विचार




आसन्न स्थानीय निर्वाचन र भू-राजनीतिको खतरनाक प्रयोग


प्रेम दाहाल:
संविधान निर्माणमा ‘ब्रेक–थ्रु’ मानिएको मुख्य राजनीतिक दलहरूबीचको १६ बुँदे सहमति, संविधानप्रतिको स्वामित्व आन्तरिक शक्तिहरूमै राख्ने दलहरूको अठोट
, त्यससँग जोडिएर आएको बाहिरी शक्तिहरूको असन्तुष्टि अनि त्यसलाई आन्तरिक रूपमा मुखरित गर्ने मधेशकेन्द्रित दलहरूकोे विरोध प्रदर्शन र त्यसकै बहानामा भारतले गरेको नाकाबन्दी जस्ता घटनाहरूले विश्वमञ्चमा नेपालको निकै ठूलो चर्चा पाए । विश्वव्यापी रूपमा पुनरावृत्ति भइरहेको प्रतिस्पर्धात्मक भू–राजनीतिक प्रवृत्तिसँग अलग रहन सम्भव नभएकाले यी घटनाहरू नेपालका आन्तरिक मामिलामा मात्रै सीमित रहेनन् । आफूलाई टिकाउन भूराजनीतिको अन्धाधुन्ध प्रयोगमा लागेका नेताहरूले यसबाट निम्तिने संकटप्रति निरन्तर आँखा चिम्लिँदा अहिले आन्दोनबाट प्राप्त उपलधीहरु गुम्ने खतरा बढ्दैछ । 
नेपालको आन्तरिक राजनीतिमा संक्रमण सकिएको छैन । संक्रमण कालको अन्त्य भनेको स्थानीय निर्वाचननैं हो । २०४७ सालपछिको २६ वर्षमा कुनै पनि दलको पूर्ण बहुमत नआउनु र वर्षेनी सरकार परिवर्तन हुने क्रम नफेरिंदा अस्थिरतानै राजनीतिको सामान्य सिद्धान्त जस्तै बन्यो । १० वर्षे माओवादी द्वन्द्वको उत्पादनका रूपमा आएको समानुपातिक निर्वाचन प्रणाली र प्रति–उत्पादन बनेको जातीय–क्षेत्रीय पहिचानमा आधारित राजनीतिले अस्थिरतालाई संविधानमै संस्थागत गरेको छ । मधेशकेन्द्रित केही दल संविधानको विरोधमा छन् भने त्यसका विरुद्ध एमालेले उग्रराष्ट्रवादका नामम जनपरिचालन गरेको छ । यसले आसन्न स्थानीय निर्वाचन र संविधान कार्यान्वयनमा अन्योल बढाएको छ ।
मधेशकेन्द्रित दलहरूले आफ्नो विरोधको औचित्य पुष्टि गर्न जटिल भ–ूराजनीतिक प्रतिस्पर्धाको एक हिस्साका रूपमा रहेको भारतको सहारा लिएका छन् । अर्कोतिर प्रचण्ड  नेतृत्वको सरकार छ, जसले आफ्नो सत्ता टिकाउनका लागि मध्यमार्गी बाटो अवलम्मन गर्दैछन् भने नेपालमा रहेको भारतविरोधी जनमतको फाइदा उठाउँदै उग्रराष्ट्रवादको सहारा लिएर एमाले नेतृत्व चुनावी मोर्चामा होमिएको छ । अर्थात यी सवैले आन्तरिक राजनीतिमा आफ्नो पल्ला गह्रौं पार्न भूराजनीतिकै सहारा लिएका छन् ।
मधेशवासी नेपालीहरूको एक हिस्सामा रहेको भारतप्रतिको सहानुभूति र पहाडवासी अर्को हिस्सामा बढ्दो चीन आकर्षणबाट कोरिन थालेको विभाजनबाट भूराजनीतिको जटिलता थप्ने काम मात्रै भएको छ । आन्तरिक मामिलामा भूराजनीतिको प्रयोगले निम्त्याउने विभाजनलाई पछि नेपालको राजनीतिक सीमाभित्रबाटै मेटाउन मुश्किल पर्न सक्छ । गौरमा एमाले नेता माधव नेपाल सहभागी कार्यक्रममा नेपाली ढाका टोपी खोसिएको, सप्तरी तथा कैलाली घट्ना मात्रै होइन, गत वर्ष मधेशमा जलेको चिनियाँ झन्डा, पहाडमा बढेको भारत विरोधी भावना र प्रधानमन्त्री पुष्पकमल दाहालको चिन भ्रमणमा चिनियाँ अखवारले भारतीय पक्षधरताको आरोप यसका तत्कालीन नतीजा हुन्, जसले नेपालको आन्तरिक राजनीतिमा छिमेकीहरूलाई क्रमशः तानिरहेको छ ।
कालाबजारी, शासनसत्तामा निकटवर्तीहरूको हालीमुहाली, अपारदर्शिता, कुशासन आदिमा पर्दा हाल्न जसरी ठूला राजनैतिक दल, सरकारले भूराजनीति र अन्ध–राष्ट्रवाद परिचालन गरिरहेको छ, त्यो कसै र कुनै कुराकासँग अडान लिएको नाममा क्षम्य हुन सक्दैन । 

