अर्थ / व्यापार




कृषिलाई मुख्य आधार नमान्दा नेपालले १० देखि १५ प्रतिशत घाटा ब्यहोर्दै


वि.सं २०४७ सालसम्म नेपाल अन्य देशका लागि कृषिउपज निर्यात गर्ने देशको लिस्टमा थियो । ०४७ पछि नै नेपाल कृषिउपज आयात गर्ने देशमा पर्न थाल्यो । नेपाल कृषिको क्षेत्रमा अन्य देशको तुलनामा निकै सम्भावना रहेको देश हो ।

 भौगोलिक आधार पनि मिलेको हुँदा कृषिमा ठाउँ अनुसार उत्पादन व्यवसाय गर्न सकिन्छ । 

तर विडम्बना के छ भने कृषि विषयलाई प्राथमिकताको साथ हेर्नेको सङ्ख्या निकै कम  छ । अन्य विषयमा अध्ययन गरेर उच्च शिक्षा हासिलका लागि विदेशिन तयार छन् । बाहिर जना नसकेको खण्डमा बेरोजगार नै बस्नु नै किन नपरोस् तर कृषिमा चासो दिने कम छन् ।  

नागरिकले मात्रै होइन, कृषि विषयमा नेपालका सरकारी निकायले खुलेर योजनाहरु अगाडि सार्न सकेको छैनन् भन्दा फरक पर्दैन । पछिल्लो समय आधुनिक कृषि व्यवसायमा लाग्ने व्यवसायीहरु पनि भेटिन थालेका छन् । यस्तै नेपाल सरकारले पनि कृषिको विषयमा अध्ययनका लागि कृषि शिक्षा नीति वि.सं २०७० सालबाट लागू गरिएको छ । 

०७० बाट सुरु गरेको सरकारको यो निर्देशिकाले काम भने वि.सं २०७१ बाट सुरु गरेको हो । अहिलेसम्म पनि कृषिको विषय अध्ययन गराउने विद्यालयको सङ्ख्या निकै कम रहेको छ । अन्य विषयको विद्यालयमा भन्दा कृषिको विद्यालयमा आउनुपूर्व धेरै सोचेर आउने गरेका छन् ।  
      
कृषि विद्यालयका प्र.अ. 

बालकृष्ण न्यौपाने सिन्धुपाल्चोकको चौतारासागा चौगढी नगरपालिका वडा नम्बर ४ सेतीदेवी माविका प्रधानाध्यापक हुन् । उनले नेपाल सरकारले कृषि शिक्षा नीति लागू गरेदेखि नै सेतीदेवीमा कृषि विषय अध्ययन गराउन थालेका हुन् । पहिलो वर्ष अविभावकलाई सम्झाउन बालकृष्णलाई निकै समय लाग्यो । कृषि विषय भनेपछि अविभावक अनकनिन्थे । हेरौँ सोच्नुपर्छ भन्ने गरेको उनी बताउँछन् । 

राम्रो र भरपर्दाे त कृषि विषय नै हो तर यही क्षेत्रलाई सबैले हेपाह प्रकृत्तिका रुपमा हेर्न थाले ।   त्यहाँका अविभावक बल्ल छोराछोरीलाई कृषि विषयमा अध्ययन गराउने निधोमा पुगे । कारण कृषि विषय अध्ययनपछि अन्य विषयमा पनि पढ्न पाइन्छ नै । अहिले उनको विद्यालयमा १२० जना विद्यार्थीले कृषि विषयमा अध्ययन गरिरहेका छन् ।  कृषि अध्ययनका लागि एक जना विद्यार्थी बरारब एक कठ्ठा जमिनको आवश्यकता पर्छ । शिक्षक, आवश्यक पर्ने समान सबै कुराको व्यवस्था सरकारले गरिदिएको  छ । प्र.अ. बालकृष्ण भने कृषिको विषयमा अध्ययन गर्ने विद्यार्थीको परीक्षाफल प्रकाशित गर्दा अन्य शिक्षाको जस्तै छिटो भइदिए हुन्थ्यो भन्छन् । परीक्षाफल ढिला आउँदा विद्यार्थीहरु बीचको समय खाली बस्नुपर्दा कृषि विषय अध्ययन गरेकोमा खिन्न महशुस गर्छन् । 

