अर्थ / व्यापार




बैदेशिक रोजगारीबाट फर्किएका युवाले खोले स्वीमिङ पुलसहितको रिसोर्ट


फलेवास,पर्वत:
डेढ करोडको लागतमा धौलागिरि अञ्चलमा नै पहिलोपटक स्वीमिङ पुलसहितको रिसोर्ट निर्माणको अन्तिम चरणमा पुगेको छ ।
पर्वत सदरमुकाम कुश्मा बजारमा विभिन्न पेसा व्यवसाय गरी बस्दै आएका तीन जना युवाको सक्रियतामा कुश्मा नगरपालिका–४ छमर्केमा उक्त रिसोर्ट निर्माण सम्पन्न हुन लागेको हो। 

 

पर्वतका तीन युवाले डेढ करोड रुपैयाँ लगानी गरेर रिसोर्ट निर्माण गरेका हुन्। ब्लु एञ्जल नाम दिएर निर्माण गरिएको उक्त रिसोर्टमा केही भौतिक संरचना र टायल बिछ्याउने काम मात्रै बाँकी रहेको छ। 

 

असारको दोस्रो साता सम्पूर्ण काम सम्पन्न गरेर सञ्चालनमा ल्याउने तयारी गरिएको सञ्चालक आलोक श्रेष्ठले जानकारी दिए। 

 

धौलागिरिका पर्वत, मुस्ताङ, बागलुङ र म्याग्दी जिल्लामध्ये पर्वतमा निर्माण भएको स्वीमिङ पुलसहितको यो रिसोर्ट पहिलो हो। रिसोर्ट सञ्चालनका लागि श्रेष्ठसँगै राजु शर्मा र विष्णुराज पुरीले लगानी गरेका छन्। यी तीनै जना युवा विगत केही वर्षअघि वैदेशिक रोजगारीमा साउदी, बेलायत, कोरियालगायतका स्थानमा बसेर फर्किएका हुन्। 

 

रिसोर्ट सञ्चालनका लागि करिब १५ रोपनी जग्गा १५ वर्षका लागि भाडामा लिइएको छ। सात फिट गहिराइ, ७३ फिट लम्बाइ र ३२ फिट चौडाइ रहेको स्वीमिङ पुलसँगै बाल उद्यान, चाइल्ड स्वीमिङ पुलसमेत निर्माण गरिएको छ। 

 

पोखरा बागलुङ राजमार्ग नजिकै पर्ने रिसोर्ट विशेष गरी मुस्ताङको मुक्तिनाथमा जाने तीर्थयात्रीसँगै अन्य बाह्य तथा आन्तरिक पर्यटकलाई लक्षित गरेर निर्माण गरिएको सञ्चालक राजु शर्माले जानकारी दिए। 

 

मुक्तिनाथ पुग्ने भारतीय तथा स्वदेशी धर्मावलम्बीका लागि पर्वत ट्रान्जिट बनोस् भन्ने मुख्य ध्येयले रिसोर्ट निर्माण गरिएको शर्माले बताए।

 

गर्मीयामका लागि रिसोर्टबाट करिब ४०० मिटर टाढा रहेको दुलेपानी मुहानबाट पानीको प्रबन्ध गरिएको छ भने जाडो मौसममा तातो पानीको समेत छुट्टै पोखरी निर्माण गरिने शर्माले बताए। 

 

पछिल्लो समयमा पर्वतमा समेत विभिन्न पर्यटकीय गन्तव्यहरु यान्त्रिक पुल, नेपालकै अग्ला तीन वटा झोलुङगे पुल, बञ्जिजम्पलगायतका स्थल रहेको र थप आकर्षण र त्यहाँ आउने पर्यटकलाई अत्याधुनिक सेवा दिन रिसोर्टले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको सञ्चालक विष्णुराज पुरीले बताए।




Related Pictures:













Related News:

नेतृत्वले कांग्रेसलाई खल्तीबाट चलाएको छ : कोइराला - 2018-05-20

वृद्धभत्ता बढाउन अर्थमन्त्रीमाथि दबाव बढ्यो - 2018-05-20

विदेश पठाइदिन्छु भनेर पाँच लाख ठग्ने गिरी जेल चलान - 2018-05-20

वैदेशिक रोजगारीमा सिन्डिकेट: मन्त्रीको एक्सन, एकैदिन ४८ व्यवसायी पक्राउ - 2018-05-20

