समाज




सप्तरीमा बाढी आएकै बेला सिडियो फेरिँदा समस्या


पर्यटन र वातावरण मन्त्रीको मन्त्रीको हवाइ निरीक्षण
जिल्लामा बाढीले कति घर बगायो र कति क्षतिग्रस्त बनायो भन्ने आधिकारिक तथ्यांक अहिलेसम्म तयार भएको छैन । बाढी आएकै समयमा तत्कालीन प्रमुख जिल्ला अधिकारीको सरुवा गरिएपछि उद्धार कार्यमा अलमल भएको हो ।

नयाँ प्रमुख जिल्ला अधिकारीका रुपमा भागिरथ पाण्डे सोमबारमात्रै जिल्लामा हाजिर भए । उनले क्षतिको विवरण संकलनको काम भइरहेको बताएका छन् । यसअघिका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कट्वाल बाढी शुरु भएदेखि नै जिल्लाको विभिन्न ठाउँ आफैं पुगेका थिए । नयाँ प्रमुख जिल्ला अधिकारी पाण्डेले तथ्यांक संकलनसँगै उद्धारको काम पनि भइरहेको बताएका छन् ।

जिल्लाको सदरमुकाम राजविराज-९ का ५० परिवार विस्थापित भई स्थानीय विद्यालयमा शरण लिइरहेका छन् । यहाँका एक दर्जन घर स्थानीय भलुवाही खोलाले बगाएको छ ।

राजविराजकै वडा नम्बर १ (साविकको १०) का दुई सय परिवार विस्थापित भएका छन् । राजविराज-१५ स्थित देउरी भरुवाको हाल पनि बेहाल छ । यहाँका हरेक घर डुबानमा परेका छन् ।

जिल्लाको तिलाठी- कोइलाडी गाउँपालिकाको तिलाठीसहित रम्पुरा मल्हनियाँ, कोइलाडी बर्साइन, लौनियाँ, हनुमाननगर कंकालिनी नगरपालिकाको इनर्वा, हनुमाननगर, मधवापुर, पोर्ताहा, भारदह सबै जलमग्न भएका छन् । यी ठाउँका सबैको घरमा पानी पसेको छ भने पाँच सयभन्दा बढी घर क्षतिग्रस्त बनेका छन् ।

डुबानमा परेका यहाँका बासिन्दाहरु सडकमा त्रिपाल टाँगेर जीवनयापन गर्न बाध्य बनेका छन् । कतिपयको त्रिपालसमेत नहुँदा जनजीवन कष्टकर बनेको छ ।

खाँडो खोलाको बाँध विभिन्न ठाउँमा भत्किँदा राजविराज नगरपालिका अन्तर्गतको मलेठका घरघरमा पानी पसेको छ । खाँडोखोलाको बाढी रायपुरमा समेत पसेको छ । मलेठका ३ सयभन्दा बढी घर क्षतिग्रस्त बनेका छन् । खाँडो खोलाकै कारण रुपनी गाउँपालिका पनि जलमग्न बनेको छ ।

यस्तै खड्ग खोलाको बाँध भत्किँदा जिल्लाको बोदे बर्साइन, पातो, औरही, तरही, भुतही, गम्हरिया प्रवाहा, ब्रहमपुर, कविलास जलमग्न बनेको छ । यस क्षेत्रका पाँच सयभन्दा बढी घर बाढीसँगै बगेका छन् । बाढीले खड्ग नगरपालिकाको विभिन्न गाउँ डुबानमा परेको छ ।

त्यस्तै सुन्दरी खोलाको बाढीले जिल्लाको पूर्वी भेग डुबानमा पारेको छ भने कञ्चनरुप नगरपालिकाका विभिन्न गाउँमा सुन्दरी र बान्द्रा खोलाको बाढीको चपेटामा परेको छ ।