कृषि विषय अध्ययन गर्ने विद्यालयलाई सरकारले उपलब्ध गराएको सेवा सुविधा     

वि.सं २०७१ मा ३९, ०७२/०७३ मा ३९ र ०७३/०७४ को अहिलेसम्म १४ सरकारी र दुई निजी विद्यालयले बालीविज्ञान कृषि शिक्षाको विषयमा अध्ययन गराइरहेको छ । 

यस्तै वि.सं २०७०/०७१ मा १३, ०७२/०७३ मा १४ र ०७३/०७४ को अहिलेसम्म १ सरकारी र १ निजी विद्यालयले पशु विज्ञानको विषयमा अध्ययन गराइरहेको शिक्षा विभागले जनाएको छ । भूगोलअनुसार कृषिको विषयमा अध्ययन गराइदै आइरहेको विभागको भनाइ रहेको छ ।  कृषि विषय अध्ययनका लागि सरकारले सहिद परिवार, पिछडिएको क्षेत्र, गरिब परिवारलगायत प्रकार अनुसारको छात्रवृत्तिको व्यवस्था गरिएको छ ।

हेपाहा प्रकृतिमा हेरिन्छ कृषि पेसालाई
नेपाल होस या अन्य जुनसुकै देश किन नहोस् सुरक्षित अनि मर्यादित पेसामा बढी मात्रमा नागरिकको सहभागिता पाइन्छ । तर कृषि पेसामा लागेपछि भविष्य राम्रो छ, समाजबाट सम्मान पाउँछु, समयअनुसार खर्च जुटाउन सक्छु भन्ने मानसिकता नागरिकमा हुनुपर्ने हो । कृषि पेसाबाट पाइन्न भन्ने सोचमा छन् । शिक्षाविभाग प्राविधिक शाखाका राजन पाण्डे भन्छन्, केही पनि गर्न नसकेको मान्छेले कृषि पेसा गर्ने भन्ने नागरिकमा सोच रहेको थियो । युवाले कृषि पेसाप्रति चासो नदिनुको मुख्य कारण उनले यसरी बताए । पढेलेखेको छैन्, हलो जोतेर खान्छन् भन्ने कुराले गर्दा कृषिप्रति युवाहरुको वितृष्णा जागेको हो । हलो जोतेर खान्छ भन्नुको मतलब कतै नबिक्ने, स्किललेस, बोल्न नसक्ने मान्छेले कृषि पेसा गर्ने हो भन्ने चलन रहेको छ । यस्तै कृषि पेसालाई व्यावसायीकरण, औद्योगिक करण, मर्यादित अनि बजार व्यवस्थापन गर्न सकेको खण्डमा कृषि पेसा राम्रो हुने पनि उनको भनाइ रहेको छ । 
  
कृषि पेसामा नागरिकको चासो 
कुनै पनि कुराको विकल्प होला तर कृषि पेसामा कुनै भने विकल्प छैन । कृषि पेसा भनेको कहिले पनि स्कोप नमेटिने क्षेत्र हो । जो नागरिकको अनिवार्य आवश्यकताभित्र पर्छ । कृषि पेसालाई बिर्सेर कुनै पनि देश अगाडि बढ्न नसक्ने भएकाले बल्ल नागरिकले कृषिको महत्व बुझ्न थालेका छन् । पछिल्लो समय सरकारले पनि यो विषयलाई महत्वपूर्ण रुपमा हेर्दै आइरहेको छ । 
 
कृषिले १० देखि ११५ प्रतिशत घाटामा 
नेपालको व्यापार घाटाको १० देखि १५ प्रतिशत घाटा कृषिजन्य सामानबाट नै हुनेगर्छ । कृषिजन्य उपजलाई आयात गर्नु नपरेको खण्डमा नेपालले घाटा ब्यहोर्नु पर्दैन थियो । यो घाटाको प्रतिशत अझै दिन प्रतिदिन बढ्दै गइरहेको छ । हिमाल, पाहाड र तराईमा कुन समयमा कुन कृषिउपज लगाउँदा राम्रो हुन्छ भन्ने विषयमा अध्ययन र अनुसन्धान गरेर विद्यार्थी अथाव व्यवसायीलाई क्रियाशील बनाउने हो भने नेपालले घाटा ब्यहोर्नु नपर्ने देखिन्छ । त्यही तरिकाको शिक्षा प्रणाली पनि हुन जरुरी रहेको छ । 




