जापान समाचार




भूमिगत ग्याँस भण्डारबारे अध्ययन गर्न निगमको टोली जापान जादैं


काठमाडौं:
पाइपलाइनबाट घरघरमा ग्याँसका लागि अध्ययन गर्न नेपाल आयल निगमको टोली आज जापान जादैछ । निगमका कार्यकारी निर्देशक गोपाल खडकाको नेतृत्वमा टोलि जापान जान लागेको हो । टोलिले भूमिगत ग्याँस भण्डारबारे पनि अध्ययन गर्नेछ ।


जापानमा पाइपको माध्यमवाट घरघरमा ग्याँस वितरण हुने र नेपालका हकमा भने यस्तो व्यवस्था उचित भए नभएको वारेमा अध्ययन गर्न खोजिएको आयल निगमका अधिकारीहरुले जनाएका छन् ।  निगमका अनुसार पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पाइपलाइनको माध्यमवाट घरघरमा ग्याँस पु¥याउने घोषणसंगै जापानले चासो दिनुका साथै जापानका एलपी ग्याँस वितरक हरुले नेपाल भ्रमण समेत गरेका थिए ।


त्यसक्रममा नेपाली टोलीलाई अध्ययनका लागि नेपाललाई निम्तो दिएको आयल निगमले जनाएको छ । भ्रमण टोलीमा निगमका कार्यकारी निर्देशक खडका, नायव कार्यकारी निर्देशक शुसिल भटराइ, प्रवन्धक रविन शर्मा र विजय सत्याल सहभागी हुने निगमले जनाएको छ ।




Related Pictures:













Related News:

बैंककबाट फर्केपछि ओलीले भने– राजधानीमा अल्झेर आन्दोलन नगरौं - 2018-01-18

देउवाले भने- हारको समिक्षापछि बल्ल महासमिति बैठक हुन्छ - 2018-01-18

न्युयोर्कस्थित ट्रम्प टावरमा आगलागी - 2018-01-18

समानुपातिकबाट प्रदेशसभामा निर्वाचित सांसदकाे नामावली सार्वजनिक - 2018-01-18

शितलहर प्रभावित मुसहरको उपचार गर्न रौतहट हिँडे डाक्टर केसी - 2018-01-17





जापानलाइ हात्तीको दाँतको घरेलु बजार बन्द गर्न डब्लुडब्लुएफको आदेश - 2018-01-14

एजेन्सी : हात्तीको दाँतको अवैध व्यापार निरुत्साहित गर्ने अन्तराष्ट्रिय प्रयासलाई विफल पार्न खोजेको भन्दै डब्लुडब्लुएफको संरक्षण समूहले जापानलाई २०२० सम्ममा दाँतको घरेलु बजार बन्द गर्न निर्देशन दिएको छ । लोपोन्मुख अफ्रिकी हात्तीको संरक्षणका लागि अमेरिका , चीन र अन्य देशहरुले आफ्ना घरेलु बजार बन्द गर्नेतर्फ कदम अघि बढाइसकेका छन् तर जापानले भने यसको विपरित वहस गरिरहेको छ ।

शरणार्थी आवेदकले काम गर्न नपाउने - 2018-01-14

भोलि देखि लागू हुने गरी जापानले शरणार्थीको श्रम अधिकारमा कटौती गर्ने भएको छ । त्यहाँको न्याय मन्त्रालयका अनुसार शरणार्थी सम्बन्धी नियममा हुने परिवर्तनहरूले बन्दीगृहमा रहनेहरूको संख्यामा भने भारी वृद्धि हुने रोयटर्सले जनाएको छ।

राजनीतिमा महिलाको सहभागिता बृद्धि गर्न विधेयक - 2018-01-05

एजेन्सी : जापनमा वैज्ञानिकहरुले हालै प्राप्त गरेको नोबल पुरस्कारपछि बिगतको १५ वर्षमा पहिलो पटक जापानका युवाहरुको वैज्ञानिक र विद्वान संग्लनता उच्च स्थानमा रहेको जापानमा गरिएको एक वार्षिक सर्वेक्षणले देखाएको छ ।

वैज्ञानिक बन्न जापनिज युवाहरुको आकर्षण - 2018-01-05

एजेन्सी : जापनमा वैज्ञानिकहरुले हालै प्राप्त गरेको नोबल पुरस्कारपछि बिगतको १५ वर्षमा पहिलो पटक जापानका युवाहरुको वैज्ञानिक र विद्वान संग्लनता उच्च स्थानमा रहेको जापानमा गरिएको एक वार्षिक सर्वेक्षणले देखाएको छ ।

