प्रवास/वैदेशिक रोजगार




साउदीमा दुई नेपालीको मृत्यु


नवलपरासी/
रोजगारीका लागि साउदी पुगेका नवलपरासीका दुई व्यक्तिको पछिल्लो एक सातामा मृत्यु भएको छ । साढे दुई वर्षअघि रोजगारीका लागि गएका मध्यविन्दु नगरपालिका साविक तम्सरिया–५, नवलपरासीका ४६ वर्षीय खुइतप्रसाद महतोको हृदयाघातका कारण मृत्यु भएको हो ।



दश वर्षदेखि सो कम्पनीमा कार्यरत उनी बिरामी भएर अस्पताल लैजाने क्रममा नै मृत्यु भएको सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्र, कावासोतीले जनाएको छ ।


त्यस्तै तीन महिनाअघि साउदी पुगेका कावासोती–९ का मीनप्रसाद अर्यालले विष सेवन गरेर आत्महत्या गरेको परिवारजनलाई उद्धृत गर्दै सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्र, कावासोतीकी परामर्शदाता रञ्जना लम्सालले जानकारी दिए ।


यसैबीच वैदेशिक रोजगारीबारे यो हप्ता नवलपरासीबाट १८१ जनाले सेवा लिएका छन् । नवलपरासीको परासीमा रहेको सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रबाट नौ महिलासहित ७४ जनाले सेवा लिएका हुन् । सो क्रममा सातवटा केश दर्ता भएको केन्द्रकी परामर्शदाता विना चौधरीले जानकारी दिए ।


उहाँका अनुसार कतारमा कम्पनीले काम नदिएर फर्किएकाहरुले केश दर्ता गराएका छन् । त्यस्तै यो हप्तामात्रै यसरी वैदेशिक रोजगारीबारे सेवा लिन सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्र कावासोतीमा १५ महिलासहित ९७ जना आएको केन्द्रकी परामर्शदाता विनु रानाले जानकारी दिए ।


सो क्रममा तीनवटा केश दर्ता भएको केन्द्रकी परामर्शदाता रञ्जना लम्सालले जानकारी दिए । उनका अनुसार दुईवटा जेल र एउटा भनेको काम र दाम नपाएको केश दर्ता गराएका छन् ।


केन्द्रमा पुग्नेलाई वैदेशिक रोजगारीको यात्रालाई सुरक्षित बनाउने विषयमा जानकारी गराउने गरिएको छ ।




Related Pictures:













Related News:

राष्ट्रपतिद्वारा देशवासीलाई सम्बोधन - 2020-04-03

सशस्त्र प्रहरी र सिकारी समूहबीच गोली हानाहान - 2020-04-03

'पाेखरामा कोरोना भाइरसको पोजेटिभ केस छैन': स्वस्थ्य मन्त्रालय - 2020-04-03

जिटुजी गरिसकेपछि नेपाली सेनालाई औषधी ल्याउने जिम्मा दिइनु गलत: पूर्व प्रधानमन्त्री झलनाथ खनाल - 2020-04-03

कोरोनाभाइरसबारे सहयोग माग्ने अमेरिकी युद्धपोतका कमाण्डर यसकारण भए 'जिम्मेवारीमुक्त' - 2020-04-03





बेलायतमा कोरोनबाट अर्का नेपालीको मृत्यु - 2020-03-26

लन्डन,(एजेन्सी): बेलायतमा अर्का नेपालीको पनि कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । गत सोमबार लन्डनमा निधन भएका ४० वर्षीय एक पुरुषलाई कोरोना पोजिटिभ देखिएको हो । लन्डनको क्वीन एलिजावेथ अस्पतालमा उपचारका क्रममा उनको निधन भएको थियो । बुधबार अस्पतालले मृतकका परिवारलाई टेलिफोनमार्फत उनमा संक्रमण पाइएको पुष्टि गरेको आफन्तले बताएका छन् ।

अमेरिकामा ५ जना नेपालीमा कोरोना संक्रमण - 2020-03-24

एजेन्सी :अमेरिकाको न्यूयोर्क, भर्जिनिया र टेक्सासमा गरी पाँच जना नेपालीमा कोरोना भाईरस संक्रमण देखिएको छ। संक्रमण देखिएका परिवारका सदस्यमा पनि कोरोनाको लक्षण देखिएकोले घरमा नै बसी उपचार गरिहेको बताइएको छ। न्युयोर्कको ज्याक्सन हाइटमा बस्ने एकजना ४७ , ५० र अर्का ५५ बर्षका नेपालीमा पनि कोरोना भाइरस पोजेटिभ देखिएको छ।

