विचार




मुलुक नयाँ चरणमा प्रवेश गरोस्


नयाँ वर्ष २०७४ सुरु भएको छ । केही कष्टकर, केही आशा र केही आशंकाको बादलकाबीच बितेको २०७३ सालको सबभन्दा ठूलो उपलब्धी भनेको स्थानीय तहको निर्वाचन घोषणा हो ।


यही निर्वाचनको उमंगसंगै नयाँ वर्षको शुभ विहानीले सबै नेपालीको मुहारमा खुसीको संचार गराओस् । ३ सय ६५ दिनको एउटा समयचक्र पूरा गरेपछि नयाँ सम्वत्सर फेरिन्छ र नयाँ वर्ष सुरू हुन्छ । नेपालमा विक्रम सम्वत् प्रचलनमा छ र हरेक वर्षको बैशाख १ गतेलाई नयाँ वर्षको पहिलो दिन मानेर वर्ष पात्रो फेरिने क्रम चल्दैआएको छ । नयाँ वर्षको आगमनलाई विशेष उत्साह र उमंगकासाथ स्वागत गर्ने र एक आपासमा शुभकामनाको आदान प्रदान गर्ने परम्पराको निर्वाह हुँदैआएको छ । वितेका वर्षका उल्लेख्य घटनाहरूलाई अभिलेखमा राखेर नयाँ वर्षलाई विशेष अवसरका रूपमा ग्रहण गर्ने सकारात्मक र आशाप्रद धारणाको प्रवाह निरन्तर हुँदैआएको छ ।

यही परम्परा निर्वाहका क्रममा नयाँ वर्ष २०७४ प्रवेशको यो क्षणमा समस्त नेपाली जनको समुन्नति, प्रगति र सुख–शान्तिको कामना गर्दै स्वाभिमान नेपालको नव निर्माणका लागि राष्ट्रिय एकताको भावना सबल बनोस् र विधिको शासन कायम गर्दै देशले समुन्नति र समृद्दिको सुमार्ग पहिल्याओस् भन्ने हार्दिक कामना गर्दछौं ।

२०७३ सालले आजदेखि विदा लिँदैछ । अघिल्लो वर्ष सम्पूर्ण नेपालीका लागि ठूलो कष्टदायी बन्यो । त्यसैको पीडामा २०७३ पनि बित्यो । २०७२ बैशाख १२ गते आएको महाभूकम्प र त्यसपछि लगातार रुपमा आएका पराकम्पनले हजारौं नेपालीको ज्यान लियो भने लाखौं नेपालीलाई घरबारबिहीन अवस्थामा पुर्यायो । कैयौं ऐतिहासिक स्मारकहरू क्षतविक्षत भए । राष्ट्रिय क्षतिको कुनै लेखाजोखा नै छैन । यिनको पुनःनिर्माण र घरबारविहीनहरुका लागि बासको जोहो गर्ने काम प्रभावकारी हुन सकेको छैन ।

२०७३ साल पनि राजनीतिक अभिलेखमा भारतीय हस्तक्षेपको चरम नमूना प्रस्तुत भयो । नेपालको आन्तरिक राजनीतिक व्यवस्थापनमा आफ्नो स्वामित्त्व स्थापना गर्न निरन्तर प्रयत्नशील रहँदैआएको भारतले उसको निर्देशन विपरीत गएर नेपालले नयाँ संविधान जारी गरेको अवस्थालाई सहन गर्न नसकेर चालेको अमैत्रिपूर्ण घातक कदमहरु अहिले पनि कायमै छ ।

आशा गरौं अब यो प्रथा हटोस् । नयाँ वर्ष २०७४ ले नयाँ उर्जा दिने र राष्ट्रिय एकताको भावना अरु मजबुत पार्ने सन्देश प्रवाह गर्ने विश्वास जागृत भएको छ । पराधिन मानसिकताविरुद्ध राष्ट्रिय जागरणले अभियानको रुप लिइरहेको छ । नयाँ वर्ष आगमनको पूर्वसन्ध्यामा यो सुखद सन्देश हो ।

नेपालको वर्तमान अवस्था नेपाली जनताको चाहना र राष्ट्रिय अपेक्षा अनुरूपको छैन । मुलुक आमूल परिवर्तनको दिशातिर डोरिएको भए पनि त्यसले राष्ट्रिय चिन्तनधारको अपेक्षित बाटो समात्न सकेको छैन । मुलुकलाई युगसापेक्ष मार्गमा हिँडाउने जिम्मेवारी बोकेका राजनीतिक दलका नेताहरू नै राष्ट्रिय दृष्टिकोणको अभावमा पथविचलित बनिरहेका छन् । मुलुकको भाग्य निर्धारण गर्ने क्षमता नेपालको राजनीतिक नेतृत्वले गुमाइसकेको अनपेक्षित वातावरणको सिर्जनाले राष्ट्रिय एकता, अखण्डता र सामाजिक सद्भावमा नै आँच आउने जोखिमपूर्ण अवस्था सिर्जित भैरहेको छ ।

