपर्ने हो कि भन्ने डर बढीरहेका बेला नयाँ खेलबाट पदक भित्रिने आश बढेको छ । प्याराग्लाइडिङ क्रस कन्ट्री इभेन्टमा नेपाली टोलीको प्रदर्शन राम्रो भइरहेको छ । चौथो चरणको खेल सकिँदा नेपाली टोली जापानपछि दोस्रो स्थानमा रहेको छ । पाँच चरणको खेलमा अब अन्तिम चरण बाँकी छ । अन्तिम चरणको खेल बुधबार हुनेछ ।

एसिया कप छनोट खेल्ने नेपाली टोली मलेसियातर्फ - 2018-08-27

काठमाडौ,(प्रस): एसिया कप क्रिकेट प्रतियोगिताको छनोट खेल खेल्न नेपाली राष्ट्रिय टोली आज मलेसियातर्फ प्रस्थान गरेको छ। एसिया कप छनोट खेल आजदेखि मलेसियामा सुरू हुँदैछ।

सभामुखद्वारा तेक्वान्दो खेलाडीहरूलाई बिदाई - 2018-08-27

काठमाडौ,(प्रस): सभामुख कृष्णबहादुर महराले ग्लोबल तेक्वान्दो डेमोस्टेसन प्रतियोगितामा भाग लिन दक्षिण कोरिया जान लागेका तेक्वान्दो खेलाडीहरूलाई बिदाई गरेका छन्।

क्यारेबियन प्रिमियर लिग आजबाट सुरू, सन्दिप टिमको पहिलो खेल भोलि - 2018-08-08

एजेन्सी : क्यारेबियन प्रिमियर लिग आजबाट सुरू हुँदैछ। विभिन्न ६ टोलीले सहभागी जनाउने प्रतियोगितामा नेपाली युवा बलर सन्दीप लामिछानेले पनि खेल्दैछन्। सन्दीपलाई सेन्ट नेभिस एण्ड प्याट्रिओट्सले ५ हजार डलरमा अनुबन्ध गरेको हो।

नेपाली यु १९ टोलीलाई भारतद्वारा क्रिकेट सिरिज खेल्न आमन्त्रण - 2018-08-08

काठमाडौ,(प्रस): नेपाली यु १९ राष्ट्रिय टोलीले भारतमा चार टोलीबीच हुने यू–१९ एकदिवसीय क्रिकेट सिरिज खेल्ने निम्तो पाएको छ।भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) को आयोजनामा हुन लागेको ५० ओभरको प्रतियोगितामा नेपालसहित भारत र अफगानिस्तानका यू–१९ टोलीले कोलकातामा खेल्ने भएका हुन् ।

ऐतिहासिक क्रिकेट खेलेर फर्कियो नेपाली टोली - 2018-08-06

ऐतिहासिक एक दिवसीय क्रिकेटमा सहभागी भएर नेपाली टोली स्वदेश फर्किएको छ । कप्तान पारस खड्का नेतृत्वमा रहेको नेपाली टोली सोमबार बिहान स्वदेश फर्किएको हो । स्वदेश फर्किएको क्रिकेट टोलीलाई राखेपका सदस्य सचिव केशवकुमार विष्टलगायतले विमानस्थलमा खादा तथा माला लगाएर स्वागत गरे । नेपाली टोली एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्न नेदरल्यान्ड्स गएको थियो । पहिलो खेलमा नेपालले हार बेहोरे पनि दोस्रो खेलमा रोमाञ्चक जित हात पारेको थियो ।

नेपालले एमसिसीलाई ९ विकेटले हरायो - 2018-07-29

लर्डसमा जारी नेपाल, नेदरल्याण्डस र मेरिलेबोन क्रिकेट क्लब ९एमसीसी०बीचको त्रिकोणात्मक श्रृखंला अन्तर्गत दोस्रो खेलमा नेपालले एमसीसीलाई ९ विकेटले हराएको छ। एमसिसीको ४१ रनको लक्ष्य पछ्याएको नेपालले ८ बल बाँकी छँदै लक्ष्य पुरा गरेको हो। नेपालका लागि सुबास खकुरेलले नटआउट १६ रन बनाएका थिए।

इंग्ल्याण्डलाई हराउँदै बेल्जियम बन्यो तेस्रो - 2018-07-14

इंग्ल्याण्डलाई हराउँदै बेल्जियम विश्वकप फुटबलमा तेस्रो बनेको छ । शनिबार भएको खेलमा बेल्जियमले इंग्ल्याण्डलाई २–० गोल अन्तरले हराएको हो । सेन्ट पिटर्सबर्गमा भएको खेलमा बेल्जियमले चौथो मिनेटमा नै थोमस मुनिरको गोलबाट अगता लिएको थियो ।