त्रियुगा खोलाको बाढीले सप्तकोशी नगरपालिका प्रभावित बनेको छ भने महुली खोलाको बाँध विभिन्न ठाउँमा भत्किँदा तिरहुत गाउँपालिका जलमग्न बनेको छ । महुली खोलाको बाढीले जिल्लाको जण्डौल, बकधुवा, सीतापुर, पोर्ताहासहितका गाउँ जलमग्न बनाएको छ ।

सरकारका दुईजना मन्त्रीले सप्तरीको बाढी क्षेत्रको हवाइ निरीक्षण गर्दै बाढीपीडितको उद्वार गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

हेलिकोप्टरबाट जिल्ला आएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्रनारायण देव र वातावरण मन्त्री मिथिला चौधरीले हेलिकप्टर मार्फत जिल्लाको बाढीको अवस्था निरीक्षण गरेका हुन् । उनीहरुले करिब ४५ मिनेटसम्म जिल्लाको बाढी हवाइ मार्गबाटै निरीक्षण गरे ।

निरीक्षण पश्चात राजविराजस्थित प्रमुख जिल्ला अधिकारीको निवासमा जिल्लाका सुरक्षा अधिकारीलाई बाढीपीडितको बचाउमा कुनै कमी नराख्न मन्त्रीले निर्देशन दिए । ‘जुनसुकै हालतमा बाढीमा फँसेकाहरुको उद्धार गर्नुस्’ पर्यटन मन्त्री देवले भने, ‘ज्यान जोगाउँदै पेट पाल्ने जोहो गर्नु आवश्यक छ ।’

मन्त्री देवले सरकारले बाढीपीडितको उद्धारका लागि इमान्दारीपूर्वक काम गर्ने बताउँदै पहिलो चरणमा बाढीप्रभावित जिल्लाहरुको मन्त्री एवं सांसदहरुले टोली बनाएर निरीक्षण गरेको बताए । उनले बाढीपीडितको उद्वार तथा अस्थायी आवासका साथै खानाका लागि काम गर्ने बताए । यसपछि क्षतिको विवरण संकलन गर्ने र अबिलम्ब राहतको प्याकेज बनाएर वितरण गर्ने सरकारको योजना रहेको उनले सुनाए ।

जिल्लामा भर्खरै आएका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेसहित सशस्त्र, जनपथ, नेपाली सेना र राष्ट्रिय अनुसन्धानका जिल्ला प्रमुखको सहभागिता रहेको बैठकमा मन्त्रीद्वय देव र चौधरीले जुनसुकै हालतमा पनि बाढीपीडितको रक्षा गरी अस्थायी बसोबास मिलाउन निर्देशन दिएका छन् ।




Related Pictures:













Related News:

एमालेका शीर्ष नेता अस्पतालमा, आजका सवै चुनावी कार्यक्रम स्थगित - 2017-11-19

प्रकाशको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि पेरिसडाँडामा राखिने, ४ बजेपछि पशुपतिमा अन्त्यष्टि गरिने - 2017-11-19

प्रकाश दाहालको मृत्यु ‘सुतेकै ठाउँमा’ - 2017-11-19

नुवाकोटमा शक्तिशाली एम्बुस विष्फोट, ५ जना कांग्रेस कार्यकर्ता घाइते - 2017-11-17

महरा, ओनसरी र पुनलाई लक्षित गरेर रेड बुल बम विस्फोट - 2017-11-17





प्रकाशको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि पेरिसडाँडामा राखिने, ४ बजेपछि पशुपतिमा अन्त्यष्टि गरिने - 2017-11-19

शोकमा प्रचण्ड परिवारदिवंगत प्रकाश दाहालको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि माओवादी केन्द्रको कार्यालयमा राखिने भएको छ ।दिउँसो साढे १ बजेदेखि श्रद्धान्जलीका लागि पार्टी कार्यालयमा राखिने र अपराह्न्न चार बजेपछि पशुपति अार्यघाटमा अन्त्यष्टि गरिने माअोवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।

प्रकाश दाहालको मृत्यु ‘सुतेकै ठाउँमा’ - 2017-11-19

प्रचण्डपुत्र प्रकाश दाहालको मृत्यु लाजिम्पाटस्थित आफ्नो निवासमा सुतेकै ठाउँमा भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।

