राजनीति




आज देउवाले पूर्व परराष्ट्रमन्त्री र विज्ञसँग छलफल गर्दै


नयाँ भन्दा पुरानै सहमति कार्यान्वयनमा जोड
प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणका विषयमा विज्ञहरुसँग अन्तिम छलफल गर्दै हुनुहुन्छ । प्रधानमन्त्री देउवाले आज पूर्व परराष्ट्रमन्त्रीहरुसँग छलफल गर्दै हुनुहुन्छ । छलफलका क्रममा उहाँले आफुले उठाउने एजेण्डा राख्ने र सुझाव माग्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।देउवाको भोलिबाट हुने राजकीय भारत भ्रमणको तयारी तीव्र पारिएको छ ।

यसअघि सोमबारको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीको भारत भ्रमणका एजेण्डा तय गरेको थियो । भ्रमणका एजेण्डाबारे प्रधानमन्त्रीले पुर्व प्रधानमन्त्री, परराष्ट्रविद र पुर्व परराष्ट्रमन्त्रीहरुसँग छलफल गरेर आफुले उठाउनुपर्ने विषयका बारेमा सुझाव लिइरहेका छन् ।

 

मंगलबार बिहानमात्रै प्रधानमन्त्रीले पुर्व परराष्ट्रमन्त्रीहरुसँग भ्रमणका एजेण्डाका विषयमा छलफल गरेका छन् । प्रधानमन्त्रीको यो भ्रमणका बेला नयाँ सहमति र सम्झौता नभएपनि यसअघिका सम्झौताको कार्यन्वयनका विषयमा आफ्नो तर्फबाट प्रष्ट धारणा राखेर भ्रमण फलदायी बनाउनुपर्ने तथा नेपाललाई अहित हुने कुनैपनि सहमति र सम्झौता नगर्न विज्ञहरुले सुझाव दिँदै आएका छन् । 

प्रधानमन्त्री देउवा ५ दिने औपचारिक भ्रमणका लागि बुधबार (भोलि) भारत जाँदै छन् । प्रधानमन्त्रीका रुपमा देउवाले चौथो पटक भारत भ्रमण गर्न लागेका हुन् । प्रधानमन्त्री देउवाको भ्रमणका क्रममा पुराना परियोजना र भारतीय बाँधका कारण नेपाली भूभाग डुवानको समस्या लगायतका विषयमा छलफल हुनेछ । 

‘विगतमा प्रधानमन्त्रीका रुपमा भारत भ्रमण गर्दा दुई देशबीच भएका सहमतिको कार्यान्वयनमा विशेष पहल हुन्छ,’ प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा दिनेश भटराईले भने। उनका   अनुसार पुराना सन्धिसम्झौताका विषयमा छलफल हुनेछ भने लक्ष्मणपुर र कोसी बाँधबारे पनि कुराकानी हुनेछ । त्यस्तै भूकम्पपछि नेपालको पुनर्निर्माणलाई आर्थिक सहयोगका विषयमा  कुरा उठ्नेछ । 
यस्तो छ भ्रमणतालिका 
पाँचदिने राजकीय भ्रमणका क्रममा प्रधानमन्त्री देउवा बुधबार अपरान्ह नेपालबाट दिल्ली प्रस्थान गर्ने कार्यक्रम छ । विमानस्थलबाट देउवा राष्ट्रपति भवन जाने र ताजमानसिंह होटलमा बस्नेछन् । सोही दिन भारतीय ऊर्जामन्त्रीले देउवासँग भेटघाट गर्नेछन् । देउवाले बुधबारै प्रवासी नेपाली संगठनका अगुवाहरूसँग छलफल गर्ने कार्यक्रम छ । देउवाको प्रमुख भेटघाट बिहीबारमात्रै हुनेछ । विहिबार भारतीय राष्ट्रपति रामनाथ कोविन्द, प्रधानमन्त्री मोदी तथा मन्त्रीहरूसँग भेटवार्ता हुनेछ । प्रधानमन्त्री देउवा हैदरावाद जाने र त्यहाँको उच्च प्रविधि सहरको अवलोकनसमेत गर्नेछन् । शनिबार तिरुपति र आइतबार बोधगयाको धार्मिक भ्रमण समेत गर्ने कार्यक्रम रहेको पराष्ट्र मन्त्रालयले जनाएको छ । 