Related Pictures:













Related News:

दसैँका लागि अग्रिम टिकट बुकिङ खुला - 2017-09-12

जय र लक्ष्मीको मृत्युदण्ड सार्वजनिक - 2017-09-12

निडर कंगनाको चलचित्र निर्देशन गर्ने चाहना - 2017-09-12

प्रधानमन्त्री देउवा आज २ नम्बर प्रदेशको चुनावी सभा गर्न त्यसतर्फ - 2017-09-12

रौतहटमा निर्वाचन आचारसंहिताको गंभीर उलंघनमा दलहरुको प्रतिस्पर्धा - 2017-09-10





उपत्यकाका १३ स्थानमा आजदेखि सुपथ मूल्य पसल सञ्चालन - 2017-09-01

काठमाडौ,(प्रस): सरकारले चाडपर्वलाई लक्षित गरेर आजदेखि उपत्यकाका विभिन्न १३ ठाउँमा सहुलियत मूल्य पसल सञ्चालन गर्ने भएको छ । चाडपर्वमा उपभोक्तलाई दैनिक उपभोग्य वस्तुमा राहत दिन सुपथ मूल्य पसल सञ्चालन गर्न लागिएको हो ।

बाढीपीडितलाई पठाइएको सरकारी राहतमा गोबर र ढुंगामाटो ! - 2017-08-28

यो दूर्भाग्य हो, कारबाही गरिन्छ: आपूर्ति मन्त्रीनेपाल खाद्य संस्थानले बाढीपीडितलाई पठाउन लागेको राहतमा चरम लापरवाही भएको देखिएको छ । संस्थानले तराईका बाढीपीडितलाई पठाउन तयारी अवस्थामा राखेको सिमीमा एक किलोसम्मका ढुंगा, गोबर, माटो र बालुवा पाइएको छ ।

कृषिलाई मुख्य आधार नमान्दा नेपालले १० देखि १५ प्रतिशत घाटा ब्यहोर्दै - 2017-08-22

वि.सं २०४७ सालसम्म नेपाल अन्य देशका लागि कृषिउपज निर्यात गर्ने देशको लिस्टमा थियो । ०४७ पछि नै नेपाल कृषिउपज आयात गर्ने देशमा पर्न थाल्यो । नेपाल कृषिको क्षेत्रमा अन्य देशको तुलनामा निकै सम्भावना रहेको देश हो ।

नाकाबन्दी बेला चम्किएको नाकामा भारतीयको अवरोध - 2017-08-09

पेट्रोलियम पदार्थ बोकेका सवारी साधन पनि लाइनमाभैरहवा: भारतीय सुरक्षाकर्मीको अवरोधका कारण नेपाल भारतको व्यापारमा गम्भिर असर पर्न थालेको छ।विना कुनै कारण भारतीय सुरक्षाकर्मीले प्रत्येक गाडीको चेकजाँच गर्न थालेपछि भारतबाट सामान बोकेका सवारी साधन सहज रुपमा भित्रिन सकेका छैनन्। भारतीय सुरक्षाकर्मीले नाकाबन्दीको बेलामा जस्तै सुरक्षा चेकजाँच गरेका छन्। भारतीय सुरक्षाकर्मीले चेकजाँचमा कडाइ गर्नुको कारण केही खुलाएका छैनन्।

५१ हजार फर्मले तिरेनन् भ्याट - 2017-08-02

काठमाडौ,(प्रस): राजश्व आर्जनको मूख्य स्रोत मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता भएर पनि झण्डै ५१ हजार र्फमले विवरण बुझाएका छैनन । आन्तरिक राजश्व विभागका अनुुसार गत जेठसम्ममा दर्ता भएकामध्ये झण्डै ३० प्रतिशत र्फमले भ्याट तिरेका छैनन् ।