देशको राजनीतिक गतिविधिमा कुनै सन्तुलन छैन । वैदेशिक सम्बन्धमा पनि त्यतिकै असन्तुलन छ । विधिको शासनविनाको लोकतन्त्रले मुलुकलाई चौतर्फी संकटको घेरामा पारेको छ । राजनीतिक वितण्डावादले मुलुकको सामाजिक सद्भाव पूरै खल्बलिन पुगेको छ भने अर्थतन्त्र तहसनहस भएको छ । संविधान कार्यान्व्यनको अवसर र दायित्वमा दलहरु विभाजित छन् । सामाजिक सद्भाव टुटाउन, राष्ट्रिय एकता कमजोर पार्न, राष्ट्रिय विकासका योजनाहरू बन्न नदिन र अन्ततस् नेपालको राष्ट्रियतालाई नै कमजोर पार्न चाहनेहरुको खेल जगजगी छ ।

नयाँ वर्ष २०७४ साल चुनाव वर्षको रुपमा घोषित भैसकेको छ । तर देशको राजनीतिक वातावरण नियाल्दा निर्वाचनका लागि वाञ्छित वातावरण सिर्जना गर्नु निकै चुनौतिपूर्ण देखिँदैगएको छ । मधेशवादीहरुको अनाकर्षण यसको प्रमुख कारण हो । आशा गरौं, नयाँ वर्ष २०७४ को आगमनसंगै मुलुकमा राजनीतिक स्थिरता, शान्ति सुव्यवस्था अनिन आर्थिक, सामाजिक विकासको ढोको खोलोस् । स्थानीय निकायको निर्वाचनमा सर्वपक्षीय सहभागिता सुनिश्चित हो । व्यक्ति हैन देशलाई महत्व दिने प्रथाको विकास हो । नयाँ वर्ष २०७४ को यही शुभकामना ।




Related Pictures:













Related News:

कांग्रेस महासमिति बैठकका ७ कार्यभार - 2018-12-16

जस लिने होडबाजी ! - 2018-12-15

भारतमा ३३ किलो सुन बरामद, नेपालमा अनुसन्धान ! - 2018-12-15

व्याट्री बोकेको ट्रकमा एक्कासी आगलागी - 2018-12-15

आरोप प्रत्यारोपका बीच देउवा र पौडेलको हातेमालो - 2018-12-15





मैले भोगेको युपिएफ र एसिया प्यासिफिक सम्मेलन - 2018-12-09

नवराज दाहाल: भर्खरै एसिया प्यासिफिक सम्मेलन नेपालमा सम्पन्न भएको छ । सम्मेलन पूर्व र सम्पन्न भए पश्चात यसबारे धेरै चर्चा परिचर्चा सुनिन आएको छ । लाग्दछ ठुलो भुकम्प पछीको पराकम्प जस्तै एसिया प्यासिफिकको पराकम्पनहरु गइनै रहेका छन् । कार्यक्रमको बारेमा सकारात्मक र नकारात्मक टिप्पणीहरु सुन्नमा आइरहेका छन् ।

आयात रोकौं, कृषि उद्योगलाई बोकौं - 2018-11-06

हरिबोल गजुरेल:नियम-कानून बनाउनु ठूलो कुरा होइन, त्यसलाई पालना गर्नु ठूलो कुरा हो । यहाँ नियम-कानून राम्रो बने पनि कार्यान्वयनको ढर्रा पुरानै छ । नयाँ संविधान बनेको छ, नयाँ परिवेश छ, तर काम गर्ने तरिका पुरानै । मुख्य समस्याको जड राजनीतिक नेतृत्व हो ।

एमाले पनि जमीनमा, माओवादी पनि जमीनमा - 2018-11-05

पुष्पकमल दाहाल प्रचण्ड:पहिलो संविधानसभा चुनावको बेला म सम्झिन्छु, माओवादीले कहाँ चुनाव जित्छ, बढीमा चाररपाँच सिट जित्छ भन्थे मान्छेहरु । हामीले तत्कालीन नेकपा एमालेसँग चुनावी तालमेलको प्रस्ताव राख्दा उहाँहरुको कुरा पनि त्यही थियो । म आफैं पनि तड्पिराखेको थिएँ, के हुने हो, के ?

