विचार




यसरी लेखियो अविराम बाबुराम


-अनिल थापा :
पातलो जिउ, हल्का लामो कोट, तारा चिह्न भएको रातो क्याप । ३० जेठ २०७३ मा दशरथ रङ्गशालामा नयाँ शक्ति नेपाल, पार्टी घोषणा गर्दा उपस्थित केहीले बाबुराम भट्टराईलाई चे ग्वेभारासँग तुलना गरे । पार्टी घोषणा सभामा ‘कम्युनिष्ट’ शब्द प्रयोग गरिएन । तर, घोषणा सभाको साजसज्जाले ‘कम्युनिष्ट क्रान्तिकारी’ को झल्को दिन्थ्यो ।



करिश्मा मानन्धरले मुठ्ठी उठाउँदै उद्घोषण सुरु गरेको सभा क्रान्तिको प्रतीक रातो रङले सजिएको थियो ।


‘माओवाद’ परित्याग गरेका बाबुराम भट्टराईले रोजेको माओत्से तुङको चिह्न ‘तारा’ अंकित पार्टीको झण्डा र त्यसमाथि रङ्गशालाको वरिपरि नेपालको राष्ट्रिय झण्डा फहराइरहेका थिए ।


नयाँ शक्ति, नेपाल नामक पार्टीको नेतृत्व गर्दै उनले सामूहिक रूपमा सबैलाई शपथ खुवाए । आफ्ना लागि ‘प्रतिकूल’ देखिएको अवस्थामा उनले ‘जोखिम’ मोले ।


कान्तिपुर टेलिभिजनको समाचार कक्षमा बेलाबेला सहकर्मी भुवन केसीसँग राजनीतिक घटनाक्रमबारे विचार(विमर्श हुन्थ्यो । नेपालको राजनीति, राजा, माओवादी, कांग्रेस, एमाले, मधेसी दल लगायतको विश्लेषण गर्थ्यौं । माओवादीका कुरा गर्दा प्रचण्ड-बाबुराम सम्बन्ध र व्यक्तित्वका कुरा हुने नै भए ।


राज्यले ‘आतङ्ककारी’ घोषणा गर्दा पनि हामीले माओवादीलाई बाबुरामका कारण ‘आतङ्ककारी’ भनेनौं,’ राजधानी दैनिकमा काम गर्दाको स्मरण गर्दै भुवनजी भन्नुहुन्थ्यो, ‘बाबुराम जस्तो मान्छे कसरी आतङ्ककारी हुन सक्छ भन्ने हामीलाई लाग्थ्यो । अरू नेताहरू त चिनिएका थिएनन् ।’ भुवनजीले यसो भन्दा मैले गाउँको घटना बताउँथेँ ।


माओवादीले युद्ध सुरु गर्दा म सातरआठ कक्षामा पढ्थेँ । कांग्रेस, कम्युनिस्ट र ‘पञ्च’ भनिने राप्रपाका कुरा हुने गाउँमा माओवादीको विषय थपिएको थियो ।


पुष्पकमल दाहाल ‘प्रचण्ड‘, मोहन वैद्य र बाबुरामका आ–आफ्नै विशेषता छन् । यी तीनै जनाको संयोजन थियो – माओवादी आन्दोलन


०५३ को कात्तिकमा स्कूल बिदा भएका बेला तम्घासबाट घर गएको थिएँ । खेतमा धान काटिरहेका थियौं । ‘नब्बे’ खोलाको दर्शन ढुङ्गामाथि चाररपाँचजना केटा बसिरहेका थिए ।


गाउँमा वल्लो गाउँ पल्लो गाउँ सबैले सबैलाई चिन्ने भएकाले तीन जना चिनिएका व्यक्तिप्रति सबैको चासो थियो । केही बेरपछि एउटी केटी आएर तिनीहरूसँग हात मिलाइन् ।


त्यसपछि सबै जना निश्चित भए, तिनीहरू माओवादी हुन् । केटीले केटासँग हात मिलाएपछि माओवादी नै हुन् भन्ने निश्चित भएको थियो ।


त्यतिबेलासम्म पनि केटी र केटाले हात मिलाउँदैनथे । धान काट्न छाडेर सबैको ध्यान खोलातिर केन्द्रित भयो । गाउँमा माओवादी देखिएपछि सबै जना डराएका पनि थिए । त्यत्तिकैमा खेतालाहरूबीच बाबुरामका कुरा हुन थाले । ‘बाबुराम जस्तो विद्वान् त सबै छाडेर लागेको छ रे, त्यस्ता मान्छे भएको संगठनसित किन डराउनु नि रु,’ खेतको बीचबाट कसैले भन्यो । बाबुरामबारे कुरा गर्दै उनीहरूले माओवादीसँग लागेको ‘डर’ भगाएका थिए ।