नेकपा एमालेको अन्ध राष्ट्रवाद, अर्कमण्यता, राप्रपाको सरकार आरोहण र निर्वाचन आयोगको बिवादास्पद निर्णयले ‘आयोगमा भारत पस्यो’ भन्ने हल्ला चलाइएको छ । भूराजनीतिलाई व्यक्तिगत हितमा प्रयोग गर्ने यो प्रवृत्तिले विश्वका धेरै मुलुकलाई अहित गरेको छ ।

यो प्रवृत्ति राजनीतिक तहमा सीमित नभएर क्रमशः सुरक्षा निकायलगायत राज्यका अन्य अंगहरूमा फैलिने खतरा छ । सयुक्त सैन्य अभ्यासका नाममा नेपाली सेना र सशस्त्र प्रहरी बलभित्र ‘सिआइए र रअ’को सहज प्रवेशपछि चाइनाले पनि त्यही बाटो अबलम्मन गरिसकेको छ ।
दलहरूमा भारत वा चीननिकट भन्ने आधारमा खेमा बन्ने, सेनामा आफ्ना प्रतिस्पर्धीलाई कमजोर बनाउन भारत वा चीन परस्त भन्ने, प्रहरीमा त्यसै गर्ने अनि राज्यका अन्य अंगहरूमा पनि त्यसै गर्न थाल्दा नेपालका हर संस्थामा भूराजनीति हावी बन्न पुग्छ । त्यस्तो अवस्था नेपालको राजनीतिक नेतृत्वबाट सम्हालिन नसक्ने तहमा पुग्न थालेको आभाष हुन थालेको छ ।
भूराजनीतिको विवेकहिन प्रयोगले मुलुकलाई टकरावको भुमरीमा फँसाउन फसाउने निश्चित छ । भूराजनीतिको यस्तै विवेकहिन प्रयोगले एउटै जाति र भाषाको देश कोरियामा दुई वटा प्रतिस्पर्धी राज्य जन्मायो । शीतयुद्धताका एक वा अर्को खेमाका निकट रहेर गरिएको आन्दोलनहरू हिंसात्मक भएर मारकाट र सत्तापलटमा टुंगिए । रूस र यूरोपको भूराजनीतिक प्रतिस्पर्धामा फँस्दा युगोस्लाभिया विघटन भयो । अहिले एमाले र माओवादी पार्टी बीचको चीन निकट भन्ने प्रतिस्पर्धा छ । 
इतिहासमा भूराजनीतिक प्रतिस्पर्धीबीचको सेतु बन्न सफल थोरै मात्र उदाहरण छन् । यूरोपको भूराजनीतिक प्रतिस्पर्धामा स्वीट्जरल्याण्डले स्वराजसहितको बलियो लोकतान्त्रिक राज्यव्यवस्थाका कारण समृद्धि हासिल ग¥यो । 
दुई उदीयमान महाशक्ति राष्ट्रको भूराजनीतिक प्रतिस्पर्धाका बीचमा सेतु बन्ने होडबाजी कहियै भएन बरु पाल्तु कुकुरको चारोका नाममा अर्थोपार्जन गर्नेभन्दा अरु केही हुन सकेन ।
अस्थिर आन्तरिक राजनीति, सुशासनको अभाव र कमजोर राज्यव्यवस्थाले नेपालको इतिहास र भूगोलको निरन्तरतामै संकट नआउला भन्न सकिंदैन । 
त्यो अवस्थामा नेपालको आन्तरिक राजनीतिमा देखिएका विरोधका स्वरहरू झिनो नै किन नहोस्, अब अन्र्तराष्ट्रियकरण भइसकेका छन् र लोकतन्त्रलाई निर्विकल्प मान्ने शक्तिहरूनै भूराजनीतिक स्वार्थबाट प्रेरित भएर लोकतान्त्रिक पद्धतिको अभ्यासबाट बनेको संविधानलाई असफल बनाउने प्रयत्न गरिरहेका छन्  ।  जसले गर्दा मधेश र पहाडका बीचमा गहिरो खाडल खनिरहेको छ ।
अब यो खाडललाई अझ गहि¥याउने कि यथास्थिमा राखेर आन्दोलनका उपलब्धीलाई बलियो बनाउन स्थानीय निर्वाचनलाई जुनसुकै अबस्थामा गराउने भन्ने प्रश्न एमालेको काँधमा आएको छ । मुुलुकलाई अर्निणयको बन्दी होइन, समाधान खोज्नुर्पयो । समस्या टार्न होस् वा राष्ट्रवादी बन्ने नाममा भूराजनीतिको प्रयोगले भारत र पश्चिमाप्रेरित मधेश–पहाड अन्तरको निर्माणलाईनै बल पु¥याएको छ । मधेश आन्दोलनको नाममा होस् या राष्ट्रियताका नाममा–बढ्दो अतिवादले एउटै नतीजालाई प्रोत्साहन गरिरहेको छ, जसले नेपालको आन्तरिक समस्यालाई बाह्य शक्तिहरूको नियन्त्रणमा पु¥याउँदैछ ।त्यसबाट मुलुकलाई जोगाउने भनेको संविधान कार्यान्वयनसँग जोडिएका समस्याहरूको यथाशीघ्र समाधानले हो । स्थानीय र प्रान्तीय निकायहरूको निर्धारण र निर्वाचन, राजनीतिक स्थिरता, सुशासन मुलुक बचाउने पूर्वशर्तहरू हुन् । त्योसँगै आन्तरिक राजनीतिमा भूराजनीतिको प्रयोग नगर्ने र परराष्ट्र मामिलामा मुख्य शक्तिहरूबीच फेरी अर्को ‘ब्रेक–थ्रु’ अत्यावश्यक भएको छ । (लेखक, प्रदेशखवर अनलाइनका सम्पादक हुन्)



