समाज




परम्परागत सांस्कृतिक उत्सव गाईजात्रा मनाइँदै


प्रदेश संबाददाता, काठमाडौं
भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

एक वर्षभित्र दिवङ्गत आफन्तको सम्झनामा आज गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना इलाकामा परिक्रमा गराइने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ । यसरी नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।

राजा प्रताप मल्लले पुत्रशोकले विह्वल आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन जनतालाई ‘आआफ्नो मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएकामा यतिले पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम पनि गराउने आदेश दिएअनुरूप जात्राको प्रचलन चलेको बताइन्छ ।

यसै बेलादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजप्रासाद भएर जानुपर्ने प्रथा अहिले पनि कायमै छ । देशका विभिन्न शहरमा गाईजात्रा मनाइए पनि काठमाडौं उपत्यकामा यसको विशेष रौनकता हुन्छ । भाद्र कृष्णाष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा ‘रामायण’का करुण रसका गीत पनि गाइन्छन् ।

व्यवस्थाप्रति व्यङ्ग्य गरेको भन्दै विसं २०१७ पुस १ गतेको ‘शाही कू’ पछि गाईजात्रामा पनि प्रतिबन्ध लागेकोसंस्कृतिविद् सत्यमोहन जोशी सम्झन्छन् । ‘विसं २०३३ मा नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानले महोत्सवका रुपमा झाँकी र हास्यव्यङ्ग्यसहित गाईजात्रा मनायो, त्यसपछि प्रज्ञाले सात वर्षसम्म यसलाई निरन्तरता दियो’, त्यसबेलाको घटना सम्झँदै उनले भने ।

हास्यव्यङ्ग्यले बुझ पचाएर जथाभाबी गर्नेलाई सचेत गराउने र अनर्थकतामा सार्थकता झल्काउने संस्कृतिविद् जोशीको भनाइ छ । जात्राका क्रममा पाटनमा देखाइने सत्ययुगको धानचामलको नमुना तथा काठमाडौंको ठमेलमा स्वर्ण र रजताक्षरमा लेखिएका पुस्तक विशेष दर्शनीय मानिन्छन् ।

आजभोलि गाईजात्राका अवसरमा समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गर्न सार्वजनिक रूपमा मनोरञ्जनात्मक तथा व्यङ्ग्यात्मक ढङ्गले विविध कार्यक्रमको आयोजना गर्ने र पत्रपत्रिकामा पनि सामाजिक कुरीतिलाई समेटेर हास्यव्यङ्ग्य अङ्क प्रकाशन गर्ने गरिन्छ ।

गाईजात्रा पर्व काठमाडौं उपत्यकालगायत बनेपा, धुलिखेल, पनौती, बाह्रबिसे, त्रिशूली बजार, चरीकोट, दिक्तेल, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगन्ज, हेटौँडा र पोखरालगायत स्थानमा मनाइन्छ । गाईजात्राका अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने गरेको छ ।




Related Pictures:













Related News:

दसैँका लागि अग्रिम टिकट बुकिङ खुला - 2017-09-12

जय र लक्ष्मीको मृत्युदण्ड सार्वजनिक - 2017-09-12

निडर कंगनाको चलचित्र निर्देशन गर्ने चाहना - 2017-09-12

प्रधानमन्त्री देउवा आज २ नम्बर प्रदेशको चुनावी सभा गर्न त्यसतर्फ - 2017-09-12

रौतहटमा निर्वाचन आचारसंहिताको गंभीर उलंघनमा दलहरुको प्रतिस्पर्धा - 2017-09-10





दसैँका लागि अग्रिम टिकट बुकिङ खुला - 2017-09-12

काठमाडौ,(प्रस): दसैँका लागि उपत्यकाबाट आ–आफ्नो घर जाने सर्वसाधारणका लागि आजबाट सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ खुला भएको छ ।

बाढीले ८ सय रोपनी खेत बगर बनायो - 2017-09-01

गुल्मी:यस वर्षको बाढीले गुल्मीका करिव ८०० रोपनी खेतीयोग्य जमिनमा क्षति पुगेको छ । जिल्लाको बडिगाढ खोलाले सबै भन्दा बढी धानसहितको खेतमा क्षति पुर्‍याएको छ ।