नवलपरासीमा केरा खेती बढदै - 2017-08-01

रबिन्द्र यादव, परासी:पछिल्लो समयदेखि नवलपरासीमा केरा खेती बढदै गएको छ । जिल्लाको गण्डक कमाण्ड क्षेत्रका किसानहरु उखुखेती विस्तारै छाडदै केरा खेतीतर्फ उन्मुख हुदै गएका छन् ।

कलर आईडी सेवा निःशुल्क, कल ट्रान्सफरको पनि पैसा नलाग्ने - 2017-07-18

काठमाडौ,(प्रस): नेपाल टेलिकमले ल्याण्डलाइन टेलिफोनमा फोन गरेको नम्बर देखिने सुविधा (कलर आईडी) सेवा निःशुल्क प्रदान गर्ने भएको छ । साथै कल डाइभर्ट लगायतका पुरक सुविधाको पनि पैसा नलाग्ने भएको छ ।

आउँदो शनिवार बैंक बन्द नहुने - 2017-07-18

काठमाडौ,(प्रस): नेपाल राष्ट्र बैंकले आउँदो शनिवार पनि बैंक तथा वित्तीय संस्था खोल्न निर्देशन दिएको छ।

खाद्यान्नको भाउ गत बर्षभन्दा सस्तो - 2017-07-18

काठमाडौ,(प्रस): मूल्य बृद्धि थप घटेको छ। जेठ मसान्तको मूल्य बृद्धि २.८ प्रतिशत कायम भएको छ। गत बर्ष मूल्य बृद्धि दर ११.१ प्रतिशतले बढेको थियो। गत बर्षको उच्च मूल्य बृद्धिको आधार र आपूर्ति ब्यवस्थामा आएको सुधारका कारण मूल्य बृद्धि दर घटेको हो।

निर्वाचन आयोगले स्थानीय तह चुनाबमा सवा ६ अर्ब खर्च गर्यो, तीन अर्ब सरकारलार्इनै फिर्ता - 2017-07-18

काठमाडौ,(प्रस): निर्वाचन आयोगले स्थानीय तह निर्वाचन शीर्षकमा हालसम्म छ अर्ब ३० करोड ४६ लाख खर्च भएको जनाएको छ ।सरकारले स्थानीय तह निर्वाचनका लागि आयोगलाई रु १० अर्ब २८ करोड रकम उपलब्ध गराएको थियो ।

पेट्रोलियम पदार्थ खरिद विक्रि ठप्प - 2017-07-18

काठमाडौ,(प्रस): बाग्मती पेट्रोलियम डिलर्स एशोसिएशनले सरकारले आफुहरुको माग पुरा नगरेको भन्दै मंगलबारदेखि पेट्रोलिय पदार्थको खरिद विक्रि ठप्प पारेका छन् ।

औद्योगिक क्षेत्रको विकासमा सहकार्य गरेर अघि बढ्ने नेपाल-चीनबीच सहमति - 2017-07-07

प्रशान्त कार्की:नेपाल र चीनबीच औद्योगिक क्षेत्रको विकासमा सहकार्य गरेर अघि बढ्ने सहमति भएको छ । नेपाल–चीनबीच उद्योगको दर्ता, स्थापना, संचालन र त्यसका वैदेशिक लगानी भित्र्याउन उचित वातावरण बनाउने उद्देश्यका साथ औद्योगिक क्षेत्रको विकासमा सहकार्य गरेर अघि बढने समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

राष्ट्र बैंकले ‘नोट प्रर्दशनी कक्ष’ निर्माण गर्ने - 2017-07-07

काठमाडौ,(प्रस): नेपाल राष्ट्र बैंकले ‘नोट प्रर्दशनी कक्ष’ निर्माण गर्ने भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले नोटहरुलाई संकलन गरेर राख्न नयाँ प्रर्दशनी कक्ष निर्माण गर्न लागिएको जानकारी दिनु भएको हो ।

