विचार




फेरि हतियार उठाउने अवस्था आउन दिन हुन्न: बाबुराम भट्टराई


नयाँ शक्तिको विचार केवल नयाँ पार्टी वा नयाँराजनीतिमात्रै नभएर सिंगै समाजलाई लोकतान्त्रीकरण गर्ने स्वाभाविक प्रक्रियाका साथै बुलेटबाट व्यालेटमा रुपान्तरण गर्ने एक महान अभियान पनि हो ।
नयाँदिल्ली: नयाँशक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले फेरि हतियार उठाउने अवस्था आउन दिन नहुने बताएका छन् । नयाँ दिल्लीमा जारी काउन्टर टेरोरिज्म सम्बन्धी सम्मलेनमा ‘बुलेट टु ब्यालेट’ विषयमा आफ्नो प्रस्तुती राखेका भट्टराईले भने- मैले बुलेटमा देखिएको किनारालाई पछाडि छोड्ने साहस बटुल्दै विश्व समाजलाई ब्यालेटको माध्यमवाट प्रगतिशील विश्वमा परिणत गर्ने महासागर तर्ने प्रयत्न गरिराखेको छु ।’

(दिल्लीमा आयोजित ‘काउन्टर टेरोरिज्म कन्फरेन्स’मा ‘बुलेट टु ब्यालेट’ विषयमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बुधबार प्रस्तुत गरेको विचार)
सम्बोधन :-


डा भट्टराईले भने-‘शान्ति, समृद्धि, न्याय र समानताको वस्तुगत अवस्था सिर्जना गर्न र कसैले पनि फेरि हतियार उठाउनु नपर्ने अवस्थाको सिर्जना गर्न हातमा हात काँधमा काँध मिलाऔं ।’

कार्यक्रममा भट्टराईको सम्वोधन यस्तो थियो-

विगत दुई दशकमा नेपालको माओवादी आन्दोलनको संक्रमणकालीन प्रकृति मुख्यतः बुलेटदेखि व्यालेटसम्म, के कारण यो सम्भव भयो ? सोका परिणामहरु के के भए ? नेपाली अनुभवले हाम्रो समाजलाई लोकतान्त्रीकरण गर्न सघाउन के कस्ताखालका सिद्धान्तहरु प्रतिपादन गर्न मद्दत पुर्‍याउँछ भन्ने बारेमा म केन्दि्रत रहनेछु ।

नेपालको राजनीतिमा संक्रमणकाल जारी छ । केही दीर्घकालीन समस्याहरु जो नयाँ रुपमा देखा परेका छन्, तिनले नेपालको राष्ट्रिय राजनीतिको संक्रमणलाई अझै लम्ब्याउने देखिन्छ । जसका कारण सन् २०१५ मा जारी भएको संविधानको कार्यान्वयन र सोको स्थायीत्वमा गम्भीर प्रश्नचिन्ह खडा भएको छ । म आफैं जो माओवादी जनयुद्धकोे अग्रपंक्तिमा एक दशक होमिएँ, त्यसपछि संविधान निर्माणको अग्रणी भूमिका निर्वाह गरें अहिले माओवादी पार्टीदेखि अलग भएको छु । संविधान निर्माणपछिको तत्कालीन परिदृश्यमा बदलिएको परिस्थितिका नयाँ समस्याहरुको सटिक र अर्थपूर्ण ढंगले समाधान गर्न सक्षम नयाँ राजनीतिक मार्गको रेखा कोर्ने गरी वैकल्पिक राजनीतिक शक्तिको निर्माणको पहल गरेको छु ।

तसर्थ बुलेटदेखि ब्यालेटसम्म आउँदैमा हाम्रो समाजको लोकतान्त्रीकरणको कार्य समाप्त भैनसकेको सन्दर्भमा श्रीलंका र भारतको विभिन्न स्थानवाट आउनुभएका साथीहरुले के कस्तो विचार प्रस्तुत गर्नुहुनेछ सो सुन्न म व्यग्र प्रतिक्षामा छु ।