तोचिगीस्थित नदीमा वेपत्ता भएका लोहनी अझै भेटिएनन् - 2017-08-18

टोकियो:घटना अगष्ट १२ तारिख शनिबारको हो । जापानमा यत्तिबेला गर्मी बिदा चलिरहेको छ । यो गर्मी छल्न प्रायः मानिसहरु नजिकका नदी वा समुद्रमा गइ पौडीको मज्जा लिने गर्छन् । त्यो दिन दिउँसो ३ बजेतिर लिखु गाउँपालिका, बर्राफेदी नुवाकोटका दिवाकर लोहनी र उनका पाँचसाथीहरु तोचिगी नजिकैको नदीमा पौडी खेल्न गएका थिए । तर पौडीको मज्जा लिँदै गरेका लोहनी एकाएक वेपत्ता भए ।

जापानले बनायो बोल्ने रियल डल यौन खेलौना - 2017-08-08

एजेन्सी:हार्मोनी एक नयाँ प्रकारको सेक्स डल हो जो हिँड्न मात्र होइन बोलचाल पनि गर्न सक्दछ । उक्त सेक्स डलको टाउको, परेला तथा ओँठ पुर्णरुपमा तयार त भैसकेको छैन र उसले गर्न सक्ने कुराकानी पनि सिमित मात्रामा छ, तथापि यो सेक्स डल रोबोटिक्सको क्षेत्रमा नयाँ क्रान्ति मानिएको छ । यो देख्दा पूर्ण मानव स्वरुप रहेको छ ।

भीमलाल खरेलको टोकियोमा डुवेर मृत्यु - 2017-07-18

टोकियो:जापानमा दुई दशक अघिदेखि रेष्टुरेन्ट व्यवसायमा संलग्न नेपाली व्यवसायी भीमलाल खरेलको टोकियोको एक खोलामा डुवेर मुत्यु भएको छ। उनको मृत्यु रहस्यमय रहेको बताईएको छ।

दक्षिण कोरियाद्वारा उत्तरसँग वार्ता प्रस्ताव, जापान निराश - 2017-07-18

दक्षिण कोरियाले उत्तर कोरिया संग राखेको वार्ताको प्रस्ताव प्रति जापानले निराशा प्रकट गरेकाे छ । जापानले उत्तर कोरिया माथि थप प्रतिबन्ध गर्नु पर्ने र दबाव दिनु पर्ने भन्दै दक्षिण कोरियाको प्रस्ताब माथि असन्तुष्टी जनाएको हो ।

जापानको हाकातामा नेपाली विद्यार्थीलार्इ लक्षित गरी आइएमर्इ क्योदार्इको शाखा स्थापना - 2017-07-07

टोक्यो (प्रस): जापानबाट नेपाल लगायत विश्वका विभिन्न देशमा रेमिटेन्स कारोबार गर्दै आएको आइएमर्इ क्योदार्इ रेमिटेन्सले जापानको हाकातामा नयाँ शाखा विस्तार गरेको छ।

भूमिगत ग्याँस भण्डारबारे अध्ययन गर्न निगमको टोली जापान जादैं - 2017-07-05

काठमाडौं:पाइपलाइनबाट घरघरमा ग्याँसका लागि अध्ययन गर्न नेपाल आयल निगमको टोली आज जापान जादैछ । निगमका कार्यकारी निर्देशक गोपाल खडकाको नेतृत्वमा टोलि जापान जान लागेको हो । टोलिले भूमिगत ग्याँस भण्डारबारे पनि अध्ययन गर्नेछ ।

जापानी एनिमेशन चलचित्रलाई क्रिस्टल अवार्ड - 2017-06-19

रान्समा सम्पन्न अनैसी अन्तर्राष्ट्रिय एनिमेशन चलचित्र महोत्सवमा जापानको एनिमेशन चलचित्रले प्रथम पुरस्कार पाएको छ । ‘लु ओभर द वाल’ नाम गरिएको उक्त चलचित्रले क्रिस्टल अवार्ड पाएको हो । जुन अवार्ड त्यस महोत्सवको सवै भन्दा ठूलो अर्वाड मानिएको छ । ‘लु ओभर द वाल’ नामक उक्त चलचित्र मासाकी युअसाले निर्देशन गरेका हुन् ।

उत्तर कोरियाको मिसाइल परिक्षण विरुध अमेरिका र जापान एक साथ - 2017-04-13

अमेरिक र जापानले उत्तर कोरियाको मिसाइल परिक्षण विरुध एक साथ उभिने भएका छन् । उत्तर कोरियाले जापानी समुद्र तटमा मिसाइल परिक्षण पश्चात जापान र अमेरिका उत्तर कोरिया विरुध एक साथ उभिन लागेका हुन् ।

जापानमा ‘ओभर स्टे’ संस्कृति बढ्दो - 2017-03-22

जापान:गत वर्षको तुलनामा जापान आउने विदेशीहरुको संख्या अत्याधिक रुपमा वृद्धि देखिएको छ । उक्त वर्ष २३ लाख ८२ हजार ८ सय २२ जना विदेशी जापान आएका थिए । जुन अघिल्लो बर्षको तुलनामा ६.७ प्रतिशतले धेरै हो ।