मलामी बोकेको जिप दुर्घटना, १ को मृत्यु, ६ गम्भीर - 2017-11-16

गुल्मी:गुल्मीमा गएराति भएको जिप दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।

मकवानपुरमा दुर्घटना, ३ जनाको मृत्यु - 2017-11-15

मकवानपुर:हेटौँडाबाट नवलपरासीतर्फ जाँदै गरेको ना ३३ प ४६४८ नम्बरको मोटरसाइकललाई ना ७ ख ४८०७ नम्बरको टिपरले मकवानपुरमा हेटौँडा—नारायणघाट सडकखण्डको लेवटमा गएराति ठक्कर दिँदा मोटरसाइकल चालक र एक महिलासहित दुईको घटनास्थलमै मृत्यु भएको छ ।

कैलालीमा बस खस्दा तीनको मृत्यु, ३४ घाइते - 2017-11-12

कैलाली:कैलालीमा आइतबार बिहान यात्रुबाहक बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। बैतडीबाट महेन्द्रनगर आउँदै गरेको ना ७ ख २७२६ नम्बरको बस बिहान साढे पाँच बजे चुरे गाउँपालिका– ३ मा दुर्घटनामा परेको थियो।

१३ लाख ५५ हजार मतदाता थपिए - 2017-11-08

काठमाडौ,(प्रस): यसपालि १३ लाख ५५ हजार मतदाता थपिए, झापामा सबैभन्दा धेरै स्थानीय तहको निर्वाचनपछि मुलुकभर गरी १३ लाख ५५ हजार मतदाता थपिएका छन्।

धरहरा पुनर्निर्माणको जिम्मेवारी खोसिँदै - 2017-11-07

काठमाडौ,(प्रस): राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धरहराको पुनर्निर्माणको अधिकार आफूलाई दिन प्रस्ताव गरेको छ ।

निर्वाचन स्वच्छ र भयरहित बनाउन प्रहरीलाई गृहसचिवको निर्देशन - 2017-11-06

काठमाडौ,(प्रस): गृह सचिव मोहनकृष्ण सापकोटाले आसन्न प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्न सबै संयन्त्र तयार भएको बताएका छन् ।

जोशीको उम्मेदवारी खारेज - 2017-11-05

काठमाडौ,(प्रस): निर्वाचन आयोगले मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ तनहुँ जिल्लाको क्षेत्र नं १ बाट स्वतन्त्र उम्मेदवार भएका नेपाली काँग्रेसका नेता गोविन्दराज जोशीको उम्मेदवारी कायम नरहने निर्णय गरेको छ ।

सेनामा २७ सय जनालाई जागिरको मौका - 2017-10-08

काठमाडौ,(प्रस): नेपाली सेनामा २७ सय पदमा भर्ना खुलेको छ । आइतबार एक सूचना जारी गर्दै सेनाको भर्ना छनौट निर्देशनालयले विभिन्न पदहरुमा खुला दरखास्त आह्वान गरेको छ ।

दसैँका लागि अग्रिम टिकट बुकिङ खुला - 2017-09-12

काठमाडौ,(प्रस): दसैँका लागि उपत्यकाबाट आ–आफ्नो घर जाने सर्वसाधारणका लागि आजबाट सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ खुला भएको छ ।

बाढीले ८ सय रोपनी खेत बगर बनायो - 2017-09-01

गुल्मी:यस वर्षको बाढीले गुल्मीका करिव ८०० रोपनी खेतीयोग्य जमिनमा क्षति पुगेको छ । जिल्लाको बडिगाढ खोलाले सबै भन्दा बढी धानसहितको खेतमा क्षति पुर्‍याएको छ ।

जोखिमपूर्ण डुङ्गा चढेर वारपार गर्छन् स्थानीय - 2017-08-28

सुर्खेत:जिल्ला सदरमुकाम तातापानीका स्थानीयहरु सुदरमुकाम पुग्न वर्षायाममा पनि डुङ्गाको जोखिमपूर्ण यात्रा गर्न वाध्य भएका छन् ।

