अर्थ / व्यापार




नवलपरासीमा केरा खेती बढदै


रबिन्द्र यादव, परासी:
पछिल्लो समयदेखि नवलपरासीमा केरा खेती बढदै गएको छ । जिल्लाको गण्डक कमाण्ड क्षेत्रका किसानहरु उखुखेती विस्तारै छाडदै केरा खेतीतर्फ उन्मुख हुदै गएका छन् ।
 किसानहरुका लागि केरा खेती नगदेबाली र मुख्य आम्दानीको श्रोतको रुपमा स्थापित हुदै गएपछि यस क्षेत्रका किसानहरु केरा खेती तर्फ आकर्षित हुदै गएका हुन ।

केरा खेती गत वर्ष जिल्लामा ७ सय ५० हेक्टेयर क्षेत्रफमा भई जिल्लामा कुल १२ हजार २ सय ५० मेट्रिक टन केरा उत्पादन भएको थियो । गत वर्षको तुल्नामा यसवर्ष केरा खेतीमा किसानहरुको बढदो आकर्षणले केरा खेतीमा ४० हेक्टेयर क्षेत्रफल बढी कुल ७ सय ९० हेक्टेयर क्षेत्रफलमा खेती भएको छ । यस खेतीले जिल्लामा करिब १४ हजार मेट्रिक टन केरा उत्पादन हुने अनुमान गरिएको छ । 

जिल्लाको गण्डक कमाण्ड क्षेत्रका साविक गाविसहरु गुठीपर्साैनी, पक्लिहवा, जमुनिया, गुठीसुर्यपुरा, कुडिया, र भित्री मधेशका कावासोती, नारायणी, चोरमारा लगायतका ठाउँहरु केराको मुख्य पकेट क्षेत्रको रुपमा रहेका छन् । जिल्लामा कृषकहरुले टिसु कल्चर, जि नाइन, रोबेष्टा, हरिछाल, भिम प्लस, मालभोग, बिलियम हाईब्रिड उन्नत जातका केरा खेतीहरु गरेको जिल्ला कृषि विकास कार्यालयका बागबानी विकास अधिकृत बालगोविन्द त्रिपाठीले बताउनु भयो  ।

केरा खेती नगदेबाली र लाभदायक भएकै कारण गण्डक क्षेत्रका किसानहरु उखु खेती छाडी वर्षेनी १५ देखि २० प्रतिशतले केरामा आकर्षित हुदै गएका छन् । उखुको भुक्तान र उचित मुल्यको समस्याले यस क्षेत्रका किसानहरु व्यवसायिक केरा खेतीमा आकर्षित हुदै गई प्रति हेक्टेयर १६ मेट्रिक टन केरा उत्पादन गरिरहेका छन् । सरकारले केराका लागि बिमा निती, बजार व्यवस्थापन, उचित सिंचाईको सुविधा, बिउबिजन, मलखाद, किटनाशक, अनुदान, प्राविधिक परामर्श, र भारतीय केरा नेपाली बजारमा रोक लगाउन किसानका लागि अति आवश्यक रहेको केरा उत्पादक कृषक समितिका अध्यक्ष उत्रि चन्दले बताउनु भयो ।




Related Pictures:













Related News:

दसैँका लागि अग्रिम टिकट बुकिङ खुला - 2017-09-12

जय र लक्ष्मीको मृत्युदण्ड सार्वजनिक - 2017-09-12

निडर कंगनाको चलचित्र निर्देशन गर्ने चाहना - 2017-09-12

प्रधानमन्त्री देउवा आज २ नम्बर प्रदेशको चुनावी सभा गर्न त्यसतर्फ - 2017-09-12

रौतहटमा निर्वाचन आचारसंहिताको गंभीर उलंघनमा दलहरुको प्रतिस्पर्धा - 2017-09-10





उपत्यकाका १३ स्थानमा आजदेखि सुपथ मूल्य पसल सञ्चालन - 2017-09-01

काठमाडौ,(प्रस): सरकारले चाडपर्वलाई लक्षित गरेर आजदेखि उपत्यकाका विभिन्न १३ ठाउँमा सहुलियत मूल्य पसल सञ्चालन गर्ने भएको छ । चाडपर्वमा उपभोक्तलाई दैनिक उपभोग्य वस्तुमा राहत दिन सुपथ मूल्य पसल सञ्चालन गर्न लागिएको हो ।

बाढीपीडितलाई पठाइएको सरकारी राहतमा गोबर र ढुंगामाटो ! - 2017-08-28

यो दूर्भाग्य हो, कारबाही गरिन्छ: आपूर्ति मन्त्रीनेपाल खाद्य संस्थानले बाढीपीडितलाई पठाउन लागेको राहतमा चरम लापरवाही भएको देखिएको छ । संस्थानले तराईका बाढीपीडितलाई पठाउन तयारी अवस्थामा राखेको सिमीमा एक किलोसम्मका ढुंगा, गोबर, माटो र बालुवा पाइएको छ ।