Related Pictures:













Related News:

नुवाकोटमा शक्तिशाली एम्बुस विष्फोट, ५ जना कांग्रेस कार्यकर्ता घाइते - 2017-11-17

महरा, ओनसरी र पुनलाई लक्षित गरेर रेड बुल बम विस्फोट - 2017-11-17

कलंकीका होटेलहरुमा खुलेआम यौनधन्दा - 2017-11-17

रामशरण महत भन्छन्– एम्बुस विप्लवले हैन, हितबहादुरले राखे ! - 2017-11-17

ओलीलाई देउवाको जवाफ- ज्योतिषले मलाई ७ पटक प्रधानमन्त्री बन्छस् भनेका छन् - 2017-11-16





राष्ट्रपतिको अनावश्यक भ्रमण - 2017-11-13

प्रेम दाहाल: राष्ट्रपति विद्यादेवी भण्डारी आफ्नो कार्यकालको लगभग अन्तिम घडीमा सोमबार विदेश भ्रमणमा जाँदैछिन् । कार्यकाल सकिन केही महिनामात्र बाँकी रहेका बेला हुन लागेको यो भ्रमणलाई राष्ट्रपतिको विदेश घुम्ने मोहको रुपमा टिप्पणी हुन थालेको छ ।

१५ मित्रको आरोपपत्रः कति भ्रम, कति सत्य ? - 2017-08-17

डम्बर खतिवडानयाँ शक्ति पार्टी, नेपालमा यतिखेर रोचक अन्तर्संघर्ष चर्किएको छ । हुनतः नेपाली राजनीतिको कुल क्षेत्रफलमा यो बहसले कत्रो हिस्सा ओगट्ला भन्ने प्रश्न उठ्छ नै ।

मुलुक नयाँ चरणमा प्रवेश गरोस् - 2017-04-14

नयाँ वर्ष २०७४ सुरु भएको छ । केही कष्टकर, केही आशा र केही आशंकाको बादलकाबीच बितेको २०७३ सालको सबभन्दा ठूलो उपलब्धी भनेको स्थानीय तहको निर्वाचन घोषणा हो ।

आसन्न स्थानीय निर्वाचन र भू-राजनीतिको खतरनाक प्रयोग - 2017-03-22

प्रेम दाहाल: संविधान निर्माणमा ‘ब्रेक–थ्रु’ मानिएको मुख्य राजनीतिक दलहरूबीचको १६ बुँदे सहमति, संविधानप्रतिको स्वामित्व आन्तरिक शक्तिहरूमै राख्ने दलहरूको अठोट