जोखिमपूर्ण डुङ्गा चढेर वारपार गर्छन् स्थानीय - 2017-08-28

सुर्खेत:जिल्ला सदरमुकाम तातापानीका स्थानीयहरु सुदरमुकाम पुग्न वर्षायाममा पनि डुङ्गाको जोखिमपूर्ण यात्रा गर्न वाध्य भएका छन् ।

राप्रपाले दल दर्ता गरायो - 2017-08-27

काठमाडौ,(प्रस): राप्रपाले संघीय र प्रदेश संसदको निर्वाचन प्रयोजनका लागि आइतबार निर्वाचन आयोगमा दल दर्ता गराएको छ ।

संविधान संशोधन विधेयक आज निर्णयार्थ पेस गर्ने तयारी - 2017-08-21

व्यवस्थापिका संसद बैठक आजपनि बस्ने भएको छ । आज दिउँसो १ बजे बस्ने बैठकमा सरकारले संविधानको दोस्रो संशोधन विधेयक निर्णयार्थ पेस गर्ने तयारी गरेको छ । प्रधानमन्त्री निर्वाचनमा सत्तारूढ गठबन्धनलाई साथ दिएको राप्रपाले समेत विपक्षमा मतदान गर्ने निर्णय गरेका कारण संशोधन विधेयक पारित नहुने निश्चितप्राय छ ।

सुरु भयो नेपाल पत्रकार महासंघको महाधिबेशन - 2017-08-20

तिलक अधिकारी, काठमाडौपत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशन आजदेखि सुरु भएको छ । ‘व्यवसायिक पत्रकारिताको आधार, प्रेस स्वतन्त्रता र श्रम अधिकार’ भन्ने मूल नाराका साथ काठमाडौंमा महाधिवेशन सुरु भएको हो । महाधिवेशनको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका छन् ।

बर्दियामा त्रिपाल र झुल वितरण - 2017-08-18

बर्दिया: साउन २७ गते देखि निरन्तर परेको अबिरल वर्षका बर्दियाको बबई नदीमा आएको बाढीले गुलरिया नगरपालिका वडा नं. ११ र १२ मा ५० घर पूर्ण रुपमा ध्वस्त पारे पनि सरकारी राहत हाल सम्म नपुगेको पिडितहरुले गुनासो गरेका छन् ।

लगातारको पानीले सुत्केरी र शिशु जोगाउनै हम्मे - 2017-08-18

प्रदेश संबाददाता, नेपालगञ्जअघिल्लो साँझदेखि नै सुरु भएको झरी बिहान झिसमिसे हुँदा पनि थामिएको थिएन । शौच गर्न उठेका नरबहादुर पुनले आँगनमा पानी भरिएको देखे । फर्केर पालीमा पस्दा नपस्दै उनी सुतेको ओछ्यानसम्मै पानी भरियो ।

१५ सय राहत पाएँ ! - 2017-08-18

झापा:झापा गाउँपालिका–२, सडकबारीका कैलाश राजवंशीले गत साउन २७ गते शुक्रबार बुबा कालिप्रसाद र आमा पार्वतीसँग भएको भेट नै अन्तिम भेट होला भनेर सोचेका पनि थिएनन् ।

सप्तरीमा बाढी आएकै बेला सिडियो फेरिँदा समस्या - 2017-08-17

पर्यटन र वातावरण मन्त्रीको मन्त्रीको हवाइ निरीक्षणजिल्लामा बाढीले कति घर बगायो र कति क्षतिग्रस्त बनायो भन्ने आधिकारिक तथ्यांक अहिलेसम्म तयार भएको छैन । बाढी आएकै समयमा तत्कालीन प्रमुख जिल्ला अधिकारीको सरुवा गरिएपछि उद्धार कार्यमा अलमल भएको हो ।

१९० डीएसपीको सरुवा (सूचीसहित) - 2017-08-17

काठमाडौ,(प्रस): नेपाल प्रहरीका १ सय ९० प्रहरी नायव उपरीक्षक (डीएसपी)को सरुवा गरिएको छ । नेपाल प्रहरीको प्रहरी प्रधान कार्यालयले बिहीबार नै डिएसपीहरुको सरुवा गरेको हो ।

एमालेको राहतसंकलन अभियान - 2017-08-16

काठमाडौ,(प्रस): वाढी पिडितहरुको सहयोगका लागि नेकपा एमाले ५ नम्वर वडा समितिले काठमाडौको हाँडीगाउँमा राहतसंकलन अभियान थालेको छ ।

