विचार




मधेसी जनतामाथिको ज्यादती


प्रेम कुमार :
९५ सालमा प्रजा परिषदको सदस्य भएका स्वर्गाीय गणेशमान सिंहले नेपालको राणा विरोधी आन्दोलनलाई सघाउन जवाहरलाल नेहरुलाई आग्रह गरेको र व्रिटीस फौजले पक्राउ गरी तेहाड जेलमा राखिएका केआईसिंह, पूर्ण सिंह र दिलमानसिंह नेहरुको वहसपछि भारतीय अदालतबाट छुटेका थिए ।


जहानिया राणा शासनका विरुद्ध शुक्रराज शास्त्रीले धार्मिक जागरणका नाममा अभियान चलाए । त्यस क्रममा उनले भारतीय स्वतन्त्रता सेनानी महात्मा गान्धीलाई बनारसमा भेटेर नेपालको राणा विरोधी आन्दोलनलाई सघाउन आग्रह गरेको र गान्धीले पनि नेपालको राणा विरोधी आन्दोलनमा समर्थन जनाएको समाचार भारतीय अखबारमा प्रकाशित भएपछि त्यही विषयलाई लिएर जुद्धशमशेरले पक्राउ गरेर अन्त्यमा गोली हानी हत्या गरे । त्यस बेला ७३ जनालाई दण्डित गरिएको थियो भने परिक्षित नाम गरेका राणालाई रु १० रुपैयाँ जरिवानागरी गोरखा जिल्ला छोड्न रोक लगाइएको थियो । 

नेपालको राणा विरोधी आन्दोलनमा स्वर्गीय विश्वेश्वरप्रसाद कोइराला, पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी, गंगालाल श्रेष्ठ, नरवहादुर कमाचार्य, विष्णुवहादुर मानन्धरलगायत दर्जनौले भारतीय भूमिमा बसेर आफ्ना गविविधीहरु सञ्चालन गरे । उनीहरुलाई भारतीय सरकार, राजनैतिक दलका नेता तथा भारतीय जनताले सहयोग गरेका थिए, जुन कुरा नेपाली राजनैतिक इतिहासलाई जो कसैले पल्टायो भने पनि सहजै देख्न सकिन्छ । नेपालको जहानिया राणा शासन र निरंकुश पञ्चायती व्यवस्थाको अन्त्यका लागि भारतीयहरुको महत्वपूर्ण भूमिका रह्यो । माओवादीले सञ्चालन गरेको जनयुद्धलाई शान्ति प्रक्रियासम्म ल्याई पु¥याउन, राजतन्त्र र संसदीय दलहरुको दुरी बढाउँदै माओवादीसँग मोर्चावन्दी गराउन तथा १२ वुँदेसहमति गराउनसम्म भारतीय पक्षले निकै ठूलो कसरत गरेको छ । यी सबै कुरालाई राष्ट्रियताको चर्को नारा उराल्ने माओवादी देखी संसदीय राजनीतिको ठेकेदार सम्झने नेपाली कांग्रेस र एमालेका नेताहरुले ठूलो सहयोगका रुपमा लिए । माओवादी र कांग्रेस एमालेलाई एकै ठाउँमा उभ्याएर राजतन्त्र विरुद्ध प्रयोग गराउँदा नेपालका शासकहरुले हस्तक्षेपका रुपमा बुझेनन् । भारतले जे ग¥यो, त्यसलाई गुरुमन्त्र मान्दै स्वीकार्दै गए । माओवादी जनयुद्धले त्यसवीचमा निकै ठूला एजेण्डाहरुलाई स्थापित गराइसकेको थियो । संविधानसभाको निर्वाचन, धर्मनिरेपक्षता, संघीयताले सबैलाई जगाईसकेको थियो । दलित, आदीवासी÷जनजाती र मधेसीलाई आफ्नो अधिकारका लागि आवाज उठाउन सक्ने बनाइसकेको थियो । नेपालको राजतन्त्रका विरुद्ध सिताराम ऐचुरी लगायतभारतीय नेताहरुले आएर काठमाडौमा भाषण गरे । एसडी मुनी जो भारतीय विदेश मामिला सल्लाहकारले माओवादी जनयुद्धलाई विश्वभर प्रचारप्रसारगर्दै सहयोग गरिरहे । माओवादी आन्दोलनले सबै जाती जनजाती र पिछडिएका सवैलाई आफ्नो अधिकार प्राप्तीका लागि लड्न र आवाज उठाउन सिकायो भने मधेस आन्दोलनले अधिकार प्राप्तीका लागि बलिदान गर्न अभिप्रेरित ग¥यो । जव आन्दोलनले निर्माण गरेको तथा अन्तरिम संविधानले स्थापित गरेका अधिकारहरु  नयाँ बन्ने संविधानबाट खोसिने प्रयत्न गरियो । जाती क्षेत्र र भूगोलका नाममा थारु र मधेसी, दलित, महिला र मजदुरका अधिकारहरु खोसियो । अनि हजारौंको रगत र बलिदानबाट आएको संविधानसभाबाटै धर्मनिरपेक्षता, पहिचानसहितको संघीयतालाई मृत्यु बरण गराउने काममा सत्तारुढ दल नेपाली कांग्रेस र एमालेका नेतृत्वगणहरु लागे भने विगतमा पिछडावर्गको अधिकार स्थापित गर्न नारा उराल्ने एमाओवादी अध्यक्ष प्रचण्ड एमालेकै कित्तामा उभिएर धम्कीको भाषा वोलिरहे । लाग्छ, प्रचण्ड पनि अहिले अध्यक्ष ओलीसँगै आसन्न सत्ताको स्वप्निल मुद्रामा आफुलाई डुवाइरहेका छन् । दुई महिना अगाडि मानसिक सन्तुलन गुमाएको डक्टरी सर्टिफिकेटदिंदै सुविधासम्पन्न चिकित्सालयमा उपचारको मागगर्ने प्रचण्ड अहिले उनै ओलीको वोलीमा लोली मिलाएर दौडिरहेका छन् । जनयुद्ध, जनआन्दोलन र मधेस आन्दोलनको कार्यदेशलाई विर्सेर अगाडि बढ्ने प्रचण्डले राष्ट्रपतिको शिल्ड पहिरिनका लागि धोखाघडीको राजनीति छोड्न सक्नुपर्दथ्यो । तर उनले त्यसो गर्न सकेनन् । भनिन्छ– ‘भुईंमा पोखिएको टिप्न खोज्दा पोल्टामा रहेको पनि पोखिन्छ ।’ अहिले प्रचण्डको व्यवहार र कार्यशैलीले यही नियती भोगिरहेको छ ।