बुलेटदेखि ब्यालेटसम्म भन्ने अभिव्यक्ति सामान्य एवं शाब्दिक अर्थमा भन्नुपर्दा राजनैतिक साधनको बदलाव भन्ने वुझिन्छ । बुलेटले राजनीतिक उद्देश्य प्राप्तिका लागि अपनाइने हिंसात्मक तरिका जनाउँछ भने ब्यालेटले राजनैतिक उद्देश्य प्राप्त गर्ने शान्तिपूर्ण तरिका जनाउँछ । सैद्धान्तिक एवं दार्शनिक हिसावले भन्नु पर्दा हिंसा र अहिंसा सम्बन्धी निणर्ायक समझदारीमा पुग्नु निकै नै चुनौतिपूर्ण काम होे । जब हामी यो विषयमा प्रवेश गर्छौं, तब इच्छाइएको वा नइच्छाएर हिंसात्मक वा अहिंसात्मक तरिकाको प्रयोग वा कुनै परिवेशमा हिंसात्मक वैधता वा अवैधताका रुपमा प्रयोगमा मात्रै वहस सीमित रहँदैन । हिंसा र अहिंसामा आधारित बहसहरुले नैतिक परिदृश्य धारण गर्दछन्, सैद्धान्तिक पण्डितहरुबीच युद्धको मानवीय मूल्य र आर्थिक एवं परिस्थितिको मूल्यका वारेमा तर्क वितर्क सिर्जना गरिदिन्छन् । यी निकै नै विरोधाभाष विषयहरु हुन् र सो बारेमा निरपेक्ष नैतिक धारणा वनाउनु असम्भव प्रायः सावित हुनेछ । तसर्थ यी विषयहरुलाई निरपेक्ष तरिकाले हेर्नुभन्दा राजनीतिलाई केन्द्रमा राखेर सापेक्ष रुपमा हेर्नु उचित हुनेछ । किनकि दैनिक राजनीति निरपेक्ष भन्दा पनि विषय र परिस्थिति अनुसार सापेक्ष उत्तरहरुले भरिपूर्ण हुन्छ । सोको सापेक्षताले नै हामीलाई नयाँ तरिकाले सोच्ने, त्यस बमोजिम कार्य गर्ने र हाम्रो लोकतान्त्रिक परिधीबाहिर रहेकाहरुलाई समाहित गरेर अघि वढ्ने नयाँ अध्यायहरुको मार्ग प्रशस्त गरिदिन्छ ।

४. अब म नेपाल र नेपालको माओवादी आन्दोलनको विशेष सन्दर्भबारे छलफल गर्न गइरहेको छु । माओवादी आन्दोलनको सशस्त्र संघर्षदेखि शान्तिपूर्ण संवैधानिक रुपान्तरण केही कारणहरुले सम्भव भएको देखिन्छ ।

सबैभन्दा पहिले के बुझ्नु जरुरी छ भने नेपालको माओवादी आन्दोलन वैचारिक एवम् आर्थिक- सामाजिक मुद्दाहरुबाट निर्देशित राजनीतीक आन्दोलन थियो जसले जनस्तरमा ठूलै समर्थन प्राप्त गरेको थियो । अर्को कुरा के भने, यो आन्दोलनले नेपालमा बिगतमा प्रजातन्त्र प्राप्तिकालागि एकतन्त्रीय शासनविरुद्ध भएका संघर्ष र क्रान्तिहरुको मर्म बोकेको थियो ।

प्राध्यापक मुनी, जो यहाँ नै उपस्थित हुनुहुन्छ, उहाँकै शब्दमा भन्नुपर्दा नेपालको माओवादी आन्दोलन नेपालको तत्कालीन आर्थिक-सामाजिक एवम् राजनैतिक परिवेशको उपज थियो । राजनैतिक रुपमा भन्नुपर्दा आधुनिक नेपालको इतिहासमा राजतन्त्र र लोकतन्त्रबीचको संघर्ष नै नेपालको प्रधान अन्तर्विरोध थियो । नेपालका राजनैतिक दलहरुले आˆनो गठनकालदेखि नै एकतन्त्रीय शासनविरुद्ध एक वा अर्को रुपमा विभिन्न लोकपि्रय संघर्षहरुको नेतृत्व गरेको देखिन्छ । सन् १९५० मा एकतन्त्रीय जहानियाँ राणा शासनको अन्त्यपछि नेपालमा पहिलो पटक संसदीय प्रजातन्त्रको मार्ग खुलेको थियो ।