फेरि हतियार उठाउने अवस्था आउन दिन हुन्न: बाबुराम भट्टराई - 2017-03-15

नयाँ शक्तिको विचार केवल नयाँ पार्टी वा नयाँराजनीतिमात्रै नभएर सिंगै समाजलाई लोकतान्त्रीकरण गर्ने स्वाभाविक प्रक्रियाका साथै बुलेटबाट व्यालेटमा रुपान्तरण गर्ने एक महान अभियान पनि हो ।नयाँदिल्ली: नयाँशक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले फेरि हतियार उठाउने अवस्था आउन दिन नहुने बताएका छन् । नयाँ दिल्लीमा जारी काउन्टर टेरोरिज्म सम्बन्धी सम्मलेनमा ‘बुलेट टु ब्यालेट’ विषयमा आफ्नो प्रस्तुती राखेका भट्टराईले भने- मैले बुलेटमा देखिएको किनारालाई पछाडि छोड्ने साहस बटुल्दै विश्व समाजलाई ब्यालेटको माध्यमवाट प्रगतिशील विश्वमा परिणत गर्ने महासागर तर्ने प्रयत्न गरिराखेको छु ।’

सप्तरी,कञ्चनपुरको संकेत - 2017-03-15

प्रह्लाद लामिछाने:एमालेको मेची-महाकाली अभियानको क्रममा सप्तरीमा भएको दुःखद घटना र कञ्चनपुरको सिमानामा भारतीय सीमा सुरक्षा बलको गोली लागेर नेपाली युवक गोविन्द गौतमको मृत्यु भएको खबरले देश नै शोक र आक्रोशमा डुबेको छ ।

चुनावी चक्रव्यूहमा प्रचण्ड - 2017-02-13

प्रह्लाद लामिछाने:मिति घोषणा गर्नु नै सबैथोक होइन तथापी, अहिले चुनावको मिति घोषणा भयो मात्रै भनेपनि चुनावै भए सरह लाग्न थालेको छ ।

जनता रुवाउने प्रस्ताव किन ल्यायो सरकारले ? - 2017-02-09

रामेश्वर खनाल:आर्थिक वर्ष २०६४/६५ अघि भारतमा ढुंगागिट्टीको जति माग थियो, त्यो भारतीय स्रोतबाटै परिपूर्ति हुन्थ्यो। त्यसबेला उत्तरप्रदेश र बिहारमा अहिलेजस्तो व्यापक विकास–निर्माणका काम भएका थिएनन्। यी दुई राज्यमा निर्माणका लागि चाहिने ढुंगागिट्टी झारखण्ड र उत्तराखण्डबाट आपूर्ति हुन्थ्यो।

हामी किन गरिब भयौं ? - 2017-01-20

डा. बाबुराम भट्टराई:गरीब र धनी भन्ने कुरालाई पनि सापेक्षतामै हेर्नुपर्छ । मानव जातिको उत्पत्तिदेखिको कुरा गर्ने हो भने नेपाल नाम गरेको जुन भूखण्डमा हामी बस्छौं, हामी सबै करीब ७० हजारदेखि एकलाख वर्ष पहिले अफ्रिकाबाट फैलिँदै गएको होमोस्यापियन्स जातिको नरवानरको सन्तान हौं ।

संविधान संशोधनमा अल्झेको राजनीति - 2016-12-27

भीष्मराज ओझा:संविधानको स्वीकार्यता बढाउन सरकारले संविधान संशोधनको प्रस्ताव व्यवस्थापिका–संसद्मा दर्ता गरेसँगै प्रमुख राजनीतिक दलहरुबीच ध्रुवीकरण बढ्दै गएको छ ।

केसीविरुद्धको प्रपञ्च: व्यावसायिकता मार्ने षडयन्त्र - 2016-11-30

चैतन्य मिश्र:डा. गोविन्द केसी सदाचार, मानवीयता र व्यावसायिक निष्ठाका प्रतिमूर्ति हुनुहुन्छ। लोभ–लालचले उहाँको जीवनलाई कहिल्यै छुन सकेन। गाउँ-सहर, देश-विदेश, भूकम्प-बाढी सबै ठाउँ र अवस्थामा रहेका बिरामीको सेवामा उहाँ जीवनभर तल्लीन रहनुभयो।