मधेस महिनौदेखी आक्रान्त छ । सुदुरपश्चिमका छोटे राजा÷राजौटाहरुको आन्दोलन एक सातामैं साम्य भयो, अर्थात उनीहरुको माग पुरा भयो । तर मधेसी, थारु र दलित समुदायले थालेको आन्दोलनले महिनौं दिन गुजारेको छ, तर उनीहरुको मागका विषयमा काठमाडौमा रहेको सत्ताले सुनेन । अखण्डका नाममा थारुका अधिकार खोसिए, भारतीयका नाममा उत्पिडित मधेसी समुदायका अधिकारहरु खोसिए । कानमा तेल हालेर बसेको सत्ताले आफ्नो आन्दोलन नदेखेपछि उनीहरुले हिंस्रक भएर ७ प्रहरीको हत्या गरे । त्यसपछि थारु आन्दोलनलाई अपराधिकरणको संज्ञादिंदै फर्मानहरु जारी गरिए । सुपका राजा रजौटाहरु रन्थनिए, काठमाडौमा कोकोहोलो मच्चियो । हुलकाहुल भारतीयहरु आएर प्रहरीमाथि आक्रमण गरेको फर्मान जारीगर्दै गृहमन्त्रीले इमान्दार कर्मचारीलाई कारबाही गरेर आफ्नो अक्षमता छोप्नेकाम मात्रै गरे । मधेसको आन्दोलनलाई नदेखेको काठमाडौले रातारात मधेसी जनतालाई सेनाको धेरावन्दीमा राखेर दमनचक्र चलाउने योजना बनायो । महिनौं पहिलाको आन्दोलनलाई बेवास्ता गरिएपछि मधेसवादी दलका नेताले छिमेकी भारतीय राज्यसरकारको आन्दोलनमा सहयोगको याचनागर्दै पत्र लेखे । त्यसलाई काठमाडौका कुलिन शासकहरुले भारतीय हस्तक्षेप भन्दै मधेसीमाथि फेरी दमनचक्र चलाए । यस क्रममा दुई दर्जनको ज्यान गइसकेको छ, मधेसमा राज्यको आक्रमणबाट । भारतीय हस्तक्षेपलाई आफु अनुकुल हुँदा सहयोग ठान्ने र प्रतिकुल हुँदा हस्तक्षेप ठान्ने कांग्रेस एमाले र माओवादीका ‘मठाधिस’को व्यवहारले थारु, मधेसी, दलित र किसान मजदुर दिक्क भएका छन् ।