सन्दीपको सनसनी : दुई ओभरमा लिए मुम्बईका तीन विकेट - 2018-05-20





सिन्धुली उद्योग वाणिंज्य संघको निर्वाचन: एमाले-माओवादी एकताले गठबन्धनलाई फाइदा - 2018-05-17

सिन्धुली,(प्रस): भोली हुने सिन्धुली उद्योग वाणिज्य संघको निर्वाचनको परिणामलाइरनो पक्षमा पार्नका लागि आज वाम गठबन्धनका उम्मेदवारहरुले जिल्लाका निर्वाचित सभासद तथा पार्टी नेताहरुको सहभागितामा घरदैलो गर्दैछन् । माननीयहरु लगायतले हरिवोल गजुरेल, गणेस पहाडी प्रदेका माननीय राजन दाहाल, बसन्त माझी प्रदीप कटुवाल, बिनोद खड्का लगायतले बाम गठबन्धनका उम्मेदवारलाई सघाइरहेका छन् ।

उवासंघको निर्वाचन: गठबन्धनको प्रचार अभियान तिब्र - 2018-05-14

सिन्धुली(प्रस): जेठ ४ गते हुने भनिएको सिन्धुली उद्योग वाणिंज्य संघको निर्वाचनमा होमिएको बाम गठबन्धनले डकाहा तथा भिमानमा आफ्नो प्रचार अभियानलाई तिब्र बनाएको छ ।

देशको अर्थतन्त्र माफिया, ठेकेदार र तस्करको हातमा छः गृहमन्त्री थापा - 2018-05-14

‘यातायात समितिको खातामा रहेको सबै रकम अब सरकारको’गृह मन्त्री रामबहादुर थापाले देशको अर्थतन्त्र अहिले माफिया, ठेकेदार र तस्करको हातमा भएको बताएका छन्। गृहमन्त्री थापाले अर्थतन्त्र बढाउन माफिया, ठेकेदार र तस्कर तथा कालो बजारी अन्य गर्नुपर्ने बताएका हुन्।

उद्योगको लोडसेडिङ पनि अन्त्य, कुलमानले भने : मुलुक लोडसेडिङमुक्त - 2018-05-13

काठमाडौ,(प्रस):विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योग क्षेत्रमा हुँदै आएको लोडसेडिङको पनि अन्त्य गरेका छन् । यसअघि २ देखि ४ घण्टासम्म उद्योग क्षेत्रमा लोडसेडिङ हुँदै आएको थियो तर सोमबारदेखि भने उद्योगमा पनि लोडसेडिङ अन्त्य हुने भएको छ ।

फाष्ट ट्रयाकको डीपीआर बनाउन १७ कम्पनी इच्छुक - 2018-05-03

काठमाडौ,(प्रस):निजगढ-काठमाडौं द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन डीपीआर बनाउन १७ कम्पनीले इच्छा देखाएका छन् । नेपाली सेना मागेको आशयपत्रमा १७ कम्पनीले आवेदन गरेका हुन् । नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीले १ स्वदेशी र १६ विदेशी कम्पनीले डीपीआरका लागि आवेदन दिएको बताए । उनले अबको एक-दुई हप्ताभित्रै कुन कम्पनीलाई डीपीआर बनाउन दिने भन्ने टुंगो लाग्ने बताए ।

प्रतिव्यक्ति आय बढ्यो, एक नेपालीको वार्षिक आम्दानी १ हजार ४ डलर पुग्याे - 2018-04-25

काठमाडौ,(प्रस):नेपालीको प्रतिव्यक्ति आयमा सुधार आएको तथ्यांक सार्वजनिक गरिएकाे छ । आर्थिक वर्ष २०७३/७४ मा ८६२ अमेरीकी डलर रहेको नेपालीको प्रतिव्यक्ति आय अहिले बढेर बढेर १ हजार ४ डलर पुगेको केन्द्रिय तथ्यांक विभागले जनाएको छ ।

बुटवल सडक विस्तारः प्रमुख दल र व्यवसायीबाटै अवरोध - 2018-04-17

बुटवल (प्रस):विकास–निर्माणका काममा राजनीतिक दल र उद्योग–व्यवसायीहरुको साथ सहयोग हुनुपर्ने हो । तर बुटवलमा शुरु भएको सडक विस्तार अभियानमा त्यहाँका स्थानीय राजनीतिक दल र उद्योग व्यवसायीले साथ होइन, अवरोध गरेका छन् । बुटवलको राजमार्ग चौराहादेखि चिडिया खोलासम्मको सडक क्षेत्र मिचेर बनेका घरहरु भत्काउने क्रममा स्थानीय राजनीतिक दल र उद्योगी–व्यवसायीले अवरोध गरेका हुन् ।