मैले यहाँ नेपाल र भारतको परिस्थितिका बीचको एक प्रमुख भिन्नता दर्शाउन चाहें । भारतमा स्वतन्त्रता प्राप्तिपछि लोकतान्त्रिक निकायहरुको गठन एवम् सञ्चालन निर्वाध रुपमा हुन पायो भने नेपालमा करिव एक दशकमै प्राप्त उपलब्धी गुम्न पुग्यो । जसको एकमात्र सटिक कारण चाहिँ अस्तित्वमा रहेको राजतन्त्र नै थियो । विशेषतः जब राजा महेन्द्रले सन् १९६० मा निर्दलीय एकतन्त्रीय पञ्चायती ब्यवस्था अंगिकार गरे । यही पृष्ठभूमिमा नेपाली काँग्रेस र नेपालका कम्युनिष्ट पार्टीहरुले आˆनो राजनीति सञ्चालन गरे ।

सन् १९९० को जनआन्दोलन राजतन्त्र र लोकतन्त्रमा विश्वास राख्ने पार्टीहरुबीचको संघर्षको उपज थियो, जसले जनता र राजनैतिक दलका मागहरुको रूपरेखा कोरेको थियो । यद्यपि यो संघर्ष राजनैतिक दल र शाह राजतन्त्रका बीचमा भएको सम्झौताका कारण टुंगियो । यो सम्झौताको त्रुटी तब देखियो जब संसदीय व्यवस्थाको बीचबाट नै निरंकुश राजतन्त्रको पुनः उदय भयो । सन् २००५ मा तत्कालीन राजा ज्ञानेन्ऽले सत्ता आˆनो हातमा लिए । सन् १९९६ मा सशस्त्र संघर्ष सुरु गरेको माओवादीले संसदीय दलहरु र राजतन्त्रबीचको त्यो एकता नै नेपालको राजनीतिको प्रमुख कमजोरीका रूपमा पहिचान गर्‍यो, जसले नेपालको राजनीतिमा प्रमुख दुस्प्रभाव पारिरहेको थियो । राजा, पुरातन संसदीय दलहरु र क्रान्तिकारीहरुबीचको यो त्रिकोणात्मक संघर्षलाई दक्षताका साथ सतहमा ल्याउन नेपाली माओवादीले खेलेको भूमिका राजनीतिकर्मी एवम् प्राज्ञिक व्यक्तित्वहरुले सहर्ष स्वीकार्छन् । सन् २००५ को शाही ‘कू’ पछि निरंकुश राजतन्त्रका विरुद्ध लोकतान्त्रिक शक्तिहरुकाबीच समन्वित एवम् प्रभावकारी ढंगले संघर्षका कार्यक्रमहरु प्रस्तुत गर्नेे माओवादी नै पहिलो थियो । यो एउटा यस्तो पहलकदमी थियो, जसले निरंकुश राजतन्त्रका विरुद्ध माओवादी पार्टी र संसदीय दलहरुबीच पूर्ण लोकतन्त्र प्राप्ति र राजतन्त्रको उन्मूलनका लागि साझा समझदारीको जग खडा गरिदियो ।

क्लाज्वीचले भनेजस्तै बुलेट र ब्यालेट दुबै राजनीतिको निरन्तरताका लागि चाहिने दुई फरक साधन हुन् । विगतका आन्दोलन देखिको जनताबाट निर्वाचित प्रतिनिधिहरुबाट संविधानको निर्माणको नेपाली जनताको माग एवम् चाहनालाई माओवादीले नयाँ उचाइमा पुर्‍यायो । तसर्थ नेपालको माओवादी आन्दोलनको विशिष्टता के छ भने यसले राजतन्त्रका विरुद्धको लोकतान्त्रिक शक्तिहरुको बुलेटदेखि ब्यालेटसम्मको अन्तिम लडाईंमा निणर्ायक भूमिका निर्वाह गरेको देखिन्छ । तत्कालको राजनीतिक शक्ति अथवा माओवादीको शक्ति सशस्त्र आन्दोलनका बेला निर्माण भएकोले उनीहरु सो शक्तिका कारण अन्य पुरातनवादी संसदीय दलहरुलाई संविधानसभाको आवश्यकता महसुश गराउन सफल भएको देखिन्छ । तसर्थ, धेरैले अनुमान गरेभन्दा फरक, माओवादीले नै नयाँ संविधानको निर्माणका लागि निर्वाचनको आहृवान गरेको प्रस्ट हुन्छ ।