कोरोना प्रभावः विदेश जाने कामदारको श्रम स्वीकृति स्थगित - 2020-03-03

प्रदेश संवाददाता, काठमाडौसरकारले वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति तत्कालका लागि स्थगन गरेको छ । चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण विश्वव्यापी बनेसँगै सरकारले सो निर्णय गरेको जनाइएको छ । कोभिड–१९ को सन्त्रास कम नभए सम्म श्रम स्वीकृति प्रदानको कार्य हाललाई स्थगन गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले जानकारी दिए।

आबुधाबीमा १८ जना नेपाली कामदार बोकेको बस दुर्घटना - 2020-01-16

युएई, एजेन्सी : युएईको आबुधाबीमा कामदार बोकेको गाडी दुर्घट्ना भएको छ । दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । नेपाली कामदार बोकेको गाडी दुर्घटना भएकोले मृत्यु नेपाली हुनसक्ने आबुधाबीस्थित नेपाली दूतावासले जनाएको छ । तर, मृतकको पहिचना नभएको दूतावसले जनाएको छ ।

बाजुराका बिरेन्द्र कठायत भोपाल स्टेसनमा अलपत्र - 2019-11-07

भोपाल,भारत (प्रस): बाजुरा जिल्लाको आँटीचौर घर भई भारतको भोपाल स्टेशनमा अलपत्र अबस्थामा भेटिएका बिरेन्द्र कठायतलाई पशुपतिनाथ नेपाली समाज गोविन्दपुरा भोपालको पहलमा च्एँ थाना को सहयोगमा समाजको धर्मशालामा राखिएको छ । मानसिक सन्तुलन समेत गुमाएका उनलाई भोपाल प्रहरीको सहयोगमा धर्मशालामा राखिएको बताइएको छ ।

अवैधानिक कामदारका लागि मलेसियामा आममाफी - 2019-07-21

काठमाडौ,(प्रस)मलेसिया सरकारले अवैधानिक रुपमा काम गरिरहेका आप्रवासी कामदारहरुलाई आममाफी दिने भएको छ । अवैधानिक रुपमा मलेसियामा रहँदा पक्राउ परि जेल जीवन भोगिरहेका आप्रवासी कामदारहरुलाई लक्षित गरी सो कार्यक्रम ल्याइएको मलेसिया सरकारले जनाएको छ । उक्त कार्यक्रम १ अगष्ट २०१९ देखि ३१ डिसेम्बरसम्म रहनेछ । आममाफी कार्यक्रममार्फत ५ महिनासम्म अवैध रुपमा मलेसियामा रहेका आप्रवासी कामदारहरु आ–आफ्नो देशमा फर्कन सक्नेछन् ।

केन्याको डान्स बारबाट उद्धार गरिएका १२ युवती काठमाडौं ल्याइयो - 2019-07-20

काठमाडौ,(प्रस): केन्याको डान्स बारबाट उद्दार गरिएका १२ जना नेपाली युवतीलाई काठमाडौं ल्याइएको छ । बिहीबार साँझ केन्याबाट उनीहरुलाई हवाई मार्ग हुँदै नेपाल ल्याइएको हो । नेपाल प्रहरीको मानव बेचविखनविरुद्ध काम गर्ने ब्युरो स्रोतका अनुसार केन्या प्रहरीले चलाएको अपरेशनका क्रममा उनीहरु पक्राउ परेका थिए । त्यहाँबाट अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आईओएम) ले उनीहरुलाई नेपाल ल्याएको थियो ।

विदेशिने युवाको सीप प्रमाणीकरण पछि धकेलियो - 2019-06-27

काठमाडौ,(प्रस): सरकारले असार १५ गतेदेखि गर्ने भनेको वैदेशिक रोजगारीमा जानेको अनिवार्य सीप प्रमाणीकरणको व्यवस्था केही पछि धकेलिने भएको छ । विभिन्न १२ वटा क्षेत्रका कामदारलाई वैदेशिक रोजगारीमा जान सीप जानेकै हुनुपर्ने नियम लागू गर्ने सरकारले बनाएको थियो । तर, असार १५ बाट गर्ने भनिए पनि तयारी नपुगेकाले नयाँ आर्थिक वर्षबाट सुरु गर्ने गरी तयारी तीव्र पारिएको वैदेशिक रोजगार विभागले जनाएको छ । विभागमा महानिर्देशक भीष्मकुमार भुसालका अनुसार केही प्राविधिक क्षेत्रमा चलिरहेका तालिमहरु सकिने र सीप प्रमाणीकरण गर्ने तालिका नमिलेकाले योजना केही समयपछि धकेलिने अवस्था आएको हो ।

नेपाल र युएईबीच स्विट्जरल्यान्डमा भयो श्रम सम्झौता, यस्ता छन् मुख्य बुँदाहरू - 2019-06-14

