समाज




बर्दियामा त्रिपाल र झुल वितरण


बर्दिया:
साउन २७ गते देखि निरन्तर परेको अबिरल वर्षका बर्दियाको बबई नदीमा आएको बाढीले गुलरिया नगरपालिका वडा नं. ११ र १२ मा ५० घर पूर्ण रुपमा ध्वस्त पारे पनि सरकारी राहत हाल सम्म नपुगेको पिडितहरुले गुनासो गरेका छन् ।


तराई मानव अधिकार रक्षक संजाल थर्ड एलायन्स पश्चिम उप क्षेत्रीय कार्यालय नेपालगंजको टोलीले शुक्रबार बर्दियको बाढी प्रभावित क्षेत्रको अनुगमन गरे पछि सो कुरा बाहिर आएको छ । 

बाढी पिडितहरुले आफूलाई त्रिपाल र झुलको अवश्यकता रहेकोले व्यवस्था गरी दिन माग गरे पछि नेपलीज मुस्लिम सोसाईटी,यूएईको सहयोगमा थर्ड एलायन्सले शुक्रबार गुलरिया नगरपालिका वडा नं. ११र १२ का ५० जनालाई त्रिपाल र झुल वितरण गरेको थर्ड एलायन्सले जनाएको छ । 

नेपलीज मुस्लिम सोसाईटी,यूएईका शाहनवाज अख्तरले भने‘राहत कोषमा नगद जम्मा गर्नुभन्दा पीडितको आवश्यकता टार्नु नै अहिलेका लागि निकै गुणा महत्वपूर्ण छ, त्यसैले हामीले पीडितकै घरमा पुगेर राहत वितरण गरिरहेका छौं, ।’

 सोसाईटीले बाढीबाट प्रभावित तराईका बिभिन्न जिल्लामा सहयोग प्रदान गरेको छ । बाढी ग्रस्त क्षेत्रहरुको निकै नजिकबाट अध्ययन अनुगमन गर्दै आएको थर्ड एलायन्सले बाढी पिडितहरुका लागि राहत,उपचार र पुर्नवासको व्यवस्था गर्न सरकारलाई दबाब दिदै आएको छ । 

बर्दियाका बाढी पिडितहरुको अवस्था अध्ययन र राहत वितरण गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै थर्ड एलायन्सका उप क्षेत्रीय प्रमुख आलम खानले,खाद्यान्न अभाव भएकाले पीडितहरूमा तत्काल राहत पु¥याउन सरकारलाई दबाब दिने बताउनु भएको थियो । उहाँले नेपलीज मुस्लिम सोसाईटी यूएईले थर्ड एलायन्स मार्फत बर्दियाका बाढी पिडितहरुका लागि सहयोग प्रदान गरेको जानकारी गराउनु भएको थियो । 

राहत वितरण कार्यक्रममा शक्ति समूह कि मध्यपश्चिम क्षेत्रीय प्रमुख निर्माला पौडेलले भन्नु भयो,विपत्तिको समयमा मानवीय सहयोगमा हात बढाउनु धेरै प्रसशंनीय कार्य भएको बताउदै ‘सोसाईटी र थर्ड एलायन्सले बढीपीडितहरूलाई तत्काल राहत पुर्याउने प्रयासका साथ पीडितहरू समक्ष पुगेको छ, प्राकृतिक प्रकोपको चपेटामा पर्नु भएका महानुभावहरूलाई आ–आफ्नो ठाउँबाट सहयोग गर्न आव्हान गर्नु भएको थियो ।’

उनले बाढी पीडितको तत्कालिन र दिर्घकालिन व्यवस्थापनका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य गरेर अगाडि बढ्न पनि आग्रह गर्नु भएको थियो ।

अन्य सस्थाहरूले बाढीपीडितका लागि नगद सहयोगको घोषणा गरिरहेका बेला थर्ड एलायन्स प्रभावित क्षेत्रमा पुगेर नगद सहयोग घोषणाको सट्टा आफै राहत वितरण गरेको हो ।

बाढीपीडितका लागि अहिले नगद पैसा नभई खाद्यान्न र ओतको खाँचो भएकाले आफूहरुले सिधै राहत वितरण गरेको थर्ड एलायन्सका उप क्षेत्रीय प्रमुख खानले जानकारी दिए । राहत वितरण कार्यक्रममा मुस्लिम यूवा नेता अब्दुल खान,मानव अधिकार निगरानी समूह खजुरा गाँउपालिकाका संयोजक असलम भाट लगायतको सहभागिता रहेको थियो । 

बर्दियामा गत २८ र २९ गते बबई तथा मान नदी र बिभिन्न खोलानालामा आएको बाढीले झण्डै १७ हजार कृषकका झण्डै ४१ करोड मुल्य बराबरको धान लगायतका कृषिबालीमा नष्ट हुन पुगेको छ ।





Related Pictures:













Related News:

संसदको बैठक विपक्षी दलद्वारा वहिस्कार - 2018-04-21

सिरियाली हमला उत्तर कोरियालाई सन्देश : जापानी रक्षा मन्त्री - 2018-04-21

केपी ओली र प्रचण्डले भोलि चाँडै पार्टी एकता गर्ने सन्देश दिने - 2018-04-21

ओली–प्रचण्ड भेटवार्ता अाज - 2018-04-21

क्राइम स्टोरी: ३३ किलो सुन तस्करी, एसपी खनाल अनुसन्धानको घेरामा, समितिले पत्र काट्यो - 2018-04-21





पत्रकार महासंघमा तालाबन्दी - 2018-04-20

काठमाडौ,(प्रस):नेपाल पत्रकार महासंघको प्रदेश निर्वाचनमा सिन्डिकेट लगाइएको भन्दै महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी गरिएको छ ।

प्रहरीमाथि ढुंगामुढा, १३ जना समातिए - 2018-04-19

भक्तपुर,(प्रस):भक्तपुरको बिस्केट जात्रामा खटिएका प्रहरीमाथि ढुंगामुढा भएको छ । जात्राको सुरक्षामा खटिएका प्रहरीमाथि भक्तपुर नगरपालिका–३, तौमडीचोकमा बिहीबार बिहान ०२ः१५ बजे ढुंगामुढा भएको हो ।

कञ्चनपुर कारागारमा तेब्बर कैदीबन्दी - 2018-04-19

कञ्चनपुर,(प्रस):कञ्चनपुर कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी रहेका छन् । ९५ जनाको क्षमता भएको कारागारमा हाल २७६ कैदीबन्दी छन् जसमध्ये १७ महिला कैदीबन्दी रहेका छन् । कारागारका जेलर श्यामप्रसाद भट्टले कारागारमा क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी पुगेको बताए ।

६ लाख बालबालिका श्रममा - 2018-04-19

पोखरा:नेपालमा मौसमी उद्योगमा करिब सवा ६ लाख बालबालिका निकृष्ट श्रममा लागेको तथ्यांक सार्वजनिक भएको छ । ग्लोबल फेयरनेस इनिसिएटिभ (जीएफआई) नामक संस्थाले बिहीबार पोखरामा पत्रकार सम्मेलन गर्दै बालश्रमिकको तथ्यांकबारे जानकारी दिएको हो ।

संघीय संसदका सदस्य बुझ्छन् मासिक एक लाख ! - 2018-04-19

काठमाडौंमा घर हुने सांसदलाई पनि आवास सुविधासंघीय संसदका करीव आधाजसो सांसदहरुको घर काठमाडौं उपत्यकामा छ । तर, उनीहरुले पनि राज्यबाट घरभाडा बुझ्न पाउने भएका छन् । विगतमा पनि काठमाडौंमै घर भएका थुप्रै माननीयहरुले डेरा भाडा बुझ्ने गरेका थिए । यसपटक पनि राजधानीमा घर हुने सांसदले आवास सुविधा नपाउने भन्ने नियम नबनेपछि सबै सांसदलाई घर भाडा बुझ्ने बाटो खुलेको छ ।

सिन्डिकेट माग्दै यातायात व्यवसायीको अान्दोलन घोषणा - 2018-04-18

सरकारद्वारा खाता रोक्ने चेतावनी: यस्ता छन् आन्दोलनका कार्यक्रमसरकारले सिन्डिकेट खारेज गरेको विरोधमा यातायात व्यवसायीहरुले आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका छन् । उनीहरुले बुधबार पत्रकार सम्मेलन गरी अनिश्चितकालीन यातायात बन्द लगायतका आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका हुन् ।

युएस बंगाला विमान दुर्घनाका पिडितहरु झन पिडित बन्दै - 2018-04-15

काठमाडौ,(प्रस):गएको फागुन २८ गते युएस बंगाला विमान दुर्घनामा ज्यान गुमाएका नेपालीका परिवारजनले अहिलेसम्म कुनै पनि प्रकारको क्षतिपूर्ति नपाएको गुनासो गरेका छन् ।

फेसबुक बन्द गर्ने हल्ला मात्र हो: सञ्चार मन्त्रालय - 2018-04-13

काठमाडौ:सामाजिक सञ्जाल फेसबुकमा आउने फेक न्यूज धेरैका लागि टाउको दुखाइको विषय बनेको छ ।

पूर्व प्रहरी अधिकारीको सुरक्षार्थ खटिएका ३ सय १५ प्रहरी फिर्ता - 2018-04-13

राजनीतिक दलका नेता, केही पूर्व गृहसचिव लगायतका घरमा सहयोगीको रुपमा सुरक्षाकर्मीलाई खटाइएको उल्लेख छ ।नेपाल प्रहरीका पूर्व अधिकारीहरुको सुरक्षार्थ खटिएका ३ सय १५ जना प्रहरीलाई फिर्ता बोलाउन गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई परिपत्र गरेको छ । पूर्व प्रहरी पदाधिकारीहरुले सुरक्षाका लागि भन्दै लिएर गएका सुरक्षाकर्मी मध्ये अधिकांशलाई घरमा कामदारको रुपमा राख्ने गरेको आरोप लाग्न थालेपछि गृहले उनीहरुलाई फिर्ता बोलाएको हो ।