नेपालले उठाउने प्रमुख एजेण्डा 
प्रधानमन्त्री देउवाको भारत भ्रमणका बेला दुई देशका प्रधानमन्त्रीबीचको द्विपक्षीय वार्तामा नेपालले पञ्चेश्वर बहुउद्देश्यीय परियोजना, माथिल्लो कर्णाली परियोजना, अरुण तेस्रो, ऊर्जा क्षेत्रमा सहयोग, अन्तरदेशीय प्रसारण लाइन, पुनर्निर्माण, सहुलियतपूर्ण ऋण, गण्डक नहर, नेपाली भूभाग डुबानमा पर्नेगरी भारतले सीमामा बनाएका बाँध, व्यापार तथा पारवहन, क्रस बोर्डर कनेक्टिभिटी, एलपिजी बुलेट, भारतीय मुद्रा सटही, क्रस बोर्डर रेलसेवा, एकीकृत चेक पोस्ट, हवाई रुट, सैन्य सामग्री, निर्वाचनका लागि आवश्यक सहयोगलगायतका विषयमा छलफल गर्ने नेपाल सरकारको तयारी छ । 
फुक्ला गाँठो ?
विशेषगरी नेपाल भारतबीच विवाद हुदै आएका ठुला परियोजना सञ्चालन गर्ने विषयमा पनि प्रधानमन्त्रीको भ्रमणका वेला गहन छलफल हुने अपेक्षा गरिएको छ । यसका लागि नेपाल भारत दुवैपक्षबीछ आन्तरिक छलफल तीव्र बनाइएको परराष्ट्र मन्त्रालयले जनाएको छ । पुर्व परराष्ट्रमन्त्री डा. भेषबहादुर थापा पञ्चेश्वर, अरुण तेस्रो तथा माथिल्लो कर्णालीबारे भ्रमणका बेला गहन छलफल गरी समस्या समाधान गर्नुपर्ने बताउँछन् । भन्छन्– ‘ हामीले हाम्रो धारणा प्रश्ट राख्न सक्नुपर्छ, समस्या यो हो भन्न सक्नुपर्छ र त्यसलाई कुटनीतिक हिसावले सम्बोधन गर्ने प्रयास हुनुपर्छ ।’ भ्रमणका क्रममा प्रधानमन्त्री देउवा र मोदीबीच छुटछुट्टै भेटवार्ताका क्रममा ती विषयमा छलफल हुने सरकारी पक्षले जनाएको छ । त्यस्तै नेपालले ऊर्जा व्यापार सम्झौता (पिटिए) कार्यान्वयनमा पनि जोड दिनेछ । भारतले सीमापार ऊर्जा व्यापारका लागि हालै ल्याएको नयाँ नियमले नेपालसँग भएको पिटिए प्रभावित हुने आशंका भइरहेका बेला यो विषयलाई उच्च तहमा कुराकानी गरेर सुल्झाए नेपालले राहात पाउने विश्वास गरिएको छ । 
कोशी सम्झौता र बाँध 
नेपाल भारतबीचको कोसी सम्झौता अर्को महत्वपुर्ण विषय भएकाले त्यस विषयमा पनि छलफल हुनुपर्ने नेपाली पक्षको माग रहँदै आएको छ । भारतले कोसी परियोजनाको १० किलोमिटरसम्मको परिधिभित्र पर्ने नेपाली भूभागमा विद्युत् उपलब्ध गराउनुपर्ने भए पनि हालसम्म उपलब्ध गराएको छैन । त्यस्तै भारतले सीमा क्षेत्रमा बाधेका झण्डै दुई दर्जन बाँध र बर्षाका समयमा नेपालमा पुग्ने क्षतीका बारेमा पनि प्रधानमन्त्रीले आफ्नो भ्रमणका बेला कुटनीतिक हिसावले समस्या समाधानको प्रयास गर्ने अपेक्षा गरिएको छ ।  प्रधानमन्त्री देउवाले आफ्नो भ्रमणका बेला भारत सरकारले प्रतिवद्धता जनाएअनुसार भुकम्पछि दिने भनेको सहायता रकम दिन पनि ताकेता गर्नेछ । 
दोक्लम तनाव र नेपाल
दुवै छिमेकी देश भारत र चीनबीच दोक्लम बिबादले उचाइ लिइरहेका बेला नेपालका सरकार प्रमुखको भारतमा हुन गइरहेको भ्रमणले अर्को छिमेकी देश चिढिने हो कि भन्ने आशंका र अड्कलबाजीप्रति पनि  विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् । यद्यपी उनीहरुले भुटान र चीनवीचको सीमा विवाद दोक्लमबारे नेपाल तटस्थ बस्नुपर्ने सुझाव दिएका छन् ।