काठमाडौ,(प्रस): नेपाल र खाडी मुलुक युनाइटेड अरब इमिरेट्स (युएई)बीच श्रम सम्झौता भएको छ। स्विट्जरल्यान्डको जेनेभामा भइरहेको अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को शतवार्षिकी समारोहमा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्ट र युएईका मानव संशाधन मन्त्री नासेर थानी अल हम्लीले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्।

लिवियाबाट १५ नेपालीको उद्धार - 2019-05-20

काठमाडौ,(प्रस): रोजगारीको आश्वासन दिएर अवैध रुपमा लिविया पुर्‍याइएका १५ नेपालीको ट्रिपोलीबाट उद्धार गरिएको छ । डर त्रास देखाएर काममा लगाएको र नेपाल फर्कन खोज्दा राहदानी नदिएका कामदारहरूलाई उद्धार गरेर अन्तराष्ट्रिय श्रम संगठन (आइओएम) मा राखिएको कायरोस्थित नेपाली दूतावासले जनाएको छ ।

लिबियामा २० नेपालीको हारगुहार, बन्दीजस्तै जीवन: उद्धारमा कठिनाइ-राजदूत - 2019-04-27

एजेन्सी : लिबियाको राजधानी त्रिपोली दिनप्रतिदिन युद्धमैदानमा परिणत भइरहेको छ । त्यहीँ कार्यरत सैनामैना १०, रुपन्द्रेहीका गणेश थापामगरसहित २० नेपाली केही सातादेखि उद्धारका लागि हारगुहार गरिरहेका छन् । ‘हामी बसेको ठाउँबाट झन्डै २५ किमि टाढा दिनहुँ विद्रोही र सरकार पक्षबीच भिडन्त भइरहेको छ, बम नपडकेको दिनै हुन्न,’ त्रिपोलीबाट कान्तिपुरसँग फोनमा थापामगरले भने, ‘भिडन्त बढदै हाम्रो ठाउँतिर आइपुग्छ कि भन्ने डर छ ।’उनी अलसाई समूहको राइस मिलमा कार्यरत छन् । राइसमिल परिसरबाट बाहिर निस्कन सकेका छैनन् ।

एक वर्षभित्र सय जना कामदार नपठाउने म्यानपावर खारेज हुने - 2019-02-11

काठमाडौ,(प्रस): म्यानपवार व्यवसायीले वर्षमा सयजना कामदार विदेश पठाउन नसके खारेज हुने कानुनी व्यवस्था संसदीय समितिबाट पारित भएको छ। सरकारले केही नेपाल ऐनमार्फत् वैदेशिक रोजगार ऐनमा संशोधन गरेको संशोधन प्रस्तावमा सो व्यवस्था समितिले थप गरेको सांसद कृष्णभक्त पोखरेलले जानकारी दिए।

मलेसियामा ९ नेपालीसहित एक सय विदेशी कामदार पक्राउ - 2019-02-08

एजेन्सी : मलेसियामा ९ नेपालीसहित एक सय जना विदेशी कामदारलाई पक्राउ गरिएको छ । अवैधानिक रुपमा काम गरिरहेका, कागजात नभएका र सम्झौता अवधि सकिएपछि पनि काम गरिरहेका कामदारलाई मलेसियाको अध्यागमन विभागले पक्राउ गरेको हो ।

भारतीय कामदारलाई ‘श्रम स्वीकृति’ सर्कुलर जारी गर्ने कर्मचारीमाथि नै कारवाहीको तयारी - 2019-02-06

काठमाडौ,(प्रस): श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले भारतीय नागरिकलाई अनिवार्य श्रम स्वीकृति लिने भन्ने विषयमा माघ १० गते जारी गरेको सर्कुलर विवादमा तानिएको छ । मन्त्रालयका शाखा अधिकृत प्रशान्त शाहले जारी गरेको सर्कुलरप्रति सोही मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेले आपत्ति जनाएका छन् । एउटै मन्त्रालयले एकसाता अघि सर्कुलर जारी गर्ने र अर्को साता खण्डन गर्ने कार्यले श्रम रोजगार मन्त्रालयको काम गराईमा कस्तो केटाकेटीपन रहेछ भन्ने देखाएको छ ।

भारतीयलाई नेपालमा श्रम स्वीकृति अनिवार्य - 2019-02-05

काठमाडौ,(प्रस): सरकारले नेपालका उद्योग प्रतिष्ठानमा काम गर्ने भारतीय नागरिकलाई अनिवार्य श्रम स्वीकृति लिन कडाइ गरेको छ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले सबै श्रम तथा रोजगार कार्यालयहरुलाई पत्राचार गरी प्रतिष्ठानहरुमा काम गर्ने भारतीय नागरिकको संख्या अध्यावधिक गर्न र श्रम स्वीकृति नलिएको भए लिने व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