यी र यस्ता घटना सम्झिँदा तथा कान्तिपुर टेलिभिजनमा माओवादी ‘बिट’ मा काम गर्न थालेपछि उनलाई नजिकबाट बुझ्दै गएँ । त्यसपछि नै हो मलाई बाबुराम भट्टराईको जीवनी लेख्ने इच्छा जागेको । माओवादी दस्तावेज, पुस्तक, नेताहरूसँगको औपचारिकरअनौपचारिक कुराकानी, माओवादीका प्रत्येक गतिविधि सम्बन्धी ‘अपडेट’ हुँदै गएपछि बाबुराम र माओवादी आन्दोलनबारे थप जान्न रहर जाग्यो ।


पुष्पकमल दाहाल ‘प्रचण्ड’, मोहन वैद्य र बाबुरामका आ(आफ्नै विशेषता छन् । यी तीनै जनाको संयोजन थियो – माओवादी आन्दोलन । यसमा पनि प्रचण्ड र बाबुराममा धेरैको चासो पाइन्थ्यो ।


प्रचण्डको जीवनी हिन्दुस्तान टाइम्सका पत्रकार अनिर्वन रोयले लेखिसकेका थिए । बाबुरामबारे धेरै चर्चा भए पनि उनको जीवनी पढ्न खोज्दा भेटिँदैनथ्यो ।


बाबुरामका कारण भुवन केसी जस्ता पत्रकारले माओवादीलाई ‘आतङ्ककारी’ नमानेको, गाउँमा पनि बाबुरामकै कारण माओवादीसँग नडराएको जस्ता घटना सम्झिँदा र माओवादी आन्दोलन नजिकबाट बुझ्दै गएपछि मलाई उनीबारे लेख्ने सोचाइ आयो ।


तर, बाबुरामले आफ्नो जीवनी लेख्न मलाई अनुमति देलान् त ?  शङ्का प्रशस्त थियो ।


पत्रपत्रिका, रेडियो, टेलिभिजनहरूका मत सर्वेक्षण अनुसार ०६८ मा बाबुराम भट्टराई समकालीन नेताहरूमध्ये सबैभन्दा बढी लोकप्रिय थिए । एक दिन उनका स्वकीय सचिव विश्वदीप पाण्डेसँग कुरा गरेँ । ‘बाबुरामको जीवनी लेख्नुपर्‍यो । एकचोटि कुरा पुर्‍याइदिनुहुन्छ ? ’


मैले प्रस्ताव राख्न नपाउँदै विश्वदीपले भने – ‘ल तयारी गर्दै गर्नूस्, म उहाँसँग कुरा गर्छु ।’


केही महिनापछि विश्वदीपले भेटघाटको समय मिलाएर मलाई फोन गरे, ‘मैले कुरा राखेको छु, थप कुरा गर्न तपाईं आउनुस् ।’ मैले विस्तारमा आफ्नो प्रस्ताव बाबुरामसमक्ष राखेँ ।


‘हुन्छ । तर, अब व्यक्तिको कोरा जीवनीले त खास केही अर्थ राख्दैन । इतिहासको आवश्यकता अनुसार व्यक्तिको भूमिका हुन्छ ‘,’ बाबुरामले कम्युनिस्ट दर्शन अनुसार जीवनको लामो व्याख्या गर्दै मेरो धारणा खोजे ।


‘व्यक्ति राजनीतिक घटनाक्रमसँगै आउने’ मेरो जवाफपछि उनले भने – ‘हुन्छ, ल अब कहिलेदेखि थाल्नुहुन्छ रु’


‘तपाईंको समय अनुसार म रेकर्ड गर्छु ।’ मेरो जवाफ थियो ।


त्यसपछि मैले बिहान कलेज पढाउन छाडेर ०६९ भदौदेखि काम सुरु गरेँ ।


गैरकम्युनिस्ट बाबुराम कम्युनिस्ट बने र राजनीति नयाँ चरणमा प्रवेश गरेपछि माओवादी आन्दोलन त्यागे । पढाइमा सधैंभरि प्रथम भएका बाबुराम माओवादी पार्टीमा दोस्रो भइरहे र अहिले राजनीतिमा वैकल्पिक धार दिने भन्दै पहिलो ‘पोजिसन’ मा बसेर आफ्नो पार्टीको नेतृत्व गरेका छन् ।


