भोपाल,भारत (प्रस): बाजुरा जिल्लाको आँटीचौर घर भई भारतको भोपाल स्टेशनमा अलपत्र अबस्थामा भेटिएका बिरेन्द्र कठायतलाई पशुपतिनाथ नेपाली समाज गोविन्दपुरा भोपालको पहलमा च्एँ थाना को सहयोगमा समाजको धर्मशालामा राखिएको छ ।
मानसिक सन्तुलन समेत गुमाएका उनलाई भोपाल प्रहरीको सहयोगमा धर्मशालामा राखिएको बताइएको छ । |
काठमाडौ,(प्रस)मलेसिया सरकारले अवैधानिक रुपमा काम गरिरहेका आप्रवासी कामदारहरुलाई आममाफी दिने भएको छ । अवैधानिक रुपमा मलेसियामा रहँदा पक्राउ परि जेल जीवन भोगिरहेका आप्रवासी कामदारहरुलाई लक्षित गरी सो कार्यक्रम ल्याइएको मलेसिया सरकारले जनाएको छ ।
उक्त कार्यक्रम १ अगष्ट २०१९ देखि ३१ डिसेम्बरसम्म रहनेछ । आममाफी कार्यक्रममार्फत ५ महिनासम्म अवैध रुपमा मलेसियामा रहेका आप्रवासी कामदारहरु आ–आफ्नो देशमा फर्कन सक्नेछन् । |
काठमाडौ,(प्रस): केन्याको डान्स बारबाट उद्दार गरिएका १२ जना नेपाली युवतीलाई काठमाडौं ल्याइएको छ । बिहीबार साँझ केन्याबाट उनीहरुलाई हवाई मार्ग हुँदै नेपाल ल्याइएको हो ।
नेपाल प्रहरीको मानव बेचविखनविरुद्ध काम गर्ने ब्युरो स्रोतका अनुसार केन्या प्रहरीले चलाएको अपरेशनका क्रममा उनीहरु पक्राउ परेका थिए । त्यहाँबाट अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आईओएम) ले उनीहरुलाई नेपाल ल्याएको थियो । |
काठमाडौ,(प्रस): सरकारले असार १५ गतेदेखि गर्ने भनेको वैदेशिक रोजगारीमा जानेको अनिवार्य सीप प्रमाणीकरणको व्यवस्था केही पछि धकेलिने भएको छ । विभिन्न १२ वटा क्षेत्रका कामदारलाई वैदेशिक रोजगारीमा जान सीप जानेकै हुनुपर्ने नियम लागू गर्ने सरकारले बनाएको थियो ।
तर, असार १५ बाट गर्ने भनिए पनि तयारी नपुगेकाले नयाँ आर्थिक वर्षबाट सुरु गर्ने गरी तयारी तीव्र पारिएको वैदेशिक रोजगार विभागले जनाएको छ । विभागमा महानिर्देशक भीष्मकुमार भुसालका अनुसार केही प्राविधिक क्षेत्रमा चलिरहेका तालिमहरु सकिने र सीप प्रमाणीकरण गर्ने तालिका नमिलेकाले योजना केही समयपछि धकेलिने अवस्था आएको हो । |
काठमाडौ,(प्रस): नेपाल र खाडी मुलुक युनाइटेड अरब इमिरेट्स (युएई)बीच श्रम सम्झौता भएको छ।
स्विट्जरल्यान्डको जेनेभामा भइरहेको अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को शतवार्षिकी समारोहमा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्ट र युएईका मानव संशाधन मन्त्री नासेर थानी अल हम्लीले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्।
|
काठमाडौ,(प्रस): रोजगारीको आश्वासन दिएर अवैध रुपमा लिविया पुर्याइएका १५ नेपालीको ट्रिपोलीबाट उद्धार गरिएको छ ।
डर त्रास देखाएर काममा लगाएको र नेपाल फर्कन खोज्दा राहदानी नदिएका कामदारहरूलाई उद्धार गरेर अन्तराष्ट्रिय श्रम संगठन (आइओएम) मा राखिएको कायरोस्थित नेपाली दूतावासले जनाएको छ । |
एजेन्सी : लिबियाको राजधानी त्रिपोली दिनप्रतिदिन युद्धमैदानमा परिणत भइरहेको छ । त्यहीँ कार्यरत सैनामैना १०, रुपन्द्रेहीका गणेश थापामगरसहित २० नेपाली केही सातादेखि उद्धारका लागि हारगुहार गरिरहेका छन् ।