जापानमा पहिलो समलिङ्गी नेता - 2017-03-21

विश्वमा समलिङ्गी नेता पाउने देशमा जापान पहिलो देश भएको छ । जापानले २५ बर्षीय तोमोया होसादालाई इरुमा शहरको नगर आयुक्तका रुपमा चुनेको छ । होसादाले नगर चुनाबको २२ सिटमा २१ सिट जते संगै आयुक्त पदको लागि चुनिएका हुन् ।

जापानको पूंजीगत खर्चमा वृद्धि - 2017-03-08

एजेन्सी:जापानको अर्थव्यवस्थाको पूंजीगत खर्च तीन बर्षमा लगभग एक चौथाइले बढेको छ । पुजीगत खर्च अक्टोबर देखि डिसेम्बर सम्ममा १.२ प्रतिशतले बढेको हो । जापानको अर्थव्यवस्थामा औसत वृद्धिदार भन्दा बार्षिक वृद्धिदर १।६ प्रतिशत भएपछि यसमा वृद्धि आएको हो ।

जापानमा राष्ट्रिय नायक अवार्डबाट नेपाली सम्मानित - 2017-02-22

प्रकाश पन्थी, जापान: विभिन्न विधामा उत्कृष्ट भएका आधारमा गरिने राष्ट्रिय नायक अवार्डबाट जापानमा एक नेपाली सम्मानित भएका छन्। सामाजिक काममा सक्रिय भएर उत्कृष्ट भएको भन्दै जापानको एक संस्थाले प्रत्येक वर्ष प्रदान गर्दै आएको राष्ट्रिय युवा नायक अवार्डबाट पहिलोपटक नेपाली युवा ३७ वर्षका जिज्ञानकुमार थापा सम्मानित भएका हुन्।

जापानद्वारा चार अर्ब ५३ करोड अनुदान सहयोग - 2017-02-15

काठमाडौं: जापान सरकार पोखरामा खानेपानी आपूर्ति सुधार परियोजना कार्यान्वयनका लागि चार अर्ब ५३ करोड ९० लाख अनुदान सहयोग गर्न सहमत भएको छ। अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा अर्थ सचिव डा शान्तराज सुवेदी र नेपालका लागि जापानी राजदूत मासाशी ओगावाले सम्झौता पत्रममा हस्तारक्षर गरे।

छिमेकीसँग सम्बन्ध सुधार्दा जापानलाई फाइदा - 2017-02-08

जापानी प्रधानमन्त्री सिन्जो आवे शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्न अमेरिका जाँदै झाओ मिङहाओ: जापानी प्रधानमन्त्री सिन्जो आवे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्न शुक्रबार अमेरिका जाँदै छन् । वास्तवमा जापानले यो भेट जनवरीको अन्त्यमा गर्न आग्रह गरेको थियो, ताकि आवे ट्रम्पलाई भेट्ने पहिलो सरकार प्रमुख हुने थिए । तर, ट्रम्पले बेलायती प्रधानमन्त्री थेरेसा मेलाई निमन्त्रणा गरे, जसले अमेरिका–जापान सम्बन्धभन्दा अमेरिका–बेलायत विशेष सम्बन्ध अझै हाबी छ भन्ने सन्देश दिन्छ ।

अमेरिकी सैन्य अड्डाको निर्माण सुरु: स्थानियको विरोध प्रदर्शन जारी - 2017-02-08

ओकिनावामा:जापानको रक्षा अधिकारीहरुले आपतकालिन अमेरिकी सैन्य हवाई अड्डा स्थानन्तरण गर्नेको लागि ओकिनावा समुद्र तटको जमिन खाली गर्ने लागेको छ । जसको कारणले स्थानिय बासिन्दाहरुले विरोध जारी राखेका छन् ।

पाँच बर्ष पछि जापानमा बास्तविक आम्दानीमा वृद्धि - 2017-02-08

रोजगारको आकर्षक गन्तव्य बनिरहेको जापानमा बास्तविक आम्दानीमा पनि वृद्ध भएको छ । जापान सरकारको एक तथ्याङकले देखाए अनुसार जापानमा पाँच बर्ष पछि पहिलो पटक बास्तविक आम्दानीमा वृद्धि देखिएको हो ।

मन्त्री थकालीसँग जापानी राजदूतको भेटवार्ता - 2017-01-09

काठमाडौं:वाणिज्यमन्त्री रोमी गौचन थाकालीसँग नेपालका लागि जापानका राजदूत मासासी ओगावाले भेटवार्ता गरेका छन्। मन्त्री थकालीको कार्यकक्ष सिंहदरबारमा आज भएको सो भेटमा उनीहरुबीच द्विपक्षीय हित र आर्थिक सहयोगका साथै व्यापार, लगानी र पर्यटन प्रवद्र्धन गर्ने सम्बन्धमा छलफल भएको मन्त्रालयले जनाएको छ।










Powered by: Exclusively Solution