बाबुराम किन राजनीतिमा लागे रु, किन माओवादी बने रु र किन फेरि माओवादी आन्दोलन त्यागे रु यी लगायत माओवादी आन्दोलन र सत्ता सञ्चालनसम्बन्धी उनका अवधारणा पनि यस पुस्तकमा समेटिएका छन् ।


एसएलसीको बोर्ड ‘फस्ट’ ले काठमाडौं ल्याइपुर्‍याएको बाबुरामलाई आईएस्सीको ‘फस्ट’ ले भारतको चण्डीगढ पुर्‍याउँछ । त्यहाँ पनि पढाइमा अब्बल हुँदै पढाइको यात्रा दिल्ली पुग्यो ।


दिल्ली गएलगत्तै विद्यार्थीको हकहितका लागि गैरराजनीतिक चरित्रको विद्यार्थी संगठन खोल्न पुग्छन् बाबुराम । गैरराजनीतिक पृष्ठभूमिका उनी डेमोक्र्याट्स विचारका हुन्छन् । तर, भारतमा रहेका नेपाली मजदुरहरुले पाएको कष्ट देखेका विश्रुत विद्यार्थी बाबुरामलाई मार्क्सवादी पुस्तकको अध्ययनले कम्युनिष्ट बनाउँछ । नेपालमा आर्थिक विकास र समृद्धिका लागि आन्तरिक रुपमा प्रजातन्त्र बलियो हुनुपर्ने उनको धारणा बन्छ ।


बाहृय रुपमा भारतसँग भएको सुगौली सन्धि र १९५० को सन्धिका विरोधी बाबुराम परनिर्भरता हटाउन असमान सन्धि सम्झौता खारेज हुनुपर्ने धारणा राख्छन् । विद्यार्थीकालदेखिको उनको यो चेतना मसाल, एकता केन्द्र, माओवादी हुँदै नयाँ शक्तिसम्म पुग्दा उस्तै छ । उनको यात्रा यसै दिशामा अविराम देखिन्छ ।


अविराम बाबुराम:


पत्रकार थापाले लेखेको बाबुराम भट्टराईको जीवनी ‘अविराम बाबुराम’ सांग्रिला बुक्सबाट शनिबारदेखि बजारमा आउँदै छ ।




Related Pictures:













Related News:

दसैँका लागि अग्रिम टिकट बुकिङ खुला - 2017-09-12

जय र लक्ष्मीको मृत्युदण्ड सार्वजनिक - 2017-09-12

निडर कंगनाको चलचित्र निर्देशन गर्ने चाहना - 2017-09-12

प्रधानमन्त्री देउवा आज २ नम्बर प्रदेशको चुनावी सभा गर्न त्यसतर्फ - 2017-09-12

रौतहटमा निर्वाचन आचारसंहिताको गंभीर उलंघनमा दलहरुको प्रतिस्पर्धा - 2017-09-10





१५ मित्रको आरोपपत्रः कति भ्रम, कति सत्य ? - 2017-08-17

डम्बर खतिवडानयाँ शक्ति पार्टी, नेपालमा यतिखेर रोचक अन्तर्संघर्ष चर्किएको छ । हुनतः नेपाली राजनीतिको कुल क्षेत्रफलमा यो बहसले कत्रो हिस्सा ओगट्ला भन्ने प्रश्न उठ्छ नै ।

मुलुक नयाँ चरणमा प्रवेश गरोस् - 2017-04-14

नयाँ वर्ष २०७४ सुरु भएको छ । केही कष्टकर, केही आशा र केही आशंकाको बादलकाबीच बितेको २०७३ सालको सबभन्दा ठूलो उपलब्धी भनेको स्थानीय तहको निर्वाचन घोषणा हो ।

आसन्न स्थानीय निर्वाचन र भू-राजनीतिको खतरनाक प्रयोग - 2017-03-22

प्रेम दाहाल: संविधान निर्माणमा ‘ब्रेक–थ्रु’ मानिएको मुख्य राजनीतिक दलहरूबीचको १६ बुँदे सहमति, संविधानप्रतिको स्वामित्व आन्तरिक शक्तिहरूमै राख्ने दलहरूको अठोट