‘हामी बसेको ठाउँबाट झन्डै २५ किमि टाढा दिनहुँ विद्रोही र सरकार पक्षबीच भिडन्त भइरहेको छ, बम नपडकेको दिनै हुन्न,’ त्रिपोलीबाट कान्तिपुरसँग फोनमा थापामगरले भने, ‘भिडन्त बढदै हाम्रो ठाउँतिर आइपुग्छ कि भन्ने डर छ ।’उनी अलसाई समूहको राइस मिलमा कार्यरत छन् । राइसमिल परिसरबाट बाहिर निस्कन सकेका छैनन् ।
|
काठमाडौ,(प्रस): म्यानपवार व्यवसायीले वर्षमा सयजना कामदार विदेश पठाउन नसके खारेज हुने कानुनी व्यवस्था संसदीय समितिबाट पारित भएको छ।
सरकारले केही नेपाल ऐनमार्फत् वैदेशिक रोजगार ऐनमा संशोधन गरेको संशोधन प्रस्तावमा सो व्यवस्था समितिले थप गरेको सांसद कृष्णभक्त पोखरेलले जानकारी दिए। |
एजेन्सी : मलेसियामा ९ नेपालीसहित एक सय जना विदेशी कामदारलाई पक्राउ गरिएको छ ।
अवैधानिक रुपमा काम गरिरहेका, कागजात नभएका र सम्झौता अवधि सकिएपछि पनि काम गरिरहेका कामदारलाई मलेसियाको अध्यागमन विभागले पक्राउ गरेको हो । |
काठमाडौ,(प्रस): श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले भारतीय नागरिकलाई अनिवार्य श्रम स्वीकृति लिने भन्ने विषयमा माघ १० गते जारी गरेको सर्कुलर विवादमा तानिएको छ ।
मन्त्रालयका शाखा अधिकृत प्रशान्त शाहले जारी गरेको सर्कुलरप्रति सोही मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेले आपत्ति जनाएका छन् । एउटै मन्त्रालयले एकसाता अघि सर्कुलर जारी गर्ने र अर्को साता खण्डन गर्ने कार्यले श्रम रोजगार मन्त्रालयको काम गराईमा कस्तो केटाकेटीपन रहेछ भन्ने देखाएको छ । |
काठमाडौ,(प्रस): सरकारले नेपालका उद्योग प्रतिष्ठानमा काम गर्ने भारतीय नागरिकलाई अनिवार्य श्रम स्वीकृति लिन कडाइ गरेको छ ।
श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले सबै श्रम तथा रोजगार कार्यालयहरुलाई पत्राचार गरी प्रतिष्ठानहरुमा काम गर्ने भारतीय नागरिकको संख्या अध्यावधिक गर्न र श्रम स्वीकृति नलिएको भए लिने व्यवस्था मिलाउन निर्देशन दिएको हो । |
करिब नौ महिनादेखि बन्द रहेको मलेसियामा नेपाली कामदार पठाउने प्रक्रिया शुरु हुने भएको छ । दुई देशबीचको श्रम समझदारी अनुसार पहिलो चरणमा कलिङ भिसा आएका करिब ६ हजार कामदारलाई मलेसिया दूतवाससँगको समन्वयमा पठाउन लागिएको हो ।
दुई दिनअघिमात्र मलेसिया सरकारसँग छलफल गरेर फर्किएका सत्तारुढ नेकपाका सांसद तथा संसदको उद्योग वाणिज्य आपूर्ति तथा श्रम समिति अन्तर्गत श्रम तथा रोजगार उपसमितिका संयोजक एलपी साँवा लिम्बुले अब मलेसिया रोजगारी खुल्ने बताए । |
काठमाडौ,(प्रस): वैदेशिक रोजगारीमा रहेकाहरूलाई सञ्चयकोष तथा सामाजिक सुरक्षा योजनामा सहभागी गराउने सकिने भएको छ।
श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा रहेकाहरूलाई सञ्चयकोष तथा सामाजिक सुरक्षा योजनामा सहभागी गराउन सकिने विषयमा अध्ययन गरी प्रतिवेदन बुझाउन गठित एक कार्यदलले आगामी साउन १ गतेदेखि लागू गर्न सकिने गरी सरकारलाई सुझाव दिएको छ।