भुटान चीनवीचको यो विवादमा भारत हावी हुन खोजेपछि दुई देशबीचको सम्बन्धमा दरार पैदा भइरहेको छ । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. खड्ग केसीका अनुसार यसअघिका प्रधानमन्त्री भारत भ्रमणमा गएका वेला संयुक्त बक्तव्य जारी गरेर अर्को छिमेकीलाई आशंका थप्ने भए त्यो ठुलो गल्ती हुनेछ । ‘नेपालमा नयाँ प्रधानमन्त्री निर्वाचित हुने वित्तिकै भारत भ्रमण हुने परम्परा पुरानै हो तर, यस्ता भ्रमणमा नेपालको अहित हुने किसिमका सम्झौता गर्नुहुन्न, त्यसमा नेपाली पक्ष सर्तक र सजग हुन जरुरी छ,’ प्राध्यापक केसीले भने । 




Related Pictures:













Related News:

बैंककबाट फर्केपछि ओलीले भने– राजधानीमा अल्झेर आन्दोलन नगरौं - 2018-01-18

देउवाले भने- हारको समिक्षापछि बल्ल महासमिति बैठक हुन्छ - 2018-01-18

न्युयोर्कस्थित ट्रम्प टावरमा आगलागी - 2018-01-18

समानुपातिकबाट प्रदेशसभामा निर्वाचित सांसदकाे नामावली सार्वजनिक - 2018-01-18

शितलहर प्रभावित मुसहरको उपचार गर्न रौतहट हिँडे डाक्टर केसी - 2018-01-17





बैंककबाट फर्केपछि ओलीले भने– राजधानीमा अल्झेर आन्दोलन नगरौं - 2018-01-18

काठमाडौ,(प्रस):पूर्वप्रधानमन्त्री एंव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य परीक्षण गरी स्वदेश फर्किएका छन्। स्वदेश फर्केपछि त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै ओलीले सरकारले नियुक्त गरेका प्रदेश प्रमुख र अस्थायी मुकामबारे नयाँ सरकारले नयाँ किसिमले निर्णय लिने बताए।

देउवाले भने- हारको समिक्षापछि बल्ल महासमिति बैठक हुन्छ - 2018-01-18

प्रदेश संवाददाता, काठमाडौप्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा नेपाली कांग्रेस किन हार्‍यो? भन्ने गम्भीर समिक्षापछि मात्र महासमिति बैठक डाक्ने बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बिहानदेखि बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा उनले पहिले हारको समिक्षा हुनुपर्ने बताएका हुन्।

समानुपातिकबाट प्रदेशसभामा निर्वाचित सांसदकाे नामावली सार्वजनिक - 2018-01-18

निर्वाचित भएकाहरुले आफ्नो नागरिकतासहित आउनुपर्ने निर्वाचन आयोगले समानुपातिक निर्वाचन पद्धतिबाट प्रदेशसभा सांसद निर्वाचित भएकाहरुको नाम बिहीबार सार्वजनिक गरेको छ । आयोगले वेवसाइटमार्फत समानुपातिक तर्फबाट निर्वाचित सबै दलका उम्मेदवारहरुको नाम सार्वजनिक गरेको हो ।

प्रचण्डले बुझाए नौ लाख ९४ हजार चुनावी खर्च विवरण ? - 2018-01-17

चितवन:पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, ‘प्रचण्ड’ले प्रतिनिधिसभा सदस्यको निर्वाचनका बेला चितवनमा नौ लाख ९४ हजार ५४२ रुपैयाँ खर्च भएको विवरण पेश गरेका छन्।

अस्थायी मुकामबारे मन्त्रीबीच नै विवाद हुँदा मन्त्रिपरिषद् बैठक स्थगित - 2018-01-17

काठमाडौ,(प्रस):सात प्रदेशका अस्थायी मुकाम तोक्ने विषयमा विवाद हुँदा मन्त्रिपरिषद् बैठक स्थगित भएको छ। बैठकमा मन्त्रीहरुले आआफ्नो क्षेत्रमा अस्थायी राजधानी राख्न लबिङ गरेका थिए।

विप्लवसँग पार्टी एकता गर्न वैद्य माओवादीले वार्ता टोली बनाउने - 2018-01-17

काठमाडौ,(प्रस):मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी लगायतका दलसँग एकताका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको छ ।