यहाँ यो बुझ्नु जरुरी छ कि यी घटनाक्रमहरु परिस्थितिजन्य थिएनन, न त शाही ‘कू’ का कारण नै माओवादी यी लोकतान्त्रिक पहलकदमीहरुको माग गर्न पुगेको थियो । सिद्धान्ततः पनि माओवादीहरुभित्रै कम्युनिष्टहरुले लोकतन्त्रलाई गम्भीर रुपमा लिने कुरा कार्यनीतिक रूपमा मात्र नभई दीगो रूपमा हुनुपर्ने प्रशस्त बहसहरु हुने गर्थे । तसर्थ, संवैधानिक राजतन्त्र र संसदीय व्यवस्थाका त्रुटीहरु पहिल्याउनुका अलवा आˆनै लोकतान्त्रीकरणमा पनि माओवादीले जोड दिइरहेको थियो । यो एउटा महत्वपूर्ण विन्दू हो । निश्चय नै सबै माओवादी नेताहरु यो बिषयमा सहमत थिएनन् । पार्टीको लोकतान्त्रीकरण र संसदीय पार्टीहरुसँग संयुक्त मोर्चा बनाउने बिषयमा पार्टी नेतृत्वमा गम्भीर मतभिन्नता थियो । वास्तवमा भन्नुपर्दा पार्टीको लोकतान्त्रीकरण र संसदीय पार्टीहरुसँग संयुक्त मोर्चा बनाउने बिषयमा जोड दिनेमा म नै पहिलो र केही मध्येमा पर्थें ।

अन्ततः यी मान्यताहरु औपचारिक रुपमा ‘२१औं शताब्दीमा लोकतन्त्रको विकासबारे’ शीर्षकको दस्तावेज मार्फत आत्मसात गरियो ।

यहीँनेर माओवादीले आत्मसमीक्षा गरे र आफैंलाई प्रश्न गरे कि विगतका समाजवादी र कम्युनिष्ट सत्ताहरुले गरेका गल्तीहरुबाट कसरी बच्न सकिन्छ ? यसैको मान्यताका आधारमा उल्लेखनीय प्रस्तावमा पुग्दै पार्टीका विभिन्न अंगहरु, नेता र कार्यकर्ताहरुको सम्बन्धलाई कसरी लोकतान्त्रीकरण गर्ने भन्ने मान्यताको विकास भयो ।

तर, राज्यसत्ता र राजनैतिक स्वतन्त्रताका बारेमा पार्टीको दृष्टिकोण र मान्यता सबैभन्दा ध्यान दिन लायक छ । नेपाली माओवादीहरुले यो निर्णय गरे कि जब सत्ता प्राप्त हुनेछ तब प्रतिस्पर्धी पार्टीहरुले क्रान्तिकारी पार्टीसँग प्रतिस्पर्धा गर्ने अवसर पाउनेछन्, त्यसैले माओवादी पार्टीले पनि निर्वाचनको माध्यमबाट जनताको अनुमोदन प्राप्त गर्नेछन्, यसको अभावमा क्रान्तिकारी पार्टी पनि विस्तारै अधिनायकवादी नोकरशाही संस्थामा पतन हुनेछ ।

माओवादीको सैद्धान्तिक र वैचारिक मान्यताको विशिष्ठताका आधारभूत जानाकारी विनाको माओवादीले अवलम्वन गरेको बुलेट टु व्यालेटको संक्रमणसम्बन्धी वुझाई अधुरो र अपुरो हुन्छ ।

उचित समयमै माओवादी जनयुद्धको बुलेटबाट व्यालेटमा रुपान्तरणको अर्को महत्वपूर्ण पक्ष नेपालको भारत र चीन जस्ता दुई भीमकाय छिमेकीको बीचमा रहेको संवेदनशील भू-राजनीतिक अवस्थिति थियो । समयमै त्यो हिंसात्मक आन्दोलनको सम्बोधन नभएको भए त्यसले चर्कंदै जाँदा छरछिमेकलाई समेत तानेर ठूलो क्षेत्रीय संघर्षको रुप लिने खतरा थियो ।

सम्पूर्ण रुपमा हार वा जीतको प्रकृतिको द्वन्दको सन्दर्भमा नयाँ संविधानलाई पुरानो सत्ताको अन्त्य र नयाँ राजनीतिको आरम्भको प्रतिकका रुपमा लिने गरिन्छ । यसलाई राजनीतिशास्त्रीहरुले प्रतिस्थापन मोडेल पनि भन्ने गरेका छन् ।

