राजनीति




भोट माग्न प्रधानमन्त्री देउवा मंगलबार मधेस झर्ने


काठमाडौ,(प्रस):
प्रधानमन्त्री शेरबहादुर देउवा चुनावी सभालाई सम्बोधन गर्न प्रदेश २ मा जाने भएका छन् ।कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवा पार्टी शीर्ष नेताहरुलाई लिएर पर्सि मंगलबार मधेस झर्नेछन् ।

देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालाले चुनावी सभाहरुलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

कांग्रेसका अनुसार २७ गते १ बजे सप्तरी र ४ बजे सिरहामा चुनावी सभा राखिएको छ । २८ गते १ बजे धनुषामा र ३ बजे महोत्तरीमा, २९ गते १ बजे सर्लाही र ४ बजे रौतहटमा हुने चुनावी सभालाई नेताहरुले सम्बोधन गर्नेछन् ।

३० गते १ बजे बारा र २ बजे पर्सामा चुनावी सभा राखिएको कांग्रेसले जनाएको छ ।

प्रधानमन्त्री देउवा मौन समय सुरु भएपछि मात्र काठमाडौं र्फकने कार्यक्रम रहेको कांग्रेसले जनाएको छ । प्रदेश २ का १३६ स्थानीय तहमा असोज २ मा स्थानीय चुनाव हुँदैछ ।




Related Pictures:













Related News:

दसैँका लागि अग्रिम टिकट बुकिङ खुला - 2017-09-12

जय र लक्ष्मीको मृत्युदण्ड सार्वजनिक - 2017-09-12

निडर कंगनाको चलचित्र निर्देशन गर्ने चाहना - 2017-09-12

प्रधानमन्त्री देउवा आज २ नम्बर प्रदेशको चुनावी सभा गर्न त्यसतर्फ - 2017-09-12

रौतहटमा निर्वाचन आचारसंहिताको गंभीर उलंघनमा दलहरुको प्रतिस्पर्धा - 2017-09-10





प्रधानमन्त्री देउवा आज २ नम्बर प्रदेशको चुनावी सभा गर्न त्यसतर्फ - 2017-09-12

राजनैतिक ब्यूरो, काठमाडौप्रधानमन्त्री शेरबहादुर देउवा चुनावी सभालाई सम्बोधन गर्न आज प्रदेश नम्बर २ का जिल्ला तर्फ, जान लाग्नु भएको छ ।

रौतहटमा निर्वाचन आचारसंहिताको गंभीर उलंघनमा दलहरुको प्रतिस्पर्धा - 2017-09-10

निर्वाचन आयोग रमिते: कसैलाई कारवाही भएनविदुर घिमिरे, चन्द्रनिगाहपुर: स्थानीय तहको निर्वाचनको मिति नजिकिदै जाँदा रौतहटमा आचारसंहिताको धज्जी उडाइएको छ । उम्मेदवारहरुले निर्वाचन आयोगले जारी गरेको आचारसंहिता उलंघनमा प्रतिस्पर्धा गरिरहेका छन् ।

मधेसमा एमालेलाई निषेध गर्न सक्ने शक्ति छैनः नेता नेपाल - 2017-09-10

राजनैतिक ब्यूरो,महोत्तरी:प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले मधेसमा एमालेलाई कसैले निषेध गर्न सक्ने शक्ति नजन्मेको बताएका छन् ।आफू नै मधेसको असली धर्तीपुत्र भएको बताउँदै उनले भने, ‘कुनै शक्तिले वा तागतले पनि मधेशमा एमालेलाई निषेध गर्न सक्दैन र जन्मिएको छैन ।’

राप्रपा प्रजातान्त्रिक सरकारमा जानेः को-को बन्दैछन् मन्त्री ? - 2017-09-10

काठमाडौ,(प्रस): राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक दीपक बोहोराको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले छैठौंपटक मन्त्रिपरिषद विस्तार गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट विभाजित भएर बनेको राप्रपा प्रजातान्त्रिकलाई सरकारमा सहभागी गराउन लाग्नुभएको हो ।

भोट माग्न प्रधानमन्त्री देउवा मंगलबार मधेस झर्ने - 2017-09-10

काठमाडौ,(प्रस): प्रधानमन्त्री शेरबहादुर देउवा चुनावी सभालाई सम्बोधन गर्न प्रदेश २ मा जाने भएका छन् ।कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवा पार्टी शीर्ष नेताहरुलाई लिएर पर्सि मंगलबार मधेस झर्नेछन् ।