भागबण्डाबारे गृहकार्य गर्न बनेको कार्यदल सहमति नजिक - 2018-01-15

काठमाडौ,(प्रस):एमाले र माओवादी केन्द्रको संयुक्त कार्यदल सहमति नजिक पुगेको कार्यदलका सदस्यहरूले बताएका छन् । राष्ट्रिय सभा निर्वाचन र प्रदेश सरकार गठनमा दुई पार्टीबीचको भागबण्डा बारे गृहकार्य गर्न बनेको कार्यदल सहमति नजिक पुगेको हो ।

पार्टी एकताबाट आफू पछि नहट्ने माओवादी केन्द्रका अध्यक्ष दाहालको दाबी - 2018-01-15

प्रदेश संवाददाता, काठमाडौनेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमाले र माओवादी पार्टी एकताबाट कुनै पनि हालतमा पछि नहट्ने दाबी गर्नु भएको छ । कम्युनिष्टहरुको सरकार बनाउने प्रस्तावलाई जनताले अनुमोदन गरिसकेको भन्दै उहाँले अब कार्यान्वयन गर्ने जिम्मा नेतृत्वको भएको पनि बताउनु भएको छ ।

पूर्व सांसदलाई बाँड्न लागिएको १० अर्ब सर्वोच्चको रोक - 2018-01-14

काठमाडौ,(प्रस):सर्वोच्च अदालतले विघटित सांसदलाई वितरण गर्न लागिएको रकम तत्काल रोक्न अन्तरिम आदेश जारी गरेको छ । विघटित संसदका सांसदहरुलाई नयाँ निर्वाचन भएपछि रकम खर्च गर्न दिनु गैरकानुनी भन्दै सर्वोच्चले उक्त कार्य कार्यान्वयन नगर्न सरकारको नाममा आज अन्तरिम आदेश जारी गरेको हो ।

बाम गठबन्धन कार्यदलले ३ दिन भित्र राष्ट्रियसभा निर्वाचनको सिट बाँडफाँड गर्दै - 2018-01-14

राजनैतिक ब्यूरो, काठमाडौनेकपा एमाले र नेकपा माओवादी केन्द्रद्धारा गठित कार्यदलले ३ दिन भित्र राष्ट्रिय सभा निर्वाचनको सिट बाँडफाँडलाई टुंग्याउने तयारी गरेको छ । राष्ट्रिय सभा निर्वाचनको सिट बाँडफाँड र प्रदेश सरकार गठनका विषयमा गृहकार्य गर्न गठित दुई दलीय कार्यदलको आईतबार बसेको बैठकले बुधबारसम्म राष्ट्रिय सभाको निर्वाचनको सिट बाँडफाँडलाई टुंगोमा पु¥याउने गरी छलफललाई अघि बढाएको हो ।

समायोजन नरोज्ने कर्मचारीका लागि स्वेच्छिक अवकाशको प्रक्रिया शुरु - 2018-01-14

प्रदेश संवाददाता, काठमाडौसामान्य प्रशासन मन्त्रालयले तीन तहमा समायोजन नरोज्ने कर्मचारीका लागि स्वेच्छिक अवकाशको प्रक्रिया शुरु गरेको छ । मन्त्रिपरिषद् बैठकले स्वेच्छिक अवकासका लागि सूचना गर्ने निर्णय गरेपछि मन्त्रालयले राजपत्रमा उक्त सूचना प्रकाशित गरी प्रक्रिया शुरु गरेको मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले जानकारी दिनु भयो ।

मधेस आन्दोलनको छानविन प्रतिवेदन सार्वजनिकको माग गर्दै प्रदर्शन - 2018-01-13

सप्तरी:मधेस आन्दोलनको छानविन प्रतिवेदन बुझाएको लामो समय दिन हुँदा पनि सरकारले सार्वजनिक नगरेको भन्दै सप्तरीमा प्रदर्शन गरिएको छ । मधेस-थरुहट आन्दोलन सम्बन्धी छानविन प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै सप्तरीको भारदहमा शनिबार प्रदर्शन गरिएको छ ।

प्रचण्डलाई भेटेर मोहनविक्रम सिंहले भने– वाम गठबन्धनलाई विस्तार गरौं - 2018-01-11

वामपन्थी मिलेर अघि बढ्दा मात्रै मुलूकमा राजनीतिक स्थिरता र विकास सुनिश्चित नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहबीच वाम गठबन्धनको विस्तारका साथै राष्ट्रिय तथा आर्थिक एजेण्डामा समान धारणा बनाएर जाने विषयमा छलफल भएको छ ।