मध्यस्थकर्ता मानव अधिकारकर्मीको निधन - 2018-11-04

मानव अधिकारकर्मी एवं नागरिक अगुवा पद्मरत्न तुलाधरको आज निधन भएको छ । विद्रोही माओवादीलाई शान्ति प्रकृयामा ल्याउन वामपन्थी नेताको रुपमा समेत चिनिएका तुलाधरले खेलेको भूमिकाको कम्युनिष्ट पार्टीका अध्यक्ष केपी ओली र प्रचण्डले पनि पटक पटक प्रसंशा गरेका छन् ।

नसा च्यापिएको उपचार - 2018-09-07

डा. श्रीकृष्ण गिरी:अव्यवस्थित जीवनशैली नै नसा च्यापिने एउटा प्रमुख कारण हो । खानपिन मात्रै होइन, शरीरको पोजिसन कसरी राख्छौँ भन्ने कुराले नसाको समस्या निर्धारण गरिरहेको हुन्छ ।

पार्टी बैठक टार्दै प्रधानमन्त्री - 2018-09-02

काठमाडौ,(प्रस): पार्टीको स्थायी कमिटी बैठक पटकपटक स्थगित गरेकोमा नेकपा कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरुले असन्तुष्टि जनाएका छन् । पछिल्लो पटक नेकपा स्थायी कमिटीको बैठक भदौ १९ र २० गतेका लागि बोलाइएको थियो । तर, तयारीका लागि सचिवालय बैठक नबसेपछि भदौ २७ र २८ गतेका लागि सारिएको छ ।

भारतले ‘आप्रवासी’लाई देश निकाला गर्छ ? - 2018-08-11

भारतको उत्तर पूर्वी राज्य आसामका करिब चालिस लाख मानिसहरुले आफ्नो नागरिकता गुमाएका छन् । उनीहरुलाई प्रमाणित नागरिकको सूचीबाट हटाइएको छ । उक्त सूची सरकारले छिमेकी देश बंगलादेशबाट छिरेका अवैध आप्रवासीहरुलाई पहिचान गर्ने प्रक्रियाको रुपमा सार्वजनिक गरेको थियो ।

न्यायालयमा सुधार कि प्रतिशोध ? - 2018-08-06

तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारीले २०५२ मा संसद भंग गरेर चुनाव घोषणा गरे। प्रधानन्यायाधीश विश्वनाथ उपाध्याय नेतृत्वको इजलासले सो घोषणा त्यही वर्ष भदौ १२ मा उल्ट्याइदियो।

अस्वीकृत हुँदैछन् जोशी - 2018-07-31

प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीले केही दिनदेखि लगातार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्न खोजेका थिए । प्रधानमन्त्रीको सचिवालयलाई विश्वास गर्ने हो भने मंगलबार साँझसम्म ओली र जोशीवीच भेटघाट भएको छैन ।

दक्षिण एसिया: भ्रष्ट चरित्रले जन्मायो नयाँ शक्ति - 2018-07-28

विश्व राजनीतिमा स्थापित शक्तिहरु विस्थापित हुने र नयाँ शक्तिको उदय हुने ‘ट्रेण्ड’ नै चलेको छ । युरोप, अमेरिकादेखि दक्षिणा एसियासम्मै यसको प्रभाव परेको छ, स्थापित दलहरुको स्थान नयाँ शक्तिले लिंदैछन् ।

आफ्नै बोलीको फन्दामा - 2018-07-24

मुखबाट निस्केको बोली र बन्दुकबाट छुटेको गोली फिर्ता हुँदैन भन्ने नेपाली आहानको तात्पर्य कानूनमन्त्री शेरबहादुर तामाङलाई जति कसलाई थाहा होला ?

राष्ट्रपतिलाई साक्षी राखेर एकता - 2018-05-18

महेन्द्र सापकोटा: केही दिनअघिसम्म तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्वयं भन्दै थिए, पार्टी एकता त्यति सजिलो छैन । पटकपटक केपी शर्मा ओलीसँग वार्ता गर्दा पनि उनको शंका निवारण भएको थिएन ।

नेकपा बन्यो एशियाको तेस्रो ठूलो कम्युनिष्ट पार्टी ! - 2018-05-17

देशका दुई ठूला वामपन्थी घटक नेकपा एमाले र माओवादी केन्द्रको एकीकरणसँगै ५६ वर्षपछि नेपाल कम्युनिष्ट पार्टी एकीकृत भएको छ । २०१९ सालमा नेपाल कम्युनिष्ट पार्टी विभाजित भएपछि सुरु भएको कम्युनिष्ट घटकको टुटफुट श्रृङ्खला मदन आश्रति स्मृति दिवसका अवसरमा टुंगिएको छ ।