|
गोपाल गड्तौला: पाकिस्तानी नागरिक मन्सुर अहमद सिद्दिकी ४१ वर्षका भए । श्रीमती समिनार तीन छोरीहरू अमतुल्ला, निगरिस र हिवातुल साथ उनी काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–८ मा बसेका छन् । उनले डीटी ५४६८२३१ नम्बरको पाकिस्तानी राहदानीमा इस्लामावादस्थित नेपाली दूतावासमा ११ मे २०११ मा पर्यटकको रूपमा नेपाल आउन भिसा लिएका थिए । भिसा लगाएको करीब ५ महीनापछि मन्सुर १३ अक्टोबर २०११ को मध्याह्न परिवारसाथ कराँचीबाट काठमाडौंका लागि उडे । |
काठमाडौ,(प्रस): वैदेशिक रोजगार विभाग, सोल्टीमोडमा सेवाग्राहीलाई दुःख दिएको आरोपमा ७ जना विचौलिया पक्राउ परेका छन् । मंगलबार दिउँसो काठमाडौ प्रहरीले परिसरको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
|
काठमाडौ,(प्रस): वैदेशिक रोजगारीमा जानेहरुका लागि आजदेखि जनकपुर र बुटवलबाट श्रम स्वीकृति दिन थालिएको छ । जनकपुरमा एमडी जिलानी मोमिन र बुटवलमा वीरबहादुर माझीलाई पहिलो पटक श्रम स्वीकृति दिँदै सेवा शुरु गरिएको हो ।
कार्यालयका निमित्त महानिर्देशक उदयप्रसाद गुप्ताले प्रारम्भिक चरणमा श्रम स्वीकृति प्रदान गर्ने, वैदेशिक रोजगारीसम्बन्धी इजाजत पाएका संस्था र तालिम एवं अभिमुखीकरण संस्थाको अनुगमन तथा नियमनको कार्य गर्ने बताए । |
काठमाडौ,(प्रस): वैदेशिक रोजगारीमा जानेहरूका लागि श्रम स्वीकृति जस्ता कामका लागि अब राजधानी धाउनु नपर्ने भएको छ।हालै बसेको मन्त्रिपरिषदको बैठकबाट उक्त अधिकार हस्तान्तरणको औपचारिक निर्णय भएको जनाइएको छ। वैदेशिक रोजगारीका लागि औसतमा दैनिक एक हजार पाँच सय नेपाली विदेश जाने गरेको आँकडाहरूले देखाउँछन्। |
अब विदेशमा काममा जानका लागि श्रम स्वीकृति लिन अनलाइनबाटै टोकन प्राप्त हुने भएको छ । श्रम स्वीकृति प्रक्रियालाई सरल बनाउन वैदेशिक रोजगारको कार्यालय ताहाचलले आइतबारबाट यो प्रणाली सुरु गरेको हो ।
पछिल्लो दिनमा कार्यालयमा सेवाग्राहीको भीड बाक्लो हुँदा सेवा सम्पादन प्रभावित भइरहेको छ । |
मलेसिया,(प्रस): नेपाल र मलेसियाबीच हुने श्रम सम्झौताको मस्यौदामा सहमति जुटेको छ ।
मलेसिया भ्रमणमा रहेको नेपाली टोलीसँग भएको वार्तामा सरकारी उच्च अधिकारीहरुले नेपाली कामदारको भिसा प्रक्रियामा लाग्ने सबै खर्च मलेसियन रोजगारदाताले व्यहोर्ने सहमति जनाएका छन् । |
काठमाडौ,(प्रस): सरकारले वैदेशिक रोजगारीका सबै तथ्यांकलाई एउटै प्रणालीमा राख्ने गरी अनलाइन सिस्टम तयार गरेको छ । यो सिस्टम आगामी सोमबार सार्वजनिक गर्ने तयारी छ ।
यसले वैदेशिक रोजगार विभागमा फाइल अड्काएर राख्ने कर्मचारीको प्रवृत्ति र म्यानपावरले गर्ने ठगीलाई पनि केही हदसम्म नियन्त्रण गर्ने अपेक्षा लिइएको छ । |
काठमाडौ,(प्रस): सरकारले म्यानपावर कम्पनीहरुलाई मर्ज गर्न दिने व्यवस्था ल्याउनेे तयारी गरेको छ । श्रम तथा रोजगार मन्त्रालयले म्यानपावरलाई मर्जरमा लैजान ६ करोडभन्दा बढीको धरौटी पुर्याउने प्रस्ताव गरेको छ । |