कृषिलाई मुख्य आधार नमान्दा नेपालले १० देखि १५ प्रतिशत घाटा ब्यहोर्दै - 2017-08-22

वि.सं २०४७ सालसम्म नेपाल अन्य देशका लागि कृषिउपज निर्यात गर्ने देशको लिस्टमा थियो । ०४७ पछि नै नेपाल कृषिउपज आयात गर्ने देशमा पर्न थाल्यो । नेपाल कृषिको क्षेत्रमा अन्य देशको तुलनामा निकै सम्भावना रहेको देश हो ।

नाकाबन्दी बेला चम्किएको नाकामा भारतीयको अवरोध - 2017-08-09

पेट्रोलियम पदार्थ बोकेका सवारी साधन पनि लाइनमाभैरहवा: भारतीय सुरक्षाकर्मीको अवरोधका कारण नेपाल भारतको व्यापारमा गम्भिर असर पर्न थालेको छ।विना कुनै कारण भारतीय सुरक्षाकर्मीले प्रत्येक गाडीको चेकजाँच गर्न थालेपछि भारतबाट सामान बोकेका सवारी साधन सहज रुपमा भित्रिन सकेका छैनन्। भारतीय सुरक्षाकर्मीले नाकाबन्दीको बेलामा जस्तै सुरक्षा चेकजाँच गरेका छन्। भारतीय सुरक्षाकर्मीले चेकजाँचमा कडाइ गर्नुको कारण केही खुलाएका छैनन्।

५१ हजार फर्मले तिरेनन् भ्याट - 2017-08-02

काठमाडौ,(प्रस): राजश्व आर्जनको मूख्य स्रोत मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता भएर पनि झण्डै ५१ हजार र्फमले विवरण बुझाएका छैनन । आन्तरिक राजश्व विभागका अनुुसार गत जेठसम्ममा दर्ता भएकामध्ये झण्डै ३० प्रतिशत र्फमले भ्याट तिरेका छैनन् ।

नवलपरासीमा केरा खेती बढदै - 2017-08-01

रबिन्द्र यादव, परासी:पछिल्लो समयदेखि नवलपरासीमा केरा खेती बढदै गएको छ । जिल्लाको गण्डक कमाण्ड क्षेत्रका किसानहरु उखुखेती विस्तारै छाडदै केरा खेतीतर्फ उन्मुख हुदै गएका छन् ।

कलर आईडी सेवा निःशुल्क, कल ट्रान्सफरको पनि पैसा नलाग्ने - 2017-07-18

काठमाडौ,(प्रस): नेपाल टेलिकमले ल्याण्डलाइन टेलिफोनमा फोन गरेको नम्बर देखिने सुविधा (कलर आईडी) सेवा निःशुल्क प्रदान गर्ने भएको छ । साथै कल डाइभर्ट लगायतका पुरक सुविधाको पनि पैसा नलाग्ने भएको छ ।

आउँदो शनिवार बैंक बन्द नहुने - 2017-07-18

काठमाडौ,(प्रस): नेपाल राष्ट्र बैंकले आउँदो शनिवार पनि बैंक तथा वित्तीय संस्था खोल्न निर्देशन दिएको छ।

खाद्यान्नको भाउ गत बर्षभन्दा सस्तो - 2017-07-18

काठमाडौ,(प्रस): मूल्य बृद्धि थप घटेको छ। जेठ मसान्तको मूल्य बृद्धि २.८ प्रतिशत कायम भएको छ। गत बर्ष मूल्य बृद्धि दर ११.१ प्रतिशतले बढेको थियो। गत बर्षको उच्च मूल्य बृद्धिको आधार र आपूर्ति ब्यवस्थामा आएको सुधारका कारण मूल्य बृद्धि दर घटेको हो।

निर्वाचन आयोगले स्थानीय तह चुनाबमा सवा ६ अर्ब खर्च गर्यो, तीन अर्ब सरकारलार्इनै फिर्ता - 2017-07-18

काठमाडौ,(प्रस): निर्वाचन आयोगले स्थानीय तह निर्वाचन शीर्षकमा हालसम्म छ अर्ब ३० करोड ४६ लाख खर्च भएको जनाएको छ ।सरकारले स्थानीय तह निर्वाचनका लागि आयोगलाई रु १० अर्ब २८ करोड रकम उपलब्ध गराएको थियो ।

पेट्रोलियम पदार्थ खरिद विक्रि ठप्प - 2017-07-18

काठमाडौ,(प्रस): बाग्मती पेट्रोलियम डिलर्स एशोसिएशनले सरकारले आफुहरुको माग पुरा नगरेको भन्दै मंगलबारदेखि पेट्रोलिय पदार्थको खरिद विक्रि ठप्प पारेका छन् ।

औद्योगिक क्षेत्रको विकासमा सहकार्य गरेर अघि बढ्ने नेपाल-चीनबीच सहमति - 2017-07-07