नेपालमा लगानी गर्न भारतीय लगानीकर्तालाई प्रधानमन्त्रीको आग्रह - 2018-04-06

रमेश लम्साल, नयाँदिल्ली : प्रधानमन्त्री केपी शर्मा ओलीले देखिने गरी नेपाली जनताको जीवनस्तर सुधार गर्ने आफ्नो लक्ष्य रहेकाले सोहीअनुसार आफ्नो नेतृत्वको सरकार अगाडि बढ्ने बताउनुभएको छ । इन्डिया नेपाल विजनेश फोरमले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपालमा राजनीतिक संक्रमणकालको अन्त्य भएकाले अबको प्रमुख कार्यभार आर्थिक समृद्धि मात्रै रहेको बताउनुभयो ।

पोखरा विमानस्थल निर्माण एक मिनेट पनि रोकिँदैनः मन्त्री अधिकारी - 2018-03-31

पोखरा:पर्यटनमन्त्री रविन्द्र अधिकारीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा एक मिनेट पनि ढिला नहुने बताएका छन् । समितिको अन्तिम बैठकलाई शनिबार साँझ सम्बोधन गर्दै मन्त्री अधिकारीले जस्तोसुकै समस्या आएपनि निर्माण कार्य नरोकिने बताए ।

अर्थमन्त्री खतिवडाले राजस्व क्षेत्रमा देखेका विसंगित यस्ता छन्, आगामी बजेटमा संबोधन होला ? - 2018-03-31

काठमाडौ,(प्रस):अर्थमन्त्री डा.युवराज खतिवडाले श्वेतपत्रमार्फत राजस्व संकलनमा देखिएको वेथितीलार्इ उजागर गर्दै राजस्व क्षेत्रमा सुधारको संकेत गरेका छन्। उनले राजस्वको संरचनागत समस्यासँगै कर्मचारीतन्त्रमा देखिएको भष्ट्रीकरणलार्इ समेत श्वेतपत्रमा उजागर गर्न खोजेका छन्।श्वेतपत्रमा राजस्वको दायरा साँघुरो भएको जनाउँदै सबै आर्थिक क्रियाकलापलार्इ औपचारिक प्रणालीमा ल्याउन नसकेको उल्लेख छ।यो आधारमा यो सरकारले करको दायरा बढाउन प्रयास गर्नेछ।

नेपालका पाँच स्थान रेलमार्गबाट जोडिँदै - 2018-03-31

काठमाडौ: भारत सरकारको सहयोगमा नेपालका पाँचस्थान रेलमार्ग जोडिने भएका छन् । आठ वर्षअघि दुई देशबीच भएको समझदारीअनुसार भारतले रेलमार्ग निर्माण द्रुत गतिमा अघि बढाउनेछ ।

एनसेल टावरमा आगजनी - 2018-03-30

सिन्धुली:सिन्धुलीको मरिणगाँउपालिका ७ महादेव स्थानमा रहेको एनसेल टावरमा अज्ञात समूहले आगजनी गरेको छ । गएराती टावरमा भएको आगलागीले सो क्षेत्रको टेलिफोन सेवा अवरुद्ध भएको छ । आगलागी कस्ले गरेको भन्ने हालसम्म खुल्न सकेको छैन ।

प्रमुख अतिथि नै कार्यक्रम बहिस्कार गरेर हिँडे - 2018-03-30

चौतारा:कालिका इनर्जी प्रालिले सिन्धुपाल्चोकमा निर्माण गर्न लागेको ६२ मेगावाटको भोटेकोशी-५ जलविद्युत आयोजनाको प्रारम्भिक वातावरणीय प्रभाव सुनुवाइ कार्यक्रममा केही स्थानीयले आयोजना आवश्यक नरहेको भन्दै चर्को विरोध गरेका छन् ।

टेलिकमबाट ब्यालेन्स सापटी, अब फोन नकाटिने - 2018-03-30

काठमाडौ,(प्रस):नेपाल टेलिकमको मोबाइलमा कुरा गर्दागर्दै ‘ब्यालेन्स’ सकिएर फोन काटिने समस्या अब समाधान भएको छ । नेपाल टेलिकमले शुक्रबारदेखि सापटी लिन मिल्ने सेवाअन्तर्गत आफ्ना प्रयोगकर्तालाई यस्तो सुविधा प्रदान गरेको हो ।

