समाज




१५ सय राहत पाएँ !


झापा:
झापा गाउँपालिका–२, सडकबारीका कैलाश राजवंशीले गत साउन २७ गते शुक्रबार बुबा कालिप्रसाद र आमा पार्वतीसँग भएको भेट नै अन्तिम भेट होला भनेर सोचेका पनि थिएनन् ।

तर, मतदाता परिचय पत्र बनाउनका लागि फोटो खिचाउन जाँदा बुबाआमासँग भएको त्यो भेट नै उनको अन्तिम भेट बन्यो । ‘फोटो खिचाउन जाने क्रममा बुबाको होटलमा निस्किएको थिएँ’, उनले सम्झिए, ‘त्यो दिन सामान्य कुराकानी भएको थियो । सुरुमा बुबाले मेरो खबर सोध्नु भयो’, उनले स्मरण गर्दै भने, ‘अनि, घरकै विषयमा केहीबेर कुराकानी भयो ।’

बुबाको शव भेटियो, आमाको अझै भेटिएन
सानोमाईको किनारमा वर्षौैंदेखि बस्दै आएका थिए, राजवंशी परिवार । घरमै सामान्य होटल चलाउँदै आएका थिए ।

‘दिउँसो होटलमा आउनेले बाढी आउँछ होला, मौसम राम्रो छैन भनेर पनि बुबालाई भन्दै थिए’, उनले सम्झिए, ‘पहिले–पहिले पनि यहाँ ठूलो भल आउँथ्यो । तर, केही भएको थिएन । त्यसैले बुबाले त्यसलाई गम्भीरतापूर्वक लिनु पनि भएन ।’

नभन्दै राति खोलामा पानी बढेर आयो । करिब ११ बजेपछि घर छोप्न थाल्यो । र, त्यहाँ रहेका कैलाशका बुबा कालिप्रसाद, आमा पार्वती र त्यहीँ बस्दै आएका माग्ने बुढा भनिने व्यक्तिलाई खोलाले बगाएर लग्यो ।

बुबा कालिप्रसादलाई भोलिपल्ट मृत भेटियो । माग्ने बुढा पनि मृत अवस्थामा भेटिए । तर, आमाको शव भने अझैसम्म भेटिएको छैन ।

‘भारतको विभिन्न ठाउँमा गएर पनि खोज्यौं तर, अझै अत्तोपत्तो छैन’, उनले भावुक हुँदै भने, ‘अनि, कुशको शव बनाएर किरिया बार्दै छु ।’

बुबाआमालाई सुख दिन विदेश जाने तयारीमा थिए कान्छो छोरो
नदी किनारमा भएको होटलबाट सामान्य आम्दानी आइरहेको थियो । सानो परिवार जसोतसो चलेकै थियो ।

उनीहरु खुशी थिए । यद्यपि, आमाबुबालाई सुख दिन जेठो छोरा कैलाश (३०) ले भाइ शंकर (२१) लाई वैदेशिक रोजगारीमा पठाउने निधो गरेका थिए ।

दाजुभाइले सल्लाह गरेर राजमिस्त्री काम गर्दै आएका कैलाशले भाइलाई विदेश पठाउन पैसाको जोहो पनि गरे । र, भाइ विदेश उड्ने मिति कुर्दै काठमाडौंमा बसेका थिए ।

तर, शंकरको मन त्यतिबेला छियाछिया भयो, जतिवेला उनले आमाबुबा दुवै बेपत्ता भएको खबर सुने । उनले बाबुको अन्तिम पटक अनुहारसम्म देख्न पाएनन् ।

बाटोमा पहिरो गएका कारण उनी बुबाको अन्त्येष्टि कार्यमा पनि सरिक हुन सकेनन् । झापा आएर आमाको शव खोजीमा लाग्ने उनले बताए ।

१५ सय राहतले कट्यो ५ दिन

बाढीले बुबाआमा दुवैलाई लगेर टुहुरो बनाए पनि अहिलेसम्म सरकारी स्तरबाट राहतको लागि केही पहल नभएको उनले गुनासो गरे ।
बुधबार बुबाआमाको किरिया बार्दै गर्दा भेटिएका उनले राहतको रुपमा स्थानीय र रेडक्रसले १५ सय रुपैयाँ उठाएर दिएको बताए ।
‘स्थानीयले सङ्कलन गरेको मुठी दानबाट १० किलो चामल पनि दिएको छ’, उनले सुनाए, ‘त्यसैको भरमा आजसम्म चलाइरहेका छौं ।’
बिहीबार भने सरकारले दुई लाख रुपैयाँ राहत दिएको कैलाशले टेलिफोन सम्पर्कमा बताए ।




Related Pictures:













Related News:

बैंककबाट फर्केपछि ओलीले भने– राजधानीमा अल्झेर आन्दोलन नगरौं - 2018-01-18

देउवाले भने- हारको समिक्षापछि बल्ल महासमिति बैठक हुन्छ - 2018-01-18

न्युयोर्कस्थित ट्रम्प टावरमा आगलागी - 2018-01-18

समानुपातिकबाट प्रदेशसभामा निर्वाचित सांसदकाे नामावली सार्वजनिक - 2018-01-18

शितलहर प्रभावित मुसहरको उपचार गर्न रौतहट हिँडे डाक्टर केसी - 2018-01-17





शितलहर प्रभावित मुसहरको उपचार गर्न रौतहट हिँडे डाक्टर केसी - 2018-01-17

शितलहरले रौतहटमा १९ जनाको मृत्यु भएको छ।त्रिवि शिक्षण अस्पतालका हाडजोर्नी विशेषज्ञ डाक्टर गोविन्द केसीले शितलहर प्रभावित मुसहरको उपचार गर्ने भएका छन्। रौतहटको गढीमाई नगरपालिकामा शितलहर प्रभावित मुसहरलाई डाक्टर केसीले शिविर चलाएर बिहीबारदेखि उपचार सुरु गर्ने उनका सहयोगी अभिषेकराज सिंहले जानकारी दिए।

कान्तिपुर पब्लिकेशनका अध्यक्ष शिरोहियाको कालो धन्दा सार्वजनिक - 2018-01-15

जग्गा फिर्ता लिन सिरोहियाले शक्तिको दुरुपयोग गरे: उद्योगी अजेयराज सुमार्गीद्योगी अजेयराज सुमार्गीले कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहियाले आफ्ना संचारमाध्यमको दुरुपयोग गर्दै आफूविरुद्ध लगातार समाचार सम्प्रेषण गरिरहेको आरोप लगाएका छन् । आज पत्रकार सम्मेलन गरेर उनले सिरोहियाले पहिल्यै बेचिसकेको जग्गा फिर्ता लिन ब्ल्याकमेल गरिरहेको बताए।

दक्षिण कोरियामा ग्याल्बो ल्होसार मनाउन शेर्पा संघ द्वारा आब्हान - 2018-01-14

दक्षिण कोरिया:शेर्पा संघ दक्षिण कोरियाले कोरियन नयाँ वर्ष (सलनाल) फरवरी 16 तारिक साँझ नेपालीको मौलिक पर्व स फ़ो. खि.लो 2145 औ ग्याल्बो ल्होसार सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागिरहेको अध्यक्ष सेर साङबो शेर्पाले बताउनुभयो l

कक्षा ११को नतिजा सार्वजनिक - 2018-01-13

काठमाडौं:राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११को नियमिततर्फको नतिजा सार्वजनिक गरेको छ । शनिबार बेलुकी एक सूचना जारी गर्दै बोर्डले परीक्षाको नतजिा सार्वजनिक भएको जनाएको छ ।

डा. केसी वीर अस्पतालमा भर्ना - 2018-01-09

काठमाडौं:प्रहरी हिरासतमा रहेका डा. गोविन्द केसीलाई वीर अस्पताल भर्ना गरिएको छ ।

डा. गोविन्द केसीको पक्राउको विरोधमा राजधानी लगायत उपत्यका बाहिर प्रदर्शन - 2018-01-09

बाबुराम भट्टराई, पूर्व स्वास्थ्यमन्त्री गगन थापा, विवेकशील साझा पार्टीका नेता रविन्द्र मिश्रलगायतको उपस्थितिअदालतको अबहेलना मुद्दामा पक्राउ परेका डा. गोविन्द केसीको पक्राउको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन भएको छ । बिहान ८ बजेदेखि नै राजनीतिक दलका नेता, पेसाकर्मी, कलाकार, विद्यार्थी तथा केसी समर्थकले प्रदर्शन गरेका हुन् ।

मानमर्दन नगर्न आयोगको चेतावनी - 2018-01-03

काठमाडौ:निर्वाचन आयोगले उत्तेजना फैलाउन तथा आफ्नो मानमर्दन गर्ने क्रियाकलाप नगर्न दलहरुलाई आग्रह गरेको छ ।

भूकम्पपीडित समस्यामा - 2018-01-02

सिन्धुली:जिल्लाका भूकम्पपीडित निर्माण सामग्री अभावका कारण समस्यामा परेका छन् । हार्डवयरदेखि स्थानीय कच्चा निर्माण सामग्रीको अभावमा भूकम्पपीडितले हैरानी खेप्नु परेको छ । पुस मसान्त नजिकिँदै गर्दा भूकम्पपीडित निर्माण सामग्रीको खोजीमा हार्डवेयर पसलमा सिमेन्ट, छडका लागि धाउँदै आएका छन् ।

आक्रोशित बिद्यार्थीद्वारा पूर्वाञ्चल विश्वबिद्यालय तोडफोड - 2017-12-14

पुनः परीक्षाको माग गर्दै विद्यार्थीहरु आन्दोलनमा उत्रिएपरीक्षा रद्ध गर्न माग गर्दै आन्दोलनमा उत्रिएका आक्रोशित विद्यार्थीले मोरङ गोठगाँउमा रहेका पूर्वाञ्चल विश्वविद्यालयको कार्यालयमा तोडफोड गरेका छन् । आन्दोलित विद्यार्थीको समूहले विहीवार विहान पूर्वाञ्चल विश्वबिद्यालय अन्तर्गत जीपी कोइराला कलेज अफ कृषि संकायको कार्यालयमा तोडफोड गरेका हुन् ।