तथापि राजनैतिक द्वन्दहरु कहिलेकाहीँ कुनै पनि पक्षको पूरै जीत वा हारको अवस्थामा पुग्न नसकी बीचैमा टुंगिएको पनि हुन्छ । यस्तो अवस्थामा संविधान निर्माण एक युद्धविरामको अवस्था वा शान्ति सम्झौताको अवस्थामा परिणत हुन्छ । यस्तो अवस्थामा वन्ने संविधान द्वन्दरत पक्षहरुको सम्झौताको दस्तावेजका रुपमा ग्रहण गरिन्छ ।

नेपालको संविधान निर्माण प्रक्रिया यी दुबै प्रक्रियाको बीचको अवस्थावाट गुज्रेको थियो भन्न सकिन्छ । राजतन्त्रको अन्त्य र गणतन्त्रको घोषणा नेपालको नयाँ संविधानको एक उल्लेखनीय पक्ष हो जसले एक हिसावले पुरानो राजनैतिक सत्तावाट फड्को मारेको हो भन्न सकिन्छ । तर अर्कोतर्फ माओवादी र गैरमाओवादी पार्टीहरुका बीचमा संसदीय लोकतन्त्रमा संस्थागत सम्झौता भएको हो भन्न सकिन्छ ।

यो प्रक्रियामा संसदवादी दलहरुले उनीहरुको पुरानो राजनैतिक विश्वास परित्याग गरेर परम्परागत उदारवादी मान्यताको अलावा आर्थिक-सामाजिक रुपान्तरणको क्रान्तिकारी मान्यताको आत्मसात गरेको अवस्था हो । उदाहरणकालागि संघीयता, समानुपातिक समावेशी प्रतिनिधित्व सहितको सहभागितामूलक लोकतन्त्र, भूमिसुधार जस्ता उपलव्धीहरु प्राप्त भएका छन् । अर्कोतर्फ माओवादीले पनि आफ्ना केही वैचारिक मान्यताहरुलाई थाति राखेर परम्परागत रुपमा उदारवादी लोकतन्त्रसँग सम्वद्ध निजी सम्पत्तिको संरक्षण, कानुनी राज, शक्ति पृथकीकरण जस्ता मान्यतालाई आत्मसात गरेको छ ।

माओवादी र गैरमाओवादीहरुबीच भएका उपरोक्त प्रतिवद्धता र समझदारीहरु वा सम्झौताहरुले दीर्घकालीन शान्ति प्रक्रिया र संविधान निर्माणको आधार निर्माण गरेका हुन् । अर्को शब्दमा भन्ने हो भने यी मान्यताहरु नेपाली राजनीतिलाई बुलेटबाट व्यालेटमा संक्रमण गर्नकालागि आधारभूत मान्यताहरु हुन् ।

यदि हामीले मुख्य लक्ष्यका बारेमा पुनःस्मरण गर्ने हो भने नेपालको संविधान निर्माण र लोकतान्त्रिक संक्रमणका बारेमा वुझ्न धेरै गाह्रो पर्ने छैन । संविधान जारी भइसकेपछि पनि तराई/मधेशका जनता र आदिवासी जनजातिहरुको असन्तुष्टिले यसको अन्तर्यमा रहेको समस्यालाई वोध गर्न सहज बनाउँछ ।

यदि द्वन्द्वको मूल कारणलाई सम्बोधन गरिएन भने, आर्थिक-समाजिक रुपान्तरणको जनताको राजनैतिक मागलाई पूरा गरिएन भने समाजको दीगो विकास र स्थायीत्वतर्फको शान्तिपूर्ण संक्रमण जोखिममा पर्न सक्छ ।

यो नेपालको हालैको अनुभवबाट सिक्न सकिने मध्येको एक महत्वपूर्ण पाठ हो । तथापि हामीले विषयवस्तुलाई धेरै सामान्यीकरण पनि गर्नुहुन्न । किनभने, बुलेटबाट व्यालेटमा संक्रमणका अनुभवहरु समय र परिवेश विशेषका अनुभवहरु हुन् । नेपालको सन्दर्भ एक यस्तो उत्तम सन्दर्भ हो जहाँ सिक्नु पर्ने र सिक्नु नपर्ने कैयौं विषयहरु छन् ।