अनसन जारी राख्ने डा. गोविन्द केसीको निर्णय - 2018-01-11

काठमाडौं:डा. गोविन्द केसीले आफ्ना थप माग पूरा नभएसम्म आमरण अनसन जारी राख्ने भएका छन् । सर्वोच्चले प्रधानन्यायाधीश गोपाल पराजुली छानविनको घेरामा ल्याउनुका साथै आफूलाई तारेखमा छाडेपछि डा. केसीले अनसनबारे बिहीबार निर्णय गर्ने बताएका थिए ।

डा. गोविन्द केसीको समर्थनमा आजपनि प्रदर्शन - 2018-01-11

काठमाडौ:प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा लगायत माग गर्दै डा. गोविन्द केसीले गरिरहेको अनशनको समर्थनमा उहाँका समर्थकहरुले आजपनि प्रदर्शन गरेका छन ।

आज पृथ्वी जयन्ती – ११ वर्षपछि सरकारले दियो सार्वजनिक बिदा - 2018-01-11

काठमाडौ:आज राष्ट्रिय एकता दिवश विभिन्न कार्यक्रम गरी मनाइदै छ । आधुनीक नेपालको एकीकरणकर्ताका रुपमा रहेका पृथ्वी नाराणयण शाहको सम्झनामा पुस २७ लाई पृथ्वी जयन्तीका रुपमा समेत मनाउने गरिन्छ । विक्रम सम्वत् १७७९ मा आजकै दिन अर्थात पुष २७ गते पिता राजा नरभुपाल शाह र माता कौशल्यावती देवीको प्रथम पुत्र रुपमा पृथ्वी नारायण शाहको जन्म भएको थियो ।

जनताले हामीलाई सदनमा होईन, सडकमा हेर्न चाहेका छन्-कमल थापा - 2018-01-10

काठमाडौ,(प्रस):पप्रधान एवम् उर्जामन्त्री कमल थापाले मुलुक अब नयाँ सरकार गठनको ट्रयाकमा हिँडेकोले अब वाम गठबन्धनको नेतृत्वमा सरकार बनाउनुपर्ने स्पष्ट पारेका छन् ।

राष्ट्रियसभा सदस्य निर्वाचन कार्यतालिका सार्वजनिक, उम्मेद्वारी दर्ता माघ १० गते - 2018-01-10

काठमाडौ,(प्रस):निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । आज पत्रकार सम्मेलन गरि आयोगले आगामी माघ २४ गतेका लागि तय भएको राष्ट्रियसभा सदस्य निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।

सर्वोच्चको आदेश– केसीलाई तारेखमा छोड्नु, प्रधानन्यायाधीश पराजुलीका नागरिकता र एसएलसीको प्रमाणपत्र झिकाउनु - 2018-01-10

प्रदेश संवाददाता, काठमाडौसर्वोच्च अदालतले अपहेलना मुद्दा पक्राउ परेका त्रिवि शिक्षण अस्पतालका डाक्टर गोविन्द केसीलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ।

प्रदेश सरकार गठनको गृहकार्य गर्न एमाले- माओवादीको कार्यदल गठन - 2018-01-09

प्रदेश संवाददाता, काठमाडौएमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिले कार्यदल बनाएको छ ।प्रदेशसभा र प्रदेश सरकार गठनको गृहकार्य गर्न कार्यदल गठन गरेको हो । कार्यदलमा एमालेबाट सुवास नेम्वाङ, शंकर पोखरेल र सुरेन्द्र पाण्डे छन् भने माओवादीबाट रामबहादुर थापा बादल, वर्षमान पुन र मातृका यादव छन् ।

ओली-दाहालबीच झन्डै २ घन्टा भेट : भोलि पार्टीमा छलफल, पर्सि संयोजन समितिको बैठक - 2018-01-07

राजनैतिक ब्यूरो, काठमाडौनेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच आइतबार साँझ भेट वार्ता भएको छ। चितवनबाट आजै काठमाडौं आइपुगेका दाहाल ओलीलाई भेट्न सवा ६ बजे ओली निवास बालकोट पुगेको थिए। दुई नेताबीच ८ बजेसम्म छलफल भएको थियो।










Powered by: Exclusively Solution