महिनौ वितिसक्दा पनि आन्दोलनकारीको मागलाई सम्वोधन गर्नुको साटो प्रतिकारमा उत्रन निर्देशन दिने अध्यक्ष ओली मधेस टुक्रिने भयो, जातीय सद्भाव खल्वलिने भयो, हिंसा बढ्ने भयो भन्दै चिच्याइरहेका छन् । कैलालीमा ७ जना प्रहरी मारिंदा चिच्याउने महारथीहरु मधेस दन्दनी बलिरहँदा मौन बसिरहेकाछन् । मधेसी जनतालाई राज्यसत्ताले सँधै दवाएर राख्यो । उनीहरुलाई दास्रो दर्जाको नागरिक बनाउँदै नयाँ नयाँ मुखियाहरु उत्पादन गराईरह्यो । नागरिकता वितरणमा पनि उर्घेल्याईगर्दै भारतीय अपराधिको जामाँ पहि¥याउने काममात्रै गरियो । मधेसी जनतालाई कहिल्यै पनि मायाँको दृष्टिले हेरिएन, दुश्मनको दर्जामा राखेर लात्तीले हान्ने काम निरन्तरजारी रह्यो । भारतीय अपराधिहरुसँग सँधै लडिरहने धर्तीपुत्रलाई सँधै हेयको दृष्टिले लात हानिरहँदा ऊ ‘ हम भारतीय नही, नेपाली छि, हम भगौडा नही धर्तीपुत्र छि’ भन्दै कतिन्जेल राज्यको बर्बरता सहन गरिरहन सक्छ ? त्यसैले सिंहदरवारले दलगत राजनैतिक स्वार्थ भन्दा माथि उठ्दै थारु, मधेसी, दलित र मजदुर किसानका मागलाई सम्वोधन गर्नैपर्छ । अन्यथा थारु र मधेसी जनतामाथि दमनजारी राखेर तीन ठूला दलका मठाधिसहरुले नयाँसंविधान घोषणा गर्ने हो भने आन्दोलनकारीले नेपाली नागरिकता परित्यागगर्दै छिमेकी मुलुकमा समावेश भएको घोषणा गरेभने त्यसको जिम्मेवारी लिन पनि सक्नुपर्छ । 





Related Pictures:













Related News:

दसैँका लागि अग्रिम टिकट बुकिङ खुला - 2017-09-12

जय र लक्ष्मीको मृत्युदण्ड सार्वजनिक - 2017-09-12

निडर कंगनाको चलचित्र निर्देशन गर्ने चाहना - 2017-09-12

प्रधानमन्त्री देउवा आज २ नम्बर प्रदेशको चुनावी सभा गर्न त्यसतर्फ - 2017-09-12

रौतहटमा निर्वाचन आचारसंहिताको गंभीर उलंघनमा दलहरुको प्रतिस्पर्धा - 2017-09-10





१५ मित्रको आरोपपत्रः कति भ्रम, कति सत्य ? - 2017-08-17

डम्बर खतिवडानयाँ शक्ति पार्टी, नेपालमा यतिखेर रोचक अन्तर्संघर्ष चर्किएको छ । हुनतः नेपाली राजनीतिको कुल क्षेत्रफलमा यो बहसले कत्रो हिस्सा ओगट्ला भन्ने प्रश्न उठ्छ नै ।

मुलुक नयाँ चरणमा प्रवेश गरोस् - 2017-04-14

नयाँ वर्ष २०७४ सुरु भएको छ । केही कष्टकर, केही आशा र केही आशंकाको बादलकाबीच बितेको २०७३ सालको सबभन्दा ठूलो उपलब्धी भनेको स्थानीय तहको निर्वाचन घोषणा हो ।

आसन्न स्थानीय निर्वाचन र भू-राजनीतिको खतरनाक प्रयोग - 2017-03-22

प्रेम दाहाल: संविधान निर्माणमा ‘ब्रेक–थ्रु’ मानिएको मुख्य राजनीतिक दलहरूबीचको १६ बुँदे सहमति, संविधानप्रतिको स्वामित्व आन्तरिक शक्तिहरूमै राख्ने दलहरूको अठोट