संघको निर्वाचनमा चितवनबाट उम्मेदवार बन्ने अध्यक्ष दाहालकाे घाेषणा - 2017-09-08

राजनैतिक ब्यूरो, चितवनसत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले आउँदो संघको निर्वाचनमा चितवनबाट उम्मेदवार बन्ने बताउनुभएको छ । पार्टीको वीरगञ्जमा सम्पन्न सचिवालय बैठकले दाहाललाई चितवनबाट निर्वाचनमा उम्मेदवार बनाउने निर्णय गरेको हो ।

गृहको मर्यादाक्रम जनप्रतिनिधिलाई अस्वीकार्य - 2017-09-05

काठमाडौ,(प्रस): स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिहरुको बरियताक्रम निर्धारण गर्दा कर्मचारीतन्त्र हाबी भएको र जनप्रतिनिधिको हूर्मत लिन खोजिएको आरोप लागेको छ ।

उम्मेदवारको टुङगो लगाउन प्रमुख दलहरु आन्तरिक गृहकार्यमा - 2017-09-05

प्रदेश संबाददाता, काठमाडौंप्रदेश नं. २ को स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ता गर्ने समय आउन एकदिन मात्रै बाँकी रहदा दलहरु आन्तरिक गृहकार्यमा जुटेका छन् ।

क्षेत्र निर्धारण सच्याउन उपेन्द्र यादवको माग - 2017-09-01

काठमाडौ,(प्रस): संघीय समाजवादी फोरम नेपालले क्षेत्र निर्धारण आयोगको प्रतिवेदन सच्याउन माग गरेको छ । भूगोल र जनसंख्याको अनुपात नमिलाइएको भन्दै फोरमले प्रतिवेदन सच्याउन माग गरेको हो ।

कांग्रेस अब प्रजा परिषद् हुन्छ: माधव नेपाल - 2017-09-01

चितवन:नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सत्तामा बसेर कांग्रेसले जनविरोधी काम गर्दै गएकाले उसको भविष्य प्रजा परिषद्को जस्तै हुने दाबी गरेका छन् । प्रेस चौतारी नेपाल चितवनले शुक्रबार बिहान चितवनको भरतपुरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले यस्तो बताएका हुन् ।

‘प्रदेश र प्रतिनिधिसभाको निर्वाचन मंसिरमै हुनेमा शंका छैन’ - 2017-09-01

प्रदेश संबाददाता, कञ्चनपुर प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश र संघको निर्वाचन मंसिरमै सम्पन्न हुने बताउनु भएको छ । नेपाल प्रेस युनियन कञ्चनपुरले आज महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलन बोल्दै प्रधानमन्त्री देउवाले निर्वाचन मंसिरमै हुने दोहोर्याउनु भएको हो ।

माधव नेपाल वीरगन्जको चुनावी प्रचारमा - 2017-08-28

वीरगन्ज,(प्रस):आगामी असोज २ मा निर्धारित स्थानीय तहको निर्वाचन अन्तर्गत बीरगन्ज महानगरपालिकाको चुनाव प्रचार गर्न नेकपा एमालेका बरिस्ठ नेता माधब कुमार नेपाल आफैं उत्रिएका छन् ।

माओवादी अध्यक्ष प्रचण्डले भने-विराटनगरको भारतीय क्याम्प हटाउनुपर्छ - 2017-08-28

प्रदेश संबाददाता, बिराटनगरप्रधानमन्त्री शेरबहादुर देउवालेे भारत भ्रमणको क्रममा गरेका समझदारी र पत्रकार सम्मेलनमा दिएको विवादास्पद अभिव्यक्तिमा असन्तुष्ट माओवादी केन्द्रले प्रधानमन्त्रीसँग छलफल गर्ने बताएको छ । कोशी उच्च बाँधमा समझदारी गरेको र फेरि संविधान संशोधन गर्छु भनेर देउवाले दिएको अभिव्यक्तिमा माओवादी केन्द्र असन्तुष्ट छ ।