प्रशान्त कार्की:नेपाल र चीनबीच औद्योगिक क्षेत्रको विकासमा सहकार्य गरेर अघि बढ्ने सहमति भएको छ । नेपाल–चीनबीच उद्योगको दर्ता, स्थापना, संचालन र त्यसका वैदेशिक लगानी भित्र्याउन उचित वातावरण बनाउने उद्देश्यका साथ औद्योगिक क्षेत्रको विकासमा सहकार्य गरेर अघि बढने समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

राष्ट्र बैंकले ‘नोट प्रर्दशनी कक्ष’ निर्माण गर्ने - 2017-07-07

काठमाडौ,(प्रस): नेपाल राष्ट्र बैंकले ‘नोट प्रर्दशनी कक्ष’ निर्माण गर्ने भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले नोटहरुलाई संकलन गरेर राख्न नयाँ प्रर्दशनी कक्ष निर्माण गर्न लागिएको जानकारी दिनु भएको हो ।

नेपाल–चीन परामर्श संयन्त्रको बैठक सुरु - 2017-06-20

नेपाल–चीन आर्थिक सहयोग, लगानी, व्यापार र दुई देशबीच सतह र हवाईमार्गबाट सम्पर्क विस्तारलगायत विषयमा परामर्श गर्ने कार्यक्रम छ ।नेपाल–चीन परामर्श संयन्त्रको ११ औँ बैठक आज परराष्ट्र मन्त्रालयमा सुरु भएको छ । चार वर्षको अन्तरालमा भएको उक्त बैठकमा नेपाल–चीन सम्बन्धका साथै दुई मुलुकबीचको राजनीतिक सम्बन्ध, नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको छ ।

सवारी चालक अनुमति पत्रको परीक्षा चुनावपछि मात्र - 2017-06-19

काठमाडौ:वाग्मती अञ्चल यातायात व्यवस्था कार्यालय एकान्तकुनाबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स)को परीक्षा लिने र परीक्षण गर्ने (ट्रायल) लिने काम बन्द भएको छ ।

बैदेशिक रोजगारीबाट फर्किएका युवाले खोले स्वीमिङ पुलसहितको रिसोर्ट - 2017-06-19

फलेवास,पर्वत:डेढ करोडको लागतमा धौलागिरि अञ्चलमा नै पहिलोपटक स्वीमिङ पुलसहितको रिसोर्ट निर्माणको अन्तिम चरणमा पुगेको छ ।

इन्टरनेट सम्वन्धि 'एनपिएनओजी-२' कार्यशाला सम्पन्न, फेसबुक लगायतका संस्था सहभागि - 2017-06-19

काठमाडौ:इन्टरनेट एक्सचेन्ज नेपाल र नेपाल नेटवर्क अपरेटर्स ग्रुपले राजधानीमा इन्टरनेट प्रोटोकलसँग सम्वन्धि चार दिने कार्यशाला सम्पन्न गरेका छन्। 'एनपिएनओजी २' नाम दिइएको कार्यशालामा नेटवर्क र इन्टरनेट एक्सचेञ्जका बिभिन्न आयामबारे छलफल भएको थियो।

मेयर खत्रीको सम्पती विवरण सार्वजनिक - 2017-06-07

सिन्धुली:कमलामाई नगरपालिका सिन्धुलीका मेयर खड्ग खत्रीले आफ्नो सम्पती विवरण सार्वजनिक गर्नुभएको छ ।

आजदेखि बजार अनुगमन - 2017-06-06

आपूर्ति व्यवस्थापन तथा उपभोक्ताहित संरक्षण विभागको नेतृत्वमा आजदेखि एक सातासम्म छड्के रूपमा बजार अनुगमन गरिने भएको छ । विभागले पत्रकार सम्मेलन गरी आजदेखि २९ गते सोमबारसम्म उपत्यकाका विभिन्न ठाउँका बजारको विशेष रूपमा छड्के अनुगमन गरिने जानकारी गराइएको हो ।

वर्ल्डलिंक इन्टरनेट सेवामा एग्रेसिभ, दश लाख घरमा इन्टरनेट पुर्याउने - 2017-04-23

काठमाडौ,(प्रस): वर्ल्डलिंक कम्युनिकेशनले तीन वर्षमा चार अर्ब लगानी थपेर मुलुकका दश लाख घरमा विश्वस्तरीय इन्टरनेट पुर्याउने भएको छ।

वीरगञ्जको सुख्खा बन्दरगाह: ढुवानी व्यवसायीको दादागिरी - 2017-04-23

वीरगञ्ज (प्रस):वीरगञ्जस्थित सिर्सिया सुख्खा बन्दरगाहका ट्रक व्यवसायीको सिन्डिकेटले व्यवसायनै प्रभावित हुन थालेको छ। ट्रक व्यवसायीको सिन्डिकेटपछि कतिपय व्यवसायीले भैरहवा र विराटनगरबाट सामान ल्याउन थालेका छन्। पोषक दाना उत्पादक ओम चावो विरो चैनपुरका संचालक सुरेश रुगंटाले ट्रक व्यवसायीको दादागिरीले सुख्खा बन्दरगाहबाट सामान ल्याउन समेत नसकिने अवस्थामा पुगेको बताए।










Powered by: Exclusively Solution