बिस्केट जात्रासुरु, सुरक्षा व्यवस्था कडा - 2018-04-10

भक्तपुर,(प्रस):प्रसिद्ध सांस्कृतिक ऐतिहासिक महत्व बोकेकोे लिच्छवीकालीन बिस्केट जात्रा आजदेखि सुरु हुँदै छ ।

बिस्केट जात्रा भोलिबाट - 2018-04-09

भक्तपुर,(प्रस):भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने प्रसिद्ध बिस्केट जात्रा भोलिबाट सुरू हुँदैछ । जात्रालाई शान्तिपूर्ण रुपमा मनाउने सन्देश प्रवाह गर्न सोमबार बिहान विशाल सद्भाव एवं शान्ति र्‍याली प्रदर्शन गरिएको छ ।

नारायणी कागज कारखानामा आगलागी - 2018-04-04

चितवन:चितवनको भरतपुरस्थित नारायणी नेपाल कागज उद्योगमा आज बिहान आगलागी भएको छ ।

सरकारी घोषणाः धुलिखेलसम्मको रुट इजाजत खुला, इच्छुकले आजै परमिट पाउने - 2018-04-04

कोटेश्वर पूर्वका ११ वटा समितिले अरनिको राजर्मागमा बस रोकेपछि सरकारले अन्य व्यवसायी तथा कम्पनीलाई काठमाडाैंबाट धुलिखेलसम्मको रुट इजाजत लिन आउन आह्वान गरेको छ । यातायात व्यवस्था विभागले धुलिखेलसम्म चलाउन इच्छुकलाई बुधबार (अाज) नै सबै प्रक्रिया पुरा गरेर रुट दिने गरी यस्तो आह्वान गरेको हो ।

मृत्युदण्डको सजाय माग - 2018-04-02

काठमाडौ,(प्रस):महिला नेतृहरुले महिला हिंसाका दोषीलाई मृत्युदण्ड सम्मको सँजाय हुने गरि हिंसा विरुद्धका कानुन परिमार्जन गर्न सरकारलाई दबाब दिएका छन् ।

नक्कली चिकित्सकबाट युवती बलात्कृत - 2018-03-30

काठमाडौ,(प्रस):गङ्गालाल अस्पतालमा आमाको उपचार गर्न आएकी एक युवती नक्कली डाक्टरबाट बलात्कृत भएकी छन् ।

मलाला पाकिस्तान फर्किइन् - 2018-03-29

काठमाडौ,(प्रस):नोबेल शान्ति पुरस्कार विजेता युसुफजाई मलाला पाकिस्तान फर्किएकी छन् । तालिबान चरमपन्थीले गोली हानेपछि बेलायतको बर्मिङघममा बस्दै आएकी मलाला पहिलो पटक पाकिस्तान फर्किएकी हुन् ।

काठमाडौंमा स्मार्ट ट्राफिक लाइट बल्न थाल्यो - 2018-03-27

काठमाडौ,(प्रस): आजबाट काठमाडौंका ७ स्थानमा स्मार्ट ट्राफिक लाइट बल्न थालेको महानगरी ट्राफिक प्रहरी महाशाखाका प्रमुख डिआइजी सर्वेन्द्र खनालले जानकारी दिए।

वडाध्यक्षलाई ३७ वर्ष कैद - 2018-03-23

नुवाकोट, (प्रस): दुप्चेश्वर गाउँपालिका–१ घ्याङ्फेदीका वडाध्यक्ष सुनबहादुर तामाङलाई मानव बेचबिखन मुद्दामा दोषी ठहर गर्दै जिल्ला अदालतले ३७ वर्ष छ महिना कैद सजाय र दुई लाख ५० हजार रूपैयाँ जरिवानाको फैसला गरेको छ ।

जुनार सुपरजोनः भ्रमणका नाममा ५ लाख चट् - 2018-03-23

कार्यालय प्रमुख सिंहले यो आर्थिक वर्षको दोस्रो चौमासिकसम्ममा २ करोड रुपैयाँ सिध्याएप्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना जुनार सुपरजोनमा व्यवसायिक जुनार किसानहरुका लागि भन्दै राखिएको अबलोकन भ्रमण कार्यक्रमलाई परियोजना प्रमुख ललनकुमार सिंहले मनोरञ्जन भ्रमण बनाएपछि जुनार किसानहरु आक्रोसित भएका छन् ।

आवास अनुदान: १० अर्बको अख्तियारी - 2018-03-22

काठमाडौ,(प्रस):राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास अनुदानका लागि बिहीबार थप ९ अर्ब ९५ करोड रुपैयाँको अख्तियारी प्रदान गरेको छ ।

आजबाट एसईई सुरु:परीक्षामा ५ लाख विद्यार्थी - 2018-03-22

काठमाडौ,(प्रस):आजबाट देशभर माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएकाे छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार परीक्षामा ७७ वटै जिल्लाका एक हजार ९ सय ५६ केन्द्रमा ४ लाख ८५ हजार ५ सय ८६ परीक्षार्थी सहभागी छन् ।








Powered by: Exclusively Solution