सन्दीपको सनसनी : दुई ओभरमा लिए मुम्बईका तीन विकेट - 2018-05-20

दिल्ली ११ रनले विजयी‘उत्कृष्ट खोज, वाह् ! क्या खेलाडी’ इन्डियन प्रिमियर लिग (आईपीएल) मा अन्तिम खेलमा जित हात पारेपछि दिल्ली डेयरडेभिल्सले सन्दिप लामिछानेको तस्वीर ट्वीट गर्दै लेखेको छ । साँचै सन्दिप दिल्लीका लागि उत्कृष्ट छनोट बने । सुरुवाति ११ खेलमा बेञ्चमा विताएका १७ वर्षे नेपाली युवकले जब मौका पाए, आफूलाई प्रमाणित गरे । अन्तिम खेलको प्रदर्शन त ‘सुपर’ नै रहृयो ।

‘यसपाली मैदान बाहिर खेल्नेछु’ - 2018-05-17

जब मेरो घुँडामा दुखाइ महसुश भयो, मेरो आत्मा शरीरदेखि बाहिर निस्किए जस्तै लाग्यो । त्यही क्षण मैले बुझेको थिएँ, रसिया जाने विश्वकपको प्लेनमा मेरा लागि ठाउँ हुने छैन । पेरिस सेन्ट जर्मेन (पीएसजी) का डाक्टरहरुले मलाई के भएको हो भन्ने थाहा पाउन केही परीक्षणको नतिजा पर्खनुपर्ने बताएका थिए । तर, त्यसैबेला मलाई मनमा लागेको थियो, सबै कुरा सकियो ।

आईपीएल खेलेपछि सन्दीप लामिछानेले भने : नेपालमा मजस्ता धेरै छन् - 2018-05-13

काठमाडौ,(प्रस):पहिलो पटक इन्डियन प्रिमियर लिग (आईपीएल) खेलेका नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेको खेलको चर्चा भइरहेको छ । यस्तोमा सन्दीपले भने आफूले खेल्ने र नखेल्ने कुरा भन्दा गएको झण्डै डेढ महिनामा के सिकें त्यो ठूलो कुरा भएको बताएका छन् । साथै उनले आफू जस्तै खेलाडी नेपालमा धेरै रहेको प्रतिक्रिया दिएका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा पहिलो सफलता,नेपालले पायो एक दिवसीय मान्यता - 2018-03-15

काठमाडौ,(प्रस):नेपालले एकदिवसीय अन्तराष्ट्रिय मान्यता पाउने पक्का भएको छ । यो नेपाल क्रिकेटले पाएको अहिलेसम्मकै ऐतिहासिक उपलब्धी हो । ओडीआई स्टाटसका लागि महत्वपूर्ण खेलमा नेपालले बिहीबार पपुवा न्यूगिनीलाई ६ विकेटले हरायो ।

विश्वकप छनौट : नेपालको लगातार तेस्रो हार - 2018-03-10

काठमाडौ,(प्रस):विश्वकप छनौट अन्तरगत समूह चरणको तेस्रो खेलमा नेपाल अफगानिस्तानसँग ६ विकेटले पराजित भएको छ । नेपालले प्रस्तुत गरेको १ सय ९५ रनको मध्यम लक्ष्य अफगानिस्तानले मात्र ३८।४ ओभरमा ४ विकेटको क्षतिमा पछ्यायो ।

जनक मावी सर्बोकृस्ठ हुँदै भलिबलमा प्रथम - 2018-03-10

यादव चौलागाई, मकवानपुर: मकवानपुरको पुर्वी बकैया गाउपालिकामा भएको जिल्ला स्तरिय भलिबल प्रतियोगितामा जनक माद्यमिक बिद्यालयले उत्कृस्ठ प्रदर्शन गर्दै प्रतियोगिताको उपाधी जितेको छ ।

विश्वकप छनोटः नेपालले पायो ‘विश्वकप छनोट’कै ठूलो लक्ष्य - 2018-03-04

काठमाडौ,(प्रस):विश्वकप छनोटको पहिलो खेलमा जिम्बाब्वेले नेपाललाई ३८१ रनको लक्ष्य दिएको छ ।










Powered by: Exclusively Solution