अन्तमा, लोकतान्त्रिक संक्रमण एक निरन्तर जारी रहने नियमित प्रक्रिया हो । त्यसैले नयाँ संस्थाहरुको सिर्जना गर्नु र संवैधानिक उपचार प्राप्त गर्नु निश्चय नै कठीन कार्य हो तथापि राष्ट्रले विना कुनै थकान निरन्तर जनतासँगको सम्बन्धलाई लोकतान्त्रीकरण गर्न लागिरहनुपर्छ । यही मान्यताका आधारमा निर्देशित हुँदै मैले नयाँ लक्ष्य, उद्देश्य सहितको यात्रा आरम्भ गरेको छु । नयाँ शक्तिको विचार केवल नयाँ पार्टी वा नयाँराजनीतिमात्रै नभएर सिंगै समाजलाई लोकतान्त्रीकरण गर्ने स्वाभाविक प्रक्रियाका साथै बुलेटबाट व्यालेटमा रुपान्तरण गर्ने एक महान अभियान पनि हो ।

क्रिष्टोफर कोलम्वसले एकपटक भनेका थिए, ‘तपाईं महासागर पार गर्न सक्नुहुन्न जबसम्म तपाईंले देखेको किनारालाई पछाडि छोड्ने साहस राख्नुहुन्न ।’

मैले त्यही बुलेटमा देखिएको किनारालाई पछाडि छोड्ने साहस बटुल्दै विश्व समाजलाई व्यालेटको माध्यमवाट प्रगतिशील विश्वमा परिणत गर्ने महासागर तर्ने प्रयत्न गरिराखेको छु ।

त्यसैले शान्ति, समृद्धि, न्याय र समानताको वस्तुगत अवस्था सिर्जना गर्न र कसैले पनि फेरि हतियार उठाउनु नपर्ने अवस्थाको सिर्जना गर्न हातमा हात काँधमा काँध मिलाऔ ।




Related Pictures:













Related News:

आरजुलाई ओलीको प्रश्नः एक झोला पैसाले घर किन्दैमा स्थानीय भइन्छ ? - 2017-11-24

जनयुद्धमा कोख रित्तिएका र सिन्दुर पुछिएकाप्रति प्रचण्डको क्षमायाचना सान्दर्भिक हुनेछः कमल थापा - 2017-11-24

राजपाले घोषणापत्रमै ल्यायो बहुराष्ट्रका विवादास्पद विषय - 2017-11-23

पुत्रविगोय सबैभन्दा ठूलो शोक रहेछः प्रचण्ड - 2017-11-23

कम्युनिस्ट शासनले कर्णालीको मुहार फेर्दैनः प्रधानमन्त्री देउवा - 2017-11-23





राष्ट्रपतिको अनावश्यक भ्रमण - 2017-11-13

प्रेम दाहाल: राष्ट्रपति विद्यादेवी भण्डारी आफ्नो कार्यकालको लगभग अन्तिम घडीमा सोमबार विदेश भ्रमणमा जाँदैछिन् । कार्यकाल सकिन केही महिनामात्र बाँकी रहेका बेला हुन लागेको यो भ्रमणलाई राष्ट्रपतिको विदेश घुम्ने मोहको रुपमा टिप्पणी हुन थालेको छ ।

१५ मित्रको आरोपपत्रः कति भ्रम, कति सत्य ? - 2017-08-17

डम्बर खतिवडानयाँ शक्ति पार्टी, नेपालमा यतिखेर रोचक अन्तर्संघर्ष चर्किएको छ । हुनतः नेपाली राजनीतिको कुल क्षेत्रफलमा यो बहसले कत्रो हिस्सा ओगट्ला भन्ने प्रश्न उठ्छ नै ।

मुलुक नयाँ चरणमा प्रवेश गरोस् - 2017-04-14

नयाँ वर्ष २०७४ सुरु भएको छ । केही कष्टकर, केही आशा र केही आशंकाको बादलकाबीच बितेको २०७३ सालको सबभन्दा ठूलो उपलब्धी भनेको स्थानीय तहको निर्वाचन घोषणा हो ।

आसन्न स्थानीय निर्वाचन र भू-राजनीतिको खतरनाक प्रयोग - 2017-03-22

प्रेम दाहाल: संविधान निर्माणमा ‘ब्रेक–थ्रु’ मानिएको मुख्य राजनीतिक दलहरूबीचको १६ बुँदे सहमति, संविधानप्रतिको स्वामित्व आन्तरिक शक्तिहरूमै राख्ने दलहरूको अठोट