फेरि हतियार उठाउने अवस्था आउन दिन हुन्न: बाबुराम भट्टराई - 2017-03-15

नयाँ शक्तिको विचार केवल नयाँ पार्टी वा नयाँराजनीतिमात्रै नभएर सिंगै समाजलाई लोकतान्त्रीकरण गर्ने स्वाभाविक प्रक्रियाका साथै बुलेटबाट व्यालेटमा रुपान्तरण गर्ने एक महान अभियान पनि हो ।नयाँदिल्ली: नयाँशक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले फेरि हतियार उठाउने अवस्था आउन दिन नहुने बताएका छन् । नयाँ दिल्लीमा जारी काउन्टर टेरोरिज्म सम्बन्धी सम्मलेनमा ‘बुलेट टु ब्यालेट’ विषयमा आफ्नो प्रस्तुती राखेका भट्टराईले भने- मैले बुलेटमा देखिएको किनारालाई पछाडि छोड्ने साहस बटुल्दै विश्व समाजलाई ब्यालेटको माध्यमवाट प्रगतिशील विश्वमा परिणत गर्ने महासागर तर्ने प्रयत्न गरिराखेको छु ।’

सप्तरी,कञ्चनपुरको संकेत - 2017-03-15

प्रह्लाद लामिछाने:एमालेको मेची-महाकाली अभियानको क्रममा सप्तरीमा भएको दुःखद घटना र कञ्चनपुरको सिमानामा भारतीय सीमा सुरक्षा बलको गोली लागेर नेपाली युवक गोविन्द गौतमको मृत्यु भएको खबरले देश नै शोक र आक्रोशमा डुबेको छ ।

चुनावी चक्रव्यूहमा प्रचण्ड - 2017-02-13

प्रह्लाद लामिछाने:मिति घोषणा गर्नु नै सबैथोक होइन तथापी, अहिले चुनावको मिति घोषणा भयो मात्रै भनेपनि चुनावै भए सरह लाग्न थालेको छ ।

जनता रुवाउने प्रस्ताव किन ल्यायो सरकारले ? - 2017-02-09

रामेश्वर खनाल:आर्थिक वर्ष २०६४/६५ अघि भारतमा ढुंगागिट्टीको जति माग थियो, त्यो भारतीय स्रोतबाटै परिपूर्ति हुन्थ्यो। त्यसबेला उत्तरप्रदेश र बिहारमा अहिलेजस्तो व्यापक विकास–निर्माणका काम भएका थिएनन्। यी दुई राज्यमा निर्माणका लागि चाहिने ढुंगागिट्टी झारखण्ड र उत्तराखण्डबाट आपूर्ति हुन्थ्यो।

हामी किन गरिब भयौं ? - 2017-01-20

डा. बाबुराम भट्टराई:गरीब र धनी भन्ने कुरालाई पनि सापेक्षतामै हेर्नुपर्छ । मानव जातिको उत्पत्तिदेखिको कुरा गर्ने हो भने नेपाल नाम गरेको जुन भूखण्डमा हामी बस्छौं, हामी सबै करीब ७० हजारदेखि एकलाख वर्ष पहिले अफ्रिकाबाट फैलिँदै गएको होमोस्यापियन्स जातिको नरवानरको सन्तान हौं ।

संविधान संशोधनमा अल्झेको राजनीति - 2016-12-27

भीष्मराज ओझा:संविधानको स्वीकार्यता बढाउन सरकारले संविधान संशोधनको प्रस्ताव व्यवस्थापिका–संसद्मा दर्ता गरेसँगै प्रमुख राजनीतिक दलहरुबीच ध्रुवीकरण बढ्दै गएको छ ।

केसीविरुद्धको प्रपञ्च: व्यावसायिकता मार्ने षडयन्त्र - 2016-11-30

चैतन्य मिश्र:डा. गोविन्द केसी सदाचार, मानवीयता र व्यावसायिक निष्ठाका प्रतिमूर्ति हुनुहुन्छ। लोभ–लालचले उहाँको जीवनलाई कहिल्यै छुन सकेन। गाउँ-सहर, देश-विदेश, भूकम्प-बाढी सबै ठाउँ र अवस्थामा रहेका बिरामीको सेवामा उहाँ जीवनभर तल्लीन रहनुभयो।