पृथ्वी जयन्तीमा सार्वजनिक विदा - 2017-12-01

काठमाडौ,(प्रस):सरकारले पृथ्वीनारायण शाहको जन्मदिनमा सार्वजनिक विदा दिने भएको छ।

३ घन्टा खोज्दा पनि भेटिएन त्रिशुलीमा खसेको बस - 2017-11-29

काठमाडौ,(प्रस): काठमाडौंबाट अर्घाखाँची जादैँ गरेको बस बुधबार विहान चितवनको फिस्लिङबाट झण्डै २ सय मिटर तल त्रिशुली नदीमा खस्यो। चितवनबाट आइरहेको ट्रकलाई ठक्कर दिएर बस नदीमा खस्न पुग्यो। बस तल खस्दा उछिट्एिर ३० जना खसे ।

उदयपुरमा बम विस्फोट, कांग्रेस उम्मेदवारसहित ४ घाइते - 2017-11-29

उदयपुर:उदयपुरमा बुधबार बिहान बम विस्फोट हुँदा उम्मेदवारसहित चार जना घाइते भएका छन् ।

४० प्रतिशत मतदान सम्पन्न - 2017-11-26

काठमाडौ,(प्रस): प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत आज ३२ जिल्लामा मतदान जारी छ । निर्वाचन आयोगका अनुसार दिउँसो साँडे १२ बजेसम्म ४० प्रतिशत मतदान सम्पन्न भएको छ ।

प्रधानमन्त्रीले झूटो आश्वासन दिएको भन्दै तिङ्गलाले गर्‍यो मतदान बहिष्कार - 2017-11-26

नेचा सल्यान गाउँपालिकास्थित तिङ्लाबासीले स्थानीय चुनावमा भागै लिएनन्, न वडाबाट उम्मेदवार उठे न मतदान गरे। मतदाता परिचयपत्र लिन समेत गएनन्। प्रतिनिधिसभा र प्रदेशसभा चुनाव पनि सिंगो गाउँलेले आजको मतदान प्रक्रिया बहिस्कार गरेकाछन् ।

जीप दुर्घटनामा ७ को मृत्यु - 2017-11-25

रुकुम:रुकुम पश्चिमको मुसिकोट नगरपालिका ६ मा जीप दुर्घटना हुँदा नवदम्पती सहित सात जनाको मृत्यु भएको छ ।

आयोगले रोक्यो सरुवा - 2017-11-23

काठमाडौ,(प्रस): निर्वाचन आयोगले तीन प्रमुख जिल्ला अधिकारीसहित ६ कर्मचारीको काज सरुवामा सहमति नदिने निर्णय गरेको छ ।

चुनावी सभामै ढलेका जनवादी गायक खुसीरामको निधन - 2017-11-21

चितवन: भरतपुरको चुनावी सभामै ढलेका जनवादी गायक खुसीराम पाख्रिनको निधन भएको छ ।

प्रकाशको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि पेरिसडाँडामा राखिने, ४ बजेपछि पशुपतिमा अन्त्यष्टि गरिने - 2017-11-19

शोकमा प्रचण्ड परिवारदिवंगत प्रकाश दाहालको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि माओवादी केन्द्रको कार्यालयमा राखिने भएको छ ।दिउँसो साढे १ बजेदेखि श्रद्धान्जलीका लागि पार्टी कार्यालयमा राखिने र अपराह्न्न चार बजेपछि पशुपति अार्यघाटमा अन्त्यष्टि गरिने माअोवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।

प्रकाश दाहालको मृत्यु ‘सुतेकै ठाउँमा’ - 2017-11-19

प्रचण्डपुत्र प्रकाश दाहालको मृत्यु लाजिम्पाटस्थित आफ्नो निवासमा सुतेकै ठाउँमा भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।

मलामी बोकेको जिप दुर्घटना, १ को मृत्यु, ६ गम्भीर - 2017-11-16

गुल्मी:गुल्मीमा गएराति भएको जिप दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।

मकवानपुरमा दुर्घटना, ३ जनाको मृत्यु - 2017-11-15

मकवानपुर:हेटौँडाबाट नवलपरासीतर्फ जाँदै गरेको ना ३३ प ४६४८ नम्बरको मोटरसाइकललाई ना ७ ख ४८०७ नम्बरको टिपरले मकवानपुरमा हेटौँडा—नारायणघाट सडकखण्डको लेवटमा गएराति ठक्कर दिँदा मोटरसाइकल चालक र एक महिलासहित दुईको घटनास्थलमै मृत्यु भएको छ ।










Powered by: Exclusively Solution