९५ पार्टीले दिए दल दर्ताको निवेदन - 2017-08-28

काठमाडौ,(प्रस): प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि ९५ वटा राजनीतिक दलहरुले निर्वाचन आयोगमा दल दर्ता गर्न निवेदन दिएका छन् । ति निवेदनमा छानबिन भइरहेको निर्वाचन आयोगले जनाएको छ ।

एमालेले टुंग्यायो २ नम्बर प्रदेशका स्थानीय तहका उम्मेदवार - 2017-08-27

काठमाडौ:प्रमुख विपक्षी नेकपा एमालेले प्रदेश नम्बर २ प्रदेशका ८ जिल्लाका १३६ मध्ये ११६ स्थानीय तहका उम्मेदवारहरु टुंगो लगाएको छ । धनुषाका केही र बाँकी २० वटा स्थानीय तहका मेयर र उपमेयरको टुंग्यो भदौ १५ अघि नै लगाउने एमालेले जनाएको छ ।

काँग्रेससहित अन्य दलले आज दल दर्ता गर्ने - 2017-08-27

काठमाडौ,(प्रस): आगामी मङ्सिर १० गते हुने प्रदेशसभा र प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि आज विभिन्न पार्टीले निर्वाचन आयोगमा दल दर्ता गराउने भएका छन् । दल दर्ताका लागि समय सकिनै लागेकाले निर्वाचन आयोगमा पार्टी दर्ताका लागि दलहरु अग्रसर भएका हुन् ।

भारत भ्रमण सकेर प्रधानमन्त्री शेरबहादुर देउवा आज स्वदेश फकर्दै - 2017-08-27

काठमाडौ,(प्रस): प्रधानमन्त्री शेरबहादुर देउवा पाँचदिने औपचारिक भारत भ्रमण सकेर आज स्वदेश फकर्दै हुनुहुन्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भारत भ्रमणमा रहनुभएका देउवा विशेष भेटघाट सकेर धार्मिक अवलोकनमा व्यस्त हुनुभएको छ ।

आज देउवाले पूर्व परराष्ट्रमन्त्री र विज्ञसँग छलफल गर्दै - 2017-08-22

नयाँ भन्दा पुरानै सहमति कार्यान्वयनमा जोडप्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणका विषयमा विज्ञहरुसँग अन्तिम छलफल गर्दै हुनुहुन्छ । प्रधानमन्त्री देउवाले आज पूर्व परराष्ट्रमन्त्रीहरुसँग छलफल गर्दै हुनुहुन्छ । छलफलका क्रममा उहाँले आफुले उठाउने एजेण्डा राख्ने र सुझाव माग्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।देउवाको भोलिबाट हुने राजकीय भारत भ्रमणको तयारी तीव्र पारिएको छ ।

रौतहटका ग्रामिण क्षेत्र बाढीले क्षतविक्षत - 2017-08-18

विनाशकारी बाढीका कारण रौतहटमा चार अर्व भन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । २४ वर्षपछि आएको विनाशकारी बाढीले रौतहटको सबै क्षेत्र तहसनहस छ । प्राकृतिक विपत्तिले जनताको जनजीवन, कृषि, व्यापार व्यवसायलगातका हरेक क्षेत्र बर्बाद बनाएको छ । बाढीका कारण ३० हजार भन्दा बढी घरहरु भत्किएका छन्, ५ लाख भन्दा बढी मानिस प्रभावित भएका छन् ।

संघीय फोरमद्वारा रकमै तोकेर राहत संकलन - 2017-08-18

काठमाडौ,(प्रस): संघीय समाजवादी फोरम नेपालले पार्टी पदाधिकारीदेखि कार्यकर्ता तहसम्म रकम नै तोकेर बाढी पीडितका लागि राहत संकलन गरेको छ । सांसदहरुले एक महिनाको तलब, पदाधिकारी तथा राजनीतिक समिति सदस्यहरूले ३ हजार, केन्द्रीय सदस्य तथा केन्द्रीय निकायका सदस्यहरूले २ हजार र केन्द्रीय परिषद सदस्यहरूले एक हजार रुपैयाँ केन्द्रीय कोषमा जम्मा गर्नुपर्नेछ ।

वाइसिएलको राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौमा - 2017-08-18

काठमाडौ,(प्रस): माओवादी केन्द्रको युवा भ्रातृ संगठन योङ कम्युनिस्ट लिग (वाइसिएल) को दोस्रो राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौमा सुरु हुँदैछ ।










Powered by: Exclusively Solution