बाढी पहिरोमा ज्यान गुमाउनेको संख्या १०० पुग्यो - 2017-08-15

प्रदेश संबाददाता, काठमाडौंदेशका विभिन्न ठाउँमा आएको बाढी पहिरोमा परी ज्यान गुमाउनेको संख्या १०० पुगेको छ । गृह मन्त्रालय प्रवक्ता रामकृष्ण सुवेदीका अनुसार अहिलेसम्म १ सय १५ जनाको ज्यान गएको पुष्टि भएको छ । बाढी पहिरोमा ३८ जना बेपत्ता भएका छन् ।

मुलुकका विभिन्न स्थानमा ५१ जनाको मृत्युः १२ जना बेपत्ता - 2017-08-13

प्रदेश संबाददाता, काठमाडौंगातारको वर्षासँगै मुलुकका विभिन्न स्थानमा आएको बाढी र पहिरोमा परी ५१ जनाको मृत्यु भएको छ भने १२ जना बेपत्ता भएका छन् । आज बिहानसम्म मलुकका १३ जिल्लाहरु पाँचथर, सिन्धुली, मोरङ, सुनसरी, सर्लाही, बारा, दाङ, बाँके, मकवानपुर, सुर्खेत, रौतहट र पाल्पामागरी ५१ जनाको मृत्यु भएको गृहमन्त्रलायले जनाएको छ ।

कास्कीको माछापुच्छ्रेमा भीषण पहिरो, १३ घर पुरिए - 2017-08-09

कास्की:कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं ५ रिभानमा मंगलबार राति भीषण बाढी पहिरो गएको छ । पहिरोसंगै आएको बाढीले १३ घरमा पूर्ण क्षति पुगेको छ।

गोविन्द केसीको समर्थनमा देशभरका चिकित्सक आन्दोलनमा - 2017-08-09

प्रदेश संबाददाता, काठमाडौंदेशभरका सरकारी स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन् । चिकित्सा क्षेत्रका विविध माग राखेर अनसनरत डा. गोविन्द केसीको माग र उनको जीवनप्रति सरकार गम्भीर नभएको भन्दै उनीहरु बुधबारदेखि आन्दोलनमा उत्रिएका हुन् ।

परम्परागत सांस्कृतिक उत्सव गाईजात्रा मनाइँदै - 2017-08-08

प्रदेश संबाददाता, काठमाडौंभाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

चिहानबाटै गहना चोरी - 2017-08-07

इलाम:इलामको माईजोगमाई गाउँपालिका-४ नामसालिङमा माटोमा गाडिएको शव खनेर सुनका गहना चोरी भएको छ । चिहानमा शवसँगै गाडिएको चार आनाको मङ्गलसूत्र चोरी भएको हो ।

निकास नहुदाँ टोल दुर्गन्धीत - 2017-08-07

बाँके:नेपालगंज वर्डा नं. ६ मा संसदीय बिकास कोषबाट जिल्ला समन्वय समिति नेपालगंजले टेन्डर मार्फत १० लाख लागतमा पानी निकासका लागि निमार्ण गएिको नालाको पानीको निकास नहुदा नाला दिन प्रतिदिन दुर्गन्धीत हुदै गए पनि स्थानीय निकायले कुनै चासो दिएको छैन् ।

बागलुङको पहिरोमा एकको मृत्यु, पाँच जना वेपत्ता - 2017-08-04

बागलुङको ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिकाका विभिन्न ठाउँमा गएको पहिरोका कारण एक जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर पाँच जना वेपत्ता भएका छन् ।

फिल्म "ग्याङ्ग्स्टार ब्लुज" को अफर : ५० हजारको मोबाईल सहित २० जनालाई प्रिमियर पास - 2017-08-03

सुवास संकल्प, ईटहरी: नेपालमा फिल्म चलाउन महिना दिन पहिले बाटै ठाउ-ठाउमा विभिन्न खाले कार्यक्रम तथा सामाजिक संजालमा ब्यापक उत्रिने प्रचलन बड्दो छ l यहि क्रममा रिलिजको नजिकै आउदै गरेको "ग्याङ्ग्स्टार ब्लुज" ले पनि यस्तै खाले प्रचार शैलीलाई अगाडि सारेको छ l










Powered by: Exclusively Solution