फेरि हतियार उठाउने अवस्था आउन दिन हुन्न: बाबुराम भट्टराई - 2017-03-15

नयाँ शक्तिको विचार केवल नयाँ पार्टी वा नयाँराजनीतिमात्रै नभएर सिंगै समाजलाई लोकतान्त्रीकरण गर्ने स्वाभाविक प्रक्रियाका साथै बुलेटबाट व्यालेटमा रुपान्तरण गर्ने एक महान अभियान पनि हो ।नयाँदिल्ली: नयाँशक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले फेरि हतियार उठाउने अवस्था आउन दिन नहुने बताएका छन् । नयाँ दिल्लीमा जारी काउन्टर टेरोरिज्म सम्बन्धी सम्मलेनमा ‘बुलेट टु ब्यालेट’ विषयमा आफ्नो प्रस्तुती राखेका भट्टराईले भने- मैले बुलेटमा देखिएको किनारालाई पछाडि छोड्ने साहस बटुल्दै विश्व समाजलाई ब्यालेटको माध्यमवाट प्रगतिशील विश्वमा परिणत गर्ने महासागर तर्ने प्रयत्न गरिराखेको छु ।’

सप्तरी,कञ्चनपुरको संकेत - 2017-03-15

प्रह्लाद लामिछाने:एमालेको मेची-महाकाली अभियानको क्रममा सप्तरीमा भएको दुःखद घटना र कञ्चनपुरको सिमानामा भारतीय सीमा सुरक्षा बलको गोली लागेर नेपाली युवक गोविन्द गौतमको मृत्यु भएको खबरले देश नै शोक र आक्रोशमा डुबेको छ ।

चुनावी चक्रव्यूहमा प्रचण्ड - 2017-02-13

प्रह्लाद लामिछाने:मिति घोषणा गर्नु नै सबैथोक होइन तथापी, अहिले चुनावको मिति घोषणा भयो मात्रै भनेपनि चुनावै भए सरह लाग्न थालेको छ ।

जनता रुवाउने प्रस्ताव किन ल्यायो सरकारले ? - 2017-02-09

रामेश्वर खनाल:आर्थिक वर्ष २०६४/६५ अघि भारतमा ढुंगागिट्टीको जति माग थियो, त्यो भारतीय स्रोतबाटै परिपूर्ति हुन्थ्यो। त्यसबेला उत्तरप्रदेश र बिहारमा अहिलेजस्तो व्यापक विकास–निर्माणका काम भएका थिएनन्। यी दुई राज्यमा निर्माणका लागि चाहिने ढुंगागिट्टी झारखण्ड र उत्तराखण्डबाट आपूर्ति हुन्थ्यो।

हामी किन गरिब भयौं ? - 2017-01-20

डा. बाबुराम भट्टराई:गरीब र धनी भन्ने कुरालाई पनि सापेक्षतामै हेर्नुपर्छ । मानव जातिको उत्पत्तिदेखिको कुरा गर्ने हो भने नेपाल नाम गरेको जुन भूखण्डमा हामी बस्छौं, हामी सबै करीब ७० हजारदेखि एकलाख वर्ष पहिले अफ्रिकाबाट फैलिँदै गएको होमोस्यापियन्स जातिको नरवानरको सन्तान हौं ।

संविधान संशोधनमा अल्झेको राजनीति - 2016-12-27

भीष्मराज ओझा:संविधानको स्वीकार्यता बढाउन सरकारले संविधान संशोधनको प्रस्ताव व्यवस्थापिका–संसद्मा दर्ता गरेसँगै प्रमुख राजनीतिक दलहरुबीच ध्रुवीकरण बढ्दै गएको छ ।

केसीविरुद्धको प्रपञ्च: व्यावसायिकता मार्ने षडयन्त्र - 2016-11-30

चैतन्य मिश्र:डा. गोविन्द केसी सदाचार, मानवीयता र व्यावसायिक निष्ठाका प्रतिमूर्ति हुनुहुन्छ। लोभ–लालचले उहाँको जीवनलाई कहिल्यै छुन सकेन। गाउँ-सहर, देश-विदेश, भूकम्प-बाढी सबै ठाउँ र अवस्थामा रहेका बिरामीको सेवामा उहाँ जीवनभर तल्लीन रहनुभयो।