सिन्धुली उद्योग वाणिंज्य संघको निर्वाचनः यस कारण जित्नुपर्छ बामपन्थी समूहले - 2018-05-17

प्रवेशकुमार: भोली हुने सिन्धुली उद्योग वाणिज्य संघको निर्वाचनमा बामपन्थी प्यानलले जित्नुपर्ने सरोकारवालाहरुले टिप्पणी गर्न थालेका छन् । सिन्धुलीको सम्पूर्ण स्थानीय तह, केन्द्र तथा प्रदेश निर्वाचनमा पनि वामपन्थीकै वर्चश्व रहेकाले पनि सिन्धुली उद्योग वाणिंज्य संघको निर्वाचनमा अन्य पक्षले जित्न नहुने व्यवसायीहरुनै बताउन थालेका छन् ।

सरकारमा कम्युनिष्ट, सत्तामा दलाल पुँजीपति ! - 2018-05-01

नेकपा एमाले र माओवादी केन्द्र अहिले सरकारमा छन् । सिंहदरबारमा मात्रै होइन, प्रदेशमा पनि उनीहरुकै हालीमुहाली छ । राष्ट्रपति र उपराष्ट्रपतिमा पनि एमाले र माओवादीकै नेतृत्व छ ।

महरालाई कांग्रेसको समर्थन किन ? - 2018-03-10

प्रेम कुमार : प्रमुख विपक्षी दल नेपाली कांग्रेसले सभामुखमा सत्तारुढ दलका उम्मेदवार कृष्णबहादुर महरालाई समर्थन गरेको छ ।

फागुको रंग, होलीको भंग - 2018-02-27

तीर्थबहादुर श्रेष्ठ:फागु वा होली भन्ने बित्तिकै रंग र भंग अनि प्रेम र प्रणयका सन्दर्भ जोडिन्छन्। लगभग ६० वर्षअघिको काठमाडौंमा हामी होली हैन, फागु खेल्थ्यौं। पुस–माघको मीनपचास विदाभर टोलका सबै साथीसँग खेलेको गुच्चा, पैयुँ र पांग्रा एक कुनामा थन्क्याएर स्कुल जानुपर्थ्यो।

ग्रीसको बाटोमा लम्किँदै नेपाल - 2018-01-25

विज्ञान अधिकारी:२०५१ साल मनमोहन अधिकारीको सरकारले वृद्धवृद्धाका लागि सामाजिक सुरक्षा भत्ता दिने प्रणाली सुरु गर्यो। सामाजिक सुरक्षा भत्ताको यो अवधारणाले एमालेलार्इ सबैभन्दा ठूलो राजनीतिक लाभ भयो र भबिष्यमा पनि भइरहने देखिन्छ।

सरकार, मलाई पनि जेल हाल - 2018-01-09

मिलन पाण्डे:सन् १८४६ मा हेनरी डेविड थोरोले भनेका थिए, ‘यदि सरकारले गलत गरिरहेको छ भने एउटा सच्चा नागरिकको लागि सबैभन्दा उपयुक्त स्थान जेल हो।’

विचार: बाम गठबन्धनले निर्वाचनमा पहिलो परिणाम ल्याउने - 2017-12-08

कांग्रेससँग यसपालि ‘मेसेज’ र ‘मेसेन्जर’ दुबैको समस्याचुनाव सकिएको छ। पहिलो चरणमा मतदान भएका ३७ क्षेत्रको प्रारम्भिक परिणाम केहीबेरमा आउन थाल्नेछ। आज साँझसम्ममा मतपरिणामको ‘ट्रेन्ड’ लगभग थाहा भइसक्नेछ।चुनावमा कुन पार्टीले जित्छ ? कुन-कुन दल राष्ट्रिय पार्टी बन्छन्रु भन्ने कौतुहलता अहिलेदेखि नै सुरु भएको छ। अहिलेसम्मको मत गणतना र परिणामलाई हेर्ने हो भने बाम गठबन्धनले निर्वाचनमा पहिलो परिणाम ल्याउने निश्चित प्राय छ ।

राष्ट्रपतिको अनावश्यक भ्रमण - 2017-11-13

प्रेम दाहाल: राष्ट्रपति विद्यादेवी भण्डारी आफ्नो कार्यकालको लगभग अन्तिम घडीमा सोमबार विदेश भ्रमणमा जाँदैछिन् । कार्यकाल सकिन केही महिनामात्र बाँकी रहेका बेला हुन लागेको यो भ्रमणलाई राष्ट्रपतिको विदेश घुम्ने मोहको रुपमा टिप्पणी हुन थालेको छ ।










Powered by: Exclusively Solution