अब मलेसियाको रोजगारी खुल्छ: संसदीय उपसमिति - 2019-02-04

करिब नौ महिनादेखि बन्द रहेको मलेसियामा नेपाली कामदार पठाउने प्रक्रिया शुरु हुने भएको छ । दुई देशबीचको श्रम समझदारी अनुसार पहिलो चरणमा कलिङ भिसा आएका करिब ६ हजार कामदारलाई मलेसिया दूतवाससँगको समन्वयमा पठाउन लागिएको हो । दुई दिनअघिमात्र मलेसिया सरकारसँग छलफल गरेर फर्किएका सत्तारुढ नेकपाका सांसद तथा संसदको उद्योग वाणिज्य आपूर्ति तथा श्रम समिति अन्तर्गत श्रम तथा रोजगार उपसमितिका संयोजक एलपी साँवा लिम्बुले अब मलेसिया रोजगारी खुल्ने बताए ।

साउन १ देखि वैदेशिक रोजगारीमा रहेकालाई पनि सञ्चय कोष - 2019-01-29

काठमाडौ,(प्रस): वैदेशिक रोजगारीमा रहेकाहरूलाई सञ्चयकोष तथा सामाजिक सुरक्षा योजनामा सहभागी गराउने सकिने भएको छ। श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा रहेकाहरूलाई सञ्चयकोष तथा सामाजिक सुरक्षा योजनामा सहभागी गराउन सकिने विषयमा अध्ययन गरी प्रतिवेदन बुझाउन गठित एक कार्यदलले आगामी साउन १ गतेदेखि लागू गर्न सकिने गरी सरकारलाई सुझाव दिएको छ।

नेपालमा अवैध आप्रवासीः अचम्मको आकर्षण - 2019-01-16

गोपाल गड्तौला: पाकिस्तानी नागरिक मन्सुर अहमद सिद्दिकी ४१ वर्षका भए । श्रीमती समिनार तीन छोरीहरू अमतुल्ला, निगरिस र हिवातुल साथ उनी काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–८ मा बसेका छन् । उनले डीटी ५४६८२३१ नम्बरको पाकिस्तानी राहदानीमा इस्लामावादस्थित नेपाली दूतावासमा ११ मे २०११ मा पर्यटकको रूपमा नेपाल आउन भिसा लिएका थिए । भिसा लगाएको करीब ५ महीनापछि मन्सुर १३ अक्टोबर २०११ को मध्याह्न परिवारसाथ कराँचीबाट काठमाडौंका लागि उडे ।

वैदेशिक रोजगार विभागबाट ७ दलाल पक्राउ - 2019-01-08

काठमाडौ,(प्रस): वैदेशिक रोजगार विभाग, सोल्टीमोडमा सेवाग्राहीलाई दुःख दिएको आरोपमा ७ जना विचौलिया पक्राउ परेका छन् । मंगलबार दिउँसो काठमाडौ प्रहरीले परिसरको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

जनकपुर र बुटवलबाट श्रम स्वीकृति दिन शुरु - 2018-12-30

काठमाडौ,(प्रस): वैदेशिक रोजगारीमा जानेहरुका लागि आजदेखि जनकपुर र बुटवलबाट श्रम स्वीकृति दिन थालिएको छ । जनकपुरमा एमडी जिलानी मोमिन र बुटवलमा वीरबहादुर माझीलाई पहिलो पटक श्रम स्वीकृति दिँदै सेवा शुरु गरिएको हो । कार्यालयका निमित्त महानिर्देशक उदयप्रसाद गुप्ताले प्रारम्भिक चरणमा श्रम स्वीकृति प्रदान गर्ने, वैदेशिक रोजगारीसम्बन्धी इजाजत पाएका संस्था र तालिम एवं अभिमुखीकरण संस्थाको अनुगमन तथा नियमनको कार्य गर्ने बताए ।

श्रम स्वीकृतिका लागि अब राजधानी धाउनु नपर्ने - 2018-12-28

काठमाडौ,(प्रस): वैदेशिक रोजगारीमा जानेहरूका लागि श्रम स्वीकृति जस्ता कामका लागि अब राजधानी धाउनु नपर्ने भएको छ।हालै बसेको मन्त्रिपरिषदको बैठकबाट उक्त अधिकार हस्तान्तरणको औपचारिक निर्णय भएको जनाइएको छ। वैदेशिक रोजगारीका लागि औसतमा दैनिक एक हजार पाँच सय नेपाली विदेश जाने गरेको आँकडाहरूले देखाउँछन्।








Powered by: Exclusively Solution