म्यादी वकिलको चंगुलमा न्यायपालिका - 2016-11-21

पूर्ण कार्की:अहिले सर्वोच्च अदालतका न्यायाधिश गोपाल पराजुलीको संयोजकत्वमा न्यायाधिश चोलेन्द्रशमशेर राणासहित पाँचजनाको उपसमिति गठन गरेर अधिवक्ताहरु मध्येबाट बरिष्ठ अधिवक्ताको उपाधि दिने व्यक्तिहरुको नाम सिफारिसका लागि छनौट गर्ने काम भइरहेको छ ।

शान्ति सम्झौताका दश वर्ष - 2016-11-20

दश वर्ष लामो आन्तरिक सशस्त्र द्वन्द्वको अन्त्यका लागि तत्कालीन नेकपा (माओवादी) र सरकारबीच विस्तृत शान्ति सम्झौताको दश वर्ष पूरा भएको छ । तर विस्तृत शान्ति सम्झौताको परिकल्पना र चाहनाअनुसार शान्ति प्रक्रियाका मूलभूत काममा खासै प्रगति भएको छैन ।

सरकारका १०० दिन - 2016-11-11

प्रधानमन्त्री प्रचण्ड ९ महिनाको म्याद बोकेर प्रधानमन्त्रीको कुर्सीमा पुगेका हुन् । उनले गर्नुपर्ने धेरै थियो । उनको पार्टीका लागि गुमेको साख फर्काउन करिब अन्तिम अवसर पनि हो यो ।

चिनियाँ रेल नेपाल हुँदै भारत पुर्‍याउन सम्भव छ - 2016-10-28

डा. बाबुराम भट्टरार्इ: विगत दशकहरुमा एशिया सामाजिक-आर्थिक विकासमा पछाडि परेको थियो। तर अहिले विश्व अर्थतन्त्रको केन्द्रबिन्दू नै एशिया बन्दै अएको छ। हामीले यस दाबीलाई अतिरन्जनाका रुपमा लिनहुँदैन। अब हामीले विश्वव्यापी रूपमा सोच्नुपर्छ, विगतको सफलता र असफलताको घेरा भन्दा पर।

‘देशभक्त जनगणतान्त्रिक मोर्चा’बारे - 2016-09-22

सिपि गजुरेल: २०७३ भाद्र २६ र २७ गते देशका समग्र भागबाट सहभागी प्रतिनिधिहरुको उपस्थितिमा सम्पन्न भएको एउटा राष्ट्रिय भेलाले ‘देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल’ गठन गरेको समाचारले नेपालको राजनीतिक बृत्तमा निकै चर्चा पायो ।

कपिलवस्तु देखि पूर्व मधेश प्रदेश र पश्चिम थरूहट प्रदेश हुुनुपर्छ - 2016-09-19

प्रभु साह/संविधानलाई सर्वस्वीकार्य बनाउने प्रमुख काम यो सरकारको छ । सबैलाई स्वीकार हुने गरी संशोधन र परिमार्जन गर्नुपर्ने आवश्यकता छ ।

यसरी लेखियो अविराम बाबुराम - 2016-09-02

-अनिल थापा : पातलो जिउ, हल्का लामो कोट, तारा चिह्न भएको रातो क्याप । ३० जेठ २०७३ मा दशरथ रङ्गशालामा नयाँ शक्ति नेपाल, पार्टी घोषणा गर्दा उपस्थित केहीले बाबुराम भट्टराईलाई चे ग्वेभारासँग तुलना गरे ।

एमाले नेतृत्वकै अकर्मण्यता र प्रचण्डको ऋण - 2016-08-18

निमकान्त पाण्डे/केपी ओली नेतृत्वको वाम गठबन्धन सरकार ढल्नुमा माओवादी केन्द्र र नेपाली कांग्रेसको नेतृत्वलाई दोषारोपण गर्दै आएको नेकपा एमालेले आफ्नै कारणबाट वाम गठबन्धन ढलेको निष्कर्ष निकालेको छ । यो अत्यन्त सकारात्मक सन्देश हो ।

मधेसी जनतामाथिको ज्यादती - 2016-08-09

प्रेम कुमार :९५ सालमा प्रजा परिषदको सदस्य भएका स्वर्गाीय गणेशमान सिंहले नेपालको राणा विरोधी आन्दोलनलाई सघाउन जवाहरलाल नेहरुलाई आग्रह गरेको र व्रिटीस फौजले पक्राउ गरी तेहाड जेलमा राखिएका केआईसिंह, पूर्ण सिंह र दिलमानसिंह नेहरुको वहसपछि भारतीय अदालतबाट छुटेका थिए ।










Powered by: Exclusively Solution