राप्रपाले दल दर्ता गरायो - 2017-08-27

काठमाडौ,(प्रस): राप्रपाले संघीय र प्रदेश संसदको निर्वाचन प्रयोजनका लागि आइतबार निर्वाचन आयोगमा दल दर्ता गराएको छ ।

संविधान संशोधन विधेयक आज निर्णयार्थ पेस गर्ने तयारी - 2017-08-21

व्यवस्थापिका संसद बैठक आजपनि बस्ने भएको छ । आज दिउँसो १ बजे बस्ने बैठकमा सरकारले संविधानको दोस्रो संशोधन विधेयक निर्णयार्थ पेस गर्ने तयारी गरेको छ । प्रधानमन्त्री निर्वाचनमा सत्तारूढ गठबन्धनलाई साथ दिएको राप्रपाले समेत विपक्षमा मतदान गर्ने निर्णय गरेका कारण संशोधन विधेयक पारित नहुने निश्चितप्राय छ ।

सुरु भयो नेपाल पत्रकार महासंघको महाधिबेशन - 2017-08-20

तिलक अधिकारी, काठमाडौपत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशन आजदेखि सुरु भएको छ । ‘व्यवसायिक पत्रकारिताको आधार, प्रेस स्वतन्त्रता र श्रम अधिकार’ भन्ने मूल नाराका साथ काठमाडौंमा महाधिवेशन सुरु भएको हो । महाधिवेशनको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका छन् ।

बर्दियामा त्रिपाल र झुल वितरण - 2017-08-18

बर्दिया: साउन २७ गते देखि निरन्तर परेको अबिरल वर्षका बर्दियाको बबई नदीमा आएको बाढीले गुलरिया नगरपालिका वडा नं. ११ र १२ मा ५० घर पूर्ण रुपमा ध्वस्त पारे पनि सरकारी राहत हाल सम्म नपुगेको पिडितहरुले गुनासो गरेका छन् ।

लगातारको पानीले सुत्केरी र शिशु जोगाउनै हम्मे - 2017-08-18

प्रदेश संबाददाता, नेपालगञ्जअघिल्लो साँझदेखि नै सुरु भएको झरी बिहान झिसमिसे हुँदा पनि थामिएको थिएन । शौच गर्न उठेका नरबहादुर पुनले आँगनमा पानी भरिएको देखे । फर्केर पालीमा पस्दा नपस्दै उनी सुतेको ओछ्यानसम्मै पानी भरियो ।

१५ सय राहत पाएँ ! - 2017-08-18

झापा:झापा गाउँपालिका–२, सडकबारीका कैलाश राजवंशीले गत साउन २७ गते शुक्रबार बुबा कालिप्रसाद र आमा पार्वतीसँग भएको भेट नै अन्तिम भेट होला भनेर सोचेका पनि थिएनन् ।

सप्तरीमा बाढी आएकै बेला सिडियो फेरिँदा समस्या - 2017-08-17

पर्यटन र वातावरण मन्त्रीको मन्त्रीको हवाइ निरीक्षणजिल्लामा बाढीले कति घर बगायो र कति क्षतिग्रस्त बनायो भन्ने आधिकारिक तथ्यांक अहिलेसम्म तयार भएको छैन । बाढी आएकै समयमा तत्कालीन प्रमुख जिल्ला अधिकारीको सरुवा गरिएपछि उद्धार कार्यमा अलमल भएको हो ।

१९० डीएसपीको सरुवा (सूचीसहित) - 2017-08-17

काठमाडौ,(प्रस): नेपाल प्रहरीका १ सय ९० प्रहरी नायव उपरीक्षक (डीएसपी)को सरुवा गरिएको छ । नेपाल प्रहरीको प्रहरी प्रधान कार्यालयले बिहीबार नै डिएसपीहरुको सरुवा गरेको हो ।










Powered by: Exclusively Solution