नेपाल–चीन परामर्श संयन्त्रको बैठक सुरु - 2017-06-20

नेपाल–चीन आर्थिक सहयोग, लगानी, व्यापार र दुई देशबीच सतह र हवाईमार्गबाट सम्पर्क विस्तारलगायत विषयमा परामर्श गर्ने कार्यक्रम छ ।नेपाल–चीन परामर्श संयन्त्रको ११ औँ बैठक आज परराष्ट्र मन्त्रालयमा सुरु भएको छ । चार वर्षको अन्तरालमा भएको उक्त बैठकमा नेपाल–चीन सम्बन्धका साथै दुई मुलुकबीचको राजनीतिक सम्बन्ध, नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको छ ।

सवारी चालक अनुमति पत्रको परीक्षा चुनावपछि मात्र - 2017-06-19

काठमाडौ:वाग्मती अञ्चल यातायात व्यवस्था कार्यालय एकान्तकुनाबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स)को परीक्षा लिने र परीक्षण गर्ने (ट्रायल) लिने काम बन्द भएको छ ।

बैदेशिक रोजगारीबाट फर्किएका युवाले खोले स्वीमिङ पुलसहितको रिसोर्ट - 2017-06-19

फलेवास,पर्वत:डेढ करोडको लागतमा धौलागिरि अञ्चलमा नै पहिलोपटक स्वीमिङ पुलसहितको रिसोर्ट निर्माणको अन्तिम चरणमा पुगेको छ ।

इन्टरनेट सम्वन्धि 'एनपिएनओजी-२' कार्यशाला सम्पन्न, फेसबुक लगायतका संस्था सहभागि - 2017-06-19

काठमाडौ:इन्टरनेट एक्सचेन्ज नेपाल र नेपाल नेटवर्क अपरेटर्स ग्रुपले राजधानीमा इन्टरनेट प्रोटोकलसँग सम्वन्धि चार दिने कार्यशाला सम्पन्न गरेका छन्। 'एनपिएनओजी २' नाम दिइएको कार्यशालामा नेटवर्क र इन्टरनेट एक्सचेञ्जका बिभिन्न आयामबारे छलफल भएको थियो।

मेयर खत्रीको सम्पती विवरण सार्वजनिक - 2017-06-07

सिन्धुली:कमलामाई नगरपालिका सिन्धुलीका मेयर खड्ग खत्रीले आफ्नो सम्पती विवरण सार्वजनिक गर्नुभएको छ ।

आजदेखि बजार अनुगमन - 2017-06-06

आपूर्ति व्यवस्थापन तथा उपभोक्ताहित संरक्षण विभागको नेतृत्वमा आजदेखि एक सातासम्म छड्के रूपमा बजार अनुगमन गरिने भएको छ । विभागले पत्रकार सम्मेलन गरी आजदेखि २९ गते सोमबारसम्म उपत्यकाका विभिन्न ठाउँका बजारको विशेष रूपमा छड्के अनुगमन गरिने जानकारी गराइएको हो ।

वर्ल्डलिंक इन्टरनेट सेवामा एग्रेसिभ, दश लाख घरमा इन्टरनेट पुर्याउने - 2017-04-23

काठमाडौ,(प्रस): वर्ल्डलिंक कम्युनिकेशनले तीन वर्षमा चार अर्ब लगानी थपेर मुलुकका दश लाख घरमा विश्वस्तरीय इन्टरनेट पुर्याउने भएको छ।

वीरगञ्जको सुख्खा बन्दरगाह: ढुवानी व्यवसायीको दादागिरी - 2017-04-23

वीरगञ्ज (प्रस):वीरगञ्जस्थित सिर्सिया सुख्खा बन्दरगाहका ट्रक व्यवसायीको सिन्डिकेटले व्यवसायनै प्रभावित हुन थालेको छ। ट्रक व्यवसायीको सिन्डिकेटपछि कतिपय व्यवसायीले भैरहवा र विराटनगरबाट सामान ल्याउन थालेका छन्। पोषक दाना उत्पादक ओम चावो विरो चैनपुरका संचालक सुरेश रुगंटाले ट्रक व्यवसायीको दादागिरीले सुख्खा बन्दरगाहबाट सामान ल्याउन समेत नसकिने अवस्थामा पुगेको बताए।










Powered by: Exclusively Solution