म्यादी वकिलको चंगुलमा न्यायपालिका - 2016-11-21

पूर्ण कार्की:अहिले सर्वोच्च अदालतका न्यायाधिश गोपाल पराजुलीको संयोजकत्वमा न्यायाधिश चोलेन्द्रशमशेर राणासहित पाँचजनाको उपसमिति गठन गरेर अधिवक्ताहरु मध्येबाट बरिष्ठ अधिवक्ताको उपाधि दिने व्यक्तिहरुको नाम सिफारिसका लागि छनौट गर्ने काम भइरहेको छ ।

शान्ति सम्झौताका दश वर्ष - 2016-11-20

दश वर्ष लामो आन्तरिक सशस्त्र द्वन्द्वको अन्त्यका लागि तत्कालीन नेकपा (माओवादी) र सरकारबीच विस्तृत शान्ति सम्झौताको दश वर्ष पूरा भएको छ । तर विस्तृत शान्ति सम्झौताको परिकल्पना र चाहनाअनुसार शान्ति प्रक्रियाका मूलभूत काममा खासै प्रगति भएको छैन ।

सरकारका १०० दिन - 2016-11-11

प्रधानमन्त्री प्रचण्ड ९ महिनाको म्याद बोकेर प्रधानमन्त्रीको कुर्सीमा पुगेका हुन् । उनले गर्नुपर्ने धेरै थियो । उनको पार्टीका लागि गुमेको साख फर्काउन करिब अन्तिम अवसर पनि हो यो ।

चिनियाँ रेल नेपाल हुँदै भारत पुर्‍याउन सम्भव छ - 2016-10-28

डा. बाबुराम भट्टरार्इ: विगत दशकहरुमा एशिया सामाजिक-आर्थिक विकासमा पछाडि परेको थियो। तर अहिले विश्व अर्थतन्त्रको केन्द्रबिन्दू नै एशिया बन्दै अएको छ। हामीले यस दाबीलाई अतिरन्जनाका रुपमा लिनहुँदैन। अब हामीले विश्वव्यापी रूपमा सोच्नुपर्छ, विगतको सफलता र असफलताको घेरा भन्दा पर।

‘देशभक्त जनगणतान्त्रिक मोर्चा’बारे - 2016-09-22

सिपि गजुरेल: २०७३ भाद्र २६ र २७ गते देशका समग्र भागबाट सहभागी प्रतिनिधिहरुको उपस्थितिमा सम्पन्न भएको एउटा राष्ट्रिय भेलाले ‘देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल’ गठन गरेको समाचारले नेपालको राजनीतिक बृत्तमा निकै चर्चा पायो ।

कपिलवस्तु देखि पूर्व मधेश प्रदेश र पश्चिम थरूहट प्रदेश हुुनुपर्छ - 2016-09-19

प्रभु साह/संविधानलाई सर्वस्वीकार्य बनाउने प्रमुख काम यो सरकारको छ । सबैलाई स्वीकार हुने गरी संशोधन र परिमार्जन गर्नुपर्ने आवश्यकता छ ।

यसरी लेखियो अविराम बाबुराम - 2016-09-02

-अनिल थापा : पातलो जिउ, हल्का लामो कोट, तारा चिह्न भएको रातो क्याप । ३० जेठ २०७३ मा दशरथ रङ्गशालामा नयाँ शक्ति नेपाल, पार्टी घोषणा गर्दा उपस्थित केहीले बाबुराम भट्टराईलाई चे ग्वेभारासँग तुलना गरे ।

एमाले नेतृत्वकै अकर्मण्यता र प्रचण्डको ऋण - 2016-08-18

निमकान्त पाण्डे/केपी ओली नेतृत्वको वाम गठबन्धन सरकार ढल्नुमा माओवादी केन्द्र र नेपाली कांग्रेसको नेतृत्वलाई दोषारोपण गर्दै आएको नेकपा एमालेले आफ्नै कारणबाट वाम गठबन्धन ढलेको निष्कर्ष निकालेको छ । यो अत्यन्त सकारात्मक सन्देश हो ।

मधेसी जनतामाथिको ज्यादती - 2016-08-09

प्रेम कुमार :९५ सालमा प्रजा परिषदको सदस्य भएका स्वर्गाीय गणेशमान सिंहले नेपालको राणा विरोधी आन्दोलनलाई सघाउन जवाहरलाल नेहरुलाई आग्रह गरेको र व्रिटीस फौजले पक्राउ गरी तेहाड जेलमा राखिएका केआईसिंह, पूर्ण सिंह र दिलमानसिंह नेहरुको वहसपछि भारतीय अदालतबाट छुटेका थिए ।










Powered by: Exclusively Solution