फेरि हतियार उठाउने अवस्था आउन दिन हुन्न: बाबुराम भट्टराई - 2017-03-15

नयाँ शक्तिको विचार केवल नयाँ पार्टी वा नयाँराजनीतिमात्रै नभएर सिंगै समाजलाई लोकतान्त्रीकरण गर्ने स्वाभाविक प्रक्रियाका साथै बुलेटबाट व्यालेटमा रुपान्तरण गर्ने एक महान अभियान पनि हो ।नयाँदिल्ली: नयाँशक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले फेरि हतियार उठाउने अवस्था आउन दिन नहुने बताएका छन् । नयाँ दिल्लीमा जारी काउन्टर टेरोरिज्म सम्बन्धी सम्मलेनमा ‘बुलेट टु ब्यालेट’ विषयमा आफ्नो प्रस्तुती राखेका भट्टराईले भने- मैले बुलेटमा देखिएको किनारालाई पछाडि छोड्ने साहस बटुल्दै विश्व समाजलाई ब्यालेटको माध्यमवाट प्रगतिशील विश्वमा परिणत गर्ने महासागर तर्ने प्रयत्न गरिराखेको छु ।’

सप्तरी,कञ्चनपुरको संकेत - 2017-03-15

प्रह्लाद लामिछाने:एमालेको मेची-महाकाली अभियानको क्रममा सप्तरीमा भएको दुःखद घटना र कञ्चनपुरको सिमानामा भारतीय सीमा सुरक्षा बलको गोली लागेर नेपाली युवक गोविन्द गौतमको मृत्यु भएको खबरले देश नै शोक र आक्रोशमा डुबेको छ ।

चुनावी चक्रव्यूहमा प्रचण्ड - 2017-02-13

प्रह्लाद लामिछाने:मिति घोषणा गर्नु नै सबैथोक होइन तथापी, अहिले चुनावको मिति घोषणा भयो मात्रै भनेपनि चुनावै भए सरह लाग्न थालेको छ ।

जनता रुवाउने प्रस्ताव किन ल्यायो सरकारले ? - 2017-02-09

रामेश्वर खनाल:आर्थिक वर्ष २०६४/६५ अघि भारतमा ढुंगागिट्टीको जति माग थियो, त्यो भारतीय स्रोतबाटै परिपूर्ति हुन्थ्यो। त्यसबेला उत्तरप्रदेश र बिहारमा अहिलेजस्तो व्यापक विकास–निर्माणका काम भएका थिएनन्। यी दुई राज्यमा निर्माणका लागि चाहिने ढुंगागिट्टी झारखण्ड र उत्तराखण्डबाट आपूर्ति हुन्थ्यो।

हामी किन गरिब भयौं ? - 2017-01-20

डा. बाबुराम भट्टराई:गरीब र धनी भन्ने कुरालाई पनि सापेक्षतामै हेर्नुपर्छ । मानव जातिको उत्पत्तिदेखिको कुरा गर्ने हो भने नेपाल नाम गरेको जुन भूखण्डमा हामी बस्छौं, हामी सबै करीब ७० हजारदेखि एकलाख वर्ष पहिले अफ्रिकाबाट फैलिँदै गएको होमोस्यापियन्स जातिको नरवानरको सन्तान हौं ।

संविधान संशोधनमा अल्झेको राजनीति - 2016-12-27

भीष्मराज ओझा:संविधानको स्वीकार्यता बढाउन सरकारले संविधान संशोधनको प्रस्ताव व्यवस्थापिका–संसद्मा दर्ता गरेसँगै प्रमुख राजनीतिक दलहरुबीच ध्रुवीकरण बढ्दै गएको छ ।

केसीविरुद्धको प्रपञ्च: व्यावसायिकता मार्ने षडयन्त्र - 2016-11-30

चैतन्य मिश्र:डा. गोविन्द केसी सदाचार, मानवीयता र व्यावसायिक निष्ठाका प्रतिमूर्ति हुनुहुन्छ। लोभ–लालचले उहाँको जीवनलाई कहिल्यै छुन सकेन। गाउँ-सहर, देश-विदेश, भूकम्प-बाढी सबै ठाउँ र अवस्थामा रहेका बिरामीको सेवामा उहाँ जीवनभर तल्लीन रहनुभयो।