'चिनियाँ कम्पनीले साढे ८ सय मेगावाट क्षमताका ११ जलविद्युत बनाउँदैछन्'-चिनियाँ राजदूत - 2018-03-28

काठमाडौ,(प्रस):उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुन र नेपालका लागी चिनियाँ राजदूत यु होङबीच भेटवार्ता भएको छ । सिंहदरवारस्थित उर्जामन्त्रालयमा बुधवार भएको भेटवार्तामा द्धिपक्षीय हितका विषयमा छलफल भएको छ ।

तत्काल ७८ अर्ब विदेशी पैसा भित्र्याउन राष्ट्र बैंकले नयाँ ब्यवस्था गर्दै, १०% ब्याजमै ऋण पाइने - 2018-03-28

काठमाडौ,(प्रस):नेपाल राष्ट्र बैंकले तत्कालै ७८ अर्ब रुपैयाँ विदेशी संस्थाबाट निक्षेपका रुपमा सापटी ल्याएर लगानी गर्ने नीतिलाई अन्तिम रुप दिएको छ। राष्ट्र बैंकले प्राथमिक पूँजीको २५ प्रतिशतसम्म विदेशी बैंक तथा अन्य संस्थाबाट बाणिज्य बैंकहरुले ऋण ल्याएर नेपालमा लगानी गर्न पाउने ब्यवस्था मिलाउन लागेको हो।

स्थानीय तहमा ५७ हजार ३५४ कर्मचारी पठाउने निर्णय - 2018-03-28

काठमाडौ,(प्रस):सरकारले ५७ हजार ३५४ कर्मचारीलाई स्थानीय तहमा पठाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले स्थानीय तहको अन्तरिम संगगठन, संरचना तथा दरबन्दीको प्रस्ताव स्वीकृत गरेको हो ।

चिनीमा लफडा : अर्थमन्त्रालयमाथि दबाव, महंगो स्वदेशी कि सस्तो विदेशी बिकाउने ? - 2018-03-21

काठमाडौ,(प्रस):पछिल्लो समयमा तेस्रो मुलुकबाट हुने चिनी आयात रोकिएको भएको छ । भन्सार मूल्यांकनमा आएको विवादका कारण वीरगञ्ज र बिराटनगर नाकामा आएका चिनी पनि भन्सार पास नभएको ब्यापारीहरुले बताएका छन् । पाकिस्तानबाट सस्तो चिनी आउन थालको भन्दै आयातकर्ताहरु ब्यापारीहरुले चिनीको सूचना मूल्य घटाउन दबाव दिइरहेका छन् । स्वदेशी चिनी उत्पादक भने सस्तो विदेशी चिनीले नेपाली उत्पादनलाई डुबाउने भन्दै भन्सार दर बढाउन भनिरहेका छन् ।

घरजग्गा कारोबारमा हुने कर छलीप्रति अर्थमन्त्रालय चिन्तित, करको दर बढाइने - 2018-03-12

सरकारले घरजग्गा कारोबारमा भइरहेको राजस्व चुहावट रोक्ने भएको छ।।वास्तविक मूल्य भन्दा कम रकममा कारोबार देखाएर राजस्व छल्ने प्रवृति रोक्न सरकारले कडार्इ गर्न लागेको हो। अर्थमन्त्रालयका अनुसार आगामी आर्थिक वर्षको बजेटमार्फत जग्गा किनबेचमा लाग्ने करको दर समेत बढ्ने छ।

हेटौँडा–काठमाडौँ सुरुङमार्ग निर्माणबारे सर्वोच्चले दियो यस्तो आदेश - 2018-03-12

हेटौडा:बहुचर्चित हेटौँडा–कुलेखानी–काठमाडौँ सुरुङमार्गको विषयमा सर्वोच्च अदालतले सरकारलाई १५ दिने कारण देखाउ आदेश जारी गरेको छ ।

सरकारले तत्काल गाडी, कम्प्युटर र फर्निचर किन्न रोक लगाउने - 2018-03-07

९२ अर्ब रकम अपुग भएपछि खर्च कटौति गर्दै सरकारसरकारले चालु आर्थिक वर्षभित्र खर्च गर्न रकम अपुग हुने भएपछि विभिन्न शिर्षकमा खर्च कटौति गर्ने भएको छ। चालु वर्षको बजेटमाथि अर्धवार्षिकी समीक्षा गर्दै अर्थ मन्त्रालयले विभिन्न शिर्षकमा खर्च कटौति गर्ने घोषणा गरेको छ।








Powered by: Exclusively Solution