म्यादी वकिलको चंगुलमा न्यायपालिका - 2016-11-21

पूर्ण कार्की:अहिले सर्वोच्च अदालतका न्यायाधिश गोपाल पराजुलीको संयोजकत्वमा न्यायाधिश चोलेन्द्रशमशेर राणासहित पाँचजनाको उपसमिति गठन गरेर अधिवक्ताहरु मध्येबाट बरिष्ठ अधिवक्ताको उपाधि दिने व्यक्तिहरुको नाम सिफारिसका लागि छनौट गर्ने काम भइरहेको छ ।

शान्ति सम्झौताका दश वर्ष - 2016-11-20

दश वर्ष लामो आन्तरिक सशस्त्र द्वन्द्वको अन्त्यका लागि तत्कालीन नेकपा (माओवादी) र सरकारबीच विस्तृत शान्ति सम्झौताको दश वर्ष पूरा भएको छ । तर विस्तृत शान्ति सम्झौताको परिकल्पना र चाहनाअनुसार शान्ति प्रक्रियाका मूलभूत काममा खासै प्रगति भएको छैन ।

सरकारका १०० दिन - 2016-11-11

प्रधानमन्त्री प्रचण्ड ९ महिनाको म्याद बोकेर प्रधानमन्त्रीको कुर्सीमा पुगेका हुन् । उनले गर्नुपर्ने धेरै थियो । उनको पार्टीका लागि गुमेको साख फर्काउन करिब अन्तिम अवसर पनि हो यो ।

चिनियाँ रेल नेपाल हुँदै भारत पुर्‍याउन सम्भव छ - 2016-10-28

डा. बाबुराम भट्टरार्इ: विगत दशकहरुमा एशिया सामाजिक-आर्थिक विकासमा पछाडि परेको थियो। तर अहिले विश्व अर्थतन्त्रको केन्द्रबिन्दू नै एशिया बन्दै अएको छ। हामीले यस दाबीलाई अतिरन्जनाका रुपमा लिनहुँदैन। अब हामीले विश्वव्यापी रूपमा सोच्नुपर्छ, विगतको सफलता र असफलताको घेरा भन्दा पर।

‘देशभक्त जनगणतान्त्रिक मोर्चा’बारे - 2016-09-22

सिपि गजुरेल: २०७३ भाद्र २६ र २७ गते देशका समग्र भागबाट सहभागी प्रतिनिधिहरुको उपस्थितिमा सम्पन्न भएको एउटा राष्ट्रिय भेलाले ‘देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल’ गठन गरेको समाचारले नेपालको राजनीतिक बृत्तमा निकै चर्चा पायो ।

कपिलवस्तु देखि पूर्व मधेश प्रदेश र पश्चिम थरूहट प्रदेश हुुनुपर्छ - 2016-09-19

प्रभु साह/संविधानलाई सर्वस्वीकार्य बनाउने प्रमुख काम यो सरकारको छ । सबैलाई स्वीकार हुने गरी संशोधन र परिमार्जन गर्नुपर्ने आवश्यकता छ ।

यसरी लेखियो अविराम बाबुराम - 2016-09-02

-अनिल थापा : पातलो जिउ, हल्का लामो कोट, तारा चिह्न भएको रातो क्याप । ३० जेठ २०७३ मा दशरथ रङ्गशालामा नयाँ शक्ति नेपाल, पार्टी घोषणा गर्दा उपस्थित केहीले बाबुराम भट्टराईलाई चे ग्वेभारासँग तुलना गरे ।

एमाले नेतृत्वकै अकर्मण्यता र प्रचण्डको ऋण - 2016-08-18

निमकान्त पाण्डे/केपी ओली नेतृत्वको वाम गठबन्धन सरकार ढल्नुमा माओवादी केन्द्र र नेपाली कांग्रेसको नेतृत्वलाई दोषारोपण गर्दै आएको नेकपा एमालेले आफ्नै कारणबाट वाम गठबन्धन ढलेको निष्कर्ष निकालेको छ । यो अत्यन्त सकारात्मक सन्देश हो ।

मधेसी जनतामाथिको ज्यादती - 2016-08-09

प्रेम कुमार :९५ सालमा प्रजा परिषदको सदस्य भएका स्वर्गाीय गणेशमान सिंहले नेपालको राणा विरोधी आन्दोलनलाई सघाउन जवाहरलाल नेहरुलाई आग्रह गरेको र व्रिटीस फौजले पक्राउ गरी तेहाड जेलमा राखिएका केआईसिंह, पूर्ण सिंह र दिलमानसिंह नेहरुको वहसपछि भारतीय अदालतबाट छुटेका थिए ।










Powered by: Exclusively Solution