म्यादी वकिलको चंगुलमा न्यायपालिका - 2016-11-21

पूर्ण कार्की:अहिले सर्वोच्च अदालतका न्यायाधिश गोपाल पराजुलीको संयोजकत्वमा न्यायाधिश चोलेन्द्रशमशेर राणासहित पाँचजनाको उपसमिति गठन गरेर अधिवक्ताहरु मध्येबाट बरिष्ठ अधिवक्ताको उपाधि दिने व्यक्तिहरुको नाम सिफारिसका लागि छनौट गर्ने काम भइरहेको छ ।

शान्ति सम्झौताका दश वर्ष - 2016-11-20

दश वर्ष लामो आन्तरिक सशस्त्र द्वन्द्वको अन्त्यका लागि तत्कालीन नेकपा (माओवादी) र सरकारबीच विस्तृत शान्ति सम्झौताको दश वर्ष पूरा भएको छ । तर विस्तृत शान्ति सम्झौताको परिकल्पना र चाहनाअनुसार शान्ति प्रक्रियाका मूलभूत काममा खासै प्रगति भएको छैन ।

सरकारका १०० दिन - 2016-11-11

प्रधानमन्त्री प्रचण्ड ९ महिनाको म्याद बोकेर प्रधानमन्त्रीको कुर्सीमा पुगेका हुन् । उनले गर्नुपर्ने धेरै थियो । उनको पार्टीका लागि गुमेको साख फर्काउन करिब अन्तिम अवसर पनि हो यो ।

चिनियाँ रेल नेपाल हुँदै भारत पुर्‍याउन सम्भव छ - 2016-10-28

डा. बाबुराम भट्टरार्इ: विगत दशकहरुमा एशिया सामाजिक-आर्थिक विकासमा पछाडि परेको थियो। तर अहिले विश्व अर्थतन्त्रको केन्द्रबिन्दू नै एशिया बन्दै अएको छ। हामीले यस दाबीलाई अतिरन्जनाका रुपमा लिनहुँदैन। अब हामीले विश्वव्यापी रूपमा सोच्नुपर्छ, विगतको सफलता र असफलताको घेरा भन्दा पर।

‘देशभक्त जनगणतान्त्रिक मोर्चा’बारे - 2016-09-22

सिपि गजुरेल: २०७३ भाद्र २६ र २७ गते देशका समग्र भागबाट सहभागी प्रतिनिधिहरुको उपस्थितिमा सम्पन्न भएको एउटा राष्ट्रिय भेलाले ‘देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल’ गठन गरेको समाचारले नेपालको राजनीतिक बृत्तमा निकै चर्चा पायो ।

कपिलवस्तु देखि पूर्व मधेश प्रदेश र पश्चिम थरूहट प्रदेश हुुनुपर्छ - 2016-09-19

प्रभु साह/संविधानलाई सर्वस्वीकार्य बनाउने प्रमुख काम यो सरकारको छ । सबैलाई स्वीकार हुने गरी संशोधन र परिमार्जन गर्नुपर्ने आवश्यकता छ ।

यसरी लेखियो अविराम बाबुराम - 2016-09-02

-अनिल थापा : पातलो जिउ, हल्का लामो कोट, तारा चिह्न भएको रातो क्याप । ३० जेठ २०७३ मा दशरथ रङ्गशालामा नयाँ शक्ति नेपाल, पार्टी घोषणा गर्दा उपस्थित केहीले बाबुराम भट्टराईलाई चे ग्वेभारासँग तुलना गरे ।

एमाले नेतृत्वकै अकर्मण्यता र प्रचण्डको ऋण - 2016-08-18

निमकान्त पाण्डे/केपी ओली नेतृत्वको वाम गठबन्धन सरकार ढल्नुमा माओवादी केन्द्र र नेपाली कांग्रेसको नेतृत्वलाई दोषारोपण गर्दै आएको नेकपा एमालेले आफ्नै कारणबाट वाम गठबन्धन ढलेको निष्कर्ष निकालेको छ । यो अत्यन्त सकारात्मक सन्देश हो ।

मधेसी जनतामाथिको ज्यादती - 2016-08-09

प्रेम कुमार :९५ सालमा प्रजा परिषदको सदस्य भएका स्वर्गाीय गणेशमान सिंहले नेपालको राणा विरोधी आन्दोलनलाई सघाउन जवाहरलाल नेहरुलाई आग्रह गरेको र व्रिटीस फौजले पक्राउ गरी तेहाड जेलमा राखिएका केआईसिंह, पूर्ण सिंह र दिलमानसिंह नेहरुको वहसपछि भारतीय अदालतबाट छुटेका थिए ।










Powered by: Exclusively Solution